Thursday 17 December 2015

मेरो डायरी २१ (महोत्सव हेर्न जाने हो...)

सम्बन्धहरू रबरब्याण्ड जस्तै हो, सायाँ । दुवैतिरबाट जति तन्कायो त्यति तन्कन्छ, तर एकातिरबाट एउटाले छोड्यो भने अर्कालाई चोट लाग्छ । अचेल सम्बन्धहरु अर्थ जान्ने प्रयासमा छु, सायाँ । सम्बन्ध बनाउँन जति सजिलो छ निभाउँन पनि त्यति नै गाह्रो हुन्छ । हामीसँग कतिपय यस्ता सम्बन्धहरु छन जसलाई भगवानले नै बनाएर पठाएका छन, ति सवै सम्बन्धहरु पारिवारिक पृष्ठभुमीसँग गासिएका हुन्छन । जसले हामीलाई हरेक सानो ठुलो कुरामा साथ समर्थन गरेका छन । निशब्द ओठहरुमा शब्द भर्न सिकाउँने यी सम्बन्धहरु अतुलनिय छन । धर्तीमा पाईला चाल्न सिकाउने यी सम्बन्धहरु बलिया छन, टुटदैनन, छुट्दैनन । हरेक सुखदुखमा आफ्नोपनको महशुस गराउँदै एक्लोपन छाउँन नदिने यी सम्बन्धहरु हरु विना सवैको जीवन अधुरो अपुरो छ । यी सम्बन्धहरु निश्वार्थी छन, अविरल बिश्वास हुने गर्छ यस्ता सम्बन्धमा । जीवन व्यतित गर्नका निम्ती सहजता ल्याईदिने यी सम्बन्धहरुले हामीलाई सवैभन्दा बढी सुरक्षित महशुस गराउँछन । यी सम्बन्धमा पुर्णता छ, विश्वास छ, सम्मान छ अनि सदभाव छ । 


मानविय स्वभावपनि भिन्दै किसिमको हुदो रैहेछ, सायाँ ।  जति जति उमेर बढ्दै गयो सम्बन्धहरु जुट्दै जाने । कतिपय सम्बन्धहरु परिस्थितीले बनाउदो रहेछ, कतिपय सम्बन्धहरु काम विशेषमा जोडिन्छन त कतिपय सम्बन्धहरु हिड्दाहिड्दै पनि । त्यस्ता केही सम्बन्धले मात्र जिवनमा केही महत्व राख्दा रहेछन । कतिपय सम्बन्धहरु बन्छन भत्कन्छन, तिनीहरु केही छिनका लागि आफ्नो स्वार्थसँग जोडिएका सम्बन्धहरु हुदाँ रछैन । अनि कतिपय यस्ता परिस्थितीजन्य अशोचनिय सम्बन्धहरु जसले जीवनको गति नै परिवर्तन गरिदिन्छ ।  

परिस्थितीजन्य केही सम्बन्धहरुले जीवनमा अमेट छाप छाड्दो रै छ, सायाँ । सपना सँगको त्यो सम्बन्ध पनि त्यस्तै थियो । सपना, जेसँग फेसबुकबाट मात्र परिचय भएको थियो । उसको तस्बिर मात्र थियो, त्यहाँ । फ्रेण्डलिष्ट हाईड गरेकी थिई उसले, कुनै नयाँ फोटो सेयर गरेकी थिईन । उसको नाम र उसको प्रोफाईल बाहेक अन्य मसँग उसको बारे कुनै जानकारी भएन । उसको फेसबुक कै ठेगानालाई आधार मान्ने हो भने उ हाल काठमाण्डौ बस्थी । तर पश्चिमेली ठिटी हो उ, अध्ययनका सिलसिलमा सुदुरपश्चिमबाट राजधानी हानिने मध्येकी एक थिई उ । उसको भनाई अनुसार विविएस तेस्रो बर्षमा अध्ययन गर्दथी उ । मलाई उसका बारेमा अरु केही थाहा थिएन । सुन्दर प्रोफाईल पिक्चरले मात्र केटाहरुलाई उसँग नजिक बनाउन काफी थियो । हाम्रो फ्रेण्डसीप उसले नै सुरु गरेकी हो । उसले पठाको रिक्वेष्ट मैले एसेप्ट गरे । रिक्वेष्ट एसेष्ट गर्नु अघि उसको बारेमा मैले जान्ने कोशिस पनि गरे । उसको प्रोफाईल सवै हेर्दा उसको नाम, प्रोफाईल पिक्चर, कभर फोटो अनि ठेगाना बाहेक केही थिएन उसको फेसबुकमा । एउटा संयोग मान्नु पर्छ सायाँ, तिम्रो र उसको नाममा एउटा कुरामा समानता थियो । त्यही भएरपनि मैले उसलाई आफ्नो फेसबुके साथी बनाए । उसलाई नि बताए मैले त्यो कुरा । कुरा बढ्दै गएपछि मैले सोधे, मलाई रिक्वेष्ट किन ? तिम्रा डायरीहरु पढ्थे, राम्रो लाग्यो अनि पठाएँ । मेरो डायरीमा कोरिएका शब्दहरुले लोभ्याएछ क्यारे उसलाई । त्यहाँ की मुख्य पात्र तिमी अर्थात सायाँका बारेमा उसले जान्ने ईच्छा देखाई । मेरो डायरीका प्रकाशित अंकहरु अध्ययन गर्न सुझाव दिए मैले । किनकी हामी त एउटा खुला किताव जस्तै थियौ, सायाँ । हामीसँग भएका अनि सार्वजनिक गर्न मिल्ने सवै कुराहरु मेरो डायरीका अंकहरुमा सम्प्रेषण गर्दै आएको छु । सपनाले सरसर्ती पढिछे । उसलाई लागेछ सायँद केही मनका भावहरुलाई आक्षरिक रुप दिएर कैले कोर्दे आएको छु । अनि अर्को दिन एउटा प्रश्न सोधी, के यो साच्च कै कथा
हो ? मैले भने हैन, केवल कल्पनामात्रै हो, अनि जिस्कदै भने तिम्रो जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ । उनी मुसुक्क हासिन र भन्न थालिन, हेर म यो मायाँ भन्ने कुरामा विश्वास गर्दिन, अझ हाम्रो सुदूरपश्चिम अझै पनि मायाँका लागि त्यति उदार भै सकेको छैन । उसले भनेको कुरा केही हदसम्म साचो थियो, हाम्रो यहाँ जोडीहरु जानी नजानी मायाँ त गर्छन, तर कहिले काही समाज, परिवार, साथीभाई नै भिलेन बनेर ईन्ट्रि मार्छन । तर अब परिस्थिती अलि भिन्न भै सकेको छ, टेलिभिजन अनि फिल्मको प्रभाव हुनुपर्छ सायँद, केहीले आफ्नो जीवन साथी आफै खोज्छन र परिवारले स्वीकृति पनि दिने गरेको छ । सपना केही समय अघि नै यस क्षेत्रको विट मार्दै राजधानी हानिएकीले उनी यस क्षेत्रमा वर्तमानमा आएको परिवर्तनबारे त्यति जानकार नहुुन सक्छिन, त्यसैले उनलाई यो मायाँ भन्ने चिजमा त्यति विश्वास लाग्दैन होला ।
सपनासँगको कुरा यति मै रोकिएन । प्रत्येक दिन च्याटमा कुराहरु बाक्लिदै गएँ । त्यससँगै उनीसँग एक किसिमको सम्बन्ध पनि स्थापित हुन थालिसकेको थियो । तर धेरै अझै पनि केही थिएन । हामी अपरिचितताको सम्बन्धलाई बिट मार्दै बर्षौ देखि परिचितताको सम्बन्ध जस्तै बात गर्न थालिसकेका थियौ । फेसबुकका बढी समय म सपनासँगको च्याटमा विताउँने गर्दथे । धेरै दिन भैसकेको थियो, उनीसँग शाब्दिक रुपमा मात्र च्याट गरेको एकदिन उनको आवाज सुन्ने मन गह्यो अनि उनलाई भ्वाईस म्यासेज पठाउन आग्रह गरे । तर सपनाले मानिनन्, उनले भनिन पहिले तिमी । मैले लेडिज फष्ट भन्दै टार्न खोजे तर उनको जिद्दीको अगाडी मेरो के चल्थ्यो र ? मलाई नै उसको भ्वाईस सुन्ने ईच्छा भएकाले म नै सुरुमा बोल्ने जमर्को गरे । आवाज पठाउन त तयार भए तर के आवाज पठाउने अन्योलमा भए । अनि एकछिन आफ्नो वरपरको बातावरण नियाले । केही दिन देखि धनगढीमा सुदुरपश्चिम महोत्सव लागिरहेको छ । त्यसको आवाज प्रदर्शनीस्थलबाट नजिकै भएको मेरो घरसम्म नि पुगिरहेको थियो । मैले महोत्सवको प्रसंग निकाल्दै सोधे 'महोत्सव हेर्न जाने हो' ?    
                                                                                  क्रमश ....
                                                                   यज्ञराज जोशी, सुमन



Wednesday 9 December 2015

मेराे डायरी २० (अनटाेल्ड स्टाेरी अफ धनगढी क्रिकेट)

धनगढीलाई क्रिकेटको शहरका रुपमा चिनाउँने श्रेय धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीलाई जान्छ । यस कुरामा कसैको दुईमत छैन ।  यस क्षेत्रको क्रिकेट विकासमा ल्याएको क्रान्ती अदभुत छ । उहाँले यस अभियानमा यहाँका सवै व्यक्ती, संघ संगठनकाे साथ पाउनुभएकाे छ । राम्राे कामकाे कसले समर्थन नगर्ला र ? उहाँको अभियानलाई साथ दिन  ‘म’ पात्रले पनि उहाँलाई सधै पछ्याईरह्यो । आवश्यक परेका वेला सवै भुमिकामा देखिने म पात्रकाे कहानी अाजसम्म अनटाेल्ड नै छ । उसै म पात्रलाइ तिमीसामु उभ्याउदै छु सायाँ  । 

क्रिकेट जिन्दगीबाट केही समय विश्राम लिने अवस्थामा रहेको ‘म’ पात्रको कहानी यस आलेखमा उतार्ने प्रयास गर्दैछु । सायद, पुर्णकालिन या अल्पकालिन विश्राम, त्यो आगामी दिनहरुले देखाउँनेछ । जुनसुकै विश्राम होस आउँदा दिनहरुमा पनि कुनै न कुनै रुपमा क्रिकेटसँग जोडियरै रहेको हुनेछु ‘म’ । क्रिकेटको ह्यांगओभर यति छिटै कहाँ हट्नेवाला छ र । मेरा प्रत्येक विहान क्रिकेटबाट सुरु हुन्छ, उठेर ल्यापटप उघार्दा डेक्सटप क्रिकेटमय देखिन्छ, त्यस पश्चात खुल्ने प्रत्येक फोल्डरहरु क्रिकेटका नामले नामाकरण छन । फोल्डर भित्रका प्रत्येक चिज बस्तुले क्रिकेट गतिबिधी शुन्य प्रायः धनगढीबाट यसलाई क्रिकेटको शहर (City of Cricket) बनाउँन सम्म गरेका प्रयासहरु ईतिहासका रुपमा कैद छन । सुदुरपश्चिमको क्रिकेटले यहाँसम्मको सफलतामा पुग्नु अनि देश कै सर्वाधिक क्रिकेट गतिविधी हुने स्थानका रुपमा धनगढी अघि आउनु पछाडीका कारण कसैले खोतल्न चाहेमा मेरो ल्यापटप उघारे हुन्छ । नवप्रवेशीले ल्यापटप उघार्दा हामीले क्रिकेटमा गरेका प्रयास देखेर दंग पर्छन अनि प्रतिप्रश्न गर्छन यति छोटो समयमा यो सवै कसरी सम्भव हुन्छ ? हो म आफै म पनि दंग छु, यति छोटो समयमा यो सवै कसरी सम्भव छ, अनि विगत सम्झन्छु, हामीले निस्वार्थ रुपमा दिन रात खटेर गरेको मेहनत सम्झन्छु, अनि मेहनत गरेपछि जे पनि सम्भव छ भन्ने उखान चरितार्थ हुन्छ ।
१) क्रिकेटको रुची 
२०६५ साल तिर म कक्षा सात÷आठमा पढ्थे । त्यतिवेला सवै तिर केवुल लाईनको विस्तार भईसकेको थिएन । संयोगले मेरो घरमा केबुल लाईन जाडित थियो । मेरो घर नजिकैको अंकल अन्तराष्ट्रिय क्रिकेट म्याच भएको वेला दिन भर हाम्रो घरमा आएर टी.भी हेर्ने गर्नु हुन्थ्यो, उहाँ क्रिकेटको यति सौखिन हुनुहुन्थ्यो कि उहाँलाई खाना का लागि पटक पटक आग्रह गर्दा पनि खेल नसकुञ्जेल उहाँ उठ्नुहुन्नथ्यो । बरु ब्रेक आएका घरसँगै जोडिएको पसलबाट चाउँचाउँ झिकाएर खानुहुन्थ्यो । सुरुमा हामी भने दिक्क मान्थ्यौ, अनि अंकलको डरले अर्को च्यानल लगाउनु न पनि भन्न सक्दैथ्यौ र त्यसैबाट थोरै थोरै क्रिकेट हेर्न बानी पर्न थाल्यो । केटाकेटी हुदाँ हामीलाई क्रिकेट हेर्नुमा भन्दा पनि टी. भी. हेर्न पाएकोमा दंग पथ्र्यौ पछि हामी पनि ब्याट र बल समाएर टी.भी. बाहेकको समय घर अगाढीको रोडमा क्रिकेट खेल्न थाल्यौ अनि घरबाट केहीमात्र दुरीमा रहेको मोहना नदिको छेउँको मैदानमा स्कुल विदाँ हुने वित्तिकै क्रिकेट खेल्न थाल्यौ । त्यहाँ प्रत्येक विदाँका दिनमा टोल टोल विच प्रतिस्पर्धा हुन्थ्यो । कयौ पटक जित्यौ, अनि कयौ पटक हारौ । जितेका दिन, एउटा जीतको खुशी हुन्थ्यो त अर्को केही पैसा पनि भाग पथ्र्यो, त्यसको हामी चाउँचाउँ, विस्कुट खाएर त्यस दिनको भोक टाथ्र्यौ, हारेका दिन भने निराश भएर घर पनि फर्कनुन्थ्यौ । यसरी विस्तारै क्रिकेट प्रतिको मोह बढ्दै गयो । 
२) एसपीए कप २०१०

२०११ काे एसपीए कपमा खेल सकिएसँगै अाफ्नाे टीमलाइ चियरअप गर्दै समर्थकहरू
 सन् २०१० मा एसपीए कप सुरु हुनु अघि यस क्षेत्रमा पनि क्रिकेट प्रतियोगिताहरु हुन्छ भन्ने मलाई थाहा थिएन । संयोगवश एसपीए कप सुरु हुदाँ हामी एसपीए मै कक्षा ११ मा अध्ययन गर्दथ्यौ । हाम्रो क्याम्पस विहान थियो १० बजे छुट्टी हुन्थ्यो, छुट्टी लगत्तै घर पुगी खाना खाईनखाई गरी प्रतियोगिता हेर्न जान्थ्यौ । स्थानिय कभर्ड हलमा हुने प्रतियोगितामा म त्यतिवेला पुग्दा नेपाली क्रिकेट बारे म अनविज्ञ थिए । नेपाली क्रिकेटरहरुबारे खासै केही जनकारी नभएकाले म कभर्डहल पुग्नुको अर्थ मात्र मनोरञ्जन लिनु हुन्थ्यो । खेल निकै प्रतिस्पर्धी भएका वेला खेलाडीहरु जीतमा उफ्रिएको र सँगसँगै समर्थकहरुले पनि खुशी मनाएको देख्दा आफुलाई पनि तिनीहरुसँगसँगै उफ्रन मन लाग्यो । जसले खेल जितेपनि खेल सकिने वित्तिकै अरु अन्यको जस्तै गर्दै आफु पनि उनीहरुसँग दौड्दै मैदानभित्र प्रवेश गरेर विजेता टोलीसँग खुशी साटिन्थ्यो । अनि उद्घाटन तथा समापन समारोहमा बस्नुको कारण पनि भिन्न हुन्थ्यो किनकी त्यहाँ आफुले चिनेका केही साथीहरुले नृत्य प्रस्तुत गर्थे हामी त्यो हेर्न कार्यक्रममा बस्थ्यौ बाकीं त्यहाँ हुने मन्तव्यहरुको हामीलाई कुनै मतवल हुन्थेन ति केवल पट्यार लाग्दा मात्र हुन्थे । 
३) पत्रकारिता र क्रिकेट 
कक्षा १२ को बार्षिक परिक्षा दिईसकेपछि खाली रहेको समयलाई सदुपयोग गर्ने भन्दै आफुले अध्ययन गरिरहेको विषय पत्रकारितासँग सम्बन्धित रहेर एक स्थानिय पत्रिकामा पत्रकारिता सुरु गरे मैले । त्यतिवेलाको पत्रकारितामा कुनै बिट भन्ने हुदैनथ्यो । अझ स्थानिय सञ्चार माध्यम त झन एक दुई जना पत्रकार कै भरमा चलेका हुन्थे । तर हाम्रामा भने तिन जना रिपोर्टर थियौ । सम्पादकले हामीलाई दैनिक एक रिपोटिंग गर्न अह्राएपछि हाम्रो दैनिकी एक रिपोर्टिंग गर्नमा वित्थ्यो । आधा बर्ष विभिन्न क्षेत्रको रिपोर्टिग गरिसक्दा म धेरै कुराहरु बारे जानकारी राख्ने भईसकेको थियो । त्यतिवेलै सुरु भयो, एसपीए कपको दोस्रो श्रृंखला । अफिसबाट दोस्रो श्रृंखलाका रिपोर्टिंगको जिम्मेवारी मैले लिए । आयोजकले हामीलाई सजिलो बनाईदिएका थिए, उनीहरुले नै हामीलाई खेलको सम्पुर्ण जानकारी सहितको विवरण भरेर एउटा पत्र हाम्रै अफिसमा पुर्याईदिन्थे, हामी त्यसैलाई तोडमतोड गरेर समाचार बनाउँन्थ्यौ । दिनभर भने हामी मैदानमा खेल हेर्दै विताउँथ्यौ । त्यसवेला क्रिकेट सम्बन्धी थोरबहुत जान्न थालिसकेको थिए । क्रिकेटका केही व्यक्तित्वहरुलाई चिन्न थालिसकेको थिए । सुरुमा पहिलो पटक अफिसियल तथा खेलाडीहरुसँग अन्तक्रिया पनि गरेको केही हदसम्म याद छ । एसपीए कपको प्रतिस्पर्धामा त्यस समय विनोद दास, मेहबुव आलम, भुवन कार्की, सुवाश प्रधान जस्ता खेलाडीहरु धनगढीमा पुगेका थिए  । त्यति वेलै धनगढी क्रिकेटका धरोधर, प्रतियोगिताका संयोजक सुवाश शाहीलाई मैले चिन्ने अवसर पाएको थिए । 
एसपीए कप २०११ का क्रममा मन्तव्य दिदै प्रतियाेगिताका संयाेजक सुवाश शाही
 समापन समारोहमा उद्घोषकले मन्तव्यका लागि उहाँलाई बोलाउँदा लामो कपाल पालेको, भर्खरको युवा हातमा एउटा कागज लिएर, आखाँ कागजमा डुलाउँदै भन्दै थियो, “आगामी दिनमा हामी यहाँको क्रिकेटलाई देशको अग्रिम स्थानमा पुर्याउनेछौ” । उनले बोलेको त्यो वाक्य आजका मितीसम्म आईपुग्दा पुरा गरि देखाई सकेका छन ।   
४) फेसबुक, कम्प्युटर र क्रिकेट
आधा बर्ष बढी पत्रकारिता सन २०११ को उत्तरार्ध तिर त्यतिवेला भर्खर फेसबुकको लहर धनगढीमा चलेको थियो । मैले त्यतिवेला कम्युटर कक्षा पनि सुरु गरेको थिए । कक्षामा सहायक प्रशिक्षकलाई फेसबुक बनाईदिन आग्रह गरेसँगै उहाँले सहजै बनाईदिनु भयो । फेसबुकमा भने मैले आफ्नो निकनेम राखे, “सुमन जोशी” । जुन नामले अझै पनि धेरै जसो साथीहरुले मलाई चिन्ने गर्नुहुन्छ । फेसबुक बनाए पश्चात क्रिकेटसँगको सम्बन्ध अझै गाढा भयो । फेसबुकमा म क्रिकेटसँग सम्बन्धित धेरै कुरा सर्च गर्न थाले । क्रिकेटसँग जोडिएका व्यक्तिहरुसँग सम्बन्ध जोडिन थाल्यो । केही दिन मै फेसबुकको लत लाग्यो, त्यतिवेला कहिलेकाही मात्र कम्प्युटर कक्षा तथा अफिसमा फेसबुक चलाउँन पाईन्थ्यो । मैले घर मै कम्प्युटर किनिदिन घरमा आग्रह गरे । त्यस समय हाम्रो गाउँघरमा विरलै कसैको घरमा कम्प्युटर देखिन्थ्यो । घरको स्थिती पनि खासै मजबुद थिएन । घरमा भएको एउटा पसलले दाई, दिदि र मेरो पढाई खर्च धान्न मै ठिक्क हुन्थ्यो । बुवाले जसो तसो घर धान्नु भएको थियो, त्यसै कुरालाई मध्यनजर राख्दै बुवाले सुरुमा त नकार्नु भयो तर पछि मैले धेरै करकर गर्न थालेपछि कता कताबाट पैसा जुटाएर कम्प्युटर किनी दिनुभयो । मलाई पछि मात्र थाहा भयो, मेरो कम्युटर किन्दा बुवाले लिनुभएको ऋण तिर्न हामीले पछि धनगढीमा भएको जग्गा बेच्नु पह्यो र ऋण तिरी बचेको पैसाले बुवाले गाउँमा खेत किन्नु भएछ । गाउँमा खेत सस्तो हुने हुनाले यहाँको खेत बेच्दा बचेको पैसा थपी मैले बुवालाई ल्यापटप किनी दिन आग्रह गरे, तर यसपटक वुवाले मान्नु भएन । पत्रकारिता गरिरहेको बढी जसो समय बाहिर व्यतित गर्नुपर्ने भएकाले मलाई डेक्सटप भन्दा नि ल्यापटपको बढी खाचो हुने भएपछि म ल्यापटप किन्ने निर्णयमा पुगेको थिए ।
म्याच अपडेटमा व्यस्त रहँदाकाे एक पल
डेक्सटप किनेको १ बर्षपछि ल्यापटप लिने उदेश्यले आधा मुल्यमा त्यसलाई विक्री गरे । अब ल्यापटपका लागी थप पैसाको जोहो गर्नु जरुरी थियो । बुवालाई भन्ने अवस्था थिएन, किनकी भर्खरै घरमा दिदिको बिहे सम्पन्न भएकोले भएभरका पैसा विहेमा लगाउनु भएको थियो । त्यति नै वेला मैले जिल्ला निर्वाचन कार्यालयमा करारमा कम्प्युटर अपरेटरका लागी आवेदन आह्वान गरेको थाहा पाए र अप्लाई गरे, नाम निस्को । बुवाले खेत विचेर किनेको कम्प्युटरले पहिलो पटक करार मै भएपनि सरकारी जागिरे बनायो र सरकारी ल्यापटप लिएर म  फिल्डमा निस्के । कम्प्युटर अपरेटरका रुपमा काम गर्दा मेरो पारिश्रमिक चित्त बुझ्दो भएकाले दैनिक म झण्डै पाँच सयसम्म बचत गर्न सक्थे, गर्नुपनि थियो किनकी मलाई पनि एउटा ल्यापटप किन्नु थियो । छोटो समयका लागी करारमा नियुक्ती भएकाले करार अवधी सकुञ्जेल मैले ल्यापटपका लागि केही रकम जोहो गरेको थिए र आधा रकम मैले डेक्सटप बेच्दाको थियो । दुवै रकम जोडेर ल्यापटप किन्ने जति पैसा जोहो भयो । म निकै खुशी भए, अब मैले आवश्यक परेका वेला जहाँपनि कम्युटिंग सम्बन्धी सम्पुर्ण काम गर्न सक्थे र सवै काम क्रिकेटसँग सम्बन्धित नै थियो ।
अपडेटमा व्यस्त रहँदा (एसपीए कप २०१५ मा) 
त्यही ल्यापटपले यहाँ हुने प्रत्येक खेलको लाईभ अपडेट दिदै क्रिकेट खेलका पारखीहरुलाई मनोरञ्जित गर्यो, खेल पछिको सम्पुर्ण विवरणहरु सवैलाई प्रेषित गर्न मदत गर्यो , हाम्रा सवै गतिविधीलाई आम क्रिकेट प्रेमी नेपालीहरुमाझ परिचित गरायो । एकदिन एसपीए कप २०१५ मा खेलको अपडेट दिईरहेका बेला एक खेलाडीले प्रहार गरेको छक्का सिधै आएर मेरो ल्यापटप चुम्म पुग्यो, बल लागि ल्यापटप भुईमा पछारियो, भौतिक क्षति ल्यापटपलाई भएको थियो होला भावनात्मक रुपमा मन तरक्क रोयो । हतार गरी ल्यापटप उठाए, ल्यापटप बन्द थियो माथिल्लो भाग केही टुटेर हल्लिरहेको थियो, अन गरे, भएन । फेरी प्रयास गरे भएन । अनि बैकल्पिक उपाय स्वरुप ब्याट्री खोलेर फेरी मिलाए, बल्ल ल्यापटपले आखाँ उघारे, मैले चैनको श्वास फेरे । त्यस घटनालाई समेटेर क्रिकेटलोकका राजन शाह दाईले आफ्नो धनगढी डायरीमा सानो अंश लेख्नुभएको मलाई अझै याद छ । धनगढीलाई क्रिकेटको शहर बनाउन यस ल्यापटपको भुमिका पनि कहाँ कम छ र ? म जहाँ जाउँ यो मेरो पिठ्युमा झुण्डिएकै हुन्छ । जसका सम्पुर्ण फोल्डरहरु अहिले पनि क्रिकेटका सम्पुर्ण गतिबिधीसँग रुझेका छन, यसको एक क्लिकमा धनगढी क्रिकेटको सम्पुर्ण गतिविधी पाउँन सकिन्छ । कहिले काही स्पेस कम भएर यसमा भएका केही कुरा डिलिट गर्नुपर्ने हुदाँ के डिलिट गर्ने मलाई निकै धर्मसंकट पर्छ किनकी त्यस भित्रका प्रत्येक क्षणसँग मेरो परिश्रम जोडिएको छ, मिठो ईतिहास जोडिएको छ, धेरै मेहनत पश्चात मात्र त्यो काम गर्न सफल भईएको थियो त्यही भएर पनि ती मेटाउन सजिलै कहाँ सकिन्थ्यो र ?  
५) एसपीए कप २०१३ अनि क्रिकेट फारवेष्ट
एसपीए कप २०१३ अर्थात तेस्रो संस्करणको एसपीए कपबाट औपचारिक रुपमा क्रिकेटमा प्रवेश गरे । सुरुको पहिलो दिन एसपीए कप २०१३ हेर्न भनि मैदानमा पुगे । खेल सकियो, मिडिया बक्समा एक जना परिचित अनुहार ल्यापटपमा आफ्ना औलाहरु कुदाँईरहेको थियो । त्यस परिचित अनुहारलाई भेट्न मन लाग्यो अनि उसको नजिक गए । विराट दाई हुनुहन्थ्यो उहाँ । नेपाली क्रिकेट फ्यान क्लबका अध्यक्ष । फेसबुक बनाएसँगै म पनि सो क्लबको मेम्बर बनेको थिए । सो क्लबमा सबभन्दा सक्रिय तथा सम्पुर्ण फ्यानहरुलाई सम्पुर्ण नेपाली क्रिकेट सम्बन्धी जानकारी दिने उहाँ नै हुनुहुन्थ्यो । हामी धेरै फ्यानहरु क्रिकेट सम्बन्धी नयाँ अपडेट तथा जानकारीका लागि उहाँलाई पंछईरहन्थ्यौ । उहाँको एक स्टाटसमा सयौ लाईक हुन्थे । उहाँ नजिक पुगे । उहाँ अझै पनि काम मै व्यस्त थिए मैले उहाँलाई डिष्र्टब नहुने गरि उहाँको काममा नजर डुलाई रहे । आफु पनि मिडियाको विधार्थी भएकाले उहाँ सम्पुर्ण खेलको अपडेट, फोटो पोष्टिंग, न्युज मेकिंग, सम्पादन, न्युज सेडिंग आदि सम्पुर्ण मिडियासँग सम्बन्धित काम गरिरहनु भएको छ भन्ने कुराको मेसो पाईसकेको थिए । त्यतिकैमा प्रतियोगिताका संयोजक सुवाश शाही त्यही आउनु भयो, मैले नमस्कार सर गरे, लगत्तै उहाले तपाई आजकल के गर्दै हुनुहुन्छ सुमन जी भन्ने प्रश्नमा एसपीए कप हेर्दै दिन बिताउँदै छु सर भने । त्यति सुनेपछि म खाली छु भन्ने भान पाएर उहाँले विराट जीलाई तपाई पनि हेल्प गर्नुस न भोली देखि भन्नु भयो त्यति वेला एसपीए कपमा विराट दाई मिडिया संयोजक को जिम्मेवारीमा हुनुहुदों रहेछ र म पनि उहाँलाई सहयोग गर्न भोली देखि तयार भए । विराट दाईसँगको राम्ररी चिनजान भयो, त्यो सम्बन्ध अझैपनि निकै नजिक छ, अर्को दिन देखि विराट दाईसँगै दिन भर म्याचमा बसेर सिको गर्न थाले । उहाँ फ्यान क्लबमा प्रत्येक पलपलको खबर सम्प्रेषित गर्नुहुन्थ्यो अनि केही अरु पेजहरु प्नि चलाउनुहुन्थ्यो, एकैछिन अपडेट बन्द हुदाँ सयौ फ्यानहरुले देशभरिबाट अपडेट किन बन्द भन्दै म्यासेज पठाउँथे । 

