Wednesday, 20 April 2016

मेरो डायरी ४४ (थ्याङ्क्कु मा, थ्याङ्क्कु पा)

मै कभी बतलाता नही, पर तेरी फिर्क तो कर्ता हु ना मा  बलिउडका मिष्टर प्रर्फनिष्ट आमिर खान अभिनित चलचित्र ‘तारे जमिन पर’ को ‘मेरी मा’ बोलको गीत जब जब सुन्छु तबतब हजुरको यादले औधी सताउँछ ममी । जब जब गीत अगाढी बढ्दै जान्छ म त्यसमा आफुलाई भेटाउँछु, गीतले यु तो मे बतलाता नही पर तेरी परवाह कर्ता हुना मा’  भन्दै गर्दा यी शब्दले मेरो यर्थात बोले जस्तो लाग्छ ।
Thank you Mom, Thank You Pa...
हो ममी हजुरको कति ध्यान राख्छु भनेर कहिल्यै भनेन, हजुरलाई कति मायाँ गर्छु भनेर कहिलै व्यक्त गरिन् । लामो समय घरमा हुदा आफै कोठामा बढी रमाउने मेरो बानीलाई कतिले एकोहोरो मान्छे रैछ भन्दा हुन् । पछि उमेर बढ्दै गएपछि साझ विहान घर र बाकीं समय बाहिरै वित्न थाले । अचेल त झन स्नातकोत्तर अध्ययनका लागी काठमाण्डौ आउँदा हजुरसँग लामो समयका लागी छुटिनु परेको छ । मान्छेहरुले मलाई एकोहोरो मान्छे भनेर भन्नुलाई म अन्यथा लिन्न मम्मी । मेरो बानी नै त्यसै छ, म कुनै एक काम गर्न थाले भने त्यसै काममा बढी ध्यान केद्रित गर्छु, दायाँबायाँ के भईरहेको छ केही मतलब हुदैन् । घरमा हुदाको बढी समय कोठैमा वित्ने गर्छ । त्यति धेरै बोल्दिन तर हजुरलाई त सवै थाहा छ, म नबोले पनि मन देखि हजुरहरुबारे हमेशा चिन्तित रहन्छु । हजुरहरुलाई कसरी सुखी र खुशी राख्न चाहान्छु त्यो कुराले मस्तिष्कमा सधै बास गरिरहन्छ ।
आजको दिनबाट म एक बर्ष अझै जवान भएको छु, मम्मी । कञ्चनपुरको कुनाबाट तपाईले दिदि, दाई र मलाई हुर्काउँदै आज यहाँसम्म पुर्याउनु भयो । हाम्रो परिवारको न कुनै सदस्य जागीर गर्थे, नकसैको व्यापार थियो, न हामीसँग पुर्खौली सम्पत्ती थियो । बुवा धेरै पढ्नु भएको पनि थिएन तर उहाँको अबिरल लगनशिल, मेहनत त्यसमा हजुरको साथले आज केही नभएका हामीसँग केही छ । राम्रो घर छ, विहान बेलुका मज्जैले खाना पुगेको छ । परिवारमा भाउँजु, छोरी थपिएकी छिन् । म काठमाण्डौ पढ्दै छु । हामी खुशी छौ, सुखी छौ । यो सवै हजुरहरुको पसिना अनि मेहनतको प्रतिफल हो बुवा ।
family
तपाईहरुको दुख प्रत्यक्ष आखाले देखेको छु मेलै । हजुरले हाम्रो लागि भनेर आफुहरुको सम्पुर्ण जीवन सुम्पिनुभएको छ । बुवा, ममी हजुरहरुको ईच्छा छ, छोरो आफ् खुट्टामा उभिएको हेर्ने । त्यसैले त आजसम्म हजुरहरुले आफु ठुलो कष्ट उठाएर पनि मलाई सिन्को भाच्न दिनुभएन् । कहिले आफैलाई अप्ठारो लाग्छ बाबाममी, उमेरले यत्रो भैसके तर पनि आजसम्म घरको जिम्मेवारी कुनै उठाएको छैन् ।
हजुरहरुको मसँगको विश्वास पनि गज्जबको छ । म विहान देखि बेलुका आफ्नै कामले कता कता व्यस्त हुदाँ समेत तपाईहरुले कहिल्यै रोक्नु भएन् । तपाईहरुको विश्वास पनि तोडिन् मैले अनि जन्म दिनमा बाचा गर्छु फेरी पनि तपाईहरुको विश्वास कहिल्यै तोड्ने छैन । यो छोराले तपाईहरुको विश्वासलाई सधै कायम राख्दै तपाईहरुलाई सधै हास्ने बाहाना दिईरहने छ ।
जानी अन्जानी कतिपय पलमा तपाईहरुको मन दुखाए पनि होला । कतिपय वेला तपाईहरुले भनेको पनि मानिन् होला । कतिपय वेला तपाईहरुले हिड्न अह्र्राउनु भएको बाटो हिडिन होला । कतिपय बेला हजुरहरुले दिनुभएको खादिन भन्दै मन दुखाए होला । तर हजुरहरुले सधै सवै कुरा मेरो नादानी मानेर सहजै माफि दिनु भयो । मैले यसो गर्छु भन्दा कहिल्यै नाई भन्नु भएन्, मैले यता जान्छु भन्दा कहिल्यै रोक्नु भएन् । अझ मैले गरेका साना तिना गल्तीहरुको सधै बचाउँ गर्नु भयो । आमाबुवाले आफ्ना छोराछोरीलाई दिने मायामा हजुरहरुले कहिल्यै कमी हुन दिनु भएन् । मैले कहिल्यै कमीको महशुस पनि हुन पाईन् ।
हजुरहरुकाे अाशिर्वाद सधै पाइरहन पाउँ ।
मलाई थाहा छ, बाबाममी घरका आवश्यकताहरु दिनप्रतिदिन बढ्दै गईरहेका छन् । हजुरहरुको उमेर बढ्दै गएर गल्दै जानु भएको छ । हजुरहरुलाई स्वास्थ्यको समस्यालाई यो उमेरमा केही सताउन थालेको छ । ममी हजुर अझै पनि आफ्नो स्वास्थ्यले अन्तिम समयसम्म भ्याएसम्म हाम्रा लागी मेहनत गरिरहनु भएको छ । अब हजुरहरुले आराम गर्नुपर्ने अवस्था हो, ममीबुवा ।

साथी प्रबेश र म स्कुल पढ्दा
अध्ययनका लागी काठमाण्डौ आएका वेला हजुरहरुसँग भेट अनि कुरा हुन पाएको छैन । छोराले वास्ता गर्दैन नठान्नु होला । मैले फेर्ने प्रत्येक श्वासमा तपाईहरु हुनुहुन्छ । तपाईहरु हुनुहुन्छ र पो म छु । यस जन्मदिनबाट तपाईहरुलाई सधै खुशी अनि सुखी राख्ने बाचा गर्दछु । जिन्दगीले जहासुकै पुर्याओस तपाईहरुलाई आफुबाट कहिल्यै टाढा हुनेछैन । अन्त्यमा अबेर रातीदेखि नै जन्मदिनको शुभकामना दिनुहुने मेरा सम्पुर्ण साथीहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु । जिन्दगीमा आजसम्म तपाइहरुको साथले यहाँ पुगे र बाकीं जिन्दगीमा तपाई सम्पुर्णको साथ यसरी नै पाउँने आशा छ ।



Monday, 11 April 2016

मेरो डायरी ४३ (सप्राइज)


शनिबारको दिन । सधै झै दिन व्यस्त नै रह्यो । स्नातकोत्तरमा सेमष्टरमा अध्ययन सुरु गरेपछि विहान क्याम्पस, अनि दिउँसो कार्यशाला, अनुसन्धान तथा अध्ययनमा दैनिकी व्यस्त बन्न थालेको छ । केही फुर्सदिलो हुन, शनिवार कुर्नै पर्छ । कयौ असाईनमेन्टहरु बाकीं हुन्छन् तर पनि हाप्पी स्यार्टडेको बाहनामा विहान केही अबेर गरि उठिन्छ । हप्तामा एक दिन विदा दिने चलन जसले चलायपनि त्यो सवैका लागि फलदायी बनेको छ । बाल्यकालमा शनिबारको मज्जा वेग्लै । न स्कुल जानुपथ्र्यो न धेरै होमवर्क नै हुन्थ्यो । घरमा आमावुवाले पनि अन्य दिनको झै पढ्पढ भनेर किचकिच गर्दैन थिए । मज्जाले सुत्न पाईन्थ्यो, मज्जाले खेल्न पाईन्थ्यो, बजार डुल्न जान पाईन्थ्यो । त्यो बालापनको कुरा । उमेर बढ्दै गएपछि शनिवारको महत्व अझै बढ्दै गयो । कार्य व्यस्ततामा

धेरै भैसकेको थियो बानेश्वर चोक तिर ननिस्किएको । कोठाबाट १० मिनेट जतिको पैदल दुरीमा पर्दथ्यो बानेश्वर चोक । अनेक थरि मान्छेहरुसँग भेट हुने गर्दछ बानेश्वर चोकमा । चोक पुग्नुको मेरो पनि उदेश्य त्यही थियो, कही कतै कोही चिनेका भेटिन्छन् कि । आफ्नो शहरबाट अर्को शहरमा कोही आफ्नो चिनेको मान्छे भेटिदाको आनन्द अनि उनीहरुसँग मनका कुरा साट्दाको खुशी शाब्दिक रुपमा बयान गर्न गाह्रो पर्दछ । तर बानेश्वर चोकको विशेषता हजारौ मान्छेहरु ओहोर दोहोर गर्ने त्यहाँ कोही धेरै बेर अडिन्नन । किनकी सवैलाई आ आफ्नो गन्तव्यमा पुग्न हतार हुन्छ । सवै आ आफ्नो कर्ममा व्यस्त छन्, हुन्छन् ।

कोठा बन्द गरे, कानमा एअरफोन हाले र पुराना हिन्दी एभरग्रिन गित बजाए । गितको सुरमा एक्लै बानेश्वर चोक तिरको यात्रा तय गरे । कोठाबाट निस्कदा मन बेचैन जस्तै लाग्थ्यो । खै किन हो, केही कुराको आभास हुदै थियो । आफै आफै केही चल्दै थियो मन् । चोक पुग्दा चार पाँच वटा गित सुनिसकेछु । चोकको सेलिंगमा बसे अनि चारैतिर आखाँ डुलाउँन सुरु गरे । सवै आ आफ्नो कर्ममा व्यस्त देखिन्थे । ट्राफिकहरु जाम नहोस भन्नेमा शर्तक थिए, पानी पुरीवालाकोमा चार पाँच वटा युवतीहरुको समुह झुण्डिएकै थियो । खुद्रा व्यापारीहरु घोक्रो सुक्दासम्म कराईरहेका थिए । आधा बाटो काट्नमा व्यस्त थिए त आधा आ आफ्नो गन्तव्यमा जान हतारिदै थिए । सवैलाई आफ्नै अन्दाजले नियालिरहेका मेरा आखाँ भने एउटा अनुहारमा आएर अडिए । मेरो पश्चिम पट्टीबाट एकजना युवती आफ्नो साथीसँग मज्जाले गफिदै, मन्द मुस्कानका साथ मेरा तिर अघि बढ्दै थिईन् । कर्ली कपाल, ठिक्कको जिउँडाल, अनि क्युट अनुहार । त्यो अनुहार मेरा लागि परिचित अनुहार थियो । तर धेरै भैसकेको थियो त्यो अनुहारलाई मैले देख्न नपाएको । जति नजिक आईन मेरो ढुकढुकी अझै बढ्न थाल्यो ।

