Wednesday 20 April 2016

मेरो डायरी ४४ (थ्याङ्क्कु मा, थ्याङ्क्कु पा)

मै कभी बतलाता नही, पर तेरी फिर्क तो कर्ता हु ना मा  बलिउडका मिष्टर प्रर्फनिष्ट आमिर खान अभिनित चलचित्र ‘तारे जमिन पर’ को ‘मेरी मा’ बोलको गीत जब जब सुन्छु तबतब हजुरको यादले औधी सताउँछ ममी । जब जब गीत अगाढी बढ्दै जान्छ म त्यसमा आफुलाई भेटाउँछु, गीतले यु तो मे बतलाता नही पर तेरी परवाह कर्ता हुना मा’  भन्दै गर्दा यी शब्दले मेरो यर्थात बोले जस्तो लाग्छ ।
Thank you Mom, Thank You Pa...
हो ममी हजुरको कति ध्यान राख्छु भनेर कहिल्यै भनेन, हजुरलाई कति मायाँ गर्छु भनेर कहिलै व्यक्त गरिन् । लामो समय घरमा हुदा आफै कोठामा बढी रमाउने मेरो बानीलाई कतिले एकोहोरो मान्छे रैछ भन्दा हुन् । पछि उमेर बढ्दै गएपछि साझ विहान घर र बाकीं समय बाहिरै वित्न थाले । अचेल त झन स्नातकोत्तर अध्ययनका लागी काठमाण्डौ आउँदा हजुरसँग लामो समयका लागी छुटिनु परेको छ । मान्छेहरुले मलाई एकोहोरो मान्छे भनेर भन्नुलाई म अन्यथा लिन्न मम्मी । मेरो बानी नै त्यसै छ, म कुनै एक काम गर्न थाले भने त्यसै काममा बढी ध्यान केद्रित गर्छु, दायाँबायाँ के भईरहेको छ केही मतलब हुदैन् । घरमा हुदाको बढी समय कोठैमा वित्ने गर्छ । त्यति धेरै बोल्दिन तर हजुरलाई त सवै थाहा छ, म नबोले पनि मन देखि हजुरहरुबारे हमेशा चिन्तित रहन्छु । हजुरहरुलाई कसरी सुखी र खुशी राख्न चाहान्छु त्यो कुराले मस्तिष्कमा सधै बास गरिरहन्छ ।
आजको दिनबाट म एक बर्ष अझै जवान भएको छु, मम्मी । कञ्चनपुरको कुनाबाट तपाईले दिदि, दाई र मलाई हुर्काउँदै आज यहाँसम्म पुर्याउनु भयो । हाम्रो परिवारको न कुनै सदस्य जागीर गर्थे, नकसैको व्यापार थियो, न हामीसँग पुर्खौली सम्पत्ती थियो । बुवा धेरै पढ्नु भएको पनि थिएन तर उहाँको अबिरल लगनशिल, मेहनत त्यसमा हजुरको साथले आज केही नभएका हामीसँग केही छ । राम्रो घर छ, विहान बेलुका मज्जैले खाना पुगेको छ । परिवारमा भाउँजु, छोरी थपिएकी छिन् । म काठमाण्डौ पढ्दै छु । हामी खुशी छौ, सुखी छौ । यो सवै हजुरहरुको पसिना अनि मेहनतको प्रतिफल हो बुवा ।
family
तपाईहरुको दुख प्रत्यक्ष आखाले देखेको छु मेलै । हजुरले हाम्रो लागि भनेर आफुहरुको सम्पुर्ण जीवन सुम्पिनुभएको छ । बुवा, ममी हजुरहरुको ईच्छा छ, छोरो आफ् खुट्टामा उभिएको हेर्ने । त्यसैले त आजसम्म हजुरहरुले आफु ठुलो कष्ट उठाएर पनि मलाई सिन्को भाच्न दिनुभएन् । कहिले आफैलाई अप्ठारो लाग्छ बाबाममी, उमेरले यत्रो भैसके तर पनि आजसम्म घरको जिम्मेवारी कुनै उठाएको छैन् ।
हजुरहरुको मसँगको विश्वास पनि गज्जबको छ । म विहान देखि बेलुका आफ्नै कामले कता कता व्यस्त हुदाँ समेत तपाईहरुले कहिल्यै रोक्नु भएन् । तपाईहरुको विश्वास पनि तोडिन् मैले अनि जन्म दिनमा बाचा गर्छु फेरी पनि तपाईहरुको विश्वास कहिल्यै तोड्ने छैन । यो छोराले तपाईहरुको विश्वासलाई सधै कायम राख्दै तपाईहरुलाई सधै हास्ने बाहाना दिईरहने छ ।
जानी अन्जानी कतिपय पलमा तपाईहरुको मन दुखाए पनि होला । कतिपय वेला तपाईहरुले भनेको पनि मानिन् होला । कतिपय वेला तपाईहरुले हिड्न अह्र्राउनु भएको बाटो हिडिन होला । कतिपय बेला हजुरहरुले दिनुभएको खादिन भन्दै मन दुखाए होला । तर हजुरहरुले सधै सवै कुरा मेरो नादानी मानेर सहजै माफि दिनु भयो । मैले यसो गर्छु भन्दा कहिल्यै नाई भन्नु भएन्, मैले यता जान्छु भन्दा कहिल्यै रोक्नु भएन् । अझ मैले गरेका साना तिना गल्तीहरुको सधै बचाउँ गर्नु भयो । आमाबुवाले आफ्ना छोराछोरीलाई दिने मायामा हजुरहरुले कहिल्यै कमी हुन दिनु भएन् । मैले कहिल्यै कमीको महशुस पनि हुन पाईन् ।
हजुरहरुकाे अाशिर्वाद सधै पाइरहन पाउँ ।
मलाई थाहा छ, बाबाममी घरका आवश्यकताहरु दिनप्रतिदिन बढ्दै गईरहेका छन् । हजुरहरुको उमेर बढ्दै गएर गल्दै जानु भएको छ । हजुरहरुलाई स्वास्थ्यको समस्यालाई यो उमेरमा केही सताउन थालेको छ । ममी हजुर अझै पनि आफ्नो स्वास्थ्यले अन्तिम समयसम्म भ्याएसम्म हाम्रा लागी मेहनत गरिरहनु भएको छ । अब हजुरहरुले आराम गर्नुपर्ने अवस्था हो, ममीबुवा ।

साथी प्रबेश र म स्कुल पढ्दा
अध्ययनका लागी काठमाण्डौ आएका वेला हजुरहरुसँग भेट अनि कुरा हुन पाएको छैन । छोराले वास्ता गर्दैन नठान्नु होला । मैले फेर्ने प्रत्येक श्वासमा तपाईहरु हुनुहुन्छ । तपाईहरु हुनुहुन्छ र पो म छु । यस जन्मदिनबाट तपाईहरुलाई सधै खुशी अनि सुखी राख्ने बाचा गर्दछु । जिन्दगीले जहासुकै पुर्याओस तपाईहरुलाई आफुबाट कहिल्यै टाढा हुनेछैन । अन्त्यमा अबेर रातीदेखि नै जन्मदिनको शुभकामना दिनुहुने मेरा सम्पुर्ण साथीहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु । जिन्दगीमा आजसम्म तपाइहरुको साथले यहाँ पुगे र बाकीं जिन्दगीमा तपाई सम्पुर्णको साथ यसरी नै पाउँने आशा छ ।



No comments:

Post a Comment