त्यही सिको गर्दै मैले पनि सुदुरपश्चिमको सम्पुर्ण क्रिकेट गतिविधी लच्छित गरी, सम्पुर्ण यहाँका क्रिकेट प्रेमीहरुको साझा एउटा ठाउँ होस, यहाँको क्रिकेट गतिविधी जान्न तथा बुझ्न चाहानेहरुका लागी सजिलो होस भन्ने उदेश्यले क्रिकेट फारवेष्ट नामक फेसबुक पेज सुरुवात गरे । छोटो समय मै यहाँका क्रिकेट प्रेमीहरु माझँ लोकप्रिय बनेको पेज सुदुरपश्चिम कै पहिलो क्रिकेट पेज हो । पछि धनगढी लगायत अन्य क्षेत्रमा विस्तार गर्ने उदेश्यले महेन्द्रनगर, बैतडी, डोटी, लमजुंग, बुटवल तथा काठमाण्डौमा एडमिन दिई समग्र देश कै क्रिकेट गतिविधीहरु हामी सम्प्रेषित गर्न थाल्यौ । तर अझै पनि पेजले सुदुरपश्चिम कै क्रिकेटले बढी महत्व पाउने गरेको छ । जुन आम सुदुरपश्चिमेलीका क्रिकेट प्रेमीहरुको साझा थलो पनि बन्न पाएकोमा निकै खुशी लाग्दछ । यहाँका सम्पुर्ण क्रिकेट गतिविधीहरु सम्प्रेषण गर्न थालेपछि क्रिकेटसँग सम्बन्धित धेरै मान्छेहरुसँग परिचय बढ्यो । केही अनलाईन तथा पेजहरुले यहाँका सम्पुर्ण गतिबिधी सम्प्रेषण गरिदिन अनुरोध गर्न थाले म निसंकोच विना स्वार्थ उनीहरुलाई आवश्यक परेका सम्पुर्ण कुराहरु प्रेषित गरिदिन्थे । त्यसै क्रममा नेपाल मै सवैभन्दा बढी प्रंशसक भएको क्रिक नेपालको टीमसँग मजबुद सम्बन्ध निर्माण भयो भने अरु थुप्रै अनलाईनहरुमा आबद्ध भए र जुन सवै भेलियन्टयरी मात्रै थिए, स्वार्थ एउटा मात्रै थियो हामीले गरेका क्रिकेट गतिविधी सम्पुर्णले जानुन, थाहा पाउँन । 
६) फाप्ला एण्ड एनपीएल 
यस क्षेत्रको क्रिकेटलाई नयाँ उचाईमा पुर्याउने लक्ष्यका साथ दिनरात खट्नु भएका सुवाश सरले क्रिकेटमा रुची भएका व्यक्तिहरुलाई आफ्नो टीममा समेट्ने प्रयास गरिरहेका थिए । त्यही क्रममा एसपीए कप २०१३ देखि म पनि सुवाश सरको टीममा सामेल भईसकेको थिए, एसपीए कप सकिए लगत्तै उहाँले नेपाल कै सवैभन्दा लामो क्रिकेट लिग प्रतियोगिता धनगढी क्रिकेट लिग(डिसिएल) को दोस्रो संस्करण सुरु गर्नु भयो र त्यसमा मिडिया संयोजकको भुमिकामा रही खेल अवधी भर खेलको प्रत्यक्ष अपडेट, खेल सकिनासाथ समाचार, फोटो बनाई त्यसलाई सम्पादन गरी आम सम्पुर्ण क्रिकेटप्रेमी तथा मिडियाहरु सम्म पुर्याउने काम गर्न थाले । डिसिएलको बिचमा पुगिसकेपछि काठमाण्डौमा प्रेश मिट मार्फत नेपाल प्रिमियर लिग (एनपीएल) हुने घोषणा गरियो । आयोजकको रुपमा जोहरा स्पोर्टस म्यानेन्जमेन्ट अगाढी देखियो । त्यसवेला जसले नेपालमा अत्याधिक चर्चा पाएको थियो । देश भरि कै सवै नाम कहलिएका खेलाडीहरु प्रतिस्पर्धामा उत्रने भएकाले पनि प्रतियोगिताको विशेष महत्व थियो । सवै क्रिकेट फ्यानहरु सो प्रतियोगिताको ब्यग्र प्रतिक्षामा थिए । 
फाप्ला मैदान स्तरउन्नतीका वेला मैदान
यता सुवाश सरले बहुप्रतिक्षित बनेको उक्त प्रतियोगितालाई फाप्लासँग कसरी जोड्न सकिन्छ सोचिरहनु भएको रहेछ । धनगढीमा क्रिकेट मैदानको अभाव खड्किरहेका वेला उहाँले नै गौचरणलाई फाप्ला क्रिकेट मैदानमा परिवर्तन गर्नुभएको हो । प्रकृतिले नि निकै सुन्दर ठाउँ फाप्लालाई अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउन सकिने कुरा उहाँको दिमागमा घुमेछ । त्यसका लागी यस ठाउँको महत्व तथा यसको सम्भावनालाई सम्बन्धित ठाउँमा पुर्याउन जरुरी थियो । जसका लागी यसको व्यापक प्रचार प्रसारको जरुरत थियो, सुवाश सरले त्यो एनपीएलबाट सम्भव देख्नु भयो । फाप्लामा एनपीएल गर्न सके, एकातिर धनगढीलाई क्रिकेटको शहरका रुपमा अघि ल्याउन सकिन्थ्यो भने अर्का तिर फाप्ला सवैको नजरमा पर्ने भएकाले यहाँ रंगशाला निर्माण गर्ने उहाँको सोचले गति लिन्थ्यो । त्यही कुरालाई मध्यनजर राख्दै निकै ठुलो मेहनत पश्चात एनपीएलको दुई दिने फम्र्याटका प्रतियोगिताहरु धनगढीमा हुने पक्का भए । आयोजक प्रतियोगिता धनगढीमा दिन राजी भएपनि धनगढीमा त्यो स्तरको कुनै मैदान नहुदाँ आयोजकको पहिलो शर्त नै मैदान उपलब्ध गराउनु पर्ने थियो सो शर्तलाई सहर्ष स्वीकार गर्दै सुवाश सरले क्रिकेट कै लागी व्यक्तिगत लाखौ रुपैया खर्च गरेर फाप्लालाई एनपीएलका लागी तयार गर्नुभयाे ।
 फाप्ला तयार गर्न नेतृत्व लिएका सुवाश सरसँगको सहयात्री भएँ । झण्डै हामीले ३ महिना बढी फाप्लामा काम गरौ । साधारण गौचरणमा अन्तराष्ट्रिय स्तरको मैदान साथै पीच निर्माण गर्नु त्यति सजिलो थिएन । मैदानको एकातिरको भाग अग्लो डाडा थियो त्यसलाई चिरेर त्यहाँ तत्काल नयाँ घास उमान्रु थियो, उता स्थानियहरुको सहभागिता सुनिश्चित गरी काम गुर्नपर्ने, विजुलीबत्ती नभएको ठाउँमा विजुली बत्ती पुर्याउनु पर्ने, फाप्ला जाने सडक मर्मत तथा त्यहाँ ग्रेभल गर्नुपर्ने, होमपाईपहरु विछ्याउनुपर्ने, यातायातका साधनहरु नचल्ने ठाउँमा यातायातका साधन चलाउनु पर्ने, आवश्यक स्रोतसाधन तथा जनशक्तीको नभएको वेला भारतबाट पनि स्रोत साधन झिकाई ३ महिनाको अवधीमा हामीले मैदानलाई खेल्न लायक बनाएका थियौ । विहान चियाँ खाएर निस्कने हामी अवेर रातीसम्मै मैदान मै हुन्थ्यौ ।  
फाप्ला मैदान निर्माणका क्रममा केही सहयाेग गर्दै । 
फाप्लामा काम गर्दा स्नातक दोस्रो बर्षको बार्षिक परिक्षा चलिरहेको थियो । सवै साथीहरु अध्ययनमा ब्यस्त रहेको समयमा म भने फाप्लामा हुन्थे । कहिलेकाही ल्यापटपसँगै ब्यागमा किताव पनि लिएर जान्थे तर किताव पढ्ने फर्सद कहाँ पाईन्थ्यो र ? त्यसको परिणाम पनि भोग्नुपर्यो मैले । परिक्षा त जसो तसो दिए तर नतिजामा एक विषयमा फेल देखायो, जसले स्नातकोत्तरको मेरो पढाई एक बर्ष पछाडी धकेलिदियो । स्कुल गएदेखि पहिलो पटक फेलको अनुभव गर्दै थिए म । मैले घरमा रिजल्ट विग्रेको कुरा भन्न सकिन, तर केही दिनमा घरमा थाहा पाईसकेछन र धेरै दिनसम्म म उहाँहरुका अगाढी पर्न सकिन । क्रिकेटमा लागेकोमा केही दुःख अनुभुती भएको थियो त्यसवेला । यदि परिक्षाका वेला क्रिकेटमा नलागी पढेको मात्र भए आज स्नातकोत्तर दोस्रो बर्षमा अध्ययनरत हुन्थे तर सँगैका साथीहरु दोस्रो बर्षमा हुदाँ आफु भने पहिलो बर्षमा अध्ययनन गर्न जादैछु अब स्नातकोत्तरको अध्ययन नसकिदाँ सम्म क्रिकेटलाई अंशिक बिट मार्ने सोच बनाएको छु । 
परिक्षाको नतिजा बिग्रेकोमा केही पश्चाताप त अवश्य थियो तर सँगसँगै भव्य रुपमा फाप्लामा एनपीएल सम्पन्न हुनु, फाप्लाले देश तथा विदेशमा चर्चा पाउनु तथा धनगढी नगरपालिकाले धनगढीलाई क्रिकेटकोे शहरका रुपमा लिपीवद्ध गर्नु, जस्ता कुराले त्यो दुखमा मल्हम लगाउने काम गह्यो । हामीले गरेको मेहनतले केही रुपमा सफलता पाएको संकेत थियो यो ।   
७) ड्रीम फाप्ला 
एनपीएलबाट फाप्लाले पाएको चर्चालाई समात्दै सुवाश सरले फाप्लामा अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण अभियान “ड्रीम फाप्ला” अभियानलाई अगाढी बढाउने निर्णय लिनुभयो । लामो छलफल पछि हामीले यस अभियानलाई सार्वजनिक गर्ने घोषणा गर्यौ । यस अभियानको उदेश्य आम सम्पुर्ण क्रिकेट प्रेमीहरुलाई समेट्दै उनीहरुको सानो सानो सहयोगबाट ४० हजार दर्शक क्षमताको क्रिकेट रंगशाला निर्माण गर्नु थियो । जसका लागि एउटा कमिटी गठन भयो, सवैको सर्वसहमतीमा अध्यक्षमा सुवाश सर तथा सचिवमा मेरो नाम चुनियो र हामीले यस अभियानलाई जोडतोडका साथ अगाढी बढाउने निर्णय लियौ । त्यस अभियान घोषणा गरेसँगै विभिन्न संघसंगठन, व्यक्ती, खेलाडीहरुले आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग घोषणा हुने क्रम सुरु भयो । 