मान्छेहरुको भिडमा उनको नजरमा म अझै परेको थिएन्न तर मैले आखाका परेली नझिम्काई उनीलाई हेरी रहे । उनी र मेरो नजिकपन केही सेकेण्डको दुरीमा थियो र उनले दिशा मोडिन् र बाटो काट्न दक्षिण तिर फर्किइन् ।
सायाँ ! मेरो मुखबाट शब्द निस्कियो । केही बेर रोकिएको श्वास फेर्दै मैले उनको नाम लिए तर उनीबाटो काट्न अघि बढिसकेकीले मेरो आवाज उनीसामु पुग्न सकेन् । धनगढी छोडेपछि सायाँलाई धेरै समय भैसकेको थियो नभेटेको । तर काठमाण्डौ आएर पनि मलाई किन थाहा नदिएकी होली ? मनमा प्रश्न खेल्न थाल्यो । मनमुटाब त केही भएको थिएन तर धेरै भैसकेको थियो उनीसँग बोलचाल नभएको । त्यहि भएर पो उनले बताउँन आवश्यक ठानिन्न कि ?

अनेकन् प्रश्नहरु एकपछि अर्को गर्दै मनको पोखरीमा डुबुल्की लगाईरहेका थिए । त्यतिञ्जेल उनी सडक पार पुगिसकेछिन् । मैले उनलाई पन्छाउँने निधो गरे, म बाटो पार पुग्दा उनी बसमा चडी सकेकी थिईन् र बस घुईकिसकेको थियो । म लगत्तै अर्को बसमा चडे र उनको बसको पिछा गर्न थाले । कोटेश्वर बसस्टपमा उनको बसबाट उनी झरेको मैले हेरिरहेको थिए र म पनि झरे । उनी केही अघि पुगेकी थिईन् मैले पच्छाईरहे । दुई मिनेटको बाटो हिडेपछि उनी एक घरभित्र पसिन् तर मैले अहिले बोलाउँने आट गरिन् । सोचे उनी बस्ने घर देखि सके अब उनीलाई सप्राईज दिनेछु । केही छिनमा त्यहाबाट निस्किए र कोठा आए । अब अर्को दिनको व्यग्र प्रतिक्षा थियो जुन दिन म सायाँलाई सप्राईज दिउँ तर सप्राईज त उनले दिएकी थिईन काठमाण्डौमा विना जानकारी आएर नि ...
(क्रमश, बाकीं मेराे डायरीकाे अर्काे अंकमा)

Tuesday, 5 January 2016

धनगढी क्रिकेट लिग (डिसिएल) भाग ३ : कुन टीम कस्तो ?

यज्ञराज जाेशी/क्रिकेट फारवेष्ट
धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले नेपाली क्रिकेट ईतिहासमा पहिलोपटक धनगढीमा खेलाडीहरुको लिलामी (अक्सन) गरि व्यवसायिक क्रिकेटको सुरुवात गरेको छ । टेष्ट नेशन जस्तै भारतमा आईपीएलमा खेलाडीहरुको बोली लगाई टीममा अनुबन्ध गर्ने कार्य पहिलै सुरु भएको भएपनि नेपालमा भने डिसिएले यसको प्रारम्भ गरेको छ । पहिलो पटक अक्सन मार्फत खेलाडीहरु टीममा अनुबन्ध गराएको डिसिएले अक्सनमा देशभरिबाट खेलाडीलाई खुला रुपमा अक्सनका लागि दर्ता हुन आह्वान गरेको थियो भने दर्ता भएका खेलाडीहरुलाई अक्सनमा सहभागि गराएर उनीहरुलाई विभिन्न टीममा अनुबन्ध हुन बाटो प्रशस्त गरेको गह्यो । पौष १२ गते देशभरिका १ सय १६ जना खेलाडीहरु अक्सनमा सहभागि भएसँगै डिसिएल ३ को औपचारिक रुपमा सुरुवात भईसकेको उद्घोष डिसिएले गरेको छ । यता फागुन १ गतेबाट सुरु हुने धनगढी क्रिकेट लिगमा सन्तोषीटोल, हसनपुर, अत्तरिया, चौराहा, अनि क्याम्पसरोड गरि पाँचवटा टीमले प्रतिस्पर्धा गर्ने भएका छन । ३ लाख रुपैया विजेता र १ लाख रुपैया उपविजेतालाई दिईने डिसिएल ३ का लागि कुन टीमले कस्ता खेलाडी किने त ? 

सन्तोषी टोल   


अवस्थित तथा विशेषता : धनगढी उपमहानगरपालिका वडानम्बर २ मा पर्छ, सन्तोषी टोल । धनगढीको दक्षिणीभागमा अवस्थित यो टोल धनगढीका पुराना टोलहरु मध्येको एक हो । धनगढी बजारको मध्यभागसँग जोडिएको यस टोल धनगढीबासीका लागि परिचित टोल हो । मुख्य सडकमा व्यापारिक क्षेत्र रहेको सन्तोषीटोलका भित्री सडकहरुमा भने आवास क्षेत्र पर्दछ । सन्तोषी टोल मै देश कै सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता एसपीए कपको आयोजक एसपीए पनि अवस्थित भएकाले यस क्षेत्रमा क्रिकेट प्रतिको झुकाव धेरै नै रहेको सहजै अनुमान गर्न सकिन्छ । अझ धनगढीमा क्रिकेटका लागि अत्याधिक प्रयोग हुने एसएसपी कार्यालयको मैदान पनि सन्तोषी टोलमा नै भएकाले सन्तोषी टोलले प्रतियोगितामा होम क्राउडको ठुलो साथ पाउँने सुनिश्चित छ । 
Janak Raj Joshi, Team Owner

टीम विश्लेषण : -

टीम मालिक : जनकराज जोशी 
टीम कप्तान : विजय राना 
टीम मालिक जनकराज जोशी तथा कप्तान विजय रानाले निकै सुझँबुझँका साथ सन्तोषी टोल टीम बनाएका छन । अक्सनमा सुरुमा निकै धैर्य देखिएका उनीहरु आफुलाई चाहेका खेलाडी किन्न निकै आक्रमक देखिएको कुरा राजु रिजाललाई खरिद गर्दा उनीहरुले देखाएको रणनितीले स्पष्ट पार्दथ्यो । राजु रिजाल, सुनिल धमला, रोशन अधिकारी जस्ता अन्तराष्ट्रिय खेलाडीलाई टीममा खरिद गर्न मोटो रकम खर्च गरेको सन्तोषी टोलले सुरेश भट्ट, युवराज थापा, प्रकाशजंग कार्की, महेश अधिकारी, टेकेन्द्र बोहरा, अमित बुढा जस्ता होनहार उदयमान खेलाडीहरुलाई टीममा समावेश गरेको छ । अमित साहु जस्ता भारतिय खेलाडीलाई पनि आफ्नो टीममा अनुबन्ध गरी प्रतिपक्षीलाई डराउने रणनिती टीमले लिएको देखिन्छ । खेलाडी खरिदका लागि १ लाख ८० हजार रुपैया अधिकतम मुल्य तोकिएको अक्सनमा कप्तान बाहेक अन्य खेलाडी खरिद गर्न सन्तोषी टोलले १ लाख १७ हजार रुपैया खर्च गरेको सन्तोषी टोलले ७ जना ब्याट्सम्यान, ४ जना पेश बलर, २ जना स्पिनर, २ जना अलराउण्डर र २ जना मुख्य विकेट किपरलाई खरिद गरि आकर्षक टीम बनाएको छ । राजु रिजाल, सुनिल धमला जस्ता अन्तराष्ट्रिय खेलाडीहरुको अनुभवबाट प्रेरित टीममा महेश अधिकारी, युवराज थापा, विजय राना, अमित बुढा, अमन भण्डारी जस्ता युवा उदयमान खेलाडीहरुले प्रतियोगितामा निकै प्रतिस्पर्धी टीमका रुपमा आफुलाई उभ्याएको छ । 
१) राजु रिजाल : (विकेट किपर, ब्याट्सम्यान)
Raju Rijal
सन्तोषी टोलका सवैभन्दा अनुभवी अन्तराष्ट्रिय खेलाडी तथा अक्सनमा सवैभन्दा बढी रकममा बिक्ने खेलाडी हुन, राजु रिजाल । विश्वकप खेल्न तयार रहेको नेपाली यु १९ टीमका कप्तान समेत रहेका राजु रिजाललाई सन्तोषी टोलले जति पनि पैसा खर्च गर्न डराएन । उनको अनुभव, खेल कौशल, जतिवेला पनि म्याच आफ्नो पक्षमा पार्न सक्ने क्षमता तथा खेल अनुसासनलाई बुझ्दै सन्तोषी टोलले राजुलाई मोटो रकममा खरिद गरेको हो । नेपाललाई यु १९ विश्वकपमा पुर्याउन शतक सहित महत्वपुर्ण भुमिका निभाएर राजु नेपाल कै उत्कृष्ट विकेट किपरहरु मध्ये एक हुन । डिसिल भाग २ कैलाली बहुमुखी क्याम्पसले आफ्नो पक्षमा पार्नुको एउटै कारण राजु रिजाल हुन । उनले केएमसीले हारिसकेको पारिलाई अन्तिम विकेटसम्म टिकेर उछिन्दै उत्कृष्ट ब्याट्सम्यानको उपाधी प्राप्त गरे । राजु विश्वकपका लागि व्यस्त रहेकाले सन्तोषी टोलले टीमको कप्तानी युवा उदयमान खेलाडी विजय रानालाई दिएको थियो तर प्रतियोगितामा राजुले नै कप्तानी पाउँने लगभग निश्चित छ । टीमलाई सफलता दिलाउन कप्तानको महत्वपुर्ण भुमिका हुने भएकाले राजुले पछिल्लो समय नेपाली यु १९ टीमलाई दिलाएको सफलताको झल्को सन्तोषी टोलका लागि पनि नदेलान भन्न सकिन्न । टीममा राजु पहिलो रोजाईका विकेट किपर पनि हुन ।
२) सुनिल धमला : (अलराउण्डर)
Sunil Dhamala
सुनिल धमला राजु रिजालका मेट हुन । नेपाली यु १९ का ओपनर ब्याट्सम्यान समेत रहेका धमला सन्तोषी टोलको दोस्रो रोजाईमा परेका थिए । अलराउण्डर भुमिका देखिने सुनिल स्पिन बलिंग पनि गर्छन । नेपालबाट थुप्रै अन्तराष्ट्रिय प्रतियोगिता खेल्न भ्याईसकेका र हाल राजुसँग भारतमा यु १९ विश्वकपको तयारीमा रहेका सुनिल टीममा रहँदा अन्य खेलाडीहरुको पनि मनोबल उच्च हुनेछ । मैदानमा अनुशासित रुपमा पेश आउने उनी क्षेत्र नम्बर ९ धनगढीबाट राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउँने गर्दछन ।

