Monday 5 January 2015

होटल डिभोटी एसपीए कप २० १५ को खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा काठमाण्डौ र डडेल्धुरा भिड्ने

यज्ञराज जोशी
धनगढी, पौष २१ गते
बहुप्रतिक्षित देशकै सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता द होटल डिभोटी एसपीए कप क्रिकेट प्रतियोगिताको चौथो संस्करण २)१५ को खेल तालिका सोमबार सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा माघ १६ गते साबिक विजेता पेन्टागन ईन्टरनेशनल कलेज काठमाण्डौ र महेन्द्र नमुना उच्च मावि भिड्ने भएका छन ।
तालिका अनुसार माघ १७ गते विहान जेभिएर ईन्टरनेशनल कलेज काठमाण्डौ र सनराईज उच्च मावि कञ्चनपुर, दिउँसो न्यु होराईजन कलेज बुटवल तथा कैलाली बहुमुखी क्याम्पस कैलाली विच प्रतिस्पर्धा हुने भएको छ ।
माघ १८ गते विहान दुर्गालक्ष्मी बहुमुखी क्याम्पस कैलाली र केएफए कलेज बिराटनगर तथा दिउँसो होलील्याण्ड उच्च मावि नेपालगञ्ज र टीकापुर बहुमुखी क्याम्पस कैलाली बिच खेल हुने भएको छ ।
त्यस्तै माघ १( गते बिहान गोल्डनगेट ईन्टरनेशनल कलेज काठमाण्डौ र त्रिपुरा सुन्दरी क्याम्पस अछाम तथा दिउँसो सनसाईन कलेज भैरहवाका विरुद्ध सुदूरपश्चिमाञ्चल विश्व विद्यालय कञ्चनपुर विच खेल हुने भएको छ ।
र माघ २) गते आयोजक एसपीए विरुद्ध जगन्नाथ बहुमुखी क्याम्पस बैतडी मैदानमा उत्रने भएका छन ।
क्वाटरफाईनलका खेलहरु माघ २) गते देखि २२ गते सम्म सञ्चालन हुनेछन भने माघ २३ गते सेमीफाईनल खेलहरु हुने भएका छन ।
त्यस्तै प्रतियोगिताको फाईनल खेल माघ २४ गते हुने भएको छ ।
सवै खेलहरु अञ्चल प्रहरी कार्यालय सेतीको खेल मैदानमा हुने भएको छ ।
अधिकांश अन्तराष्ट्रिय खेलाडीहरु तथा विदेशी खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताको विजेताले रु ५ लाख नगद हात पार्नेछ भने उपविजेताले २ लाख नगद पाउनेछन ।