Monday 7 April 2014

एनपीएलले नेपाली क्रिकेटको मुहार फेर्नेछ - आमिर अख्तर

नेपाल प्रिमियर लिगका व्यवस्थापक आमिर अख्तरसँग यज्ञराज जोशीले गरेको कुराकानी
 :-
१) नेपाल प्रिमियर लिगको आयोजना गर्नु पर्छ भन्ने धारणा कहिले बनाउनु भयो  ?
खासमा नेपाल प्रिमियर लिग(एनपीएल) आयोजना गर्नुपर्छ भन्ने कन्सेप्ट धेरै अगाढी नै थियो । आज भन्दा ४, ५ बर्ष अगाढी नै हामीले गर्नुपर्ने थियो । केही कारणले गर्दा यो चाही त्यो वेला अगाढी बढेन । जुन नेपाली क्रिकेटको क्रेज छ अहिले त्यसले गर्दा नेपाल प्रिमियर लिग लन्च गर्ने उपर्युक्त ठाउँ पनि भयो अहिले ।
२) एनपीएल धनगढीबाट उद्घाटन गर्नुको कारण ?
म पहिलो पटक ३ वर्ष अगाढी धनगढी आउँदा यहाँको क्रिकेट क्रेजले मलाई निकै लोभ्याएको थियो । त्यतिवेला नै मैले धनगढीमा ठुलो ईभेन्ट गर्छु भन्ने सोचिसकेको थिए । अनि म जहिले पनि के विश्वास गरेको थिए भने नेपाली क्रिकेटका गतिविधीलाई विकेन्द्रित चाही गर्नुपर्छ । काठमाण्डौमा मात्र सिमित हुने क्रिकेट गतिविधीलाईलाई अन्य ठाउँमा गर्दा त्यहाँका क्रिकेट खेलाडीलाई ठुलो अवसर प्राप्त हुन्छ । अनि सुदुरपश्चिमबाट किन नगर्ने त भन्ने सोचेर हामीले धनगढीबाट प्रतियोगिता आयोजना गर्ने ठानेका हौ । यसबारे मैले क्यान तथा प्रयोजकहरुसँग पनि कुरा गरे सवै सकरात्मक पनि देखिनु भयो । विशेष त यहाँको जुन उत्साहित पार्ने क्रिकेट माहौल छ त्यसले पनि यहाँबाट एनपीएलको आयोजना गर्ने सोच आएको हो ।
३) धनगढीमा एनपीएल हुने भने पछि यहाँ तयारी पनि थालिएको छ, कति सन्तुष्ट हुनुहुन्छ धनगढीको तयारीबाट ?
मलाई एकदम गर्व छ, एनपीएलको उद्घाटन धनगढीबाट हुदैछ ।  म यहाँ आएदेखि सवै स्थानिय व्यवस्थापन बुझ्दा र स्थानिय सरोकारवालासँग बुझ्दा मलाई के लाग्यो भने धनगढी भन्दा उपर्युक्त ठाउँ छैन, उदघाटनका लागि । उदघाट्न समारोह एउटा ऐतिहासिक समारोह हुनेछ । त्यसका लागि हामी अहिले देखि नै काम गरिरहेका छौ । अनि हामीले यहाँ प्रतियोगिता आयोजना हुने दुवटै मैदानमा भम्रण पनि गरौ । फाप्लामा चाही अहिले केही कामहरु अझै बाँकी छ । मैदानको लोकेशन र लेआउटबाट चाही हामी निकै सन्तुष्ट छौ । र म पुरा आशावादी छु अबको १०, १५ दिनका मैदान पुरै तयार भईसक्ने छ । अनि मुख्य कुरा चाही के छ भने फाप्लामा जुन स्प्रिटमा काम भईरहेको छ, जसरी यहाँका स्थानिय खटिरहेका छन त्यो चाही निकै उत्साहजनक छ । यसले गर्दा आज यहाँ एनपीएल आएको छ, अर्को चोटीबाट चाही क्यानका राष्ट्रिय प्रतियोगिताहरु यहाँ आउने छन भन्नेमा म ढुक्क छु ।
४) धनगढीमा यत्रो ठुलो प्रतियोगिता आयोजना गर्न चुनौती छैन र ?
केही पनि ठुलो काम गर्नका लागि तपाईलाई सुरुवात चाहिन्छ । सवै कुरा पुरा भएको भए त्यहाँ काम गर्ने जोश जाँगर हुदैन । यहाँ केही न केही चुनौती त छ । तर त्यस चुनौतीलाई यहाँका क्रिकेट प्रेमीहरु, क्षेत्रनम्बर ९ ले अवसरमा बदलिदिनु भएको छ ।
५) ६ टीमले सहभागिता जनाउने एनपीएलमा धेरै जसो टीममा खेलाडी छनौट भईसकेका छन । तर अझै पनि केही टेलेन्टेड खेलाडीहरु छुटेका छन जस्तो लाग्दैन तपाईलाई ?
हो, अझै पनि देश भरि थुपै्र त्यस्ता नयाँ ट्यालेन्टहरु छन, जसले अहिलेसम्म एक्सोजर पाएको छैन । तिनीहरुका लागि हामी छिट्टै कार्यक्रम “ओपन ट्राईल” घोषणा गर्दैछौ । देशभरिबाट १८ जना त्यस्ता नयाँ खेलाडीहरु छनौट गर्ने कार्यक्रम हो यो  । त्यसका लागि सुचना प्रकाशित गर्नेछौ । उनीहरुको छनौटको लागि त्यहाँ कोचहरु हुनुहुनेछ । उहाँहरुले उनीहरुलाई ३ जना १ टीममा पर्ने गरि राख्नुहुनेछ । एनपीएलको मुख्य उदेश्य भनेको पनि नयाँ ट्यालेन्टलाई अवसर दिने हो । छनौटमा परेको जुनसुकै नयाँ खेलाडीले पनि पारस खड्का, ज्ञानेन्द्र मल्ल जस्ता खेलाडीसँग खेल्ने मौका मिल्नेछ । यसले उनीहरुको ट्यालेन्ट झन निखारिदै जाने विश्वास हाम्रो छ ।
