Saturday 10 June 2017

रेडियाे नेपालमा ‘रिजेक्ट’ भएकाे राइझुमा...

सुदूरपश्चिमको अछाममा जन्मिएका वरिष्ठ देउडा गायक यज्ञराज उपाध्यायलाई बाल्यकाल देखि नै देउडा गीतको छाप परेको थियो। सुदूरपश्चिमको मुख्य भाका भएकाले हरेक सांस्कृतिक कार्यक्रम होस या मेला महोत्सव त्यस क्षेत्रको अनिवार्य तथा मुख्य आकर्षण देउडा गीत नै हुन्। 
परिवारका सदस्यहरु अनि छरछिमेकहरु पनि देउडा गीतमा लय हालेर दोउडा खेल्ने र गाउने गर्थे। उनीहरुसँगै प्राथमिक कक्षाबाट नै उपाध्याय पनि देउडा गीत गुनगुनाउँन थाले। ‘कक्षा चारमा पढ्दा खेरि नै म जिल्ला स्तरिय देउडा प्रतियोगितामा प्रथम भएको थिए,’ उपाध्यायले बाल्यकाल सम्झदै भने, ‘नौ÷दश बर्षको उमेर देखि नै देउडा गीत संकलन तथा लेखन थालेको हु।’ 
पहिलोपटक रेकर्ड गर्न गएका उपाध्यायलाई त्यही परिक्षामा फेल गराइयो। ‘मेरो भाका राम्रो भएन्, अर्को भाका लिएर आउँ भन्दै फर्काइयो,’ पहिलो पटक राइझुमा रेकर्ड गर्न रेडियो नेपाल पुगेको अनुभव सुनाउँदै उपाध्यायले भने, ‘मलाई त्यहाबाट हतोत्साहित पार्दै नयाँ भाका ल्याउनुस भनि फर्काइएयोे।’
माध्यामिक तहको परिक्षा सकेर २०४१ सालमा उनी प्रमाणपत्र तह अध्ययनको लागि नेपालगञ्ज झरे। त्यतिवेला त्यहाँ आयोजित एक क्षेत्रीय गीत प्रतियोगितामा पहिलोपटक सार्वजनिक रुपमा उपाध्यायले चर्चित अनि लोकप्रिय देउडा भाका ‘राइझुमा झुमा क्या मस्क्याकी छओ हो राइझुुमा... ’ बोलको गायका हुन्। जुन गीतले उनलाई प्रतियोगिताको प्रथम पुरस्कार दिलायो। 
‘राइझुमा हामीले हाम्रो गाउँठाउँमा निकै पहिलेदेखि सुन्दै आएको भाका हो,’ उपाध्यायले भने, त्यसलाई मैले फरकपन दिदै उक्त प्रतियोगितामा प्रस्तुत गरेको थिए। ‘गाउँघरमा गाइने राइझुमाको लयमा परिमार्जन गर्दै प्रस्तुत गरिएको नयाँ बान्की दिएकोले यस गीतलाई झनै मिठो बनायो ।’ परम्परागत शैलीकै पुरानै ढर्राको राइझुमा उनले पस्किएका भएका त्यो त्यति रुचिकर नहुन सक्थ्यो किनकी त्यसमा संगीतलाई मिठास दिन आवश्यक तत्वहरुको नै कमी थियो। ‘गीत तयार पार्न चार/पाँच दिन लाग्यो। त्यसमा मैले स्थाइ र अन्तरालाई छुट्याए, सामाजिक जनचेतनाले भरिपुर्ण शब्दहरु थपे। यसरी आज तपाई हामीले मनपराउने  राइझुमा गीत तयार भएको हो’ उनले भने।  
गीत लेख्ने यही नै समय हो भनेर उनका लागि निश्चित हुदैंन्। उनको विचारमा कला भनेको अवस्थाले श्रृजना हुने चिज हो। उनी भन्छन्, ‘हामीले भोगेका, अनुभव गरेका अवस्थाहरुबाट जतिसुकै वेला पनि मस्तिष्कमा रचनाले बास गर्न सक्छ। म बाटोमा हिडिरहेको बेला होस या भान्सामा काम गरिरहेको बेला मेरो दिमागमा केही ‘क्लिक’ हुने वित्तिकै त्यसलाई डायरीमा उतार्छु र पछि त्यसलाई थप पुर्णता दिन्छु,’ उनले भने ‘तर जुनसुकै श्रृजनाका लागि विहानको समय बढी प्रभावकारी मानिने गर्छ।’
