Friday 21 February 2020

आधुनिक नेपाली क्रिकेटमा पारसको अविश्वसनीय यात्रा


यो सामाग्रीमा असोज २८, २०७६, मंगलबार नेपालखबर डटकममा प्रकाशित छ।  
कप्तान पारस खड्काले नेतृत्व छाड्ने घोषणा गरेसँगै नेपाली आधुनिक क्रिकेटको एक कुशल नेतृत्वकर्ताको अन्त्य भएको छ। 
पारस सन् २००४ देखि नेपाली सिनियर टोलीका सदस्य भएका थिए। सन् २००९ देखि विनोद दासको स्थानमा कप्तानी सम्हालेका पारसले नेपाललाई डिभिजन ५ हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय ऐतिहासिक मान्यता समेत दिलाएका थिए।
आधुनिक नेपाली क्रिकेटमा पारस सबैभन्दा सफल खेलाडी हुन्। सोमबारमात्रै नेपाली क्रिकेटमाथि आइसीसीले लगाएको निलम्बन फुकुवा गरेको खुशी सकिन नसक्दै पारसले मंगलबार अपरान्ह कप्तानी छाडेको घोषणा गरेका हुन्। 
Great to know that the suspension of Nepal cricket has been lifted and would like to wish the new committee to work for the betterment of Nepal cricket,players and its stake holders.
I have hereby decided to resign from my post as the captain of Nepal cricket team.
Jai Nepal !!
View image on Twitter
1,756 people are talking about this
पारसले विज्ञप्तिमा नेपाली क्रिकेटमाथि लागेको निलम्बन फुकुवा भएको थाहा पाउँदा निकै खुशी र नयाँ समितिले नेपाली क्रिकेट, खेलाडी तथा सरोकारवालाहरुको राम्रा लागि गरोस भन्ने कामना गर्दै आफूले अहिलेदेखि नै लागू हुने गरी नेपाली क्रिकेट टोलीको कप्तानबाट राजिनामा दिएको उल्लेख गरेका छन्। 
पारसले भनेका छन्, 'नेपाली क्रिकेटमाथि लागेको निलम्बन फुकुवा भएको थाहा पाउँदा निकै खुशी र नयाँ समितिले नेपाली क्रिकेट, खेलाडी तथा सरोकारवालाहरुको राम्रा लागि गरोस भन्ने कामना गर्दछु। मैले अहिलेदेखि नै लागू हुने गरी नेपाली क्रिकेट टोलीको कप्तानबाट राजिनामा दिने निर्णय गरेको छु। नयाँ शुरुवातका नयाँ तरिकाबाट हो र टोलीलाई अघि बढाउने गरी सबैको सहभागिता रहोस भन्ने चाहान्छु। यो अविश्वनीय यात्राको क्रममा मलाई सहयोग गर्ने सबै खेलाडी, कोच, अम्पायर, साथीहरु, ग्राउन्ड म्यान तथा मेरा परिवारलागि धन्यवाद व्यक्त गर्छु। जय नेपाल।'
सुरुवाती क्रिकेट

पारसको क्रिकेट टुँडिखेलबाट सुरु भयो। तर, १५ वर्षसम्म पनि पारसको दिमागमा क्रिकेटर बन्छु भन्ने थिएन्। उनी राम्रा बास्केटबल खेलाडी पनि थिए। काठमाडौंका युवाहरुको कल्चर विदेश जाने थियो। सायद काठमाडौंका रैथाने पारसको पनि त्यस्तै विदेश भासिने सपना थियो कि।
तर, १५ वर्षमुनिको टोलीमा छनौट भएपछि पारसमा क्रिकेटको भुत चढ्दै गयो। सुरुवाती दिनहरु सम्झदै पारस भन्छन्, ‘किशोराअवस्थामा देशका लागि खेल्ने मेरो सपना त थियो तर दिमागमा गन्तव्य भने अर्कै थियो। जब म १५ वर्षमुनिको टोलीमा छनौट भए तब मेरो दिमागपनि क्रिकेट तिरै ढल्यो।’
पारसले २००२ मा यूएईमा भएको यु–१५ एसिया कपमा पहिलोपटक नेपालको जर्सी लगाउनु नेपालले स्टार खेलाडी पाउनुको कारण बन्यो। अर्कोवर्ष पारसले १९ वर्षमुनीको नेपाली टोलीबाट खेले। त्यसबेला कराचीमा भएको यूथ एसियाकपमा पारसले भारतविरुद्ध खेल्ने मौका पाएका थिए।
सन् २००४ मा पहिलोपटक बंगलादेशमा भएको एसीसी यू–१९ विश्वकप खेलेको पारस सहितको टोलीले दक्षिण अफ्रिकालाई हराएको थियो।
सिनियर डेब्यूबाट उकालिदो ग्राफ

