Saturday, 10 June 2017

ड्रिम फाप्ला : सुदूरपश्चिम समृद्धिको परिकल्पना

राज्यले सुदूरपश्चिमलाई सधैं पछि पार्यो,’ जान्नेहरू यसै भन्छन्। रयथार्थ पनि यही हो। कांग्रेस सभापति शेरबहादुर देउवाको किल्ला’ मानिने सुदूरपश्चिम वार्षिक बजेटमै उपेक्षित हुने गरेको गुनासो प्रशस्तै सुनिन्छ।
विकासका पूर्वाधारयोजनाआयोजना निर्माण हिसाबले पनि पछि नै परेको आम बुझाइ छ। यस क्षेत्रका जनता देशका अन्य क्षेत्रभन्दा सुदूरपश्चिमको भागमा बजेट तथा कार्यक्रम कम पर्छ मात्रै हैनपारिन्छ भन्ने गरेका छन्।
राज्यबाट हेपिए पनि सुदूरपश्चिमेली शिक्षित र जागरुक भइसकेका छन्। राज्यले सुदूरपश्चिमलाई सधैं पछि पार्यो’ भन्ने अचेल कम सुनिन थालेको छ। हाम्रो ठाउँलाई हामीले नै बनाउनुपर्छ’ भन्ने भावना जागृत हुन थालेको छ।
हाम्रो ठाउँलाई हामीले बनाउनुपर्छ’ भन्ने मान्यतालाई आत्मसात गर्दै कैलाली उद्योग वाणिज्य संघले सुन्दर सुदूरपश्चिम’ अभियान छेड्यो। राज्यको हेपाय प्रवृत्तिको परिणामले छेडेको आन्दोलन थियोत्यो। सुदूरपश्चिमका सबै क्षेत्रवर्गभाषासंस्कृतिव्यापारीबुद्धिजीविराजनितिज्ञ उद्योग वाणिज्य संघको सुन्दर सुदूरपश्चिम अभियानमा होमिए।
त्यसैको परिणाम हो, ‘सुदूरपश्चिम’ नाम फेरिएर सुन्दरपश्चिम’ बन्यो। नाम मात्रै हैनसुदूरका सुन्दर भूमि तथा क्षेत्र खप्तडअपीशैपालशुक्लाफाँटबडिमालिकाउग्रतारासुर्मादोधाराचाँदनी लगायतलाई पर्यटकीय गन्तव्यका रुपमा अगाडि ल्याइयो। यहाँको भाषासंस्कृतिकलासाहित्यलाई उकासियो। एक पैसे’ अभियानले मुलुककै दोस्रो ठूलो गेटा विमास्थलमा हवाइजहाज उडाइयो। तीतारे होटलहरू धमाधम खुले। कलकारखानाउद्योगधन्दामा लगानी बढ्यो। मुख्य बजारहरू आधुनिक बने। शाखा बजारहरू विस्तारको क्रममा छन्। आर्थिक चहलपहलमा ह्वात्तै बढ्यो।
आर्थिक विकासमा फड्को मार्ने उद्देश्यसहित कैलाली उद्योग वाणिज्य संघले थालेको सुन्दर सुदूरपश्चिम अभियानले सुदूरपश्चिमलाई फरक पहिचान दियो नै दुई वर्ष अगाडि अंकुराएको एउटा यस्तै अभियानले समृद्ध सुदूरपश्चिमको परिकल्पनालाई यथार्थमा बदल्ने अठोट गरेको छ।
सन् २०१५ को फेब्रुअरीमा घोषित ड्रिम फाप्ला (फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण अभियान) अभियानले समृद्ध सुदूरपश्चिमको परिकल्पनासहित चालीस हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय क्रिकेट मैदान धनगढीमा बनाउने उद्देश्य बोक्दै कार्य थालनी गरेको हो। ड्रिम फाप्ला आफ्नो उद्देश्यमा खरो उत्रिए समृद्ध सुदूरपश्चिमको परिकल्पना यथार्थमा बदलिनेछ।
प्रारम्भ
धनगढी क्रिकेटका अभियन्ता सुवास शाही र टिमले वि.सं. २०६६ देखि सुरू गरेको होटल डिभोटी एसपिए कपबाट सुस्ताएको धनगढी क्रिकेट जुर्मुराएको हो। प्रतियोगिता त सुरू भयो तर यसले पहिलो संस्करणबाट नै क्रिकेट मैदान अभावको चुनौती झेल्नुपर्याे। ड्रिम फाप्लाका संयोजक तथा एसपिए कपका आयोजक  शाही भन्छन्, ‘पहिलो र दोस्रो संस्करण हामीले धनगढीमा रंगशालामा जसोतसो गर्यौं।
तेस्रो संस्करणदेखि एसपिए कप सर्वाधिक धनराशीको हुँदै देशकै ठूलो प्रतियोगिता बन्यो। तर२०६८ मा धनगढीमा भएको छैठौं राष्ट्रिय खेलकुदले धनगढी रंगशालालाई फुटबल मैदानका रुपमा विस्तार गरियो। मैदान बाहिर ट्र्याक निर्माण भयो। त्यसको प्रत्यक्ष मार क्रिकेटलाई पर्याे। फुटबलका लागि मैदान मासिएपछि क्रिकेटका लागि प्रर्याप्त ठाउँ भएनरंगशालाबाट क्रिकेट विस्थापित बन्यो।
रंगशालामा प्रतियोगिता सञ्चालन हुन सम्भव नदेखिएपछि शाहीको दिमागमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानको खाका त्यतिबेलै घुम्न थालिसकेको थियो। तरनजिकै एसपिए कपको तेस्रो संस्करण आइसकेकोले राष्ट्रव्यापी बनेको प्रतियोगितालाई सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा सारियो। जहाँ प्रहरीका तालिममहोत्सवविभिन्न सांस्कृतिक लगायत थुप्रै कार्यक्रम हुन्थे। जसकारण मैदानलाई क्रिकेटका लागि त्यति उपयुक्त मानिँदैन थियो। तरपनि अन्य विकल्पको अभावमा त्यही मैदानलाई खेल्न योग्य बनाइयो र एसपिए कपका तेस्रो र चौथो संस्करण त्यहीँ आयोजना भए,’ शाहीले भने।
भिजन र दूरदृष्टी
सन् २०१५ मा एसपिए कपको चौथो संस्करणअघि नै हामीले धनगढीमा क्रिकेटका लागि छुट्टै मैदान आवश्यक रहेकोबारे बहस सुरू गरिसकेका थियौ,’ धनगढी क्रिकेट एकेडेमी (डिसिए)का अध्यक्षसमेत रहेका शाहीले भने, ‘खोज्दै जाँदा धनगढी नगरपालिका वडा नम्बर४ स्थित मोहना नदिको छेउमा गौचरणका रुपमा रहेको फाप्ला मैदान भेटियो।
मैदान चारैतिरबाट नियाले। तत्कालीन अवस्था सम्झँदै शाहीले भने, ‘मैदानमा गाईभैंसी चरिरहेका थिए। मैदानका बीचबीचमा भैंसी आहाल बस्ने खाल्डा थिएमैदानको एक भाग उच्च थियोएक भाग होचो थियो। नदी किनार र खुला मैदान भएकाले जताजतै मलमुन्त्रको गन्ध आउँथ्यो। दुई छेऊमा फुटबलका पोल पनि गाडिएका थिए। नियाल्दा गाउँका स्थानीय युवाहरू कहिलेकाहीँ मैदानमा फुटबल खेल्नका लागि प्रयोग गर्ने गरेको देखिन्थ्यो।
दूरदृष्टि (भिजन) कमजोर हुने कुनै व्यक्तिहरूले यदि त्यस मैदानको पहिलो झलक हेरेको हुन्थ्यो भने सायद कसैलाई त्यहाँ अन्तर्राष्ट्रिय मैदान बन्न सक्छ भन्ने परिकल्पना गर्न पनि गाह्रो थियो। तरशाहीले त्यसैबेला मैदानमा अन्तर्राष्ट्रिय रंगशालाको स्वरुप देखिसकेका थिए।
रंगशालाको रोडम्याप शाहीले स्थानीय लिगबाटै सुरू गरे। मैदान स्थानीय डिलाशैनी सामुदायिक बनको मातहतमा रहेछ,’ शाहीले भने, ‘हामीले उहाँहरू र स्थानीयको अनुमतिमा धनगढी क्रिकेट लिग (डिसीएल) को पहिलो संस्करण २०७० मा फाप्लामै गर्यौं। खेलाडीहरूलाई बढीभन्दा बढी म्याच एक्सोजर दिने उद्देश्यले सुरू गरिएको डिसिएल छ महिना चल्थ्यो। फाप्लामा नियमित डिसिएलका खेल हुँदा फाप्लाले क्रिकेट मैदानको नाम पाएको हो,’ शाहीले सम्झे। सोही मैदानमा पछि डिसिएलका दुई भाग आयोजना भए।
एनपिएलमा चलाखी
डिसिएलको भाग एक र दुईको आयोजनापश्चात फाप्लाले स्थानीय स्तरमा क्रिकेट मैदानको परिचय बनाइसकेको थियो। अब त्यसलाई राष्ट्रियस्तरमा क्रिकेट मैदानका रुपमा परिचित गराउनु थियो। किन राष्ट्रियस्तरमा क्रिकेट मैदानको परिचय फराकिलो बनाउनु पर्यो तशाही भन्छन्, ‘हामीले फाप्लालाई राष्ट्रिय परिचय दिँदा सरकार र देशविदेशका नेपालीहरूलाई हाम्रो अभियानमा समेट्न सजिलो हुन्थ्यो। ड्रिम फाप्ला अभियानको उद्देश्य नै सबै नेपालीहरूको सहकार्यमा अन्तर्राष्ट्रिय रंगशाला बनाउने हो।
वि.सं. २०७० मा काठमाडौंमा जोहरा स्पोर्टस म्यानेजमेन्टले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाको घोषणा गर्यो। प्रतियोगितामा छ वटा टिमबाट सबै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलाडीहरूले सहभागिता जनाउँदै थिए। नेपाली क्रिकेटमा निजी क्षेत्रबाट गरिएको यो पहिलो ठूलो प्रयास हो। यसै प्रतियोगिताको वान डे संस्करण धनगढीमा गरिने भयो।
त्यतिबेला एनपिएल बहुप्रतिक्षित प्रतियोगिता थियो,’ शाहीले भने, ‘धनगढीले क्रिकेटको सहरको परिचय बनाइसकेकाले आयोजक जोहराले वान डे संस्करण धनगढीमा गर्ने निर्णय लिएको हो।
एनपिएलको स्थानीय व्यवस्थापकको जिम्मा पाएपछि शाहीले चलाखी गरे। एनपिएललाई धनगढी बजारको बीचमा अवस्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा पनि सञ्चालन गर्न सकिन्थ्यो। तरशाहीले फाप्लामा गर्ने अचम्मको निर्णय गरे।
सुवास दाइको त्यो निर्णयले हामीलाई अचम्मित पार्याे,’ धनगढीमा एपिएल आयोजनाका अर्का स्थानीय व्यवस्थापक सौरभ ओझा सम्झन्छन्, ‘हामीसँग अञ्चल प्रहरी कार्यालयको मैदानमा सजिलोसँग प्रतियोगिता आयोजना गर्ने विकल्प उपलब्ध थियो। त्यहाँ आयोजना गरिँदा हाम्रो मेहनत र खर्च दुबै बचत हुन्थ्यो। बजारको बीचमा भएकाले खेलमा दर्शकहरू पनि धेरै आउने सम्भावना रहन्थ्यो। तरसुवास दाइले फाप्लामा नै प्रतियोगिता गर्ने सोचिसकेपछि हामी फाप्लामा होमियाैं।
