Sunday 25 June 2017

जसले व्यक्तिगत खर्चमा देशका लागि स्वर्ण ल्याए

सामान्य अर्थमा मुवाँथाई भनेको किक बक्सिंङ भनेर बुझिन्छ,’ मुवाँथाईको अर्थ सोध्दा गत हप्ता थाइल्याण्डको बैंककमा भएको विश्व मुवाँथाई च्याम्पियनसिपमा ४८ केजी तौल समूहमा नेपालका लागि स्वर्ण जितेका सञ्जय राईले भने, ‘तरयो एडभान्स किक बक्सिंङ होकिनकि किक बोक्सिङमा किक र पञ्चमात्रै प्रयोग गरिन्छ तर यसमा एल्बो’ भनेर कुइनाले हान्ने र नि’ भनेर घुँडाले हान्नेकिल्न्चिङ भनेर समाउने तथा समातेर पछार्न पाइने कुरा यसमा थप हुने भएकाले यसलाई एडभान्स किक बोक्सिङ भनिएको हो।
आठ वर्षको उमेरदेखि सञ्जय आमाबुवासँगै ललितपुरस्थित बालकुमारीमा बस्दै आएका थिए। उतिबेलादेखि नै छरछिमेका दाजुभाइहरु सेतो लुगामा सजिएर मार्सल आर्टसको ट्रेनिङमा गएको उनले देखेका रहेछन्। त्यसैबेला उनलाई कराँते खेल्ने इच्छा जाग्यो र आफ्नो इच्छा अभिभावकसामु राखे।
तरपरिवारको एक्लो छोरो भएकाले खेलकुदमा भन्दा पनि पढाइलेखाइमा ध्यान दियोस् भन्ने उनको परिवारको चाहाना थियो। खेलप्रति राज्यको उदासिनताका कारण नेपाली समाजमा खेलमा लागेर भविष्य सुनिश्चित हुँदैनपरिवार पालिन्न भन्ने धारणा व्याप्त थियो।
राज्यले खेल तथा खेलाडीमा देखाएको उदासिनताले अभिभावकहरू आफ्ना छोराछोरीलाई खेलकुदभन्दा पनि पढाइमै लगाउँथे। सञ्जयका अभिभावकको चाहनाले पनि त्यही कुरा पुष्टि गथ्र्यो।
तरसञ्जयको जिद्दीका अगाडि उनका परिवारको केही चलेन र छोराको चाहना पूरा गर्न उनका बुवा मानकुमार राईले उनलाई डोर्याउँदै नजिकैको बालकुमारी डोजो’ मा लगे। जहाँ विभिन्न मार्सल आर्टका प्रशिक्षणहरु दिइन्थ्यो। उनी त्यहाँ कायोकुसी कराँतेमा भर्ना भए। २०५९ मा औपचाकिक रुपमा खेल जीवनमा प्रवेश गर्दा उनी भर्खरै नौ वर्षका थिए।
उनको बाल मस्तिष्कमा कराँतेले बेग्लै प्रभाव जमाइसकेको थियो। आफूले मनपरेको क्षेत्रमा लाग्दा त्यो कामकाम नभई मनोरञ्जनकाम गर्दा रमाइलो लाग्छ। उनी अभ्यासस्थलमा कहिल्यै दिक्क मान्दैनथे। दैनिक तीन घण्टा लगातार टे«निङ हुन्थ्यो,’ पुराना दिन सम्झँदै उनले भने, ‘त्यसअवधिमा मेरो उत्साह कम हुन्थेन। मलाई आराम गर्न रुची हुन्थेनम ट्रेनिङमै रमाइरहेको हुन्थें।’  
उनको मेहनतको फल पहिलो वर्षमै देखियो। २०६० सालबाट नै म कुन्सिङको ३० किलो तौल अन्तर्गत च्याम्पियन बन्न थालिसकेको थिएँलगातार अहिलेसम्म कुक्सिङसँगै मुवाँथाईलाई पनि निरन्तरता दिइरहेको छु,’ उनले भने।
त्यसपछि उनको खेल जीवनमा उतारचढाव भइरह्यो। मैले आफ्नो तौल समूहमा खेलेका खेलहरूमा राम्रै प्रदर्शन गरेको छुतर आफ्नोभन्दा माथिको तौल समूहमा खेल्दा नतिजा त्यति सुखद आउँदैन थियो,’ उनले भने, ‘आफ्नो तौल समूहभन्दा माथिका दाइहरूसँग खेल्दा नजिता सुखद नआउने थाहा हुँदाहुँदै पनि मैले लड्न छोडिन। कि जित्थें कि त सिक्थेंतर हारे भनेर महसुस भएन।’ दशरथ रंगलाशालामा फागुन दोस्रो साता भएको प्रथम प्रधानमन्त्री कपमा उनले स्वर्ण जितेका थिए।