३) विजय, महेश, रोशन
Bijay Rana, Mahesh Adhikari, Roshan Adhikari
सन्तोषी टोलको कप्तानको जिम्मेवारीम रहेका विजय राना निकै प्रतिभाशाली ब्याट्सम्यान हुन । उनको प्रतिभाको कदर गर्दै धनगढी क्रिकेट एकेडेमीले उनलाई छात्रवृत्तीमा क्रिकेट प्रशिक्षण गराईरहेको छ । एसपीए कप, क्षेत्रिय, क्लब लेभल तथा देशै भरि हुने साना ठुला प्रतियोगिताहरुमा सहभागिता जनाईसकेका विजय टीमको महत्वपुर्ण सदस्य हुन । त्यस्तै महेश अधिकारी पनि विजय कै ब्याचका पेश बलर हुन भने रोशन अधिकारीसँग नेपालको प्रतिनिधित्व गदैै मलेसियामा यु १६ च्याम्पियन बनेको अनुभव छ ।  

४) युवराज, टेकेन्द्र, अमित

Yuv Raj Thapa, Takendra Bohara, Amit Budha (Young Talented Player)


युवराज थापा, टेकेन्द्र बोहरा र अमित बुढा तिनै जना धनगढी क्रिकेट एकेडेमीका यु १६ का होनहार युवा खेलाडी हुन । युवराज तथा टेकेन्द्र डिसिएका पहिलो ब्याचका प्लेयर हुन भने अमित बुढालाई डिसिएका अध्यक्ष सुवाश शाहीले कैलालीको बौनियाँमा भएको क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन तथा उनको क्रिकेट प्रतिको लगाव देखेर डिसिएमा छात्रवृत्तीमा प्रशिक्षण गराईरहेका छन । युवराज विकेटकिपर ब्याट्सम्यान हुन । कलिलै उमेरमा उनी सुझबुझँका साथ व्याटिंग गर्ने गर्दछन भने उनको विकेट किपिंगको सवैले तारिफ गर्ने गरेका छन । टेकेन्द्र बोहोरा, डिसिएमा स्पिन बलिंग तथा उत्कृष्ट फिल्डरका रुपमा परिचित छन भने अमित बुढा डिसिएका उत्कृष्ट मध्येका एक पेश बलर हुन ।
यी बाहेक सुरेश भट्ट, विप्लव विष्ट, न्युरिन अन्सारी, प्रकाशजंग काकीं, अमन भण्डारी, भोजराज भट्ट, प्रेम आउजी, अमित साहु सन्तोषी टोलमा रहेका छन । सन्ताेषी टाेलसँग हाेम क्राउडकाे ठुलाे साथ हुनेछ । भनिन्छ, दर्शक १२ अाै खेलाडी हुन । क्रिकेट प्रति निकै नै क्रेज रहेकाे सन्ताेषी टाेलमा खेलाडीहरूकाे हाैसला बुलन्द पार्न दर्शकहरू मैदानसम्म पुग्दा ३ लाखकाे उपाधी सन्ताेषी टाेलले हात नपार्ला भन्न सकिन्न ।





Saturday, 2 January 2016

मेराे डायरी २२ (अक्सन अनुभव)

नेपाली क्रिकेटमा सुवाश शाही नयाँ नयाँ प्रयोग गर्न उस्ताज मानिन्छन । झण्डै पाँच बर्ष अघि नेपाली क्रिकेटले पाएको एउटा युवा व्यक्तित्वको नाम हो, सुवाश शाही । जसले छाटो समयमा नेपाली क्रिकेटको ठेक्का लिएकाहरुले गर्न नसकेको कार्य गरेर सवैलाई चकित पारेका छ । सन २०१० मा धनगढीमा एसपीए कपको पहिलो संस्करणबाट नेपाली क्रिकेटमा पाईला चालेको शाहीले त्यहीबाट नेपाली क्रिकेटको विकासमा प्रत्येक पटक भिन्न सफल प्रयासहरु गर्दै आएका छन । नियमित मेहनत, एकचित्त भएर लागेपछि अनि सवैलाई साथमा लिएर थालिएको उत्तम कार्यले जहिले पनि सफलता पाउँछ भन्ने कुरालाई आत्मसात गर्दै सकरात्मक सोचका साथ अघि बढ्दै गएपछि नेपाली क्रिकेटलाई नौला प्रयोगहरु मार्फत व्यवसायिक बनाउँने शाहीको प्रयासले आकार लिईसकेको छ ।


धनगढी रुट लेभल देखि खेलाडीहरुको विकासका लागि धनगढी क्रिकेट एकेडेमी (डिसिए) को स्थापना गर्नु नेपालमा पहिलो सुरुवात थियो । एकेडेमीले नेपाली क्रिकेटको ईतिहासमा पहिलो पटक नेशनल टीम बाहेकको टोलीलाई श्रीलंका जस्तो तेस्रो मुलुकमा पठाई म्याच एक्सोजरको अभ्यास नेपाली क्रिकेटमा पहिलो प्रयोग थियो । देशमा घरेलु क्रिकेटको संरचना निकै कमजोर भएको अवस्थामा घरेलु क्रिकेट उकास्न धनगढी क्रिकेट एकेडेमीले नेपालमा पहिलो पटक धनगढीमा नेपालकै सवैभन्दा लामो क्रिकेट लिग प्रतियोगिता धनगढी क्रिकेट लिग (डिसिएल) सुरु गर्यो । ६ महिनासम्म चलेको पहिलो र दोस्रो लिगमा खेलाडीहरुले बढी भन्दा बढी म्याच एक्सोजर पाउँदै आफुहरु थप परिष्कृत भएको खेलाडीहरुसँग अनुभव छ । क्रिकेट खेललाई व्यवसायिक बनाउँन जरुरी छ भन्ने उदेश्यले सोचले एसपीए कपलाई देश कै ठुलो क्रिकेट प्रतियोगितामा रुपमा उठाईरहँदा भर्खरै मात्र सुवाश शाहीले नेपाल मै पहिलो पटक खेलाडीहरुको किनबेच लिलामी (अक्सन) गरी देशको क्रिकेटमा नयाँ अध्याय सुरु भएको उद्घोष गरेका छन ।

      वि.सं २०७२ पौष १२ गतेको दिनलाई नेपाली क्रिकेटको ईतिहासमा सदैव याद गरिनेछ, यस दिन नेपालमा पहिलो पटक खेलाडीहरुलाई अक्सन मार्फत प्रतियोगितामा सहभागिता गराईएको छ । टेष्ट मान्यता प्राप्त राष्ट्रले धेरै अघि नै सुरु गरिसकेको यस किसिमको अभ्यास नेपालमा भने पहिलो पटक गरिएको हो । उदाहरणका लागि भारतमा प्रत्येक बर्ष हुने आईपीएललाई लिन सकिन्छ । जहाँ हामी खेलाडीलाई अक्सन मार्फत टीमले किनेको देख्दा उत्साहित हुन्थ्यौ, त्यस्तै माहोल बनेको थियो पौष १२ गते धनगढीमा पनि ।

      धनगढी क्रिकेट लिग भाग २ को समापन समारोहमा डिसिएका अध्यक्ष सुवाश शाहीले तेस्रो संस्करणमा अक्सन द्धारा खेलाडीहरु टीममा भित्र्याउने तथा खेलाडीहरुलाई प्रतियोगिता खेले मार्फत पारिश्रमिकको व्यवस्था गर्ने उद्घोष गरेसँगै यसको तयारी सुरु भईसकेको थियो । त्यसको केही समय पश्चात लिग खेल्न चाहाने सम्पुर्ण खेलाडीलाई डिसिएले सार्वजनिक सुचना मार्फत एकेडेमीमा दर्ता हुन खुला आह्वान ग¥यो । जसमा  देशभरबाट सम्पुर्ण अन्तराष्ट्रिय, राष्ट्रिय खेलाडीहरु तथा भारतबाट पनि खेलाडीहरुले लिगमा आफ्नो नाम दर्ता गराए,  दर्ता भएका खेलाडीको एकेडेमीले सम्पुर्ण प्रोफाईल तयार गरी अक्सनका लागि तयार ग¥योे । यता खेलाडीहरुले धमाधम दर्ता प्रक्रिया सुरु गरेपनि क्रिकेटमा लगानी गर्ने ग्रुप, संंस्था खोज्नु भने निकै जटिल थियो । खेलाडीहरुको दर्ता सकिन लाग्दा समेत कति टिम हुने, कसकसले टीम लिने भन्ने कुराको अन्योल कायमै रहेको अवस्थामा धनगढी क्रिकेट एकेडेमीमा मुख्य प्रशिक्षक अर्जुन खड्का ज्युको असमायिक निधन, डिसिएको मुम्बई, गोवा टुर, तथा नाकाबन्दिले देश शिथिल बनेको अवस्थामा डिसिएल भाग ३ सुरु हुने अझै निश्चित भईसकेको थिएन । नाकाबन्दीको प्रत्यक्ष मार उधोग व्यवासायीहरुमा परेकाले उनीहरुलाई लाखौ खर्च हुने टीमका लागि आग्रह गर्नसक्ने अवस्था पनि थिएन । यद्यपी क्रिकेटको शहर धनगढीमा धन नभएपनि मन भएका व्यक्तीहरुको कमी नभएकाले डिसिएको आग्रहमा स्थानिय दिप डेरी एण्ड ईण्डष्ट्रिजका सञ्चालक दिपक खड्काले क्याम्पसरोडको टीम आफुले लिने बताएसँगै डिसिएल ३ का लागि ढोको खुलेको हो । त्यसपछि स्थानिय केवल नेटवर्क एसटीएसका सञ्चालक राज कुमार श्रेष्ठले चौराहा टीम आफुले लिने भनेपछि डिसिए हौसियो । उता डिसिएल भाग १ को विजेता तथा डिसिएल भाग दुईको उपविजेता न्यु श्रृजनशिल युवा क्लबले अत्तरियाको टीमलाई खरिद गर्दै नेपाली क्रिकेटलाई व्यवसायिकता तर्फ उन्मुख गराउँने डिसिएको सुरुवातलाई सहयात्रा प्रदान गर्यो । त्यसपछि  स्थानिय युवा उद्यमी कुबेर शाहीले हसनपुरको तथा जनकराज जोशीले सन्तोषी टोलको टीम खरिदमा तत्परता देखाएपछि लामो समय पछि वल्ल पौष १२ गतेको दिन, नेपाली क्रिकेट ईतिहासमा ऐतिहासिक बन्न सक्यो ।

