Saturday 2 January 2016

मेराे डायरी २२ (अक्सन अनुभव)

नेपाली क्रिकेटमा सुवाश शाही नयाँ नयाँ प्रयोग गर्न उस्ताज मानिन्छन । झण्डै पाँच बर्ष अघि नेपाली क्रिकेटले पाएको एउटा युवा व्यक्तित्वको नाम हो, सुवाश शाही । जसले छाटो समयमा नेपाली क्रिकेटको ठेक्का लिएकाहरुले गर्न नसकेको कार्य गरेर सवैलाई चकित पारेका छ । सन २०१० मा धनगढीमा एसपीए कपको पहिलो संस्करणबाट नेपाली क्रिकेटमा पाईला चालेको शाहीले त्यहीबाट नेपाली क्रिकेटको विकासमा प्रत्येक पटक भिन्न सफल प्रयासहरु गर्दै आएका छन । नियमित मेहनत, एकचित्त भएर लागेपछि अनि सवैलाई साथमा लिएर थालिएको उत्तम कार्यले जहिले पनि सफलता पाउँछ भन्ने कुरालाई आत्मसात गर्दै सकरात्मक सोचका साथ अघि बढ्दै गएपछि नेपाली क्रिकेटलाई नौला प्रयोगहरु मार्फत व्यवसायिक बनाउँने शाहीको प्रयासले आकार लिईसकेको छ ।


धनगढी रुट लेभल देखि खेलाडीहरुको विकासका लागि धनगढी क्रिकेट एकेडेमी (डिसिए) को स्थापना गर्नु नेपालमा पहिलो सुरुवात थियो । एकेडेमीले नेपाली क्रिकेटको ईतिहासमा पहिलो पटक नेशनल टीम बाहेकको टोलीलाई श्रीलंका जस्तो तेस्रो मुलुकमा पठाई म्याच एक्सोजरको अभ्यास नेपाली क्रिकेटमा पहिलो प्रयोग थियो । देशमा घरेलु क्रिकेटको संरचना निकै कमजोर भएको अवस्थामा घरेलु क्रिकेट उकास्न धनगढी क्रिकेट एकेडेमीले नेपालमा पहिलो पटक धनगढीमा नेपालकै सवैभन्दा लामो क्रिकेट लिग प्रतियोगिता धनगढी क्रिकेट लिग (डिसिएल) सुरु गर्यो । ६ महिनासम्म चलेको पहिलो र दोस्रो लिगमा खेलाडीहरुले बढी भन्दा बढी म्याच एक्सोजर पाउँदै आफुहरु थप परिष्कृत भएको खेलाडीहरुसँग अनुभव छ । क्रिकेट खेललाई व्यवसायिक बनाउँन जरुरी छ भन्ने उदेश्यले सोचले एसपीए कपलाई देश कै ठुलो क्रिकेट प्रतियोगितामा रुपमा उठाईरहँदा भर्खरै मात्र सुवाश शाहीले नेपाल मै पहिलो पटक खेलाडीहरुको किनबेच लिलामी (अक्सन) गरी देशको क्रिकेटमा नयाँ अध्याय सुरु भएको उद्घोष गरेका छन ।

      वि.सं २०७२ पौष १२ गतेको दिनलाई नेपाली क्रिकेटको ईतिहासमा सदैव याद गरिनेछ, यस दिन नेपालमा पहिलो पटक खेलाडीहरुलाई अक्सन मार्फत प्रतियोगितामा सहभागिता गराईएको छ । टेष्ट मान्यता प्राप्त राष्ट्रले धेरै अघि नै सुरु गरिसकेको यस किसिमको अभ्यास नेपालमा भने पहिलो पटक गरिएको हो । उदाहरणका लागि भारतमा प्रत्येक बर्ष हुने आईपीएललाई लिन सकिन्छ । जहाँ हामी खेलाडीलाई अक्सन मार्फत टीमले किनेको देख्दा उत्साहित हुन्थ्यौ, त्यस्तै माहोल बनेको थियो पौष १२ गते धनगढीमा पनि ।

