Sunday 25 June 2017

नविर्से तिमीलार्इ नपाए तिमीलार्इः सवैलार्इ पार लगाएकाे एक गीत

सुनसरीकाका विपिन किरणको साहित्यिक जीवन भाेजपुर अध्ययनरत् रहँदा विधार्थीकालबाट नै सुरु भयो। कक्षा ७ मा अध्ययन क्रममा उनको विधालयले आयोजना गरेको कविता प्रतियोगितामा ‘परिवर्तन’ शीर्षकको कविता सुनाएसँगै औपचारिक रुपमा आफ्नो लेखन यात्रा प्रारम्भ भएको उनी सम्झन्छन्। लेखन क्षेत्रमा लाग्ने प्रेरणा चाही उनलाई उनका मामाहरुबाट प्राप्त भयो। ‘मेरा मामाघरको माहौल नै साहित्यिक थियो, सोही माहौल मैले पनि घुलमिल हुने अवसर पाएको थिए।’ त्यतिवेलाबाट नै आफुमा लेखनतर्फ चेत खुलेको उनी बताउँछन्। 
त्यसपछि उनमा यस्तो साहित्यिक भोक जाग्यो कि, उनी कबिता प्रतियोगितामा सहभागी हुनका लागि मात्रै घरबाट दुई दिन हिडेर झ्याउँपोखरी भन्ने ठाउँमा पुगे। जहाँ उनले सुनाएको ‘नैतिकता भित्र हराएको बर्तमान’ भन्ने शीर्षकको कविताले उनलाई जिल्लास्तरिय प्रतियोगितामा दोस्रो बनायो। 
एसएलसी सम्मको अध्ययन गाउँमै सकेर काठमाडौं झरेका विपिनले प्लस टू अध्ययनका लागि काठमाडौंको प्रिमियर कलेज भर्ना भए। ‘यो समयमा मेरो लेखाईक्रम केही सुस्तायो,’ कारण खोल्दै उनी भन्छन्, ‘एक त काठमाडौंको परिवेश नौलो थियो अर्कोतर्फ करिअर प्रति पनि ध्यान केन्द्रित गर्नुपर्ने भएकाले लेखनयात्रामा अल्पविराम लगाउनु पर्यो।’
स्नातक अध्ययनका लागि उनी नेपाल कमर्श क्याम्पस मीनभवनमा भर्ना भए। सोही क्याम्पसको साहित्यिक माहौलले उनी भित्रको प्रतिभाले फेरी गति लियो। ‘त्यतिञ्जेल काठमाडौंको माहौलमा म घुलमिल भईसकेको थियो,’ उनले भने, ‘त्यतिवेला नेपालमै गजल बिधा लोकप्रिय बनिरहेको साथसाथै मीनभवन क्याम्पसका साहित्यिक अनुरागी विधार्थीहरुको संगतले उनी फेरी साहित्य श्रृजनामा फर्किए। 
त्यतिवेला नेपाल कमर्श क्याम्पसमा गजल गृह भन्ने संस्था सक्रिय थियाे जुन संस्थाले गजल सम्बन्धी गतिबिधी गर्नुका साथै पलास भन्ने गजल पत्रिका समेत प्रकाशन गरथे सुरमा उनका गजलहरू पनि पलासमा छापिएसँगै गजल गृह भित्रका गजलकारहरूसँग पनि उनकाे संगत बढदै गयाे। जसले उनमा रहेको साहित्यक भोकलाई अझै जगाईदिएको र सक्रिय भएर साहित्यमा लाग्न सघाउ पुर्याएको उनी बताउँछन्। 
कलेजमा उनले गजल लेखन सम्बन्धी विभिन्न तालिमहरु लिए। विभिन्न श्रष्ठाहरुका धेरै गजलहरु पढे । धेरै गजलहरु लेख्न कलम दौडाए । प्रारम्भिक लेखनका क्रममा कति अधुरै रहे । कतिले पुर्णता पाए । उनी प्रायः साझँ लेख्थे । सोहीसमय उनले उनको परिचय ‘अपलिफ्ट’ गरेको चर्चित गजल ‘न विर्से तिमीलाई न पाए तिमीलाई...’ लेखेका थिए। ‘मैले २०६१ को अन्तिम तिर अन्य गजलहरु कोर्न बेलामा यो पनि कोरेको हुँ,’ उनले भने ‘तर कुन मुठमा लेखे ठ्याक्कै मलाइ याद छैन्।’
काठमाडौंको खाेलिएकाे 'अनाममन्डली' नामक संस्थाका सक्रिय सदस्यमध्ये एक थिए, विपिन किरण। साेही संस्थाले माेती जयन्ती मनाउँने तयारी गर्दै थियाे भने विपिन अाफ्नाे पहिलाे एल्बम 'किरण' मा समावेश हुने गीत तथा गजल रेकर्डिङकाे अन्तिम चरणमा थिए। त्यही वेला माेती जयन्ती सांगितिक फाँटकाे जिम्मा विपिनलार्इ दिइयाे र गायन तर्फ प्रस्तुत हुने ११/ १२ वटा सांस्कृतिक प्रस्तुती भित्र विपिनकाे पनि गजल रहने भयाे।  
