Saturday 10 June 2017

छोराहरूको भविष्यका लागि जुटेका अभिभावक

काठमाडौं पेप्सीकोलाका व्यवसायी तथा राजनितिज्ञ भरतकुमार शाहीको दैनिकी अत्यन्त व्यस्त थियो। व्यवसाय र राजनितिको व्यवस्ताले उनले क्रिकेट तथा अन्य खेलप्रति त्यति चासो राख्न पाएका थिएनन्।
उनै शाही हिजोआज खेलक्षेत्रको विकासमा तल्लीन छन्। शाही ५८ लाखको लागतमा काठमाडौंमा बुधबारबाट नेक्सस यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताका आयोजक हुन्। शाहीलाई क्रिकेटसँग छोरा विपीनले सम्बन्ध जोडिदिएका रहेछन्।
म क्रिकेटसँग जोडिएको झन्डै सात वर्ष पुग्न थाल्यो। सुरूमा नेपाली क्रिकेटमा व्यावसायिकताको सुरूवात गरौला भन्ने सोचिएको थिएन,’ प्रतियोगिता आयोजक नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष समेत रहेका शाहीले भने, ‘छोराको क्रिकेटमोहमै म पनि होमिएँ। प्रत्येक शनिबार आफ्नो व्यस्त दैनिकीबाट छोरोलाई क्रिकेट प्रशिक्षणमा लैजान्थें।
छोराले क्रिकेटप्रति लगाव देखाउन थालेपछि उनलाई राष्ट्रिय खेलकुद परिषद अन्तर्गतको साइन्स स्पोर्टस एकेडेमीको पहिलो ब्याचमा भर्ना गरिएको शाहीले सम्झिए। छोरालाई ल्याउनेपुर्याउने आफैं गर्थे। प्रशिक्षण केन्द्रमा छोराले प्रशिक्षण लिन्थ्यो र म भने छोराको कौशल टाढैबाट नियाल्थें। त्यतिबेलानेपालमा क्रिकेटको क्रेज अत्यधिक थियो,’ उनले भने, ‘नेपालले टि२० विश्वकप पनि खेल्यो। छोरालाई एकेडेमी ल्याउने तथा लैजाने क्रममा क्रिकेटर तथा प्रशिक्षकसँग मेरो परिचय बढ्यो र अन्तक्रिया हुन थालेपछि म क्रिकेट तिर आकर्षित भएको हुँ।
तीनचार वर्ष उनले छोरालाई एकेडेमी लैजान र ल्याउने क्रम जारी राखे। छोराको खेल कौशलमा निखार आउन थालिसकेको थियो। तरव्यावसायिक खेलाडी बनाउन दैनिक प्रशिक्षण मात्रै पर्याप्त थिएन। त्यसका लागि म्याच एक्सोजर पनि त्यतिकै आवश्यक पथ्र्यो भने म्याच एक्सोजरका लागि देश विदेशको टुर गराउनु पथ्र्यो।
यस अवधिमा हामी अभिभावकहरूले खेलाडीहरूले म्याच एक्सोजर पाउन् भनेर विभिन्न म्याच पनि गरायौं,’ शाहीले भने, ‘व्यक्तिगत लगानी र पहलमा देशविदेशका टुर पनि गरायौं। ती बाहेक हाम्रा छोराहरूले कतै खेल्ने अवसर पाएनन्। नेपालमा सम्बन्धित निकायको अस्तव्यस्तताले लामो समयको खर्चअभिभावकको लगानीअनि छोराको मेहनत देखाउने प्लेटफर्मकै अभाव रहेको महसुस भएपछि हामीले नै प्लेटफर्म दिने जमर्को गरेका हौं।
छोराले क्रिकेट प्रशिक्षण गरिरहेका बेला मैदान बाहिर उनी नेपाली क्रिकेटका विभिन्न आयामहरूका विषयमा बहस गरिरहेका हुन्थे। क्रिकेटरसँगको बहसमा खेलाडीको मेहनतले नेपाली क्रिकेटले पाएको सफलतालाई व्यवस्थापन पक्षले न्याय दिन नसकेको निष्कर्ष निस्कन्थ्यो। भरतले भने, ‘नेपाली क्रिकेटको कमजोर व्यवस्थापनले प्रतिभावान युवा खेलाडीहरूले मौका नपाएरै क्रिकेट करिअर सिध्याउनु परेको यथार्थ क्रिकेटर तथा गुरुहरूले सुनाउँथे।’ 
त्यतिबेला नै यस कुराले उनका मनमा चिसो पसिसकेको थियो। उनले अभ्यासमा व्यस्त आफ्नो छोरातर्फ फर्के र सोचे– छोराले क्रिकेटमा आफूलाई समर्पित गर्न दिनरात पसिना चुहाएको छ। छोरोको लक्ष्य पूरा होस् भनेर सम्पूर्ण काम थाती राखेर उसकै व्यवस्थापनमा समय खर्चिएको छु। तरयसको प्रतिफल के त?
दिनरात मेहनत गर्ने आफ्नो छोरा र छोरासँगैका उसका साथीहरूको भविष्य अन्योल नहोस् र बढीभन्दा बढी म्याच एक्सोजर पाउन भन्ने उद्देश्यले पहिलोपटिक ७ वटै प्रदेशका टिमहरू समेटेर राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेका हौं,’ उनले भने।

