Tuesday 5 January 2016

धनगढी क्रिकेट लिग (डिसिएल) भाग ३ : कुन टीम कस्तो ?

यज्ञराज जाेशी/क्रिकेट फारवेष्ट
धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले नेपाली क्रिकेट ईतिहासमा पहिलोपटक धनगढीमा खेलाडीहरुको लिलामी (अक्सन) गरि व्यवसायिक क्रिकेटको सुरुवात गरेको छ । टेष्ट नेशन जस्तै भारतमा आईपीएलमा खेलाडीहरुको बोली लगाई टीममा अनुबन्ध गर्ने कार्य पहिलै सुरु भएको भएपनि नेपालमा भने डिसिएले यसको प्रारम्भ गरेको छ । पहिलो पटक अक्सन मार्फत खेलाडीहरु टीममा अनुबन्ध गराएको डिसिएले अक्सनमा देशभरिबाट खेलाडीलाई खुला रुपमा अक्सनका लागि दर्ता हुन आह्वान गरेको थियो भने दर्ता भएका खेलाडीहरुलाई अक्सनमा सहभागि गराएर उनीहरुलाई विभिन्न टीममा अनुबन्ध हुन बाटो प्रशस्त गरेको गह्यो । पौष १२ गते देशभरिका १ सय १६ जना खेलाडीहरु अक्सनमा सहभागि भएसँगै डिसिएल ३ को औपचारिक रुपमा सुरुवात भईसकेको उद्घोष डिसिएले गरेको छ । यता फागुन १ गतेबाट सुरु हुने धनगढी क्रिकेट लिगमा सन्तोषीटोल, हसनपुर, अत्तरिया, चौराहा, अनि क्याम्पसरोड गरि पाँचवटा टीमले प्रतिस्पर्धा गर्ने भएका छन । ३ लाख रुपैया विजेता र १ लाख रुपैया उपविजेतालाई दिईने डिसिएल ३ का लागि कुन टीमले कस्ता खेलाडी किने त ? 

सन्तोषी टोल   


अवस्थित तथा विशेषता : धनगढी उपमहानगरपालिका वडानम्बर २ मा पर्छ, सन्तोषी टोल । धनगढीको दक्षिणीभागमा अवस्थित यो टोल धनगढीका पुराना टोलहरु मध्येको एक हो । धनगढी बजारको मध्यभागसँग जोडिएको यस टोल धनगढीबासीका लागि परिचित टोल हो । मुख्य सडकमा व्यापारिक क्षेत्र रहेको सन्तोषीटोलका भित्री सडकहरुमा भने आवास क्षेत्र पर्दछ । सन्तोषी टोल मै देश कै सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता एसपीए कपको आयोजक एसपीए पनि अवस्थित भएकाले यस क्षेत्रमा क्रिकेट प्रतिको झुकाव धेरै नै रहेको सहजै अनुमान गर्न सकिन्छ । अझ धनगढीमा क्रिकेटका लागि अत्याधिक प्रयोग हुने एसएसपी कार्यालयको मैदान पनि सन्तोषी टोलमा नै भएकाले सन्तोषी टोलले प्रतियोगितामा होम क्राउडको ठुलो साथ पाउँने सुनिश्चित छ । 
Janak Raj Joshi, Team Owner

