Saturday 13 December 2014

धनगढीमा एपीडीको सुदुरपश्चिम ब्युरो

यज्ञराज जोशी 
धनगढी मंसिर २८ गते
काठमाण्डौबाट प्रकाशन हुदै आएको चिनीयाँ न्युज एजेन्सी सिह्वाको नेपाली प्रकाशन एसिया पेसेफिक डेली(एपीडी) ले आफ्नो सुदुरपश्चिम ब्युरो धनगढीमा स्थापना गर्ने भएको छ ।
धनगढीमा भयको पत्रकार सम्मेलनमा एपीडिका नेपाल प्रमुख सम्पिंग लगायत . फोटो सुनिल शर्मा 
एडीपीले शनिवार धनगढीमा एक कार्यक्रमको आयोजना गरी ब्युरो स्थापनाको जानकारी दिएको हो । धनगढी स्थित सुदुरपश्चिमाञ्चल एकेडेमी (एसपीए) मा एपीडीको ब्युरो रहने कार्याक्रममा जानकारी गराईएको छ ।
कार्यक्रममा उपस्थित हरु / फोटो सुनिल शर्मा 
एडीपीका नेपाल प्रमुख चाउँ सिम्पिगंले सुदुरपश्चिमको कला संस्कृती सम्भावना तथा पर्यटन विकाशका लागि एडीपीको सुदुरपश्चिम शाखाले महत्वपुर्ण भुमिका खेल्ने बताए । साथै उहाँले यस क्षेत्रका पर्यटकिय गन्तब्यहरु आफ्ना मुख्य विषयबस्तु रहने भन्दै चीनमा समेत तिनीहरुको प्रचारप्रसारमा एपीडीको भुमिका महत्वपुर्ण रहने बताए ।

कार्यक्रममा एपीडीको शाखा कार्यालय धनगढी स्थापना गर्नमा सहजकर्ताको भुमिका गर्नु भएका सुप एकेडेमीका निर्देशक सुवाश शाहीले धनगढीमा एपीडीको शाखा विस्तारसँगै यस क्षेत्रमा चिनियाँ पर्यटकहरुको आवागमन पनि बृद्धीहुने विश्वास व्यक्त गरे । साथै उहाँले यहाँका अथाह पर्यटकिय गन्तव्यहरुको प्रर्वद्धन तथा विकाशमा एपीडीले भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विविसी नेपाली सेवाका सुदुरपश्चिम प्रमुख उमिद वागचन्दले सुपमा एपीडीको व्युरो स्थापनाले यस क्षेत्रको पहिचानमा टेवा पुग्ने बताउँदै ब्युरो खोल्ने निर्णयको स्वागत र शुभकामना ब्यक्त गरे ।
कार्यक्रममा एपीडीका मार्केििटंग म्यानेजर मनिषा श्रेष्ठ, रिपोर्टर श्रृष्टि काफ्ले, फोटो पत्रकार सुनिल शर्मा लगाएतको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment