Sunday 14 December 2014

एपीडीको सुदुरपश्चिम शाखा उद्घघाटन, शाही सदभावना दुत नियुक्त

यज्ञराज जोशी 
धनगढी, मंसिर २८ गते 
चिनीयाँ समाचार संस्था सिन्ह्वाको काठमाण्डौ प्रकाशन एसिया प्यासेफिक डेली एपीडी ले आईतबार सुदूरपश्चिमममा आफ्नो शाखा स्थापना गरेको छ । एपीडीले सुप सदभावना दुतका रुपमा सुदुरपश्चिमाञ्चल एकेडेमी एसपीएका निर्देशक सुवाश शाहीलाई नियुक्त गरेको छ । 
एपीडीले आयोजना गरेको कार्याक्रममा नेपाल प्रमुख चाउँ सेन्पिंगले सुदुरपश्चिमको समग्र सामाजिक, आर्थिक तथा पर्यटन विकाशका लागि एपीडीको भुमिका महत्वपुर्ण रहने धारणा ब्यक्त गर्नुभयो ।  एपीडीको सुदुरपश्चिम शाखा विस्तारसँगै यस क्षेत्रलाई अन्तराष्ट्यि क्षेत्रमा पहिचान गराउन पनि एपीडीको भुमिका महत्वपुर्ण रहने  उनले बताउनु भयो । 
त्यस्तै कार्यक्रममा प्रमुख अतिथी तथा शशस्त्र प्रहरी बलका सुप क्षेत्रिय प्रमुख जीत बहादुर प्नले एपीडीको सुप शाखा स्थापनाका लागि बधाई दिदै यहाँको कला संस्कृतीलाई अन्य क्षेत्रमा पहिचान गराउन पनि भुमिका महत्वपुर्ण हुने बताए । 
एपीडीका नवनियुक्त सदभावना दुत सुवाश शाहीले आफुलाई प्राप्त यस अवसरलाई आफुले समग्र सुदुरपश्चिमको विकाश र पहिचानमा खर्चने बताउनु भयो । साथै उहाँले यस क्षेत्रको विकाशका लागि सबैले आ आफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख लक्ष्मण न्यौपाने, पत्रकार महासंघ कैलालीका सभापती भरत शाह लगातयले मन्तब्य ब्यक्त गर्नुभएको थियो । 

No comments:

Post a Comment