(यो सामाग्री असोज ९, २०७६, बिहिबार नेपालखबर डटकममा प्रकाशित छ)
यज्ञराज जोशी । सबै ठिकठाक भएको भए यतिबेला श्यान्टु श्रेष्ठ टेबल टेनिस कोर्टमा हुन्थे। मंसिरमा घरेलु मैदानमै हुने दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम प्रशिक्षण छनोट आज बिहीबार थियो। त्यसैमा उनी पहिलो पटक साग खेल्ने सपना साकार पार्न अन्तिम परिक्षा दिइरहेका हुन्थे। पछिल्लो लगातार तीन पटकका राष्ट्रिय च्याम्पियन नम्बर एक खेलाडी श्यान्टु राष्ट्रिय टोलीमा छनोट हुने निश्चितै थियो। अझ उनीबाट देशले मेडलको अपेक्षा पनि राखेको थियो।
तर बुधबार बिहानै भएको एक घटनाले कोर्टमा हुनुपर्ने श्यान्टुलाई ‘बेड’ पुर्याइदिएको छ। उनी कम्तिमा चार हप्ता बेड रेस्ट गर्नुपर्ने भएको छ, अनि उनको साग सपना अन्योलमा परेको छ।
बुधबार बिहान ११ बजे श्यान्टु लैनचोरबाट प्रशिक्षण सकेर मैतीदेविस्थित कलेज जादैँ थिए। बानेश्वर पुग्दा ठिक्क जाम खुलेको थियो। उनको केही अघि माइक्रोले मान्छेहरु चढाई रहेको थियो। श्यान्टुले माइक्रोले मान्छेहरु ओसारेर सिधा अघि बढ्छ होला ठाने र मोटरसाइकल अघि बढाए। तर, उनको अपेक्षा विपरित माइक्रोले उनी हुँकिरहेको लेनमा यू–टर्न लियो। त्यतिञ्जेल नजिकै पुगिसकेका श्यान्टुले झ्याप्प ब्रेक लगाए, बाइक चिप्लियो। उनको टाउको माइक्रोमा ठोक्कियो। टाउकोबाट रगत बग्यो। खुट्टामा बाइक खस्यो। खुट्टा चलाउनै नमिल्ने गरि मरक्क भयो।
छनोटको अघिल्लो दिनमात्रै मोटरसाइकल दुर्घटनामा परेपछि श्यान्टुको साग सहभागिता अन्यौलमा परेको छ। तस्बिर: प्रविन कोइराला
उनी अर्धबेहोस अवस्थामा पुगे। मान्छेहरुको भिडभाड जम्मा भयो। कसैले उनलाई तत्काल ट्याक्सीमा राखेर नजिकैको सिभिल अस्पतालमा पुर्याए। अस्पतालमा पुग्दा दायाँ खुट्टाको पछाडिको हड्डी भाँचिएको थाहा पाए। काँधको लिगामेन्ट पनि च्यातिएको थियो। सिभिलले खुट्टामा प्लास्टर गरिदियो। टाउकोमा पनि रगत बगेकाले थप उपचारका लागि उनी बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पताल पुगे। एक रात अस्पतालमै बिताएपछि श्यान्टु बिहीबार बिहान मात्रै घर फर्किएका छन्।
‘चार हप्ता डाक्टरले आराम गर्नु भनेको छ,’ घरमा आराम गरिरहेका श्यान्टुले नेपालखबरसँग भने, ‘बिहानैदेखि मनमा बेचैनी भइरहेको थियो। अर्कै, अर्कै लागिरहेको थियो। चप्पलहरु पनि उल्टा फर्किएको देखिरहेको थिए। भोलिपल्ट(बिहीबार) सागको अन्तिम छनोट भएकाले पनि होला भन्ने ठाँने तर, त्यो दुर्घटनाको संकेत रहेछ।’
एक मौकाको आश
