Thursday 22 June 2017

गाेविन्द नारायणः नेपालमा सुसंस्कृत राजनितीका सुत्राधार

घटना नम्बर १
म २०३४ असोज ११ गते न्युरोडमा म जन्मिएको हुँ। मेरो बाल्यकालका दुई कुरा मलाई अझैपनि झझल्ती याद आउछन्। एउटा मैले ल्याब्रेटरी स्कुलमा विताएको जिन्दगी र अर्को कुरा चाही मेरो परिवार। म पढेलेखेको परिवारमा जन्मिएको थिए तर, मेरो आमाले औपचारिक शिक्षा लिनुभएको थिएन्। शिक्षित परिवारमा असिक्षित महिलाको संगम। अन्तिममा यी दुई बिचको भिन्नता नै मेरो जीवनको प्रेरणा बन्यो। एउटा शिक्षित परिवारमा अशिक्षित आमा हुनुहुन्थ्यो तरपनि उहाँ कर्तव्यमा कहिल्यै चुक्नुभएन्। 
घटना नम्बर २
२०४६ सालमा न्यरोडमा इन्द्र केसीको मनकामना पान पसल थियो। त्यतिवेला प्रायः भारतीयहरुले पान पसल हुने गर्दथ्यो तर इन्द्र केसी र कृष्णप्रसाद भट्टराईले खाने पान पसल पनि नेपालीको थियो। इन्द्र दाईको मा म नियमति पान खान्थे। सोही नियमितताले हामी घुलमिल भएका थियौ। उहासँग गफगाफ गर्न थालेपछि मलाई निशुल्क पान खुवाउन थाल्नुभयो। हामी पान खादै उनको पान पसलमा घण्टौं बसेर गफ माथ्र्यौ। 
त्यतिवेला म १२/१३ बर्षको थिए। २०४६ सालतिर विस्तारै काठमाडौंमा कंक्रिटयुक्त पिलरको घरहरु बन्ने चलन आयो। त्यतिनै वेला आन्दोलनको माहोल थियो। मान्छेहरुले पिलर बनाउँन तयार पारेको फलाम जाली, रड, ढुङ्गा ल्याएर बाटोमा राख्दै नेपाल बन्द गर्थे। हामीलाई आन्दोलनसम्बन्धी त्यति चेत थिएन्। हामी अचम्म मान्थ्यौ किन मान्छेहरुले घर बनाउन ठिक्क पारेका ढुुङ्गा, रड, जाली ल्याएर बाटोमा राख्थे? त्यसपछि टायरहरु बल्न थाले। तोडफोड हुन थाल्यो। नाकाबन्दी भन्ने शब्द सुनिन थाल्यो। आन्दोलनको शंखघोष भयो।
आन्दोलनकै क्रममा चैत्र २४ गते इन्द्र दाई र म जुलुसकै क्रममा दरबारमार्गमा पुग्यौ। त्यहाँबाट फर्कदा एक्कासी मैले गोली चलेको आवाज सुने। प्रहरीले आन्दोलनकारीलाई तितरवितर बनाउन हवाई फायर गर्ने क्रममा सरोज शाक्य भन्ने मान्छेलाई गोली लागेको रहेछ। प्रहरीको हवाईफायरसँगै भागदौड सुरु भयो। कोही घरभित्र छिरे, कोही गल्ली भित्र छिरे। हामीपनि कही गल्ली, कहि बाउन्ड्री, कही तारबार छिचोल्दै घर आइपुग्यौ। त्यसलगत्तै कर्फयु लाग्यो। आन्दोलन झन चर्कदै गयो। कयौं मान्छे मारिए। कयौ घाइते भए। परिणामस्वरुप प्रजातन्त्र आयो।
घटना नम्बर ३
प्रजातन्त्र आइसकेपछि अब अमनचयन होला, जनताले सुखसँग बस्न पाउँलान भनेको त त्यसो भएन्। प्रहरीको गोलीहरु मान्छेलाई लागि नै रह्यो। प्रजातन्त्रपछि पनि प्रहरीको गोली खानेमध्येका एकजना थिए, मेरा साथी नबिन ताम्राकार। तत्कालिन अवस्थामा शेरबहादुर देउवा प्रधानमन्त्री थिए। सरकार र प्रशासनिक क्षेत्र बिच के विषयमा टसल भएको थियो खै। सोही क्रममा प्रहरीले गोली चलायो। गोली नबिनको हातमा लगाएको घडीलाई छेड्दै हिप गएर गड्यो। संयोगबश उनी बाच्न सफल रहे। 
मैले प्रत्यक्ष आखाँले मुलुकमा दुईवटा राजनैतिक व्यवस्था परिवर्तन भएको देखेको थिए। २०४६ अघि पञ्चायती शासन थियो। जसमा जनताका अधिकारहरु कुण्ठित गरिएको थियो। आफ्ना अधिकार फिर्ता गराउनका लागि जनताहरुले ठुलो बलिदान दिए, गोली खाए। त्यत्रो संघर्षपछि २०४६ आएको बहुदलीय प्रजातन्त्रमा पनि जनताले गाली खाए। दुवै व्यवस्थामा जनताले गोली खाए। देशको अवस्थामा तात्विक भिन्नता देखिएन्।  पञ्चायत सरकार तथा प्रहरीले पनि नागरिक माथि गोली चलाएको थियो, टायर बलेको थियो, आन्दोलन भयो, हुलदंगाको स्थिती थियो। त्यसपछि आएको बहुदलीय प्रजातन्त्रमा पनि उस्तै अवस्था देखियो, गोली चल्यो, हुलदंगा भयो, टायर बल्यो, आन्दोलन भयो। 