फाप्लामा एनपिएल आयोजना निर्णय लिँदा त्यहाँ डिपिएल भाग२ सञ्चालन भइरहेको थियो। एनपिएलका लागि मैदानको स्तरोन्नति गर्नुपर्ने भएकाले डिपिएल२ तत्कालका लागि स्थगन गर्नुपर्यो। फाप्लामा एनपिएल गर्ने भनी मैदान छिरेको शाही नेतृत्वको टिमले फाप्लाको उच्च भाग सम्याउनेकाटेको भागमा चपरी विछ्याउनेपिच निर्माण गर्नेफाप्लामा पुग्ने बाटो निर्माण गर्नेमैदानसम्म विद्युत लाइन पुर्याउने काम गरे। प्रतियोगिता सञ्चालनअघि हामीले तीन महिना रात दिन फाप्लामा काम गर्याैं,’ ओझा सम्झन्छन्, ‘प्रतियोगिता सुरू हुनु एक हप्ता अगाडि हामीले मैदानलाई आवश्यक सम्पूर्ण मापदण्ड पूरा गरिसकेका थियाैं
ड्रिम फाप्ला
एनपिएल सुरू भयो। देशभरिका खेलाडीहरू धनगढी पुगे। पत्रकारहरूले धनगढी भरियो। दर्शक मैदानमा खचाखच भए। फाप्ला वरिपरि बढेको चहलपहलले स्थानीयको आर्थिक क्रियाकलाप पनि बढायो। स्थानीयले प्रतियोगिताका दौरान थापेका पसलबाट राम्रै आम्दानी गरे। एउटै प्रतियोगिताबाट मात्रै त्यसबेला सयौंले रोजगारी पाए,’ शाहीले भने, ‘मैदानमा काम गर्ने कामदारहोटल व्यवसायीव्यापारीयातायात क्षेत्र तथा पर्यटक क्षेत्रको प्रवद्र्धनमा प्रतियोगिताको भूमिका महत्वपूर्ण रह्यो।
प्रतियोगिताले धनगढीको आर्थिक चहलपहल बढेपछि फाप्लामा रंगशाला बन्नुपर्ने कुरामा सबै एक ठाउँमा उभिए। शाहीलगायत टिमले चाहेको पनि त्यही थियो। एपिएलमा व्यक्तिगत खर्चमा मैदान स्तरोन्नति गर्नुफाप्लालाई राष्ट्रव्यापी परिचय दिनुदिनरात फाप्लामा खटिनुड्रिम फाप्ला टिमको चाहना समग्र धनगढीलाई फाप्लामा अन्तर्राष्ट्रिय रंगशाला बनाउनुपर्छ भन्नेमा एकजुट बनाउनु थियो।
त्यही माहोल समाएर सन् २०१५ को फेब्रुअरीमा ड्रिम फाप्लाको औपचारिक रुपमा घोषणा गरिएको हो। यसलाई हामीले अभियानका रुपमा अगाडि ल्याएका थियौं,’ संयोजक शाहीले भने,  ‘अभियानको उद्देश्य आम देशविदेशमा रहेका नेपालीहरूक्रिकेट प्रेमीसरकारनिजी क्षेत्रस्थानीयलाई समेटेर सबैले आफ्नो स्वामित्व महसुस गर्ने गरी चालीस हजार दर्शक क्षमताको क्रिकेट रंगशाला निर्माण गर्नु हो।
ड्रिम फाप्लाले आफ्नो अभियानलाई तीब्रता दिँदै गयो। रंगशाला निर्माणका लागि सहयोग क्रमशः जुट्ने जुट्यो। एसपिए कपको चौथो संस्करणमा प्रतिटिकट पाँच रुपैयाँ छुट्याई एक लाख रुपैयाँभन्दा बढी रकम ड्रिम फाप्लाको खाता सिड मनी’ का रुपमा जम्मा पारियो। त्यसपछि रेडियो धनगढी ९०.५ मेगाहर्जले आफ्ना कर्मचारीको एक दिनको तलब तथा पाँच वर्षसम्म प्रतिविज्ञापन पाँच रुपैयाँ यस अभियानका लागि छुट्याउने निर्णय गर्यो। काठमाडौं क्रिकेट लिगको पहिलो संस्करणको बिजेता धनगढी युनाइटेडले प्रथम पुरस्कार पाएको रकममध्ये झन्डै ५० प्रतिशत रकम अभियानलाई हस्तान्तरण गरे। न्यू सिर्जनशील युवा क्लब अत्तरियाले ड्रिम फाप्ला अभियानलाई साथ दिँदै धनगढी क्रिकेट लिग२ मा उपबिजेता भएमार्फत पाएको पुरस्कार राशीको झन्डै ४० प्रतिशत रकम दिएको थियो। त्यसपछि देशविदेशबाट सहयोग गर्ने कार्यक्रम जारी रह्यो। 
अभियानको पहलपछि एसियाली विकास बैंकले तीन करोड रुपैयाँ लगानी गरेर भीमदत्त राजमार्गबाट फाप्ला जाने एक किलोमिटर बाटो बनाइँदै छ। यसपटक सुदूरपश्चिम महोत्सवबाट कैलाली उद्योग वाणिज्य महासंघले प्रतिटिकट एक रुपैयाँ छुट्याएको छ। धनगढी प्रिमियर लिग (डिपिएल)बाट पनि ड्रिम फाप्ला अभियानलाई सहयोगको घोषणा भइसकेको छ।
डिपिएलमा टिकट दर ५० रुपैयाँ राखिएको छ र विद्यार्थीलाई ४० प्रतिशत छुट दिने भएको छ। टिकट बिक्री भएको रकमको १५ प्रतिशत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान ड्रिम फाप्लामा जम्मा गरिने डिपिएलका आयोजक सौरभ ओझा बताउँछन्। हाल ड्रिम फाप्लाको खातामा  ६ लाख रुपैयाँ जम्मा भएको छ,’ शाहीले भने, ‘यो रकम ठूलो होइन तर यसले दबाब सिर्जना गरेको छ।
ड्रिम फाप्ला अभियानले सरकारलाई दबाब सिर्जना गर्याे। ड्रिम फाप्लाको पहलमा  सरकारले आर्थिक वर्ष २०७२÷०७३ को बजेटमा फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने कुरा बजेट वक्तव्यमै उल्लेख गर्यो। बजेटमा फाप्ला शब्द लेखाउन ड्रिम फाप्लाले मुख्य भूमिका खेलेको हो,’ शाही भन्छन्, ‘तरआम धनगढीबासीराजनीतिक दलस्थानिय तथा सरोकारवाला निकायको सद्भाव नभएको भए त्यो सम्भव हुन्थेन।’ सरकारको रेडबुकमा फाप्ला लेखिनु भनेको ड्रिम फाप्ला अभियानको ठूलो सफलता थियो।
विवाद र उपभोक्ता समिति
सरकारले बजेट वक्तव्यमै रकम विनियोजन गरेको  घोषणापछि फाप्ला विवादमा मुछियो। भिजन र मिसन आफूहरूले अगाडि ल्याएकाले सबैको समान स्वायत्ततामा गैरराजनीतिक भागबण्डामा रंगशाला निर्माणको कार्य अगाडि बढाइनुपर्नेमा ड्रिम फाप्लाको जोड थियो। उताकैलाली जिल्ला खेलकुद विकास समितिले ड्रिम फाप्ला एक एनजिओ भएको आरोप लगाउँदै आफूले रकम खर्च गर्नुपर्ने अडान राख्यो।
यस विवादले बजेट फ्रिज हुने अवस्था देखिएपछि ड्रिम फाप्ला र खेलकुद विकास समितिबीच मध्यमार्गी बाटो खोजियो। जसले फाप्ला क्रिकेट मैदान विकास उपभोक्ता समिति गठन गर्यो। फाप्लालाई जिरो लेभलबाट उठाई बजेटसम्म दिलाउने काम हाम्रै प्रयासबाट भएको हो तर पनि फाप्लामा जसरी पनि रंगशाला बन्नुपर्छ भन्ने कुरामा हामी अडिग थियौंत्यही भएर हामी एक कदम पछि हट्यौं,’ शाहीले भने।
उपभोक्ता समिति गठन हुँदा शाहीलाई उक्त समूहको अध्यक्ष बन्ने प्रस्ताव नआएका हैनन्। आफूले बृहत् समृद्ध सुदूरपश्चिमको परिकल्पनाका साथ ठूलो अभियानमा लागेकाले त्यहीँ रोकिन आवश्यक लागेन,’ शाहीले भने, ‘ड्रिम फाप्ला अभियान त्यस दिन मात्र पूर्ण हुन्छ जब फाप्लामा अन्तर्राष्ट्रिय खेल हुन्छ।
उपभोक्ता समितिमा स्थानीयलाई नै समेटियो। उपभोक्ता समितिका अध्यक्ष लोकराज अवस्थी भन्छन्, ‘समितिले हालसम्म सरकारबाट आएको झन्डै ६० लाख रुपैयाँको काम गरिसकेको छ। जसअन्तर्गत यसअघि माटो फिलिङमैदानको घेरबन्दीका लागि तारजालीबाटो निर्माणतथा एकापट्टी पर्खाल निर्माणको काम पनि भइसकेको छ।’ मैदानमा दुई वटा टर्फ पिच निर्माणको अन्तिम तयारीमा छ। फाप्लामा हाल भइरहेको कार्यप्रगति देखेर स्थानीय र सरोकारवाला सन्तुष्ट देखिन्छन्।
अब के?
ड्रिम फाप्लाले फाप्लालाई पब्लिक प्राइभेट साझेदारी (पिपिपी) मोडेलका रुपमा अघि बढाउने अवधारणा यसअघि नै सार्वजनिक गरिसकेको छ। शाहीका अनुसारसो अवधारणाले रंगशालालाई निर्धारित समयमा सबैको स्वामित्वमा निर्माण गर्न सकिन्छ। हामी त्यसैको गृहकार्यमा छौं,’ उनले भने, ‘पिपिपी मोडलबारे हामीले स्थानीय उपभोक्ताराजनीतिक दलसरकारी निकाय तथा सरोकार निकायसँग छलफल गरिसकेको छौ। यसमा सबैको लगानी रहन्छ र उनीहरूलाई लगानी बराबरको सेयर दिइन्छयसले लगानीकर्ताले आफ्नो लगानी सुरक्षित भएको प्रत्याभूति पनि पाउँछन् भने रंगशाला निर्माणको लागि आवश्यक बजेट पनि जुट्छ।
फाप्लालाई पिपिपी मोडलमा लैजानेबारे सरकार पनि सकारात्मक देखिन्छ। खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौडेल भन्छन्, ‘ड्रिम फाप्लाको अभियानले फाप्लालाई जुन गति दिएको छ त्यो सराहनीय छ। सरकारी बजेटले मात्रै निर्धारित समयमा रंगशाला निर्माण नहुने तथा राजनीतिक अस्थिरताले रंगशाला निर्माणको कार्य अस्तव्यस्त बन्न सक्छ। त्यही भएर खेलकुद मन्त्रालय ड्रिम फाप्लाले प्रस्ताव गरेको पिपिपी मोडलबारे सकारात्मक छ।
सुन्दर समृद्ध सुदूरपश्चिमको परिकल्पनाका साथ उठाइएको यस अभियानको सफलतापछि सुदूरपश्चिमको मुहार फेरिने शाहीको विश्वास छ।
भिडियाेमा हेर्नुहाेस्

तल्लाे तहबाटै क्रिकेट कल्चरकाे विकास अावश्यक

भारतको मुम्बईलाई क्रिकेटको नर्सरीका रुपमा चिनिन्छ। बाल्यकालदेखि नै क्रिकेटलाई कल्चरका रुपमा ग्रहण गर्ने-गराउने संस्कृतिका कारण याे सहरलाई विश्वकै क्रिकेट नर्सरी भनिएकाे हाे। उसो त सपनाकाे नगरी मुम्बर्इले सिनेमाकाे परिचय बाेकेकाे छ। तर, सहरभित्र प्रवेश गर्ने जो-कोही पनि यहाँको क्रिकेट कल्चरले मन्त्रमुग्ध हुन्छन्।
मुम्बईस्थित वानखडे स्टेडियमले विश्वकप अायाेजना गरिसकेकाे छ। त्योसँगै अन्तराष्ट्रिय मापदण्ड पूरा गरेका त्यहाँ आधा दर्जन बढी स्टेडियम छन्। जसले दिनहुँ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरू हाेस्ट गरिरहेका हुन्छन्। जुन ठुला प्रतियोगिताका अनि ठुला खेलाडीका लागि बढी प्रायाेगिक छन्। तर, मुम्बईको आकर्षक भनेको ‘रुटलेभल’ क्रिकेटको लोभ लाग्दो दृश्य हो।
रुट लेभलदेखि बच्चाहरुमा क्रिकेटको कल्चर बसाउन सकियो भने भविष्यमा ठुला खेलाडी निर्माणकाे अाधार तयार हुन्छ। यसकाे उदाहरण मुम्बई हो।
बाल्यकालदेखि यही सहरकाे क्रिकेट कल्चरमा हुर्केका सचिन तेन्दुलकर, सुनिल गावाश्कर, रोहित शर्मा, रवि शास्त्री, अजिक्ये रहाणे जस्ता खेलाडीहरू विश्वमाझ परिचित छन्। भारतलाई विश्वकप दिलाएका छन्। अन्तर्राष्ट्रिय मञ्चमा भारतको झण्डा फहराएका छन्।
मुम्बईको पहिलो प्राथमिकता रुटलेभल क्रिकेटकाे विकासमा केन्द्रित छ, अघिल्लो वर्ष मुम्बईको क्रिकेट भ्रमणमा भएका धनगढी क्रिकेट एकाडेमीका अध्यक्ष सुवास शाही भन्छन्, 'धारणा बच्चा उमेरमै क्रिकेटप्रतिको लगाव बढाउन सकियो भने उ भविष्यको स्टार बन्न सक्छ।'
रूटलेभल क्रिकेट विकासलार्इ मध्यनजर राख्दै क्रिकेटकाे अाधिकारिक निकाय मुम्बई क्रिकेट एसाेसिएसनले त्यहाँ अवस्थित जिमखानाहरु (मुम्बईमा क्रिकेट एकाडेमीलाई जिमखाना भनिन्छ) सँग रुटलेभलको क्रिकेट विकासमा सहयोग र सहकार्य गर्दै आएको छ।
गत वर्षको असोजमा झण्डै पन्ध्र दिन मुम्बई र गोवामा खेलाडीलाई अन्तर्राष्ट्रिय म्याच एक्स्पाेजर दिन धनगढी क्रिकेट एकाडेमीले आफ्ना खेलाडीहरुलाई खेल भम्रण गराएको थियो।
मुम्बईको अनुभव सुनाउँदै शाहीले भने, 'जिमखानाहरुसँग अाफ्नै हाेस्टलसहितका मैदान छन् र त्यो मैदानमा क्रिकेटका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रियस्तरका पीच, आवश्यक उपकरण, प्रशिक्षकको व्यवस्था लगायत अन्य प्राविधिक कुराहरुमा मुम्बई क्रिकेट एसाेसिएसनले सहयोग गरेको छ।'
यसले एकातिर क्रिकेटको आधिकारिक निकायसँग जिमखानाहरुको सम्बन्ध सुमधुर पारेको छ, अर्कातिर जिमखानामा आउने नव क्रिकेट खेलाडीहरुलाई अन्तराष्ट्रियस्तरको प्रशिक्षणको व्यवस्था मिलेको उनकाे धारणा भएका छन्।
मुम्बर्इस्थित क्रस मैदानमा अभ्यासररत खेलाडी

मुम्बईमा सबैभन्दा बढी व्यस्त मैदान हो क्रस मैदानले भारतीय क्रिकेटका ठुला हस्तीहरु उत्पादन गरेको छ। सचिन तेन्दुल्कर लगायतका खेलाडीहरुले यसै मैदानमा निरन्तर अभ्यास गर्थे। आजाद मैदान, क्रस मैदान दिनभर सेताम्मै देखिन्छ,' शाहीले भने, 'भर्खर सिक्दै गरेका खेलाडी तथा युवा खेलाडीहरु सेतो जर्सीमा दिनरात मैदानमा मेहनत गरिरहेका भेटिन्छन्।'
शाहीका अनुसार मैदानमा कयौं पीच हुन्छन्। झण्डै दुई दर्जन बढी क्रिकेट पीचहरु उक्त मैदानमा छन्। शाहीले भने, 'प्रत्येक मैदानमा खेल चलिरहेको हुन्छ, कोही खेलाडी खालि हुँदैनन्, कोही नेटमा प्राक्टिस गरिरहेका हुन्छन् त कोही प्रशिक्षकहरुसँग सुझाव ग्रहण गरिरहेका देखिन्छन्।'
क्रस मैदान मात्रै हैन, अाजाद मैदान, पुलिस जिमखाना, हिन्द जिमखाना, आन्द्रे लोपोज, एआर कामन्त, दिलीप कलान्करलगायतका दुर्इ दर्जन बढी क्रिकेट प्रशिक्षण केन्द्रले मुम्बईलाई क्रिकेटको नर्सरीकाे पगरी थमाएका हुन्। तिनै एकाडेमीका उत्पादनहरूले विश्व क्रिकेटमा तहल्का पिटिरहन्छन्।
'मुम्बईको क्रिकेटिङ कल्चर पनि गज्जबको छ,' शाही भने, 'अभिभावकहरु आफ्ना नानीहरुलाई क्रिकेट प्रशिक्षण गराउन आफ्नो जागिर छोडेर स्कुटर पछाडि बसाउँदै मैदान पुर्याउन्छन्।' 
खेलाडीहरु एउटा मैदानमा मात्र सीमित रहँदैनन्, एउटा मैदानमा गेम सकिँनासाथ अर्को मैदानमा गेम खेल्न पुगिहाल्छन् र त्यहाँसम्म पुर्याउने जिम्मा पनि अभिभावककै हुने उनले बताएका छन्।
यी सबै अभ्यासहरुले मुम्बईका अभिभावकहरु आफ्ना नानीहरुलाई भविश्यमा क्रिकेटर बनोस् भन्ने चाहेको स्पष्ट हुन्छ। तर, नेपालमा अहिलेसम्म पनि अभिभावकहरुको क्रिकेट प्राथमिकतामा पर्दैन। नेपाली अभिभावकहरुहरु आफ्ना नानीहरु डाक्टर, पाइलट बनोस् भन्ने चाहन्छन्, तर खेलाडी बनोस् भन्ने कल्चर नरहेका शाही स्वीकार्छन्।
जय बिष्टको कहानी
मुम्बई जाँदा त्यहाँको क्रिकेट माहौलमा जय बिष्टको नाम नसुन्ने सायदै कोही होलान्। नेपाली मुलका जय बिष्ट भारतीय राष्ट्रिय क्रिकेट टोलीमा डेब्यु गर्न प्रतिक्षारत खेलाडी हुन्। सुदूरपश्चिमको अछाम उनको पुर्ख्याैली थलो हो।
बुवा गोकुल बिष्ट रोजगारीका सिलसिलामा मुम्बई गएका थिए। राेजगारीका क्रममा उनलार्इ त्यहाँकाे क्रिकेट कल्चरले तान्याे। बिस्तारै गाेकुल मुम्बर्इ क्रिकेटसँग साक्षात्कार रहे। उमेर ढल्किसकेकाले उनी अाफू त खेलाडी बन्न पाएनन्। तर, छाेरा जयलार्इ क्रिकेटर बनाउने साेच पलायाे।
गाेकुलले छाेरा जयलार्इ सानाे उमेरदेखि नै मुम्बर्इकाे क्रिकेट माहाैलसँग साक्षात्कार गराए। सानै उमेरदेखि उनी पनि स्कुटर पछाडि राख्दै जयलाई जिमखानामा लैजान्थे। कलिलाे उमेरमै बल र ब्याट तथा अन्तराष्ट्रिय स्तरकाे प्रशिक्षण पाएपछि उनकाे प्रतिभा निखारिदै गयाे।
'जयले सानै उमेरदेखि मुम्बईको क्रिकेट कल्चरसँग परिचित हुने मौका पायो', गोकुलले भने 'त्यही कल्चरले उसलार्इ भारतीय क्रिकेटकाे प्रतिभावान युवा खेलाडीकाे रूपमा चिनारी दिएकाे छ।' २१ वर्षिया जयले हालसम्म भारतको जर्सीमा फस्ट क्लासका ९ वटा, लिस्ट एका ३ वटा तथा ६ वटा टी-ट्वान्टी खेलेका छन्। उनी अलराउण्डर भूमिकामा देखिने गर्छन्।
 