सन् २०१४ मा दुबईमा भएको अल युएई च्याम्पियनसिपमा भएको अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा उनले पहिलोपटक ६० केजीमुनि तौल समूहमा सहभागिता जनाए। तरत्यस तौल समूहमा अन्य प्रतिस्पर्धी नभएपछि उनले ८० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नुपर्यो। तरपनि म आत्तिनँआफ्नो बेष्ट दिएँ र स्वर्णपदक प्राप्त भयोम ५२ केजीको मान्छेले ८० केजी तौल समूहमा स्वर्णपदक जितेको खबरले त्यतिबेला सनसनी मच्चाएको थियो,’ उनले भने, ‘मुवाँथाईमा पाएको पहिलो अन्तर्राष्ट्रिय पदक पनि त्यही थियो।’ 
कायोकुसी कराँतेमा भने उनले छैठाैं राष्ट्रिय खेलकुद तथा यसै वर्ष सम्पन्न सातारैं राष्ट्रिय खेलकुदमा पनि स्वर्णपदक जितेका छन्। तरराम्रो प्रदर्शनका बाबजुद पनि उनले कायोकुसी कराँतेबाट अन्तर्राष्ट्रिय सहभागिताको मौका पाएनन्। त्यसपछि उनले आफ्नो यात्रा मुवाँथाईतर्फ डोर्याएका हुन्।
कायोकुसी कराँतेबाट मुवाँथाईमा आउँदा यसका फेस पाउञ्चीकिल्न्चिङलगायत थुप्रै नयाँ कुरा सिक्नुपर्ने थियो। तरउनी तयारीमा कुनै कसर बाँकी नराख्नेमध्येका थिए। आफूलाई परिपक्व बनाउन उनले मुवाँथाईका थप बक्सिङ ट्रेनिङ लिए। आफू निपूर्ण भए। सुरूमा आफूले पूर्ण रुपमा तयारी गर्नुपर्छ,’ उनले भने, ‘पूर्ण तयारीले मान्छेलाई आत्मविश्वासी बनाउँछ। गेमअघि तपार्इंमा आत्मविश्वास नै भएनसुरुमै तपाईं आधा गेम हारिसक्नु हुन्छ।
विश्व च्याम्पियनसिपको कथा
विश्व मुवाँथाई च्याम्पियनसिपका लागि फागुन दोस्रो साता भएको प्रधानमन्त्री कप हुनुअघि नै खेलाडीहरुको छनोट भइसकेको थियो। तरप्रधानमन्त्री कपमा उच्च स्किल प्रदर्शनसँगै बेष्ट फाइटरको उपाधि जितेपछि उनी सबैको नजरमा छाए।
उनको विलक्षण प्रतिभाखेलप्रतिको लगाव देखेपछि मुवाँथाई संघका पदाधिकारीहरूलाई फेरि एकपटक सहभागी हुने खेलाडीहरुको विषयमा सोच्न बाध्य भए। खेलाडी छनोट भइसकेको अवस्थामा संघको मिटिङ बस्यो र सञ्जयलाई थप्ने प्रस्ताव आयो। उनको खेल कौशलले मन्त्रमुग्ध भइसकेका पदाधिकारीहरूले त्यो प्रस्ताव पारित गरेपछि सञ्जयका लागि थाइल्याण्ड जाने अवसर जुरेको हो।
उनले जानुभन्दा एक साताअगाडि मात्र आफू थाइल्याण्ड जाँदैछु भन्ने थाहा पाएका थिए। त्यही भएर प्रतियोगिताकै लागि भनी खासै तयारी गर्न पाएनन्। तरछनोट हुनुभन्दा एकहप्ता अघि भएको प्रधानमन्त्री कपका लागि गरेको तयारी तथा नियमित दैनिक प्रशिक्षणलाई आफूले निरन्तरता दिएकाले आत्तिहाल्नु पर्ने स्थिति नभएकोे उनी बताउँछन्।
उनीसहितको ६ जना खेलाडीहरुको समूह फागुन अन्तिम साता बैंककमा हुने चौधौं विश्व मुवाँथाई च्याम्पियनसिपमा सहभागिताका लागि प्रस्थान गर्यो। मार्च ११ देखि १८ तारिख चलेको प्रतियोगितामा सहभागी ४ पुरुष र २ महिला खेलाडीमा पुरुषको ४८ केजीका रुपमा सञ्जय राईले सहभागिता जनाउँदै थिए।