जुनसुकै व्यवस्था आएपनि अवस्था किन उस्तै रह्यो त? म सोच्न थाले। यतिवेला देखि म मा एक किसिमको राजनैतिक चेतना विकास हुदै आयो।
***
साथीहरु प्रति पनि मेरो लगाव उत्तिकै थियो। हामी ल्याब स्कुलबाट माथि किर्तीपुर घुम्न जान्थ्यौ। एक जना बिशाल रौनियार भन्ने अलि मोटो शारिरिक बनावटको मेरो साथी थिए। माथि किर्तीपुर घुम्न जाने क्रममा बसमा जानुपथ्र्यो। बस भरिभराउ रुपमा आउने भएकाले झुण्डिएर जानुपर्ने थियो। बस आयो, म झुण्डिहाले तर बिशाल मोटो भएकाले झुण्डिन सकेन्। बस हिड्यो। बिशाल बसमा झुण्डिन नसकेपछि बसमा म एक्लो भए। साथी छुटेकाले मलाई पनि एक्लै जान मन लागेन् र गुडिरहेको बसबाट हाम फाले । 
बसबाट हामफाल्दा म बेहोस भएछु। आखाँ खुल्दा मेरो पुरै शरिर पानीले भिजेको थियो। गुडिरहेको बसबाट हामफालेर बेहोस भएको मलाई होसमा फर्काउन साथीहरुले मलाई पानीले भिजाइदिएका रहेछन्। होसमा आएपनि मैले बिशाललाई के भयो भनेर सोधे, उसले बोलिविस्तार लाउँदै भन्यो– ‘एक जना मोटरसाइकलवालाले तलाई पिटेर बेहोस बनाएको हामीले भेटायौ र त्यस मोटरसाइकलवालालाई पनि पिटि दिऔ। त्यसपछि तलाई पानी हारेर बुझ्याऔ।’ 
बास्तवमा भएको के रहेछ भने, मैले बसबाट हामफाल्दा म बेहोस भएर लडेको रहेछु। नजिक पुगेको मोटरसाइकलवालाले मलाई उठाउन खोजेको रहेछ, त्यतिकैमा पुगेका विशाल लगायतका साथीहरुले त्यसै मोटरसाइकलवालाले मलाई पिटेर बेहोस बनाएछ भन्ने ठानी सिधै उसमाथि आक्रमण गरेछन्।  
***
पाइलट बन्ने सपना अधुरो
मेरो जीवनको लक्ष्य पाइलट बन्नु थियो। त्यसवेला विहान सवाँ आठ बजेतिर जहिले पनि एउटा हवाईजहाज मेरो घर माथि हुदैं उड्थ्यो। त्यो कता जान्थ्यो मलाई केही थाहा छैन तर त्यो हवाइजहाजको आवाज सुन्ने वित्तिकै म भात नै छाडेर पनि त्यो जहाज हेर्न छतमा पुग्थे। आफ्नो छतबाट नदेखिने अवस्थामा छिमेकीको अग्लो घरमा चढेर पनि हेर्थे। त्यतिवेला देखि मैले पाइलट बन्ने सपना मेरो मनमा गड्यो।
मेरो एकजना मिल्ने नयन नामका साथी बेलायतमा पढ्थ्यो। मैले पनि पाइलट बन्न बेलायत जाने निर्णय गरे। घरसल्लाह भयो। घरबाट जान अनुमती पाएपछि म भिसा प्रक्रियाका लागि बेलायती राजदुतावास गएँ। भिसा अप्लाई गर्नेक्रममा दुर्भाग्यवश भिसा काउन्सुलरसँग मेरो एकदमै ठुलो झगडा पर्यो। 
भिसा काउन्सुलरले मलाई त बेलायतमा पढेर आइसकेपछि नेपालमा त जागिर खाने कुनै कम्पनी वा संस्थासँग जागिरको सम्झौता छैन् लगायतका शब्दहरु निकाल्दै मलाई केही हिनताबोध गरायो। मैले पनि नेपालमा पढ्दै नपढी मलाई कसैले कसरी जागिरको कन्ट्रयाक्ट दिन्छ भन्दै उसको तर्क गलत रहेको जवाफ फर्काए। कुरैकुरामा केहीछिन चर्काचर्की नै पर्यो। परिणामस्वरुप तीनचोटी मेरो बेलायतको भिसा रिजेक्ट भयो। बेलायतले भिसा रिजेक्ट भएसँगै मेरो पाइलट बन्नेसपनामा पनि पुर्णविराम लाग्यो र मेरो जीवनको कार्ष त्यहाँबाट परिवर्तन भयो। 
मैले जीवनमा पाइलट बन्नु बाहेक अन्य केही सपना देखेको थिएन्। तर, भिसा नै रिजेक्ट भइसकेपछि घरपरिवारबाट प्रयास गर्दागर्दै पनि तिम्रो सपना पुरा हुन सम्भव भएन् अब बिजेनश पढ् भन्ने प्रस्ताव आयो र मैले स्वीकारे। मनमा पाइलट पढ्न नपाएको ‘फष्ट्रेसन’ त छदै थियो तरपनि विस्तार विस्तारै भक्तपुर कलेजबाट बिबिए सिध्याएँ। त्यसवेला भर्खरै नेपालमा बिबिए आएको थियो म त्यसको दोस्रो ब्याचको बिधार्थी हुँ। 