नेपाली क्रिकेटकाे वास्तविकता
नेपालमा रुटलेभल क्रिकेट निकै कमजोर छ। राष्ट्रिय टाेली घर हाे भने त्यस घरलाइ मजबुत बनाउने जग रूट लेभलकाे क्रिकेट नै हाे। रूट लेभलदेखि नै प्रतिभावान खेलाडी बनाउन सकियाे भने राष्ट्रिय टिम पक्कै पनि बलियाे बन्छ। विश्वकप खेलिसकेकाे नेपाली क्रिकेटकाे रूट लेभल भने दयनीय अवस्थामा छ।
तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेको पहलमा नेपाली क्रिकेटको आधिकारीक निकाय क्यानले रुटलेभलको विकासका लागि राजधानीमा नेसनल क्रिकेट एकाडेमी एनसिएको स्थापना गर्यो। सुरुमा देशभरिका कलिला उमेरका प्रतिभावान खेलाडीहरुलाई एकाडेमीमा ल्याई उनीहरुको प्रतिभा तिखार्ने उद्देश्य एकाडेमीको थियो।
तर, व्यवस्थापकिय पक्ष कमजाेर बन्दै गएपछि एनसिए टुहुराे बन्दै गएकाे छ। कलिला खेलाडीहरुको प्रतिभा तिखार्ने उद्देश्यले निर्मित एकाडेमी अहिले सिनियर खेलाडीहरुको अभ्यासस्थल बनेको छ। केही छुटपुट कलिला खेलाडीहरु एकाध एकाडेमीमा देखिने बाहेक रूटलेभल क्रिकेटमा एनसिएकाे भूमिका हराइसकेकाे छ। 
रुट लेभल क्रिकेट विकासको उद्देश्यसहित एनसिएभन्दा केही अगाडि धनगढीमा धनगढी क्रिकेट एकाडेमी डिसिएको स्थापना गरिएको हो। डिसिएलले देशकै लामो क्रिकेट लिग, नियमित प्रशिक्षण, भारत लगायत तेस्रो मुलुकमा खेलाडीहरुको भम्रण गराई म्याच एक्स्पाेजर दियो।
अक्सनमा आधारित धनगढी क्रिकेट लिग डिसिएल हुँदै हाल धनगढी प्रिमियर लिग डिपिएल आयोजनाको तयारीमा रहेको गरिरहेको डिसिएले नेपाली क्रिकेटमा व्यfवसायिकता भित्र्याउनका साथै क्रिकेट कल्चरको विकासमा महत्वपूर्ण योगदान दिएको छ।
रूटलेभल क्रिकेट विकासका लागि धनगढीमा भएकाे एनसिए र डिसिएबीच भएकाे फ्रेण्डसिप म्याच पश्चात खेलाडी। फाेटाे: डिसिए

पछिल्लो समय देशभर क्रिकेट प्रशिक्षण केन्द्रहरु खुल्ने क्रम जारी छन्। राजधानीमा राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले सञ्चालन गरेको काठमाडौं क्रिकेट टेनिङ सेन्टर तथा अन्य राष्ट्रिय खेलाडी प्रदीप ऐरी, भूवन कार्की लगायतले कीर्तीपुरमा हिमालयन क्रिकेट एकाडेमी सञ्चालन गर्दै नेपाली रुटलेभल क्रिकेट विकासमा योगदान पुर्याएका छन्।
त्यस्तै, सुदीप शर्मालगायतको टिमले राजधानीमै सञ्चालन गरेको ग्रेट हिमालय क्रिकेट एकाडेमीले विभिन्न समयमा टुर्नामेन्टहरूकाे अायाेजना गर्दै अाइरहेकाे छ। यस्तै, इण्डोर क्रिकेटमा प्रशिक्षण लिन चाहनेका लागि रातोपुलस्थित नेपाल क्रिकेट स्कूलले पनि कलिला खेलाडीहरुलाई विनाेद दास लगायतका प्रशिक्षकहरूबाट प्रशिक्षणको व्यवस्था मिलाएकाे छ।
देशभरि क्रिकेट प्रशिक्षण केन्द्रहरु खुलेपनि खेलाडीहरुको प्रतिभा तिखार्न तथा म्याच एक्स्पाेजर दिन लागि बढी भन्दा म्याचको आवश्यकता पर्दछ। आधिकारिक निकाय क्यान निलम्बन हुनु अघिदेखि नै नेपालमा राष्ट्रियस्तरमा यु-१६ तथा उमेर समूहका प्रतियोगिताहरु हुन सकेका छैनन्। जसले विभिन्न एकेडेमीहरूमा नियमित प्रशिक्षण लिइरहेका कलिला खेलाडीहरुमा क्रिकेट प्रति मानसिक रूपमा पनि वितृष्णा जागेकाे छ। 
यु-१६ राष्ट्रिय टिमकाे क्याम्प परिसकेका प्रतिभावान युवा खेलाडी अमन पन्थी भन्छन्, 'हामी नियमित दैनिक प्रशिक्षण गर्छाैं, तर म्याचहरू नै हुँदैनन्, कति प्रशिक्षण मात्र गर्नु अाफ्नाे क्षमता देखाउन नपाउँदा क्रिकेटबाट पलायन हुने अवस्था श्रृजना भएकाे छ।'
उनी प्रतिनिधि पात्र मात्रै हुन्। देशैभरिका खेलाडीहरूकाे अवस्था त्यही हाे। पछिल्लाे समयमा केही निजी संस्थाहरूले भने युवा खेलाडीलाइ म्याच एक्स्पाेजर दिने कुरामा अग्रसरता देखाएका छन्।
हिमालयन क्रिकेट एकाडेमीकाे अायाेजनामा हाल देशैभरि एक्सर्पट स्कूल क्रिकेट लिग सञ्चालन भइरहेकाे छ। प्रतियोगितामा देशभरिका विभिन्न ठाउँहरुमा प्रतिस्पर्धा गराई अन्तिम प्रतिस्पर्धा काठमाडौंमा गरिने म्याच कमिन्सर सुवास प्रधानले बताउँछन्।
राष्ट्रव्यापी रुपमा हुने क्रिकेट प्रतियोगिताले रुट लेभलको क्रिकेट विकासमा सहयोग पुर्याउने विश्वास प्रधानको छ। उनी भन्छन्, 'देशैभरि प्रतिभावान खेलाडीहरु छन्, तर उनीहरुले म्याच एक्स्पाेजर नपाउँदा आफ्नो कौशल प्रदर्शन गर्न पाएका छैनन्, यस स्कुल लिगले नयाँ प्रतिभाहरुको खोजीमा मद्दत पुग्नेछ।'
योसँगै केही दिनअघि धनगढीमा लिटर फ्लावर स्कुलको पहलमा त्यस क्षेत्रकै सर्वाधिक धनराशीको स्कुल क्रिकेट लिग प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगिताले नयाँ खेलाडीहरुमा क्रिकेट प्रतिको मोह बढाउन सहयोग पुर्याएको स्कुलका प्रिन्सिपल रामचन्द्र शाही बताउँछन्।
देशैभरि यस्ता किसिमका प्रतियोगिता हुने हाे भने नेपाली क्रिकेटको जग बलियो बन्ने विश्वास शाहीको छ। धनगढीमा हाल क्यास्पियन स्कुलले त्यहा स्कुलहरूलार्इ समेटेर क्यास्पियन कपकाे अायाेजना गरिरहेकाे छ।
उपत्यकामा रहेकाे नेक्सस क्रिकेट एकेडेमीले अाउदाे चैत्र १५ गते देखि राजधानीमा रुटलेभल क्रिकेट विकासमा मद्दत पुगोस् भन्ने मनसायले यु-१६ राष्ट्रिय प्रतियोगिताको आयोजना गर्ने भएकाे छ।
आयोजक कमिटीका संयोजक भरतकुमार शाहीले प्रतियोगितामा देशभरिका निजी तथा सामुदायिक क्रिकेट एकेडेमीहरुको सहभागिता रहेको बताए। प्रतियाेगिताले रूटलेभल क्रिकेट विकासमा केही भएपनि मदत पुग्ने उनकाे विश्वास छ।

Sunday, 5 March 2017

मेराे डायरी ४५ (लक्ष्य)

अनामनगर, काठमाडौंको व्यस्त स्थान । घना बस्तीको स्थान । घनाबस्तीमा थरिथरीका हजारौ ओत छोप्ने कंक्रिटरुपी हजारौ घर । हजारौ घर भित्र लाखौ कारखाना (अफिस,पसल, व्यवसाय र अन्य) र कारखानामा काम गर्ने त्यतिकै श्रमिक । तिनै भित्र हामी । हामी, शुभदिन । 

हनुमान स्थान र सिंहदरबारको पूर्वी गेट बिचमा एउटा सेतो पाँच ताले विल्डिंग मा ठिंग्रिङ उभिएको छ । टंक प्रसाद घुम्तीमार्गबाट पुर्वतिर उक्त भवनमा जसको आँखा परेपछि शुभदिनको  आकर्षक होर्डिङले उसको ध्यान आकृष्ट गर्छ । 

काठमाडौं जत्तिकै व्यस्त छ त्यो भवन पनि । दैनिक सयौ मान्छेहरु उक्त भवनमा आवाजजावत गर्छन । अनेकौ विजनेशहरु अपरेट हुन्छन । उक्त भवन प्रवेश मार्ग मै आगन्तुलाई शुभदिनले स्वागत गर्छ । शुभदिनमा स्वागत छ, शुभदिन पहिलो तल्लामा लेखिएको फ्ल्याक्सले परिचित अपरिचित सवैलाई स्वागत गर्छ ।

सोही स्वागतलाई दैनिक ग्रहण गर्ने म/हामी उक्त शुभदिन कारखानाका मजदुर÷श्रमिक हौं । विहान सवेरै देखि राति अवेरसम्म उक्त कारखाना चलाउने जिम्मा हामीले लिएका छौ÷हामीलाई दिईएको छ या हामीले पाएका छौ । यि वाक्यहरु शाब्दिक रुपमा भिन्न लागेपछि अर्थ उस्तै हुन् ।

शुभदिनका श्रमिकहरु हामी दैनिक हजारौ शब्दहरुलाई बिधुतिय रुप दिन्छौ, जुन हाम्रो दैनिकी हो । शुभदिन नयाँ अवधारणा हो । झट्ट हेर्दा यो अनलाईन न्युज पोर्टल लाग्न सक्छ तर यसलाई अनलाईन न्युज पोर्टलका रुपमा मात्रै विकास गरिएको हैन । यो नेपालको आफ्नो सामाजिक सञ्जाल हो । न्युजहरुको सामाजिक सञ्जाल । यसको स्वरुप एकपल्ट सरसर्ती हेर्दा  जो सुकैले नयाँपन पाउने छ, पृथकता पाउने छ, आफ्नोपन महसुस गर्ने छ किनकी शुभदिन हाम्रो हैन, सवैको हो । 