अक्सनका दिन विहानै देखि डिसिएले सम्पुर्ण तयारी थालिसकेको थियो भने पाचाँै वटा टीमले कुन खेलाडी आफुले लिने हो ? कतिमा लिने हो ? कतिसम्म बोली लगाउने भन्ने बारे छलफल गरिरहेको हल बाहिरको दृश्य रोचक बनेको थियो । आफुहरुको पहिलोपटक बोली लाग्ने भएकाले आफुहरुलाई कुन टीमले कतिमा खरिद गर्ला भनेर खेलाडीहरु पनि ठुलो संख्यामा उपस्थित थिए । यता नेपाली क्रिकेटमा बन्न लागेको ईतिहासको साक्षी बन्न सवै सञ्चारमाध्यमका सञ्चारकर्मीहरु आफ्नो कर्ममा खटिसकेका थिए, कोही खेलाडीहरुको प्रतिक्रिया जान्दै थिए त कोही अक्सनको प्रक्रिया अनि कोही कुन खेलाडी कतिमा विक्री होलान भन्नेमा गफिदै बसेका थिए । दुई बजेका अक्सन सुरु भयो, कार्यक्रम सुरुमा धनगढी क्रिकेट एकेडेमीले आफ्ना पुर्व व्यवस्थापक अर्थात मलाई यस क्षेत्रको क्रिकेट विकासमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै स्वर्ण पदक सहित सम्मान गर्यो अनि साथै नवनियुक्त व्यवस्थापक विजय कार्की ज्युलाई स्वागत गर्ने कार्यक्रम पश्चात पावर प्वाईन्ट प्रिजेन्टेशनबाट एक एक गर्दै खेलाडीहरुको प्रोफाईल सवै टीममा अगाढी देखाएपछि र पाँचवटा गोल टेबुलमा बसेका टीम मालिकहरुले अन्तराष्ट्रिय खेलाडीहरुको १० हजार र स्थानिय खेलाडीहरुको पाँचहजार देखि बोली लगाए ।

अक्सनमा स्थानिय युवा खेलाडीहरुकोे चर्चित अन्तराष्ट्रिय खेलाडीहरु भन्दा पनि बढी रकम बोली लाग्यो, नेपाली १९ बर्ष मुनिको राष्ट्रिय टीमका कप्तान राजु रिजाल सवैभन्दा महंगा खेलाडी बने, केही दिनमा विश्वकप खेल्न जान लागेका उनको होम टाउँन धनगढी हो । त्यस्तै विनोद भण्डारी, भुवन कार्की, मेहबुब आलम, सोनु तामांग, बिनोद लामा, यम कार्की, सुनिल धमला, ललित सिंह भण्डारी जस्ता प्लेयरहरु महंगो मुल्यमा विक्री भए । अक्सनमा उपस्थित खेलाडीहरुको बोली लाग्दा र उनीहरु खरिद हुँदा उनीहरुको मनमा वेग्लै खुशी देखिन्थ्यो । यता देशभरिबाट सामाजिक सञ्जाल तथा पत्रपत्रिकाहरुमा धनगढीमा हुन लागेको अक्सनको चर्चाले माहोल तताएको थियो । देशभरिबाट क्रिकेट प्रेमीहरु कुन खेलाडी कतिमा किनबेच भए भन्ने जान्न निकै उत्सुक देखिन्थे भने नेपाली क्रिकेट पनि व्यवसायिकता तिर उन्मुख भएको देखेर निकै खुशी भएको प्रतिक्रिया पनि पोष्ट गर्दै थिए ।
सवै टीम मालिकले आ आफ्ना खेलाडी खरिद गरिसके पछि सामुहिक फोटो लिदै नेपाली क्रिकेटको विकासको लागी आफुहरु सदैव लागिरहने सन्देश दिएँ । नेपाली क्रिकेटकोे विकासको एक हिस्सा बन्न पाउँदा आफुहरु निकै गौरवाम्वित बनेको प्रतिक्रिया उनीहरुको थियो ।

डिसिएले धनगढी क्रिकेट लिग भाग ३ आउँदो फागुन १ गते देखि गर्ने घोषणा गरेको छ । त्यतिञ्जेल प्रत्येक टीमले आफ्ना खेलाडीहरुले प्रतियोगिताका लागि तयार पार्नेछन, एक अर्का विच अभ्यास खेलहरु खेल्नेछन । प्रतियोगिता झण्डै १ महिना चल्नेछ । प्रतियोगितामा सहभागि प्रत्येक टीमले अन्य टीमसँग लिग चरणमा दुइ दुइ वटा खल्नेछन । प्रतियोगिताका विजेताले नगद ३ लाख हात पार्नेछन भने उपविजेता टीमले १ लाख नगद पाउँने आयोजकले जनाएको छ । धनगढीमा हुने देशको सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता एसपीए कप पछिको यो दोस्रो ठुलो धनराशीको प्रतियोगिता हो । यसरी अन्य क्षेत्रबाट पनि क्रिकेट खेल विकासको लागि प्रयासहरु हुने हो भने नेपालले चाडै टेष्ट मान्यता पाउँनेमा ढुक्क हुन सकिन्छ । 
                                                            यज्ञराज जाेशी 
                                                              क्रमश
                                                           


Thursday, 17 December 2015

मेरो डायरी २१ (महोत्सव हेर्न जाने हो...)

सम्बन्धहरू रबरब्याण्ड जस्तै हो, सायाँ । दुवैतिरबाट जति तन्कायो त्यति तन्कन्छ, तर एकातिरबाट एउटाले छोड्यो भने अर्कालाई चोट लाग्छ । अचेल सम्बन्धहरु अर्थ जान्ने प्रयासमा छु, सायाँ । सम्बन्ध बनाउँन जति सजिलो छ निभाउँन पनि त्यति नै गाह्रो हुन्छ । हामीसँग कतिपय यस्ता सम्बन्धहरु छन जसलाई भगवानले नै बनाएर पठाएका छन, ति सवै सम्बन्धहरु पारिवारिक पृष्ठभुमीसँग गासिएका हुन्छन । जसले हामीलाई हरेक सानो ठुलो कुरामा साथ समर्थन गरेका छन । निशब्द ओठहरुमा शब्द भर्न सिकाउँने यी सम्बन्धहरु अतुलनिय छन । धर्तीमा पाईला चाल्न सिकाउने यी सम्बन्धहरु बलिया छन, टुटदैनन, छुट्दैनन । हरेक सुखदुखमा आफ्नोपनको महशुस गराउँदै एक्लोपन छाउँन नदिने यी सम्बन्धहरु हरु विना सवैको जीवन अधुरो अपुरो छ । यी सम्बन्धहरु निश्वार्थी छन, अविरल बिश्वास हुने गर्छ यस्ता सम्बन्धमा । जीवन व्यतित गर्नका निम्ती सहजता ल्याईदिने यी सम्बन्धहरुले हामीलाई सवैभन्दा बढी सुरक्षित महशुस गराउँछन । यी सम्बन्धमा पुर्णता छ, विश्वास छ, सम्मान छ अनि सदभाव छ । 


मानविय स्वभावपनि भिन्दै किसिमको हुदो रैहेछ, सायाँ ।  जति जति उमेर बढ्दै गयो सम्बन्धहरु जुट्दै जाने । कतिपय सम्बन्धहरु परिस्थितीले बनाउदो रहेछ, कतिपय सम्बन्धहरु काम विशेषमा जोडिन्छन त कतिपय सम्बन्धहरु हिड्दाहिड्दै पनि । त्यस्ता केही सम्बन्धले मात्र जिवनमा केही महत्व राख्दा रहेछन । कतिपय सम्बन्धहरु बन्छन भत्कन्छन, तिनीहरु केही छिनका लागि आफ्नो स्वार्थसँग जोडिएका सम्बन्धहरु हुदाँ रछैन । अनि कतिपय यस्ता परिस्थितीजन्य अशोचनिय सम्बन्धहरु जसले जीवनको गति नै परिवर्तन गरिदिन्छ ।  