विश्व च्याम्पियनसिपमा ४० राष्ट्रको सहभागिता थियो। नेपाली झण्डा बोक्दै रिङभित्र पस्नुअघि सञ्जयले पहिलो राउण्डमा प्रतिस्पर्धी नै पाएनन्। सोझै बाई पाए। मुवाँथाईको ४८ केजी तौल समूहमा धेरै कमले फाइट गर्छन्। विदेशी खेलाडीहरुलाई आफूलाई यस तौल समूहमा मेन्टेन गर्न नसक्ने भएकाले उनले बाई पाएका हुन्।
दोस्रो फाइटमा विपक्षी डिस क्वालिफाइड भए। त्यो पनि तौल मेन्टेन गर्न नसकेका कारण। हाम्रो स्पर्धामा दिनदिनै तौल नापिन्थ्यो,’ उनले भने, ‘म्याचको अघिल्लो दिन मेरो र प्रतिस्पर्धीको तौल नापिने भयो। साधारणतया मेरो तौल ५०÷५१ केजीको रहन्छ तर म्याचको अघिल्तर तौल नापिने खबर पाएपछि मैले त्यसदिन रातभर तौल मेन्टेन गर्न अभ्यास गरँे।
तौल जोखिने खबर पाउने समयमा उनी रातिको खाना खाइकन बिस्तरामा पल्टिसकेका थिए। एक्कासि खेलअघि तौल नापिने भएपछि आफू पनि तौलकै कारण डिस क्वालिफाइड हुने हुँ कि भन्ने चिन्ताले उनलाई सताउन थाल्यो र तत्काल आफ्नो तौल नापे। उनी झसंग भए। तौल नाप्ने काँटाले उनको तौल झण्डै ५० केजी पुगनपुग देखायो। त्यही कायम रहेभोलिपल्टको खेलमा उनी डिस क्वालिफाईड हुदै निराश घर फर्कनु निश्चित थियो।
उनी बिनामेडल निराश बन्दै घर फर्कन चाहँदैन थिए र निद्रा माया मार्दै रातरात नियमित ट्रेनिङ गरे। तौल घटाउने अभ्यास गरे। म पसिनाले निर्थुक्क भिजिसकेको थिए। हातखुट्टा गलिसकेका थिए। तर पनि ४८ केजीमा आफू नपुगेञ्जल आराम गरेनन्। त्यसदिनको सम्झना गर्दै उनले भने, ‘दोस्रो दिन खेलअघि तौल जोखियो मेरो ४८ केजी नै देखायो तर विपक्षीले आफ्नो तौल मेन्टन गर्न नसकेका कारण डिस क्वालिफाइड भयो। म फाइनल राउन्डमा पुगें।
समयले हरेक राउण्डमा परीक्षा लिन रहेछ। त्यसका लागि सकारात्मक सोचका साथ लगनशील भएर लाग्यो भने बाटो खुल्दै पनि जाने रहेछत्यस दिन उनले यही पाठ सिधे।
फाइनलअघि भएको अर्को खेल स्पेन भर्सेस नेपालबीच प्रतिस्पर्धा थियो। जसमा स्पेनका प्रतिद्वन्द्वीले नेपाली खेलाडीलाई नराम्ररी हराएका थिए। जुन देशका खेलाडीसँग नेपाल नराम्ररी हारेको थियोफेरि स्पेनका खेलाडी आरकाइज गुन्जालेजलाई उनले अन्तिम खेलमा प्रतिद्वन्द्वी पाए। मेरो मनसपटलमा नेपालले हारेको बदला लिनुपर्ने कुरा घुमिरहेको थियो भने स्पेनका खेलाडी भने अघिल्लो खेलमा नेपालविरुद्ध जित निकालेका कारण अलि बढी आत्मविश्वासी देखिन्थे,’ उनले भने। 
खेलको सुरुवातमै विपक्षीले अट्याकिङ खेल खेले। उनले हानेका पञ्चहरु सही ठाउँमा लागिरहेका थिए। लगातारको आक्रमणबाट उनी केही हतास भए। अन्तिम खेलको सम्झना गर्दै उनले भने, ‘सुरुमा मैले डिफेन्डिङ खेल्दै उनलाई केही थकाएँसुरुमा एक्कासि अट्याकमा आएका उनको जोश कम हुँदै गयो र मैले सही मौकाको सदुपयोग गर्दै काउण्टर अट्याक सुरु गरेँ। जसले उसलाई ब्याकफुटमा जान बाध्य पार्यो र तीन वटै राउण्डमा मेरो स्कोर राम्रो भयो।