विपिनले आफ्ना थुप्रै गजलहरु मध्येबाट ‘न विर्से तिमीलाई...’ भन्ने गजल छाने र संगीत भरिदिने अनुरोध सहित संगीतकार महेश खड्कामा गए। कार्यक्रम आउन तीन दिन मात्रै बाकीं थियो। ‘खड्काले आजसम्म गजलमा संगीत नदिएकाले कस्ताे हुने भन्ने चिन्ता प्रकट गरेका थिए,’ हामीसँग समय पनि थिएन् र जसरी पनि कार्यक्रमका लागि गजल तयार पार्नु थियो र उहासँगको सल्लाह पछि भोली पल्ट विहान गीतमा संगीत भर्ने निधो भयो। 
विहान करिब ८ बजे खड्काको अफिसमा विपिन पुगे। खड्काले सरसर्ती गजलका शब्दहरु हेरे र मेलोडी बनाउँन कस्सिए। गजलमा धेरै संगीत नभरेका खड्काले पहिलो पटक सरसर्ती दिएको संगीत नै विपिनलाई साह्रै मन पर्यो। र त्यही मेलोडी नै फाइनल भयो। विपिन सम्झन्छन्, 'अाज जुन मेलाेडी सवैकाे मुखमुखमा झुण्डिएकाे छ। संगितकार खड्काले पहिलाेपटक गजल हेरेपछि यही मेलाेडी निकालेका थिए र मेलाेडीकाे विपिनकाे समेत प्रशंशा गरे पनि मेलाेडीले अन्तिम स्वरूप पायाे।' 
करिब १० मिनेटमा नै याे गजलकाे सम्पुर्ण मेलाेडी तयार गरियाे। गजललाई अन्तिम रुप दिदैं राष्ट्रिय सभा गृहको उक्त कार्यक्रममा पहिलोपटक इन्दिरा जोशीको आवाजमा उक्त गीत प्रस्तुत गरियो। कार्यक्रममा संगितिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुले पनि गजल निकै नै उत्कृष्ट रहेको प्रतिक्रिया दिए। जसले विपिनलाई हौसला दियो र यसलाई पनि प्रकाशोन्मुख एल्बममा समावेश गर्ने निर्णय गरे। जुन गजलले पछि एल्बम सफलताको मुख्य श्रेय पायो। ‘एल्बमका अन्य गीतहरु पनि राम्रा थिए तर अन्यलाई यस गीतको चर्चाले छायाँमा पार्याे, उनले भने 'सुरूवातमा पाँच सेर मात्रै रहेकाे याे गजलमा रेकर्डिङ भइरहेकै वेला विपिनले अन्तिम एक शेर थपे, जुन यस्ताे थियाे:-  
"अनायासै मेराे दुख्याै जिन्दगीमा
परेली भिजाइ बगाए तिमीलार्इ"
थपिएकाे सेरसँगै याे गजल छ सेरकाे बन्याे। जुन अन्तिम रेकडिङ पश्चात ८ मिनेट २३ सेकेन्डकाे भयाे। 
एल्बममा समावेश गरिने निर्णय पश्चात उनी र संगीतकार महेश खड्काले अञ्जु पन्तको आवाजले न्याय दिनसक्ने महशुस गरे। त्यतिवेला नेपाली म्युजिक ईण्डिष्ट्रिमा राम्रो स्वर भएकी गायिकाको रुपमा अञ्जु पन्त चिनिन्थिन। त्यति नै वेला ‘न बिर्से तिमीलाई...’ उनका लाई ब्रेक थ्रु बन्यो। गजलले अञ्जुलाई नेपाली संगीतिक क्षेत्रकी व्यस्त गायिका बनायो। उनको पहिचान राष्ट्रिय र अन्तराष्ट्रियकरण गर्यो। नेपाली म्युजिक ईण्डिष्ट्रिमा स्थापित हुन गजलको भुमिका महत्वपुर्ण रहेको उनले विभिन्न अन्तर्वाताहरुमा भन्दै आएकी छिन्।  
प्रायः गीतमा गायक/गायिकाको मात्रै बढी चर्चा हुने गर्छ। फ्रन्टमा उनीहरु देखिने भएकाले आम दर्शक/स्रोता प्रत्यक्ष रुपमा उनीहरुसँग अभ्यस्त हुनु स्वभाविक नै हो। तर, ‘न बिर्से तिमीलाई...गीतले गायिका अञ्जु पन्तको करिअर मात्रै उभो लाएन् स्वयम रचनाकार विपिन किरणलाई पनि म्युजिक इण्डिष्ट्रिमा स्थापित गर्न सघाउ गर्यो। साथै, अाम स्राेता दर्शकले गजल सुनिसकेपछि याे गजलकाे रचनाकार काे हाेला भनेर कुनै पनि गीतकाे इतिहासमा रचनाकारलाइ खाेजिगरिएकाे पहिलाे गजल हाे भन्दा कुनै अत्युत्ती नहाेला। त्यसैगरि कसलै गीतकार विपिन किरणको नाम लिन्छ भने उसको मष्तिस्कमा पहिलो नम्बरमा यही गीत आउँने उनी बताउँछन्।  त्यस्तै, संगीतकार महेश खड्का, संगीत संयोजक किरण कडेंल, म्युजिक भिडियोमा अभिनय गरेका झरना बज्राचार्य र आयुष रिजाललगायत गीतसँग जाेडिएका सवैकाे करिअर ‘अपलिफ्ट’ गर्न समेत गीतको भुमिका महत्वपुर्ण रह्यो।
   

No comments:

Post a Comment