परिस्थितीजन्य केही सम्बन्धहरुले जीवनमा अमेट छाप छाड्दो रै छ, सायाँ । सपना सँगको त्यो सम्बन्ध पनि त्यस्तै थियो । सपना, जेसँग फेसबुकबाट मात्र परिचय भएको थियो । उसको तस्बिर मात्र थियो, त्यहाँ । फ्रेण्डलिष्ट हाईड गरेकी थिई उसले, कुनै नयाँ फोटो सेयर गरेकी थिईन । उसको नाम र उसको प्रोफाईल बाहेक अन्य मसँग उसको बारे कुनै जानकारी भएन । उसको फेसबुक कै ठेगानालाई आधार मान्ने हो भने उ हाल काठमाण्डौ बस्थी । तर पश्चिमेली ठिटी हो उ, अध्ययनका सिलसिलमा सुदुरपश्चिमबाट राजधानी हानिने मध्येकी एक थिई उ । उसको भनाई अनुसार विविएस तेस्रो बर्षमा अध्ययन गर्दथी उ । मलाई उसका बारेमा अरु केही थाहा थिएन । सुन्दर प्रोफाईल पिक्चरले मात्र केटाहरुलाई उसँग नजिक बनाउन काफी थियो । हाम्रो फ्रेण्डसीप उसले नै सुरु गरेकी हो । उसले पठाको रिक्वेष्ट मैले एसेप्ट गरे । रिक्वेष्ट एसेष्ट गर्नु अघि उसको बारेमा मैले जान्ने कोशिस पनि गरे । उसको प्रोफाईल सवै हेर्दा उसको नाम, प्रोफाईल पिक्चर, कभर फोटो अनि ठेगाना बाहेक केही थिएन उसको फेसबुकमा । एउटा संयोग मान्नु पर्छ सायाँ, तिम्रो र उसको नाममा एउटा कुरामा समानता थियो । त्यही भएरपनि मैले उसलाई आफ्नो फेसबुके साथी बनाए । उसलाई नि बताए मैले त्यो कुरा । कुरा बढ्दै गएपछि मैले सोधे, मलाई रिक्वेष्ट किन ? तिम्रा डायरीहरु पढ्थे, राम्रो लाग्यो अनि पठाएँ । मेरो डायरीमा कोरिएका शब्दहरुले लोभ्याएछ क्यारे उसलाई । त्यहाँ की मुख्य पात्र तिमी अर्थात सायाँका बारेमा उसले जान्ने ईच्छा देखाई । मेरो डायरीका प्रकाशित अंकहरु अध्ययन गर्न सुझाव दिए मैले । किनकी हामी त एउटा खुला किताव जस्तै थियौ, सायाँ । हामीसँग भएका अनि सार्वजनिक गर्न मिल्ने सवै कुराहरु मेरो डायरीका अंकहरुमा सम्प्रेषण गर्दै आएको छु । सपनाले सरसर्ती पढिछे । उसलाई लागेछ सायँद केही मनका भावहरुलाई आक्षरिक रुप दिएर कैले कोर्दे आएको छु । अनि अर्को दिन एउटा प्रश्न सोधी, के यो साच्च कै कथा
हो ? मैले भने हैन, केवल कल्पनामात्रै हो, अनि जिस्कदै भने तिम्रो जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ । उनी मुसुक्क हासिन र भन्न थालिन, हेर म यो मायाँ भन्ने कुरामा विश्वास गर्दिन, अझ हाम्रो सुदूरपश्चिम अझै पनि मायाँका लागि त्यति उदार भै सकेको छैन । उसले भनेको कुरा केही हदसम्म साचो थियो, हाम्रो यहाँ जोडीहरु जानी नजानी मायाँ त गर्छन, तर कहिले काही समाज, परिवार, साथीभाई नै भिलेन बनेर ईन्ट्रि मार्छन । तर अब परिस्थिती अलि भिन्न भै सकेको छ, टेलिभिजन अनि फिल्मको प्रभाव हुनुपर्छ सायँद, केहीले आफ्नो जीवन साथी आफै खोज्छन र परिवारले स्वीकृति पनि दिने गरेको छ । सपना केही समय अघि नै यस क्षेत्रको विट मार्दै राजधानी हानिएकीले उनी यस क्षेत्रमा वर्तमानमा आएको परिवर्तनबारे त्यति जानकार नहुुन सक्छिन, त्यसैले उनलाई यो मायाँ भन्ने चिजमा त्यति विश्वास लाग्दैन होला ।
सपनासँगको कुरा यति मै रोकिएन । प्रत्येक दिन च्याटमा कुराहरु बाक्लिदै गएँ । त्यससँगै उनीसँग एक किसिमको सम्बन्ध पनि स्थापित हुन थालिसकेको थियो । तर धेरै अझै पनि केही थिएन । हामी अपरिचितताको सम्बन्धलाई बिट मार्दै बर्षौ देखि परिचितताको सम्बन्ध जस्तै बात गर्न थालिसकेका थियौ । फेसबुकका बढी समय म सपनासँगको च्याटमा विताउँने गर्दथे । धेरै दिन भैसकेको थियो, उनीसँग शाब्दिक रुपमा मात्र च्याट गरेको एकदिन उनको आवाज सुन्ने मन गह्यो अनि उनलाई भ्वाईस म्यासेज पठाउन आग्रह गरे । तर सपनाले मानिनन्, उनले भनिन पहिले तिमी । मैले लेडिज फष्ट भन्दै टार्न खोजे तर उनको जिद्दीको अगाडी मेरो के चल्थ्यो र ? मलाई नै उसको भ्वाईस सुन्ने ईच्छा भएकाले म नै सुरुमा बोल्ने जमर्को गरे । आवाज पठाउन त तयार भए तर के आवाज पठाउने अन्योलमा भए । अनि एकछिन आफ्नो वरपरको बातावरण नियाले । केही दिन देखि धनगढीमा सुदुरपश्चिम महोत्सव लागिरहेको छ । त्यसको आवाज प्रदर्शनीस्थलबाट नजिकै भएको मेरो घरसम्म नि पुगिरहेको थियो । मैले महोत्सवको प्रसंग निकाल्दै सोधे 'महोत्सव हेर्न जाने हो' ?    
                                                                                  क्रमश ....
                                                                   यज्ञराज जोशी, सुमन



Wednesday, 9 December 2015

मेराे डायरी २० (अनटाेल्ड स्टाेरी अफ धनगढी क्रिकेट)

धनगढीलाई क्रिकेटको शहरका रुपमा चिनाउँने श्रेय धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीलाई जान्छ । यस कुरामा कसैको दुईमत छैन ।  यस क्षेत्रको क्रिकेट विकासमा ल्याएको क्रान्ती अदभुत छ । उहाँले यस अभियानमा यहाँका सवै व्यक्ती, संघ संगठनकाे साथ पाउनुभएकाे छ । राम्राे कामकाे कसले समर्थन नगर्ला र ? उहाँको अभियानलाई साथ दिन  ‘म’ पात्रले पनि उहाँलाई सधै पछ्याईरह्यो । आवश्यक परेका वेला सवै भुमिकामा देखिने म पात्रकाे कहानी अाजसम्म अनटाेल्ड नै छ । उसै म पात्रलाइ तिमीसामु उभ्याउदै छु सायाँ  । 

क्रिकेट जिन्दगीबाट केही समय विश्राम लिने अवस्थामा रहेको ‘म’ पात्रको कहानी यस आलेखमा उतार्ने प्रयास गर्दैछु । सायद, पुर्णकालिन या अल्पकालिन विश्राम, त्यो आगामी दिनहरुले देखाउँनेछ । जुनसुकै विश्राम होस आउँदा दिनहरुमा पनि कुनै न कुनै रुपमा क्रिकेटसँग जोडियरै रहेको हुनेछु ‘म’ । क्रिकेटको ह्यांगओभर यति छिटै कहाँ हट्नेवाला छ र । मेरा प्रत्येक विहान क्रिकेटबाट सुरु हुन्छ, उठेर ल्यापटप उघार्दा डेक्सटप क्रिकेटमय देखिन्छ, त्यस पश्चात खुल्ने प्रत्येक फोल्डरहरु क्रिकेटका नामले नामाकरण छन । फोल्डर भित्रका प्रत्येक चिज बस्तुले क्रिकेट गतिबिधी शुन्य प्रायः धनगढीबाट यसलाई क्रिकेटको शहर (City of Cricket) बनाउँन सम्म गरेका प्रयासहरु ईतिहासका रुपमा कैद छन । सुदुरपश्चिमको क्रिकेटले यहाँसम्मको सफलतामा पुग्नु अनि देश कै सर्वाधिक क्रिकेट गतिविधी हुने स्थानका रुपमा धनगढी अघि आउनु पछाडीका कारण कसैले खोतल्न चाहेमा मेरो ल्यापटप उघारे हुन्छ । नवप्रवेशीले ल्यापटप उघार्दा हामीले क्रिकेटमा गरेका प्रयास देखेर दंग पर्छन अनि प्रतिप्रश्न गर्छन यति छोटो समयमा यो सवै कसरी सम्भव हुन्छ ? हो म आफै म पनि दंग छु, यति छोटो समयमा यो सवै कसरी सम्भव छ, अनि विगत सम्झन्छु, हामीले निस्वार्थ रुपमा दिन रात खटेर गरेको मेहनत सम्झन्छु, अनि मेहनत गरेपछि जे पनि सम्भव छ भन्ने उखान चरितार्थ हुन्छ ।
१) क्रिकेटको रुची 
२०६५ साल तिर म कक्षा सात÷आठमा पढ्थे । त्यतिवेला सवै तिर केवुल लाईनको विस्तार भईसकेको थिएन । संयोगले मेरो घरमा केबुल लाईन जाडित थियो । मेरो घर नजिकैको अंकल अन्तराष्ट्रिय क्रिकेट म्याच भएको वेला दिन भर हाम्रो घरमा आएर टी.भी हेर्ने गर्नु हुन्थ्यो, उहाँ क्रिकेटको यति सौखिन हुनुहुन्थ्यो कि उहाँलाई खाना का लागि पटक पटक आग्रह गर्दा पनि खेल नसकुञ्जेल उहाँ उठ्नुहुन्नथ्यो । बरु ब्रेक आएका घरसँगै जोडिएको पसलबाट चाउँचाउँ झिकाएर खानुहुन्थ्यो । सुरुमा हामी भने दिक्क मान्थ्यौ, अनि अंकलको डरले अर्को च्यानल लगाउनु न पनि भन्न सक्दैथ्यौ र त्यसैबाट थोरै थोरै क्रिकेट हेर्न बानी पर्न थाल्यो । केटाकेटी हुदाँ हामीलाई क्रिकेट हेर्नुमा भन्दा पनि टी. भी. हेर्न पाएकोमा दंग पथ्र्यौ पछि हामी पनि ब्याट र बल समाएर टी.भी. बाहेकको समय घर अगाढीको रोडमा क्रिकेट खेल्न थाल्यौ अनि घरबाट केहीमात्र दुरीमा रहेको मोहना नदिको छेउँको मैदानमा स्कुल विदाँ हुने वित्तिकै क्रिकेट खेल्न थाल्यौ । त्यहाँ प्रत्येक विदाँका दिनमा टोल टोल विच प्रतिस्पर्धा हुन्थ्यो । कयौ पटक जित्यौ, अनि कयौ पटक हारौ । जितेका दिन, एउटा जीतको खुशी हुन्थ्यो त अर्को केही पैसा पनि भाग पथ्र्यो, त्यसको हामी चाउँचाउँ, विस्कुट खाएर त्यस दिनको भोक टाथ्र्यौ, हारेका दिन भने निराश भएर घर पनि फर्कनुन्थ्यौ । यसरी विस्तारै क्रिकेट प्रतिको मोह बढ्दै गयो । 
२) एसपीए कप २०१०