सरकारले आर्थिक बर्ष २०७२÷०७३ को बजेटमा फाप्लालाई अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने कुराको घोषणा हुदाँ हामी गदगद भयौ । हामीसँगै सम्पुर्ण सुदुरपश्चिमबासीहरु हर्षित भए । किनकी यो प्रोजेक्ट सफल भएमा आम सुदूरपश्चिमबासीको प्रत्यक्ष रुपमा रंगशालामा अन्तराष्ट्रिय खेलहरु हेर्न पाउनेछन भने अप्रत्यक्ष रुपमा यहाँका आर्थिक क्रियाकलापहरुमा पनि वृद्धि हुनेछन । यस क्षेत्रमा खेल पर्यटक भित्रनेछन, रोजगारीको अवसर श्रृजना हुनेछ, यस क्षेत्रको चिनारी नै रंगशाला बन्नेछ । त्यसका लागी यहाँका आम सुदूरपश्चिमबासीले एकजुट भएर लाग्नु जरुरी छ ।  
८) एसपीए कप २०१५ 
देश कै सवैभन्दा ठुलो क्रिकेट प्रतियोगिता । चाहे आयोजनाका हिसावले होस या पुरुष्कार राशीका हिसावले धनगढीमा हुने यो प्रतियोगिताका नेपाली घरेलु प्रतियोगिताहरु मध्येको एक मात्र ठुलो क्रिकेट प्रतियोगिता हो । जसकोे आयोजना पखाई हजारौ हजार क्रिकेट प्रेमीहरुलाई हुने गरेको छ । एसपीए कप २०१५ को सुरुवात दिन देखि नै म हरेक क्रियाकलापमा प्रत्यक्ष रुपमा सहभागी रहे ।
 घोषित रुपमा म मिडिया संयोजकको रुपमा थिए तर काम भने जे देखियो त्यही गर्नुपथ्र्यो । कहिले स्पोन्सरका पछि, कहिले टीमको खबर, व्यवस्थापकिय जिम्मेवारी, अनि प्रायः रेकर्ड राख्ने, अतिथीहरुसँगको भेटघाट आदि आदि । प्रतियोगिताका लागि आवश्यक पर्ने सम्पुर्ण कामहरु गर्ने कुरामा मैले कहिले केही नाई भनिन । त्यस बाहेक आफ्नो नियमित कामहरु डकुमेन्टेसन, मिडिया कोर्डिनेसन, न्युज मेकिंग, फोटो फिचर, अपडेटिंग आदि आदि मिडियासँग रिलेटेड सम्पुर्ण कामहरु हेर्नुपर्ने हुन्थ्यो । एसपीए कप २०१५ पनि भव्य रुपमा सम्पन्न भयो । प्रतियोगिताले यति उचाई लिईसकेको थियो कि टिकट काटेर नि मान्छेहरुले प्रवेश पाएका थिएनन । त्यसका लागी पनि धनगढीमा रंगशाला आवश्यक भैसकेको थियो । एसपीए कपले आफ्नो टीकटबाट उठेको पैसाबाट ड्रिम फाप्ला अभियानलाई केही रकम छुटायो । 
८) धनगढी क्रिकेट एकेडेमी र व्यवस्थापन 
एसपीए कप २०१५ को समाप्तीसँगै म केही समयका लागि राजधानी हानिए । म राजधानी मै हुदा त्यहाँ काठमाण्डौ प्रिमियर लिग हुदै थियो । सो प्रतियोगितामा धनगढीले पनि सहभागिता जनाएको थियो । प्रतियोगितामा आफ्नो टीमलाई चियरअप गर्न म टुडिखेल पुगेको थिए ।
पहिलाे केसिएलकाे च्याम्पियन बन्दा...
टीम क्वाटरफाईनलमा पुगिसकेको थियो, र सेमी फाईनल तथा फाईनलको जीति आफ्नो नामले ईतिहास लेख्नु थियो । त्यो ईतिहासको साक्षी बन्ने मौका हामी गुमाउन चाहान्नथ्यौ । सेमी फाईनल तथा फाईनलमा काठमाण्डौमा टीमको हौसला बढाउन फेरी आफ्नो नियमित कर्म थाले, देशले लाईभ अपडेट हेरिरहेको थियो, काठमाण्डौका नाम चलेका क्लबहरुलाई सजिलै पारजित गर्दै धनगढीले पहिलो केसिएलको उपाधी जित्न सफल भयो । त्यसले धनगढीलाई क्रिकेटको शहरको पहिचानमा थप मदत पुग्यो अनि खेलाडीहरुले जितेको पैसाको केही भाग धनगढीमा अन्तरािष्ट्रय क्रिकेट मैदान निर्माण गर्नका लागि ड्रिम फाप्ला लाई प्रदान गरे । 
       छोटो समयको राजधानी बसाईको सुखद अन्त्यसँग गृहनगर धनगढी फर्केर धनगढी क्रिकेट एकेडेमीको व्यवस्थापनको जिम्मेवारी बहन गर्नुपर्ने भयो । एकेडेमीमा घरेलु क्रिकेटको विकासका लागी देश भित्रै रहेका क्रिकेट संस्थाहरु बिच सहकार्य हुन जरुरी छ भन्ने उदेश्यले धनगढीमा ८ म्याचको डिसिए एनसिए सिरिज राख्यौ, जसले यु १६ का खेलाडीहरुलाई थप शशक्त बनाउँन मदत गह्यो । त्यसको सम्पुर्ण व्यवस्थापकिय जिम्मेवारी वेहोर्नुपर्दा व्यवस्थापनलाई कसरी चुस्त दुरुस्त बनाउँन सकिन्छ भनि अभ्यास भैसकेको थियो । सिनियर टोलीका लागी चितवनबाट टीम झिकाई धनगढी चितवन सिनियर सिरिज गर्दा होस या ईन्टर स्कुल गल्र्स तथा ईन्टर स्कुल ब्वाईज क्रिकेट प्रतियोगिता गर्दा क्रिकेट व्यवस्थापनमा केही परिपक्वता विकास भै सकेको थियो , त्यस्तै महिला क्रिकेटको पनि विकास गर्ने उदेश्यले डिसिएले आफ्नो लेडिज टीम झापा पुर्याएको थियो, देश नै बन्द रहेका वेला लेडिज टीमलाई एक्लो व्यवस्थापन गर्नु निकै चुनौतीपुर्ण थियो तर निकै प्रतिकुल वातावरणका वावजुद पनि फर्कदा नेपालको बाटो फर्कन सम्भव नहुने भएकाले भारतहुदै सुरक्षित घर फर्काउन सक्नु सक्षम व्यवस्थापनको एउटा पाटो थियो मेरा लागी ।  त्यस्त खेलाडीहरुलाई अन्तराष्ट्रिय म्याच एक्सोजर दिने उदेश्यले डिसिएले अन्तराष्ट्रिय टुर अन्तर्गत भारको मुम्बई र गोवाको टुरको आयोजना गर्ने निर्णय देखि टुरको सम्पुर्ण व्यवस्थापकिय जिम्मेवारी सफल रुपमा वहन गर्न सक्नु मेरालागी क्रिकेटबाट अल्पकालिन विश्राम लिने समयमा पुग्दा सुरक्षित अवतरण मान्छु म । त्यसवाहेक डिसिएको दैनिक अभ्यासमा आवश्यक सम्पुर्ण व्यवस्थापकिय जिम्मेवारी निर्वाह गर्नुपर्दा क्रिकेटका सवै क्षेत्रमा आफु रिझीसकेको अनुभुति हुन्छ । 
डिसिए एनसिए सिरिज जितेपछि...
अब भने क्रिकेटबाट विदा लिनुपर्ने वेला भएको छ । स्नातकोत्तरको अध्ययनका लागी होमटाउँन धनगढी छोडी काठमाण्डौ हानुनुपर्ने अवस्था छ । हामीले छोटो समयमा क्रिकेटको विकासका लागी धेरै महत्वपुर्ण काम गरेर देखाउन सकेका छौ । बर्षौ यस क्षेत्रका क्रिकेट मतियारहरुले गर्न नसकेका धेरै कुरा हामीले गरी देखाईदिएका छौ । यसका लागी न कहिले हामीले पारिश्रमिक लियौ, न पारिश्रमिकको माग गरौ, न सरकारले न कुनै संस्थाले बजेट नै छुटएको थियो तर पनि नियमित नथाकीकन लागौ लागिरह्यौ । मनमा चाहाना र उत्साह तथा सकरात्मक सोच लिएर अघि बढे भने जे पनि सम्भव छ भन्ने कुराको प्रत्यक्ष उदाहरण हो यो । काम गर्दा हाम्रा अघि थुप्रै पटक बाधा अडचन आए, कयौ पटक स्थानियहरुलाई सम्झाई बुझाई गर्नुपर्ने, कयौ पटक निति निर्माण् गर्ने पक्षसँग भिड्नु पर्यो, कयौ पटक स्रोत साधनको अभावमा काम नै अघि नबढ्ने अवस्था थियो, थुप्रै पटक आर्थिक समस्याले सतायो तर पनि हामी रोकिएनौ, निरन्तर लागि रह्यौ र सफल भयौ । हामी केही व्यक्तीले यहाँको क्रिकेट विकासमा यत्रो ठुलो आमुल परिवर्तन ल्याउन सक्छौ भने क्यान नामाकरण गरेको संस्थाले साच्चकै चाहाने हो भने नेपाली क्रिकेटले अहिले सम्म वान डे स्टाटस पाईसक्नेमा दुईमत छैन । क्यानमा जुन कुराको अभाव छ, हामीले त्यही कुरामा जोड दियौ । भन्ने गरिन्छ, क्यानमा राजनिती छ, अव्यवस्थापन छ, अपारदर्शिता छ, काम गर्ने मान्छेलाई काम गर्न दिईदैन, त्यसैले क्यानको आलोचना हुने गरेको छ । हामीले त्यसको ठिक उल्टो गह्यौ, हामी कहाँ राजनिती छैन, व्यवस्थापन एकदम चुस्त छ, हामी पुर्ण पारदर्शी छौ, त्यसैले सवैको हामीलाई विश्वास छ, हामी कहाँ काम गर्ने मान्छेलाई प्रोत्साहन गरिन्छ, सम्मान गरिन्छ, सवैलाई साथमा लिएर अघि बढ्छौ हामी, त्यसैले हामी सफल छौ । जसको परिणाम धनगढीले क्रिकेटको शहरको उपमा पाएको हो । 