शुभदिनको स्लोघन नै ‘अब तिन करोड नेपालीले समाचार लेख्नेछन’ हो । 



त्यही तिन करोड नेपालीका हामी पनि एक सदस्य हौ । तीन करोड नेपाली मध्ये शुभदिनमा समाचार लेख्न हामी पहिलो भयौ । हामी भाग्यमानी रह्यौ । 

हाम्रो न्युज टिम छ । हामी दैनिक अफिस धाउँछौ । दैनिक सयौं न्युजहरु लेख्छौ, पोष्ट गर्छौ । यि बिचमा हामी अनेक रणनिती बनाउँछौ, लक्ष्य निर्धारण गर्छौ र कार्यान्वायन पनि गर्छौ ।  

हामी रिपोर्टरको एउटा छुटै रुम छ । रुममा मान्छेको आवाजलाई किबोर्ड थिचेको आवाजले उछिन्छ । सहकर्मी मित्रहरु बोल्न भन्दा कामलाई बढी प्राथमिकता दिन्छन् । रुममा प्रबेश गर्न ढोका खोल्ने वित्तिकै भित्तामा एउटा पोस्टर टांगिएको छ । पोस्टर सामान्य छ तर, पोस्टरमा भएका शब्दहरु असाधारण छन । 

"A GOAL WITHOUT A PLAN IS JUST WISH"
अर्थात, योजना बिनाको लक्ष्य चाहाना मात्रै हो । लक्ष्य पुरा गर्न त निश्चित योजना आवश्यकता पर्ने वाक्यको स्पष्ट सन्देश छ ।

शुभदिनमा हामी हरेक प्रयोगहरु गर्छौ । आईतबारलाई हामीले एउटा लक्ष्य (आन्तरिक कार्यक्रम भएकाले खुलाउन नचाहेको) सेट गरौं । हाम्रो स्रोत साधन र सिमित जनशक्ति भन्दा त्यो लक्ष्य एक कदम अगाडी थियो । त्यहाँ पुरा गर्न नसकिने थिएन । 

लक्ष्य पुरा गर्न समयको पनि पाउबन्दि थियो । कामको व्यस्तता बढ्दै जादा समय घर्किएको थाहै नहुंदो रहेछ । आईतबार त्यसै भयो । लक्ष्य पुरा गर्ने योजना मुताबिक बिहानै देखि सहकर्मीहरुले आफ्नो जिम्मेवारीलाई रफ्तार दिए । 

निदृष्ट लक्ष्यले पुर्णता पाउनेमा ढुक्क हुदाहुदै पनि सम्पादक (खिलानाथ ढकाल) सरमा बेचैनी देखिन्थ्यो । उहाँ पटकपटक रिपोटिङ रुममा आएर हामीलाई हौसला दिईरहनु भएको थियो । हाम्रौ गतिलाई अझै तेज बनाउन सघाउ पुर्याईरहनु भएको थियो । उता, अर्को रुममा अशोक सरका औलाहरु किबोर्डमा पटटटट दौडिरहेका थिए । उहाँका अगाडी राखिएको चियाका गिलासहरु पटक पटक सेलाए तर लक्ष्य प्राप्त नहुञ्जेल अशोक सर सेलाउनु भएन । 

रिपोर्टर रुममा गोविन्द सर, विनिता जी आफ्नै लयमा बगिरहेका थिए । अन्य दिनका भन्दा यस दिन उहाँहरुको उर्जा दोब्बर देखिन्थ्यो । लक्ष्य प्राप्त गरुञ्जेलसम्म उहाँहरुको उर्जामा कुनै कमि देखिएन, देखाउनु भएन । 

म आफ्नै धुनमा थिए । निदृष्ट गरिएको कुनैपनि लक्ष्य छिनभरमै पुरा हुदैंन । लक्ष्य पुरा गर्न समय, परिश्रम, योजना
अनि प्रतिबद्धताको खाचों पर्छ । म प्रतिबद्ध थिए । यसरी लक्ष्य प्राप्ती गर्न सकिन्छ भन्ने योजना मैले अघिका दिनहरु मै बनाएको थिए । त्यस बारेमा मैले सहकर्मीहरु बिच छलफल पनि गरिसकेको थिए । कति समयमा कुन काम गर्ने  भन्ने घरबाटै स्पष्ट प्लान थियो । विहानै अफिसमा पुग्दै सम्पादक सरलाई मैले यति समयमा यति काम गर्नेछु भन्ने जानकारी दिए र कार्य प्रारम्भ भयो ।

दिउँसोको १२ बज्दा नबज्दै मैले मलाई तोकिएको कार्यभारको साठी प्रतिशत कार्यलाई पुर्णता दिईसकेको थिए । पुर्वतयारी, अनुभव, जिम्मेवारी बोध, योजनाले मलाई त्यसमा सफल बनायो । दिउँसो ४ बजे मलाई तोकिएको जिम्मेवारी पुरा गरिसकेको थिए । बाकीं समयमा आवश्यकता अनुसारको जिम्मेवारी निभाए । 

अन्त्यमा, 

हामीलाई लक्ष्य दिई पुरा गर्ने आत्मविश्वास जगाईदिनु भएकोमा सनत सरप्रति अाभारी छाै। लक्ष्य प्राप्त गर्न एकजुट भएर लाग्ने न्युज टिमप्रति नतमत्सक छु । उहाँहरुको उर्जाशिल कार्य गराई बिना यो सम्भव थिएन । यस गतिले निरन्तरता पाओस, शुभदिन ।

Wednesday, 20 April 2016

मेरो डायरी ४४ (थ्याङ्क्कु मा, थ्याङ्क्कु पा)

मै कभी बतलाता नही, पर तेरी फिर्क तो कर्ता हु ना मा  बलिउडका मिष्टर प्रर्फनिष्ट आमिर खान अभिनित चलचित्र ‘तारे जमिन पर’ को ‘मेरी मा’ बोलको गीत जब जब सुन्छु तबतब हजुरको यादले औधी सताउँछ ममी । जब जब गीत अगाढी बढ्दै जान्छ म त्यसमा आफुलाई भेटाउँछु, गीतले यु तो मे बतलाता नही पर तेरी परवाह कर्ता हुना मा’  भन्दै गर्दा यी शब्दले मेरो यर्थात बोले जस्तो लाग्छ ।
Thank you Mom, Thank You Pa...
हो ममी हजुरको कति ध्यान राख्छु भनेर कहिल्यै भनेन, हजुरलाई कति मायाँ गर्छु भनेर कहिलै व्यक्त गरिन् । लामो समय घरमा हुदा आफै कोठामा बढी रमाउने मेरो बानीलाई कतिले एकोहोरो मान्छे रैछ भन्दा हुन् । पछि उमेर बढ्दै गएपछि साझ विहान घर र बाकीं समय बाहिरै वित्न थाले । अचेल त झन स्नातकोत्तर अध्ययनका लागी काठमाण्डौ आउँदा हजुरसँग लामो समयका लागी छुटिनु परेको छ । मान्छेहरुले मलाई एकोहोरो मान्छे भनेर भन्नुलाई म अन्यथा लिन्न मम्मी । मेरो बानी नै त्यसै छ, म कुनै एक काम गर्न थाले भने त्यसै काममा बढी ध्यान केद्रित गर्छु, दायाँबायाँ के भईरहेको छ केही मतलब हुदैन् । घरमा हुदाको बढी समय कोठैमा वित्ने गर्छ । त्यति धेरै बोल्दिन तर हजुरलाई त सवै थाहा छ, म नबोले पनि मन देखि हजुरहरुबारे हमेशा चिन्तित रहन्छु । हजुरहरुलाई कसरी सुखी र खुशी राख्न चाहान्छु त्यो कुराले मस्तिष्कमा सधै बास गरिरहन्छ ।
आजको दिनबाट म एक बर्ष अझै जवान भएको छु, मम्मी । कञ्चनपुरको कुनाबाट तपाईले दिदि, दाई र मलाई हुर्काउँदै आज यहाँसम्म पुर्याउनु भयो । हाम्रो परिवारको न कुनै सदस्य जागीर गर्थे, नकसैको व्यापार थियो, न हामीसँग पुर्खौली सम्पत्ती थियो । बुवा धेरै पढ्नु भएको पनि थिएन तर उहाँको अबिरल लगनशिल, मेहनत त्यसमा हजुरको साथले आज केही नभएका हामीसँग केही छ । राम्रो घर छ, विहान बेलुका मज्जैले खाना पुगेको छ । परिवारमा भाउँजु, छोरी थपिएकी छिन् । म काठमाण्डौ पढ्दै छु । हामी खुशी छौ, सुखी छौ । यो सवै हजुरहरुको पसिना अनि मेहनतको प्रतिफल हो बुवा ।
family
तपाईहरुको दुख प्रत्यक्ष आखाले देखेको छु मेलै । हजुरले हाम्रो लागि भनेर आफुहरुको सम्पुर्ण जीवन सुम्पिनुभएको छ । बुवा, ममी हजुरहरुको ईच्छा छ, छोरो आफ् खुट्टामा उभिएको हेर्ने । त्यसैले त आजसम्म हजुरहरुले आफु ठुलो कष्ट उठाएर पनि मलाई सिन्को भाच्न दिनुभएन् । कहिले आफैलाई अप्ठारो लाग्छ बाबाममी, उमेरले यत्रो भैसके तर पनि आजसम्म घरको जिम्मेवारी कुनै उठाएको छैन् ।
हजुरहरुको मसँगको विश्वास पनि गज्जबको छ । म विहान देखि बेलुका आफ्नै कामले कता कता व्यस्त हुदाँ समेत तपाईहरुले कहिल्यै रोक्नु भएन् । तपाईहरुको विश्वास पनि तोडिन् मैले अनि जन्म दिनमा बाचा गर्छु फेरी पनि तपाईहरुको विश्वास कहिल्यै तोड्ने छैन । यो छोराले तपाईहरुको विश्वासलाई सधै कायम राख्दै तपाईहरुलाई सधै हास्ने बाहाना दिईरहने छ ।
जानी अन्जानी कतिपय पलमा तपाईहरुको मन दुखाए पनि होला । कतिपय वेला तपाईहरुले भनेको पनि मानिन् होला । कतिपय वेला तपाईहरुले हिड्न अह्र्राउनु भएको बाटो हिडिन होला । कतिपय बेला हजुरहरुले दिनुभएको खादिन भन्दै मन दुखाए होला । तर हजुरहरुले सधै सवै कुरा मेरो नादानी मानेर सहजै माफि दिनु भयो । मैले यसो गर्छु भन्दा कहिल्यै नाई भन्नु भएन्, मैले यता जान्छु भन्दा कहिल्यै रोक्नु भएन् । अझ मैले गरेका साना तिना गल्तीहरुको सधै बचाउँ गर्नु भयो । आमाबुवाले आफ्ना छोराछोरीलाई दिने मायामा हजुरहरुले कहिल्यै कमी हुन दिनु भएन् । मैले कहिल्यै कमीको महशुस पनि हुन पाईन् ।
हजुरहरुकाे अाशिर्वाद सधै पाइरहन पाउँ ।
मलाई थाहा छ, बाबाममी घरका आवश्यकताहरु दिनप्रतिदिन बढ्दै गईरहेका छन् । हजुरहरुको उमेर बढ्दै गएर गल्दै जानु भएको छ । हजुरहरुलाई स्वास्थ्यको समस्यालाई यो उमेरमा केही सताउन थालेको छ । ममी हजुर अझै पनि आफ्नो स्वास्थ्यले अन्तिम समयसम्म भ्याएसम्म हाम्रा लागी मेहनत गरिरहनु भएको छ । अब हजुरहरुले आराम गर्नुपर्ने अवस्था हो, ममीबुवा ।