२०११ काे एसपीए कपमा खेल सकिएसँगै अाफ्नाे टीमलाइ चियरअप गर्दै समर्थकहरू
 सन् २०१० मा एसपीए कप सुरु हुनु अघि यस क्षेत्रमा पनि क्रिकेट प्रतियोगिताहरु हुन्छ भन्ने मलाई थाहा थिएन । संयोगवश एसपीए कप सुरु हुदाँ हामी एसपीए मै कक्षा ११ मा अध्ययन गर्दथ्यौ । हाम्रो क्याम्पस विहान थियो १० बजे छुट्टी हुन्थ्यो, छुट्टी लगत्तै घर पुगी खाना खाईनखाई गरी प्रतियोगिता हेर्न जान्थ्यौ । स्थानिय कभर्ड हलमा हुने प्रतियोगितामा म त्यतिवेला पुग्दा नेपाली क्रिकेट बारे म अनविज्ञ थिए । नेपाली क्रिकेटरहरुबारे खासै केही जनकारी नभएकाले म कभर्डहल पुग्नुको अर्थ मात्र मनोरञ्जन लिनु हुन्थ्यो । खेल निकै प्रतिस्पर्धी भएका वेला खेलाडीहरु जीतमा उफ्रिएको र सँगसँगै समर्थकहरुले पनि खुशी मनाएको देख्दा आफुलाई पनि तिनीहरुसँगसँगै उफ्रन मन लाग्यो । जसले खेल जितेपनि खेल सकिने वित्तिकै अरु अन्यको जस्तै गर्दै आफु पनि उनीहरुसँग दौड्दै मैदानभित्र प्रवेश गरेर विजेता टोलीसँग खुशी साटिन्थ्यो । अनि उद्घाटन तथा समापन समारोहमा बस्नुको कारण पनि भिन्न हुन्थ्यो किनकी त्यहाँ आफुले चिनेका केही साथीहरुले नृत्य प्रस्तुत गर्थे हामी त्यो हेर्न कार्यक्रममा बस्थ्यौ बाकीं त्यहाँ हुने मन्तव्यहरुको हामीलाई कुनै मतवल हुन्थेन ति केवल पट्यार लाग्दा मात्र हुन्थे । 
३) पत्रकारिता र क्रिकेट 
कक्षा १२ को बार्षिक परिक्षा दिईसकेपछि खाली रहेको समयलाई सदुपयोग गर्ने भन्दै आफुले अध्ययन गरिरहेको विषय पत्रकारितासँग सम्बन्धित रहेर एक स्थानिय पत्रिकामा पत्रकारिता सुरु गरे मैले । त्यतिवेलाको पत्रकारितामा कुनै बिट भन्ने हुदैनथ्यो । अझ स्थानिय सञ्चार माध्यम त झन एक दुई जना पत्रकार कै भरमा चलेका हुन्थे । तर हाम्रामा भने तिन जना रिपोर्टर थियौ । सम्पादकले हामीलाई दैनिक एक रिपोटिंग गर्न अह्राएपछि हाम्रो दैनिकी एक रिपोर्टिंग गर्नमा वित्थ्यो । आधा बर्ष विभिन्न क्षेत्रको रिपोर्टिग गरिसक्दा म धेरै कुराहरु बारे जानकारी राख्ने भईसकेको थियो । त्यतिवेलै सुरु भयो, एसपीए कपको दोस्रो श्रृंखला । अफिसबाट दोस्रो श्रृंखलाका रिपोर्टिंगको जिम्मेवारी मैले लिए । आयोजकले हामीलाई सजिलो बनाईदिएका थिए, उनीहरुले नै हामीलाई खेलको सम्पुर्ण जानकारी सहितको विवरण भरेर एउटा पत्र हाम्रै अफिसमा पुर्याईदिन्थे, हामी त्यसैलाई तोडमतोड गरेर समाचार बनाउँन्थ्यौ । दिनभर भने हामी मैदानमा खेल हेर्दै विताउँथ्यौ । त्यसवेला क्रिकेट सम्बन्धी थोरबहुत जान्न थालिसकेको थिए । क्रिकेटका केही व्यक्तित्वहरुलाई चिन्न थालिसकेको थिए । सुरुमा पहिलो पटक अफिसियल तथा खेलाडीहरुसँग अन्तक्रिया पनि गरेको केही हदसम्म याद छ । एसपीए कपको प्रतिस्पर्धामा त्यस समय विनोद दास, मेहबुव आलम, भुवन कार्की, सुवाश प्रधान जस्ता खेलाडीहरु धनगढीमा पुगेका थिए  । त्यति वेलै धनगढी क्रिकेटका धरोधर, प्रतियोगिताका संयोजक सुवाश शाहीलाई मैले चिन्ने अवसर पाएको थिए । 
एसपीए कप २०११ का क्रममा मन्तव्य दिदै प्रतियाेगिताका संयाेजक सुवाश शाही
 समापन समारोहमा उद्घोषकले मन्तव्यका लागि उहाँलाई बोलाउँदा लामो कपाल पालेको, भर्खरको युवा हातमा एउटा कागज लिएर, आखाँ कागजमा डुलाउँदै भन्दै थियो, “आगामी दिनमा हामी यहाँको क्रिकेटलाई देशको अग्रिम स्थानमा पुर्याउनेछौ” । उनले बोलेको त्यो वाक्य आजका मितीसम्म आईपुग्दा पुरा गरि देखाई सकेका छन ।   
४) फेसबुक, कम्प्युटर र क्रिकेट
आधा बर्ष बढी पत्रकारिता सन २०११ को उत्तरार्ध तिर त्यतिवेला भर्खर फेसबुकको लहर धनगढीमा चलेको थियो । मैले त्यतिवेला कम्युटर कक्षा पनि सुरु गरेको थिए । कक्षामा सहायक प्रशिक्षकलाई फेसबुक बनाईदिन आग्रह गरेसँगै उहाँले सहजै बनाईदिनु भयो । फेसबुकमा भने मैले आफ्नो निकनेम राखे, “सुमन जोशी” । जुन नामले अझै पनि धेरै जसो साथीहरुले मलाई चिन्ने गर्नुहुन्छ । फेसबुक बनाए पश्चात क्रिकेटसँगको सम्बन्ध अझै गाढा भयो । फेसबुकमा म क्रिकेटसँग सम्बन्धित धेरै कुरा सर्च गर्न थाले । क्रिकेटसँग जोडिएका व्यक्तिहरुसँग सम्बन्ध जोडिन थाल्यो । केही दिन मै फेसबुकको लत लाग्यो, त्यतिवेला कहिलेकाही मात्र कम्प्युटर कक्षा तथा अफिसमा फेसबुक चलाउँन पाईन्थ्यो । मैले घर मै कम्प्युटर किनिदिन घरमा आग्रह गरे । त्यस समय हाम्रो गाउँघरमा विरलै कसैको घरमा कम्प्युटर देखिन्थ्यो । घरको स्थिती पनि खासै मजबुद थिएन । घरमा भएको एउटा पसलले दाई, दिदि र मेरो पढाई खर्च धान्न मै ठिक्क हुन्थ्यो । बुवाले जसो तसो घर धान्नु भएको थियो, त्यसै कुरालाई मध्यनजर राख्दै बुवाले सुरुमा त नकार्नु भयो तर पछि मैले धेरै करकर गर्न थालेपछि कता कताबाट पैसा जुटाएर कम्प्युटर किनी दिनुभयो । मलाई पछि मात्र थाहा भयो, मेरो कम्युटर किन्दा बुवाले लिनुभएको ऋण तिर्न हामीले पछि धनगढीमा भएको जग्गा बेच्नु पह्यो र ऋण तिरी बचेको पैसाले बुवाले गाउँमा खेत किन्नु भएछ । गाउँमा खेत सस्तो हुने हुनाले यहाँको खेत बेच्दा बचेको पैसा थपी मैले बुवालाई ल्यापटप किनी दिन आग्रह गरे, तर यसपटक वुवाले मान्नु भएन । पत्रकारिता गरिरहेको बढी जसो समय बाहिर व्यतित गर्नुपर्ने भएकाले मलाई डेक्सटप भन्दा नि ल्यापटपको बढी खाचो हुने भएपछि म ल्यापटप किन्ने निर्णयमा पुगेको थिए ।
म्याच अपडेटमा व्यस्त रहँदाकाे एक पल
डेक्सटप किनेको १ बर्षपछि ल्यापटप लिने उदेश्यले आधा मुल्यमा त्यसलाई विक्री गरे । अब ल्यापटपका लागी थप पैसाको जोहो गर्नु जरुरी थियो । बुवालाई भन्ने अवस्था थिएन, किनकी भर्खरै घरमा दिदिको बिहे सम्पन्न भएकोले भएभरका पैसा विहेमा लगाउनु भएको थियो । त्यति नै वेला मैले जिल्ला निर्वाचन कार्यालयमा करारमा कम्प्युटर अपरेटरका लागी आवेदन आह्वान गरेको थाहा पाए र अप्लाई गरे, नाम निस्को । बुवाले खेत विचेर किनेको कम्प्युटरले पहिलो पटक करार मै भएपनि सरकारी जागिरे बनायो र सरकारी ल्यापटप लिएर म  फिल्डमा निस्के । कम्प्युटर अपरेटरका रुपमा काम गर्दा मेरो पारिश्रमिक चित्त बुझ्दो भएकाले दैनिक म झण्डै पाँच सयसम्म बचत गर्न सक्थे, गर्नुपनि थियो किनकी मलाई पनि एउटा ल्यापटप किन्नु थियो । छोटो समयका लागी करारमा नियुक्ती भएकाले करार अवधी सकुञ्जेल मैले ल्यापटपका लागि केही रकम जोहो गरेको थिए र आधा रकम मैले डेक्सटप बेच्दाको थियो । दुवै रकम जोडेर ल्यापटप किन्ने जति पैसा जोहो भयो । म निकै खुशी भए, अब मैले आवश्यक परेका वेला जहाँपनि कम्युटिंग सम्बन्धी सम्पुर्ण काम गर्न सक्थे र सवै काम क्रिकेटसँग सम्बन्धित नै थियो ।
अपडेटमा व्यस्त रहँदा (एसपीए कप २०१५ मा) 
त्यही ल्यापटपले यहाँ हुने प्रत्येक खेलको लाईभ अपडेट दिदै क्रिकेट खेलका पारखीहरुलाई मनोरञ्जित गर्यो, खेल पछिको सम्पुर्ण विवरणहरु सवैलाई प्रेषित गर्न मदत गर्यो , हाम्रा सवै गतिविधीलाई आम क्रिकेट प्रेमी नेपालीहरुमाझ परिचित गरायो । एकदिन एसपीए कप २०१५ मा खेलको अपडेट दिईरहेका बेला एक खेलाडीले प्रहार गरेको छक्का सिधै आएर मेरो ल्यापटप चुम्म पुग्यो, बल लागि ल्यापटप भुईमा पछारियो, भौतिक क्षति ल्यापटपलाई भएको थियो होला भावनात्मक रुपमा मन तरक्क रोयो । हतार गरी ल्यापटप उठाए, ल्यापटप बन्द थियो माथिल्लो भाग केही टुटेर हल्लिरहेको थियो, अन गरे, भएन । फेरी प्रयास गरे भएन । अनि बैकल्पिक उपाय स्वरुप ब्याट्री खोलेर फेरी मिलाए, बल्ल ल्यापटपले आखाँ उघारे, मैले चैनको श्वास फेरे । त्यस घटनालाई समेटेर क्रिकेटलोकका राजन शाह दाईले आफ्नो धनगढी डायरीमा सानो अंश लेख्नुभएको मलाई अझै याद छ । धनगढीलाई क्रिकेटको शहर बनाउन यस ल्यापटपको भुमिका पनि कहाँ कम छ र ? म जहाँ जाउँ यो मेरो पिठ्युमा झुण्डिएकै हुन्छ । जसका सम्पुर्ण फोल्डरहरु अहिले पनि क्रिकेटका सम्पुर्ण गतिबिधीसँग रुझेका छन, यसको एक क्लिकमा धनगढी क्रिकेटको सम्पुर्ण गतिविधी पाउँन सकिन्छ । कहिले काही स्पेस कम भएर यसमा भएका केही कुरा डिलिट गर्नुपर्ने हुदाँ के डिलिट गर्ने मलाई निकै धर्मसंकट पर्छ किनकी त्यस भित्रका प्रत्येक क्षणसँग मेरो परिश्रम जोडिएको छ, मिठो ईतिहास जोडिएको छ, धेरै मेहनत पश्चात मात्र त्यो काम गर्न सफल भईएको थियो त्यही भएर पनि ती मेटाउन सजिलै कहाँ सकिन्थ्यो र ?  
५) एसपीए कप २०१३ अनि क्रिकेट फारवेष्ट
एसपीए कप २०१३ अर्थात तेस्रो संस्करणको एसपीए कपबाट औपचारिक रुपमा क्रिकेटमा प्रवेश गरे । सुरुको पहिलो दिन एसपीए कप २०१३ हेर्न भनि मैदानमा पुगे । खेल सकियो, मिडिया बक्समा एक जना परिचित अनुहार ल्यापटपमा आफ्ना औलाहरु कुदाँईरहेको थियो । त्यस परिचित अनुहारलाई भेट्न मन लाग्यो अनि उसको नजिक गए । विराट दाई हुनुहन्थ्यो उहाँ । नेपाली क्रिकेट फ्यान क्लबका अध्यक्ष । फेसबुक बनाएसँगै म पनि सो क्लबको मेम्बर बनेको थिए । सो क्लबमा सबभन्दा सक्रिय तथा सम्पुर्ण फ्यानहरुलाई सम्पुर्ण नेपाली क्रिकेट सम्बन्धी जानकारी दिने उहाँ नै हुनुहुन्थ्यो । हामी धेरै फ्यानहरु क्रिकेट सम्बन्धी नयाँ अपडेट तथा जानकारीका लागि उहाँलाई पंछईरहन्थ्यौ । उहाँको एक स्टाटसमा सयौ लाईक हुन्थे । उहाँ नजिक पुगे । उहाँ अझै पनि काम मै व्यस्त थिए मैले उहाँलाई डिष्र्टब नहुने गरि उहाँको काममा नजर डुलाई रहे । आफु पनि मिडियाको विधार्थी भएकाले उहाँ सम्पुर्ण खेलको अपडेट, फोटो पोष्टिंग, न्युज मेकिंग, सम्पादन, न्युज सेडिंग आदि सम्पुर्ण मिडियासँग सम्बन्धित काम गरिरहनु भएको छ भन्ने कुराको मेसो पाईसकेको थिए । त्यतिकैमा प्रतियोगिताका संयोजक सुवाश शाही त्यही आउनु भयो, मैले नमस्कार सर गरे, लगत्तै उहाले तपाई आजकल के गर्दै हुनुहुन्छ सुमन जी भन्ने प्रश्नमा एसपीए कप हेर्दै दिन बिताउँदै छु सर भने । त्यति सुनेपछि म खाली छु भन्ने भान पाएर उहाँले विराट जीलाई तपाई पनि हेल्प गर्नुस न भोली देखि भन्नु भयो त्यति वेला एसपीए कपमा विराट दाई मिडिया संयोजक को जिम्मेवारीमा हुनुहुदों रहेछ र म पनि उहाँलाई सहयोग गर्न भोली देखि तयार भए । विराट दाईसँगको राम्ररी चिनजान भयो, त्यो सम्बन्ध अझैपनि निकै नजिक छ, अर्को दिन देखि विराट दाईसँगै दिन भर म्याचमा बसेर सिको गर्न थाले । उहाँ फ्यान क्लबमा प्रत्येक पलपलको खबर सम्प्रेषित गर्नुहुन्थ्यो अनि केही अरु पेजहरु प्नि चलाउनुहुन्थ्यो, एकैछिन अपडेट बन्द हुदाँ सयौ फ्यानहरुले देशभरिबाट अपडेट किन बन्द भन्दै म्यासेज पठाउँथे । 

