Monday 29 December 2014

महाभारतको सम्झनाः भुवो खेल एक चिनारी

किशोर खड्कासुदूरपश्चिम प्राकृतिक सम्पदा जस्तै कला संस्कृतिले पनि भरिपूर्ण स्थल हो । यहाँका चर्चित संस्कृति मध्ये डेउडा, भूवो, गौरा, माघे संक्रान्ति, चैते दशै, पुतला, छलिया, धमाली, हुड्क्यौली आदि हुन । यहाँ नेर चर्चा गर्न खोजिएको पक्ष भूवो जुन सुदूरपश्चिमको एक प्रमुख कला संस्कृति हो । यो चाड महाभारत युद्धमा पाण्डवका सैनिकहरुले कौरबसगँ धर्म युद्ध लडनु अघि गरिएको युद्ध अभ्याससगँ जस्ताको तस्तै उतारिएको प्रतिबिम्ब हो । आफनै लय र भाकामा पंचैवाजा गाजाका साथमा नाचिने हतियारधारी समुहको ठूलो सामुहिक खेललाई नै भूवो (भस्सा)े भनिन्छ ।

यो चाड पौष कृष्णपक्ष चतुर्दशिको राती देखि सुरु हुन्छ । चतुर्दशिको बिहान झिसमिसे उज्यालोमा प्रत्येक घरका किशोर, युवा, प्रौढ र बयस्यक सबै अनिबार्य रुपमा भुवाखाडोमा जम्मा हुन्छन् । त्यहाँबाट हातहातमा निगालोको राँको समातेर गाउँको मान्यजन (नाईक) बाट धुप दिप जलाएर पाण्डवको पुजा आराधना गरेर रांको जलाईन्छ । सबैले रांको जलाएर लावा लस्कर हुदै सुरुवातको दिन गाईने भस्सोको गीत गाउदै एकै भाका एकै स्वरमा अगाडि बढ्छन् । जस्तै ए, ए लाण्या भुवा, २० देखि ३० जनाको फौजले गाउँछन् अरु लस्करमा लागेका सबैले हात र खुटटाको चालमा आगोको राँको सल्काएर गाउँदै आफनै ताल र भाकामा गाउदै हिड्दा स्वर्गीय आनन्द आउँछ । टाढा टाढाका गाउँका मानिसहरु अध्यारो रातीमा झिल मिल हेरी आनन्दीत हुन्छन ।
भस्सो यतिमा मात्रै सिमित छैन रांको सल्काउदै गाउँदै डेढ किलो मिटर जती टाढा लगेर फालिन्छ र त्यहाँबाट फर्केर आउँदा ठ्याम्मै उज्यालो हुन्छ । फेरी गाउदै लावा लस्करका साथ भुवाखडोमा पुगिन्छ । भुवाखडोमा आगो हुन्छ, आगो तापेर नुवाई–धुवाई सर सफाई गरेर घरमा मिठो–मसिनो खाना बनेको हुन्छ खाना खाएर अनि आफना हतियारहरु ढाल तरवारलाई चम्किलो बनाउने काम गरिन्छ । ढाल कालोले पोतिन्छ भने तरवारलाई धारिलो र तम्कीला बनाईन्छ । चम्कीला तरवारहरु भस्सोको चाली भन्ने कवाज खेल्दा घाममा टलक्क टलक्क चम्किन्छन् । औसीको भोली पल्ट पनि लुगा कपडा धोएर हात हतियार सजाउने, टल्काउने काम हुन्छ । अनि द्धितिया तिथीको दिनमा ठूलै चाड मान्दछन्, छर छिमेकहरुले मिलेर आ–आफनो घरमा मीठा मीठा परिकारहरु पकाईन्छन र छर छिमेकमा बाडेर खाईन्छ ।
दिउसो १२ बजेतिरबाट सबै भुवाखडोमा गएर भुवाको रौनक शुरु हुन्छ । बाजा गाजाका साथ दमाहाले पनि अनेक बाजा बजाउछन, बाजा–गाजा, लस्कर हुदै औशी र प्रतिपदाका दिन चम्काएका ढाल तरवार बाजा गाजा भूवाको लय तालमा चम्कन शुरु हुन्छ । साच्चै भन्ने हो भने सुदूर पश्चिम पिछडिएको ठाउँ भएको कारणले यस चाडको प्रचार–प्रसार नभएको हो । यदि प्रचार–प्रसार गरिएमा जो सुकैले पनि एक पटक मात्र हेर्न पाएमा उसलाई सधै भरि हेर्ने मन हुन्छ, हेरु हेरु जस्तो लाग्छ । यो खेल अति नै रमाईलो र अचम्म लाग्दो खेल हो, जति रमाईलो छ त्यति नै यो खेल फरक फरक किसिमको छ । यसका बिभिन्न लय भाका छन । प्रत्येक दिनमा यो खेल फरक–फरक ताल र लयमा खेलिन्छ । चालि नै १४ किसिमका छन, बगाली ९ किसिमका छन । प्रत्येकले दाँया हातमा तरवार र बायाँ हातमा ढाल समातेर दौरा, लबेदा र सुरुवाल, स्टकोट, कालो टोपी, निधारमा ठूलो टिका लगाएर खेलेको देख्दा जो सुकैका आखाँ पनि लोभिन्छन । नयाँ–नयाँ हेर्ने मानिस त यो अति नै जोखिम खेल रहेछ भनेर चाली र बगाली खेलको दृष्य हेर्दा आखाँ नै चिम्लिन्छन । साच्चिकै लडाई हो कि कसले कसलाई हाने भन्ने नै थाहाँ हुदैन । तरवार र ढाल फनफनी घुम्छन । भस्सो चाड जति रमाईलो छ, त्यती नै लामो समय सम्म खेलीने चाड हो । यो चाड पौष शुक्ल पक्ष द्धित्तिया देखी चतुर्दशी सम्म खेलिन्छ ।
भखाडामा १, २ दिन खेलि सकेपछि गाउँ गाउँका मुख्य मानिस (नायक, गाउँमा बिभिन्न जाति भए प्रत्येक जातिको जेठो पटिको हाँगाको घरमा, त्यसै जिम्मावाल मुखिया, कर्मचारी, शिक्षक र अन्य मान्यजनको घरमा गई भूओ खेल्दछन् । त्यसै प्रकारले यो बर्ष तीर्थ गरेर फर्केका मानिसको भरमा, त्यो बर्ष जस्को घरमा छोरा जन्मेको छ, त्यसको घरमा गएर भस्सो खेल्छन । जसको घरमा भुओ खेलिन्छ, तयस घरको मूलिले चिउणा, फलफुल र पैशाहरु दिएर आर्शिवाद दिने चलन छ ।
लगभग १४ दिन सम्म खेलिने यो चाड अहिले संरक्षण र सामाजिक बिसंगतिका कारण लोप हुने सम्भावना धेरै छ । यो चाडमा बिना हतियार पनि नाचिन्छ । गाईन्छ, जसलाई भारी खेल भनिन्छ । टेउला, मेउला खेलिन्छ जसमा राग र सरका कुरा हुन्छन । जस्तै लामा गणा सिधा धणा, धारु भाले, गैरी गाउँकी रम्भा चेली जैसी कठै भनेर खेलिने खेलमा माया प्रेमको राग र सर हुन्छ । जैसुनमा खेलीने खेलामा ईतिहासका कुराहरु हुन्छन् । जस्तै बार बर्ष सिंगारु यै गोरो मुहरा । लफुलुफ्या सिंगारुय , झुपझुप्या केश, जैले जन्मे सिगांरुय उलै परदेश भनेर गाईने जैसुन खेलमा खड्का जातीको इतिहास लुकेको पाईन्छ भने भस्सोको समयमा खेलिने खेलमा ठाउँको बर्णन बिर जातिको बर्णन पनि पाईन्छ । जस्तै नेपालका उना कुना, वास्या तितरी, नैपाल नझान्या चेलो गर्बै तिबरी नैपालको गोरखा फौज क्या रनु रन्छ, क्या खानु खान्छ । नैपालको गोरखा फौज क्या धानु गर्छ ? गोरखा फौजसगँ कति फौज छ ? क्या हतियार छन ? गोरखा फौजका अघिमान्या (सेनापती) को छन ?, फौजका कति घोडचढि छन ? थापाकाजि, अघिमान्या, घोडचढी । यस्तै लामो फौजको बर्णन छ । मानिसलाई के गर्नु पर्छ के गर्नु हुदैन भन्ने कुरा पनि अर्ति जुक्तिका कुरा पनि यसै भस्सोको आधारमा अबुझ जनलाई चेतना फैलाउने काम हुन्छ । जस्तै बासी पानी नखानु, सन्यूतो (आलो) दाउरा नबाल्नु ।
भूवो बहु भाषीक, बहु सांस्कृतिक, बहु आयामिक चाड हो । यसमा अध्यात्मिक कुरा देखि बैज्ञानिक कुराहरुमा पनि समेटिएका छन् । यस चाडलाई जगेर्ना गर्नु भनेको पुरानो संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नु हो । यसर्थ यस चाडलाई संरक्षण र सम्बद्र्धन गर्नु हाम्रो दायित्व हुन आउँछ । साथसाथै यस चाडलाई संरक्षण र सम्बद्र्धन गर्न नेपाल सरकार, यहाँका बिद्धानहरु, इतिहासकारहरुको ध्यान केन्द्रित गर्न चाहन्छौ । जय भूवो (भस्सो) ।
हेमन्तवाडा निवासी रामलाल खड्कासँगको सल्लाहमा तयार पारिएको लेख
ज्यूनापुरी धारु भले
भूओ खेलमा वीरता, करुणा आदि बढी देखिन्छ भने चाली बगाली युद्ध अभ्यासको रुपमा लिईन्छ । ज्यूनापुरी धारु भलेमा केटा र केटीको प्रेमको प्रसंग आउँछ । यसमा लामो स्वर मिलाएर खेल्दछन् । यो खेलमा पनि बृत्ताकार रुपमा खडा हुन्छन् । एउटाले अर्काको पाखुरामा समातेर सबैको हात सिधा पार्छन । अर्थात आफनो दुबैतिरको मानिसको पाखुरामा सोझो पारेर समात्छन । यसमा बाजा बजाउनु पर्दैन । यसमा केटाको नाम साई राजा हुन्छ । केटीको नाम रम्भा चेली । केटा भैसी गोठालो, केटी गाईकी ग्वाली । केटाले भैसि खोएर काला पाल्त (जंगल) मा लिन्छ । केटीले गोरु लिएर गैरी तोली जान्छ । केटा अग्लो ढुंगामा बसेर बाँसुरी र केटीले बिनायो बजाउँछन । बाँसुरीको बोलीले केटीलाई तँलाई लिन्छु भन्छन, केटीले बिनायो बजाई तिमीसँग जान्छु भन्छिन् । सबै ग्वाला मिलेर आधा जन्ती, आधा बरियाती हुने सल्लाह गर्छन र जन्तिलाई ज्योतिषको घरमा दुबैको विवाहकोलागि दिन जुराउन पठाउँछन् । बाटोमा पतारो, दौराला आदिलाई सोध्दै ज्योतिषको घरमा पुग्छन, र दुबैजनाको विवाहको लागि साईत जुराउन अनुरोध गर्छन । ज्योतिषलाई एक मानो चामल, दहीको ठेकी निकाल्छन्, ज्योतिषले धुलौटो ( ज्योतिषले माटोको धुलो फिजारी काठको छेस्काले लेख्ने र मेट्ने काठको तख्ता) मा हेरेर जुरेको कुरा बताउँछन । यो खबर लिएर जन्ती फर्केपछि गोवरको मस्युटो, गौतको तेल, बालुवाको चामल, लठ्ठीको मुसल, आदि बनाई आधा ग्वाला माईती र आधा ग्वाला जन्ती भएर दुबैको विवाह गर्छन । यसैलाई लयवद्ध गरी गाउँछन । यसमा पनि अगाडि पट्टिका ५, ७ जनाले माणा हाल्ने, अरु सबैले ज्यूनापुरी धारु भले र धारु भलेभाई धारुभले पालैपालो गरि भन्दछन । जस्तैः
सल्यानका साई महाराजा, ज्यूनापुरी धारु भले
गैरा गाउँकी रम्भा चेली, धारु भलेभाई धारुभले
मुलपाठका अन्य अंशहरु
कतना भया साई महाराजा
कतनी भैछन रम्भा चेली
बाड बडेली साई महाराजा
गुरीमुरी रम्भा चेली
कोरे जेठा भया कठ
जर्म जेठा साई महाराजा
कर्म जेठी रम्भा चेली
साई महाराजा भैसी गोठाला
रम्भा चेली गाई गवाली
साई महाराजाले भैसली खोया
रम्भा चेलीले गवलु खोयो
भैसा लाया काला पाल्त
गवलु लायो गैरी तोली
उदी वन गवलु लिउत
बाग की बग्याईछ कठ
पुणी बन गवलु लिउत
ढाण्याकी ढण्याई छ कठ
गोरु लायो गैरी तोली
भैसी लायो काला पाल्त
आफु बस्या उची ढुंगी
साई महाराजाले बाँसुरी गाड्यो
रम्भा चेलीले बिनायो गाडी
साई महाराजाले बासुली ठोक्यो
रम्भा चेलीले बिनायो बजायो
बाँसुलीका शब्दले
क्याउरे बोलुँ बोल्यो कठ
बाँसुरिका शब्दले
तोईरे लिउला भन्यो कठ
बिनायाका शब्दले
तेराई झाउँला भन्यो कठ
हैन हैन ग्वाला सातौ
ग्वाला खेल अरिहेलु
साई महाराजा, रम्भा चेलीको
ब्याउ रचाई हेलुँ कठ.............
उमाशंकर जोशि दवारा लिखित बझागीं समाजको स्मारिका सौराईबाट साभार गरिएको अंश