सन् २००४ मा नै उनले एसिसी इन्टरकन्टिनेन्टल कप अन्तर्गत काठमाडौंमा भएको मलेसियाविरुद्धको खेलबाट सिनियर टिममा डेब्यू गरेका थिए। त्यसपछि सिनियर टोलीमा उनको ग्राफ उकालो लाग्दै गयो। जुन हालसम्म पनि रोकिएको छैन।
सन् २००५ उनी यू–१९ टिमको उपकप्तान भएको टोलीले २००६ मा श्रीलंकामा खेलेको आइसीसी यू–१९ वल्र्डकप प्लेट च्याम्पियनसिपमा दक्षिण अफ्रिकालाई सेमिफाइनलमा र न्युजिल्याण्डलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो।
पारसले सन् २००७ मा मलेसियामा भएको एसीसी यु–१९ च्याम्पियनसिपबाट सो उमेर समूहको टोलीको कप्तानी सम्हाले। सोही प्रतियोगिताको उनी उत्कृष्ट खेलाडी पनि घोषित भए भने त्यसै वर्ष एसीसी इमर्जिङ प्लेयर अफ द इअरको अवार्ड हात पारे।
उमेर समूहका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएपछि उनले सन् २००७ मा कुवेतमा भएको एसीसी टि–२० कपमा सिनियर टिममा उपकप्तानीको जिम्मेवारी पाए।
सफल नेतृत्व