      धनगढी क्रिकेट लिग भाग २ को समापन समारोहमा डिसिएका अध्यक्ष सुवाश शाहीले तेस्रो संस्करणमा अक्सन द्धारा खेलाडीहरु टीममा भित्र्याउने तथा खेलाडीहरुलाई प्रतियोगिता खेले मार्फत पारिश्रमिकको व्यवस्था गर्ने उद्घोष गरेसँगै यसको तयारी सुरु भईसकेको थियो । त्यसको केही समय पश्चात लिग खेल्न चाहाने सम्पुर्ण खेलाडीलाई डिसिएले सार्वजनिक सुचना मार्फत एकेडेमीमा दर्ता हुन खुला आह्वान ग¥यो । जसमा  देशभरबाट सम्पुर्ण अन्तराष्ट्रिय, राष्ट्रिय खेलाडीहरु तथा भारतबाट पनि खेलाडीहरुले लिगमा आफ्नो नाम दर्ता गराए,  दर्ता भएका खेलाडीको एकेडेमीले सम्पुर्ण प्रोफाईल तयार गरी अक्सनका लागि तयार ग¥योे । यता खेलाडीहरुले धमाधम दर्ता प्रक्रिया सुरु गरेपनि क्रिकेटमा लगानी गर्ने ग्रुप, संंस्था खोज्नु भने निकै जटिल थियो । खेलाडीहरुको दर्ता सकिन लाग्दा समेत कति टिम हुने, कसकसले टीम लिने भन्ने कुराको अन्योल कायमै रहेको अवस्थामा धनगढी क्रिकेट एकेडेमीमा मुख्य प्रशिक्षक अर्जुन खड्का ज्युको असमायिक निधन, डिसिएको मुम्बई, गोवा टुर, तथा नाकाबन्दिले देश शिथिल बनेको अवस्थामा डिसिएल भाग ३ सुरु हुने अझै निश्चित भईसकेको थिएन । नाकाबन्दीको प्रत्यक्ष मार उधोग व्यवासायीहरुमा परेकाले उनीहरुलाई लाखौ खर्च हुने टीमका लागि आग्रह गर्नसक्ने अवस्था पनि थिएन । यद्यपी क्रिकेटको शहर धनगढीमा धन नभएपनि मन भएका व्यक्तीहरुको कमी नभएकाले डिसिएको आग्रहमा स्थानिय दिप डेरी एण्ड ईण्डष्ट्रिजका सञ्चालक दिपक खड्काले क्याम्पसरोडको टीम आफुले लिने बताएसँगै डिसिएल ३ का लागि ढोको खुलेको हो । त्यसपछि स्थानिय केवल नेटवर्क एसटीएसका सञ्चालक राज कुमार श्रेष्ठले चौराहा टीम आफुले लिने भनेपछि डिसिए हौसियो । उता डिसिएल भाग १ को विजेता तथा डिसिएल भाग दुईको उपविजेता न्यु श्रृजनशिल युवा क्लबले अत्तरियाको टीमलाई खरिद गर्दै नेपाली क्रिकेटलाई व्यवसायिकता तर्फ उन्मुख गराउँने डिसिएको सुरुवातलाई सहयात्रा प्रदान गर्यो । त्यसपछि  स्थानिय युवा उद्यमी कुबेर शाहीले हसनपुरको तथा जनकराज जोशीले सन्तोषी टोलको टीम खरिदमा तत्परता देखाएपछि लामो समय पछि वल्ल पौष १२ गतेको दिन, नेपाली क्रिकेट ईतिहासमा ऐतिहासिक बन्न सक्यो ।

