Wednesday 10 December 2014

SPA CUP 2015 : हाम्रो विश्वकप

यज्ञराज जोशी
विश्व क्रिकेट जगतलाईले यतिवेला क्रिकेटको विश्वकपको प्रतिक्षा गरिरहेका छन । प्रतियोगिताको विश्वले उल्टो गन्ती पनि सुरु गरिसकेको छ । तर यति बेला सुदुरपश्चिमको प्रसंग भने अलि फरक छ । सुदुरपश्चिम बासी पनि एउटा यस्तै एउटा क्रिकेट प्रतियोगिताको पखाईमा छन । जसले यस क्षेत्रमा विश्वकप भन्दा कम चर्चा पाउँदैन र यहाँका क्रिकेट प्रेमीहरुका लागि उनीहरु कै भुमिमा हुने विश्वकप समान छ, एसपीए कप ।

पछिल्ला संस्करण देखि एसपीए कपको दायराले पुरै देशलाई छोएको छ । अब प्रतियोगिता सुदुरपश्चिमको मात्र सिमीत रहेन यो त पुरै राष्ट्रको पखाई अनि चर्चाको बिषय बन्ने गरेको छ । आयोजनाको दुई महिना भन्दा कम समय रहेको प्रतियोगिताको बारेमा चियोचर्चा भने सुरु भै सकेको छ । हरेक नयाँ संस्करणमा नयाँ नयाँ स्वाद दिदै आएको प्रतियोगिता बारे जो सुकै क्रिकेट प्रेमीहरुले जान्न उत्सुक देखिन्छन । आयोजकले भने पनि प्रतियोगिताको आयोजना सुरु भै सकेको र प्रतियोगिता पछिल्लो संस्करण भन्दा भब्य हुने संकेत दिईसकेका छन । 

नेपाली क्रिकेट प्रेमीहरुका लागि एसपीए कप कुनै नौलो विषय भएन । जो सुकैले पनि देश कै सर्वाधिक धनराशी भएको प्रतियोगिता भनेर एसपीए कपलाई सहजै चिन्ने गरेका छन । तर एसपीए कपको परिचय यतिमा मात्र सिमित छैन । क्रिकेटको शहर भनेर आफ्नो छुट्टै पहिचान बनाएको सुन्दर नगरी धनगढीमा आयोजना हुने यस प्रतियोगिताले समग्र सुदुरपश्चिमको पहिचान फराकिलो बनाएको छ । एकातिर क्रिकेट खेलाडीहरुका लागि आफ्नो प्रतिभा देखाउने राम्रो अवसर दिएको एसपीए कपले अर्का तिर नयाँ नयाँ प्रतिभाहरुको खोजी गर्न समेत मदत गरेको छ । अनि यहाँको पर्यटन र संस्कृतीको विकाश र उत्थानमा पनि यसको भुमिका सह्रायिन छ । 

चौथो संस्करण भव्य हुने बताएको आयोजकले भर्खरै काठमाण्डौमा पत्रकार सम्मलेन गरी प्रतियोगिताका बारेमा गर्वमा रहेका कुराहरु सार्वजनिक गरेको छ । माघ १६ गते देखि २४ गते सम्म प्रतियोगिता अञ्चल प्रहरी कार्यालय धनगढीको टर्फ पीचमा खेल खेलाईने भएको छ । झण्डै ५० लाखको बजेटमा हुन लागेको चौथो संस्करणको प्रथम पुरुस्कारमा बृद्धी गरिएर ५ लाख रुपैया पुर्याईएको छ भने दोस्रो हुनेले २ लाख नगद हासिल गर्नेछन । त्यस्तै म्यान अफ द सिरिजले ५० हजार, उत्कृष्ट ब्याट्सम्यानले २५ हजार , उत्कृष्ट बलरले २५ हजार, उत्कृष्ट फिल्डरले २५ हजार पाउनेछन भने उत्कृष्ट विदेशी खेलाडीले २५ हजार तथा उदयीमान खेलाडीले क्रिकेट किट र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार हात पार्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा देश भरिका १६ वटा टीमले सहभागिता जनाउनेछन । प्रत्येक टीमले राष्ट्यि तथा अन्तराष्ट्यि खेलाडी पनि राख्न सकिने ब्यवस्था गरिएको छ । हाल सम्म देशभरिबाट काठमाडौंका गोल्डेन गेट, पेन्टागन, सिसिआरसी, आयोजक सुदुर पश्चिमाञ्चल एकेडेमी, विराटनगरको सिटी कलेज, भैरहवाको न्यु होराइजन, नेपालगन्जको होलिल्यान्ड, कञ्चनपुरको सनराइज, अछामको त्रिपुरा सुन्दरी, बैतडीको दशरथ चन्द, डडेलधुराको नमुना महेन्द्र उच्च मावी, अतरियाको दुर्गालक्ष्मी, टिकापुरको त्रिभुवन क्याम्पस सहित टोलीको सहभागिता जनाउने निश्चित भईसकेको छ ।
यस अघि भएका संस्करणहरु भव्यताका साथ सम्पन्न भईसकेकाले यसपालिको प्रतियोगिता पनि सभ्य र भव्य रुपमा सम्पन्न होस । हाम्रो शुभकामना ।

No comments:

Post a Comment