टीम विश्लेषण : -

टीम मालिक : जनकराज जोशी 
टीम कप्तान : विजय राना 
टीम मालिक जनकराज जोशी तथा कप्तान विजय रानाले निकै सुझँबुझँका साथ सन्तोषी टोल टीम बनाएका छन । अक्सनमा सुरुमा निकै धैर्य देखिएका उनीहरु आफुलाई चाहेका खेलाडी किन्न निकै आक्रमक देखिएको कुरा राजु रिजाललाई खरिद गर्दा उनीहरुले देखाएको रणनितीले स्पष्ट पार्दथ्यो । राजु रिजाल, सुनिल धमला, रोशन अधिकारी जस्ता अन्तराष्ट्रिय खेलाडीलाई टीममा खरिद गर्न मोटो रकम खर्च गरेको सन्तोषी टोलले सुरेश भट्ट, युवराज थापा, प्रकाशजंग कार्की, महेश अधिकारी, टेकेन्द्र बोहरा, अमित बुढा जस्ता होनहार उदयमान खेलाडीहरुलाई टीममा समावेश गरेको छ । अमित साहु जस्ता भारतिय खेलाडीलाई पनि आफ्नो टीममा अनुबन्ध गरी प्रतिपक्षीलाई डराउने रणनिती टीमले लिएको देखिन्छ । खेलाडी खरिदका लागि १ लाख ८० हजार रुपैया अधिकतम मुल्य तोकिएको अक्सनमा कप्तान बाहेक अन्य खेलाडी खरिद गर्न सन्तोषी टोलले १ लाख १७ हजार रुपैया खर्च गरेको सन्तोषी टोलले ७ जना ब्याट्सम्यान, ४ जना पेश बलर, २ जना स्पिनर, २ जना अलराउण्डर र २ जना मुख्य विकेट किपरलाई खरिद गरि आकर्षक टीम बनाएको छ । राजु रिजाल, सुनिल धमला जस्ता अन्तराष्ट्रिय खेलाडीहरुको अनुभवबाट प्रेरित टीममा महेश अधिकारी, युवराज थापा, विजय राना, अमित बुढा, अमन भण्डारी जस्ता युवा उदयमान खेलाडीहरुले प्रतियोगितामा निकै प्रतिस्पर्धी टीमका रुपमा आफुलाई उभ्याएको छ । 
१) राजु रिजाल : (विकेट किपर, ब्याट्सम्यान)
Raju Rijal
सन्तोषी टोलका सवैभन्दा अनुभवी अन्तराष्ट्रिय खेलाडी तथा अक्सनमा सवैभन्दा बढी रकममा बिक्ने खेलाडी हुन, राजु रिजाल । विश्वकप खेल्न तयार रहेको नेपाली यु १९ टीमका कप्तान समेत रहेका राजु रिजाललाई सन्तोषी टोलले जति पनि पैसा खर्च गर्न डराएन । उनको अनुभव, खेल कौशल, जतिवेला पनि म्याच आफ्नो पक्षमा पार्न सक्ने क्षमता तथा खेल अनुसासनलाई बुझ्दै सन्तोषी टोलले राजुलाई मोटो रकममा खरिद गरेको हो । नेपाललाई यु १९ विश्वकपमा पुर्याउन शतक सहित महत्वपुर्ण भुमिका निभाएर राजु नेपाल कै उत्कृष्ट विकेट किपरहरु मध्ये एक हुन । डिसिल भाग २ कैलाली बहुमुखी क्याम्पसले आफ्नो पक्षमा पार्नुको एउटै कारण राजु रिजाल हुन । उनले केएमसीले हारिसकेको पारिलाई अन्तिम विकेटसम्म टिकेर उछिन्दै उत्कृष्ट ब्याट्सम्यानको उपाधी प्राप्त गरे । राजु विश्वकपका लागि व्यस्त रहेकाले सन्तोषी टोलले टीमको कप्तानी युवा उदयमान खेलाडी विजय रानालाई दिएको थियो तर प्रतियोगितामा राजुले नै कप्तानी पाउँने लगभग निश्चित छ । टीमलाई सफलता दिलाउन कप्तानको महत्वपुर्ण भुमिका हुने भएकाले राजुले पछिल्लो समय नेपाली यु १९ टीमलाई दिलाएको सफलताको झल्को सन्तोषी टोलका लागि पनि नदेलान भन्न सकिन्न । टीममा राजु पहिलो रोजाईका विकेट किपर पनि हुन ।
२) सुनिल धमला : (अलराउण्डर)
Sunil Dhamala
सुनिल धमला राजु रिजालका मेट हुन । नेपाली यु १९ का ओपनर ब्याट्सम्यान समेत रहेका धमला सन्तोषी टोलको दोस्रो रोजाईमा परेका थिए । अलराउण्डर भुमिका देखिने सुनिल स्पिन बलिंग पनि गर्छन । नेपालबाट थुप्रै अन्तराष्ट्रिय प्रतियोगिता खेल्न भ्याईसकेका र हाल राजुसँग भारतमा यु १९ विश्वकपको तयारीमा रहेका सुनिल टीममा रहँदा अन्य खेलाडीहरुको पनि मनोबल उच्च हुनेछ । मैदानमा अनुशासित रुपमा पेश आउने उनी क्षेत्र नम्बर ९ धनगढीबाट राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउँने गर्दछन ।