Sunday 21 December 2014

रेडियो कार्यक्रम "तपाईको समस्या हाम्रो सरोकार" (फोटो फिचर)

स्नातक तेस्रो बर्षमा अध्ययन गर्दै गर्दा हामीले उत्पादन गरेको रेडियो म्यागेजिन शो तपाईको समस्या हाम्रो सरोकारकाा केही झलकहरु । कार्यक्रम रेडियो धनगढीबाट प्रत्येक बुधबार बेलुकार ७ बजे प्रशारण हुदै आएको थियो  ।
कार्यक्रम उत्पादन टीम साथमा सल्लाहकारहरु

कार्यक्रम उत्पादनको पुर्व अभ्यासका क्रममा सहकर्मी यज्ञराज जोशी  
कार्यक्रम उत्पादनका क्रममा सहकर्मीहरु 
पुर्वतयारी

पुर्वतयारीको अवस्थामा सामुहिक तस्बीर 
आफै  Editing आफै Mixing 

कार्यक्रम प्रस्तुतीका क्रममा सहकर्मी राधा खड्का साथ यज्ञराज जोशी 

Script  

उत्पादन युनिट

सहकर्मी निर्प रावल बाईट लिदै साथमा मिन खड्का 

हाटबजारमा रिपोर्टिगका क्रममा 

क्याम्पस प्रमुख सुरेन्द्र चन्दसँग कार्यक्रम उत्पादन टीम

जिल्ला प्रशाशन कार्यलयलाई सुझाब दिने क्रममा नृप रावल

कार्यक्रम उत्पादनका क्रममा मनोरञ्जनका लागि स्थानिय जोखर ताल परिसरमा साथीहरु डाकेश पनेरु र नृप रावल

Program Script देखाउँदै साथीहरु

तपाईको समस्या के रे ? 
रमाईलोका क्रममा जोखर ताल परिसरमा

कार्यक्रमको प्रमुख भुमिकामा रहेका मेहनती साथीहरु उदया अधिकारी अनिता भट्ट र राधा खड्का 

Wednesday 17 December 2014

Feature: Nepal's first aircraft museum to boost tourism in far west region

by Shristi Kafle
KATHMANDU, Dec. 17 (Xinhua) -- The opening of Nepal's first aircraft museum in Dhangadi in the far western part of the country, some 500 km from Kathmandu, has attracted local and foreign tourists to the much-neglected region.

Just three months after its opening, the aircraft museum has been the talk of the town and thousands of people have flocked to view the different miniature aircraft on display.
In a talk with Xinhua, Captain Bed Upreti, aircraft museum director, said the Dhangadi museum is not only the first of its kind in Nepal, but also in the whole world for having a display of down-sized models of all kinds of aircraft.
"We are happy that people from all walks of life have visited the museum. This is a boost to the region's tourism and we are proud of our contribution to this sector," Upreti said.
It was Upreti, a 52-year-old former pilot and a native of Dhangadi, who conceptualized the idea of putting up an aircraft museum.

In l986 or some 30 years ago, Upreti started his career in the Nepalese Army and later as a military and civilian pilot. Upreti's passion for flying has led him to put up the museum.
The museum is actually the fuselage of a 100-seater aircraft of Cosmic Air, which has already closed its operation in Nepal. The museum, which is 35.53 meters long, contains the aircraft cockpit and more than 200 mini aircraft like Fokker, Avro, Airbus 330, Airbus 380, Boeings and many more.
At the museum's cockpit, a visitor can learn the technical details of flying. On display inside the museum are some 60 enlarged photos of popular tourism sites in Nepal and from around the world. The museum has also a restaurant that can serve visitors during their tour.
There are different replicas or old aircraft, including the first plane flown by Wright brothers in 1903. The miniature aircraft were brought from different parts of the world like France, Singapore, China, South Korea and Indonesia.

"My aim in transforming trash into cash is solely to promote local tourism. I am not concerned about revenues. I just want people to discover our place and enjoy looking at the various kinds of aircraft on display in the museum," Upreti said.
Upreti is still working as a pilot trainer at Lions Airlines in Indonesia.
The museum was completed in seven months, with around 1.5- million- U.S. dollar investment. While the idea came from one individual, it got the support and collaboration of the locals.
Dinesh Bhandari, former president of Kailali Chamber of Commerce, said their region has a lot of natural attractions but tourists were not coming. "But the aircraft museum is now attracting visitors to the region," he said.

According to Raj Bahadur Singh, museum manager, some 100 to 200 people visit the museum every day. But on weekends and holidays, the number of visitors goes up to 400-500 a day.
"Since September, more than 20,000 people have already visited the museum. Most of the visitors are from outside of Dhangadi and they include politicians and local celebrities," Singh said.
Although largely undeveloped, Nepal's far west region has Asia' s largest suspension bridge, the largest swamp deer reserve in the country and different species of wildlife. The region also boasts of scenic trekking destinations, several rivers and a huge forested area.

Tuesday 16 December 2014

यो सम्झने मन छ ... (संस्मरण)

s]xL lbg cl3 ;'jfz ;/ -PkL8Lsf gj lgo'Qm ;'b'/klZrd ;befjgf b't_ n] ax'/fli6«o rfO{lgh Go'h Ph]G;L l;GXjfsf] sf7df08f} Ao'/f]n] k|sfzg ub}{ cfPsf] Pl;of Kof;]lkms 8]nL -PkL8L_ sf sf7df08f}sf k|ltlgwLx? Wfgu9L cfpg] af/] dnfO{ hfgsf/L u/fpg' eof] . cfd;~rf/ / kqsfl/tf ljifosf] ljwfyL{ ePsf gftfn] of] d]/f nflu pT;'stfsf] ljifo lyof] . d]/f] lh1f;f a'em]/ pxfFn] PkL8Lsf] 6Ldn] ;'b'/klZrddf cfkm\gf] Ao'/f] :yfkgf ug{ nfu]sf] s'/f hfgsf/L u/fpg' eof] .  

ljZjdf cfkm\gf] bl/nf] klxrfg agfO{;s]sf] l;GXjfn] ;'b'/klZrddf cfkm\gf] Ao'/f] :yfkgf ug{ nfu]sf] va/ cfkm}df pT;fxk|b lyof] . cem l56\6} To;sf k|ltlgwLx? ;'b'/klZrd cfpg] va/n] d leq pgLx?;Fu l56f] e]6\g pT;fx hfu]sf] lyof] .
To;sf] ef]nL kN6 ;'jfz ;/n] dnfO{ kmf]g dfkm{t PkL8Lsf] 6Ld wgu9L k'lu;s]sf] hfgsf/L u/fpg' eof] . ;fy} pxfFn] efnLkN6 PkL8Ln] ldl8ofx?;Fu cGtlqm{of ug{ rfx]sf] s'/f atfpFg' eof] . To;} lbg lbpF;f] ;'jfz ;/n] pgLx?nfO{ wgu9Ldf hf/L ;'b'/klZrd dxf]T;jdf oxfFsf] snf ;+:s[tL;Fu kl/lrt u/fpg lnP/ cfpg' ePsf] lyof] . ;+of]ujz To; lbg d klg dxf]T;j g} ePsfn] pQm 6f]nL;Fu w]/}a]/ s'/f ug{ kfO{Pg . pgLx?sf] gfd hfGg] rfxgf x'bfFx'b} klg dxf]T;jsf] le8ef8df Tof] ;Dej ePg . Ps hgf lrlgofF o'jf, b'O{ hgf o'jtL / Ps hgf xl;nf] d'xf/ ePsf Sofd/fk;{g-kmf]6f] u|fkm/_ pgLx?;Fu lyP . ;fydf ;'jfz ;/ .  
एपिडिका सुदुरपश्चिम सदभावना दुत सुबाश शाही र नेपाल प्रमुख चाउ सेन्पिंग
csf]{ lbg lbpF;f] !@ ah] kqsf/ ;Dd]ng /flvPsf] lyof] . t/ dnfO{ eg] ;'jfz ;/n]  !! ah] g} k'Ug' eg]sfn] d ToxL ;dodf ToxfF k'u] . ;'?df /fhg clwsf/L;Fu kl/ro eof] . pgLn] PkL8Lsf] 6f]nLsf] ;+of]hg ul//x]sf /x]5g . bf];|f]df ToxL xl;nf] d'xf/ ePsf kmf]6f] u|fkm/ ;'lgn zdf{;Fu kl/ro eof] . dfG5]x?;Fu rf8f] 3'nldn x'g] pxfFsf] afgL ;fRr} ;x|flgo lyof] . pgLn] s]xL l5gdf dnfO{ cfkm\gf] Ps cleGg ldqsf ?kdf ;DaGw :yflkt ul/;s]sf lyP .
s]xL l5gdf wgu9Lsf ;a} kqsf/x?sf] cfudg;Fu} sfo{qmd ;'? eof] . d}n] dxf]T;jdf b]v]sL b'O{ hgf o'jtLx? dWo] uf]/f] j0f{, xl;nf] cg'xf/ clg ;'l/nf] :j/sL wgL Ps hgf o'jtL sfo{qmd ;~rfngsf lgldQ cl3 al8g . pgL;Fu clxn];Dd klg vf;} af]nrfn ePsf] lyPg .
एपिडिका सुदुरपश्चिम सदभावना दुत सुबाश शाही 
sfo{qmdsf] ;'?df pgn] cfkm\gf] kl/roaf6 sfo{qmd ;'? ul/g . >[i6L sfkm\n] /} 5 pgLsf] gfd rfxLF . l;GXjfsf] sf7df08f} Ao'/f]af6 lel8of] hgf{lni6sf] ?kdf sfd ulb{/x]l5g pgL rfxL . pgL;Fu} cfPsL csL{ o'jtL rfxL l;GXjf sf7df08f} ls dfs]{l6+u Dofg]h/ dlgiff >]i7 /x]l5g . kl/rosf] qmddf pgL lrlgofF o'jssf] kl/rosf] kfnf] cfof] . h;sf] kl/ro hfGg dnfO{ xtf/f] e};s]sf] lyof] . pgsf] gfd rfpF ;]lGk+u /x]5 . rfpF l;GXjfsf g]kfn k|d'vsf ?kdf sfo{/t /x]5g . pgL g]kfn cfP b]lv PkL8Ln] lgs} k|utL u/]sf] dnfO{ kmf]6f]u|fkm/ ;'lgn zdf{n] cl3 g} atfO{;s]sf lyP . pgn] o; ;'b'/klZrdsf] snf, ;+:s[tL tyf ko{6gsf] ljsfzsf nflu o; If]qdf ;'jfz ;/sf] ;lqmotfdf Ao'/f] sfof{no :yfkgfsf] ;f]r agfPsf /x]5g . dGtAosf qmddf lrg g]kfnsf] ;DaGw ;'dw'/ agfpg / lrlgofF ko{6sx?nfO{ ;'b'/klZrd;Dd Nofpg klqsfsf] e'ldsf dxTjk'0f{ x'g] s'/fdf hf]8 lbPsf lyP .
एपिडिको टिम संग सामुहिक फोटो लिदै
klqsf af/] kqsf/x?sf] lh1f;f d]6\g] qmddf >[i6Ln] l;GXjfn] g]kfn nufPt Pl;ofnL d'n'sx?df PkL8Lsf] k|sfzg ub}{ cfPsf] / o;sf] g]kfn Ao'/f]n] ;'b'/klZrddf cfkm\gf] zfvf la:tf/ ug{ rfx]sfn] cfkm'x? wgu9L cfO{k'u]sf] atfO{g .
sfo{qmdsf] ;dfKtL;Fu} ;'jf; ;/n] pxfFx?nfO{ wgu9Ldf /x]sf] Pc/qmfkm\6 Do'lhod tyf :yflgo hf]v/ tfn cjnf]sg u/fpg' eP5 . ;fy} oxfFsf] yf? ;:s[+tL;Fu 3'nldn u/fpg' eP5 .
एडिपीका नेपाल प्रतिनिधि र सुदुरपस्चिम प्रतिनिधि
To;sf] csf]{ lbg P;kLP eAo ?kdf Ps sfo{qmdsf lar ;'jf; ;/nfO{ o; If]qsf] ;befjgf b'tsf] 3f]if0ff ul/g'sf ;fy} zfvf pb\3f6g sfo{qmd klg ;DkGg ul/of] . h;n] xfdLnfO{ yk pQm 6f]nL;Fu kl/lrt x'g] df}sf lbof] .
ToxL ;femF PkL8Lsf] 6Ldn] o; If]qaf6 cf cfkm\gf If]qdf pTs[i6tf xfl;n u/]sf AoQmLx?;Fu cGtlqm{of sfqm{qmdsf] cfof]hgf u/] . ;xeflu ;j}n] ;'jfz ;/n] pxfFnfO{ o; If]qdf Nofpg dxTjk'0f{ e'ldsf v]Ng' ePsf]df wGojfb 1fkg ub}{ Ao'/f] :yfkgf ;Fu;u} o; If]qsf lqmoflzn eP/ nfUg ;d]t ;'emfa lbg'eof] . pQm sfo{qmddf ;'jfz ;/n] dnfO{ PkL8Lsf] ;'b'/klZrd Ao'/f] ;DxfNg u/]sf] cfu|xnfO{ d}n] ;xif{ :jLsf/ u/] / ToxL ;fem ;/n] d]/f] kl/ro ;]lDk+u;Fu klg u/fO{ lbg' eof] .
csf]{ lbg pxfFsf] sf7df08f} hfg] sfo{qmd ePklg v/fa df};dsf sf/0f km\nfO{6 SoflG;n x'bfF pxfFx?n] Pl;of s} bf];|f] 7'nf] em'n'+u] k'n bf]wf/f rfbgLsf] :ynut cjnf]sg ug{ kfpg'eof] / To; lbgsf] clGtd wgu9L a;fO{ ;s]/ csf]{ ljxfg} ;j} PkL8Lsf] 6f]nL sf7df08f} k|:yfg u/] . 
cfzf 5, tkfO{x?sf] ;'b'/klZrd a;fO{ claid/l0fo /Xof] . tkfO{x?nfO{ ;'b'/klZrdn] ;w} ;lDem/xg] 5 .