जेएनयूमा पोलिटिकल साइन्स 
मेरो घरमा दुइथरिका भारतीयहरु बस्दथे। एउटा बंगाली, एउटा दिल्लीको। मेरो घरमा बस्ने ती दुईथरिका भारतीयहरु म जन्मिनुभन्दा पहिले देखि नै मेरो घरमा बस्दै आएका रहेछन्। २०४६ सालपछि एकपल्ट भारतीयहरुलाई ‘वर्क परमिट’ लगाउने हल्ला चल्यो पछि एमालेको सरकार आइसकेपछि भारत विरोधी विभिन्न नाराहरु लाग्दै गए जसले नेपालमा रहेका भारतीयहरुमा एककिसिमको डर देखिन् थाल्यो। 
म त्यतिखेर युवा अवस्थामा थिए। नेपालमा भारत विरोधी नाराहरु सुनिन् थालेपछि त्रसित बनेका उनीहरुले भारतीय नागरिकका विषयमा नेपालमा के हुदैँछ? भन्ने प्रश्न मलाई सोधे। मलाई एकातिर उनीहरु देखेर निकै मायाँ लागेर आयो किनभने उनीहरु मलाई हुर्काएका मान्छेहरु थिए। अर्कातिर भारतीयहरु नेपालमा बसेर नेपाललाई के फाईदा भयो त? भन्ने प्रश्न पनि मेरो दिमागमा आयो। 
यो घटनाले मलाई एउटा राजनितिक अथावा नितिगत निर्णयले कसरी समान्य नागरिकहरुलाई समेत असर गर्दो रहेछ भन्ने कुराको बोध गरायो। आखिरमा सवैको जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राजनितीले प्रभाव पार्दो रहेछ भन्ने ज्ञान प्राप्त भयो। 
विश्वमा जतिसुकै साना देश किन नहुन ति साना देशहरुसँग पनि मुसासँग जस्तै क्षमता छ। उसले ठुलो भकारीलाई प्वाललाई प्वाल पारिदिन सक्छ।
अर्को प्रसंग, मेरो बुवा राजनितीमा त्यति चासो नराख्ने मान्छे मध्येका एक हुनुहुन्थ्यो तर २०४६ सालको माघमा जनआन्दोलन सुरु गर्ने घोषणा गर्ने दिनमा बुवाले ठमेलमा अवस्थित गणेशमान सिंहको घरमा मलाईपनि सँगै लगेर जानुभयो। त्यहाँ भारतका बरिष्ठ राजनितिज्ञ चन्द्रशेखर लगायत नेपालका शीर्षर्थ नेताहरु जमघट भएका रहेछन्। उनीहरुले सोही दिन २०४६ सालको जनआन्दोलन गर्ने घोषणा गरेका थिए। बुवाले भित्र जानुहुदैंन है, बाहिरबाटै कुरा सुन्नुपर्छ भनेपछि मैले बाहिरैबाट कुरा सुने। सेतोधोती लगाएको चन्द्रशेखरलाई देखेपछि यो भारतीय किन यहाँ आएको होला भन्ने जिज्ञासा पनि उठ्यो। यस घटनाले पनि मभित्र राजनैतिक चेत विकास गर्न मदत पुर्याएको हुनसक्छ। मलाई राजनितीप्रतिको चासो बढाउदै लग्यो। 
स्कुल पढ्दा म सफा चिटिक्क भएर जाने गर्दथे। म १६ बर्षका भएपछि हाम्रो परिवार भक्तपुर सर्यो। त्यहाँ मैले गलैचा बुन्ने परिवारका छोराछोरीहरु बिना झोला, फोहोरकपडा, बिना चप्पल लगाएर स्कुल गएको देखे। काठमाडौं र भक्तपुरको जीवनमा त्यति फरकपन थिएन तर उनीहरुको अवस्था निकै दयनीय अवस्थामा देखेपछि त्यसले मलाई छोयो। त्यसले मलाई हाम्रो जीवन, देशको जीवन, परिवारभित्रको जीवन राजनितीसँग जोडिदो रहेछ भन्ने भान गरायो। तर, मैले राजनितिज्ञ बन्छु भनेर चाही कहिल्यै सोचेको थिएन्। म यी कुराहरुलाई बुझ्छु र भविष्यमा कही न कही सामाजिक क्षेत्रमा ठोकिन्छु जस्तो लाग्थ्यो। 
बिबिए सकाएपछि मैले बुवालाई ‘पोलिटिकल साइन्स’ पढ्छु भन्ने प्रस्ताव राखे। उहाँले पनि अनुमति दिनुभयो। सन् २००२ देखि २००४ सम्म मैले प्राइभेट रुपमा ‘पोलिटिकल साइन्स’ मा बिए गरे। त्यसभित्रका अन्तराष्ट्रिय सम्बन्ध र अन्तराष्ट्रिय कानुन विषय मैले पढेका मुल विषय हुन्।
राजनैतिक शास्त्रको उच्च शिक्षा अध्ययनका लागि बि.ए. सिध्याइसकेपछि  म २००४ को अन्त्यतिर स्नातकोत्तर अध्ययनका लागि भारतको जवहारलाल नेहरु विश्वविद्यालय (जेएनयु) मा भर्ना भए। एजुकेशनमा एउटा ‘बाइण्डिङ’ हुन्छ तर जेएनयूलाई मैले एजुकेशनसँगसँगै ‘फिलोसोफिकल’ अर्थात खोजिनिती गर्ने तथा विभिन्न विषयमा घोतिल्नेहरुका लागि बनाइएको वेग्लै ‘हब’ रुपमा पाएँ।