साथी प्रबेश र म स्कुल पढ्दा
अध्ययनका लागी काठमाण्डौ आएका वेला हजुरहरुसँग भेट अनि कुरा हुन पाएको छैन । छोराले वास्ता गर्दैन नठान्नु होला । मैले फेर्ने प्रत्येक श्वासमा तपाईहरु हुनुहुन्छ । तपाईहरु हुनुहुन्छ र पो म छु । यस जन्मदिनबाट तपाईहरुलाई सधै खुशी अनि सुखी राख्ने बाचा गर्दछु । जिन्दगीले जहासुकै पुर्याओस तपाईहरुलाई आफुबाट कहिल्यै टाढा हुनेछैन । अन्त्यमा अबेर रातीदेखि नै जन्मदिनको शुभकामना दिनुहुने मेरा सम्पुर्ण साथीहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु । जिन्दगीमा आजसम्म तपाइहरुको साथले यहाँ पुगे र बाकीं जिन्दगीमा तपाई सम्पुर्णको साथ यसरी नै पाउँने आशा छ ।



Monday, 11 April 2016

मेरो डायरी ४३ (सप्राइज)


शनिबारको दिन । सधै झै दिन व्यस्त नै रह्यो । स्नातकोत्तरमा सेमष्टरमा अध्ययन सुरु गरेपछि विहान क्याम्पस, अनि दिउँसो कार्यशाला, अनुसन्धान तथा अध्ययनमा दैनिकी व्यस्त बन्न थालेको छ । केही फुर्सदिलो हुन, शनिवार कुर्नै पर्छ । कयौ असाईनमेन्टहरु बाकीं हुन्छन् तर पनि हाप्पी स्यार्टडेको बाहनामा विहान केही अबेर गरि उठिन्छ । हप्तामा एक दिन विदा दिने चलन जसले चलायपनि त्यो सवैका लागि फलदायी बनेको छ । बाल्यकालमा शनिबारको मज्जा वेग्लै । न स्कुल जानुपथ्र्यो न धेरै होमवर्क नै हुन्थ्यो । घरमा आमावुवाले पनि अन्य दिनको झै पढ्पढ भनेर किचकिच गर्दैन थिए । मज्जाले सुत्न पाईन्थ्यो, मज्जाले खेल्न पाईन्थ्यो, बजार डुल्न जान पाईन्थ्यो । त्यो बालापनको कुरा । उमेर बढ्दै गएपछि शनिवारको महत्व अझै बढ्दै गयो । कार्य व्यस्ततामा

धेरै भैसकेको थियो बानेश्वर चोक तिर ननिस्किएको । कोठाबाट १० मिनेट जतिको पैदल दुरीमा पर्दथ्यो बानेश्वर चोक । अनेक थरि मान्छेहरुसँग भेट हुने गर्दछ बानेश्वर चोकमा । चोक पुग्नुको मेरो पनि उदेश्य त्यही थियो, कही कतै कोही चिनेका भेटिन्छन् कि । आफ्नो शहरबाट अर्को शहरमा कोही आफ्नो चिनेको मान्छे भेटिदाको आनन्द अनि उनीहरुसँग मनका कुरा साट्दाको खुशी शाब्दिक रुपमा बयान गर्न गाह्रो पर्दछ । तर बानेश्वर चोकको विशेषता हजारौ मान्छेहरु ओहोर दोहोर गर्ने त्यहाँ कोही धेरै बेर अडिन्नन । किनकी सवैलाई आ आफ्नो गन्तव्यमा पुग्न हतार हुन्छ । सवै आ आफ्नो कर्ममा व्यस्त छन्, हुन्छन् ।

कोठा बन्द गरे, कानमा एअरफोन हाले र पुराना हिन्दी एभरग्रिन गित बजाए । गितको सुरमा एक्लै बानेश्वर चोक तिरको यात्रा तय गरे । कोठाबाट निस्कदा मन बेचैन जस्तै लाग्थ्यो । खै किन हो, केही कुराको आभास हुदै थियो । आफै आफै केही चल्दै थियो मन् । चोक पुग्दा चार पाँच वटा गित सुनिसकेछु । चोकको सेलिंगमा बसे अनि चारैतिर आखाँ डुलाउँन सुरु गरे । सवै आ आफ्नो कर्ममा व्यस्त देखिन्थे । ट्राफिकहरु जाम नहोस भन्नेमा शर्तक थिए, पानी पुरीवालाकोमा चार पाँच वटा युवतीहरुको समुह झुण्डिएकै थियो । खुद्रा व्यापारीहरु घोक्रो सुक्दासम्म कराईरहेका थिए । आधा बाटो काट्नमा व्यस्त थिए त आधा आ आफ्नो गन्तव्यमा जान हतारिदै थिए । सवैलाई आफ्नै अन्दाजले नियालिरहेका मेरा आखाँ भने एउटा अनुहारमा आएर अडिए । मेरो पश्चिम पट्टीबाट एकजना युवती आफ्नो साथीसँग मज्जाले गफिदै, मन्द मुस्कानका साथ मेरा तिर अघि बढ्दै थिईन् । कर्ली कपाल, ठिक्कको जिउँडाल, अनि क्युट अनुहार । त्यो अनुहार मेरा लागि परिचित अनुहार थियो । तर धेरै भैसकेको थियो त्यो अनुहारलाई मैले देख्न नपाएको । जति नजिक आईन मेरो ढुकढुकी अझै बढ्न थाल्यो ।

मान्छेहरुको भिडमा उनको नजरमा म अझै परेको थिएन्न तर मैले आखाका परेली नझिम्काई उनीलाई हेरी रहे । उनी र मेरो नजिकपन केही सेकेण्डको दुरीमा थियो र उनले दिशा मोडिन् र बाटो काट्न दक्षिण तिर फर्किइन् ।
सायाँ ! मेरो मुखबाट शब्द निस्कियो । केही बेर रोकिएको श्वास फेर्दै मैले उनको नाम लिए तर उनीबाटो काट्न अघि बढिसकेकीले मेरो आवाज उनीसामु पुग्न सकेन् । धनगढी छोडेपछि सायाँलाई धेरै समय भैसकेको थियो नभेटेको । तर काठमाण्डौ आएर पनि मलाई किन थाहा नदिएकी होली ? मनमा प्रश्न खेल्न थाल्यो । मनमुटाब त केही भएको थिएन तर धेरै भैसकेको थियो उनीसँग बोलचाल नभएको । त्यहि भएर पो उनले बताउँन आवश्यक ठानिन्न कि ?

अनेकन् प्रश्नहरु एकपछि अर्को गर्दै मनको पोखरीमा डुबुल्की लगाईरहेका थिए । त्यतिञ्जेल उनी सडक पार पुगिसकेछिन् । मैले उनलाई पन्छाउँने निधो गरे, म बाटो पार पुग्दा उनी बसमा चडी सकेकी थिईन् र बस घुईकिसकेको थियो । म लगत्तै अर्को बसमा चडे र उनको बसको पिछा गर्न थाले । कोटेश्वर बसस्टपमा उनको बसबाट उनी झरेको मैले हेरिरहेको थिए र म पनि झरे । उनी केही अघि पुगेकी थिईन् मैले पच्छाईरहे । दुई मिनेटको बाटो हिडेपछि उनी एक घरभित्र पसिन् तर मैले अहिले बोलाउँने आट गरिन् । सोचे उनी बस्ने घर देखि सके अब उनीलाई सप्राईज दिनेछु । केही छिनमा त्यहाबाट निस्किए र कोठा आए । अब अर्को दिनको व्यग्र प्रतिक्षा थियो जुन दिन म सायाँलाई सप्राईज दिउँ तर सप्राईज त उनले दिएकी थिईन काठमाण्डौमा विना जानकारी आएर नि ...
(क्रमश, बाकीं मेराे डायरीकाे अर्काे अंकमा)

Tuesday, 5 January 2016

धनगढी क्रिकेट लिग (डिसिएल) भाग ३ : कुन टीम कस्तो ?

यज्ञराज जाेशी/क्रिकेट फारवेष्ट
धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले नेपाली क्रिकेट ईतिहासमा पहिलोपटक धनगढीमा खेलाडीहरुको लिलामी (अक्सन) गरि व्यवसायिक क्रिकेटको सुरुवात गरेको छ । टेष्ट नेशन जस्तै भारतमा आईपीएलमा खेलाडीहरुको बोली लगाई टीममा अनुबन्ध गर्ने कार्य पहिलै सुरु भएको भएपनि नेपालमा भने डिसिएले यसको प्रारम्भ गरेको छ । पहिलो पटक अक्सन मार्फत खेलाडीहरु टीममा अनुबन्ध गराएको डिसिएले अक्सनमा देशभरिबाट खेलाडीलाई खुला रुपमा अक्सनका लागि दर्ता हुन आह्वान गरेको थियो भने दर्ता भएका खेलाडीहरुलाई अक्सनमा सहभागि गराएर उनीहरुलाई विभिन्न टीममा अनुबन्ध हुन बाटो प्रशस्त गरेको गह्यो । पौष १२ गते देशभरिका १ सय १६ जना खेलाडीहरु अक्सनमा सहभागि भएसँगै डिसिएल ३ को औपचारिक रुपमा सुरुवात भईसकेको उद्घोष डिसिएले गरेको छ । यता फागुन १ गतेबाट सुरु हुने धनगढी क्रिकेट लिगमा सन्तोषीटोल, हसनपुर, अत्तरिया, चौराहा, अनि क्याम्पसरोड गरि पाँचवटा टीमले प्रतिस्पर्धा गर्ने भएका छन । ३ लाख रुपैया विजेता र १ लाख रुपैया उपविजेतालाई दिईने डिसिएल ३ का लागि कुन टीमले कस्ता खेलाडी किने त ? 