Sunday 14 December 2014

एपीडीको सुदुरपश्चिम शाखा उद्घघाटन, शाही सदभावना दुत नियुक्त

यज्ञराज जोशी 
धनगढी, मंसिर २८ गते 
चिनीयाँ समाचार संस्था सिन्ह्वाको काठमाण्डौ प्रकाशन एसिया प्यासेफिक डेली एपीडी ले आईतबार सुदूरपश्चिमममा आफ्नो शाखा स्थापना गरेको छ । एपीडीले सुप सदभावना दुतका रुपमा सुदुरपश्चिमाञ्चल एकेडेमी एसपीएका निर्देशक सुवाश शाहीलाई नियुक्त गरेको छ । 
एपीडीले आयोजना गरेको कार्याक्रममा नेपाल प्रमुख चाउँ सेन्पिंगले सुदुरपश्चिमको समग्र सामाजिक, आर्थिक तथा पर्यटन विकाशका लागि एपीडीको भुमिका महत्वपुर्ण रहने धारणा ब्यक्त गर्नुभयो ।  एपीडीको सुदुरपश्चिम शाखा विस्तारसँगै यस क्षेत्रलाई अन्तराष्ट्यि क्षेत्रमा पहिचान गराउन पनि एपीडीको भुमिका महत्वपुर्ण रहने  उनले बताउनु भयो । 
त्यस्तै कार्यक्रममा प्रमुख अतिथी तथा शशस्त्र प्रहरी बलका सुप क्षेत्रिय प्रमुख जीत बहादुर प्नले एपीडीको सुप शाखा स्थापनाका लागि बधाई दिदै यहाँको कला संस्कृतीलाई अन्य क्षेत्रमा पहिचान गराउन पनि भुमिका महत्वपुर्ण हुने बताए । 
एपीडीका नवनियुक्त सदभावना दुत सुवाश शाहीले आफुलाई प्राप्त यस अवसरलाई आफुले समग्र सुदुरपश्चिमको विकाश र पहिचानमा खर्चने बताउनु भयो । साथै उहाँले यस क्षेत्रको विकाशका लागि सबैले आ आफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख लक्ष्मण न्यौपाने, पत्रकार महासंघ कैलालीका सभापती भरत शाह लगातयले मन्तब्य ब्यक्त गर्नुभएको थियो । 

Saturday 13 December 2014

नेपाली पत्रकारीतामा जिम्मेवारिका सवालहरु


07JUL

 – प्रमोद खनाल

हरेक देशको सर्वाङ्गीण विकासमा प्रेस जगतको अतुलनीय भुमिका रहेको हुन्छ । जनमानसलाई सुसुचीत गर्ने तथा सत्य तथ्य र प्रत्यक्ष समाचार संप्रेषण गरि जागरुक वनाउने कार्यपनि प्रेस र पत्रकारितामै निर्भर रहेको वास्तविकतालाई हामी भुल्न सक्दैनौं । ढुङ्गे युगदेखि एक्काईसौं शताव्दीसम्मको मानव यात्रामा सुचना र संचारको अहम् भुमीका रहेको छ, त्यतिवेला कुनै न कुनै रुपमा त्यहि नै पत्रकारिता थियो । मानव विकासक्रमसंगै पत्रकारिताको पनि व्यवशायीक विकास र प्रष्ट भुमिका वन्दै गयो, फलस्वरूप अहिलेको विकसीत संचार युगको सुत्रपात हुन सक्यो । वास्तवमा पत्रकारीता मानवसमाजको भित्री आँखा हो, जसले सामाजिक मार्गनिर्देशनको पुरापुर जिम्मा पाएको हुन्छ । त्यसैकारणले पनि पत्रकारीतालाई राज्यको चौथो अङ्गको रुपमा लिईन्छ । सुचनाप्रविधीको विकाससंगै पत्रकारीता र सञ्चारको क्षेत्रले  विश्वको विशाल भुभागलाई समेत अहिले निकै साँघुरो पारिदिएको छ । संसारको कुनैपनि क्रियाकलाप हामी तत्कालै देख्न, सुन्न, बुझ्न पाउने भएका छौं । पत्रकारीता र सुचना सम्प्रेषणको यस कार्यले मानवको जिवनस्तरमा समेत ठुलो हलचल पैदा गराईदिएको छ । यसरि विभिन्न तौरतरीकावाट निरन्तर सुचना प्रवाह गरि जनमानसलाई जिवन्त तुल्याएको आम संचार र पत्रकारीतालाई विश्वमा मानव समुदायको परिवर्तनको संवाहकको रुपमा लिन सकिन्छ । यद्यपी सवै सञ्चारमाध्यमहरू निष्पक्ष, सत्यपरक यथार्थमा आधारित भएर समाचार सम्प्रेषण गर्नु पर्छ भन्ने मान्यतावाट प्रेरित देखिदैनन् । पत्रकारिताको परिभाषा, मान्यता, सिद्धान्त र जिम्मेवारिप्रति वफादार रहेर कार्य गर्ने सञ्चारमाध्यमको आजकल खडेरि नै लागेको देखिन्छ ।

पत्रकारीता आफैमा सुचनाको एक परिवर्तित मुहान हो । जसले सदैव निस्पक्ष सत्यताको साथमा रहेर विशुद्ध मनोभावनाले मानवसमाजलाई न्यायको सफलता दिलाउंछ । दुई विशाल र विकसित छिमेकी देशहरुको विचमा रहेको अल्पविकसित मुलुक नेपालमा प्रेस र पत्रकारिताको भुमीका झनै महत्वपुर्ण रहिआएको छ । तर कतिपय अवस्थामा प्रेसको भुमीका विवादास्पद भने नभएको होइन । अझै पत्रकारिताको खोल ओढेर अपराधलाइ प्रश्रय दिईरहेका खवर सुन्नुपर्दा पत्रकारिताको मूलमर्म नै वदनाम भइरहेको अनुभव हरेक जनतालाई हुनु स्वाभाविकै हो ।यस्ता प्रवृत्ती विरूद्ध तत्काल प्रभावकारी कदम चाल्न नसक्दा कहिलेकाही पत्रकारीताका सवालमा अनेकौ प्रश्न चिन्ह खडा हुने गर्दछन्, पत्रकारिताले कैयन् अवस्थामा राष्ट्रियता, सामाजिक सद्भाव, र आफ्नो मर्यादालाइ कायम राख्न नसकि जानी नजानी वाटो भुल्न पुगेको जस्तो आभाष गराउछ । यस्ता पक्षलाई शिघ्ररुपमा सुधार गराउनु पर्छ । तर पहिलेको तुलनामा नेपाली पत्रकारीता जगतको परिधी आजकल निकै फराकिलो भएको छ । युगौं देखिको मेहनत, लगन, र परिश्रमले नै यसले यति ठुलो फड्को मार्न सकेको हो, भन्ने कुरा कसैले भुल्न खोज्नु सरासर भुल हुन्छ । भनिन्छ, सुर्यको प्रकाशले दिन नसक्ने उज्यालो पत्रकारीताले सर्वत्र छर्न सक्छ । वास्तवमा यो सहजै अनुभव भएको कुरापनि हो । पत्रकारीताको परिभाषा र अर्थ आफैंमा स्वतन्त्र हुने भएकाले यस पेशामा संलग्नकर्ताहरुका लागी संसारको कुनै पनि भुभागमा निषेध गरिएको छैन र गर्नु पनि हुदैन । यि महत्वपुर्ण र सम्वेदनशील पक्षहरुलाइ सहि ढंगवाट कार्यान्वयन गर्न नसक्दा नेपाली पत्रकारीताले जस कम अपजस वढि कमाएको छ । यसो त कुनै भुल हुंदै हुंदैनन् गर्दै गर्दैनन् भन्न सकिन्न तर सानोमात्र गल्तिले पनि समाजमा ठुलो नोक्सानी पुर्याउन सक्ने भएकाले हरेक अवस्थामा सावधानी अपनाउनु सञ्चारकर्मीको जिम्मेवारि हुन आउंछ ।अर्को कुरा पत्रकारले सार्वजनीक सरोकारका विषयहरुप्रति मुकदर्शक वा एकपक्षीय वनेर वस्नुपनि नेपाली पत्रकारीता जगतको ठुलो गद्धारी र लज्जापन हो । यो हामी मध्ये कतिपयले भोगेकै कुरा पनि हो । यस्ता कमीकमजोरीलाई सामाजिक मुल्यमान्यता र पत्रकारीताका विधानको घेरामा सांधेर शुद्धिकरण गर्नु नितान्त आवश्यक छ ।

भौगोलीक अखण्डता र जातिय, सांस्कृतिक विविधताले सजिएको हाम्रो देश नेपाल शान्तिको लागी विश्वकै नमुना मानिन्थ्यो, अहिलेपनि मुलुकमा विकसित शान्ति प्रकृयापछि सो कुराले निरन्तरता पाउने नै छ भन्नेमा संपुर्ण नेपाली जनता अझैपनि विश्वस्त रहेका छन् । यसको लागी नेपाली प्रेसले निभाउनुपर्ने भुमीका अत्यन्त महत्वपुर्ण रहेको छ । संपुर्ण नागरीकलाई आफ्नो हक, अधिकार र स्वयं आफ्नो काम, कर्तव्यप्रतिको शिक्षा वोध गराउने जिम्मेवारि प्रेस जगतकै हो । यसरि नै प्रेस र जनताविचको संवन्धले नङ्ग मासुको सम्वन्ध स्थापित गरेको छ । सदियौं देखि जनतालाई थिचोमिचोमा पारेर वसेको कहालीलाग्दो राणा शासनकाल होस्, फांसिष्ट निर्दलीय पञ्चायतकाल होस वा हालैमात्र नेपाली जनताद्धारा समुल नष्ट पारिएका निरकुंश राजवंश विरुद्धका अनेकौं लडाईमा नेपाली पत्रकारीताले विर्सन नसक्ने गुन लगाएको छ ।

