Sunday 25 June 2017

कार्यकाल समिक्षाः अाैषत भन्दा माथि उठ्न सकेनन् मन्त्री श्रीपाइली

पुष्पकमल दाहाल प्रचण्ड सरकारका युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले आफ्नो नौ महिने कार्यकालकाे समिक्षा गर्दै मन्त्रालयमा आयोजित कार्यक्रममा आफुहरु सफल सरकारको सफल मन्त्रालय भएको दाबी गरे।
आफ्ना पालामा गरेका विभिन्न कार्यक्रमका २९ वटा बुदाँहरू सार्वजनिक गर्दै श्रीपाइलीले सो दाबी गरेका हुन्। खासगरि आफ्नो कार्यकाल नितीगत सुधारमा बढी केन्द्रित रहेको जनाउँदै श्रीपाइलीले खेलकुदको ‘सिस्टम’ नै बदल्ने काम भएको उनकाे दाबी थियाे। 
नितीगत तर्फ आफ्नो कार्यकालमा खेलकुद विकास ऐन, २०४८ लाई प्रतिस्थापन गर्न खेलकुद विधेयकको मस्यौदा तयार गरी मन्त्रिपरिषद्बाट स्वीकृत भएर विधेयक समितिमा पठाइएको, राष्ट्रिय खेलकुद नीति २०६७ परिमार्जनको अन्तिम चरणमा पुगेको, स्थानिय खेलकुद पूर्वाधार कार्यबिधी २०७३ स्वीकृत भइ रू. ८१ करोडको जिल्लामा पूर्वाधार निर्माणको क्रममा रहेको तथा खेलकुद विकासको १० बर्षे गुरू योजनाको तर्जुमा अन्तिम चरणमा रहेको उनले दाबी गरे। 
त्यस्तै, विभिन्न प्रतियोगिताहरुमा पदक विजेता खेलाडीहरुलाई पुरस्कृत गर्नु, सातौ राष्ट्रिय खेलकुद आयोजना गर्नु, भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नु उनका पालामा भएका केही कामहरु हुन्। त्योसँगै खेलाडी कल्याणकारी कोष, खेलाडी स्वास्थ्य बिमा र परिचय पत्रको व्यवस्थाको लागि राष्ट्रिय खेलकुद परिषद्बाट निर्णय गराई प्रक्रियामा रहेको लगायतका काम आफ्नो कार्यकालमा भएको उनले बताए।
श्रीपाइलीले आफ्नो कार्यकाल ऐतिहासिक रहेको दाबी गरेपनि खेलक्षेत्रका सरोकारवालाले भने उनको कार्यकाल औषत भन्दा माथि उठ्न नसकेको प्रतिक्रिया दिएका छन्। नेपाली खेलकुदलाई लामो समय प्रत्यक्ष नियालिरहेका तथा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले मन्त्री श्रीपाइलीका पालामा नेपाली खेलकुदमा खासै उल्लेखनीय प्रगती नभएको बताए।
मन्त्री ज्युले नितीगत कुराकाे सफलतालार्इ बढी जोड दिएका छन्। हामीले दश बर्षअघि देखि नै खेलकुदमा नितीगत सुधार हुदैंछ भन्ने सुन्दै आइरहेका छौ। खेलकुदका पूर्बाधार निर्माणमा पनि मन्त्री श्रीपाइलीका पालामा ठोस कामहरु केही भएनन्। भुकम्पले भत्काएको दशरथ रंगशालाले गति लिन सकेन् र देशका अन्य भागमा पनि पूर्वाधार निर्माणले प्राथमिकता पाएनन्।
***
महेश अाचार्य, अध्यक्ष नेपाल खेलकुद पत्रकार मञ्च
‘मन्त्रीले नितीगत कुरामा बढी जोड दिएका छन्,’ आचार्यले भने, ‘हामीले दश बर्षअघि देखि नै नितीगत सुधार हुदैंछ भन्नेकुरा सुन्दै आइरहेका छौ।’ खेलकुदका पूर्बाधार निर्माणमा पनि मन्त्री श्रीपाइलीका पालामा ठोस कामहरु केही भएको देखिएको छैन्। भुकम्पले भत्काएको दशरथ रंगशालाले गति लिन नसकेको र देशका अन्य भागमा पनि पूर्वाधार निर्माणले प्राथमिकता नपाएको आचार्यको भनाई छ। 