सन्तोषी टोल   


अवस्थित तथा विशेषता : धनगढी उपमहानगरपालिका वडानम्बर २ मा पर्छ, सन्तोषी टोल । धनगढीको दक्षिणीभागमा अवस्थित यो टोल धनगढीका पुराना टोलहरु मध्येको एक हो । धनगढी बजारको मध्यभागसँग जोडिएको यस टोल धनगढीबासीका लागि परिचित टोल हो । मुख्य सडकमा व्यापारिक क्षेत्र रहेको सन्तोषीटोलका भित्री सडकहरुमा भने आवास क्षेत्र पर्दछ । सन्तोषी टोल मै देश कै सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता एसपीए कपको आयोजक एसपीए पनि अवस्थित भएकाले यस क्षेत्रमा क्रिकेट प्रतिको झुकाव धेरै नै रहेको सहजै अनुमान गर्न सकिन्छ । अझ धनगढीमा क्रिकेटका लागि अत्याधिक प्रयोग हुने एसएसपी कार्यालयको मैदान पनि सन्तोषी टोलमा नै भएकाले सन्तोषी टोलले प्रतियोगितामा होम क्राउडको ठुलो साथ पाउँने सुनिश्चित छ । 
Janak Raj Joshi, Team Owner

टीम विश्लेषण : -

टीम मालिक : जनकराज जोशी 
टीम कप्तान : विजय राना 
टीम मालिक जनकराज जोशी तथा कप्तान विजय रानाले निकै सुझँबुझँका साथ सन्तोषी टोल टीम बनाएका छन । अक्सनमा सुरुमा निकै धैर्य देखिएका उनीहरु आफुलाई चाहेका खेलाडी किन्न निकै आक्रमक देखिएको कुरा राजु रिजाललाई खरिद गर्दा उनीहरुले देखाएको रणनितीले स्पष्ट पार्दथ्यो । राजु रिजाल, सुनिल धमला, रोशन अधिकारी जस्ता अन्तराष्ट्रिय खेलाडीलाई टीममा खरिद गर्न मोटो रकम खर्च गरेको सन्तोषी टोलले सुरेश भट्ट, युवराज थापा, प्रकाशजंग कार्की, महेश अधिकारी, टेकेन्द्र बोहरा, अमित बुढा जस्ता होनहार उदयमान खेलाडीहरुलाई टीममा समावेश गरेको छ । अमित साहु जस्ता भारतिय खेलाडीलाई पनि आफ्नो टीममा अनुबन्ध गरी प्रतिपक्षीलाई डराउने रणनिती टीमले लिएको देखिन्छ । खेलाडी खरिदका लागि १ लाख ८० हजार रुपैया अधिकतम मुल्य तोकिएको अक्सनमा कप्तान बाहेक अन्य खेलाडी खरिद गर्न सन्तोषी टोलले १ लाख १७ हजार रुपैया खर्च गरेको सन्तोषी टोलले ७ जना ब्याट्सम्यान, ४ जना पेश बलर, २ जना स्पिनर, २ जना अलराउण्डर र २ जना मुख्य विकेट किपरलाई खरिद गरि आकर्षक टीम बनाएको छ । राजु रिजाल, सुनिल धमला जस्ता अन्तराष्ट्रिय खेलाडीहरुको अनुभवबाट प्रेरित टीममा महेश अधिकारी, युवराज थापा, विजय राना, अमित बुढा, अमन भण्डारी जस्ता युवा उदयमान खेलाडीहरुले प्रतियोगितामा निकै प्रतिस्पर्धी टीमका रुपमा आफुलाई उभ्याएको छ । 
१) राजु रिजाल : (विकेट किपर, ब्याट्सम्यान)
Raju Rijal
सन्तोषी टोलका सवैभन्दा अनुभवी अन्तराष्ट्रिय खेलाडी तथा अक्सनमा सवैभन्दा बढी रकममा बिक्ने खेलाडी हुन, राजु रिजाल । विश्वकप खेल्न तयार रहेको नेपाली यु १९ टीमका कप्तान समेत रहेका राजु रिजाललाई सन्तोषी टोलले जति पनि पैसा खर्च गर्न डराएन । उनको अनुभव, खेल कौशल, जतिवेला पनि म्याच आफ्नो पक्षमा पार्न सक्ने क्षमता तथा खेल अनुसासनलाई बुझ्दै सन्तोषी टोलले राजुलाई मोटो रकममा खरिद गरेको हो । नेपाललाई यु १९ विश्वकपमा पुर्याउन शतक सहित महत्वपुर्ण भुमिका निभाएर राजु नेपाल कै उत्कृष्ट विकेट किपरहरु मध्ये एक हुन । डिसिल भाग २ कैलाली बहुमुखी क्याम्पसले आफ्नो पक्षमा पार्नुको एउटै कारण राजु रिजाल हुन । उनले केएमसीले हारिसकेको पारिलाई अन्तिम विकेटसम्म टिकेर उछिन्दै उत्कृष्ट ब्याट्सम्यानको उपाधी प्राप्त गरे । राजु विश्वकपका लागि व्यस्त रहेकाले सन्तोषी टोलले टीमको कप्तानी युवा उदयमान खेलाडी विजय रानालाई दिएको थियो तर प्रतियोगितामा राजुले नै कप्तानी पाउँने लगभग निश्चित छ । टीमलाई सफलता दिलाउन कप्तानको महत्वपुर्ण भुमिका हुने भएकाले राजुले पछिल्लो समय नेपाली यु १९ टीमलाई दिलाएको सफलताको झल्को सन्तोषी टोलका लागि पनि नदेलान भन्न सकिन्न । टीममा राजु पहिलो रोजाईका विकेट किपर पनि हुन ।
२) सुनिल धमला : (अलराउण्डर)
Sunil Dhamala
सुनिल धमला राजु रिजालका मेट हुन । नेपाली यु १९ का ओपनर ब्याट्सम्यान समेत रहेका धमला सन्तोषी टोलको दोस्रो रोजाईमा परेका थिए । अलराउण्डर भुमिका देखिने सुनिल स्पिन बलिंग पनि गर्छन । नेपालबाट थुप्रै अन्तराष्ट्रिय प्रतियोगिता खेल्न भ्याईसकेका र हाल राजुसँग भारतमा यु १९ विश्वकपको तयारीमा रहेका सुनिल टीममा रहँदा अन्य खेलाडीहरुको पनि मनोबल उच्च हुनेछ । मैदानमा अनुशासित रुपमा पेश आउने उनी क्षेत्र नम्बर ९ धनगढीबाट राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउँने गर्दछन ।

३) विजय, महेश, रोशन
Bijay Rana, Mahesh Adhikari, Roshan Adhikari
सन्तोषी टोलको कप्तानको जिम्मेवारीम रहेका विजय राना निकै प्रतिभाशाली ब्याट्सम्यान हुन । उनको प्रतिभाको कदर गर्दै धनगढी क्रिकेट एकेडेमीले उनलाई छात्रवृत्तीमा क्रिकेट प्रशिक्षण गराईरहेको छ । एसपीए कप, क्षेत्रिय, क्लब लेभल तथा देशै भरि हुने साना ठुला प्रतियोगिताहरुमा सहभागिता जनाईसकेका विजय टीमको महत्वपुर्ण सदस्य हुन । त्यस्तै महेश अधिकारी पनि विजय कै ब्याचका पेश बलर हुन भने रोशन अधिकारीसँग नेपालको प्रतिनिधित्व गदैै मलेसियामा यु १६ च्याम्पियन बनेको अनुभव छ ।  

४) युवराज, टेकेन्द्र, अमित

Yuv Raj Thapa, Takendra Bohara, Amit Budha (Young Talented Player)


युवराज थापा, टेकेन्द्र बोहरा र अमित बुढा तिनै जना धनगढी क्रिकेट एकेडेमीका यु १६ का होनहार युवा खेलाडी हुन । युवराज तथा टेकेन्द्र डिसिएका पहिलो ब्याचका प्लेयर हुन भने अमित बुढालाई डिसिएका अध्यक्ष सुवाश शाहीले कैलालीको बौनियाँमा भएको क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन तथा उनको क्रिकेट प्रतिको लगाव देखेर डिसिएमा छात्रवृत्तीमा प्रशिक्षण गराईरहेका छन । युवराज विकेटकिपर ब्याट्सम्यान हुन । कलिलै उमेरमा उनी सुझबुझँका साथ व्याटिंग गर्ने गर्दछन भने उनको विकेट किपिंगको सवैले तारिफ गर्ने गरेका छन । टेकेन्द्र बोहोरा, डिसिएमा स्पिन बलिंग तथा उत्कृष्ट फिल्डरका रुपमा परिचित छन भने अमित बुढा डिसिएका उत्कृष्ट मध्येका एक पेश बलर हुन ।
यी बाहेक सुरेश भट्ट, विप्लव विष्ट, न्युरिन अन्सारी, प्रकाशजंग काकीं, अमन भण्डारी, भोजराज भट्ट, प्रेम आउजी, अमित साहु सन्तोषी टोलमा रहेका छन । सन्ताेषी टाेलसँग हाेम क्राउडकाे ठुलाे साथ हुनेछ । भनिन्छ, दर्शक १२ अाै खेलाडी हुन । क्रिकेट प्रति निकै नै क्रेज रहेकाे सन्ताेषी टाेलमा खेलाडीहरूकाे हाैसला बुलन्द पार्न दर्शकहरू मैदानसम्म पुग्दा ३ लाखकाे उपाधी सन्ताेषी टाेलले हात नपार्ला भन्न सकिन्न ।





Saturday, 2 January 2016

मेराे डायरी २२ (अक्सन अनुभव)

नेपाली क्रिकेटमा सुवाश शाही नयाँ नयाँ प्रयोग गर्न उस्ताज मानिन्छन । झण्डै पाँच बर्ष अघि नेपाली क्रिकेटले पाएको एउटा युवा व्यक्तित्वको नाम हो, सुवाश शाही । जसले छाटो समयमा नेपाली क्रिकेटको ठेक्का लिएकाहरुले गर्न नसकेको कार्य गरेर सवैलाई चकित पारेका छ । सन २०१० मा धनगढीमा एसपीए कपको पहिलो संस्करणबाट नेपाली क्रिकेटमा पाईला चालेको शाहीले त्यहीबाट नेपाली क्रिकेटको विकासमा प्रत्येक पटक भिन्न सफल प्रयासहरु गर्दै आएका छन । नियमित मेहनत, एकचित्त भएर लागेपछि अनि सवैलाई साथमा लिएर थालिएको उत्तम कार्यले जहिले पनि सफलता पाउँछ भन्ने कुरालाई आत्मसात गर्दै सकरात्मक सोचका साथ अघि बढ्दै गएपछि नेपाली क्रिकेटलाई नौला प्रयोगहरु मार्फत व्यवसायिक बनाउँने शाहीको प्रयासले आकार लिईसकेको छ ।