तर आजकाल पत्रकारीताका आडमा लुकेर केहि अराजक तत्वहरुले निन्दनीय धन्दागर्न, जनमानसमा भ्रमश्रृजना गर्न तथा नागरीक सचेतनामा वाधा पुर्‍याउने जस्ता कार्यद्धारा नेपाली जनमानसमा एकप्रकारले आतंक फैलाईरहेका छन् । उनिहरुका यस्ता घृणित कर्तुतका विरूद्द सचेतना फैलाउंदै जनमुखी सञ्चारमाध्यमहरुले सहि समाचार संप्रेषणमा जोड दिनुपर्छ । पत्रकारको विल्ला भिरेर स्वतन्त्र पत्रकारिताका नाममा जथाभावि अनेकौं कपोल कल्पित समाचार सम्प्रेषण गरि सामाजीक सद्भाव विथोल्ने, व्ल्याकमेलिङ्ग गर्ने, हप्ता उठाउने देखि धम्कीको धन्दा र चन्दा असुलीसम्मका अराजक कार्यहरू गरिनुलाइ नेपाली पत्रकारिता क्षेत्रकै कलंकको रुपमा लिइएको छ । यसको विरुद्ध आवाज उठाउनुपर्ने पत्रकार महासंघ समेत कतिपय वेला प्रत्यक्ष अप्रत्यक्ष रुपमा त्यसमै समाहित भएको उदाहरण पनि नभेटिएको हैन । तसर्थ, अव आम जनता र सचेत नागरिक समाजले नै गम्भीर भएर यस्ता प्रवृत्तिमाथी अंकुश लगाउनु अत्यावश्यक  छ । जनतालाई सुचनाको अधिकारमा कुठाराघात गरेर कुनै हालतमा पनि पत्रकारीता हुंदैन । तसर्थ अविछिन्न रुपमा अग्रणी भुमिकामा रहेको नेपाली पत्रकारीता र पत्रकार जगतले विगतका कमि कमजोरीलाई भुलसुधार गर्दै आफ्नो भुमिकालाइ सच्याउदै जानु पर्ने हुन्छ । विशेष गरी जनमुखी रहेर राष्ट्र र राष्ट्रियताको संवद्धन गर्न सकेमा मात्र नेपाली पत्रकारीताको छवी आगामी दिनहरू सम्म जिवन्त राख्न सकिन्छ ।

बिभिन्न आरोह अवरोहको चरणलाई पार गर्दै समयानुसारको समाचार सत्य तथ्य वाहीर ल्याउनु व्यक्तिवादी चिन्तनवाट अलग रहनु तथा पत्रकारिताको नैतिक सिद्धान्त र धर्मवाट विचलित नबनी सदावहार नेपाली जनतामा घुलमिल रहनु, वास्तविकताको लेखाजोखा गरी प्रस्तुत हुनु नेपाली पत्रकारीताको अद्यभुत कार्य हो । तसर्थ गहन जिम्मेवारीकासाथ जनताको शान्ति र परिवर्तन प्रतिको भावनाको सम्मान गर्दै हरेक पल राष्ट्र निर्माणको सच्चा पहरेदारको रुपमा रहिरहनु नै नेपाली पत्रकारीता क्षेत्रको भावी जिम्मेवारि रहेको छ ।   

पत्रकारहरुलाई खुला पत्र

आदरणीय पत्रकार बन्धुहरु,
नमस्ते !
म एक आम सर्वसाधारण नेपाली। हजुरहरुको पत्रिका, समाचार र रिपोर्टहरुको नियमित पाठक पनि । समाचार सम्प्रेषण, प्रसारण र प्रकाशन सम्बन्धी केहि गुनासा र सुझावहरु भएकाले यो पत्र लेख्दैछु। म पत्रकारिताको विद्यार्थी नभएकाले यस विषयवारेमा मेरो बुझाई, ज्ञान र चेतना कतिसम्म सहि या गलत रहेछ यसको मुल्यांकन हुनेछ भन्ने विश्वास लिएको छु ।
सामान्यतया, समाजमा कुनै घटना घट्छ । राजनीतिक, सामाजिक, आर्थिक, खेलकुद, स्वास्थ्य, मनोरंजन आदि विभिन्न विधाका घटनाहरु सार्वजनिक चासोको विषय भएमा फिल्ड रिपोर्टरहरुले त्यसलाई खेस्रा वनाएर टिप्छन । अनि आवश्यक सम्पादन पछि रेडियो, टेलीभिजन, पत्रिका, अनलाइन तथा संचारका अन्य विभिन्न माध्यमबाट त्यो समाचार प्रकाशन र प्रसारण गरिन्छ र आम जनता सामु आइपुग्छ। वास्तवमा पत्रकारिता पेशा भनेको नदीका दुई किनाराका रुपमा रहेको “समाजमा घटेका घटना” र “आम जनता” लाई जोड्ने एउटा पुलजस्तै हो। म लगायत धेरै मानिसहरुको यस प्रक्रियाका बारेमा बुझाई पनि यहि हो ।
आम जनतासँग प्रत्यक्ष जोडिएका विषयवस्तु र घटनाहरुलाई जस्ताको तस्तै जनताकै माझमा पुराइने पेशा पत्रकारिता हो । यसै कारणले र राज्यका तीनओटै निकायले गर्ने काम-कारबाहीको पहरेदारको भूमिका निर्वाह गर्ने भएकाले पनि यो क्षेत्रलाई राज्यको चौथो अंगको रुपमा तुलना गर्दै आइएको छ । अरु क्षेत्रलाई नियमन र खबरदारी गर्नुपर्ने पेशा पत्रकारिता आफै चै कतिको इमानदार छ त। के साँचै पत्रकारहरुले आफूलाई ऐनाको रुपमा उभाएर सामाजिक विसंगती, विकृति र कुरीतिहरुलाई आम जनताको माज छर्लंग पारिदिने काम गरेका छन् त । यी प्रश्नहरुको जवाफ खोज्नु अहिलेको टड्कारो आवश्यकता देखिएको छ । यसै विषयमा चुरो खोतल्न मैले केहि सवालहरुलाई बुँदागत रुपमा उल्लेख गरेको छु ।
१.पत्रकारिता र इमानादारिता:
इमानदारिता भनेको पत्रकारिताको मुटु हो। यो विनाको पत्रकारिता मृत पत्रकारिता वन्छ । के पत्रकारहरु आफ्नो पेशा र कर्तव्य प्रति साँचै इमान्दार छन् त ? के हाम्रो पत्रकारिता साँच्चै कुनै राजनैतिक पार्टीको गोटी वा व्यापारिक घरानाको दास वन्नबाट उन्मुक्त छ त ? आर्थिक प्रलोभन, राजनैतिक दलप्रतिको झुकाव, डर, त्रास र धम्कीबाट प्रभावित भएर भन्दा नि आम मानिसको सहि सूचना पाउने नैसर्गिक अधिकारलाई कतिसम्म न्याय गर्न सकेका छन् पत्रकार मित्रहरुले । त्यसैले आफू भित्रको पत्रकारलाई जीवन्त राख्नको निम्ती भए पनि एक पत्रकारले इमानदारिता नभुल्नुको विकल्प छैन ।
२.पत्रकारिता र सत्यता:
मैले रेडियो, टीभी, पत्रपत्रिका वा अनलाइनमा कुनै समाचार सुनें वा पढें। के म त्यो समाचार सत प्रतिशत सत्य छ भनेर ढुक्क बन्न सक्छु ? मैले कालोलाई कालो र सेतोलाई सेतो नै भनेको पढिरहेको वा सुनिरहेको छु, वा ठिक उल्टो ? पत्रकारिताको उदेश्य जनतालाई सहि सूचनाले सूसुचित गर्ने हो, तर पत्रकारिता यहिं चुक्यो भने? हो, हामी आम मानिसहरु सत्य र तथ्य युक्त समाचारका भोका हौँ । तर प्रतिस्पर्धाको वा सस्तो लोकप्रियताको नाममा पस्किएका आलोकाँचो समाचारका भुक्तभोगी भने हुन सक्दैनौं ।
३.पत्रकारिता र प्राथमिकता
प्राथमिकता र आवश्यकता पत्रकारिताका अर्का महत्वपूर्ण पाटाहरु हुन्। एउटा उदाहरण, हुम्लामा र मुगुमा मानिसले चामल र नुन नपाएको समाचार प्राथमिकतामा राख्ने कि काठमाडौंमा कुनै एउटा पाँचतारे होटलमा भएको सम्मलेन र भोजको समाचार। रुकुम र जाजरकोटमा जनताले न्युनतम स्वास्थ्य सेवा नपाएर छटपटाइरहेको समाचार प्राथमिकतामा राख्ने कि कुनै दलका एक नेता स्वास्थ्योपचारको लागि विदेश लागेको समाचार। कुन समाचारले विशेष महत्व पाउनुपर्छ, र यो खबर आम मानिसले थाहा पाएमा कतिलाई प्रोत्साहन र मिल्छ र कति नराम्रा कामहरु निरुत्साहित हुन्छन । घटनाक्रमहरुलाई त्यसै अनुरुप प्रकाशन र प्रसारण गरे पत्रकारितामा थप सुगन्ध थपिन जान्छ।
४.पत्रकारिता र जिम्मेवारी
निश्चय नै पत्रकारिता एउटा जिम्मेवार पेशा हो । जनताले कसैलाई ताली र हाईहाइ अथवा गाली र वाई वाई दिने संचार माध्यमको समाचारमै भर पर्छ । गलत बाटोमा लागेकालाई सहि बाटोमा ल्याउन तथा सहि बाटोमा लागेकालाई अझै प्रोत्साहन दिने वातावरण मिलाउन पत्रकारहरुको अहम् भूमिका रहेको हुन्छ । अनि यति जिम्मेवार क्षेत्रमा रहनुभएका पत्रकारहरु के आफ्नो जिम्मेवारी गहन रुपले निर्वाह गरिरहनुभएको छ त ? खोजी पत्रकारिता, परोपकारी पत्रकारिता आदि जस्ता यस क्षेत्रका विविध आयामहरूलाई आफ्नो व्यावसायिक जीवनमा कतिको लागु गर्नुभएको छ त्यो पनि मननयोग्य छ ।
वास्तवमा पत्रकारिता एउटा जटिल पेशा पनि हो । सत्य तथ्य बाहिर निकाल्न खोज्दा एकथरी पक्षलाई त्यसमा चित्त नबुझ्न पनि सक्छ। समाचार लेखेकै भरमा कति पत्रकारहरु माथि भौतिक आक्रमण भएको र आफ्नो व्यतिगत जीवनयापनमा समेत असुरक्षा बढेको कुरा पनि सर्वविदितै छ । विगतका युद्दकालमा होस् वा अन्य विसम परिस्थितिमा पत्रकारहरुले भोग्नु परेको असहजतालाई हामीले विर्सनु हुदैन। विभिन्न कालखण्डमा भएका राजनैतिक परिवर्तनमा पनि पत्रकारहरु अतुलनीय योगदान रहेको छ। पारिश्रमिक, सामाजिक सुरक्षा लगायत अनेकन प्रतिकुलतामा पनि आफ्नो व्यक्तिगत स्वार्थलाई तिलान्जली दिएर, एक सच्चा, कर्मनिस्ठ र इमानदार पत्रकारिताको धर्म निभाइराहनुभएका पत्रकार वन्धुहरुलाई हार्दिक नमन नगरिरहन सकिन्न ।
अन्त्यमा,
पत्रकारहरु भनेका समाज परिवर्तनका संवाहक पनि हुन् । देशको राजनीतिक, आर्थिक र सामाजिक स्थिति उकास्न पत्रकारहरुको पनि ठूलो भूमिका रहेको हुन्छ। त्यसैले व्यावसायिकता, सस्तो लोकप्रियता र कुनै किसिमको प्रलोभनमा परि आम जनताको सहि सूचना र समाचारले सुसुचित हुने अधिकारबाट कुण्ठित नगरियोस । वरु एक जिम्मेवार पेशाकर्मीको नाताले पेशागत धर्म, इमानदारीता र न्युनतम मूल्य र मान्यता नभुली सदा आफ्नो कर्तव्यपथमा लागिरहनुहोस्। शुभकामना ।
पुरुषोत्तम अधिकारी
आम नेपाली जनताको तर्फबाट

