यो स्टोरी प्रकाशित ३० बैशाख २०७६, सोमबार नेपालखबर डटकममा प्रकाशित भएको हो।
यज्ञराज जोशी । लामोसाँघुस्थित बसन्तपुर खेल मैदानमा शनिबार(२८ बैशाख) राष्ट्रिय टोलीका गोलरक्षक विकेश कुथुले दशक पूरानो फुटबल माहोल देखे। चारैतिर पाहाडले घेरिएको मैदानलाई पनि खचाखच दर्शकले घरेका थिए।
चौथो सिन्धु कपमा ए डिभिजन क्लब जावलाखेल युथ क्लब र गोर्खा ब्वाइज क्लबबीचको फाइनल भिडन्तमा खेलाडीको ‘मुभ’सँगै दर्शकको मुख चल्थ्यो। आ–आफ्ना क्लबलाई साथ दिन तन्नेरीहरु, बुढापाका देखि बालबालिकाहरु मैदान पुगेका थिए। मैदानमा ठाँउ नपुग्नेहरु नजिकै रहेको घरको छतमा बसेर खेलको मज्जा लिइरहेका थिए।
१३ वर्षपछि बसन्तपुर मैदानमा फुटबल फर्किएको थियो। यही मैदानमा स्कुल लेभलबाटै पसिना बगाउँदै राष्ट्रिय टोलीमा पुगेका विकेशलाई शनिबारको माहौलले अतित सम्झायो।
‘त्यसबेला सिन्धु कप भनेपछि टाढाटाढा गाउँबाट पनि फुटबल हेर्न मान्छेहरु आउँथे,’ कुथुले विगत सम्झदै नेपालखबरसँग भने, ‘आफ्नै गाउँठाउँमा हुने प्रतियोगिता खेल्दा समर्थकको साथ पनि गज्जबै पाइन्थ्यो। लामो समयपछि प्रतियोगिताले निरन्तरता पाउँदा पनि उस्तै दर्शकहरुको उपस्थिति देखेर निकै खुशी लाग्यो। अब प्रतियोगिताले निरन्तरता पाउँदै यो माहौल कायम रहन्छ भन्ने आशा छ।’
त्यसबेला जिल्लाको प्रतिष्ठित यो प्रतियोगिता खेल्न विभागीय टोलीहरु नेपाल पुलिस क्लब, नेपाल आमीसँगै हिमालय शेर्पा जस्ता टिमहरु पुग्थे। ती टिमहरुलाई पराजित गरेर नै विकेशसहितको स्थानीय सुनकोशी क्लबले तेस्रो संस्करणको प्रतियोगिताको उपाधि समेत जितेको थियो। गोरक्षकका रुपमा उत्कृष्ट प्रदर्शन गरेका विकेशको चर्चा त्यहीबेला राष्ट्रियस्तरमा चुलियो।
विकेश त्यसै प्रतियोगितालाई नै आफ्नो जीवनको ‘टर्निङ प्वाइन्ट’ मान्छन्। ‘सिन्धु कपमा आफ्नो क्षमता देखाउँन पाएपछि मलाई ए डिभिजनको क्लबमा मौका मिल्यो,’ फाइनलमा नगदसहित सम्मानित भएका स्थानीय स्टार विकेशले भने, ‘धेरैपछि आफ्नो मैदानमा टेक्न पाउँदा एकदमै खुशी लागेको छ। मेरो करिअरको सुरुवात यही मैदानबाट भएको थियो र आज यसै मैदानमा सम्मानित हुँदा गर्व लागिरहेको छ।’
सिन्धु कपकै प्रदर्शन पछि विकेशको करिअर भने एकपछि अर्को गर्दै उकालो लाग्यो। तर, सिन्धु कप भने थामियो। विकेशले ए डिभिजनका क्लब हुँदै राष्ट्रिय टोलीमा डेब्यू गरे। बाह्रौ दक्षिण एसियाली खेलकुदमा फुटबलको नेपालले स्वर्ण जित्दा नायक बने। तर, २०४५ सालमा स्थापना भएको युथ स्पोर्टस क्लबले भने सिन्धु कपलाई निरन्तरता दिन सकेन्। त्यसकारण तेस्रो संस्करणको च्याम्पियन बनेका विकेश चौथो संस्करणमा मैदान पुग्दा १३ वर्ष बितिसकेको थियो।
पूरानो प्रतियोगिता
सुनकोशी गाँउपालिकाका स्थानीय इश्वर कार्कीले २०३८ सालबाट नै राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउँन थालेका थिए। खेलकुदमा रुचि भएकै कारण उनले २०४५ सालमा स्थानीय युवाहरुलाई समेट्दै युथ स्पोर्टस क्लबको गठन गरे।