६) धनगढीमा हुने भनिएको टु डे फर्माटको महत्व कस्तो छ ?
आउदोँ नोभेम्बरमा एशियन क्रिकेट काउन्सिले यो फम्र्याट चाही ईन्ट्रडिउस गरेको छ । जुन नेपालीले पनि खेल्नु पर्ने छ । अहिले सम्म नेपालको घरेलु क्रिकेटमा यो फम्र्याट छैन त्यसैले धनगढीमा हुने यस फम्यार्टको प्रतियोगिताले नेपाली क्रिकेटमा निकै महत्व राख्छ । यसले एसीसीमा खेल्न पनि निकै सपोर्ट गर्नेछ । क्रिकेटको परम्परा अनुसार नै सेतो पोशाकमा रातो बलले यो फम्यार्ट धनगढीमा खेलिने छ । यो खेल दिनभरि चल्ने भएकाले दर्शकलाई दिक्क नलागोस भनेर हामीले ग्राउण्डमा सवै ईन्टरटेनमेन्टको व्यवस्था पनि गर्नेछौ । जस्तै लाईट डिजे हुन्छ, प्ले कार्डसहरु हुने आदि विभिन्न तरिकाबाट भरपुर मनोञ्जन युक्त हामी यसलाई बनाई रहेका छौ ।
७) नेपालको समग्र क्रिकेट विकाशमा एनपीएलले कस्तो भुमिका रहन्छ त ?
नेपालमा एनपीएल घोषणा पश्चात नै बहुप्रतिक्षित भईसकेको छ । घोषणा भएको डेढ महिना मै यति धेरै पपुरालिटी पाएको यो सायद पहिलोपटक हो । यसले चाही नयाँ प्रतिभाहरु खेज्ने र अहिलेका क्रिकेटर्सलाई नयाँ ट्यालेन्टसँग समावेश हुने मौका प्रदान गर्ने छ । एनपीएलले पक्का पनि नेपाली घरेलु क्रिकेटको संरचनालाई सुधार्ने छ, त्यसको विकाश गर्नेछ । यो नेपालको पाचँ वटा शहरमा भईरहेकाले यसले नेपालको क्रिकेटलाई बिकेन्द्रित पनि गरेको छ । त्यसले स्थानिय क्रिकेटलाई निकै फाईदा हुनेछ । खेलाडीको हिसाबबाट कुरा गर्दा उनीहरुलाई खेलेर पनि जीवन निर्वाह गर्न सकिन्छ भन्ने भावना विकाश गराउने छ । समग्रमा खेलाडी, स्थानिय क्रिकेट र नेपाली क्रिकेटलाई यसले फाईदा पुग्नेछ ।
८) ६ वटा टीमका ६ कर्पोरेट संस्थाहरु मुख्य प्रयोजकहरुका रुपमा देखिएका छन । उनीलाई चाहीँ के फाईदा पुग्नेछ त ?
जुन ६ वटा टीमलाई ६ वटा संस्थाले प्रयोजित गरेको छ, उहाँहरुले आफ्नो फाईदा भन्दा पनि नेपाली क्रिकेटको मायाले नेपाली क्रिकेटका लागि केही गरौ भन्ने उदेश्यले सपोर्ट गरेका हुन । उहाँहरुको यसमा व्यवसायिक आम्दानी केही त केही छैन तर खेलाडीहरुको प्रमोशनबाट उहाँहरुको कम्पनीलाई फाईदा छ भने उहाँहरुले त्यती मात्रै कमाईरहेका छन, उहाँलाई त्यती नै फाईदा हो । फाईदा वेफाईदा भन्दा पनि नेपाली क्रिकेटमा चासो भएकाले उहाँहरुले प्रतियोगितामा लगानी गरेका हुन ।
९) नेपालीमा हुने ठुला क्रिकेट प्रतियोगिताहरु काठमाण्डौ केद्रित नै हुन्छन, तर तपाईहरुले पहिलो पटक विकेन्द्रित संरचना अन्तर्गत एनपीएल जस्तो प्रतियोगिता धनगढीबाट सुरुवात गर्दै हुनुहुन्छ, नेपालमा विकेन्द्रित नितीको कति आवश्यकता छ ?
स्पोर्टसलाई जहिले पनि विकेन्द्रित हिसाबले जानुपर्छ । म आफै पनि विराटनगरको हुँ । मलाई व्यक्तिगत रुपमा के लाग्छ भने ठुला प्रतियोगिताहरु काठमाण्डौ बाहिर आयोजना हुनुपर्छ । अहिले नेशनल टीममा ६०, ७० प्रतिशत भन्दा बढी खेलाडीहरु मोफसलबाट छन । विकेन्द्रित नितीले स्थानिय क्रिकेटलाई धेरै फाईदा पुग्छ । काठमाण्डौ बाहिर प्रतियोगिता आयोजना गर्दा मुख्य रुपमा मिडियाहरुमा कम कभरेज हुने भएकाले पनि विकेन्द्रित नितीमा केही समस्या देखिएका छन । त्यसका लागि सम्पुर्ण मोफसलका मिडियाले सक्दो सहयोग आवश्यक छ ।