नेपाली सरकारको संचार नीति (चलचित्र, छापा, बिज्ञापन र प्रशारण)


नेपाल सरकारले हालै संचार नीतिको मस्यौदा सार्बजनिक गरेको छ जसमा  आम संचारका सबै माध्यमहरु जस्तैः रेडियो प्रशारण, टेलिभिजन, छापाखाना र प्रकाशन, विज्ञापन र चलचित्र सम्बन्धी सबै नियमनकारी व्यवस्थाहरु समेटिएका छन् ।



ministry-of-information
सञ्चार माध्यम सम्बन्धी नीति, २०६८
मस्यौदा
सूचना तथा सञ्चार मन्त्रालय
नेपाल सरकार
जनवरी, २०१२

प्रस्तावनाः
वि.सं. २०४६ सालको जनआन्दोलनले प्रेस र अभिव्यक्तिको स्वतन्त्रताका क्षेत्रमा महत्वपूर्ण सुधार ल्याएको थियो । २०४७ सालको संविधानले प्रेससम्बन्धी अधिकारलाई मौलिक अधिकारको रुपमा स्थापित गर्यो । २०४९ सालमा आएको नयाँ ऐनले निजी क्षेत्रलाई एफ.एम. र टेलिभिजन प्रसारणको अनुमित दिने व्यवस्था गर्यो । यी परिवर्तनका कारणबाट नेपालमा निजी र गैर–सरकारी प्रशारण संस्थाहरुको संख्यामा उल्लेख्य बृद्धि भयो ।
वि.सं. २०६३ सालको जनआन्दोलन र त्यसपछि देशमा स्थापित नयाँ, समावेशी प्रजातान्त्रिक व्यवस्था नेपालको
लागि ऐतिहासिक परिवर्तनहुन् । सात राजनीतिक दल तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का बीचमा विस्तृत शान्ति सम्झौता सम्पन्न भएपछि नेपालमा शान्ति स्थापना भएको छ ।
वि.सं. २०६३ सालमा पुरानो संविधान खारेज भई नेपालको अन्तरिम संविधान जारी भयो । ने.क.पा. (माओवादी) र सात राजनीतिक दलहरुबीच भएको आठ बुँदे र बाह्र बुँदै सम्झौता बमोजिम जारी भएको यो
संविधान संविधानसभाबाट नयाँ संविधान जारी नहुञ्जेल कायम रहन्छ । उक्त आठ बुँदे तथा बाह्र बुँदे सम्झौता तथा अन्तरिम संविधानले विचार र अभिव्यक्तिको स्वतन्त्रता, संचारको स्वन्त्रता, सूचनाको हक र निर्वाध संचारको हकको सुनिश्चितता गरी मुलुकभित्र नयाँ संचार प्रणालीको सूत्रपात गरेको छ । यी ऐतिहासिक घटनाक्रमपछ मिडिया क्षेत्र तथा सरकारी क्षेत्रमा महत्वपूर्ण विकास भएका छन् । यसै क्रममा संचार माध्यम संबन्धी नयाँ नीतिको तर्जुमाको लागि विभिन्न गोष्ठी, सेमिनार र समितिहरु गठन गरी सुझाव तथा सिफारिस संकलन गरिएको छ ।

नेपालको अन्तरिम संविधान, २०६३ को निर्देशक सिद्धान्तमा सरकारकोलागि धेरै जिम्मेवारी सुम्पिएका छन ।
संविधानले प्रत्याभूत गरेका मौलिक अधिकारहरुको सुरक्षा गरी सरकार यी जिम्मेवारीलाई पूरा गर्दै आएको
छ । हाल सरकार पुराना र नियन्त्रणमुखी संचार सम्बन्धी कानुनहरु पुनरावलोकन र खारेज गर्ने र सूचनाको हकको संरक्षणका लागि विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई यथार्थ रुपमा पुनस्र्थापना गर्ने प्रक्रियामा संलग्न छ । यसका अतिरिक्त हाल संचार माध्यम संबन्धी कानुनहरु समन्वयरहित तवरले यत्रतत्र छरिएर रहेका र विभिन्न ऐन कानुनसँग बाझिएको अवस्था छ । संचार माध्यम संबन्धीउद्योगभित्र प्रवेश गर्ने र यसबाट बाहिर निस्कने प्रक्रिया पनि समस्याग्रस्त छ । अतः संचार माध्यमसम्बन्धी कानुनलाई सरलीकृत, एकिकृत र संहिताकरण गर्न पनि आवश्यक छ ।
नयाँ प्रजातान्त्रिक प्रणालीमा संचार माध्यमले प्रजातान्त्तिक प्रक्रियाको पहरेदार र प्रवद्र्धकको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्दछ । यसका लागि संचार माध्यम स्वतन्त्र, विश्वासनीय, निस्पक्ष र जवाफदेही हुन जरुरी छ । संचार माध्यम राज्य र अन्य कुनै बाहिरी हस्तक्षेपबाट मुक्त हुन आवश्यक छ जसबाट यसले संचार माध्यमसंबन्धी व्यवसायको पेशागत मर्यादालाई सदैव आत्मसात गर्दै र संचार माध्यम संबन्धीआचार संहिताको पूर्ण पालना गर्दै पहरेदारको भूमिका निर्वाह गर्न सकोस् । संचार माध्यम खुला, उदार र व्यापारिक रुपमा प्रतिस्पर्धी हुनु प्रजातान्त्रिक समाजको भावना अनुकूल पनि छ ।
यसका अतिरिक्त प्रविधिको द्रुत विकास सँगै नयाँ डिजिटल युग शुरु भएको छ । सबै प्रशारणमुखी संचार माध्यमलाई डिजिटलाइज गराएपछि प्राप्त हुने लाभको उपयोग गर्न सक्नु मुलुकको लागि एक नयाँ अवसर हो ।
संचार माध्यम संबन्धी नीतिको क्षेत्र
आम संचारका सबै माध्यमहरु जस्तैः रेडियो प्रशारण (मिडियम वेभ, सर्टवेभ, एफ.एम. र इण्टरनेट रेडियो), टेलिभिजन (केवल, भू–सतही र उपग्रह मार्फत प्रशारण र आइपी प्रशारण), छापाखाना र प्रकाशन, विज्ञापन र चलचित्रसम्बन्धी सबै नियमनकारी व्यवस्थाहरु यसको क्षेत्रभित्र समेटिन्छन् ।
निर्देशक सिद्धान्त
यस नीतिका निर्देशक सिद्धान्तहरु देहाय बमोजिम रहेका छन् :
१) संविधानमा सुरक्षित विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र सूचनाको हकको सुनिश्चितता गर्ने ।
२) आम संचार क्षेत्रमा क्रियाशील संस्थाहरुको दायित्वलाई स्पष्ट गरी आम संचार माध्यमवाट स्वस्थ प्रजातन्त्रको विकासमा योगदान पु¥याउने ।
३) राष्ट्रिय जीवनका सबै क्षेत्रमा उपयुक्त संचार माध्यम प्रणाली स्थापना गरी खुला समाजको सिद्धान्तका आधारमा जनताको कल्याणको अभिवृद्धि गर्ने ।
४) सबै प्रकारका आर्थिक तथा सामाजिक असमानताको उन्मूलन गरी न्याय र नैतिकतामा आधारित स्वस्थ समाजको स्थापना र विकास गर्ने र विभिन्न जात, जाति, धर्म, भाषा, रङ्ग, समुदाय र सम्प्रदाय बीचमा मेलमिलापको वातावरण कायम गर्ने र जनताबीच शान्ति, भातृत्व र मेलमिलाप प्रबद्र्धन गर्ने ।
५) समानता र सहअस्तित्वको सिद्धान्तमा आधारित भई तथा सबै भाषा, साहित्य, लिपी, कला र संस्कृतिको समान संरक्षण गरी देशको सांस्कृतिक विविधतालाई कायम राखी तथा विभिन्न धर्म, संस्कृति, जात, समुदाय, सम्प्रदाय, रंग र भाषिक समुदायबीच स्वस्थ र हार्दिक सम्बन्ध विकास गरी राष्ट्रिय एकता सुदुढ गर्ने ।
६) मेडिया क्षेत्रमा विज्ञान र प्रविधिको सीपको थप विकासको लागि तथा स्थानीय प्रविधि विकासको लागि प्राथमिकता दिने ।
समग्र नीति
१–१ कुनै पनि वैधानिक आधारबिना कसैले पनि कुनै पत्रकारितासँग सम्बन्धित विषयमा हस्तक्षेप नगर्ने वा पत्रकारका गतिविधिको नियमन नगर्ने कुराको सुनिश्चितता गर्ने ।
१–२ समाजमा स्वस्थ संचार माध्यमको अभिवृद्धिको लागि संचार माध्यम तथा पत्रकारहरुलाई उनीहरुको दायित्व र कर्तव्यप्रति पूर्ण सचेत हुन प्रोत्साहित गर्ने ।
१–३ सूचना तथा संचार मन्त्रालयको प्रशासन अन्तर्गत रहेका संचार क्षेत्र, सूचना र दूरसंचार सम्बन्धी विद्यमान कानुनहरुको पुनरावलोकन गर्ने ।
२–१ प्रजातन्त्र र शान्तिको प्रबद्र्धन गर्न सहयोगी हुने गरी संचार माध्यमको विकास गर्ने ।
२–२ संचार माध्यमका क्षेत्रमा सीमित विदेशी लगानी सहित स्वस्थ लगानीलाई प्रोत्साहन गर्ने ।
३–१ संचार माध्यमले सार्वजनिक व्यवस्थामा खलल नपु¥याउने वा सार्वजनिक नैतिकता प्रतिकूल कार्य नगर्ने कुराको सुनिश्चितता गर्ने ।
३–२ समग्र संचार माध्यमले कुनै खास संस्था वा व्यक्तिको मात्र समर्थन वा विरोध गरी स्वतन्त्र तथा स्वस्थ प्रजातान्त्रिक वातावरणमा अवरोध पु¥याउन नदिने कुराको सुनिश्चितता गर्न सरकारलाई प्रोत्साहन गर्ने ।
३–३ कुनै व्यक्ति वा राजनीतिक दलले व्यक्तिगत रुपमा कुनै मेडियालाई दिने सहायतालाई उक्त मेडियालाई स्वच्छ तरिकाले सञ्चालन गर्नमा प्रयोग गर्ने गरी परिचालन गर्ने ।
३–४ संचार माध्यमलाई सरकारी तथा गैर–सरकारी संस्था तथा जनसाधारणबीच सूचनाको हकको समन्वय गर्ने माध्यमको रुपमा स्थापना गर्ने र संचार माध्यमलाई सबै प्रकारका शोषण, भेदभाव र अन्यायको विरुद्धको माध्यमका रुपमा विकास गर्ने ।
३–५ एकाधिकारलाई अन्त्य गर्न संचार माध्यमका क्षेत्रमा स्वामित्वको सीमा, संचारको केन्द्रीकरण र क्रस–सब्सिडी कम गर्न उपयुक्त संयन्त्र तयार पार्ने ।
३–६ मेडियाक्षेत्रमा विदेशी लगानीको सीमालाई बढीमा ४९% सम्म राख्न उपयुक्त संयन्त्र तयार पार्नेे ।
३–७ सम्बन्धित पक्षलाई एकाधिकार विरोधी र स्वामित्व सीमित गर्ने व्यवस्थाहरुको पालना गर्नका लागि २ देखि ५ वर्षसम्मको संक्रमणकालीन अवधिउपलब्ध गराउने ।
३–८ सबै संचार माध्यमलाई विज्ञापन शुल्क तिर्ने परम्परागत सरकारी प्रणालीको अन्त्य गर्ने । त्यस्तो प्रणालीलाई निश्चित अवधिभित्र अन्त्य गरिसक्ने जसबाट हरेक संचार माध्यमले आफ्नो आर्थिक अवस्था सुधार गर्न सकोस् ।
३–९ कानुनले अन्यथा तोकेकोमा बाहेक मन्त्रालय, विभाग, कार्यालय र नेपाल सरकारका अन्य निकायले व्यवसायिक विज्ञान घटाउने ।
३–१० सरकारका मन्त्रालय, विभाग, कार्यालय र अन्य निकायहरुले बनाएको कुनै सामग्रीको प्रकाशन र प्रशारण कुनै एउटै प्रकाशक वा प्रशारकमा सीमित पार्ने र त्यस्तो जम्मा सामग्रीको ५% भन्दा बढी प्रकाशन वा प्रशारण गर्न नदिने ।
३–११ उपयुक्त संरचना सहितको सार्वजनिक सेवा प्रशारक स्थापना गर्ने ।
३–१२ राष्ट्रिय समाचार समितिको क्षमता अभिवृद्धि गरी तथा सम्बन्धित ऐनको पुनरावलोकन गरी यसलाई अझ प्रभावकारी संचार निकाय बनाउने ।
३–१३ नेपाल प्रेस काउन्सीललाई पत्रकारितामा स्व–नियमन मञ्चको रुपमा सँस्थापना गर्ने ।
४–१ संचार क्षेत्र (प्रशारण, छापा संचार, चलचित्र र विज्ञापन) को विषयवस्तुको नियमन र अनुगमन गर्नका लागि उच्चस्तरीय स्वतन्त्र मिडिया कमिशन स्थापना गर्ने ।
४–२ संचार क्षेत्र (प्रशारण र दूरसंचार) को प्राविधिक पक्षको नियमन र अनुगमन गर्न दूरसंचार प्राधिकरणलाई प्रशारण र दूर संचार प्राधिकरणको रुपमा रुपान्तरण गर्ने ।
४–३ हरेक संचार संस्थामा स्व–नियमन र अनुगमन संयन्त्र विकास गर्ने ।
४–४ उच्चस्तरीय मिडिया कमिशनबाट आचार संहिता र सम्पादकीय स्तर निर्देशिका र अन्य आवश्यक निर्देशिका बनाउने ।
४–५ उच्चस्तरीय मिडिया कमिशनबाट बनाइएको आचार संहिता र सम्पादकीय स्तर निर्देशिका र अन्य आवश्यक निर्देशिकाका आधारमा आन्तरिक आचार संहिता बनाउन संचार संस्थाहरुलाई प्रोत्साहन गर्ने ।
४–६ श्रमजीवी पत्रकारलाई उनीहरुको कार्य निस्पक्ष रुपमा सम्पादन गर्नका लागि उपयुक्त वातवारण तयार पार्न उनीहरुको सुरक्षा, बचावट र कल्याणका कार्यलाई प्राथमिकतामा राख्ने ।
४–७ श्रमजिवी पत्रकारको लागि न्यूनतम तलबको निमित्त स्तर तोक्न र सार्वजनिक रुपमा प्रकाशमा ल्याउन उच्च स्तरीय मिडिया कमिशनलाई प्रोत्साहन गर्ने ।
४–८ संचार संस्थामा आर्थिक पारदर्शिता सुनिश्चित गर्ने संयन्त्र स्थापना गर्ने ।
४–९ संचार सम्बन्धित अनुसन्धान, पाठ्यक्रम समन्वय, अनुगमन तथा प्रबद्र्धन संचारकर्मीहरुको प्रोत्साहनका लागि एक स्वतन्त्र राष्ट्रिय संचार शिक्षा तथा तालिम परिषद् स्थापना गर्ने र परिषद्को लागि बजेटको व्यवस्था गर्ने ।
४–१० स्वतन्त्र राष्ट्रिय संचार शिक्षा तथा तालिम परिषद्ले हरेक वर्ष आफ्नो आर्थिक अवस्था सर्वसाधारणको लागी खुला राख्ने कुराको सुनिश्चित गर्ने ।
४–११ स्वतन्त्र राष्ट्रिय संचार शिक्षा तथा तालिम परिषद् व्यापारिक उद्देश्यका लािग संचालन नहुने कुराको सुनिश्चितता गर्ने । साथै यसको व्यवस्थापन स्वतन्त्र रहने कुरा सुनिश्चित गर्ने ।
४–१२ स्वतन्त्र राष्ट्रिय संचार शिक्षा तथा तालिम परिषद्लाई आफूले विकास गरेका तालिम पद्धति र त्यसको विस्तृत विवरण आम जनता समक्ष ल्याउन प्रोत्साहन गर्ने र सबै संचार क्षेत्रले ती पद्धतिबाट आ–आफ्ना कर्मचारीलाई तालिम दिलाउन सक्ने वातावरण निर्माण गर्ने ।
५–१ महिला र अन्य पिछडिएको वा सीमान्त वर्गका जनता सम्बन्धी विषयमा जनचेतना अभिवृद्धि गर्नमा संचार माध्यमलाई प्रभावकारी भूमिका उपलब्ध गराउने ।