सुनकोशी गाँउपालिकाका स्थानीय इश्वर कार्कीले २०३८ सालबाट नै राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउँन थालेका थिए। खेलकुदमा रुचि भएकै कारण उनले २०४५ सालमा स्थानीय युवाहरुलाई समेट्दै युथ स्पोर्टस क्लबको गठन गरे।
स्थापना भएको पहिलो वर्ष नै क्लबले जिल्ला स्तरीय फुटबल आयोजना गर्यो। त्यो क्रमले २०५२ सालसम्म निरन्तरता पायो। तर, त्यहीवर्ष नजिकै रहेको भोटेकोशी नदीको बाढीले बसन्तपुर मैदानमा ठूलो क्षति पुर्यायो र प्रतियोगिता रोकियो।
क्लबलाई मैदान पुर्ननिर्माण गर्न ठूलो रकम आवश्यक पथ्र्यो। त्यसमा तत्कालिन स्थानीय सांसद मोहनबहादुर बस्नेतले संसदीय कोषको रकम एक लाख सहयोग गर्दै ढाडस दिए। थप तीन लाख रुपैयाँ उठाउँदै क्लबले मैदान फेरि खेल्न योग्य बनायो।
‘मैदान त बनायौं तर त्यतिबेला युथ स्पोर्टसका सहयात्रीहरु भने छिन्न भिन्न भइसकेका थिए,’ क्लबका संस्थापक अध्यक्ष इश्वर कार्कीले भने, ‘म आफै पनि प्रतियोगिता खेल्न कहाँ कहाँ गइरहन्थे पछि प्रशिक्षक भए। अन्य साथीहरु पनि काठमाडौं लगायतका विभिन्न ठाउँमा गएपछि प्रतियोगिताले निरन्तरता पाउँन सकेन्।’
तर, इश्वरलाई भने प्रतियोगिताले निरन्तरता नपाएको छटपटि छँदै थियो। सोही कारण उनी फेरि क्लबलाई सक्रिय बनाउँन लागे। सदस्यहरु जुटाए र ६१ र ६२ सालमा लगातार प्रतियोगिता आयोजना गरे।
त्यहीबीच जन आन्दोलन भयो। इश्वर पौडी खेलाडीबाट पौडी प्रशिक्षक बनिसकेका थिए। उनको अधिकांश समय काठमाडौंमा बित्ने भए। यस्तै भुकम्पले पनि सिन्धुपाल्चोक थिलथिलो बनेपछि गोल्डकपले फेरि निरन्तरता पाएन्।
स्थानीय निकायको साथ
मुलुक संघियतामा गएपछि सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको जिम्मा श्रवणकुमार जी.सीले पाए। आफ्नो जमानाका तेक्वान्दो खेलाडी समेत रहेका श्रवणले जिल्लामा खेलकुद गतिविधि बढाउँन जिल्लाको प्रतिष्ठित एवम् पूरानो सिन्धु कपलाई निरन्तरता दिन चासो देखाए।
मुलुक संघियतामा गएपछि सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको जिम्मा श्रवणकुमार जी.सीले पाए। आफ्नो जमानाका तेक्वान्दो खेलाडी समेत रहेका श्रवणले जिल्लामा खेलकुद गतिविधि बढाउँन जिल्लाको प्रतिष्ठित एवम् पूरानो सिन्धु कपलाई निरन्तरता दिन चासो देखाए।
गाउँपालिकाले चासो देखाएपछि युथ स्पोर्टस क्लब पनि जुर्मुरायो। पूर्व जिल्ला फुटबल संघका अध्यक्ष बीरबहादुर खड्काको नेतृत्वमा अघिल्लो वर्ष क्लब पुर्नगठन भयो। गोल्डकपलाई निरन्तरता दिन गाउँपालिकाले दश लाख रुपैयाँ दिने बचनबद्धता जनाएपछि सिन्धु कपले १३ वर्षपछि पुर्नजन्म पाउँने भयो।