Tuesday 1 April 2014

ईन्डो नेपाल क्रिकेटमा मुम्बई विजयी, फोटो फिचर

Match Report Card

Opening Ceromony

HandSake with Visiters team, Chief Guest CDO & DCA's Presedent Subash Shahi.

Bold


Man of The Match
ईन्डो नेपाल क्रिकेटमा मुम्बई विजयी
यज्ञराज जोशी
धनगढी, चैत्र १८ गते ।
धनगढी क्रिकेट एकेडेमीको आयोजनामा धनगढीमा आजबाट सुरु भएको ईन्डो नेपाल क्रिकेट प्रतियोगितामा सिन्द स्पोर्टस क्लब मुम्बईले ६ विकेटले जितेको छ ।
टस जितेर पहिले व्याटिंगमा उत्रेको धनगढी क्रिकेट एकेडेमीको डीसीए टाईगर्सले ४१. १ ओभरमा सवै विकेट गुमाएर १६५ रनको टार्गेट खडा गरेको थियो । डीसीए टाईगर्सका लागि दिपेन्द्र थापाले सर्वाधिक ३१ रन प्रहार गरे । उनको सो ईनिंगमा ४ चौका सामेल थिए ।  त्यस्तै कप्तान ललित बलले २१, भुवन थापाले १८, र विजय रानाले १६ रन प्रहार गरेका थिए । दास्रो विकेटका लागि विजय राना र दिपेन्द्र थापा विच भएको ५१ रनको साझेदारीले डीसीए टाईगर्सले सो स्कोर बनाएको थियो ।
मुम्बईका अविशेक यादबले आफ्नो १० ओभरको स्पेलमा २७ रन खर्चेर ४ विकेट लिदा डीसीए सो स्कोरमा समेटीएको थियो । त्यस्तै उसका अवि सिद्धकीले ३ विकेट हात पारे ।
१६६ रनको टार्गेट लिएर मैदान उत्रेको मुम्बईले २३ ओभरमा ४ विकेट गुमाएर विजयी लक्ष्य भेटायो । मुम्बईका लागि सोयब सिद्धकीले ४२ रन प्रहार गरेका थिए । त्यस्तै बैभव कलामकरले ४० तथा वाकर सेखले २५ रन प्रहार गरि मुम्बईको जीत सहज पारेका थिए ।
डीसीए टाईगर्सका विरेन्द्र ऐरीले 2 तथा भुवन थापाले २ विकेट लिए पनि त्यो जीतका लागि प्रर्याप्त भएन । खेलका म्यान अफ द म्याच मुम्बईका सोयब सिद्धकी घोषित भए । उनलाई धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले पुरुस्कार हस्तान्तरण गर्नुभयो ।
प्रतियोगिता अन्तर्गत भोली ( बुधवार ) डीसीए ईगल र मुम्बईका विच खेल हुने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।