क्षेत्रगत नीतिः
प्रशारण १) “सार्वजनिक प्रशारण सेवा” लाई (क) सत्य, स्वच्छ, निस्पक्ष र स्वायत्त गराउने र (ख) कुनै व्यक्ति वा समुदाय उपर कुनै भेदभाव विना प्रजातान्त्रिक मूल्य र मान्यताको समर्थन गर्ने र स्तरयुक्त कार्यक्रम उत्पादन गर्न लगाउने ।
२) प्रशारणका तीनै तहमाझ फ्रिक्वेन्सीहरुको समतामूलक विभाजन र सबैभन्दा प्रभावकारी फ्रिक्वेन्सी सार्वजनिक प्रशारण सेवालाई दिई राष्ट्रव्यापी प्रशारण गराउने र बहुलता, स्वामित्वको विविधता र विषयवस्तु समेत अनुकूल हुने गरी स्पष्ट, खुला र पारदर्शी फ्रिक्वेन्सी अनुमति पत्र दिने व्यवस्था मिलाइने ।
३) मुख्य मुख्य प्रशारण निकायहरुलाई देहायका आधारमा मुख्य प्रशारण कम्पनीका रुपमा वर्गीकरण गर्ने :
(क) तिनीहरुले प्रशारण गर्ने कार्यक्रमको सन्तुलित विविधता जस्तै कृषि, विज्ञान तथा प्रविधि, संस्कृति, शिक्षा, समाचार, मनोरञ्जन (ख) समाजमा तिनीहरुले पार्ने दीर्घकालिन प्रभाव र राख्ने प्रभुत्व (ग) कुनै घटना वा संकटका समयमा पनि कुनै अवरोध विना प्रशारण कायम राख्न सक्ने तिनीहरुको क्षमता र पूर्वाधार र (घ)  कुनै खास जानकारी विना कुनै शुल्क प्रशारणमा ल्याउने उनीहरुको सहमति र प्रतिबद्धता ।
४) मुख्य प्रशारण कम्पनीलाई यसको महत्वपूर्ण प्रभुत्वका सम्बन्धमा “प्रशारण कार्यक्रम नियम” लागू गर्ने ।
५) व्यवसायिक र गैर व्यवसायिक प्रशारणका रुपमा गरिने वर्गीकरणको आधार तोक्ने र तिनीहरुको प्रकार अनुसार अधिकार, विशेषाधिकार र दायित्व अलग–अलग पार्ने ।
६) सामुदायिक, स्थानीय, सरकारी, धार्मिक र शैक्षिक जस्ता वर्गीकरणका आधार तोक्ने ।
७) उपलब्ध एफ.एम तथा भू–धरातलीय टि.भी. च्यानलहरुलाई विभिन्न प्रकारका प्रशारकमा विभाजन गर्ने जस्तै पि.एस.बी., व्यवसायिक प्रशारक र गैर–व्यापारिक प्रशारक ।
८) गुणस्तरीय प्रशारण र प्रशारणको प्रभावकारिता सुधार गर्न नयाँ प्रविधिको उपयोगलाई प्रोत्साहन गर्ने र फ्रिक्वेन्सी स्पेक्ट्रम कम भएका ठाउँमा च्यानेल उपलब्धता सहज पार्ने ।
९) उपयुक्त कानुनमा व्यापारिक प्रशारणको अनुमति पत्र प्रदान गर्ने प्रक्रिया, अनुमतिको निश्चित म्याद र नवीकरण गर्ने वा पुन अनुमति पत्र प्राप्त गर्ने तरिकाका सम्बन्धमा विभिन्न चरणमाबढ्दो बोल बढाबढ प्रक्रियामा आधारित कुराहरु समेटिनु पर्ने ।
१०) पिएसबी बाहेक कुनै प्रशारणलाई कुनै राज्य (वा प्रान्त)को मात्र समाचारको नियन्त्रणको एकाधिकार हुन नदिन त्यस्तो प्रशारणको स्वामित्व सीमित तुल्याउने ।
११) पिएसबी बाहेक एउटा कम्पनी मातहत एउटा मात्र प्रशारक राख्न दिने र एउटा कम्पनीले प्रशारक कम्पनीलाई १०% भन्दा बढी मताधिकार र पाँच भागको एक भाग भन्दा बढी अधिकृत स्तरका पद धारण गरी नियन्त्रण गर्न नसक्ने सामान्य नियम बनाउने ।
१२) नेपालका सबै जनतालाई पिएसबीको प्रशारणलाई रेडियो, टेलिभिजन, उपग्रह वा इन्टरनेटका माध्यमबाट हेर्न/सुन्न सक्षम तुल्याउने ।
१३) स्थानीय आदिवासी संस्कृतिको सम्मान हुने प्रशारणलाई प्रबद्र्धन गर्ने ।
१४) प्रशारकलाई नेपाल सरकारले जारी गरेको निर्देशिकामा तोकिएका शर्तहरु बमोजिम उनीहरुका पूर्वाधार तथा भू–उपग्रह कोड उनीहरु माझ बाँडफाँड गरी उपयोग गर्न प्रोत्साहन गर्ने जसबाट विदेशी मुद्राको खर्च घट्न जाने र पूर्वाधारको आधिकारिक उपयोग हुन सकोस् ।
१५) कुनै प्रशारकमा लगानी गर्न चाख राख्ने संस्था वा व्यक्तिलाई उनीहरुको शेयर लगानीको अनुपात १५% मा सीमित राख्ने जसबाट प्रशारणको स्वतन्त्रता कायम रहोस् ।
१६) सरकारले प्रशारकहरुलाई विज्ञापन शुल्क तिर्ने परम्परागत प्रणालीको अन्त्य गर्ने । त्यस्तो प्रणालीलाई निश्चित अवधिभित्र अन्त्य गरिसक्ने जसबाट हरेक प्रशारकले आफ्नो आर्थिक अवस्था सुधार गर्न सकोस् ।
१७) रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रशारण सेवाको रुपमा रुपान्तरण गरी सेवाको कभरेजलाई शतप्रतिशत तुल्याई सबै नेपाली जनतासमक्ष सूचना पु¥याउन सक्षम तुल्याउने ।
१८) सार्वजनिक प्रशारण सेवाले स्थानीय आदिवासी संस्कृतिको सम्मान गर्ने र देशमा अन्तर सांस्कृतिक विनिमय प्रबद्र्धन गर्ने मुख्य क्षेत्रीय स्टेशनका रुपमा भूमिका निर्वाह गर्ने ।
१९) देशमा प्रशारण संस्कृतिको प्रबद्र्धन गर्ने निकायको रुपमा सार्वजनिक प्रशारण सेवाले आफ्नो सम्पत्ति र
बौद्धिक सम्पत्ति निजी प्रशारकलाई उपलब्ध गराउने सुनिश्चिता गर्ने ।
२०) सार्वजनिक प्रशारण सेवालाइ रोयल्टी योगदान, अनुमति पत्र प्रदान र नवीकरण वापत प्रशारकले तिरेको निश्चित प्रतिशत वा ५०% वरावरको रकम प्राप्त हुने व्यवस्थागर्ने जसबट सार्वजनिक प्रशारण सेवाको बजेट सरकारी बजेट वाँडफाँडबाट प्रभावित हुन नसकोस् र कुनै पनि प्रशारणमा सरकारी मनसाय वा धारणा प्रतिविम्बित नहोस् ।
२१) सार्वजनिक प्रशारण सेवालाई यसको स्थापनाको उद्देश्य अनुसारको गतिविधि गरी निजी क्षेत्रका प्रशारक संस्थाहरुको व्यापारिक अवसरलाई पनि यथोचित सम्मान गर्दै आफ्नो प्रशारणद्वारा आय आर्जन गर्न दिइने कुराको सुनिश्चितता गर्ने जसबाट उसको आर्थिक स्थिति सरकारमा निर्भर नरहीकन सुदृढ हुन सकोस् ।
२२) उच्चस्तरीय स्वतन्त्र मिडिया कमिशनले प्रशारक, चलचित्र उत्पादक र चलचित्र प्रदर्शन गर्नेबाट उठेको रोयल्टी, अनुमतिपत्र दस्तुर र नवीकरण शुल्कको १५% वा निश्चित मात्राको रकम प्राप्त गर्ने कुरा सुनिश्चित गर्ने जसबाट यसको बजेट सरकारी बजेट बाँडफाँडबाट प्रभावित नहोस् ।
२३) स्वतन्त्र राष्ट्रिय संचार शिक्षा तथा तालिम परिषद्ले प्रशारक, चलचित्र उत्पादक र चलचित्र प्रदर्शन गर्नेबाट उठेको रोयल्टी, अनुमतिपत्र दस्तुर र नवीकरण शुल्कको २०% वा निश्चित मात्राको रकम प्राप्त गर्ने कुरा सुनिश्चित गर्ने जसबाट यसको बजेट सरकारी बजेट बाँडफाँडबाट प्रभावित नहोस् ।
२४) स्वतन्त्र राष्ट्रिय संचार शिक्षा तथा तालिम परिषद्लाई सार्वजनिक प्रशारण सेवा र निजीक्षेत्रका कर्मचारीहरुले तालिम लिन पाउने स्थानको रुपमा विकास गर्न प्रोत्साहन गर्ने ।
२५) महिला र अन्य पछाडि पारिएका र सीमान्त जनतासम्बन्धी विषयहरुको लागि आफ्नो संचार माध्यमले ओगट्ने प्रशारणको अनुपात तोक्न र वास्तविक परिणाममा वार्षिक कार्यक्रम अनुगमन घोषणा गर्न प्रोत्साहन गर्ने ।
२६) नेपालका विविध संस्कृति र भाषा तथा स्थानीय भाषाभाषीको मेलमिलापको लागि उचित ध्यान दिन सार्वजनिक प्रशारण सेवाका सबै कार्यक्रमहरुमध्ये १५% सांस्कृतिक कार्यक्रम र २०% शैक्षिक कार्यक्रमको लागि छुट्याउने ।
छापा संचार माध्यम १) प्रचलित कानुनको दायराभित्र रही छापाखाना तथा प्रकाशन स्वतन्त्रताको उच्चतम उपयोग सुनिश्चित गर्ने ।
२) पत्रकारको सुरक्षाको लागि उचित व्यवहारिक व्यवस्था मिलाई कुनै अनुचित दवाव वा धम्की बिना उनीहरुलाई कर्तव्य निर्वाह गर्ने वातावरण बनाउने र श्रमजीवी पत्रकारको अधिकारको संरक्षणको लागि उचित कानुन बनाउने ।
३) आदिवासी स्थानीय संस्कृतिको सम्मान सहित छापाखाना तथा प्रकाशनको प्रबद्र्धन गर्ने र छापाखाना र प्रकाशन उद्योगमा बढीमा ४९% सम्म विदेशी लगानी सीमित गर्ने ।
४) पत्रिका प्रकाशनलाई क्षेत्रीय तथा स्थानीय तहमा र स्थानीय भाषामा पनि गर्न प्रोत्साहन गर्ने ।
५) सरकारले पत्रिका तथा प्रकाशकहरुलाई विज्ञापन शुल्क तिर्ने परम्परागत प्रणालीको अन्त्य गर्ने । त्यस्तो प्रणालीलाई निश्चित अवधिभित्र अन्त्य गरिसक्ने जसबाट हरेक पत्रिका तथा प्रकाशकले आफ्नो आर्थिक अवस्था सुधार गर्न सकोस् ।