मैले मेरो जीवनसाथी यूकालाई जेएनयूमा नै पहिलोपटक भेटेको हो। मेरो करिअरमा उनको ठुलो हात छ। म यहाँसम्म पुग्नुमा मेरो श्रीमतीको पचास प्रतिशत योगदान रहेको म मान्छु।
जेएनयूमा भएको एउटा संम्वाद अझैपनि मेरो दिमागमा घुमिरहन्छ। थेओरिज अफ इन्टरनेशनल रिलेसन्स अध्यापन गराउने बरुण सहानी नामका एकजना प्राध्यापक हुनुहुन्थ्यो। एउटा सेमिनारमा भारत र पाकिस्तान विषयमा कुरा भईरहेको थियो। उक्त सेमिनारमा ‘यदि भारत पाकिस्तानसँग डराउँछ भने त्यो भारतको कमजोरी हो, पाकिस्तानको होइन् भन्ने कुरा उहाँले उठाउनुभयो। प्रष्टाउन उदाहरण दिदै उहाँले यदि हात्ती मुसासँग डराउँछ भने त्यो हात्तिको मनोबैज्ञाननिक डर हो। तर, मुसाले हात्तीलाई चुनौती दिन्छ भने त्यो मुसा शक्तिशाली चुनौतीकार हो भन्नुभयो।’ 
यस स्टटमेण्टबाट मेरो दिमागमा मुसाले पनि त हात्तीलाई चुनौती दिन सक्दोरहेछ नि त भन्ने कुरा आयो। विश्वमा जतिसुकै साना देश किन नहुन ति साना देशहरुसँग पनि मुसासँग जस्तै क्षमता छ। उसले ठुलो भकारीलाई प्वाललाई प्वाल पारिदिन सक्छ। भन्नाको मतलब राम्रो नराम्रो जस्तोसुकै काम गर्दापनि ठुलो र सानोले फरक पार्दैन रहेछ। सानो कुरो भएपनि त्यसले ठुलो प्रभाव पार्नसक्दो रहेछ। 
म जेएनयूमा हुदाँ नेपालमा २०६२,६३ साल थियो। जसबेला शाही सरकार, दल र माओवादी बिचको तनाव चलिरहेको थियो। राजनैतिक घटनाहरु जतिवेला पनि जे सुकै हुनसक्ने स्थिती बनेको थियो।  त्यतिवेला मैले नेपालको राजनिती मुलतः कताकता भारतसँग गएर जोडिएको प्र्रमाण भेटे। नेपालका नेताहरुको धेरैजसो बार्ता, सम्वाद तथा समझदारीहरु भारतमा हुने कुराले पनि त्यसै तथ्यलाई प्रमाणित गथ्र्यो। 
हामीले हाम्रो देशका आन्तरिक मामलाका समझदारीहरु स्वदेशमै गर्नुपर्ने भएपनि हामी बाहिर आएर गर्दा रहेछौ। सोही कारण बाहिरी तत्वहरुले हाम्रो राजनितीमा भुमिका खेल्ने मौका पाउदो रहेछ। हामी देशबाहिर निस्केकै कारण अरुहरुले हाम्रा विभिन्न निती निर्णयहरुमा हस्तक्षेप गर्ने भुमिका खोज्दा रहेछन्।  
अर्को कुरा नेपाली राजनितीले अटाउन नसकेका केही यस्ता बुद्धिजीवीहरु छन्। जसले कुनै न कुनै रुपमा नेपाली राजनितीलाई असर पुर्याउन सक्छन्। देशभित्रै उनीहरु तितरवितर छन्। बाह्य शक्तीले अथवा भारतले नेपालको राजनितीमा प्रभाव पार्नुपर्यो भने सिधै राजनितीमा हस्तक्षेप गर्दैन कि तिनै बुद्धिजीबीहरुको प्रयोग गर्छ। उनीहरुका माध्यमबाट बाह्यशक्तिले नेपालको राजनिती, निती नियमहरुलाई प्रभाव पार्छन्। 
नेपाल र भारतको राजनितीलाई ती केही मान्छेहरुले आफ्नो परिबन्धमा पारेका छन्। ती नेपाल र भारत दुवैतिर छन्। ती बुद्धिजीवीहरुले बिचमा भुमिका खेल्ने भएकाले नेपालले भारतसँग र भारतले नेपालसँग सिधा सम्पर्क राख्न सक्दैन् त्यही ‘ग्याप’ का कारण नेपाल र भारतको राजनितिक सम्बन्ध अस्थिर बनेको मलाई लाग्छ। 
जापानहुंदै अमेरिका
जेएनयूमा मैले स्नातकोत्तर सकाइसकेपछि म नेपाल फर्के। नेपालको अवस्था उस्तै थियो। शक्तीका लागि मात्रै राजनिती हुन्थ्यो। राजनितीमा उत्कृष्टको पनि उत्कृष्ट मान्छे जानुपर्ने मेरो सोचाई थियो तर नेपालको राजनितीमा जो मान्छेहरु जानुपर्ने थियो ति छैनन र विचका मान्छेहरुले नेपालको राजनिती चलाउन्छन् भन्नेकुरा नेपाल बसाईको अनुभव रह्यो। 
