गत चैत्र ३ गते अजित यादव, १७ ले हङकङमा भएको तेस्रो एसियाली युथ एथलेटिक्समा नेपाललाई ऐतिहासिक स्वर्णपदक दिलाए।
एसियाली एथलेटिक्समा यो नेपालले जितेको पहिलो स्वर्ण पदक थियो।
तीन हजार मिटर दौड अजितले ८ मिनेट ३०.३२ सेकेन्डमा पूरा गर्दै भारत र जापानका धावकभन्दा अघि रहँदै स्वर्ण जितेका थिए।
उनले ऐतिहासिक पदक जित्दा ‘व्यक्तिगत टाइमिङ’ पनि सुधार गरेका थिए। यसअघि उनले यसैवर्ष (२०७५) भएको राष्ट्रपति रनिङ शील्डमा तीन हजार मिडरको दुरी ८ मिनेट ४४ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान राखेका थिए।
अजितले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा नै स्वर्ण जितेका हुन्। ‘पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा नै स्वर्ण जित्दा खुशीको सिमा नै छैन,’ नेपालखबरसँग कुरा गर्दै अजितले भने, ‘यो मेडल सम्पूर्ण नेपालीहरुलाई समर्पित गर्न चाहान्छु।’
पहिलो दौड पूरा गर्न नसकेपछिको इख
बुबा पवनकुमार सशस्त्र प्रहरी (एपीएफ)मा भएका कारण अजितले माध्यमिक स्तरसम्मको अध्ययन कीर्तिपुर स्थित एपीएफ स्कुलबाट पूरा गरे। उनी कक्षा ८ मा थिए, स्कुलको स्पोर्टस डे परेको थियो। त्यो नै उनको पहिलो दौड थियो। त्यतिबेला उनी दौडिएनन् मात्र प्रथम नै भएर मेडल जिते।
बुबा पवनकुमार सशस्त्र प्रहरी (एपीएफ)मा भएका कारण अजितले माध्यमिक स्तरसम्मको अध्ययन कीर्तिपुर स्थित एपीएफ स्कुलबाट पूरा गरे। उनी कक्षा ८ मा थिए, स्कुलको स्पोर्टस डे परेको थियो। त्यो नै उनको पहिलो दौड थियो। त्यतिबेला उनी दौडिएनन् मात्र प्रथम नै भएर मेडल जिते।
‘रंगशालामा रोड रेस (खुला दौड) थियो त्यसमा पनि मैले भाग लिएँ,’ अजितले दौडका सुरुवाती दिनहरु सम्झिए, ‘रोड रेसमा धेरै विद्यार्थी सहभागी थिए। तिनीहरु माझ म तेस्रो हुदैँ पुरस्कार थापेँ। त्यसबेला मैले १० हजार पुरस्कार पनि पाएँ। पत्रिकामा पनि नाम आयो। त्यसले मलाई दौडतिरै लाग्न थप प्रेरित गर्यो।’
निरन्तरको अभ्यासपछि अर्को वर्ष भने मध्यमाञ्चलबाट अजित राष्ट्रिय प्रतियोगिता राष्ट्रपति रनिङ शिल्डका लागि छनौटमा परे। त्यसबेला उनी ५ हजार मिटर र १५ सय मिटरको स्पर्धामा छनोट भएका थिए।
पहिलो प्रयासमा १५ सय मिटरको स्पर्धामा चौथो भएका अजितले ५ हजार मिटर दौड भने पूरा नै गर्न सकेनन्। उनले आधामा नै दौड छाडे। ‘आफूसँगै दौड्नेहरुले मेडल लाएको देखेँ। दौड पूरा नगरेकोले मैले मेडल पाउने त कुरै थिएन्,’ उनले भने, ‘आफूले मेडल लगाउन नपाएकोमा निकै खल्लो लाग्यो। त्यसैबेला अब भने मेडल लाएरै छाड्छु भन्ने इख पलायो र अझै मेहनत गर्न थालेँ।’
त्यसपछिका सबै राष्ट्रिय प्रतियोगिताहरुमा अजितले कीर्तिमानसहितको जित हात पारे। २०७३ सालमा भएको राष्ट्रपति रनिङ शिल्डमा ५ हजार मिटर दूरीको स्पर्धालाई ३ हजार मिटरमा झारिएको थियो। अजितले ३ हजार मिटरसँगै १५ सय मिटर पुनः प्रतिस्पर्धा गरे। यसपटक उनले १५ सय मिटर ४ मिनेट १४ सकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जिते। ३ हजार मिटर भने ९ मिनेट ४२ सकेन्डमा पूरा गर्दै रेकर्ड राखे।
२०७४ सालमा पनि यी दुबै स्पर्धाको राष्ट्रिय कीर्तिमान अजितकै नाममा रह्यो। यसपटक आफ्नो कीर्तिमान सुधार्दै उनले १५ सय मिटर ४ मिनेट ३ सेकेन्ड तथा ३ हजार मिटर ८ मिनेट ५६ सेकेन्डमा पूरा गरेका थिए।
२०७५ सालमा पनि लगातार तेस्रोपटक आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गर्दै उनले ह्याट्रिक गरे। यसपटक १५ सय मिटरको दूरी उनले ४ मिनेट २ सकेन्डमा पार गरेका थिए भने ३ हजार मिटरको दूरी ८ मिनेट ४४ सेकन्डमा पार गर्दै कीर्तिमान राखेका थिए।