राष्ट्रिय क्रिकेट टोली निर्माणको आधार भनेकै स्कुल क्रिकेट (यु१६) हो। यु१६ का खेलाडीहरूलाई उनीहरूका इच्छा र राष्ट्रको खाँचो बमोजिम ढाल्न सकिन्छ। देशलाई भविष्यमा खाचो पर्ने खेलाडीहरू यही उमेरबाट योजनाबद्ध रुपमा विकास गर्नुपर्ने हो। तल्लोतहदेखि नै खेलाडी उत्पादन गर्न टेष्ट प्लेइङ राष्ट्रमा भने सहरैपिच्छे सुविधा सम्पन्न एकेडेमी छन्। एकेडेमीका आफ्नै होस्टल छन्उनीहरुका प्राईभेट मैदान पनि हुन्छन्। जहाँ दक्ष प्रशिक्षकको व्यवस्था हुन्छ। खेलाडीहरूलाई बढीभन्दा बढी म्याच एक्सोजर दिई खारिलो बनाउन राष्ट्रिय अन्तर्राष्ट्रिय टुर गराइन्छ। खेलाडीहरूको फिटनेशका लागि जिमस्वीमिङको व्यवस्था गरिएको हुन्छ। उनीहरुमा सकरात्मक सोचको विकास गराउन मोटिभेसनल कक्षा सञ्चालन गरिन्छन्। रयी सबैलाई त्यहाँको सरकार तथा खेलकुद निकायहरुले साथसहयोग र सहकार्य गरेका हुन्छन्।
तरतत्कालीन अवस्थामा नेपालका लागि यो दिवास्वप्नजस्तै हो। नेपालमा उमेर समूहका प्रतियोगिता हुन छाडेको दुई वर्षभन्दा बढी भइसक्यो। नेपाल क्रिकेट संघ क्यान निलम्बनमा छ। सिनियर टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न बञ्चित नगराएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नै नेपाली क्रिकेट हाँकेको छ। एक अर्थमा बुझ्दा नेपाली क्रिकेट विदेशी (आईसीसी) ले चलाइरहेको छ।
यसबीचआफ्ना सन्तानलाई क्रिकेटर बनाउने सपना देखेका भरतकुमार शाहीजस्ता थुप्रै अभिभावकहरुले नेपाली क्रिकेटमा आ-आफ्नो ठाउँबाट योगदानको पहल थालेका छन्। जस अन्तर्गत शाहीको अध्यक्षतामा रहेको नेक्सस क्रिकेट एकेडेमीले ५८ लाखको लागतमा देशभरका यु१६ खेलाडीहरुलाई राजधानीमा भित्र्याई नेक्सस कप यु१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता बुधबारदेखि राजधानीमा सुरू गर्दैछ।
७ प्रदेशका २८ टिम ३ सय ९२ खेलाडीविभिन्न चार वटा क्रिकेट मैदानको प्रयोगव्यवस्थापनप्रचारप्रसारखेलाडी खानाआवासको व्यवस्थाअफिसियलहरूको भत्तालगायतको बन्दोबस्त मिलाउनु छ। १७ दिन चल्ने प्रतियोगितामा लाखौं रुपैयाँ खर्च हुने देखिएको छ।
त्यसका लागि आयोजकहरु विभिन्न प्रायोजकहरुको घरदैलोमा पनि नगएका हैनन्। तरक्रिकेट प्रतियोगिता आयोजना गर्नका लागि प्रायोजक सहयोग माग्न जादा यहाँका कम्पनीहरूले नाक खुम्च्याएको अनुभव शाहीसँग छ। आफ्नो अनुभव सुनाउँदै उनले भने, ‘बरु मलाई प्रायोजकहरुले फुटसल लिग गराउनुस् लाखौंको सहयोग गर्छु भने तर क्रिकेट प्रतियोगिताका लागि भने रित्तो हात फर्काए।
तरपनि शाही तथा उनको टिमले हरेस खाएको छैन। उनले भने, ‘प्रतियोगिता आयोजनाका लागि पैसा नपुगे हाम्रो पकेटबाट हाल्छौं तर हाम्रा छोराहरूको भविष्यमा कुनै सम्झौता गर्ने छैनाैं।’ म्याच एक्सोजरको अभावमा थलिएका यु१६ का खेलाडीहरूमा प्रतियोगिताले ऊर्जा थप्ने उनको विश्वास छ।