त्यही सिको गर्दै मैले पनि सुदुरपश्चिमको सम्पुर्ण क्रिकेट गतिविधी लच्छित गरी, सम्पुर्ण यहाँका क्रिकेट प्रेमीहरुको साझा एउटा ठाउँ होस, यहाँको क्रिकेट गतिविधी जान्न तथा बुझ्न चाहानेहरुका लागी सजिलो होस भन्ने उदेश्यले क्रिकेट फारवेष्ट नामक फेसबुक पेज सुरुवात गरे । छोटो समय मै यहाँका क्रिकेट प्रेमीहरु माझँ लोकप्रिय बनेको पेज सुदुरपश्चिम कै पहिलो क्रिकेट पेज हो । पछि धनगढी लगायत अन्य क्षेत्रमा विस्तार गर्ने उदेश्यले महेन्द्रनगर, बैतडी, डोटी, लमजुंग, बुटवल तथा काठमाण्डौमा एडमिन दिई समग्र देश कै क्रिकेट गतिविधीहरु हामी सम्प्रेषित गर्न थाल्यौ । तर अझै पनि पेजले सुदुरपश्चिम कै क्रिकेटले बढी महत्व पाउने गरेको छ । जुन आम सुदुरपश्चिमेलीका क्रिकेट प्रेमीहरुको साझा थलो पनि बन्न पाएकोमा निकै खुशी लाग्दछ । यहाँका सम्पुर्ण क्रिकेट गतिविधीहरु सम्प्रेषण गर्न थालेपछि क्रिकेटसँग सम्बन्धित धेरै मान्छेहरुसँग परिचय बढ्यो । केही अनलाईन तथा पेजहरुले यहाँका सम्पुर्ण गतिबिधी सम्प्रेषण गरिदिन अनुरोध गर्न थाले म निसंकोच विना स्वार्थ उनीहरुलाई आवश्यक परेका सम्पुर्ण कुराहरु प्रेषित गरिदिन्थे । त्यसै क्रममा नेपाल मै सवैभन्दा बढी प्रंशसक भएको क्रिक नेपालको टीमसँग मजबुद सम्बन्ध निर्माण भयो भने अरु थुप्रै अनलाईनहरुमा आबद्ध भए र जुन सवै भेलियन्टयरी मात्रै थिए, स्वार्थ एउटा मात्रै थियो हामीले गरेका क्रिकेट गतिविधी सम्पुर्णले जानुन, थाहा पाउँन । 
६) फाप्ला एण्ड एनपीएल 
यस क्षेत्रको क्रिकेटलाई नयाँ उचाईमा पुर्याउने लक्ष्यका साथ दिनरात खट्नु भएका सुवाश सरले क्रिकेटमा रुची भएका व्यक्तिहरुलाई आफ्नो टीममा समेट्ने प्रयास गरिरहेका थिए । त्यही क्रममा एसपीए कप २०१३ देखि म पनि सुवाश सरको टीममा सामेल भईसकेको थिए, एसपीए कप सकिए लगत्तै उहाँले नेपाल कै सवैभन्दा लामो क्रिकेट लिग प्रतियोगिता धनगढी क्रिकेट लिग(डिसिएल) को दोस्रो संस्करण सुरु गर्नु भयो र त्यसमा मिडिया संयोजकको भुमिकामा रही खेल अवधी भर खेलको प्रत्यक्ष अपडेट, खेल सकिनासाथ समाचार, फोटो बनाई त्यसलाई सम्पादन गरी आम सम्पुर्ण क्रिकेटप्रेमी तथा मिडियाहरु सम्म पुर्याउने काम गर्न थाले । डिसिएलको बिचमा पुगिसकेपछि काठमाण्डौमा प्रेश मिट मार्फत नेपाल प्रिमियर लिग (एनपीएल) हुने घोषणा गरियो । आयोजकको रुपमा जोहरा स्पोर्टस म्यानेन्जमेन्ट अगाढी देखियो । त्यसवेला जसले नेपालमा अत्याधिक चर्चा पाएको थियो । देश भरि कै सवै नाम कहलिएका खेलाडीहरु प्रतिस्पर्धामा उत्रने भएकाले पनि प्रतियोगिताको विशेष महत्व थियो । सवै क्रिकेट फ्यानहरु सो प्रतियोगिताको ब्यग्र प्रतिक्षामा थिए । 
फाप्ला मैदान स्तरउन्नतीका वेला मैदान
यता सुवाश सरले बहुप्रतिक्षित बनेको उक्त प्रतियोगितालाई फाप्लासँग कसरी जोड्न सकिन्छ सोचिरहनु भएको रहेछ । धनगढीमा क्रिकेट मैदानको अभाव खड्किरहेका वेला उहाँले नै गौचरणलाई फाप्ला क्रिकेट मैदानमा परिवर्तन गर्नुभएको हो । प्रकृतिले नि निकै सुन्दर ठाउँ फाप्लालाई अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउन सकिने कुरा उहाँको दिमागमा घुमेछ । त्यसका लागी यस ठाउँको महत्व तथा यसको सम्भावनालाई सम्बन्धित ठाउँमा पुर्याउन जरुरी थियो । जसका लागी यसको व्यापक प्रचार प्रसारको जरुरत थियो, सुवाश सरले त्यो एनपीएलबाट सम्भव देख्नु भयो । फाप्लामा एनपीएल गर्न सके, एकातिर धनगढीलाई क्रिकेटको शहरका रुपमा अघि ल्याउन सकिन्थ्यो भने अर्का तिर फाप्ला सवैको नजरमा पर्ने भएकाले यहाँ रंगशाला निर्माण गर्ने उहाँको सोचले गति लिन्थ्यो । त्यही कुरालाई मध्यनजर राख्दै निकै ठुलो मेहनत पश्चात एनपीएलको दुई दिने फम्र्याटका प्रतियोगिताहरु धनगढीमा हुने पक्का भए । आयोजक प्रतियोगिता धनगढीमा दिन राजी भएपनि धनगढीमा त्यो स्तरको कुनै मैदान नहुदाँ आयोजकको पहिलो शर्त नै मैदान उपलब्ध गराउनु पर्ने थियो सो शर्तलाई सहर्ष स्वीकार गर्दै सुवाश सरले क्रिकेट कै लागी व्यक्तिगत लाखौ रुपैया खर्च गरेर फाप्लालाई एनपीएलका लागी तयार गर्नुभयाे ।
 फाप्ला तयार गर्न नेतृत्व लिएका सुवाश सरसँगको सहयात्री भएँ । झण्डै हामीले ३ महिना बढी फाप्लामा काम गरौ । साधारण गौचरणमा अन्तराष्ट्रिय स्तरको मैदान साथै पीच निर्माण गर्नु त्यति सजिलो थिएन । मैदानको एकातिरको भाग अग्लो डाडा थियो त्यसलाई चिरेर त्यहाँ तत्काल नयाँ घास उमान्रु थियो, उता स्थानियहरुको सहभागिता सुनिश्चित गरी काम गुर्नपर्ने, विजुलीबत्ती नभएको ठाउँमा विजुली बत्ती पुर्याउनु पर्ने, फाप्ला जाने सडक मर्मत तथा त्यहाँ ग्रेभल गर्नुपर्ने, होमपाईपहरु विछ्याउनुपर्ने, यातायातका साधनहरु नचल्ने ठाउँमा यातायातका साधन चलाउनु पर्ने, आवश्यक स्रोतसाधन तथा जनशक्तीको नभएको वेला भारतबाट पनि स्रोत साधन झिकाई ३ महिनाको अवधीमा हामीले मैदानलाई खेल्न लायक बनाएका थियौ । विहान चियाँ खाएर निस्कने हामी अवेर रातीसम्मै मैदान मै हुन्थ्यौ ।  
फाप्ला मैदान निर्माणका क्रममा केही सहयाेग गर्दै । 
फाप्लामा काम गर्दा स्नातक दोस्रो बर्षको बार्षिक परिक्षा चलिरहेको थियो । सवै साथीहरु अध्ययनमा ब्यस्त रहेको समयमा म भने फाप्लामा हुन्थे । कहिलेकाही ल्यापटपसँगै ब्यागमा किताव पनि लिएर जान्थे तर किताव पढ्ने फर्सद कहाँ पाईन्थ्यो र ? त्यसको परिणाम पनि भोग्नुपर्यो मैले । परिक्षा त जसो तसो दिए तर नतिजामा एक विषयमा फेल देखायो, जसले स्नातकोत्तरको मेरो पढाई एक बर्ष पछाडी धकेलिदियो । स्कुल गएदेखि पहिलो पटक फेलको अनुभव गर्दै थिए म । मैले घरमा रिजल्ट विग्रेको कुरा भन्न सकिन, तर केही दिनमा घरमा थाहा पाईसकेछन र धेरै दिनसम्म म उहाँहरुका अगाढी पर्न सकिन । क्रिकेटमा लागेकोमा केही दुःख अनुभुती भएको थियो त्यसवेला । यदि परिक्षाका वेला क्रिकेटमा नलागी पढेको मात्र भए आज स्नातकोत्तर दोस्रो बर्षमा अध्ययनरत हुन्थे तर सँगैका साथीहरु दोस्रो बर्षमा हुदाँ आफु भने पहिलो बर्षमा अध्ययनन गर्न जादैछु अब स्नातकोत्तरको अध्ययन नसकिदाँ सम्म क्रिकेटलाई अंशिक बिट मार्ने सोच बनाएको छु । 
परिक्षाको नतिजा बिग्रेकोमा केही पश्चाताप त अवश्य थियो तर सँगसँगै भव्य रुपमा फाप्लामा एनपीएल सम्पन्न हुनु, फाप्लाले देश तथा विदेशमा चर्चा पाउनु तथा धनगढी नगरपालिकाले धनगढीलाई क्रिकेटकोे शहरका रुपमा लिपीवद्ध गर्नु, जस्ता कुराले त्यो दुखमा मल्हम लगाउने काम गह्यो । हामीले गरेको मेहनतले केही रुपमा सफलता पाएको संकेत थियो यो ।   
७) ड्रीम फाप्ला 
एनपीएलबाट फाप्लाले पाएको चर्चालाई समात्दै सुवाश सरले फाप्लामा अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण अभियान “ड्रीम फाप्ला” अभियानलाई अगाढी बढाउने निर्णय लिनुभयो । लामो छलफल पछि हामीले यस अभियानलाई सार्वजनिक गर्ने घोषणा गर्यौ । यस अभियानको उदेश्य आम सम्पुर्ण क्रिकेट प्रेमीहरुलाई समेट्दै उनीहरुको सानो सानो सहयोगबाट ४० हजार दर्शक क्षमताको क्रिकेट रंगशाला निर्माण गर्नु थियो । जसका लागि एउटा कमिटी गठन भयो, सवैको सर्वसहमतीमा अध्यक्षमा सुवाश सर तथा सचिवमा मेरो नाम चुनियो र हामीले यस अभियानलाई जोडतोडका साथ अगाढी बढाउने निर्णय लियौ । त्यस अभियान घोषणा गरेसँगै विभिन्न संघसंगठन, व्यक्ती, खेलाडीहरुले आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग घोषणा हुने क्रम सुरु भयो । 