३) विजय, महेश, रोशन
Bijay Rana, Mahesh Adhikari, Roshan Adhikari
सन्तोषी टोलको कप्तानको जिम्मेवारीम रहेका विजय राना निकै प्रतिभाशाली ब्याट्सम्यान हुन । उनको प्रतिभाको कदर गर्दै धनगढी क्रिकेट एकेडेमीले उनलाई छात्रवृत्तीमा क्रिकेट प्रशिक्षण गराईरहेको छ । एसपीए कप, क्षेत्रिय, क्लब लेभल तथा देशै भरि हुने साना ठुला प्रतियोगिताहरुमा सहभागिता जनाईसकेका विजय टीमको महत्वपुर्ण सदस्य हुन । त्यस्तै महेश अधिकारी पनि विजय कै ब्याचका पेश बलर हुन भने रोशन अधिकारीसँग नेपालको प्रतिनिधित्व गदैै मलेसियामा यु १६ च्याम्पियन बनेको अनुभव छ ।  

४) युवराज, टेकेन्द्र, अमित

Yuv Raj Thapa, Takendra Bohara, Amit Budha (Young Talented Player)


युवराज थापा, टेकेन्द्र बोहरा र अमित बुढा तिनै जना धनगढी क्रिकेट एकेडेमीका यु १६ का होनहार युवा खेलाडी हुन । युवराज तथा टेकेन्द्र डिसिएका पहिलो ब्याचका प्लेयर हुन भने अमित बुढालाई डिसिएका अध्यक्ष सुवाश शाहीले कैलालीको बौनियाँमा भएको क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन तथा उनको क्रिकेट प्रतिको लगाव देखेर डिसिएमा छात्रवृत्तीमा प्रशिक्षण गराईरहेका छन । युवराज विकेटकिपर ब्याट्सम्यान हुन । कलिलै उमेरमा उनी सुझबुझँका साथ व्याटिंग गर्ने गर्दछन भने उनको विकेट किपिंगको सवैले तारिफ गर्ने गरेका छन । टेकेन्द्र बोहोरा, डिसिएमा स्पिन बलिंग तथा उत्कृष्ट फिल्डरका रुपमा परिचित छन भने अमित बुढा डिसिएका उत्कृष्ट मध्येका एक पेश बलर हुन ।
यी बाहेक सुरेश भट्ट, विप्लव विष्ट, न्युरिन अन्सारी, प्रकाशजंग काकीं, अमन भण्डारी, भोजराज भट्ट, प्रेम आउजी, अमित साहु सन्तोषी टोलमा रहेका छन । सन्ताेषी टाेलसँग हाेम क्राउडकाे ठुलाे साथ हुनेछ । भनिन्छ, दर्शक १२ अाै खेलाडी हुन । क्रिकेट प्रति निकै नै क्रेज रहेकाे सन्ताेषी टाेलमा खेलाडीहरूकाे हाैसला बुलन्द पार्न दर्शकहरू मैदानसम्म पुग्दा ३ लाखकाे उपाधी सन्ताेषी टाेलले हात नपार्ला भन्न सकिन्न ।





No comments:

Post a Comment