पोलिटिकल साइन्सको विधार्थीका रुपमा मैले अमेरिकन, युरोपियन, जापान लगायत देशका विदेश नितीहरुको बारेमा पढेको थियो। मलाई ति देशको राजनिती कस्तो छ भन्ने बुझ्न मन लाग्यो। 
त्यसपछि म जापान गए। बिकास विनाको राजनिती हुदैंन भन्ने मेरो सोच थियो। जापानको विकास हेर्न म त्यहाँको ‘मामाच्यारी’ (विशेषगरी महिलाले चलाउने साइकल) चढेर पुरा जापान हेर्थे। जापानको विकास हेर्थे। जापान बुझ्थे। श्रीमती आफिसमा काम गर्थिन। म रेष्टुरेण्ट र ट्रेकिंङ पार्ट टाइम गर्थे। 
जापान बसाईका अन्तिम दिनहरुमा मलाई त्यहाँको कृर्षीले लोभ्यायो। चिटिक्क परेका गराहरुमा आकर्षक पाराले विरुवाहरु लगाइएको हुन्थ्यो। जसले मलाई कृर्षी प्रतिको रुची बढाउँदै लग्यो। नेपाल फर्कने दिन नजिकिदै थियो मैले श्रीमतीसँग स्वदेश फर्कनुअघि एउटा कृर्षी सम्बन्धी तालिम लिन पाएपनि हुन्थ्यो भन्ने कुरा गरे। श्रीमतीले तालिम मात्रै हैन्, विश्वविद्यालयमै पढ्न जान सुझाईन्। श्रीमतीको सुझाव ग्रहण गर्दै मैले दुईवटा विश्वविद्यालयमा अप्लाइ गरेको थिए। एउटा विश्वविद्यालयले मलाई बोलाया र उक्त विश्वविद्यालयमा म दुई बर्ष कृर्षी विषय पढ्ने भए। 
पढ्दै जादा मैले उक्त कोर्ष एक बर्षमै सकाए र एक बर्षको लागी अमेरिकामा ‘फेलोसीप’ पाए। अमेरिकामा मैले बाख्राको फार्ममा फेलोसीप पाएको थिए। दुर्भाग्यवश जसले मलाई बोलाएको थियोे, उक्त मेरो मालिकलाई क्यान्सर लाग्यो। त्यसपछि फर्मको जिम्मा मेरो काधमा आयो र म सहायक म्यानेजरका रुपमा मैले काम गर्नुपर्ने भयो। 
उक्त फर्म तीन सय ५० हेक्टरमा फैलिएको थियो। जसमा ६०,७० वटा बाख्राहरु थिए। म विहान साढे ४ बजेतिर उठ्थे, बाख्रा दुन्थे, घाँस काट्थे, घाँस खुवाउन्थे, दुधबाट चीज बनाउथे र हप्ताको शनिबार र बुधवार फ्री मार्केटमा गएर त्यसलाई बेच्थे।  
छ महिना मैले त्यसो गरि काम गरे। त्यसैवेला क्यान्सर लागेको मेरो मालिक बिते। सोसँगै मेरो फलोसीपपनि सकियो। त्यति नै बेला मेरो युनिभर्सिटीले २१ दिनको अमेरिका टुरका लागि मलाई टिकट उपहार दियो। यता जापानमा कार्यरत मेरी श्रीमतीले पनि नेपाल फर्कने भनेर जागिरबाट राजिनामा दिदै उनी अमेरिका आइन् र श्रीमती र मैले अमेरिकाका विभिन्न शहरहरुमा घुम्यौ। घुुमघाम सकिएपछि कलेजको थेसिस सकाएर मैले पढाइलाई बिट मारे। 
हामीले नेपालमा जहिले पनि ‘वाद’ मा राजनितीलाई विभाजित गरेका छौ तर संसारको राजनितीे ‘वाद’ भन्दा धेरै अगाडी गइसक्यो। संसारको राजनिती हाम्रो जीवनसँग जोडिएको कुराहरुसँग जोडिएको छ। राजनिती त्यस्तो हुनुपर्यो जुन हाम्रो जिन्दगीसँग जोडिएको होस। 
जापानीहरु उनीहरुको भाषामा ‘कुमाकाईसिगोता’ भन्छन्। जसको उल्था ‘प्रफेक्ट’ भन्ने हुन्छ। अर्थात उनीहरु जे काम गर्यो त्यो ‘प्रफेक्टल्ली’ अथावा पुर्ण रुपमा गर्छन्। चाहे त्यो सानो बच्चा होस या बृद्ध, जे उनीहरुले गर्छन त्यो पूर्णरुपमा शतप्रतिशत गर्छन्। त्यो कुरा जापनिजहरुको मलाई साह्रै मनपर्यो।
यता, अमेरिकामा त्यहाँका नागरिकको ‘चियरफुल’ जीवन मलाई मनपर्यो । जो सुकैसँग मनभित्र जस्तोसुकै पिडा किन नहोस, जसले पनि मजाले धक फुलाएर कुरा गर्छन्। म गाउँको अमेरिकामा बसेको थिए। त्यहाँका छिमेकीहरुले कहिल्यै पिज्जा ल्याइदिन्छन्, कहिले खानेकुरा ल्याइदिन्छन्, कहिले मेरो घरमा खान आइजा भन्छन्। मलाई अमेरिकाको ग्रामिण जीवनमा नेपालको भन्दा बढी प्रगाढ सामाजिक सम्बन्ध रहेको जस्तो अनुभव भयो। 
र विवेकशील...
