Sunday 25 June 2017

परदेशमा हुर्किएकाे रेकर्ड ब्रेकर 'सडक'

अछाम जनालीवण्डलीका कमलप्रसाद भण्डारीलाई नेपाली गजल क्षेत्रमा कमल संघर्षको नामले चिनिन्छ। नाम परिवर्तनको सन्दर्भमा उनी भन्छन्, कमलप्रसाद भण्डारी मेरो परिवारले राखिदिएको नाम, मेरो स्कुल कलेजको नाम। पछि साहित्य श्रृजनामा मैले गरेको संघर्षलाई आफ्नो पहिलो नामसँग थप्दै मैले ‘कमलसंघर्ष’ को जन्म गराए। रहरै रहरमा थालिएको साहित्यिक संघर्षलाई वास्तविक संघर्षमा परिणत गर्दाको उनको कहानी उनले आफ्नो मुखारबिन्दुबाट सुरु गरे।  
म माध्यमिक स्कुल पढ्दा देखि नै जिल्लाका विभिन्न बालसञ्जालहरुमा आवद्ध थिए। सोही बालसञ्जालहरुमा हामी कविताहरु, गजलहरु सुनाउथ्यौं। साथीभाईहरुले मिठो तरिकाले सुनाउँदा मलाई पनि लेख्औ, लेख्औ, भनौ, भनौ लाख्यो र मैले पनि कापीमा कलमहरु कुदाउन सुरु गरे। जसले मेरो लेखन अभ्यासलाई नियमित गर्न सहज बनायो। मेरो साहित्य यात्राको जड पनि त्यही थियो। कमल संघर्षको अंकुरण त्यहीबाट भएको भन्दा फरक नपर्ला। मैले त्यहाँबाट नेतृत्व विकाससँगै आफ्नो लेखन यात्रालाई पनि अगाडी बढाए। 

साढे चार बर्ष लगाएर लेखिएको ‘कुटुमा कुटु’

कक्षा सात/अाठमा पढ्दा खेरि नै मैले लेख्न थालेको मलाई सम्झना छ। त्यहीवेला २०६५ सालमा भएको अन्तर जिल्ला कविता प्रतियोगितामा मैले पनि आफ्नो एक कविता प्रस्तुत गरे। जसमा म द्धितीय भए। एकातिर द्धितीय भएको खुशी अर्कातिर सवैले राम्रो लेख्छस् भनेर तारिफ गरेको सुनेपछि म लेखनमा अझै हौसिए।
मेरो गजल क्षेत्रको टर्निङ प्वाईन्ट भनेको रेडियो हो। स्थानिय रेडियो रामारोशनमा म त्यतिवेला नियमित मनको संसार नाम साहित्यिक कार्यक्रम सुन्थे। जसमा अरुका रचनाहरु बाचन गरिन्थ्यो। पछि मैलेपनि त्यही कार्यक्रममा आफ्ना भावनाहरु दिन थाले। नियमित मेरा रचनाहरु पनि बाचन हुन थाले।
सोही क्रममा रेडियोसँग सम्बन्ध विकास हुदै गयो र मैले आफै सो कार्यक्रम सञ्चालनको मौका पाए। मैले झण्डै साढे चार बर्ष सो कार्यक्रम सञ्चालन गरे। सो अवधीमा मैले हजारौ श्रोताहरुको श्रृजना बाचन गर्ने मौका पाए। थुप्रै लेखनहरुसँग रुझे, भिजे। थुप्रै फरक कलाकृती पढेें। नयाँनयाँ कुराको तत्वबोध हुदै गयो। 
मेरो गजल लेखनका प्रारम्भिक दिनहरु २०६४ सालतिरैबाट सुरु भयो। मेरो घरमा अामाले देउडा गीत गाउँनुहुन्थ्यो। ममा पनि कताकता देउडा गीतको प्रभाव परेको रहेछ। त्यही प्रभावले मैले पनि टुक्का मिलाउने, भावना मिलाउँने गर्दागर्दै गजल लेख्न थाले। त्यसलाई निरन्तरता दिदै जादा एकदुई बर्षसम्म म गजलहरु त लेख्थे तर ती संरचनामा हुदैन् थिए। पछि विस्तारै आधारभुत संरचनाहरुलाई पनि ख्याल राख्न थाले। 

रेडियाे नेपालमा ‘रिजेक्ट’ भएकाे राइझुमा...