सोही कीर्तिमान सुधार्दै उनले एसियाली यूथ च्याम्पियनसिपमा नेपालका लागि ऐतिहासिक स्वर्ण दिलाएका हुन्। यसपटक उनले विगतको भन्दा १४ सकेन्ड अगासड नै ३ हजार मिटरको दूरी पार गरेका थिए।
‘म गेमका लागि आतुर हुने खेलाडी हुँ,’ लगातार कीर्तिमानमा सुधारबारे उनले भने, ‘मलाई सधैँ अझै मेहनत गर्नुपर्छ भन्ने लाग्छ। मैले ट्रेनिङ नगरेको दिन नै हुँदैन। कहिले दिनमा कुनै काम पर्दा म दिनको भर्पाई गर्न रातिको समयमा समेत कुद्छु।’
ऐतिहासिक पदकको अन्तर्कथा
एथ्लेटिक्स संघ भित्रको विवादका कारण पछिल्लो डेढ वर्षमा नेपाली खेलाडीहरुको अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता पातलिएको छ। विवादकै कारण संघको केन्द्रीय चुनाव समेत हुन सकेको छैन।
एथ्लेटिक्स संघ भित्रको विवादका कारण पछिल्लो डेढ वर्षमा नेपाली खेलाडीहरुको अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता पातलिएको छ। विवादकै कारण संघको केन्द्रीय चुनाव समेत हुन सकेको छैन।
विवादले नै कारण संघबाट अलग भएका पूर्व महासचिव सुनिल राजवंशीले अजितको सहभागिताको चाजोपाजो मिलाएका थिए।
‘संघले डेढ वर्षदेखि कुनैपनि प्रतियोगितामा नेपाली खेलाडीलाई पठाएको सकेको थिएन्। एथ्लेटिक्समा लामो समय लागेका कारण त्यो मलाई असह्य भयो,’ राजवंशीले भने, ‘मुखैमा एसियाली यूथ च्याम्पियनसिप आएपछि पछिल्लोपटक लगातार राम्रो गर्दै गएका अजितलाई पठाउन मैले संघका साथीहरुमार्फत पहल थालेको हुँ।’
विभिन्न प्रावधिक कारणले नेपालबाटै भिषा अप्लाई भइरहेको थिएन्। राजवंशीको पहलमा नै हङकङ एथ्लेटिक्स संघले परिपत्र गर्दै त्यहीबाट भिषा लगाइ दिएपछि स्पर्धाको दुई दिनअघिमात्रै अजित र प्रशिक्षक धनीराम चौधरी हङकङ उडेका थिए।
संघले ट्रयाक र जुत्तामात्रै दिएर पठाएको थियो। प्रतियोगिताको दिन प्रतियोगिलाई पहिलो बोलावट आयो। पहिलो बोलावटमा दौडमा प्रयोग हुने सर–समान चेक हुँदो रहेछ। संघले भने अजितका साथमा दौड्दा लगाउने नेपाल अंकित टि–सर्ट नै पठाएको थिएन।
‘आयोजकले खै तिम्रो नेपाल अंकित टि–सर्ट? भनेर सोध्यो,’ उनले लज्जाबोध भएको घटना सम्झे, ‘मलाई टि–सर्ट कसैले दिएको थिएन त्यसैले आफ्नै कालो टिसर्ट बोकेर गएको थिएँ। नेपाल अंकित जर्सी नै नभएपछि खेल्न पाइँदैन भनेर सोझै आयोजकले भने। म झसंग भएँ। अनि प्लिज...प्लिज भनेर अनुरोध गरेपछि उनीहरुले ‘ओके’ भने।’
‘बल्ल बल्ल खेल्न पाएको प्रतियोगितामा जसरी पनि जित्नुपर्छ भन्ने मनमा लागेको थियो,’ उनले थपे, ‘नेपालबाट मलाई आशा गरेर पठाइएको थियो त्यही आशालाई मर्न नदिइ मैले १२ देशका १५ प्रतिद्वन्द्वीलाई पछि पार्दै गोल्डमेडल जितेँ। विदेशमा गएर गोल्डमेडल जित्दाको उमंग नै फरक हुने रहेछ। त्यत्रा देशको अगाडि नेपालको झण्डा बोकेर कुद्दा अनि राष्ट्रिय गान बच्दा एकदमै गर्व लागि रहेको थियो। मन फरुङ्ग हुन्थ्यो।’
सागमा स्वर्णको लक्ष्य
सुजितको अबको लक्ष्य भने दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्णपदक जित्ने छ। त्यसैका लागि उनले मेहनत पनि गरिरहेका छन्।
एथ्लेटिक्समा ‘राम्रा भन्दा हाम्रालाई प्राथमिकता’ दिने कुरामा भने उनको चित्तदुखाई छ। ‘मेरो अबको लक्ष्य सागमा स्वर्ण ल्याउने हो। त्यसका लागि म तयारी गरिरहेको छु,’ उनले भने, ‘तर एथ्लेटिक्समा एउटाले दुःख गरेर मेहनत गरे पनि चिनजानका आधारमा अर्कोलाई पठाउने प्रवृत्ति देख्दा दुःख लाग्छ। सबैको साथ सहयोग पाए अवश्य पनि स्वर्ण जित्नेछु भन्ने विश्वास छ।’
No comments:
Post a Comment