पूर्बाधारहरु बिकास तथा मर्मतमा ध्यान नपुर्याएकै कारण नभएकै कारण नेपालले एएफसी एसियन कप छनौट चरणको होम खेल हल्चोक स्थित साघुरो मैदानमा खेलाउन बाध्य हुनुपरेको छ। जसमा केही सय नेपाली दर्शकले मात्रै खेल हेर्न पाउनेछन्। आफ्नो घरेलु मैदानमा भईरहेको अन्तराष्ट्रिय खेलपनि आफ्ना दर्शकले हेर्न नपाउँनु विडम्बना हो। 
यता, नेपाली खेलकुदमा देखिएका विवाद समाधानका तर्फपनि उनको कार्यकालमा ठोस प्रगती देखिएन्। ओलम्पिक कमिटीको विवाद जहाँको त्यही रह्यो भने क्यानको विवाद पनि साम्य भएको छैन्। समिक्षा कार्यक्रममा श्रीपाइलीले ओलम्पिक कमिटीमा खेलकुद भन्दा पनि पार्टीगत विवाद भएकाले सुल्झाउन नसकिएको स्वीकारे। नेपाल क्रिकेट संघ क्यान विवाद समाधान भने अन्तिम चरणमा रहेको उनको दाबी थियो। क्यान विवाद समाधानका लागि आइसिसीको पहलमा सल्लाकार समिती बनाइएको भएपनि समयमा नै काम गराउन र झकझकाउने सम्बन्धमा भने मन्त्रीले त्यति पहल नगरेको सल्लाहकार समितीका सदस्यहरु बताउँछन्। 
पछिल्लो समय सल्लाहकार समितीका सदस्य समेत रहेका मन्त्रालयका उपसचिब चुडामणी शर्माको अर्को मन्त्रालयमा सरुवा भईसक्दा समेत रिक्त स्थान पुर्तिमा मन्त्रालयले चासो देखाएन्। सल्लाहकार समितीले आइसिसीमा प्रतिवेदन बुझाइसकेको अवस्थामा त्यसले त्यति तात्विक असर नपारेपनि सल्लाहकार समिती प्रति उनले त्यति चासो देखाउन नसकेको स्पष्ट हुन्छ। 
सल्लाहकार समिती गठन पश्चात मन्त्रीसँग तीन/चार पटक मात्रै भेटघाट भएको छ। त्यो पनि विभिन्न कार्यक्रमहरुमा संयोग परेका वेला मात्रै। पछिल्लो पटक धनगढीमा धनगढी प्रिमियर लिग हुँदा तथा पर्यटन बोर्डमा खेलाडीहरुले आयोजना गरेको वेला कार्यक्रममा भेट हुदां मन्त्री ज्युले सल्लाकार समितको काम कस्तो भईरहेको छ? भनि सोध्नुभएको थियो।
***
विनयराज पाण्डे,संयोजक क्यान विवाद समाधानका लागि गठित सल्लाहकार समिती
श्रीपाइली माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् भने नेपाली खेलकुदको सर्बोच्चो निकाय राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब केशबकुमार विष्ट नेकपा एमाले समर्थित हुन्। मन्त्री र सदस्यसचिबको टकरावले नेपाली खेलकुदलाई यो भन्दा अघि असर पार्दै आएको थियो। श्रीपाइलीको पारामा पनि त्यस कुराको निमिठ्यान्न हुन सकेन्। 
आफुले सदस्यसचिबसँग पारदर्शी सम्बन्ध राखेको श्रीपाइलीले बताएका छन्। समिक्षा कार्यक्रममा सदस्य सचिब तर्फ इगिंत गर्दै उनले आफु कस्मेटिक कुरा नगर्ने र कस्मेटिक कुरा गर्ने मान्छेहरु आफुलाई मन नपर्ने बताएका थिए। खेलकुद मन्त्रालयले दिएका जिम्मेवारीहरू पालना नगर्ने, मन्त्रालयप्रति जिम्मेवार नबन्ने प्रबृती सदस्य सचिबमा रहेको आरोप उनले लगाए। 