Friday 30 October 2015

मेरो डायरी १६ (मुम्बई ­ गोवा टुर भाग १)

    धेरै भयो, सायाँ मेरा लागि क्रिकेट, एउटा प्यासन मात्र हैन दैनिकी पनि बनेको छ । त्यही सिलसिलामा नयाँ गन्तव्यको रेखा कोर्दै हामीहरु क्रिकेटको नर्शरी मुम्बईमा पुगेका छौ । हामीसँग एउटा टीम छ, उसले आफ्नो भविष्यलाई मजबुद बनाउँन हाम्रो साथ खोजेको छ । उनीहरुको सफल भविष्यमा देशको क्रिकेटको भविष्य तथा क्रिकेटको कायापलट गर्न हामीसँग पथप्रदर्शक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाही हुनुहुन्छ । उहाँले देखाउनु भएको बाटोमा हामी यात्रामा हिडेको एकहप्ता बढी भईसकेछ, सायाँ ।

    टुरमा निस्कने दिन, दशैको टीकाको दिन । सुवाश सरले युवा खेलाडीहरुलाई अन्तराष्ट्रिय म्याच एक्सोजर दिन तथा उनीहरुलाई एउटा पुर्ण खेलाडी बनाउन झण्डै तिन महिना पहिले मुम्बई गोवा टुर आयोजनाको घोषणा गर्नुभएको थियो । धनगढी क्रिकेट एकेडेमीले प्रत्येक बर्ष अन्तराष्ट्रिय टुरको आयोजना गर्ने गर्दछ । त्यही क्रमलाई निरन्तरता दिदै एकेडेमीले यस पटक क्रिकेटको नर्शरी भनेर चिनिने भारतको मुम्बई तथा गोवा टुरको आयोजना गरेको हो, सायाँ ।
    टुरको तयारी तिन महिना पहिले देखि नै सुरु भएको थियो । सुवाश सरको निर्देशनमा एकेडेमीको व्यवस्थापकको हैसियतमा म र सहायक व्यवस्थापक विजय जी, दैनिक रुपमा तयारीमा जुटेका थियौ । टुरका लागि १४ खेलाडी छनौट गर्नुपर्ने, अभिभावकसँग छलफल, बजारमा दौडधुप, भम्रणको सम्पुर्ण व्यवस्थापन, खेलाडीहरुको प्रशिक्षण तथा अभ्यासमा खटिनु पर्नुे तथा नजिकिदै गरेको महान चाड दशैले हामी दुई जनै व्यवस्थापकहरुको दैनिकी  निकै व्यस्त बनाईदिएको थियो । यो समयमा हामीले घरमा कम र वाहिर बढी समय व्यतित गरौ, दशैमा घरपरिवार तथा साथीभाई भनेनौ वल्की एउटा निस्वार्थ महान उदेश्य लिएर अगाढी बढ्नु भएका सुवाश सरलाई साथ दिनु हामीले कर्तव्य ठान्दै त्यसमा अग्रसर भईरह्यौ ।
विदाइ कार्यक्रम
तिमीसँग पनि त्यस समयमा भेट भएन सायाँ, निकै कम मात्र तिमीसँग बोलचाल भयो । तिमीले कति पटक फोन गरौ, काममा केही विजी भएर उठाउन पाईएन, तिमीले पठाएका म्यासेजहरु रिप्लाई गर्न पाईन अनि तिमीले रिसाउँदै फोन काट्दा नि तिमीलाई फकाउँन समय दिन सकिन, सरी सायाँ । मलाई थाहा छ, सायाँ तिमी मलाई राम्ररी बुझ्छौ । तिमीले आज सम्म मेरा हरेक कुरामा साथ दिएकी छौ । त्यही भएर म ढुक्क छु, तिमीले कहिले पनि मेरो काममा ईन्टरफियर गरेनौ मेरा लागि त्यो भन्दा ठुलो कुरा के होला र सायाँ, मिस यु ।
राजु सर ।
    टीका सकेर, राजु घिंसिग (कान्तिपुरका खेल पत्रकार) तथा सार्थक भाईलाई लिन एअरपोर्ट गईयो । सधै एअरपोर्टभरी ट्याक्सी पाईन्थ्यो त्यही सोचेर दुवै जनालाई ट्याक्सीमा रिटर्न गराउने सोचमा हामी एअरपोर्ट पुगेका थियौ तर त्यस दिन एअरपोर्टमा ट्याक्सी पाईएन, एउटा त दशैको दिन सवै ट्याक्सीवाला दशैको टीका लगाउन व्यस्त अझै भारतको अघोषित नाकाबन्दीले देशैभरी पेट्रोलियम पदार्थको अभावले धेरै यातायातका साधन चल्न पाएका थिएनन । त्यसकै प्रभाव धनगढीमा पनि परेको थियो । एअरपोर्टमा ट्याक्सी नपाई पछि एउटा विकल्प स्वरुप हामीले राजु सरलाई विजय जीको बाईकमा होटल पुर्याउने व्यवस्था मिलायौ भने सार्थक भाई र म महेन्द्रनगर जाने गाढीमा मेनरोडसम्म पुग्यौ । एअरपोर्टबाट मेनरोड पुग्न २ किलोमिटर बाटो हो । बन्द तथा अभावको वेला बल्ल पाएको त्यो ट्याक्सीले २ किलोमिटरको दुई सय रुपैया लियो । अहो, कति महंगो । मेनरोडमा पुगेपछि बस, टेम्पो, ट्याक्सीका लागि केही बेर कुर्यौ । १० मिनेट कुर्दा पनि पाईएन । थुप्रै गाढीहरु आएपनि तर सवै भरिभराउँ मात्र । केही वेरमा एउटा बस रोकियो त्यसैमा चढेर हामी होटलका लागि निस्कियौ । तर बस नि चौराहासम्म मात्र जादो रहेछ, त्यहाबाट अटो रिक्सा चढेर वल्ल होटल पुग्यौ । होटलमा राजु सर र सार्थकलाई आरामको आग्रह गर्दै विजय सर र म फेरी आफन्तसँग टीका थाप्न घर तिर लाग्यौ ।

    साझँ फेरी एकपटक, के के तयारी पुरा भयो भनेर रिभिजन गरौ । आवश्यक सामाग्रीहरु एक ठाउँमा तयार गरौ । टुरका लागि सवै तयारी सकि सकेको थियो । अर्को दिन विहान हामी गौरिफण्टाबाट मुम्बईका लागि प्रस्थान गर्ने कार्यक्रम तय भईसकेको थियो । सो विहान यहाँका डिआईजी माधव नेपाल सरले हामीसवैलाई शुभकामना दिदै विदाई गरेसँगै हाम्रो यात्रा सुरु भयो ।  
                                                                                        क्रमश....

Tuesday 25 August 2015

डिसिए वुमेन्स इन एक्सन

झापाको काकडभिट्टामा यही भाद्र १० गते देखि सुरु हुने दोस्रो अरुण स्मृती राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिताका लागि यतिवेला धनगढी क्रिकेट एकेडेमी डिसिएको महिला टोली आयोजना स्थल पुगेको छ । टोलीमा केही राष्ट्रिय परिचित अनुहारहरु छन भने केही अनुहार भने विल्कुल नयाँ छन, त्यस्तै एउटा अन्य टीमका लागि एउटा सरप्राइज प्याकेज पनि छ ।  कस्तो छ त, डिसिए वुमेन्स टीम एक रिपोर्ट –