देश भित्र र बाहिर उत्तिकै लोकप्रिय ‘राइझुमा’ गीत रेकर्ड गर्दाको उनको संघर्ष पनि कम छैन्। २०४४ सालमा उनी उच्च शिक्षा अध्ययनका लागि काठमाडौं छिरेका थिए। सानै देखि उनको मनमा एउटा सपना थियो। अहिलेको जस्तो जताततै रेकिर्डिङ स्टुडियोहरु नभएका कारण चालिसको दशकमा गायकहरुमा रेडियो नेपाल छिरेर गीत रेकर्ड गराउने ठूलो सपना हुन्थ्यो। त्यही सपना उपाध्यायसँग पनि थियो र उनी त्यसलाई साकार गर्न ‘हिमालयन कल्चरल सेन्टर’ मा संगीतको विधार्थीको रुपमा भर्ना भए। जहाँ उनले शास्त्रीय संगीतसँगै अन्य अत्यावश्यक कुराहरु सिके र आफु संगीत कलामा निपूर्ण बन्दै गए।  
गीतमा प्रयोग भएका ‘झल्का लगाई चोली मात्रै आशुले रुझाउँने कोही छैन जीवनको साथी हृदय बुझाउने....’ गीतको अन्तराले देवालयमा विभिन्न नवविवाहित जोडीहरु पनि आउने गरेको तर देवालयमा रहेकी ती देउकीले उनीहरुलाई हेरेर मात्रै चित्त बुझाउँनु पर्ने अवस्थालाई चित्रण गरेकोे छ। ती देउकी युवतीको मनमा पनि घरजाम गरेर बस्ने सपना हुदों हो, आफ्नै संसार बसाउने सपना हुदो हो तर संस्कृतीको नाममा हामीले एउटा युवतीलाई पिजडामा कैद गरेर राखेका थियौ,
‘त्यसपछि मलाई रेडियो नेपालमा गएर ढुक्क भएर गाउन सक्छु जस्तो लाग्यो’ उनले भने, ‘तर कसरी जाने हो केही थाहा थिएन, न कोही चिनजानको नै थियो।’ कोही चिनेका मान्छे भेटिन्छन् कि भन्ने प्रयासमा उनको चार/पाँच महिना नै वित्यो। त्यतिञ्जेलसम्म उनले केही संगीत क्षेत्रका व्यक्तिहरुसँग सम्पर्क स्थापित गरे। सोही समयमा उनको भेट कलाकार नारायण राइमाझीसँग भयो। उनले रेडियो नेपालमा रेकर्डिङको बातावरण मिलाइदिए। त्यतिञ्जेलसम्म उनले रेडियो नेपालमा रेकर्डिङ गर्न छिर्नका लागि मात्रै दौडधुप गरेको झण्डै छ महिना बित्न लागिसकेको थियो। 
२०४५ साल कार्तिक महिनामा उनले पहिलोपटक रेडियो नेपालमा राइझुमा रेकर्ड गराए। रेडियो नेपालमा त्यहाँका  कर्मचारी र कलाकारहरुले उनीजस्ता नवगायकहरुको परिक्षा लिन्थे। त्यहाँ स्वर टेष्ट हुन्थ्यो। गीत अनुसारको आवाज छ, कि छैन चेकजाँच हुन्थ्यो सवैमा पास भएपछि मात्रै गीत रेकर्डिङको अनुमति पाईन्थ्यो। 
पहिलोपटक रेकर्ड गर्न गएका उपाध्यायलाई त्यही परिक्षामा फेल गराइयो। ‘मेरो भाका राम्रो भएन्, अर्को भाका लिएर आउँ भन्दै फर्काइयो,’ पहिलो पटक राइझुमा रेकर्ड गर्न रेडियो नेपाल पुगेको अनुभव सुनाउँदै उपाध्यायले भने, ‘मलाई त्यहाबाट हतोत्साहित पार्दै नयाँ भाका ल्याउनुस भनि फर्काइएयोे।’
तर उनको मनले मानेन्, थप मेहनत गरि एक महिनापछि उनी फेरी रेडियो नेपालमा फर्किए। त्यहाँका कलाकारहरुले नयाँ भाका लिएर आयो भन्ने ठानेका थिए होलान् तर उनले फेरी राइझुमा नै गाए। यसपटक उनी अझै परिष्कृत भएर आएका थिए। उनको गायिकी र नौलो सुमधुर भाकाबाट प्रभावित बनेका त्यहाँका कर्मचारी तथा कलाकारहरुले यसपटक भने उनलाई फर्काउने हिम्मत गरेनन् र उनको गीत रेकर्ड भयो। राइझुमाले पहिलोपटक इलोक्ट्रोनिक स्वरुप पाएको दिन त्यही थियो साथै उनको बाल्यकाल देखिको रेडियो नेपालमा गीत रेकर्डिङ गर्ने सपना पनि त्यही दिन पुरा भयो। त्यो दिन मेरो जीवन कै सवैभन्दा खुशीको दिन थियो, उनले भने। 