सदस्य सचिब बिष्टले मन्त्रालयले दिएका सवै निर्देशनहरु कार्यान्वायन गर्न नसकिने प्रतिक्रिया दिएका छन्। ‘सकिने, प्रक्रियासंगत रुपमा आएका निर्णयहरु हामीले मानेका छौ,’ विष्टले भने, ‘असान्दर्भिक र मनमर्जी रुपमा आएका निर्देशनहरु मानेका छैनौ र मान्दैनौ पनि।’ आफुले हालसम्म तीनजना मन्त्रीहरुसँग काम गरिसकेको भन्दै बिष्टले आफ्नो र श्रीपाइली बिचको सम्बन्धले खेलकुदमा कुनै असर नपुर्याएको उनले बताए। 
मन्त्रालयले दिएका सवै निर्देशनहरु कार्यान्वायन गर्न सकिदैंन। ‘सकिने, प्रक्रियासंगत रुपमा आएका निर्देशनहरू हामीले मानेका छौ। असान्दर्भिक र नसकिने गरि आएका निर्देशनहरु मानेनाै र मान्दैनौ पनि। हालसम्म तीनजना मन्त्रीहरुसँग काम गरिसकेको छु। श्रीपाइलीसँगकाे सम्बन्धले खेलकुदमा कुनै असर पुर्याएन्। 
***
केशबकुमार बिष्ट, सदस्य-सचिब, राष्ट्रिय खेलकुद परिषद 
सातौं राष्ट्रिय खेलकुदको आयोजना, राष्ट्रिय खेल पाउँनु, स्पोर्टस हस्पिटल र खेलाडी कल्याणकारी कोषको अवधारणा ल्याउनु उनका कार्यकालको उपलब्धी भएको बताउँदै बिष्टले बजेटमा खेलक्षेत्रलाई आवश्यक बजेटको व्यवस्था गर्न नसक्नु उनको कार्यकालको कमजोरीका रुपमा औल्याए। साग खेलकुद र आठौं राष्ट्रिय खेलकुदको पुर्वाधार तयारीका लागि राखेपले ४ अर्ब ७५ करोड बजेट माग गरेपनि त्यसको एकहिस्सा बजेट पनि नआएको उनको गुनासो छ। खेलकुदका लागि हाल छुटिएको बजेले नियमित कार्यलयको काम गर्न मात्रै पुग्ने उनको भनाई छ। 
खेलाडीहरु मन्त्रीले दाबी गरेजस्तो उनकाे कार्यकाल उल्लेखनिय पाएका छैनन्।  नयाँ मन्त्री आउँदा विगतका भन्दा राम्रो हुने आशा थियो तर ठोस रुपमा खेलाडीहरुको आशालाई मन्त्रीले सम्बोधन गर्न सकेनन्। नेपाली खेलकुद २० बर्षअघि जहाँ थियाे अाज पनि त्यही छ। अब नेपाली खेलकुदकाे बिकासका लागि तत्काल ठाेस परिणााम दिनसक्ने मान्छे चाहिएकाे छ। 
***
दीपक श्रेष्ठ, अध्यक्ष,  राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ
उदाहरण दिदैं उनले भने–‘साग फुटबलमा स्वर्ण जितेका खेलाडीहरुलाई तीन लाख रुपैया पुरस्कार उनी अघिका मन्त्रिले गरेका थिए, गएकाले त दिएनन् नै त्यसपछि आएका श्रीपाइली कहाँ उक्त घोषणा भएको पुरस्कारको कुरा उठाउँदा अघिल्ला मन्त्रिहरुले गरेको घोषणा आफुहरुलाई थाहा नभएको सम्मको जवाफ आएको थियो।’
मन्त्रिका पालामा भएको सातौं राष्ट्रिय खेलकुद पनि विवादै विवादमा रुमल्लिएको उनले बताए। भौतिक पूर्वाधार बिनै त्यहाँ खेलहरु भएकाले त्यसलाई उल्लेखनिय प्रगतीमान्न नसकिने उनको धारणा छ। 'नेपाली खेलकुद २० बर्षअघि जहाँ थियाे अाज पनि त्यही छ', उनले भने, 'खेलकुदकाे बिकासका लागी तत्काल ठाेस परिणााम गर्नसक्ने किसिमकाे मन्त्री चाहिएकाे छ।'  

No comments:

Post a Comment