१) जानकी भट्ट

जानकी भट्ट, महिला राष्ट्रिय क्रिकेट टोलीका लागी परिचित नाम हो । उनले थुप्रैपटक अन्तराष्ट्रिय प्रतियोगिताहरुमा नेपाली जर्सी लगाईसकेका छन । नेपाली महिला राष्ट्रिय टोलीबाट उनले एसियाड लगायत एसिसिले आयोजना सिनियर महिला प्रतियोगिताहरुमा पाकिस्तान, मलेसिया तथा कुवेतमा भम्रण गरेकी छिन । लामो क्रिकेट अनुभव संगालेकी डिसिएकी कप्तान जानकी भट्ट नेशनलमा भने क्षेत्र नम्बर ६ बैतडीबाट झण्डै आधा दशक लामो क्रिकेट खेलेर क्षेत्र नम्बर ९ मा प्रवेश गरेकी हुन । क्यानले भर्खरै सम्पन्न गरेको प्राईमिनिस्टर कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा क्षेत्रनम्बर ९ धनगढीबाट कप्तानीको भुमिका निभाईसकेकी उनी डिसिए टीमकी मेरुदण्ड हुन । उनले पछिल्लो समय धनगढी क्रिकेट एकेडेमीको महिला टोलीलाई नियमित प्रशिक्षण पनि गराईरहेकी छिन । उनको प्रशिक्षणबाट उत्पादन भएका प्रतिमा सिंह, करुणा जोशी, चादँनी शाह, कविता कुवँर, शोभा रोकाया जस्ता खेलाडीहरु प्रतियोगिता खेल्न झापा आएका छन । लेभल एक सम्मको क्रिकेट कोचिंग प्रशिक्षण लिईसकेकी उनका खेलाडीहरुले कस्तो प्रदर्शन गर्ने हुन त्यो प्रतियोगिता हेरेर थाहा पाउँन सकिन्छ तर आफ्ना खेलाडीले राम्रो प्रदर्शन गर्नेमा भने उनी ढुक्क छिन ।
२) सोनु खड्का
       बायाँ हाते मिडिल अर्डर ब्याट्सम्यान सोनु खड्का डिसिएको टीममा सवैभन्दा अनुभवी प्लेयर हुन । अलराउण्डरको भुमिकामा देखिने उनी दायाँ हाते ओपनिंग मिडियम पेश बलर पनि हुन ।
           नेपालको जर्सीमा उनले थुप्रै पटक अन्तराष्ट्रिय अनुभव संगाल्नुसकेकी छिन । नेपाली टीमबाट एसिसिका यु १९, टी २०, सिनियर सवै प्रतियोगिता खेलिसकेकी सोनुले थाईल्याण्ड, मलेसिया, सिंगापुर, कुवेत, चाईना, कोरिया तथा पाकिस्तानको अन्तराष्ट्रिय अनुभव समेटेकी छिन ।
       आधा दशक भन्दा बढी क्षेत्र नम्बर ६ को महिला टिमको प्रतिनिधित्व गरेकी सोनुले राष्ट्रिय प्रतियोगिताहरुमा एपीएफ तथा क्षेत्र नम्बर ९ बाट पनि खेलेकी छिन ।
३) करुणा जोशी 
धनगढी क्रिकेट एकेडेमीमा नियमित प्रशिक्षणमा रहेकी करुणा जोशी अलराउण्डर भुमिकामा देखिने गर्छिन । दायाँ हाते मिडिल अर्डर ब्याट्सम्यान उनी मिडियम फास्ट बलर पनि हुन ।
           उनले यस अघि गतबर्ष क्यानले आयोजना गरेको १६ बर्ष मुनिको नेशनल क्रिकेट प्रतियोगितामा सहभागिता जनाईसकेकी छिन ।
         त्यस्तै डिसिएको आयोजनामा धनगढीमा सम्पन्न ईन्टर स्कुल गल्र्स प्रतियोगितामा राम्रो छाप छोड्न सफल करुणाबाट डिसिएले धेरै आशा गरेको छ ।


४) प्रतिमा सिंह
प्रतिमा सिंह, धनगढी क्रिकेट एकेडेमीकी  अलराउण्डर हुन । दायाँ हाते विस्फोटक व्याट्सम्यान प्रतिमा, पार्ट टाईम स्पीन बलर पनि हुन ।
         क्षेत्रनम्बर ९ को महिला टोलीबाट उनले एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता, जनकपुरमा सम्पन्न राष्ट्रिय ईन्टरस्कुल नेशनल तथा धनगढीमा सम्पन्न ईन्टर स्कुल प्रतियोगितामा सहभागीता जनाईसकेकी छिन ।
             सो प्रतियोगिताको उनले विमेन अफ द सिरिज तथा वेष्ट व्याट्सम्यानको अवार्ड पनि पाएकी थिईन । एक खेलमा उनले ९८ रन प्रहार गरे सवैको मन जितेकी थिईन ।  झण्डै ६ महिना बढी नियमित क्रिकेट प्रशिक्षणमा रहेकी उनले छोटो समयमा राम्रो क्षमता प्रदर्शन गरेको प्रशिक्षकहरु बताउँछन । काकडभिट्टमा भईरहेको दोस्रो अरुण स्मृती क्रिकेट प्रतियोगितामा डिसिएको टीमबाट सहभागि हुन गईरहेकी उनीबाट धेरै आशा गरिएको छ ।
५) आशा साँकीं
आशा साँकींले २०६५ सालमा भएको पाचौ राष्ट्रिय खेलकुदबाट क्षेत्र नम्बर ६ बाट क्रिकेटमा डेब्यु गरेकी आशा डिसिएको टीमकी अलराउण्डर हुन ।
             दाया हातेँ मिडिल अर्डर ब्याट्सम्यान रहेकी आशाले दायाँ हात मिडियम फास्ट बलर पनि हुन ।
             क्षेत्र नम्बर ९ बाट उनले सिनियर तथा टी २० महिला राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव बटुलेकी छिन ।

६) विन्दु रावँल
टप अर्डर ब्याट्सम्यान विन्दुले छैठौ राष्ट्यि खेलकुदबाट राष्ट्रिय क्रिकेटमा डेब्यु गरेयता पहिले क्षेत्र नम्बर ६ र हाल क्षेत्रनम्बर ९ बाट निरन्तर क्रिकेट खेलिरहेकी छिन ।
        राष्ट्रिय प्रतियोगितामा उनले उमेर समुहका सवै र सिनियर प्रतियोगिताहरु पनि खेलिसकेकी छिन । २०७० सालमा काठमाण्डौमा भएको यु १९ वुमेन्स नेशनल च्यापियनसिपमा उनी बेष्ट्स ब्याटविमेन पनि भएकी थिईन । गत बर्ष जनकपुरमा भएको यु १६ मा जनकपुर विरुद्ध ९७ रन प्रहार गरेकी उनको यो हाल सम्मको उच्च स्कोर हो ।
         क्षेत्र नम्बर ९ बाट उनले यु १६ टीमको कप्तानी पनि गरिसकेकी छिन ।
७) कविता जोशी 




सिनियर नेशनलमा २०७० सालमा विरगञ्जबाट डेब्यु गरेकी कविता जोशी पनि डिसिएकी अलराउण्डर हुन । राष्ट्रिय स्तरका सवै प्रतियोगिता खेलिसकेकी कविता टीममा हार्डहिटरका रुपमा चिनिने गर्दछन ।






८) कविता कुवँर 
गत बर्ष जनकपुरमा भएको यु १६ क्रिकेट प्रतियोगितामा वेष्ट बलर भएकी कविताले क्षेत्र नम्बर ९ को प्रतिनिधित्व गर्छिन ।
पोखरामा भएको प्राईमिनिस्टर कपमा पनि उनले ९ विकेट लिएकी कविता उत्साह साथ प्रतियोगितामा सहभागिता हुने
बताउँछिन ।




९) शोभा रोकाया
शोभा रोकायाँ, टीमकी सवैभन्दा कान्छी खेलाडी हुन । ब्याट्सम्यानको भुमिकामा टीममा रहेकी शोभाको राष्ट्यि प्रतियोगितामा डेब्यु खेल हो ।
१०) चादँनी शाह

सिनियर नेशनलमा क्षेत्र नम्बर ९ बाट २०७१ सालमा सिनियर राष्ट्रिय प्रतियोगिताबाट डेब्यु गरेकी चादँनी डिसिएकी टीमकी मुख्य अलराउण्डर हुन । उनले यस अघि यु १६ तथा सिनियर नेशनल पनि खेलि सकेकी छिन ।
११) पुनम फर्सवान
२०७० सालमा विरगञ्ज विरुद्ध ४० ओभरको खेलबाट डेब्यु गरेकी पुनमले क्षेत्र नम्बर ९ बाट सवै राष्ट्रिय प्रतियोगिता खेलिसकेको अनुभव संगालेकी छिन ।
       अलराउण्डर उनी बायाँ हाते मिडिल अर्डर ब्याट्सम्यान हुन भने मिडियम पेश बलिंग गर्छिन । क्रिकेटसँगै उनी फुटबलकी पनि क्षेत्रिय खेलाडी हुन भने हकी उनको अर्को रुचीको खेल हो ।

१२) मञ्जु वोकटी

पछिल्लो पाँच बर्ष देखि निरन्तर क्रिकेट खेलिरहेकी मञ्जु विकेट किपर ब्याट्सम्यान हुन ।
         गत बर्ष काठमाण्डौमा भएको सिनियर राष्ट्रिय महिला प्रतियोगितामा प्रहार गरेको ७२ रन उनको करिअर वेष्ट पर्फमेन्स हो ।
     क्षेत्रिय टीमको यु १६ तथा यु १९ को कप्तानीको जिम्मेवारी समेत उनले निभाईसकेकी छिन ।


देशभरि कै महिला टीमकाे सहभागिता रहेकाे प्रतियाेगितामा डिसिएकाे सप्राइज प्याकेज दुइ भारतिय महिला क्रिकेटर हुन । मुम्बइ क्रिकेट एसाेसियसनका दुइ महिला क्रिकेटर निर्मला शाही र निधी बुलेले डिसिएकाे टीम जाेइन गरेका छन । निर्मलाले यस अघि क्षेत्र नम्बर ९ बाट खेलेकाे भएपनि निधी भने सवै क्षेत्रका लागि सप्राइज हुनेछन । दुवै खेलाडी डिसिएका मुख्य हतियार हुन र यी दुवैबाट डिसिएले ठुलाे अाशा लिएकाे छ ।


Wednesday 27 May 2015

मेरो डायरी – १४ (हरी एक्सप्रेस भाग २)

मिती ः २०७२ जेठ १४ गते । 

हरी एक्सप्रेसको दोस्रो अंक आज उनीहरुको विहे भएको ठिक एक महिना पछि कोर्देै छु, सायाँ । एक महिना पछि बल्ल आज मेरो डायरीको १४ औ अंक तथा हरी एक्सप्रेसको भाग २ लेख्ने प्रयास गर्दछौ । अघिल्लो अंक लेखे पश्चात लाईफ थोरै विजी विजी रह्यो सायाँ, त्यही भएर केही ढिलो गरि यो अंक लेख्दैछौ ।

विजी सेडुल

बिचमा एनसिए डिसिए क्रिकेट सिरिज चल्यो, जसको सम्पुर्ण जिम्मेवारी मेरै काधँमा । धनगढी क्रिकेट एकेडेमीको म्यानेजर पद सम्हाले  देखि यो मेरो पहिलो ठुलो टुर्नामेन्ट थियो । जसलाई सफल पार्नु मेरो दायित्व थियो र आशा छ त्यस्तै भयो पनि । पाँच दिनको टुर्नामेन्ट सकुन्जेल कहिल्यै खाना टाईममा खान पाईएन, विहानै घरबाट निस्कियो अनि सुरु हुन्थ्यो सम्पुर्ण कुराहरुको व्यवस्थापन । आवश्यक कुराहरुको व्यवस्थापन गर्दा गर्दै दिन ढलेको थाहै हुदैन थियो । मैदान, खेलाडी, बजार, टेक्निकल लगाएत सम्पुर्णलाई एकै समयमा हेर्नुपर्ने, त्यसमाथि अझ त्यस्तो चर्को घाम । झण्ड जसो तसो टुर्नामेन्ट सकियो । ढुक्क भईयो । केही भएपनि फुर्सद मिलेको छ अहिले, खैर छोड यो सवै कुरा ।
अब फर्कउँ यो डायरीको मुख्य विषयबस्तु तिर । अघिल्लो डायरीमा हरी एक्सप्रेसको पहिलो भागमा हरीको विहेको कहानी, हामी उसको घरसम्म पुगेर रोकिएको थियो । यस डायरीमा उसको विहेको रोमाञ्चकता मुख्य विषयबस्तु हुनेछ । त्यस अघि यहि बैशाख २४ गते हाम्री अर्की साथी सुशिला भट्टको पनि विहे सम्पन्न भएको छ । उनीलाई पनि वैवाहिक जिवनको धेरै धेरै शुभकामना । उई अलवेज मिस यु सुशि ।



हरीको विहेको अघिल्लो साझँ नै हामी हरीको घर पुगिसकेका थियो । साथीहरुको तर्फबाट हाम्रो जम्बो टोली नै थियो । टोलीमा थिए मिन, जित सर, शुशिला, रेखा, लक्ष्मी,  सुनिता बहिनी र सुमन दाईपनि । विहेको साझँ केही बेर भएपनि हामीले नाचँगान गरौ, हल्का रमाईलो भयो । झण्डै १२ बजेतिर बल्ल निद्रा लागे जस्तो हुदै थियो । त्यो साझँ तिमीलाई मैले शुशि दिदिसँग चिनजान गराएको थिए, याद छ नि सायाँ । कत्तिबेर तिमी र शुशिसँग कुरा भाको थियो है । तिमी बोल्न केही अप्ठारो मान्दै थियौ रे । शुशि दिदि भन्दै हुनुहुन्थ्यो, मानौ पनि किन नाई जब की पहिलो पल्ट कुनै अन्जान व्यक्तिसँग तिमीलाई एक्कासी कुरा गर्न फोन सुम्पिएको थिए मैले ।