म सन् २०१२ मा नेपाल फर्केपछि नेपालको कुनै युर्निभसिटीमा ठाँउ पाएपछि पढाउँछु र कृर्षीमा जे सिकेको छु त्यो फिल्डमा गएर ‘अप्लाइर्’ गर्छु ठानेको थिए। तर, नेपाल फर्केपछि बास्तविकता फरक लाग्यो। मैले सोचेको कुरा सिमित र साघुँरो जस्तो लाग्यो। धेरै मान्छेहरुले म जस्तै साघुँरो घेरामा रही थोरै थोरै राम्रो काम त गरेका छन् तर त्यसले देशलाई चाहेको फाईदा पुग्न नसकेको महसुस गरे। 
देशलाई परिणाम दिनसक्ने काममा हातहाल्नु उचित हुन्छ भन्ने लाग्यो। सामान्य नागरिकको जीवनमा राजनिती र तिनले अपनाएको नितीले प्रभाव पार्ने ज्ञान पहिल्यै ममा आइसकेको थियो। त्यसैले सवैको जीवनसँग ठोकिने राजनितीमा हात हाल्दा देशलाई समृद्धीको पथमा डार्याउन सम्भव हुने ठाने। 
नेपालमा राजनिती मै मानिसहरु खराब छन् भने त्यसमा राम्रो मान्छेहरुहरुको प्रबेश गराउने तथा तिनीहरुका नितीहरु समयसापेक्ष नभएकाले त्यसमा परिवर्तनको खाचो औल्याउने उदेश्यले म राजनितीमा लाग्न अभिप्रेरित भए। 
हामीले नेपालमा जहिले पनि ‘वाद’ मा राजनितीलाई विभाजित गरेका छौ तर संसारको राजनितीे ‘वाद’ भन्दा धेरै अगाडी गइसक्यो। संसारको राजनिती हाम्रो जीवनसँग जोडिएको कुराहरुसँग जोडिएको छ। राजनिती त्यस्तो हुनुपर्यो जुन हाम्रो जिन्दगीसँग जोडिएको होस। 
अहिले लेनिनवाद, माक्र्सवाद, सामाजवाद भनेको छ, कतिपय आम जनताले त्यसलाई बुझ्दा पनि बुझ्दैन्। उनीहरुका विचार ‘आउटडेटेड’ नहोलान् तर त्यसलाई नेपालको राजनितीले कहिल्यै व्यवहारमा परिणत गर्न सकेन्। 
यदि हात्ती मुसासँग डराउँछ भने त्यो हात्तिको मनोबैज्ञाननिक डर हो। तर, मुसाले हात्तीलाई चुनौती दिन्छ भने त्यो मुसा शक्तिशाली चुनौतीकार हो
मेरो सोचाईमा राजनिती त्यस्तो हुनुपर्छ जुन आम मान्छेको होस, आम मान्छे बुझोस र आम मान्छेले उपभोग गर्न पाओस। निती भएर मात्रै हुदैंन नियत पनि राम्रो भएको मान्छे चाहिन्छ। नेपालमा हालसम्मको परम्परा अनुसार जसले जीवनमा केही गर्न सकिरहेको हुदैंन उ मात्रै राजनितीमा गएको देखिन्छ। मलाई काम गर्नसक्ने इमान्दार मान्छेहरु राजनितीमा जाने बातावरण बनाउँनसक्नु पर्यो भन्ने महसुस भयो र सोहीकुरालाई फलो गर्दै विवेकशील नेपालीमा प्रवेश गरे। 
विवेकशीलबाट मैले नेपालमा समयसापेक्ष निती ल्याउन सकियोस, जसले हाम्रो गरिबी हटाउन सकियोस, हामीमा भएको नैरश्यता हटाउन सकियोस, अवसरहरुको समान बाडँफाँड होस लगायतका विषयमा केन्द्रित भएर काम गरिरहेको छु। उत्कृष्टको पनि उत्कृष्टले राजनिती गर्नुपर्छ र राजनितीमा लाग्ने उत्कृष्टहरु पढाईले मात्रै हैन्, उसको काम गराई र इमान्दारिताले पनि हुनुपर्छ भन्ने कुरा मैले अगाडी सारेको छु। 
पछिल्लो समयमा आम मानिसहरुमा मेरो कामले स्वीकार्यता पायो कि जस्तो लाग्छ। नेपाललाई चाहेको निती र नेपाललाई चाहिएको जस्तो नेतृत्वको बहस हामीले छेडेका थियौ त्यो अहिले हामीमा मात्रै सिमित रहेन्। विभिन्न कोणहरुबाट, विभिन्न व्यक्ती, संगठनहरुले यस विषयमा बहस सुरुवात गरिसकेका छन्। त्यसलाई मैले सफलताका रुपमा लिएको छु। तर, यात्रा लामो छ। जबसम्म नेपाललाई समृद्ध बनाउन सक्दैनौ, आत्मनिर्भर बनाउन सक्दैनौ। त्यो यात्रा अगाडी बढाउनुपर्छ भन्ने मलाई लाग्छ। 
विवेकशील भित्र आइसकेपछि मेरो जीवनमा दुईवटा घटनाहरु ‘इन्टेष्ट्रिङ’ घटे। म सकरात्मक राजनिती प्रयोगमा विश्वास गर्छु। विवेकशील संगठन कै रुपमा हुँदा हामी कोठामा बसेर विभिन्न विषयमा छलफलहरु गथ्र्यौ। मैले उक्त छलफलमा सधै कोठामा बसेर केही नहुने र हामी सडकमा जानुपर्ने विषय उठाए। जब हामी कोठे बैठक छोडेर सडकमा जान थाल्छौ तबमात्र हाम्रो आम मान्छेहरुसँग सम्वाद हुन्छ। त्यसपछाडी हाम्रा विचारहरु सुनिन्छन्, आममानिसका विचारहरु हामीले सुन्ने मौका पाउछौ भन्ने मेरो प्रस्तावमा सवैको सहमती रह्यो र हामी प्लेकार्ड लिएर नेपाल बायुसेवा निगम अगाडी उभिने भयौ। 