‘गोल्डकपले निरन्तरता नपाउँनुको मुख्य कारण प्रायोजक नपाउँनु र आर्थिक अभाव नै थियो,’ आयोजक युथ स्पोर्टसका अध्यक्ष खड्काले भने, ‘गाउँपालिकाले १० लाख रुपैयाँ सहयोग गर्ने भएपछि बाँकी रकम जुटाउँदै हामीले ५५ लाखको बजेटमा सिन्धु कप आयोजना गर्दै सिन्धुपाल्चोकमा पुनः फुटबल माहौल ब्युताउँन सफल भएका छौं।’
आठ दिन चलेको प्रतियोगितामा ए डिभिजनका क्लबहरु आर्मी र एपीएफसँगै जावलाखेल युथ क्लब र फ्रेण्ड्स क्लबको सहभागिता थियो। त्यसबाहेक थप चार टोलीहरु थिए। रोमाञ्चक फाइनलमा १० खेलाडीमा सीमित भएपनि जावलाखेलले रुपेन्देहीको गोर्खा ब्वाइजलाई पराजित गर्दै आठ वर्षपछि उपाधिको स्वाद चाख्न पायो। पछिल्लोपटक २०६७ मा तिलोत्तमा गोल्डकपको उपाधि उचालेपछि जावलाखेलले जितेको यो नै दोस्रो उपाधि थियो।
प्रतियोगितालाई निरन्तरता दिन आगामी संस्करणमा गाउँपालिकाले २० लाख रुपैयाँ छुटउने गाउँपालिकाका प्रमुख जिसीले समापन समारोहमा घोषणा गरे। उक्त रकम पाए अझै राम्रो व्यवस्थापनका साथ देशका चर्चित क्लबहरुलाई बसन्तपुर मैदानमा ल्याएर खेलाउँने योजना आयोजक युथ स्पोर्टसका अध्यक्ष खड्काले सुनाए।
खेलाडीलाई आर्थिक सहयोग
सिन्धु गोल्डकप आयोजकले प्रतियोगिताको फाइनलमा विभिन्न खेलका खेलाडीहरुलाई सिन्धुपाल्चोकमा जमघट गराएको थियो। समापन समारोहमा खेलकुदका माध्यमबाट देशको नाम उँचो बनाउने विभिन्न खेलका ११ जना खेलाडीहरुलाई आर्थिक सहयोगसहित सम्मान समेत गरियो।
सिन्धु गोल्डकप आयोजकले प्रतियोगिताको फाइनलमा विभिन्न खेलका खेलाडीहरुलाई सिन्धुपाल्चोकमा जमघट गराएको थियो। समापन समारोहमा खेलकुदका माध्यमबाट देशको नाम उँचो बनाउने विभिन्न खेलका ११ जना खेलाडीहरुलाई आर्थिक सहयोगसहित सम्मान समेत गरियो।
नेपाललाई अघिल्लो डिसेम्बरमा विश्व शारिरिक सुगठनको विश्व च्याम्पियनसिपमा स्वर्ण जिताउँने महेश्वर महर्जनलाई एक लाखसहित सम्मान गरिएको थियो।
यस्तै नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउँने भेट्रान म्याराथन धावक जीतबहादुर केसी, दक्षिण एसियाली खेलमा लगातार चारपटक स्वर्ण जितेको तेक्वान्दोका दीपक विष्ट, पूर्व राष्ट्रिय भलिबल खेलाडी भरतबहादुर शाह, भलिबलकी कोपिला उप्रेती, एथ्लेटिक्सकी कान्छीमाया कोजु, तेक्वान्दोका सक्षम कार्कीलाई ५०–५० हजारसहित सम्मान गरेको थियो।
यस्तै विकेश कुथु, स्वर्गीय अशोक महर्जन, रोहेन्द्र खड्का, रोजिना कार्की, सुदीप श्रेष्ठ र शर्मिला खड्कालाई समेत २५–२५ हजार नगदसहित सम्मान गरिएको थियो।
सम्मान ग्रहण गरेपछि ओलम्पियन दीपक विष्टले आयोजकलाई धन्यवाद दिँदै सम्मानले बाँकी जीवन पनि खेलमा लगाउँन प्रेरणा मिलेको बताए।
‘जीवनको २०–२५ वर्ष खेलमा लागेर देशलाई जुन योगदान दिएका थियौं। त्यसलाई आयोजकले हामीलाई सम्मान दिएको छ,’ विष्टले भने, ‘यस सम्मानले बाँकी रहेको जीवनमा पनि राष्ट्रका लागि अझै केही गरौं भन्ने जोश जाँगर थपिएको छ।’
No comments:
Post a Comment