दुर्घटनाले बाहिरी शरीर जति दुखेको छ, त्यो भन्दा चोट उनलाई मनमा परेको छ। उनले घरेलु मैदानमै भइरहेको सागमा कम्तिमा पनि काँस्य पदक ल्याएर इतिहास रच्ने लक्ष्य राखेका थिए। नेपाली टेबल टेनिसले जित्न नसकेको मेडल भित्र्याउने उनको सोचाई थियो। श्यान्टु उच्च लयमा पनि थिए। आठौं राष्ट्रिय खेलकुदमा च्याम्पियन उनले भर्खरै एसियन च्याम्पियसिपको अनुभवले पनि आफूलाई खारेका थिए।
दुर्घटनाले बाहिरी शरीर जति दुखेको छ, त्यो भन्दा चोट उनलाई मनमा परेको छ। उनले घरेलु मैदानमै भइरहेको सागमा कम्तिमा पनि काँस्य पदक ल्याएर इतिहास रच्ने लक्ष्य राखेका थिए। नेपाली टेबल टेनिसले जित्न नसकेको मेडल भित्र्याउने उनको सोचाई थियो। श्यान्टु उच्च लयमा पनि थिए। आठौं राष्ट्रिय खेलकुदमा च्याम्पियन उनले भर्खरै एसियन च्याम्पियसिपको अनुभवले पनि आफूलाई खारेका थिए।
दुर्घटनाले २ महिनापछि हुने सागमा उनको सहभागिता अन्यौलमा पारिदिएको छ। अर्को कुरा बिहीबार र शुक्रबार नै सागका लागि अन्तिम छनोट हुँदै थियो। तर अघिल्लो दिनमात्रै दुर्घटनामा परेपछि उनले छनोट खेल नै गुमाएका छन्। माइक्रोमा टाउको बजारिदा पनि सबैभन्दा पहिले श्यान्टुको दिमागमा यही छनोट आएको थियो।
‘ठ्याक्कै ढलिसकेपछि भोलि छनोट छ भन्ने कुरा दिमाग आइसकेको थियो,’ उनले मलिन स्वरमा रोक्किँदै भने, ‘लड्ने वित्तिकै अब सकियो भन्ने लाग्यो। खुट्टा नि चलेको थिएन। म शारिरिक र मानसिक रुपमा बेहोस भएँ।’
सागमा सहभागिता जनाउन पाउने झिनो आशा श्यान्टुमा बाँकी नै छ। तस्बिर: प्रविन कोइराला
उनमा चारहप्ता पछि निको भएर कोर्ट फर्कदा अहिले जस्तै नियमित प्रदर्शन गर्न सक्छु भन्ने आत्मविश्वास छ। त्यसका लागि उनलाई त्यो एक मौकाको खाँचो छ। अस्पतालमा भेट्न आएका मुख्य प्रशिक्षक र संघका अध्यक्षले पनि सुरुमा एक सिट राखिदिने कुरा गरेका थिए। तर पछि छनोटमा सहभागी खेलाडीहरुले मात्रै मौका पाउने भएपछि उनको सहभागिता बारे अन्यौल थपिएको छ।
‘प्रशिक्षक, अध्यक्ष सरहरु सकरात्मक नै देखिनुभएको थियो। पाँचौं खेलाडीको सिट खाली राखेर पनि लैजाने कुरा भएको थियो,’ उनले भने, ‘त्यसपछि के भयो खै पाँच जनै खेलाडीहरुको छनोट हुने कुरा सुनेको छु। अब ६ नम्बर(बैकल्पिक)मा राखेर लैजानुहुन्छ कि के गर्नुहुन्छ। थाहा भएन्।’
पाँच जनै खेलाडी छनोट भइसकेपछि उनीहरुलाई पछि हट भन्न पनि मिल्दैन्। श्यान्टु भने आफूलाई प्रमाणित गर्न छनोट भएका खेलाडीहरुसँग नै भिड्न तयार छन्। ‘मैले छनोट भएका खेलाडीहरुलाई हराउन सकेँ भने मलाई टिममा राख्न सकिन्छ। यदि देशलाई मेरो प्रतिभा चाहिन्छ भने त्यो विकल्प हुनसक्छ,’ उनले भने।
नेपाललाई झट्का
पछिल्ला दुई राष्ट्रिय प्रतियोगिता र अघिल्लो वर्ष भएको राखेप च्याम्पियसिपमा राष्ट्रिय च्याम्पियन बनेका श्यान्टु यसबेला करिअरकै उच्च लयमा थिए। उनी घाइते भएसँगै नेपाललाई समेत झट्का लागेको छ।