निर्णायकले निर्णय सुनाउँदा मनमा अत्यधिक खुसी छायो। किनकिविश्व च्याम्पियनसिपमा पहिलोपटक देशका लागि स्वर्ण जितेका थिए। एक हातमा नेपाली राष्ट्रिय झण्डा थियो त आँखामा हर्षका आँशु थिए। त्यहाँ स्पेनका समर्थक ज्यादा थिए। उनीहरु स्तब्ध हुनु स्वभाविक हो तर मेरो खेल कौशललाई सम्मान गर्दै ताली बजाइरहेका थिए,’ उनले भने। नेपालमा उनले विदेशी भूमिमा स्वर्ण जितेको खबर समाचारमा आइसकेको थियो।
त्यो खबरले नेपालीहरू खुसी भइरहँदा स्वर्ण कसरी जिते भन्ने त्यसको भित्री कथा भने उनलाई मात्रै छ। सर्वप्रथम त नेपालमा राम्रा खेलाडीले मौका नै पाउँदैन। खेलकुदमा हुने राजनीतिक गन्धलाई इंगित गर्दै उनले भने, ‘अवसर पाइहाले पनि व्यक्तिगत खर्चमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता हुनुपर्ने अवस्था छ।
जसको अनुभव सञ्जयसँग पनि छ। थाइल्याण्डमा देशका लागि स्वर्ण जिताएका सञ्जयले त्यहाँ प्रस्थान गर्नुअघि आधा संघले तथा आधा खर्च आफू व्यहोर्ने सर्तमा मञ्जुरिनामा गरेका थिए। टिकट खर्च हामी आफैले बेहोरेका थियौं,’ सञ्जयले भने, ‘तरपनि राष्ट्रका लागि स्वर्ण ल्याउन सके त्यसमा बढी खुसी छु।’    
विदेशमा अन्य देशका खेलाडीहरूसँग पनि घुलमिल भएको थियो। त्यहाँका खेलाडीहरूको सम्पूर्ण जिम्मेवारी राज्यले बेहेरेको उनीहरूबाट सुन्दा र आफूहरुको अवस्था देख्दा नमीठो लाग्थ्यो। प्रतियोगितास्थलमा पनि उनीहरूलाई धेरै सुविधा थिएउनीहरुको प्रशिक्षण नै विशेष हुन्थ्योउनीहरूको फिटनेस गज्जबको हुन्थ्योत्यहाँका केटीले नै हाम्रा केटाले हानेको जस्तो हानिरहेको हुन्थे। तरनेपालमा भने अत्यावश्यक कुराहरूको अभाव हुँदा प्रतिभा भएर पनि खेलाडीहरूले राम्रो प्रदर्शन गर्न नसकेको उनको गुनासो छ।
टन्न पैसा दिँदैमा खेल जितिँदैनः सदस्य सचिव
प्रतियोगितामा स्वर्ण जितेर नेपाल फर्किएपछि सञ्जयसहित अन्य पदक बिजेता खेलाडीलाई बिहीबार नेपाल राष्ट्रिय मुवाँथाई संघले २० हजार नगदसहित सम्मानित गरेको छ। संघका अध्यक्ष गणेशलाल कक्षपतिले ४० देशभन्दा बढी देशहरू सहभागी विश्व च्याम्पियनसिपमा नेपालका खेलाडीले स्वर्ण जित्नु ठूलो उपलब्धी भएको बताए।
सरकारले खेलकुदमा आएको बजेट विभिन्न खेलकुदसँग आवद्ध संघलाई वितरण गर्दा समानुपातिक ढंगबाट वितरण नभएकोमा उनले गुमासो पोखे। सरकारले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा मेडल ल्याएका र ल्याउन सक्ने खेलहरूको पहिचान गरी त्यसलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले विश्व च्याम्पियनसिपमा स्वर्णपदकसहित अन्य पदक बिजेता खेलाडी तथा अफिसियलहरूलाई बधाई ज्ञापन गर्दै लगनशीलता र मेहनतप्रति सम्झौता नगर्ने खेलाडी नै सफल हुने जिकिर गरे।