धनगढी रुट लेभल देखि खेलाडीहरुको विकासका लागि धनगढी क्रिकेट एकेडेमी (डिसिए) को स्थापना गर्नु नेपालमा पहिलो सुरुवात थियो । एकेडेमीले नेपाली क्रिकेटको ईतिहासमा पहिलो पटक नेशनल टीम बाहेकको टोलीलाई श्रीलंका जस्तो तेस्रो मुलुकमा पठाई म्याच एक्सोजरको अभ्यास नेपाली क्रिकेटमा पहिलो प्रयोग थियो । देशमा घरेलु क्रिकेटको संरचना निकै कमजोर भएको अवस्थामा घरेलु क्रिकेट उकास्न धनगढी क्रिकेट एकेडेमीले नेपालमा पहिलो पटक धनगढीमा नेपालकै सवैभन्दा लामो क्रिकेट लिग प्रतियोगिता धनगढी क्रिकेट लिग (डिसिएल) सुरु गर्यो । ६ महिनासम्म चलेको पहिलो र दोस्रो लिगमा खेलाडीहरुले बढी भन्दा बढी म्याच एक्सोजर पाउँदै आफुहरु थप परिष्कृत भएको खेलाडीहरुसँग अनुभव छ । क्रिकेट खेललाई व्यवसायिक बनाउँन जरुरी छ भन्ने उदेश्यले सोचले एसपीए कपलाई देश कै ठुलो क्रिकेट प्रतियोगितामा रुपमा उठाईरहँदा भर्खरै मात्र सुवाश शाहीले नेपाल मै पहिलो पटक खेलाडीहरुको किनबेच लिलामी (अक्सन) गरी देशको क्रिकेटमा नयाँ अध्याय सुरु भएको उद्घोष गरेका छन ।

      वि.सं २०७२ पौष १२ गतेको दिनलाई नेपाली क्रिकेटको ईतिहासमा सदैव याद गरिनेछ, यस दिन नेपालमा पहिलो पटक खेलाडीहरुलाई अक्सन मार्फत प्रतियोगितामा सहभागिता गराईएको छ । टेष्ट मान्यता प्राप्त राष्ट्रले धेरै अघि नै सुरु गरिसकेको यस किसिमको अभ्यास नेपालमा भने पहिलो पटक गरिएको हो । उदाहरणका लागि भारतमा प्रत्येक बर्ष हुने आईपीएललाई लिन सकिन्छ । जहाँ हामी खेलाडीलाई अक्सन मार्फत टीमले किनेको देख्दा उत्साहित हुन्थ्यौ, त्यस्तै माहोल बनेको थियो पौष १२ गते धनगढीमा पनि ।

      धनगढी क्रिकेट लिग भाग २ को समापन समारोहमा डिसिएका अध्यक्ष सुवाश शाहीले तेस्रो संस्करणमा अक्सन द्धारा खेलाडीहरु टीममा भित्र्याउने तथा खेलाडीहरुलाई प्रतियोगिता खेले मार्फत पारिश्रमिकको व्यवस्था गर्ने उद्घोष गरेसँगै यसको तयारी सुरु भईसकेको थियो । त्यसको केही समय पश्चात लिग खेल्न चाहाने सम्पुर्ण खेलाडीलाई डिसिएले सार्वजनिक सुचना मार्फत एकेडेमीमा दर्ता हुन खुला आह्वान ग¥यो । जसमा  देशभरबाट सम्पुर्ण अन्तराष्ट्रिय, राष्ट्रिय खेलाडीहरु तथा भारतबाट पनि खेलाडीहरुले लिगमा आफ्नो नाम दर्ता गराए,  दर्ता भएका खेलाडीको एकेडेमीले सम्पुर्ण प्रोफाईल तयार गरी अक्सनका लागि तयार ग¥योे । यता खेलाडीहरुले धमाधम दर्ता प्रक्रिया सुरु गरेपनि क्रिकेटमा लगानी गर्ने ग्रुप, संंस्था खोज्नु भने निकै जटिल थियो । खेलाडीहरुको दर्ता सकिन लाग्दा समेत कति टिम हुने, कसकसले टीम लिने भन्ने कुराको अन्योल कायमै रहेको अवस्थामा धनगढी क्रिकेट एकेडेमीमा मुख्य प्रशिक्षक अर्जुन खड्का ज्युको असमायिक निधन, डिसिएको मुम्बई, गोवा टुर, तथा नाकाबन्दिले देश शिथिल बनेको अवस्थामा डिसिएल भाग ३ सुरु हुने अझै निश्चित भईसकेको थिएन । नाकाबन्दीको प्रत्यक्ष मार उधोग व्यवासायीहरुमा परेकाले उनीहरुलाई लाखौ खर्च हुने टीमका लागि आग्रह गर्नसक्ने अवस्था पनि थिएन । यद्यपी क्रिकेटको शहर धनगढीमा धन नभएपनि मन भएका व्यक्तीहरुको कमी नभएकाले डिसिएको आग्रहमा स्थानिय दिप डेरी एण्ड ईण्डष्ट्रिजका सञ्चालक दिपक खड्काले क्याम्पसरोडको टीम आफुले लिने बताएसँगै डिसिएल ३ का लागि ढोको खुलेको हो । त्यसपछि स्थानिय केवल नेटवर्क एसटीएसका सञ्चालक राज कुमार श्रेष्ठले चौराहा टीम आफुले लिने भनेपछि डिसिए हौसियो । उता डिसिएल भाग १ को विजेता तथा डिसिएल भाग दुईको उपविजेता न्यु श्रृजनशिल युवा क्लबले अत्तरियाको टीमलाई खरिद गर्दै नेपाली क्रिकेटलाई व्यवसायिकता तर्फ उन्मुख गराउँने डिसिएको सुरुवातलाई सहयात्रा प्रदान गर्यो । त्यसपछि  स्थानिय युवा उद्यमी कुबेर शाहीले हसनपुरको तथा जनकराज जोशीले सन्तोषी टोलको टीम खरिदमा तत्परता देखाएपछि लामो समय पछि वल्ल पौष १२ गतेको दिन, नेपाली क्रिकेट ईतिहासमा ऐतिहासिक बन्न सक्यो ।

अक्सनका दिन विहानै देखि डिसिएले सम्पुर्ण तयारी थालिसकेको थियो भने पाचाँै वटा टीमले कुन खेलाडी आफुले लिने हो ? कतिमा लिने हो ? कतिसम्म बोली लगाउने भन्ने बारे छलफल गरिरहेको हल बाहिरको दृश्य रोचक बनेको थियो । आफुहरुको पहिलोपटक बोली लाग्ने भएकाले आफुहरुलाई कुन टीमले कतिमा खरिद गर्ला भनेर खेलाडीहरु पनि ठुलो संख्यामा उपस्थित थिए । यता नेपाली क्रिकेटमा बन्न लागेको ईतिहासको साक्षी बन्न सवै सञ्चारमाध्यमका सञ्चारकर्मीहरु आफ्नो कर्ममा खटिसकेका थिए, कोही खेलाडीहरुको प्रतिक्रिया जान्दै थिए त कोही अक्सनको प्रक्रिया अनि कोही कुन खेलाडी कतिमा विक्री होलान भन्नेमा गफिदै बसेका थिए । दुई बजेका अक्सन सुरु भयो, कार्यक्रम सुरुमा धनगढी क्रिकेट एकेडेमीले आफ्ना पुर्व व्यवस्थापक अर्थात मलाई यस क्षेत्रको क्रिकेट विकासमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै स्वर्ण पदक सहित सम्मान गर्यो अनि साथै नवनियुक्त व्यवस्थापक विजय कार्की ज्युलाई स्वागत गर्ने कार्यक्रम पश्चात पावर प्वाईन्ट प्रिजेन्टेशनबाट एक एक गर्दै खेलाडीहरुको प्रोफाईल सवै टीममा अगाढी देखाएपछि र पाँचवटा गोल टेबुलमा बसेका टीम मालिकहरुले अन्तराष्ट्रिय खेलाडीहरुको १० हजार र स्थानिय खेलाडीहरुको पाँचहजार देखि बोली लगाए ।

अक्सनमा स्थानिय युवा खेलाडीहरुकोे चर्चित अन्तराष्ट्रिय खेलाडीहरु भन्दा पनि बढी रकम बोली लाग्यो, नेपाली १९ बर्ष मुनिको राष्ट्रिय टीमका कप्तान राजु रिजाल सवैभन्दा महंगा खेलाडी बने, केही दिनमा विश्वकप खेल्न जान लागेका उनको होम टाउँन धनगढी हो । त्यस्तै विनोद भण्डारी, भुवन कार्की, मेहबुब आलम, सोनु तामांग, बिनोद लामा, यम कार्की, सुनिल धमला, ललित सिंह भण्डारी जस्ता प्लेयरहरु महंगो मुल्यमा विक्री भए । अक्सनमा उपस्थित खेलाडीहरुको बोली लाग्दा र उनीहरु खरिद हुँदा उनीहरुको मनमा वेग्लै खुशी देखिन्थ्यो । यता देशभरिबाट सामाजिक सञ्जाल तथा पत्रपत्रिकाहरुमा धनगढीमा हुन लागेको अक्सनको चर्चाले माहोल तताएको थियो । देशभरिबाट क्रिकेट प्रेमीहरु कुन खेलाडी कतिमा किनबेच भए भन्ने जान्न निकै उत्सुक देखिन्थे भने नेपाली क्रिकेट पनि व्यवसायिकता तिर उन्मुख भएको देखेर निकै खुशी भएको प्रतिक्रिया पनि पोष्ट गर्दै थिए ।
सवै टीम मालिकले आ आफ्ना खेलाडी खरिद गरिसके पछि सामुहिक फोटो लिदै नेपाली क्रिकेटको विकासको लागी आफुहरु सदैव लागिरहने सन्देश दिएँ । नेपाली क्रिकेटकोे विकासको एक हिस्सा बन्न पाउँदा आफुहरु निकै गौरवाम्वित बनेको प्रतिक्रिया उनीहरुको थियो ।

डिसिएले धनगढी क्रिकेट लिग भाग ३ आउँदो फागुन १ गते देखि गर्ने घोषणा गरेको छ । त्यतिञ्जेल प्रत्येक टीमले आफ्ना खेलाडीहरुले प्रतियोगिताका लागि तयार पार्नेछन, एक अर्का विच अभ्यास खेलहरु खेल्नेछन । प्रतियोगिता झण्डै १ महिना चल्नेछ । प्रतियोगितामा सहभागि प्रत्येक टीमले अन्य टीमसँग लिग चरणमा दुइ दुइ वटा खल्नेछन । प्रतियोगिताका विजेताले नगद ३ लाख हात पार्नेछन भने उपविजेता टीमले १ लाख नगद पाउँने आयोजकले जनाएको छ । धनगढीमा हुने देशको सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता एसपीए कप पछिको यो दोस्रो ठुलो धनराशीको प्रतियोगिता हो । यसरी अन्य क्षेत्रबाट पनि क्रिकेट खेल विकासको लागि प्रयासहरु हुने हो भने नेपालले चाडै टेष्ट मान्यता पाउँनेमा ढुक्क हुन सकिन्छ । 
                                                            यज्ञराज जाेशी 
                                                              क्रमश