सुरुवाती चरणमा मैले पाँच मिनेटमै गजल लेख्थे तर विस्तारै एकघण्टा लाग्न थाल्यो पछि एकदिन, एक हप्ता, एक महिनासम्म एउटा गजल लेख्न लाग्न थाल्यो। श्रृजना लेख्नमा जति परिपक्व हुदै गईन्छ त्यत्तिकै त्यसमा अर्थ खोजिन थालिदो रहेछ। आफ्ना रचनाले केही बोलोस भन्ने लाग्दो रहेछ। जस्ता पायो त्यस्तै रचनाले श्रृजनाकारहरु सन्तृष्ट हुदैनन् रहेछन्। गहिरो साहित्य लेख्दा समय लाग्दो रहेछ। 
२०७० सालमा अनाम मण्डली नामक संस्थाले राष्ट्यि गजल महोत्सव आयोजना गर्ने भयो। त्यसमा देशभरिका पन्ध्र जना गजलकारहरुको गजलबाचन हुदै थियो। आयोजकहरुले मेरो गजल रुचाई मलाई पनि गजलबाचनका लागि छनौट गर्नुभएछ। सोही कार्यक्रममा गजल वाचनका लागि म पहिलोचोटी काठमाडांैै आए। गजल वाचन गरे। धेरैले रुचाउनु पनि भयो। परिचय फराकिलो बन्दै गयो। 
सोही सालमा संयुक्त गजल संग्रह ‘कैफियत’ नामक संयुक्त पुस्तक प्रकाशित हुदै थियो। सो पुस्तकमा देशभरिबाट बीस जनाका बीस वटा गजल प्रकाशित हुदै थिए। देशभरिबाट विभिन्न गजलकारहरुलाई गजल पठाउन भनिएको थियो। मैले पनि पठाए। मेरो गजलहरु छनौटमा परेछन्। पुस्तकमा प्रकाशित हुने भए। पुस्तकका लागि छनौटमा परेका वेला गजलहरु बाचन गर्ने भए। प्रज्ञा प्रतिष्ठानमा भएको विमोचन समारोहमा विभिन्न ख्याती प्राप्त श्रष्ठाहरुका अघि मैले गजल वाचन गरे। त्यसले देशैभरिका साहित्य क्षेत्रमा तल्लिन विभिन्न व्यक्तित्वहरुसँग चिनजान बढायो। उहाँहरुको हौसलाले अझै यस क्षेत्रमा दत्तचित्त भएर लाग्न प्रेरणा दियो। 

जोडिएका सवैको करिअर ‘अपलिफ्ट’ गरेको एक गजल

२०७१ सालमा रेडियोमै काम गर्ने क्रममा एकदिन मैले सामाजिक सञ्जालमा अन्तराष्ट्यि गजल प्रतियोगिता देशविदेशमा रहेका नेपालीहरुले गजल पठाउन आह्वान गरिरहेको सुचना भेटाए। मैले पनि एक गजल पठाउन निधो गरे। गजल पठाए। त्यसको झण्डै डेढ महिनापछि नतिजा प्रकाशित भयो। जसमा मेरो गजल प्रथम भएछ। आयोजकले दिएको जानकारी अनुसार सो प्रतियोगितामा देशभरिबाट ३ सय ५२ जनाले गजल पठाएका रहेछन्। जसमा मेरो गजल उत्कृष्ट भएको सुचना पनि मैले सामाजिक सञ्जालबाट नै प्राप्त गरे। 
यी कार्यक्रमहरुले मेरो राजधानीसँगको निकटता पनि बढाउँदै लग्यो। लेखकहरुको चिनजान पनि बढ्दै गयो। आफ्नो लेखाईको रफ्तार पनि बढ्दै गयो। 
२०७२ सालमा म बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गए। मेरो २०७३ असोज १५ मा प्रकाशित गजल संग्रह ‘सडक’ का अधिकांश गजल मलेसियामा नै लेखे। ईच्छा भयो भने काम गर्दागर्र्दै लेख्न सकिंदो रहेछ। मलेसियामा काम गर्ने क्रममा मसँग जतिखेर पनि एउटा कलम र एउटा डायरी हुन्थ्यो। मेरो दिमागमा जतिखेर शब्द फुर्यो म त्यतिखेरै कापीमा टिपी हाल्थे पछि कोठामा गएर त्यसलाई पुर्णता दिन्थे। 
मलेसियामा रहँदा युटूयुव च्यानल ‘रचनाबाचन’ सँग मेरो सहकार्य हुन थाल्यो। उहाँहरुले गजल संग्रह निकाल्नुपर्यो, हामीले सपोर्ट गर्छौ भन्नुभयो। त्यसपछि मैले सडकको तयारी गर्न थाले। म मलेसियामा एक बर्ष बसे सो अबधीमा मैले मैले सडकलाई लगभग तयार गरिसकेको थिए। त्यसपछि सडक प्रकाशित गर्न नेपाल आएको मलाई मलेसिया फर्कन मन लागेन्। 

आइटम डान्सको 'ट्रेण्डचेन्ज' गरेको कालेदाई

सडकसँग धेरै कुरासँग जोडिन्छ । हरेक व्यक्तिको गन्तव्यसँग सडक जोडिएको हुन्छ । त्यसैले यसको मेरो कृतीको नाम सडक रहेको हो। मैले सडक निकाल्ने सुरु कसेको त २०६९ सालतिरै हो। मेरा फुटकर गजलहरु यत्रतत्र प्रकाशित भएको देखेर साथीहरु पुस्तक निकाल्नुपर्छ भनेर सल्लाह दिन्थे। म पनि कस्सिए। 
केही गजलहरु लेखे, केही जम्मा पारे। सडकको प्रारुप पनि दिमागमा आयो। त्यसवेला नै सडकको आवरण पनि मैले कोरिसकेको थिए। सोही बेला सयुंक्त गजल संग्रह कैफियतमा मेरा संकलित गजलहरु प्रकाशित हुने भएपछि सडकको काम रोकियो। त्यसकाे केही बर्षपछि म मलेसिया हानिए। जहाँ सडकको कामले पुर्णता पायो। 
सडक प्रकाशनमा आएदेखि नै चर्चामा रह्यो। यो पुस्तक नेपाली गजल ईतिहासमा सर्बाधिक बिक्री भएको पुस्तकका रुपमा स्थापित हुन सफल भयो। यसलाई नेपाली गजल क्षेत्रको बजारको टर्निङ प्वाइन्टका रुपमा पनि लिईन्छ। रचनावाचनले प्रकाशित पहिलो संस्करण सकिएर शिखा बुक्सले पुनः सडकलाई नयाँ संस्करणका साथ बजारमा ल्याउँने तयारी गरेको छ। 

No comments:

Post a Comment