राज्यले खेलकुदका क्षेत्रमा कम बजेट छुट्याएको इंगित गर्दै उनले पोसाक तथा सेवासुविधा नहुँदैमा खेल हारिने तथा टन्न पैसा दिँदैमा खेल जितिने नभएको बताए। यदि त्यस्तो हुने भएअमेरिकाजस्तो धनी देशका खेलाडीहरूले कहिल्यै हार्नु नपर्न अवस्था आउँथ्यो भन्दै उनले राष्ट्रप्रेम बोकेर प्रतिस्पर्धा गर्ने खेलाडीहरु अन्तर्राष्ट्रिय प्रतियोगितामा मेडल ल्याउन सफल भएको बताए।
विश्व च्याम्पियनसिपमा सञ्जयसँगै निशा खड्काले ६७ केजी तौल समूहमा रजत जितेकी थिइन् भने ५४ केजीमा करुणा उप्रेतीले कास्य जित्न तथा ५७ केजीमा दीपक तामा तामाङले कास्य जितेका थिए।
सञ्जयले खेलेका मुख्य प्रतियाेगिताहरू र जितेका अवार्डहरू

1. The Everest Budokai – Do Lalitpur And BasntapurBudokai, Do Full Contact Championship (24 July 2004 Tripureshower, Kathmandu, Nepal 30 kg), Fourth
2. 11th National Men weight cateogory and 10th National ladies open Full Contact Karate Tournament. (12-13 March 2013 Tripureshower, Kathmandu, Nepal 55 kg), Silver
3. 12th National Men's weight category and 10th National Ladies open full contact karate tournament. (2011-Nov-25,26 Tripureshower, Kathmandu, Nepal 55Kg), Gold
4. 1st Male and Female cateogory Full contact Kyokushin karate Tournament. (Jestha 31-32 2065 B.S Nawalparasi, Nepal 45kg) Silver
5. 2nd Male and Female cateogory Full contact Kyokushin karate Tournament. (Bhadra 19-20 2066B.S Nawalparasi, Nepal 45kg), Gold
6. 9th Thamel National open Full contact kyokushin karate Touranament. (Baishakh 19-20 2065 Kathmandu, Nepal 45kg), Silver
7. 10th Thamel National open Full contact kyokushin karate Touranament . (2065 B.S Kathmandu, Nepal 45kg), Silver
8. 11th Thamel National open Full contact kyokushin karate Touranament . (Jestha 23-24, 2066 B.S Kathmandu, Nepal 45kg), Gold
9. Basntapur Full contact Budokai Championship. (Phalgun 14-15 2061 B.S Kathmandu, Nepal 30kg) Bestfighter
10. 4th Natoinal Male and Female Weight cateogory Budokai –Do Championship. (2062 B.S Lalitpur,Nepal 30kg) Bronze
11. Inter school National Budokoin- Do Full contact championship. (2061 Kathmandu,Nepal 30 kg) Silver
12. Free National Running compition. (Bhadra 19, 2067 Lalitpur,Nepal 5k.m) Bronze
13. 6th National Regional sports Full contact Karate Tournament. (2068 Magh 14 Solukhumbu,Nepal 55kg) Gold
14. 6th National sports Full contact Karate Tournament . (2068 phalgun 14-21 Dhangadi,Nepal 55kg) Gold
15. First Regional Lumbini National championship(2070). (Paush -15 Solukhumbu ,Nepal 50kg) Gold

No comments:

Post a Comment