अर्को विहान सवेरै उठे साया, विहेको दिन तयार हुनुपर्यो । केही बेर विहेको गाडी श्रृंगारौ । मिन विहानै उठेर धनगढी हानिएको थियो । ९ बजेतिर बल्ल जन्ति हिड्ने तयारी भयो । हामी बसमा बस्यौं, बस ओभरप्याक थियो । खट्टा राख्ने ठाउँ थिएन । यति कम उमेरमा हरीले कत्ति धेरै साथीभाई र आफन्त कमाएको रहेछ भन्ने कुराको संकेत पनि थियो त्यो । जाने बेला १ घण्टा बढी आफन्त र साथिभाईको नाचे होलान । बल्ल १० बजे हाईवे पुगियो र त्यहाँबाट बल्ल गाढी अगाढी बढ्यो ।
अत्तरियामा मैले जानकी दिदि र भान्जालाई रिसिभ गर्नुपर्ने थियो । हरीको बिहेमा जाने भनेर उनीहरु अत्तरियामा हामीलाई कुरेर
बसेका थिए । अत्तरिया पुगेपछि दिदिलाई गाढीमा बसाए र म गाढीबाट ओर्लिए । शुशि र मिन बाईकमा आउँदि थिए । शुशिको बिहेको तयारी गर्नुपर्ने भएकाले उ विहेमा जान नभ्याउने भएकाले उसलाई धनगढी छोड्न मिन गयो भने म अत्तरियामा मिनलाई कुरेर बसे । झण्डै आधा घण्टा पछि मिन फर्कियो । त्यतिञ्जेल तिमीसँग फोनमा बात गर्दै समय कटाए सायाँ । मिन फर्किएसँगै हामी पनि बेहुलीको घर तिर हानियौ । तर घर कुन ठाउँमा हो हामीलाई केही थाहा थिएन । बाटोभरि अनेकन गफ गर्दे मिन र म झलारी अगाढी पुगेपछि भुपेशहरु हाम्रो पछाडी बाईक लिएर आए र हामी उनीहरुको बाईकको पछाडी लाग्यौ ।

तिनीहरुको बाईक ओभरस्पीडमा भएका कारण तिनीहरु हामी भन्दा धेरै अगाढी निस्किए, हामी फेरी एक्लै भयौ कता जाने केही थाहा थिएन । गड्डा चौकी हो भन्ने सुनेकाले हामीले बाईक उतै तिर मोड्यौ ठिक गड्डाचौकी पुगेपछि पछाडीबाट ट्याक्सी आयो र ट्याक्सीमा सवार थिए जन्तिहरु हामीले चिनेको अनुहार थियो पुष्प भाईको ।

उनीहरुलाई पनि बाटो थाहा नरहेछ उनीहरु हामीलाई सोध्दै थिए, कुन बाटो जाने हो भनेर । हिड्दै जादाँ फेरी भुपेशहरु हाम्रो पछाडीबाट टुप्लुक्क आएँ र उनीहरुले त्यहीबाट अगाढी जान सुझाएपछि हामी पनि त्यहीबाटो अघि बढ्यौ । केही बेरमा नाच्दै बेहुलीको घर पुग्यौ ।

विहेको औपचारिक कार्यक्रम सुरु भयो । हामीलाई भने वेहुली हेर्ने हतारो थियो । आज कै दिन देखि वेहुलीसँगको सम्बन्धमा पनि परिवर्तन आउँदै थियो । सधै मिस भनेर सम्बोधन गर्ने हामीहरु आज कै दिनबाट भाउजु भन्ने शब्दले सम्बोधन गर्ने भएका थियौ ।

विहेको औपचारिकता सकिएसँगै विहे साझँ ८ बजे पछि मात्र बनबेहडा पुग्यो । काम विशेषले दिउँसै धनगढी फर्किएको म, सुमन दाईलाई लिएर बिहे बनवेहडा पुग्नु अगावै वेहुलाको घर पुगि सकेका थियौ ।

हामी घर पुग्दा केही बहिनीहरु बेहुला र बेहुलीको कोठा सजाईरहेका थिए । हामीले पनि केही सजाउनमा सहयोग गरौ । साझँ विहे पुग्यो । केही वेर नाचगान गरौ, रमायौ । धेरै दिन पछि मैले विहेका केही तस्बिरहरु पाएको थिए । ति तस्वीरहरु यस डायरी मार्फत तिमीलाई देखाउने प्रयास गर्दैछु ।

  क्रमश .........
यज्ञराज जोशी “सुमन”

Wednesday 6 May 2015

मेरो डायरी – १३ (हरी एक्सप्रेस भाग १)

मिती ः २०७२ बैशाख २२ गते ।
(आत्मिय मित्र हरीलाई दाम्पत्य जीवनको धेरै धेरै शुभकामना, सायाँ र सुमनको तर्फबाट)


झण्डै २ हप्ताको अन्तराल पछि मेरो डायरीको नयाँ अंक कोर्दैछु, सायाँ । तिमीलाई लाग्दो हो मैले डायरी लेखन छोडेकी भनेर तर त्यसो हैन, सायाँ । भुकम्पले देशलाई छेदविछेद बनाएको अवस्थामा मैले पनि मेरो कलमलाई तमाम भुकम्प पिडित नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा समर्पित गरेको थिए । देश नै ठप्प रहेका वेला मेरो कलम कसरी चल्न सक्थ्यो र ? यो अवधीमा धेरै थोरै विजी पनि भईयो सायाँ । केही महत्वपुर्ण कामहरु भए, धनगढी क्रिकेट एकेडेमीका व्यवस्थापकको जिम्मेवारी सम्हालेसँगै धनगढीमा चितवनको क्रिकेट टिम आयो, केही दिन उनीहरुको व्यवस्थापनमा खटिए, सँगसँगै धनगढी क्रिकेट लिग भाग २ को फाईनल खेल र समापन समारोहले क्रिकेटमा विजी बनायो ।
त्यस्तै यसै अवधीमा एउटा महत्वपुर्ण कार्यमा सहभागी हुने मौका मिल्यो । आत्मिय साथि हरि जोशीको बैवाहिक कार्यक्रम यही बैशाख १४ गते सम्पन्न भएको कुरा तिमीलाई अवगत नै छ सायाँ । तिमी व्यक्तिगत कारणले उसको विहेमा सामेल हुन सकिनौ तर मसँग भएका साथिहरुले कतिवेला पनि तिम्रो कमी महशुस हुन दिएनन । अझै तिमी त हरपल फोन मै उपलब्ध भएपछि तिमीबाट टाढा हुदाँका ति २ दिन काट्न त्यती अप्ठारो परेन सायाँ ।

लक्की मिन र जित सर 

भुकम्प अाएकाे वेला हामी बजारमै थियाै, मैले सुमन दाइकाे फाेटाे खिच्न भ्याएछु ।
विवाहका लागि भनेर मिन र जित सर काठमाण्डौबाट १२ गते विहान ९ बजेतिर धनगढी पुगेको थियो । त्यही दिन १२ बजे नेपालमा विनासकारी भुकम्प गयो । हजारौले ज्यान गुमाए, हजारौ घाईते भए, लाखौ घरबार विहिन भए । तर मिन र जित सर लक्की रहेछन । त्यस विहान म चितवन र धनगढीको म्याचको तयारी गर्दै थिए । विहान दुवै टिमलाई टस गराएर म्याच आरम्भ गराई म मैदानबाट बाहिर निस्किए, त्यतिवेला सम्म मलाई भेट्न भनि मिन अनि सुमन दाई पनि मैदान पुग्नु भएको थियो । मैदानबाट मिन, सुमन दाई र म एभरेष्ट बैक तिर लाग्यौ बैकमा मेरो थोरै काम थियो । बैकमा जित सर नि पुग्नु भयो, बैकको काम सकायर हामी चारै जना बैकको अगाढी उभिएका थियौ । जित सरले एक्कासी जमिन हल्लिएको थाहा पाउनु भएछ, र उहाँले सुरुमा हामीलाई भुकम्प आएको बारे जानकारी गराउनु भयो । लगत्तै विजुलीका तारहरु जोर जोरले हल्लिन थाले । अनि मान्छेहरु सवै घर पसलबाट बाहिर रोडमा हल्ला गर्दै निस्कन थाले । मैले मोबाईल निकालेर त्यो पलको फोटोहरु क्यामरामा कैद गर्ने कोसिस गरेको थिए । भुकम्प कति ठुलो गएको हामीलाई केही थाहा थिएन ।

पछि घर आउँदा मात्र थाहा भयो त्यो त ७.९ रेक्टर स्केलको विनाशकारी निर्दयी भुकम्प पो रहेछ । जसले वस्तीहरु उजाड गरिदियो, मानिसहरुलाई बेघर बनाईदियो ।

मिन र जीत सर त्यही साझँ नै विवाहको घर प्रस्थान गरे । मेरो भने चितवनको टिमको व्यवस्थापन गर्नुपर्ने भएकाले कहिले जाने केही टुंगो थिएन । १३ गते विहानको म्याच सकाएर ४ बजेतिर मात्र केही फुर्सद मिल्यो र त्यही टाईममा विहेमा बनबेहडा जाने सोच बनाए । बनबेहडा जानलाई मसँग अरु केही साथिहरु पनि थिए, उनीहरुलाई फोन गरे र तयार हुन भने । त्यति नै वेला मिनको फोन आयो, मिन र जित सर पनि बनवेहडाबाट फर्किएका रहेछन, उनीहरु १४ गते विहानै यहाँबाट जाने तयारीमा आएका रहेछन, तर मैले उनीहरुलाई पनि आजै साझ फर्कनु पर्छ भन्दै त्यही साझँ हाम्रो टोलीमा हिडाए । उता चौराहामा सुशि र रेखा १ घण्टा भन्दा बढी समय हामीलाई पर्खिरहेका थिए । उनीहरु घरीघरी फोन गरेर कतिवेला पुग्ने हो भनेर सोधिरहन्थे । म घरबाट २ जना बहिनीहरुसँगै निस्किए ।
शुशि र रेखाको एकघण्टाको पर्खाई हामी त्यहाँ पुगेसँगै सकियो । हामी हतार नगरी बसमा चडौ, मिनको थोरै काम भएकाले उ र जित सर केही छिनको गाडीमा आउने भए । म, शुशि रेखा, र मेरा दुई जना बहिनीहरुले लाईन लागेका बसहरु मध्ये सवैभन्दा छिटो हिड्ला भनेर अगाढीको बसमा बस्यौ, र पाँच जनालाई ठिक्क हुने भएकाले पछाडीको सिटमा गयौ । सुरुमा ती बहिनीहरु रेखा र शुशिसँग अपरिचित थिए, मैले परिचयमा केही सहजता ल्याईदिएसँगै उनीहरु एक अर्कासँग छिटै घुलमिल पनि भए ।

 हाम्रो साथिहरुको एउटा खासियत भनेकै यही भन्नु पर्छ कि उनीहरु जो सुकैसँग पनि चाडै घुलमिल हुनसक्ने क्षमता राख्दछन । छिट्टो हिड्दा भनेर अगाडीको बसमा चडेको त उक्त बसले झन बढी टाईम लाग्यो बसमा बसेको झण्डै २० मिनेटसम्म पनि उक्त बस हिड्ने कुनै छाटकाटँ थिएन । गर्मीमा साथिहरु बस भित्र उकुसमुकुस परिसकेका थिए, साथिहरुको बसप्रतिको आक्रोश उनीहरुको कुरा गराईमा र हाउँभाउँमा स्पष्ट देख्न सकिन्थ्यो ।
हामी बसेकै सिट नजिकै आईसक्रिम भन्दै एउटा आईसक्रिम बेच्नवाला करायो, र हामी आईसक्रिम नखाई बस्न सकेनौ । आईसक्रिम लिएसँगै बसपनि बल्ल अगाढी बढ्यो । हाम्रो मन पनि गाडीको गतिसँगै हरिलाई भेट्न  तिव्र गतिमा बढिरहेको थियो ।
झण्डै १ घण्टाको बस यात्रापछि बनवेहडा पुग्यौ, बाटो भरिका केही, उत्साह, केही रमाईलो, केही पुराना कुरा, शुशिको विहेको कुरा, रेखाको हासो साच्चै क्या रमाईलो थियो सायाँ । आखिर साथिको महत्व जिवनमा  कति हुन्छ उनीहरुले केही छिन मै पुष्टि गरिदिएका थिए । त्यो अवधीमा उनीहरुले कति खेर पनि टेन्शन महशुस हुन दिएनन, हरपल मुहारमा खुशी नै रह्यो ।

