Sunday 5 March 2017

मेराे डायरी ४५ (लक्ष्य)

अनामनगर, काठमाडौंको व्यस्त स्थान । घना बस्तीको स्थान । घनाबस्तीमा थरिथरीका हजारौ ओत छोप्ने कंक्रिटरुपी हजारौ घर । हजारौ घर भित्र लाखौ कारखाना (अफिस,पसल, व्यवसाय र अन्य) र कारखानामा काम गर्ने त्यतिकै श्रमिक । तिनै भित्र हामी । हामी, शुभदिन । 

हनुमान स्थान र सिंहदरबारको पूर्वी गेट बिचमा एउटा सेतो पाँच ताले विल्डिंग मा ठिंग्रिङ उभिएको छ । टंक प्रसाद घुम्तीमार्गबाट पुर्वतिर उक्त भवनमा जसको आँखा परेपछि शुभदिनको  आकर्षक होर्डिङले उसको ध्यान आकृष्ट गर्छ । 

काठमाडौं जत्तिकै व्यस्त छ त्यो भवन पनि । दैनिक सयौ मान्छेहरु उक्त भवनमा आवाजजावत गर्छन । अनेकौ विजनेशहरु अपरेट हुन्छन । उक्त भवन प्रवेश मार्ग मै आगन्तुलाई शुभदिनले स्वागत गर्छ । शुभदिनमा स्वागत छ, शुभदिन पहिलो तल्लामा लेखिएको फ्ल्याक्सले परिचित अपरिचित सवैलाई स्वागत गर्छ ।

सोही स्वागतलाई दैनिक ग्रहण गर्ने म/हामी उक्त शुभदिन कारखानाका मजदुर÷श्रमिक हौं । विहान सवेरै देखि राति अवेरसम्म उक्त कारखाना चलाउने जिम्मा हामीले लिएका छौ÷हामीलाई दिईएको छ या हामीले पाएका छौ । यि वाक्यहरु शाब्दिक रुपमा भिन्न लागेपछि अर्थ उस्तै हुन् ।

शुभदिनका श्रमिकहरु हामी दैनिक हजारौ शब्दहरुलाई बिधुतिय रुप दिन्छौ, जुन हाम्रो दैनिकी हो । शुभदिन नयाँ अवधारणा हो । झट्ट हेर्दा यो अनलाईन न्युज पोर्टल लाग्न सक्छ तर यसलाई अनलाईन न्युज पोर्टलका रुपमा मात्रै विकास गरिएको हैन । यो नेपालको आफ्नो सामाजिक सञ्जाल हो । न्युजहरुको सामाजिक सञ्जाल । यसको स्वरुप एकपल्ट सरसर्ती हेर्दा  जो सुकैले नयाँपन पाउने छ, पृथकता पाउने छ, आफ्नोपन महसुस गर्ने छ किनकी शुभदिन हाम्रो हैन, सवैको हो । 

शुभदिनको स्लोघन नै ‘अब तिन करोड नेपालीले समाचार लेख्नेछन’ हो । 



त्यही तिन करोड नेपालीका हामी पनि एक सदस्य हौ । तीन करोड नेपाली मध्ये शुभदिनमा समाचार लेख्न हामी पहिलो भयौ । हामी भाग्यमानी रह्यौ । 

हाम्रो न्युज टिम छ । हामी दैनिक अफिस धाउँछौ । दैनिक सयौं न्युजहरु लेख्छौ, पोष्ट गर्छौ । यि बिचमा हामी अनेक रणनिती बनाउँछौ, लक्ष्य निर्धारण गर्छौ र कार्यान्वायन पनि गर्छौ ।  

हामी रिपोर्टरको एउटा छुटै रुम छ । रुममा मान्छेको आवाजलाई किबोर्ड थिचेको आवाजले उछिन्छ । सहकर्मी मित्रहरु बोल्न भन्दा कामलाई बढी प्राथमिकता दिन्छन् । रुममा प्रबेश गर्न ढोका खोल्ने वित्तिकै भित्तामा एउटा पोस्टर टांगिएको छ । पोस्टर सामान्य छ तर, पोस्टरमा भएका शब्दहरु असाधारण छन । 