विवेकशीलको सपना सम्पुर्ण नेपालीहरुलाई आत्मसम्मान पुर्वक बाच्न सक्ने बातावरण बनाउने हो। कुनैपनि देशमा गएर कुनैपनि नेपालीले आफुलाई कमजोर नठानोस। धक फुलाएर गर्वका साथ नेपाली भएकोमा गर्व गर्न लायक बनाउनु विवेकशीलको सपना हो। 
प्लेकार्ड लिएर ठिग्रिंङ उभिएका हामीलाई धेरै आवातजवात गर्ने मान्छेहरुले हेर्दै जाने गरिरहे। सोहीक्रममा एकजना हजुरआमा मेरो नजिकै आएर प्लेकार्डमा लेखिएको कुरा एकदमै गहिरिएर पढ्नुभयो। पढिसकेपछि उनले मेरो हात समात्दै बाबु यहाँ धेरै राम्रो कुरा लेखिएको छ, तिनीहरु धेरै राम्रो काम गर्दैछौ भनेर भन्नुभयो। ती एकजना बृद्धआमाले दिएको प्रतिक्रियाले मलाई यस्तो जिम्मेवार बोध गरायो कि मैले अझै धेरै गर्नुपर्छ भन्ने महसुस भयो। त्यसपछि सो प्लेकार्ड अभियानको सिरिज नै हामीले गर्यौ र त्यसले अहिले देशमा शान्तीपुर्ण विरोधको कल्चर नै बसाएको छ।
अर्को घटना, दोस्रो सम्बिधान सभाको चुनावमा उठ्दाखेरि थापागाउँमा म रिक्सा चलाईराखेको थिए। रिक्सा चलाउँदै चुनाव अभियानमा हिडिरहेका वेला कति मान्छेलाई भेटियो, कतिसँग कुरा गरियो खासै याद रहदैंन थियो। 
रिक्सा चलाउने क्रममा एकदिन शान्तीनगरमा बुवा उमेरका मान्छेहरुले मलाई रोके र आफ्नोतिर बोलाए। उनीहरुले चिया लिन भने। त्यत्रो चुनाव अभियानमा हिड्दा कसैले यसरी चिया अफर गरेको थिएन्। तर, ती बुवा उमेरका मान्छेहरुले चिया अफर गरेपछि मनआनन्दित भएर चिया खाइयो। 
चिया खादै गर्दा एक जना बुवाले भन्नुभयो, ‘अस्ति तिमले थापागाउँको उकालोमा रिक्सा हाक्दा खेरी तिम्रा पछि कोही थिएनन्, तिमी पसिनाले भिजेका थियौ तरपनि तिमले रिक्सा रोकेनौ। तिमीे अगाडी बढि नै रह्यौ। तिमीसँग जति चुनौती आएपनि अघि बढ्ने अठोट रहेछ, त्यसैले यो टोलका हामी सवैले भोट दिने निर्णय गरेका छौ।’ 
यी दुई घटनाहरुले मलाई सुसंस्कृत राजनितीमा लाग्न सधै प्रेरणा दिइरहन्छन्। 
विवेकशीलले सुधार्नुपर्ने कुरा
विवेकशीलले सुधार्नुपर्ने कुरा भनेको देशलाई जुन नेतृत्व चाहिएको छ, त्यसलाई अझै हुर्काउनुपर्छ। संख्यात्मक र गुणात्मक हिसाबमा नेतृत्व विकासमा जोडदिनुपर्छ। विवेकशीलको राम्रो पक्ष यो सधै नियमित रुपमा ‘इम्प्रिुभ’ भइरहने संस्था हो। यसको आफुले लिएका मुल्यमान्यताहरुको नियमित अभ्यास र प्रयोग गर्दछ र, अर्को चाही जस्तोसुकै समस्या जुनसुकै वेला आओस विवेकशीलले उपर्युक्त तरिकाबाट ह्याण्डल गर्नसक्छ। 
नेपालको राजनिती अहिले पनि परम्परागत तरिका मै शक्तिका लागि भनेर मात्रै गरिन्छ। चाहे त्यो युवा राजनितिज्ञ होस या अनुभवीमा। सवैलाई एक नम्बरमा पुग्नुपर्छ भन्ने होड छ। मेरो विचारमा जो नेता बन्छु भन्छ उसले कहिल्यै एकनम्बरमा आफुलाई उभ्याउनु हुदैन्। नेताले त एकसय जनालाई अगाडी राख्ने हो आफु पछाडी बस्ने हो। 
पाँच बर्षपछिको विवेकशील
अबको पाँच बर्षपछिको विवेकशीलले नेपाली राजनितीसँग नेपालीहरुको प्रत्यक्ष सम्बन्ध जोड्छ। हाम्रो राजनिती कहिले पनि ‘क्लियर’ छैन्। गणतन्त्र ल्याएर हामीले के पायौ त? अबको राजनिती भनेको रोजगारीसँग जोडिएको हुनुपर्छ, नागरिकको सुरक्षासँग जोडिएको हुनुपर्छ। मानिसको जीवनयापनसँग जोडिएको हुनुपर्छ। स्वतन्त्रता र समृद्धीसँग जोडिएको राजनितीको विकासको विवेकशीलले अबको पाँच बर्षमा गर्नेछ भन्ने लागेको छ। 
विवेकशीलको सपना सम्पुर्ण नेपालीहरुलाई आत्मसम्मान पुर्वक बाच्न सक्ने बातावरण बनाउने हो। कुनैपनि देशमा गएर कुनैपनि नेपालीले आफुलाई कमजोर नठानोस। धक फुलाएर गर्वका साथ नेपाली भएकोमा गर्व गर्न लायक बनाउनु विवेकशीलको सपना हो। 
मेरो सन्दर्भमा म विवेकशील भित्र त्यस्तो मानिस बन्नसकुँ, जसले सदैव विवेकशीलको नेतृत्वलाई उप्रेरित गर्न सकोस। मेरो फ्रण्ट लाईनमा देखिने कुनै चाहना हैन। म त्यस्ता बढी भन्दा बढी नेतालाई जन्माउन चाहान्छु जसले यो देशलाई समृद्धीको उचाइमा लिएर जान सकुँन्।   
आर्थिक विकासको आधारः ढुंगा, माटो, पानी बाटो