आयोजकले प्रतियोगितालाई राष्ट्रिय क्रिकेट प्रतियोगिता’ भनेको छ। देशभरिका सबै प्रदेशबाट खेलाडीसहितका एकेडेमी तथा क्लबहरुको सहभागितामा सञ्चालन गर्न लागिएकाले यसलाई राष्ट्रिय प्रतियोगिता भनिएको हो। तरएकथरीको भनाइ भने राष्ट्रिय प्रतियोगिता हुन कि त क्यानको आयोजना हुनुपर्यो या सरकारी निकायले गर्नुपर्यो भन्ने रहेछ,’ शाहीले भने, ‘प्राइभेट सेक्टरले गरेको प्रतियोगितालाई राष्ट्रिय प्रतियोगिता भन्न मिल्दैन भन्ने उहाँहरुको धारणा छतर कसले के भन्छ हामीलाई मतलब छैनआयोजक जो सुकै भए पनि गर्ने यसरी नै थियो र गर्ने यसरी नै हो।
प्रतियोगिताबाट प्रतिभावान खेलाडीहरुको छनोट गर्न आयोजकले सरकार तथा सम्बन्धित निकायहरूलाई अनुरोध पनि गरेको छ। देशभरिकै उत्कृष्ट झन्डै ४ सय जना यु१६ का खेलाडीहरु प्रतियोगितामा सहभागिता जनाउने छन्। तीमध्ये उत्कृष्ट ३०/३५ जना खेलाडी छानी उनीहरूलाई विशेष क्याम्पमा राख्नुपर्ने सुझाव उनको छ। क्याम्पमा राखिएका खेलाडीहरूलाई विशेष प्रशिक्षण दिन सकेको अवस्थामा उनीहरू भविष्यको नेपाली क्रिकेटको धरोहर बन्ने उनको विश्वास छ। यदि सरकार र सम्बन्धित निकायले क्याम्पका लागि खर्च जुटाउन सक्दैन भने पनि आफूहरूले त्यसको व्यवस्थापन गरिदिने उनले बताए। सम्बन्धित नेपाली क्रिकेटका स्टकहोल्डरले यसमा चासो देखाउनुपर्ने उनको भनाइ छ।
सरकारले खेलाडीहरूलाई म्याच एक्सोजर दिन प्रतियोगिताहरूको आयोजना गर्न सक्दैन भने निजी क्षेत्रका लागि बाटो खोलिदिनुपर्ने सुझाव उनको छ। एक्लो सरकारले यत्रो प्रतियोगिता आयोजना गर्दा दुई करोड भन्दा बढी खर्च हुन्छ। तरहामीले गर्ने प्रतियोगितामा सहभागि सम्पूर्ण देशभरिका २८ एकेडेमीले खर्चमा हिस्सेदारी गरेका छन्। हामीले ३० हजार इन्ट्री फि लिएका छौं। साथैहामीले एउटा टिममाथि एक लाखभन्दा बढी खर्च पनि गरेका छौं,’ उनले भने, ‘सरकारले आयोजना गर्नुपर्ने प्रतियोगिताहरू आफूहरूले आयोजना गरि सरकारको आर्थिक बोझ कम गरिदिएका छौं।
उनको भनाइमा सरकारी निकायले धेरै खर्चै गर्नुपर्दैन। प्रत्येक वर्ष सरकारी निकायले १० लाख मात्रै यु१६ प्रतियोगिताका लागि छुट्याइदिए र प्रतियोगिता आयोजना गर्न विभिन्न व्यावसायिक संस्थाहरूलाई प्रस्ताव आह्वान गरे इच्छुक संस्थाहरूले सरकारी निकायमा प्रस्ताव दर्ता गर्नेछन् र उपयुक्त प्रस्तावलाई स्वीकार गरि सरकारले ती संस्थालाई आयोजनाको जिम्मा सुम्पिनुपर्ने उनको सुझाव छ। आयोजनाको अन्य लागत खर्च प्रस्ताव स्वीकार भएको संस्थाले विभिन्न प्रायोजकहरू खोजेर गर्ने उनको विश्वास छ। हामीले यो प्रस्ताव सरकारी निकायलाई पनि लगेका हाैं,’ शाहीले भने, ‘तरमौखिक रुपमा आश्वासन पाउनबाहेक व्यावहारिक रुपमा यसैले चासो देखाउनु भएको छैन।
नेपालको क्रिकेटलाई गुलाबको फूलसँग दाँज्दै क्रिकेटका प्रशिक्षक श्यामसंगजंग थापा भन्छन्, ‘गुलाबको फूल मज्जाले फुलेको छबास्ना पनि दिएको छसबै जना मख्ख पनि पर्छन्। तरजरा कुहिन लागि सक्यो। जरा मजबुद पार्नुपर्यो। पाँच वर्ष अगाडिका यु-१९ खेलाडी अहिले सिनियर टिमबाट खेलिरहेका छन्। पाँच वर्षपछिको सिनियर राष्ट्रिय टिमका खेलाडीहरू उत्पादनमा हामीले आजबाटै नलाग्ने हो भने नेपाली क्रिकेट शून्य हुन्छत्यसैले उमेर समूहको क्रिकेट विकासमा जोड दिनुपर्छ।

No comments:

Post a Comment