६) वर्तमान परिवर्तित सन्दर्भमा राष्ट्रिय समाचार समितिलाई प्रतिस्पर्धी रुपमा संचालन गर्न आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउने तथा समाचार संकलन, सम्पादन र वितरणमा आधुनिक प्रविधिको प्रयोग गर्ने र एजेन्सीको व्यवस्थापनमा निजी क्षेत्रलाई संलग्न गराउने ।
७) गोरखापत्र संस्थानलाई पुर्नसंरचना गरी आधुनिक प्रकाशन गृहका रुपमा विकास गर्न आधुनिक उच्च प्रविधियुक्त साधन उपलब्ध गराउने र यसलाई निजी क्षेत्रसँग प्रतिस्पर्धी बनाउने तथा संस्थाको व्यवस्थापनमा निजी क्षेत्रलाई संलग्न गराउने ।
८) प्रकाशकहरुलाई साहित्यिक विषयवस्तु प्रकाशन गर्न प्रोत्साहित गरी साहित्यिक पत्रकारिताको प्रबद्र्धन गर्ने ।
९) नेपाली साहित्यको विकास र प्रबद्र्धनमा गोरखापत्र संस्थानलाई सहयोगीको रुपमा कार्य गर्न लगाउने ।
१०) हरेक पत्रिका तथा प्रकाशक भित्रै स्व–नियमन र अनुगमन संयन्त्र विकास गर्ने र छापाखाना र प्रकाशन कार्यान्वयन गर्न उनीहरुलाई सघाउने । अनुगमनको परिणाम हरेक वर्ष सार्वजनिक जानकारीमा ल्याउने ।
११) आचार संहिता, सम्पादकीय स्तरका निमित्त र अन्य आवश्यक निर्देशिका बनाउन पत्रिका तथा प्रकाशकलाई प्रोत्साहन गर्ने तथा स्व–नियमन हुने किसिमले वातावरण बनाउन सार्वजनिक प्रकाशनमा ल्याउने ।
१२) पत्रिकार प्रकाशकलाई आफ्नो आय र खर्चको विवरण हरेक वर्ष सार्वजनिक गर्ने बाध्यात्मक व्यवस्था मिलाई पाठक सामु आर्थिक स्थिति पारदर्शी गर्न लगाउने ।
१३) महिला र अन्य पछाडि पारिएका र सीमान्तिकृत जनतासम्बन्धी विषयहरुको लागि आफ्नो संचार माध्यमले ओगट्ने प्रशारणको अनुपात तोक्न र वास्तविक परिणाममा वार्षिक कार्यक्रम अनुगमन घोषणा गर्न
प्रोत्साहन गर्ने ।
विज्ञापन
१. विज्ञापनका विषयवस्तु, तरिका र सबै पक्षहरुलाई समेटी अलग्गै कानुन निर्माण गर्ने र त्यस्तो कानुन नबन्दासम्म विभिन्न प्रकारका विज्ञापन र सम्बन्धित निकायहरुको भूमिका र दायित्वका सम्बन्धमा अलग  अलग निर्देशिका बनाउने ।
२. विज्ञापनको विषयवस्तुका आधारमा तिनीहरुको वर्गीकरण गर्ने आधार तय गर्ने जस्तै व्यापारिक, सामाजिक, सार्वजनिक जानकारीमूलक आदि ।
३. हरेक विज्ञापन निकायमा स्व–नियमन र अनुगमन संयन्त्र विकास गर्ने र विज्ञापन उचित तवरले छपाउन विज्ञापन निकायलाई सघाउने । अनुगमनको परिणाम हरेक वर्ष सार्वजनिक रुपमा जानकारी गराउने ।
४. प्रशारक तथा प्रकाशकको निमित्त विज्ञापनको विषयवस्तुको अनुमति दिन सकिने अनुपात तोक्ने र प्रशारक तथा प्रकाशकलाई त्यस्तो सीमा उल्लंघन गर्न निरुत्साहित गर्न उच्चस्तरीय स्वतन्त्र मिडिया कमिशनबाट अनुगमन गर्ने।
५. कुनै निश्चित राजनीतिक दल, राजनीतिक संगठन र खास राजनीतिक क्रियाकलापको निमित्त प्रयोग हुन रोकिने व्यवस्था मिलाउने ।
६. राष्ट्रिय एकता, अखण्डता, नेपाली जनताबीच मेलमिलाप प्रबद्र्धन गर्ने र सर्वसाधारणलाई उपयोगी हुने विज्ञापनलाई प्रोत्साहन र प्रबद्र्धन गर्ने ।
७. प्रकोपको समयमा उचित जानकारी दिने वा विभिन्न प्रकारका सामाजिक अन्धविश्वास निरुत्साहित गर्ने किसिमका विज्ञापनको निमित्त कम दरमा विज्ञापन शुल्क लिने व्यवस्था सुनिश्चित गर्ने ।
८. कुनै उत्पादन वा सेवाका सम्बन्धमा गलत सूचना प्रवाहबाट जनतालाई जोगाउन त्यस्तो उत्पादन÷सेवाको बैधानिकता जाँच गर्न र त्यस्तो उत्पादन वा सेवा प्रवाह गर्ने व्यक्तिको वैधानिकता बारेमा बुझ्न प्रकाशक र प्रशारकलाई अनुमति दिने ।
९. उपलब्ध बस्तु र सेवाको सम्बन्धमा सही जानकारी लिन पाउने र उत्पादन र सेवाको विकल्पको छनौट गर्न पाउने सर्वसाधारणको अधिकारको अधिकतम उपयोग गर्न विज्ञापनका माध्यमबाट सही जानकारी दिने ।
१०. होर्डिङ्ग बोर्ड, विद्युतीय डिस्प्ले, टावर र उच्च वेलुन राख्न अनुमति नदिइने क्षेत्र छुट्याई जनताको सुरक्षा सुनिश्चित गर्न महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिका, गा.वि.स. मार्फत कार्य गर्ने र त्यस्ता संरचना निर्माण गर्नु अघि पूर्व सहमति प्राप्त गर्ने प्रणाली विकास गर्ने ।
११. दृश्यात्मक वा श्रव्यात्मक पद्धतिको प्रयोगद्वारा विज्ञापनलाई अन्य विषयवस्तुबाट कुनै प्रकाशन तथा प्रशारणमा रहेको कुनै समाचार, अन्य जानकारी मूलक विषयवस्तु र विज्ञापनबीचमा फरक छुट्याउन निर्देशिका जारी गर्ने । त्यस्तो निर्देशिकाको परिपालनाको अनुगमन उच्चस्तरीय स्वतन्त्र मिडिया कमिशनबाट गर्ने व्यवस्था मिलाउने ।
चलचित्र
१ कला, संस्कृति, साहित्य, शिक्षा र मनोरंजनलाई प्रर्बद्धन गरी सबै नेपाली जनतालाई स्वच्छ र स्वस्थ मनोरंजनको एक माध्यममको रुपमा नेपाली चलचित्रलाई अभिबृद्धि गर्ने ।
२ हरेक चलचित्र कम्पनीमा स्व–नियमन र अनुगमन संयन्त्र विकास गर्ने र चलचित्रमा उचित रुपमा कार्यान्वयन गर्न सघाउ पुर्‍याउने ।
३ सेन्सर बोर्डबाट चलचित्रको सेन्सर गर्दा वस्तुगत र स्पष्ट आधार विकास गर्ने ।
४ चलचित्र उत्पादन कम्पनी र वितरकहरुलाई आचार संहिताको निमित्त निर्देशिका बनाउन प्रोत्साहन गर्ने ।
५ उच्चस्तरीय मिडिया कमिशनले सेन्सर बोर्डका लागि सचिवालय र  प्रशासकीय सेवा उपलब्ध गराउने ।
६ नेपाली तथा विदेशी चलचित्रको बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्ने प्रणाली विकास गर्ने ।
७ चलचित्र बिकास बोर्डको स्वायत्तता र स्वतन्त्रता सुनिश्चित गर्ने ।
८ चलचित्रको गुणस्तरका लागि महत्वपूर्ण हुने अझ राम्रो कथा लेखन निर्देशन छायाकंन आदिलाई प्रोत्साहन गर्न एक लगानी कोषको स्थापना गर्ने ।
९ विदेशी भाषामा बनेका, विदेशी मुद्रा आर्जन गर्ने चलचित्र उत्पादन गर्ने कम्पनीलाई प्रोत्साहन गर्न त्यस्ता चलचित्रलाई विशेषाधिकार र छुट दिने ।
१० विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ बमोजिम चलचित्र उत्पादन र पूर्वाधारमा विदेशी लगानी गर्न अनुमति दिने  ।
११ यी नितिहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि आवश्यक पर्ने कानून पुनरावलोकन गर्ने वा निर्माण गर्ने र चलचित्रलाई उद्योगको रुपमा विकास गर्ने ।
१२ चलचित्रको क्षेत्र विकास गर्न विभिन्न प्रकारका चलचित्र जस्तै सेलुलाईड, भिडियो, डिजीटल, एनिमेशन चलचित्र आदिलाई चलचित्रको परिभाषाभित्र ल्याउने ।
१३ चलचित्रको उत्पादन वा सह- उत्पादनमा विदृशी लगानी प्रबर्धन गर्ने जस अन्तरगत प्रविधि, सीप र अनुभवको हस्तानतरण गर्ने तथा त्यस्ता चलचित्रको अन्तर्राष्ट्रिय बजार ब्यवस्था प्रवर्धन गर्ने र नेपालको प्रचार प्रसार गर्ने तथा तथा नेपालमा पर्यटको प्रबर्धन गर्ने ।
१४ विदेशी लगानी वा सह-लागनीमा बन्ने चलचित्रमा तेस्रो देशका कलाकार प्रविधि र प्रबन्धकलाई उनीहरुको संलग्न्ता उचित  देखिन आएमा नेपाल सरकारको पूर्व स्वीकृति लिई आउन दिने ।
१५ आ-आफ्नो निर्देशिकाका आधारमा स्व-नियमन विकास गर्ने र त्यसलाई उच्च स्तरीय स्वतन्त्र मिडिया कमिशनबाट लागू गराउने ।
१६ प्रजातान्त्रिक मूल्य र सिद्धान्त तथा नेपाली कला र संस्कृतिको प्रबर्धन गर्ने, नेपालको सकारात्मक छवि देखाउने, पर्यटन प्रबर्धन गर्न सघाउ पुर्याउने, नेपालका विभिन्न जातजाति भाषा आदिका बीचमा मेलमिलापूर्ण सम्बन्ध अभिबृद्धि गर्ने र सिमान्तवर्ग र समुदायका हित संरक्षण गर्ने किसिमको चलचित्र उत्पादन र संरक्षणलाई प्रबर्धन गर्ने ।