दोस्रो चोटी सहर्ष रेकर्डिङ गरेको राइझुमाको भाकालाई पहिलो चोटी रेडियो नेपालका कलाकारहरुले किन रेकर्डिङ गर्न मानेनन् त? उनले त्यसको उत्तर पछि पाए। रेडियो नेपालमा केही यस्ता प्रवृती भएका कर्मचारी तथा कलाकार रहेछन्, जसले पहिलोचोटी कोही नवप्रतिभाले राम्रो गीत ल्याएर आयो भने उनीहरुलाई हतोत्साही बनाएर फर्काइदिदा रहेछन्। यदि उक्त नवकलाकार पुनः फर्किएर आएनन् भने उनीहरुले छाडेको सो भाका पछि आफ्नो नाममा रेकर्र्डिङ गराउला भन्ने लोभ उनीहरुका मनमा हुदो रहेछ, आफुले सुनेको कुरा उनले हामीलाई सुनाए। तर, उपाध्यायलाई आफ्नो भाका तथा गीत प्रति विश्वास थियो त्यही भएर उनी हतोत्साही भएनन्। एकमहिना पछि पुनः फर्के र एक कालजयी गीत तयार भयो। 
२०५० सालमा उपाध्यायले राइझुमालाई एल्बमबद्ध गरे भने २०६२ सालमा कोमल वलीलाई समावेश गरिकन् गीतलाई दोहोरीमा रेकर्ड गराए। जसले राइझुमालाई थप उचाईमा पुर्यायो। सोही दोहोरी शैलीमा निर्मित गीत सार्वजनिक भएपछि राइझुमा सुदूरको मात्र सिमित रहेन्। यसलाई पुर्व मेची देखि पश्चिम कालीसम्मका नेपालीहरुले उत्तिकै मन पराए। विदेशमा रहेका नेपालीहरु माझ पनि यो उत्तिकै लोकप्रिय रह्यो। सवैभन्दा महत्वपुर्ण कुरा त यसले सदूरको कलासंस्कृतीलाई देशविदेशमा चिनायो, नयाँ पहिचान दियो। त्यो देख्दा आफुलाई निकै सन्तुष्ट मिलेको उपाध्याय बताउँछन्। 
युवाहरु माझ पनि उत्तिकै लोकप्रिय राइझुमा एक सामाजिक विषयवस्तुमा आधारित गीत हो। सुदूरपश्चिममा देउकी प्रथा प्रचलनमा थियो। उक्त प्रथामा आफ्ना मनोकामना पुरा गर्न भगवानसँग विभिन्न भाकल (बाचा) गरेकाहरुले युवतीलाई किनेर देवालयहरुमा चढाउने गरिन्थ्यो। देवालयमा चढाएकी युवतीहरुले विहे गर्न पाउदैन् थिइन्। मन्दिरमै चढाएका फलफुल, अन्न खाएर जीवन गुजार्नुपथ्र्यो। सो परम्परा आखाँले देखेका उपाध्यायले राइझुमा गीत मार्फत उक्त भावनालाई पस्केका छन्। 
गीतमा प्रयोग भएका ‘झल्का लगाई चोली मात्रै आशुले रुझाउँने कोही छैन जीवनको साथी हृदय बुझाउने....’ गीतको अन्तराले देवालयमा विभिन्न नवविवाहित जोडीहरु पनि आउने गरेको तर देवालयमा रहेकी ती देउकीले उनीहरुलाई हेरेर मात्रै चित्त बुझाउँनु पर्ने अवस्थालाई चित्रण गरेकोे छ। ती देउकी युवतीको मनमा पनि घरजाम गरेर बस्ने सपना हुदों हो, आफ्नै संसार बसाउने सपना हुदो हो तर संस्कृतीको नाममा हामीले एउटा युवतीलाई पिजडामा कैद गरेर राखेका थियौ, उनले भने।
साथै गीतको अर्को अन्तरामा ‘तराईका चारकोसे झाडी न्याउली बासला की दुखको विरही दिल कैले हासला की ....’ तथा ‘फुलफली पहिरनु भएन माथि हिमालैमा हात न पुछि दाग बसिग राता रुमालमा... ’ अन्तराले देउकीको उजाडलाग्दो जीन्दगीलाई दर्शाउन खोजेको छ। देउकीको जीवन फुल फुलेर ओइलाए जस्तै थियो उनले भने फुलको महत्व तब हुन्छ जब टिपेर कपालमा सिउइरिन्छ तर हाम्रो संस्कृतीले फुल फुल्छ सिउरिने अवसर नै नपाएर ओइलिएर झर्छ। 
करिब २५० बढी गीतमा स्वर दिएका र १४ वटा एल्बम पस्किसकेका उपाध्यायले हाल नयाँ एल्बम निकाल्ने तयारी गरेका छन्। सो एल्बमको म्युजिक ट्रयाक निर्माण भइसकेको पनि आफ्नो व्यस्तताले भोकल भर्न नभ्याएकाले उनले बताए। आउँदो दशै अगाढी एल्बम बजारमा ल्याइसक्ने उनको योजना छ।

No comments:

Post a Comment