अक्सनका दिन विहानै देखि डिसिएले सम्पुर्ण तयारी थालिसकेको थियो भने पाचाँै वटा टीमले कुन खेलाडी आफुले लिने हो ? कतिमा लिने हो ? कतिसम्म बोली लगाउने भन्ने बारे छलफल गरिरहेको हल बाहिरको दृश्य रोचक बनेको थियो । आफुहरुको पहिलोपटक बोली लाग्ने भएकाले आफुहरुलाई कुन टीमले कतिमा खरिद गर्ला भनेर खेलाडीहरु पनि ठुलो संख्यामा उपस्थित थिए । यता नेपाली क्रिकेटमा बन्न लागेको ईतिहासको साक्षी बन्न सवै सञ्चारमाध्यमका सञ्चारकर्मीहरु आफ्नो कर्ममा खटिसकेका थिए, कोही खेलाडीहरुको प्रतिक्रिया जान्दै थिए त कोही अक्सनको प्रक्रिया अनि कोही कुन खेलाडी कतिमा विक्री होलान भन्नेमा गफिदै बसेका थिए । दुई बजेका अक्सन सुरु भयो, कार्यक्रम सुरुमा धनगढी क्रिकेट एकेडेमीले आफ्ना पुर्व व्यवस्थापक अर्थात मलाई यस क्षेत्रको क्रिकेट विकासमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै स्वर्ण पदक सहित सम्मान गर्यो अनि साथै नवनियुक्त व्यवस्थापक विजय कार्की ज्युलाई स्वागत गर्ने कार्यक्रम पश्चात पावर प्वाईन्ट प्रिजेन्टेशनबाट एक एक गर्दै खेलाडीहरुको प्रोफाईल सवै टीममा अगाढी देखाएपछि र पाँचवटा गोल टेबुलमा बसेका टीम मालिकहरुले अन्तराष्ट्रिय खेलाडीहरुको १० हजार र स्थानिय खेलाडीहरुको पाँचहजार देखि बोली लगाए ।

अक्सनमा स्थानिय युवा खेलाडीहरुकोे चर्चित अन्तराष्ट्रिय खेलाडीहरु भन्दा पनि बढी रकम बोली लाग्यो, नेपाली १९ बर्ष मुनिको राष्ट्रिय टीमका कप्तान राजु रिजाल सवैभन्दा महंगा खेलाडी बने, केही दिनमा विश्वकप खेल्न जान लागेका उनको होम टाउँन धनगढी हो । त्यस्तै विनोद भण्डारी, भुवन कार्की, मेहबुब आलम, सोनु तामांग, बिनोद लामा, यम कार्की, सुनिल धमला, ललित सिंह भण्डारी जस्ता प्लेयरहरु महंगो मुल्यमा विक्री भए । अक्सनमा उपस्थित खेलाडीहरुको बोली लाग्दा र उनीहरु खरिद हुँदा उनीहरुको मनमा वेग्लै खुशी देखिन्थ्यो । यता देशभरिबाट सामाजिक सञ्जाल तथा पत्रपत्रिकाहरुमा धनगढीमा हुन लागेको अक्सनको चर्चाले माहोल तताएको थियो । देशभरिबाट क्रिकेट प्रेमीहरु कुन खेलाडी कतिमा किनबेच भए भन्ने जान्न निकै उत्सुक देखिन्थे भने नेपाली क्रिकेट पनि व्यवसायिकता तिर उन्मुख भएको देखेर निकै खुशी भएको प्रतिक्रिया पनि पोष्ट गर्दै थिए ।
सवै टीम मालिकले आ आफ्ना खेलाडी खरिद गरिसके पछि सामुहिक फोटो लिदै नेपाली क्रिकेटको विकासको लागी आफुहरु सदैव लागिरहने सन्देश दिएँ । नेपाली क्रिकेटकोे विकासको एक हिस्सा बन्न पाउँदा आफुहरु निकै गौरवाम्वित बनेको प्रतिक्रिया उनीहरुको थियो ।

डिसिएले धनगढी क्रिकेट लिग भाग ३ आउँदो फागुन १ गते देखि गर्ने घोषणा गरेको छ । त्यतिञ्जेल प्रत्येक टीमले आफ्ना खेलाडीहरुले प्रतियोगिताका लागि तयार पार्नेछन, एक अर्का विच अभ्यास खेलहरु खेल्नेछन । प्रतियोगिता झण्डै १ महिना चल्नेछ । प्रतियोगितामा सहभागि प्रत्येक टीमले अन्य टीमसँग लिग चरणमा दुइ दुइ वटा खल्नेछन । प्रतियोगिताका विजेताले नगद ३ लाख हात पार्नेछन भने उपविजेता टीमले १ लाख नगद पाउँने आयोजकले जनाएको छ । धनगढीमा हुने देशको सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता एसपीए कप पछिको यो दोस्रो ठुलो धनराशीको प्रतियोगिता हो । यसरी अन्य क्षेत्रबाट पनि क्रिकेट खेल विकासको लागि प्रयासहरु हुने हो भने नेपालले चाडै टेष्ट मान्यता पाउँनेमा ढुक्क हुन सकिन्छ । 
                                                            यज्ञराज जाेशी 
                                                              क्रमश
                                                           


No comments:

Post a Comment