चुनौतीमा प्रेस काउन्सील

वोर्ण बहादुर कार्की –
प्रेस काउन्सील नेपालको ४४ औं वार्षिक उत्सव भरखरै सम्पन्न भएको छ । यो वार्षिक उत्सवमा काउन्सीलले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । वार्षिक प्रतिवेदनमा संचार माध्यम र पत्रकारिताको स्थिति र समस्याहरुको मात्र उल्लेख छैन प्रेस काउन्सीलका चुनौतीहरुको वारेमा पनि टिप्पणी गरिएको छ । संचारमाध्यम र पत्रकारहरुको एकमात्र संरक्षक संस्था प्रेस काउन्सीलको् वार्षिक उत्सवको समाचारलाई संचार माध्यमले खास स्थान दिएनन् । प्रेस काउन्सील जस्तो सम्पूर्ण प्रेस जगतको अति सरोकारको संस्थाको वार्षिक उत्सव, वार्षिक प्रतिवेदन समाचारको बिषय वन्न नसक्नु कम चिनताजनक कुरा होईन । प्रतिवेदनमा उल्लेखित बिषय बस्तु प्रेस जगतमा आलोचना र समालोचनाका बिषय बन्नु पर्ने हो । प्रेस जगतले यस्तो बिषयलाई महत्व नदिएबाट केही गम्भीर प्रश्नहरु खडा भएका छन् । यसबाट कित प्रेस काउन्सीलले आफ्नो भूमिका निभाउन सकि रहेको छैन कित संचार क्षेत्रले प्रेस काउन्सीललाई आफ्नो अभिभावक संस्थाको रुपमा स्वीकार गर्न तयार छैन भन्ने प्रश्न नै मुख्य रुपमा उठेका छन् । प्रेस काउन्सील नेपाल स्थापना भएको ४४ बर्ष पुरा भएको छ । यो समयावधीमा पे्रस काउन्सील निकै उतार चढावबाट गुज्रिएको छ । संचार माध्यमको संख्या निकै न्यून रेहेको अवस्थामा स्थापित यो संस्थाले केही बर्ष सम्म खास चुनौतीहरुको सामना गर्नु परेको पाईदैन । २०४६ सालको राजनीति परिवर्तन पछि संचार क्षेत्रमा अभूतपूर्व विकाश भएको छ । आ.व. ०६९÷०७० सम्ममा छापासंचार माध्यमको सं्रख्या ३५८० पुगेको छ । त्यस्तै गरी विधुतीय संचारमाध्यम रेडियो, टि.भी. एफ.एम. को संख्या पनि निकै बढेको छ । पछिल्लो समयमा अनलाईन संचार माध्यमको विकाश द्रुत गतिमा भई रहेको छ । सिमित श्रोत, साधन र जनशक्तिबाट प्रेस काउन्सीलले दिन प्रतिदिन द्रुत गतिमा थपिदै गएका संचार माध्यमहरुलाई अनुगमन गर्न सकि रहेको छैन । प्रेस काउन्सीलको अनुगमनको भूमिका अपर्याप्त हुदै जाँदा संचार क्षेत्रमा अनुशासनहिन प्रवृति निकै मौलाउदै गएको छ । संचार माध्यम र पत्रकारिता क्षेत्रले प्रेस काउन्सीललाई वेवास्ता गर्ने कारण पनि यही नै हो । संचार माध्यम र पत्रकारहरुको आधिकारीक संरक्षक संस्था प्रेस काउन्सील हो । संचार माध्यम र पत्रकारको हकहितको संरक्षण गर्नु र प्रेस स्वतनत्रताको रक्षा गर्नु यो संस्थाको पहिलो कर्तव्य हो भने दोस्रो कर्तव्य यो क्षेत्रलाई अनुशासनहिन हुनबाट वचाउनु पनि हो । संचार क्षेत्रले प्रेस काउन्सीललाई आफ्नो अभिभावक संस्थाको रुपमा स्वीकार गर्ने र प्रेस काउन्सीलले संचार क्षेत्रलाई अभिभावकत्व दिने सन्तुलित स्थितिमा मात्र संचार माध्यम र पत्रकारिता पेशाको स्वस्थ्य विकाश हुन सक्दछ । संचार माध्यमहरुले पेस काउन्सीललाई अभिभावकको रुपमा स्वीकार नगर्ने र प्रेस काउन्सीलले पर्याप्त र उपयुक्त अभिभावकत्व दिन नसकेको कारणबाट समस्याहरु उत्पन्न् हुदै गएका छन् । प्रेस जगतमा थपिदै गएका समस्याहरुको निराकरणको लागि यस तर्फ सवैको ध्यान जानु आवश्यक छ । मूलुकको राजनिती संक्रमणकाबाट गुज्रिरहेको वर्तमान स्थितिमा संचार माध्यमको भूमिका निकै वढदै गएको छ ।अन्यौल र अनिश्चितताबाट गुज्रदै गएको मूलुकलाई दिशा निर्दैशन गर्न संचार माध्यमले उल्लेखनिय भूमिका पनि निभाउदै आएका छन् । मूलुकको राजनीतिले एउटा निश्चित बाटो नलिए सम्म संचार माध्यमको भूमिका कम हुने अवस्था छैनन् । यस्तो ऐतिहासिक जिम्मेवारी निभाउनु पर्ने संचार क्षेत्रमा केही बर्ष यता विकृति र विसंगतिहरु पनि त्यतिकै मौलाउदै गएका छन् । जसको कारणबाट संचार जगत आफ्नो भूमिका निभाउनबाट चुक्ने हो कि भन्ने आशंका वढदै छ । पत्रकारीता स्वच्छन्द पेशा होईन जिम्मेवारीपूर्ण र उत्तरदायी पेशा हो । पत्रकार आचार संहिताको पालना ले मात्र संचार माध्यमलार्य सवास्थ्य र जिम्मेवार पूर्ण वनाउदछ । पत्रकारले अनिवार्य रुपमा पालना गर्नु पर्ने आचार संहिताको जानकारी सम्म नराख्ने पत्रकार र संचार माध्यमको संख्या उल्लेखनीय छ । आचार संहिताको जानकारी राख्नेहरुमा पनि उल्लंघन गर्ने प्रवृति वढदो छ । आचार संहिताको उल्लंघन गर्नेहरु वलवान र पालना गर्नेहरु कमजोड मानिने स्थितिले यो क्षेत्रलाई निकै नोक्सानी पु¥याउदै गएको छ । आचार संहिताको पालना गराउने प्रयासलाई प्रेस स्वतन्त्रताको नियन्त्रण ठान्ने संचार क्षेत्रको मनोविज्ञान प्रेस काउन्सीलको लागि कम चुनौतीपूर्ण छैन । संचार माध्यममा लगानी गरेर राज्यका सम्पूर्ण अङ्गहरु र नागरीकहरुलाई नियन्त्रणमा राख्ने दुस्प्रयासहरु पनि यो क्षेत्रमा मौलाउदै गएका छन् । संचार माध्यममा हुने अपारदर्शी लगानीले पत्रकारीताको मूल्य मान्यतामा तिव्र गतिमा ह«ास आउदै गएको छ । लगानी कर्ताको निहित स्वार्थ पुरा गरी दिन कलम चलाउनु पर्ने वाध्यताले पत्रकारहरको ईज्जत, मान , मर्यादा र नैतिकता निकै संकटग्रष्ट हुदै गएको छ । संचार माध्यम व्यवसायलाई जनसेवाको व्यवसाय भन्दा नाफामुखी व्यापार ठान्नेहरुको प्रमुत्व वढ्दै जाँदा प्रेस जगत अराजकताको दलदलमा फस्दै गएको छ । यस्तो अवस्थामा संचार माध्यमलाई मर्यादित वनाउन प्रेस काउन्सीलको प्रयास मात्र पर्यापत हुन संभव छैन । प्रेस जगतको सकारात्मक पक्षहरुको संरक्षण गर्दै नकारात्मक पक्षको नियन्त्रणको लागि राज्यले आम संचार नीति वनाउन विलम्व गर्न नहुने भएको छ । प्रेस काउन्सीलको लागि पत्रपत्रिका वर्गिकरण पनि निकै चुनौतीपूर्ण वन्दै छ । वर्गिकरणको आधारमा राज्यकोषबाट पाउने सुविधाको सही सदुपयोग हुन सकेको छैन । राज्यबाट यस्तो सुविधा लिनको लागि मात्र पूर्वाधार विना पत्रपत्रिका संचालन गर्ने र वर्गिकरण तल माथि हुदा प्रेस काउन्सील विरुद्ध जाई लाग्ने प्रवृतिले पनि कम चुनौती सृजना गरेको छैन । यस क्षेत्रमा राज्यलाई कर दिन तयार नहुने तर राज्यको कोषबाट सुविधा लिने प्रवृति प्रभावी वन्दै छ । प्रेस काउन्सील भनेको पत्रपत्रिका वर्गिकरण गर्ने र राज्यबाट सुविधा दिलाउने संस्था मात्र हो भन्ने संचार जगतको वुझाइले आचार संहिता पालना जस्तो महत्वपूर्ण विषय ओझेलमा परेको छ । यसबाट संचार माध्यम र पत्रकारहरुलाई आचार संहिता पालन गराउनमा प्रेस काउन्सीलको अगाडी अप्ठेरो चुनौतीहरु थपएिका छन् । वेलगामका घोडा झै दौडि रहेका विद्युतीय संचार माध्यमहरुको अनुगमन प्रेस काउन्सीलले श्रोत साधनको अभावमा गर्न सकिरहेको छैन । छापा माध्यमको प्रभाव जति सिमित हुन्छ । त्यो भन्दा कयौ गुणा वढी प्रभाव विद्युतीय संचार माध्यमको हुन्छ । जे प्रशारण गर्दा पनि हुने , कसैले अुनगमन नगर्ने स्थितिबाट गुज्रिरहेको विद्युतीय संचार माध्यमलाई समयमा नै प्रेस काउनसीलले अनुगमन गर्न सकेन भने स्थिति निकै जटिल हुने टडकारो रुपमा देखिदैछ । आम संचार माध्यममा पार्टिगत राजनीतिको अति प्रभावले सत्य तथ्य सूचना आम जनताले पाउन निकै दर्लभ हुदै गएको छ । संचार माध्यमका समाचारका बिषय बस्तु राजनीतिक उद्देश्यबाट मात्र प्रेरित हुँदा स्वतन्त्र पत्रकारिताको छवी धमिलिदै गएको छ । राजनीतिक पार्टिका मुखपत्रका रुपमा रहेका संचार माध्यमहरुलाई आचार संहिता पालना गराउनु प्रेस काउन्सीलको लागि निकै चुनौतीपूर्ण भएको छ । प्रेस काउन्सील र प्रेस जगतका जिम्मेवार व्यक्तिहरुले वर्तमान संचार क्षेत्रका चुनौतीहरुलाई संयुक्त रुपमा सामना गर्न तयार हुन अव विलम्व गर्न नहुने भएको छ । - See more at: http://www.onlinechautari.com/2013/09/3714#sthash.LPs9Ry0f.dpuf