पछिल्ला दुई राष्ट्रिय प्रतियोगिता र अघिल्लो वर्ष भएको राखेप च्याम्पियसिपमा राष्ट्रिय च्याम्पियन बनेका श्यान्टु यसबेला करिअरकै उच्च लयमा थिए। उनी घाइते भएसँगै नेपाललाई समेत झट्का लागेको छ।
यसपटक दुई महिनाअघि नै राखिएको बन्द प्रशिक्षणमा पनि श्यान्टुले उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए। सोहीकारण उनीसहितको नेपाली टोली इन्डोनेसियामा गत सेप्टेम्बर १५–२२ तारिखमा भएको एसियन टेबुल टेनिस च्याम्पियनसिपमा सहभागि भएको थियो।
यसपटक एसियन च्याम्पियनसिपमा श्यान्टुले उत्कृष्ट प्रदर्शन गरेका थिए। तस्बिर: एसियन टेबुलटेनिस
इन्डोनेसियामा उनीसहित नेपाली टोलीले प्रदर्शन सुधारेका थिए। नेपाली पुरुष टोली तेस्रो डिभिजनबाट दोस्रो डिभिजनमा पुगेको थियो। यही च्याम्पियनसिपमा नेपालले तुर्कमेनिस्तानलाई ३–१ ले हराएको थियो। उनका अनुसार एसियन च्याम्पियन्सिपमा नेपालले हात पारेको यो पहिलो जित समेत हो। जसमा श्यान्टुले २ र संयोग कपालीले एक खेल जितेका थिए।
च्याम्पियनसिपका दौरान जोर्डन, कुवेत, युएईसँग पराजित भएपनि खुट्टाको ग्राउनमा समस्या भोगेका श्यान्टुले उनीहरुलाई डोमिनेट हुने गरि खेल जित्न दिएनन्। एसियन च्याम्पियनसिपबाट खारिएर फर्केको एक साता नबित्दै श्यान्टु घाइते भएपछि नेपाललाई पदकमा समेत धक्का लागेको छ।
उनी भन्छन्, ‘मैले घमण्ड गरेर भनेको हैन्। तर, पछिल्लो लगातार तीन पटक मलाई कसैले हराउन सकेको छैन् भने ममा क्षमता त छ नी। तर, अब मैले मौका नपाउँदा पक्कै नेपाली टिम केही कमजोर हुने हो कि, आशा गरेको मेडलमा धक्का पुग्ने हो कि भन्ने डर लागेको छ।’
यता उनी घाइते भएसँगै नेपालले अर्को आशा गरेको मिक्स डबलको पदकमा पनि प्रत्यक्ष असर पर्ने भएको छ। मिक्स डबलमा उनी र महिलातर्फकी लगातार ८ चोटीकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठको जोडीले पछिल्लो समय उत्कृष्ट नतिजा निकाल्दै आएको छ।
मिक्स डबलमा श्यान्टुकी जोडी नविता पनि उनी दुर्घटना परेसँगै चिन्तित छिन्
सातौं राष्ट्रिय प्रतियोगितामा श्यान्टु पहिलोपल्ट राष्ट्रिय च्याम्पियन हुँदा देखि नै यो जोडी जमेको थियो। एसियन च्याम्पियनसिपमा पनि उनीहरुको जोडीले ब्याडमिन्टनको पावरहाउस चीनलाई एक सेटमा हराएर सनसनी मच्चाएको थियो। जापानलाई पनि कडा टक्कर दिएको थियो।
श्यान्टुको दुर्घटना पछि उनलाई भेट्न आएकी नविताको चिन्ता पनि त्यही थियो। ‘नविता म्यामलाई निकै टेन्सन भएको छ। म राष्ट्रिय च्याम्पियन भएदेखि हाम्रो जोडीले राम्रो गरिरहेको थियो। केही गर्छौ भन्ने थियो। अब नविता म्यामको जोडी को हुन्छ? थाहा भएन। सायद मौका पाएपछि म नै हुन्छु कि,’ एक झिनो आशा राखे।
१६ वर्षमै राष्ट्रिय च्याम्पियन