नेपाल हिमालयको देश हो। हामीले त्यसको प्रचुर उपभोग गर्नसक्नुपर्छ। हिमाललाई हामीले पर्र्यटन आकर्षित गर्ने मुख्य आधारका रुपमा प्रयोग गर्न सक्छौ। आरोहण गर्ने, पदयात्रा गर्ने, अध्ययन, अनुसन्धानका लागि पर्यटनहरुलाई हिमालमा आकर्षण गर्नसक्यौ भने नेपालको आर्थिक समृद्धिले चाडो फड्को मार्नसक्छ। 
नेपाल जलस्रोतमा दोस्रो धनी देश हो। एकातिर जलविधुतका आयोजनाहरु निर्माणमा तिब्रता दिनुपर्छ भने अर्कातिर खानयोग्य पानी प्रशोधन गरेर हामीले बिक्री मात्रै गर्नसक्यौ भने त्यसबाट ठुलो आम्दानी गर्न सकिन्छ। हामी काठमाडौंमै त बर्षेनी अर्बौ लिटर पानी उपभोग गर्छौ भने विदेशमा सप्लाई गर्नसक्यौ भने त्यसबाट नेपालको आर्थिक स्थितीको कायापलट हुनसक्छ।
मेरो सोचाईमा राजनिती त्यस्तो हुनुपर्छ जुन आम मान्छेको होस, आम मान्छे बुझोस र आम मान्छेले उपभोग गर्न पाओस। निती भएर मात्रै हुदैंन नियत पनि राम्रो भएको मान्छे चाहिन्छ।
कृर्षीप्रधान देश नेपालमा कृर्षीलाई आधुनिकीकरण गर्दै सुरुमा आफु आत्मनिर्भर बन्न जरुरी छ भने त्यसबाहेकका कृर्षीजन्य सामाग्रीहरु हामी बिदेश सप्लाई गरि नेपालको आर्थिक अवस्था उकास्न सक्छौ। ‘फुड सेक्युरिटी’ का सम्बन्धमा हामी सदैव सचेत रहनुपर्छ। हामीलाई आवश्यक खाद्यान्नको भण्डारणमा पनि उत्तिकै ध्यान पुर्याउनु जरुरी छ।
बाटोको सन्दर्भमा, हामीले भारत जस्तै चीनसँग जोडिने बाटोहरुको विकास गर्नुपर्छ। चीन र भारतका बिच बर्षेनी अर्बौको ब्यापारहुने गरेको छ। त्यसलाई हामीले नेपालको बाटो हुदैं भारत पठाउन सक्यौ भने मात्रै हामीलाई त्यसबाट प्रशस्त आम्दानी हुनसक्छ। त्यसैले देशभित्रै सडकसञ्जाल विस्तारका लागि हामीले चाडै पहल गर्नुपर्छ। 
यसका लागि हाम्रो सोचाई र व्यवहारमा परिवर्तन हुन आवश्यक छ। अहिलेसम्म हामी देश परिवर्तन भैहाल्छ भनेर गफ गरेर बसिरहेका छौ। गफ गरेर, पर्खिएर मात्रै आर्थिक समृद्धी सम्भव हुदैंन। त्यसैले राम्रो ईमान्दार सोच भएका मानिसहरुले मुलनिती राजनितीमा सुसंस्कृत राजनितीमा आउनु जरुरी छ।  
मतपरिणामः संकेत शुभ, सन्देश अझै मेहनत गर
पहिलो चरणको स्थानिय चुनावमा पाएको मत परिणामलाई विवेकशीलले शुभसंकेतका रुपमा लिएको छ। हामीले पाएको भोटको सन्देश नागरिकहरुले यस देशमा विकल्प खोजिरहेको र जसले यो देशलाई केही गर्न सक्छ तिनीहरु राजनितीमा आउन भन्ने आकांक्षा आम मानिसमा रहेको भन्ने हो। आकांक्षा त  पहिले पनि थियो तर व्यक्त गर्ने ठाउँ थिएन्, तर अहिले सुसंस्कृत राजनिती गर्छु भनेर आउने मान्छेले देशलाई चाहेको कुरा दिनसक्छन कि भन्ने आममानिसलाई लागिरहेको छ। विवेकशील नेपालीले यसलाई मत हामीले पाऔं भनेर हौसिनुभन्दा पनि जिम्मेवारी हामीले हासिल गरौ भनेर गम्भिर रुपमा लिनुपर्छ। 
नाकाबन्दीको त्यो घटना 
मेरो श्रीमती यूकाको शान्त भएर काम गर्ने बानी छ। अघिल्लो बर्ष देशमा भारतको नाकाबन्दी थियो। म विवेकशील कै काममा व्यस्त थिए। म आफू कहिले साईकल चलाउथे, कहिल्यै बाइक चलाउँथे। 
एकदिन भाईले सोध्यो, भाउजु कसरी ओहोरदोहोर गरिरहनुभएको छ? मैले सधैजसरी सार्वजनिक बसमा चढेर ओहोरदोहोर गर्छिन होला भने। त्यसैबेला भाईले बाहिर देखाउँदै भन्यो उ भाउजु त बसको छतमा चढेर गइरहनु भएको छ। म झसंग भई। कताकता डर पनि लाग्यो। महिला मान्छे, भिडभाड बसको छतमा कसरी यात्रा गर्न सकेकी होलिन? अर्कातिर खुशी पनि लाग्यो। मेरी श्रीमती जे पनि संघर्ष गर्न सक्दि रहेछ। 

घरमा आएपछि उनलाई सोधे, तिमी बसको छतमा चढेर आवतजावत गर्दिरहेछौ है? उनले भनिन्,– ‘भित्र ठाउ नै थिएन्, ओर्लिन र उक्लिने बेला पनि बस हुत्याएर ल्याउँछ, हुत्याएर लैजान्छ। उक्लिन ओर्लिन पनि समय हुदैन्, त्यसैले माथि छतमा चढेर यात्रा गरे।’ मैले छतमा यात्रा गर्दाको उनको अनुभव सोधे। उनले भनिन्, ‘मलाई साह्रै राम्रो लाग्यो। छतमा भएका यात्रुहरु मिठा गफ गर्छन्, म पनि कुरा गर्छु। अझ दुई, तीन जना त साथी पनि बनिसकें।'

No comments:

Post a Comment