बसबाट झरेपछि केही समय हिडेर हरिको घरपुग्नु पर्ने हामी पाँचै जना हिड्न  तयार भयौ । बाटो भरि रमाईलो गर्दै घर पुग्यौ । हरी पुजामा व्यस्त थियो, हामी कोठामा केही छिन थकान मार्दै थियौ । बहिनीहरुले मिठो पानी ख्याउनु भयो, पुजाबाट उठेर हरि भेटन आयो ।
साझँ हामी भोलीको विहेको तयारी गर्न तर्फ लाग्यौ, साझँतिर घरबाहिर गाना बज्न थालेछ, गितको आवाजले हामीलाई पनि नाच्न बाध्य बनायो । हामी सवै बाहिर निस्किएर नाचौ, दुलाहालाई नचायाँै । एकैछिनमा देउडा सुरुभयो, म भने मज्जाले त्यसको आनन्द उठाउन थाले ।

(बैवाहिक दिनको सम्पुर्ण कथा हरी एक्सप्रेसको अर्को अंकमा प्रकाशित हुनेछ) क्रमश .........
यज्ञराज जोशी “सुमन”

Wednesday 22 April 2015

मेरो डायरी – १२ (जन्मदिन विशेष)

                                                                                         मिती : २०७२ बैशाख ९ गते । 

फेसबुकमा एकाउन्ट खोले देखि पहिलो पल्ट मलाई यति धेरैले मायाँ गर्नु हुदोँ रै छ भन्ने कुराको आभास हुदैँछ, आज सायाँ । बैशाख ९ गते अर्थात मेरो जन्मदिनमा धेरैले फेसबुक, कतिले म्यासेज अनि कल गरेर शुभकामना दिनुभएको छ । धेरै चिनजानका, केही नचिनेका तथा कोहीबाट अपेक्षा नगरेकाहरुले पनि जन्मदिनको शुभकामना दिनुभएको छ । मेरो जन्मदिनको शुभकामना दिनुहुने सवैलाई धेरै धेरै धन्यवाद ।

जन्मदिन हरेकका लागि बिशेष हुने गर्दछ, अझ यो बिशेष दिनमा विशेष मित्रहरुले गर्नुभएको उईसले त झन खुशी थपी दिदो रहेछ । धेरैले शुभकामना दिईरहदाँ आफ्ना जिग्रीहरुले उईस गर्दा त झन डबल खुशी पो भईदो रहेछ त, अरुले उईस गरिरहेको अवस्थामा पनि उनीहरुले कति खेर उईस गर्छन भनेर एक किसिमको पखाई नै हुदोँ रहेछ । मलाई अझै याद छ, मेरो अघिल्लो बर्थ डे मैले घर मै सवै जिग्रीहरुका साथ धुमधामले मनाएको थिए । तर यो बर्ष सवै आ आफ्नो काममा व्यस्त भएकाले त्यो सम्भव भएन, सवैले फरक फरक तरिकाले शुभकामना दिए । मेरा साथिहरुले कसरी शुभकामना दिए तिमीपनि थाहा पाउँ है त सायाँ ।
सुमन, मिन, शुशि, रेखा, म, नृप, अनि हरी
निद्रा खुल्दा विहान सवैभन्दा पहिलो मोबाईलमा म्यासेज भान्जीको थियो, उनले हाप्पी बर्थडे मामा लेखेर पठाएकी थिईन । यो त निती जस्तै भैसकेको छ, जहिले नि मेरा भान्जीहरुले विहानै मलाई म्यासेज गरेका हुन्छन । अनि उनीहरुलाई केक काट्न हतार हुन्छ, भन्छन मामाँ हामीलाई लिन कति खेर आउनुहुन्छ । गतवर्ष त उनीहरुको अनुरोधमा हल्का बर्थडे मनाएको थिए तर यो बर्ष त्यो सम्भब भएन । थ्यांकु भेरी मच भान्जी । त्यस लगत्तै मानमतिको म्यासेज आयो, अनि लेखपालको अनि तारा जि को । तिनवटैलाई धेरै धेरै धन्यवाद ।
भान्जीहरू प्रेरणा र प्रकृतीका साथमा म 
भान्जीको शुभकामना त विहान मात्रै थियो, सायाँ तर तिमीले साझँ १२ बज्न नपाउँदै उईस गरेकी थियौ । अघिल्लो दिन ११ बजे नै उईस गरेर तिमीले भन्यौ, अरुले मेरो भन्दा अगाढी उईस गर्न नपाउन भनेर १ घण्टा अगाढी नै उईस गरेको । तर म कहाँ मान्ने वाला थिए र त्यो कुरालाई । मैले नमान्ने बताएपछि तिमीलाई फेरी १२ बजे दास्रो पल्ट उईस गर्न बाध्यता पर्यो है । अर्को दिन दुवै मिलेर सँगै बर्थडे मनाउने बिचार थियो हाम्रो तर तिम्रो एक्जाम अनि ज्यानलाई पनि केही सञ्चो हुन नसकेकाले म आउन असमर्थ रहेको जानकारी तिमीले विहान म्यासेजबाट दियौ । मैले पनि एक्जाम राम्रोसँग दिनु अनि ज्यानलाई चाडो सञ्चो होस भने ।

सुमन दाईको के कुरा गर्नु, सायँद उहाँलाई एनजिओका डलर छाप्न फुर्सद भए पो मेरो बर्थडेको सम्झना हुन्थ्यो । मेरा जिग्रीहरुमा सवैभन्दा पाको मान्छे उहाँ तर खै उहाँले कसरी विर्सनु भयो मेरो बर्थडे । हुन त उहाँ  फिल्डमा हसुलिया जानुभएको छ, एकदिन अगाढी मात्र फोनमा कुरा हुदाँ कामको चाप अत्याधिक रहेको भन्दै हुनुहुन्थ्यो, सायद कामको चापले मेरो बर्थ डे को सम्झना आएन छ, उहाँलाई । हामी साथि भएको ६ बर्ष भन्दा बढी भैसकेको छ, उहाँले सायदै मेरा यस अघिका बर्थ डे हरु मिस गर्नु भएको छ होला ।

हरी, हरीको बारेमा के भनुँ सायाँ तिमीलाई । उसको त कुनै अत्योपत्यो नै छैन । उसलाई मेरो बर्थ डे आज हो भन्ने पनि थाहा नभएको हैन । अघिल्लो दिन पनि हामीसँगै थियौ । तर पनि साझँसम्म न उसको म्यासेज, न कल । बडा अचम्म छ बा, जसको प्रत्यक्ष सम्बन्ध अरुभन्दा बढी छ, जो नजिकै छ, जसलाई सवै थाहा छ, उ नै टाढा भर्ईदियो त, सायँद आउँदो १४ गते उसको बिवाह हुदैँ त, त्यसको तामझाममा व्यस्त भयो होला केटो ।
हरीकी हुनै लागेकी नयाँ दुलही उर्मी एक अर्थमा साथी नै हुन सायाँ, उनलाई पनि विवाहको तयारी गर्न भन्दा अरु कहाँ फुर्सद थियो होला त, ११ बजे तिर बल्ल फेसबुकमा उईस गर्ने फुर्सद पाईछिन अनि १ बजे तिर मोबाईलमा मिसकल आएको देखेथे ।

मिनको कहानी वेग्लै छ , दिउँसो १ बजेर ४८ मिनेटमा मिनको पहिलो मिसकल, अनि लगत्तै दोस्रो मिसकल, फेरी एकछिनको ब्रेक अनि १.५५ मा पुनः अर्को मिसकल । सायँद मिसकल गर्दा आफै उईस हुन्छ ठानेछ क्यारे त्यसले मिसकल बाहेक कल गरेर उईस गर्ने फुर्सद कहाँ उसलाई । मैले नि कल फर्काएन । मेरो बर्थ डे मा मैलै फोन गर्नुको औचित्य कहाँ रह्यो र ? केही समय अगाढी फेसबुकमा उसले म्यासेज गरेको रै छ । साझँ फेरी मिसकल दियो त्यसले, अनि मैले फोन फर्काए, एकछिन थर्काए, अनि मैले फेसबुकमा म्यासेज त गरेकै हु नि भनेर टार्यो ।

अब शुशिको कहानी सुन तिमी । शुशिले आज सम्मका मेरा हरेक बर्थ डे साझँ १२ बज्न नपाई उईस गरेकी छिन । तर त्यो क्रम यहाँ दोहोरिएन । उनले १२ त बजाईन तर दिउँसोको । दिउँसो १२.२४ मा शुशिको कल, मलाई एकछिन त फोन उठाउन मन लागेन अनि मिसकलमा सिमित रह्यो । फेरी दिउँसो १ बजे कल गरिन यो चोटी फोन उठाए । अघिल्लो दिन साथिको विहेमा व्यस्त भएकाले साझँ कल गर्न नपाएको बताउँदै थिईन उनी । यतिवेला म अलि व्यस्त थिएँ, उनीसँग धेरै कुरा हुन पाएँन ।

निर्पको कहानी छुट्टै छ, विहान १० बजेतिर फोन गरेर उ भन्दै थियो म त कस्तो विर्सेको अंकल यार । विहान फेसबुकमा हेरेर थाहा पाएँ । उसले फोन गर्नुभन्दा पहिले मलाई फेसबुक मार्फत उईस गरिसकेको थियो । उसले फोन गर्दा म बजार थिए, हल्का उसँग सेलिब्रेसन सोचेर उसलाई कैलाली पुल नजिक बोलाए, उ आफु कारखानामा रहेको र केही छिन मै आउने बताउँदै थियो । तर म आधा घण्टा कुर्दा पनि उ आएन र म विस्तारै घरतिर लम्के ।

प्रवेशलाई उल्टै मैले सम्झाउनु पर्यो, उईस गर्ने चलन त विर्सी सक्या जस्तो छ नि भनेर । अनि उ भन्दै थियो, सरी डियर मैले त आज ८ गते सम्भि रा को । उसले आठ गते सम्झे पनि फेसबुकमा त्यत्रो विधीले उईस गरेको चाही उसले देखेन होला त । बाहना पनि कस्तो बनाउँछन यार साथिहरु ।

विकास र चारुको के कुरा गर्नु अब, आफै थाहा पाउँन ।

माथिका सवै कुरा कुनै चित्त दुखाईले लेखेको हैन, साथिहरु । मलाई थाहा छ, तपाई सम्पुर्ण आ आफ्नो काममा व्यस्त हुनुहुन्छ, सुमन दाई फिल्डमा हुनुहुन्छ, हरी र उर्मीको यही १४ गते विवाह हुदैँ छ, मिन, चारु काठमाण्डौमा अध्ययनमै व्यस्त छ, निर्प, विकास आ आफ्नै कारखानामा विजी हुनुहुन्छ । अघिल्ला बर्षका  प्रसंगहरू फरक थिए । हामी सवैसँग खाली टाईम थियो र हामी एक ठाउँमा जमघट गरेर स साना कुराको सेलिब्रेसन गरेर मनाउथ्यौँ तर अब हामीलाई एक ठाउँमा जम्मा हुन पनि धेरै कुराले साथ दिनुपर्छ नत्र थोरै मात्र सम्भावना रहन्छ, त्यही कुरालाई ध्यानमा राखेर मैले शब्दहरुका माध्यमबाट सवै साथिहरुलाई मेरो डायरी को ११ औ अंकमा समेट्न खोजेको छु । डायरी लामो बन्दै गरेकाले सवै साथिहरुलाई डायरीमा अटाउन सम्भव देखिन, अन्त्यमा मलाई शुभकामना दिने सम्पुर्णलाई फेरी एकपटक हृदय देखि नै धन्यवाद दिन चाहान्छु ।

                                                                                                              क्रमश .........
यज्ञराज जोशी “सुमन”