"A GOAL WITHOUT A PLAN IS JUST WISH"
अर्थात, योजना बिनाको लक्ष्य चाहाना मात्रै हो । लक्ष्य पुरा गर्न त निश्चित योजना आवश्यकता पर्ने वाक्यको स्पष्ट सन्देश छ ।

शुभदिनमा हामी हरेक प्रयोगहरु गर्छौ । आईतबारलाई हामीले एउटा लक्ष्य (आन्तरिक कार्यक्रम भएकाले खुलाउन नचाहेको) सेट गरौं । हाम्रो स्रोत साधन र सिमित जनशक्ति भन्दा त्यो लक्ष्य एक कदम अगाडी थियो । त्यहाँ पुरा गर्न नसकिने थिएन । 

लक्ष्य पुरा गर्न समयको पनि पाउबन्दि थियो । कामको व्यस्तता बढ्दै जादा समय घर्किएको थाहै नहुंदो रहेछ । आईतबार त्यसै भयो । लक्ष्य पुरा गर्ने योजना मुताबिक बिहानै देखि सहकर्मीहरुले आफ्नो जिम्मेवारीलाई रफ्तार दिए । 

निदृष्ट लक्ष्यले पुर्णता पाउनेमा ढुक्क हुदाहुदै पनि सम्पादक (खिलानाथ ढकाल) सरमा बेचैनी देखिन्थ्यो । उहाँ पटकपटक रिपोटिङ रुममा आएर हामीलाई हौसला दिईरहनु भएको थियो । हाम्रौ गतिलाई अझै तेज बनाउन सघाउ पुर्याईरहनु भएको थियो । उता, अर्को रुममा अशोक सरका औलाहरु किबोर्डमा पटटटट दौडिरहेका थिए । उहाँका अगाडी राखिएको चियाका गिलासहरु पटक पटक सेलाए तर लक्ष्य प्राप्त नहुञ्जेल अशोक सर सेलाउनु भएन । 

रिपोर्टर रुममा गोविन्द सर, विनिता जी आफ्नै लयमा बगिरहेका थिए । अन्य दिनका भन्दा यस दिन उहाँहरुको उर्जा दोब्बर देखिन्थ्यो । लक्ष्य प्राप्त गरुञ्जेलसम्म उहाँहरुको उर्जामा कुनै कमि देखिएन, देखाउनु भएन । 

म आफ्नै धुनमा थिए । निदृष्ट गरिएको कुनैपनि लक्ष्य छिनभरमै पुरा हुदैंन । लक्ष्य पुरा गर्न समय, परिश्रम, योजना
अनि प्रतिबद्धताको खाचों पर्छ । म प्रतिबद्ध थिए । यसरी लक्ष्य प्राप्ती गर्न सकिन्छ भन्ने योजना मैले अघिका दिनहरु मै बनाएको थिए । त्यस बारेमा मैले सहकर्मीहरु बिच छलफल पनि गरिसकेको थिए । कति समयमा कुन काम गर्ने  भन्ने घरबाटै स्पष्ट प्लान थियो । विहानै अफिसमा पुग्दै सम्पादक सरलाई मैले यति समयमा यति काम गर्नेछु भन्ने जानकारी दिए र कार्य प्रारम्भ भयो ।

दिउँसोको १२ बज्दा नबज्दै मैले मलाई तोकिएको कार्यभारको साठी प्रतिशत कार्यलाई पुर्णता दिईसकेको थिए । पुर्वतयारी, अनुभव, जिम्मेवारी बोध, योजनाले मलाई त्यसमा सफल बनायो । दिउँसो ४ बजे मलाई तोकिएको जिम्मेवारी पुरा गरिसकेको थिए । बाकीं समयमा आवश्यकता अनुसारको जिम्मेवारी निभाए । 

अन्त्यमा, 

हामीलाई लक्ष्य दिई पुरा गर्ने आत्मविश्वास जगाईदिनु भएकोमा सनत सरप्रति अाभारी छाै। लक्ष्य प्राप्त गर्न एकजुट भएर लाग्ने न्युज टिमप्रति नतमत्सक छु । उहाँहरुको उर्जाशिल कार्य गराई बिना यो सम्भव थिएन । यस गतिले निरन्तरता पाओस, शुभदिन ।