अहिले १९ वर्ष टेकेका श्यान्टु १६ वर्षमै पहिलोपटक राष्ट्रिय च्याम्पियन बनेका थिए। २०७३ पुसमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा त्यसबेलाका टेबल टेनिसका नेपाली स्टार शिवसुन्दर गोथेलाई पराजित गर्दै उनी पहिलोपटक राष्ट्रिय च्याम्पियन बने।
अहिले १९ वर्ष टेकेका श्यान्टु १६ वर्षमै पहिलोपटक राष्ट्रिय च्याम्पियन बनेका थिए। २०७३ पुसमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा त्यसबेलाका टेबल टेनिसका नेपाली स्टार शिवसुन्दर गोथेलाई पराजित गर्दै उनी पहिलोपटक राष्ट्रिय च्याम्पियन बने।
क्वार्टरफाइनलमै उनले त्यसबेलाका नेपाल नम्बर एक खेलाडी दीप साउनलाई गरे। सेमिफाइनलमा आर्मीका अमरलाल मल्ल र फाइनलमा गोथेलाई पराजित उनले १६ वर्षमै स्वर्ण सपना पनि पूरा गरे।
श्यान्टुले जितेका स्वर्ण पदकहरु। तस्बिर: प्रविन कोइराला
सातौं राष्ट्रिय खेलकुद अघिसम्म श्यान्टु टेबल टेनिसका एक जुनियर खेलाडी मात्र थिए। स्नातक पढिरहेका श्यान्टुको टेबलटेनिस यात्रा भने कक्षा ७ मा पढ्दा सुरु भएको थियो। स्कुलमा उनको अभिरुचि ब्याडमिन्टनसँगै स्विमिङमा पनि थियो। दाई बनिन श्रेष्ठ पनि स्विमिङका राम्रो खेलाडी थिए। दाई-भाई एउटै खेलमा हुँदा भविष्यमा टकराव हुनसक्ने सुझाव आएपछि उनले टेबुलटेनिस रोजे।
तीन महिने टेबुल टेनिसको औपचारिक प्रशिक्षण पश्चात उनी पहिलो पटक यू–१० राष्ट्रिय प्रतियोगितामा भिडे। पहिलो प्रतियोगिता मै स्वर्ण जिते। पदक जितेपछि थप मेहनत गर्न मन लाग्दै गयो।
अर्को वर्ष भएको यू–१२ राष्ट्रिय प्रतियोगितामा भने उनी लगातार तीन पटक असफल भए। तर हिम्मत हारेनन्। ‘तीन चोटीको लगातार पराजयले पनि मलाई रोकेन। अझै राम्रो गर्ने दृढता लिँदै मेहनत गरिरहेँ,’ श्यान्टुले सम्झे, ‘चौथो पटकमा सफलता हात पर्यो। मैले स्वर्ण जितेँ।’
दुर्घटनापछि उनी पूरानै लयमा फर्कन श्यान्टुको आत्मविश्वास छ। तस्बिर: प्रविन कोइराला
त्यसपछि श्यान्टुले कुनै प्रतियोगितामा पछि फर्केर हेर्नुपरेको छैन्। श्यान्टुको लगाव, मेहनत र लगातारको राम्रो प्रदर्शनबाट प्रभावित प्रशिक्षक राकेश महर्जनले श्यान्टुलाई पुलिस क्लबमा अनुबन्ध गराई सातौं राष्ट्रिय खेलकुदमा सहभागी गराएका थिए। त्यो पहिलो सिनियर प्रतियोगितामै उनी च्याम्पियन बने।
सोही वर्ष भएको ३९ औं राष्ट्रिय टेबलटेनिसमा पुरुष सिंगल्स, डबल्स र टिम स्पर्धामा पनि उनले स्वर्ण पदक जिते। जसले उनलाई लगातार दोस्रोपटक राष्ट्रिय च्याम्पियन बनायो। यसैवर्ष भएको आठौं राष्ट्रिय प्रतियोगितामा उनले राष्ट्रिय च्याम्पियनमा ह्याट्रिक नै गरे। तर, दुर्घटनामा परेपछि भने उनको साग खेल्ने सपना अन्योलमा परेको छ। उनी एक मौकाको आशमा छन्।
No comments:
Post a Comment