सन् २००९ यता पारस राष्ट्रिय टोलीका कप्तान हुन्। युएईमा भएको एसिसी टि–ट्वान्टी ट्रफीबाट उनलाई राष्ट्रिय टोलीको कप्तानीको जिम्मेवारी दिइएको थियो।
लगत्तै सन् २०१० मा उनको कप्तानीमा काठमाडौंमा भएको डिभिजन ५ मा नेपाल च्याम्पियन बन्यो। जुन आइसीसीको ठूलो प्रतियोगिता जितेको नेपालले पहिलो पटक थियो। घरेलु दर्शकमाझ राष्ट्रिय टोलीलाई डिभिजन ५ को उपाधि दिलाएपछि उनी नेपाली समर्थक माझ लोकप्रिय बन्दै गए।
डिभिजन ५ देखि हाल ओडिआई खेलिरहँदा पारसको प्रदर्शन अझै सुदृढ बन्दै गयो। २०१२ मा मलेसियामा भएको डिभिजन चारमा नेपाललाई च्याम्पियन बनाएका पारसले त्यसैवर्षको एसिसी ट्रफी इलाइटको उपाधि नेपाललाई जिताउनुका साथै आफू प्लेयर अफ द सिरिज पनि बनेका थिए।
सो प्रतियोगितामा उनको रन औषत ७२.७५ को हुनुका साथै ९ विकेट पनि लिएका थिए। सोही प्रतियोगितामा कुवेत विरुद्ध उनले पहिलो शतक प्रहार गरेका हुन्।
सन् २०१३ मा भएको एसीसी टी–२० कपमा पनि उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी बने। भने सोहीवर्ष बर्मुडामा भएको वल्र्ड क्रिकेट लिग डिभिजन ३ मा नेपाललाई च्याम्पियन बनाउँदै टी–२० विश्वकप छनोटमा पुर्याए र छनोटमा तेस्रो बन्दै नेपालले सन् २०१४ को आइसिसी टी–२० विश्वकपमा छनोट भयो।
टी–२० विश्वकपमा नेपालका लागि हङकङ र बंगलादेशविरुद्धको खेलमा उनले समान ४१–४१ रन प्रहार गरेका थिए। हङकङविरुद्ध उक्त विश्वकपको पहिलो बलमै इर्फान अहमदको विकेट लिदैँ उनी विश्वकपको पहिलो बलमै विकेट लिए विश्वकै आठौं खेलाडी बनेका थिए। 
विश्वकप छनोट ट्रफीका साथमा कप्तान पारस खड्का
विश्वकप छनोट ट्रफीका साथमा कप्तान पारस खड्का
अफगानिस्तानविरुद्ध सो विश्वकपमा ९ रनको सनसनीपूर्ण जित निकाल्ने क्रममा पारसले दुईवटा उत्कृष्ट क्याच लिएका थिए। त्यसक्रममा उनलाई धेरै मिडियाहरुले नेपालको कपील देव भन्दै उल्लेख गरे। सोहीप्रतियोगिता पछि नेपालले पहिलो पटक टी–२० अन्तराष्ट्रियको मान्यता पाएको थियो।
टी–२० अन्तराष्ट्रियको मान्यता पाएकै बेला नेपालले नेदरल्याण्ड्ससँग चार खेलको श्रृखंला खेलेको थियो। उक्त श्रृखंला नेदरल्याण्ड्सले ३–१ ले जितेपछि पारस नेदरल्याण्ड्सका अहसान मलिकसँगै म्यान अफ द सिरिज चुनिएका थिए।
मार्च २०१५ मा भएको इमिरेट्स टी–२० प्रीतयोगिताका लागि उनी मेरिलोबेन क्रिकेट क्लबको टोलीमा पनि समेटिएका थिए।
त्यसयता नेपाललाई २०१५–१७ सम्म विश्व क्रिकेट लिग च्याम्पियन्ससिपको नेतृत्व गरेका पारसले यसैवर्षको फ्रेब्रुअरीमा भएको डिभिजन दुईको उपविजेता बनाउँदै मार्चमा जिम्बाबेमा हुने विश्वकप छनोटमा पुर्याए भने उक्त छनोटमा आठौं बन्दै नेपालले एकदिवसीय अन्तराष्ट्रियको मान्यता हासिल गर्यो।
सफलताको रहस्य
पारस खड्का
पारस खड्का
नेपाली सफलताको कारण टिमस्प्रिट भएको उनी बताउँछन्। पारस भन्छन्, ‘हाम्रो टिम स्प्रिट गज्जबको छ। त्यो हाम्रा लागि सबैभन्दा ठूलो प्लसप्वाइन्ट हो। हामी प्रत्येक रन र प्रत्येक विकेटका लागि मरिमेट्छौं।’
आफ्नो कप्तानीमा सबैको उत्तिकै मेहनतले गज्जब यात्रा तय भएको बताउँदै पारस यसले निरन्तरता पाउनेमा विश्वस्त छन्। उनी भन्छन्, ‘कप्तानका रुपमा यो गज्जबको यात्रा रह्यो र मलाई आशा छ यसले निरन्तरता पाउनेछ। सबैभन्दा महत्वपूर्ण कुरा प्रदर्शन दिदैँ जानु र टोलीलाई अघि बढ्न सघाउनु हो।’
पारसका शतकहरु:-

  • २०१६ अप्रिल १८ मा  विश्वक्रिकेट लिग च्याम्पियनसिपमा  नामिबियाविरुद्ध - १०३ रन  
  • २०१८ फेब्रुअरी ८ मा विश्वक्रिकेट लिग डिभिजन २ मा  युएईविरुद्ध    - ११२ रन
  • २०१९ जनवरी २८ यएईविरुद्धको एकदिवसीय शृंखला, यूएई- ११५ (१०९ बल, १५ चौका, १ छक्का)
  • २०१९ सेप्टेम्बर २८, टि-२० त्रिदेशीय शृंखलामा सिंगापुरविरुद्ध, सिंगापुर- १०६* (५२ बल, ७ चौका र ९ छक्का)  

No comments:

Post a Comment