सरकारले आर्थिक बर्ष २०७२÷०७३ को बजेटमा फाप्लालाई अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने कुराको घोषणा हुदाँ हामी गदगद भयौ । हामीसँगै सम्पुर्ण सुदुरपश्चिमबासीहरु हर्षित भए । किनकी यो प्रोजेक्ट सफल भएमा आम सुदूरपश्चिमबासीको प्रत्यक्ष रुपमा रंगशालामा अन्तराष्ट्रिय खेलहरु हेर्न पाउनेछन भने अप्रत्यक्ष रुपमा यहाँका आर्थिक क्रियाकलापहरुमा पनि वृद्धि हुनेछन । यस क्षेत्रमा खेल पर्यटक भित्रनेछन, रोजगारीको अवसर श्रृजना हुनेछ, यस क्षेत्रको चिनारी नै रंगशाला बन्नेछ । त्यसका लागी यहाँका आम सुदूरपश्चिमबासीले एकजुट भएर लाग्नु जरुरी छ ।  
८) एसपीए कप २०१५ 
देश कै सवैभन्दा ठुलो क्रिकेट प्रतियोगिता । चाहे आयोजनाका हिसावले होस या पुरुष्कार राशीका हिसावले धनगढीमा हुने यो प्रतियोगिताका नेपाली घरेलु प्रतियोगिताहरु मध्येको एक मात्र ठुलो क्रिकेट प्रतियोगिता हो । जसकोे आयोजना पखाई हजारौ हजार क्रिकेट प्रेमीहरुलाई हुने गरेको छ । एसपीए कप २०१५ को सुरुवात दिन देखि नै म हरेक क्रियाकलापमा प्रत्यक्ष रुपमा सहभागी रहे ।
 घोषित रुपमा म मिडिया संयोजकको रुपमा थिए तर काम भने जे देखियो त्यही गर्नुपथ्र्यो । कहिले स्पोन्सरका पछि, कहिले टीमको खबर, व्यवस्थापकिय जिम्मेवारी, अनि प्रायः रेकर्ड राख्ने, अतिथीहरुसँगको भेटघाट आदि आदि । प्रतियोगिताका लागि आवश्यक पर्ने सम्पुर्ण कामहरु गर्ने कुरामा मैले कहिले केही नाई भनिन । त्यस बाहेक आफ्नो नियमित कामहरु डकुमेन्टेसन, मिडिया कोर्डिनेसन, न्युज मेकिंग, फोटो फिचर, अपडेटिंग आदि आदि मिडियासँग रिलेटेड सम्पुर्ण कामहरु हेर्नुपर्ने हुन्थ्यो । एसपीए कप २०१५ पनि भव्य रुपमा सम्पन्न भयो । प्रतियोगिताले यति उचाई लिईसकेको थियो कि टिकट काटेर नि मान्छेहरुले प्रवेश पाएका थिएनन । त्यसका लागी पनि धनगढीमा रंगशाला आवश्यक भैसकेको थियो । एसपीए कपले आफ्नो टीकटबाट उठेको पैसाबाट ड्रिम फाप्ला अभियानलाई केही रकम छुटायो । 
८) धनगढी क्रिकेट एकेडेमी र व्यवस्थापन 
एसपीए कप २०१५ को समाप्तीसँगै म केही समयका लागि राजधानी हानिए । म राजधानी मै हुदा त्यहाँ काठमाण्डौ प्रिमियर लिग हुदै थियो । सो प्रतियोगितामा धनगढीले पनि सहभागिता जनाएको थियो । प्रतियोगितामा आफ्नो टीमलाई चियरअप गर्न म टुडिखेल पुगेको थिए ।
पहिलाे केसिएलकाे च्याम्पियन बन्दा...
टीम क्वाटरफाईनलमा पुगिसकेको थियो, र सेमी फाईनल तथा फाईनलको जीति आफ्नो नामले ईतिहास लेख्नु थियो । त्यो ईतिहासको साक्षी बन्ने मौका हामी गुमाउन चाहान्नथ्यौ । सेमी फाईनल तथा फाईनलमा काठमाण्डौमा टीमको हौसला बढाउन फेरी आफ्नो नियमित कर्म थाले, देशले लाईभ अपडेट हेरिरहेको थियो, काठमाण्डौका नाम चलेका क्लबहरुलाई सजिलै पारजित गर्दै धनगढीले पहिलो केसिएलको उपाधी जित्न सफल भयो । त्यसले धनगढीलाई क्रिकेटको शहरको पहिचानमा थप मदत पुग्यो अनि खेलाडीहरुले जितेको पैसाको केही भाग धनगढीमा अन्तरािष्ट्रय क्रिकेट मैदान निर्माण गर्नका लागि ड्रिम फाप्ला लाई प्रदान गरे । 
       छोटो समयको राजधानी बसाईको सुखद अन्त्यसँग गृहनगर धनगढी फर्केर धनगढी क्रिकेट एकेडेमीको व्यवस्थापनको जिम्मेवारी बहन गर्नुपर्ने भयो । एकेडेमीमा घरेलु क्रिकेटको विकासका लागी देश भित्रै रहेका क्रिकेट संस्थाहरु बिच सहकार्य हुन जरुरी छ भन्ने उदेश्यले धनगढीमा ८ म्याचको डिसिए एनसिए सिरिज राख्यौ, जसले यु १६ का खेलाडीहरुलाई थप शशक्त बनाउँन मदत गह्यो । त्यसको सम्पुर्ण व्यवस्थापकिय जिम्मेवारी वेहोर्नुपर्दा व्यवस्थापनलाई कसरी चुस्त दुरुस्त बनाउँन सकिन्छ भनि अभ्यास भैसकेको थियो । सिनियर टोलीका लागी चितवनबाट टीम झिकाई धनगढी चितवन सिनियर सिरिज गर्दा होस या ईन्टर स्कुल गल्र्स तथा ईन्टर स्कुल ब्वाईज क्रिकेट प्रतियोगिता गर्दा क्रिकेट व्यवस्थापनमा केही परिपक्वता विकास भै सकेको थियो , त्यस्तै महिला क्रिकेटको पनि विकास गर्ने उदेश्यले डिसिएले आफ्नो लेडिज टीम झापा पुर्याएको थियो, देश नै बन्द रहेका वेला लेडिज टीमलाई एक्लो व्यवस्थापन गर्नु निकै चुनौतीपुर्ण थियो तर निकै प्रतिकुल वातावरणका वावजुद पनि फर्कदा नेपालको बाटो फर्कन सम्भव नहुने भएकाले भारतहुदै सुरक्षित घर फर्काउन सक्नु सक्षम व्यवस्थापनको एउटा पाटो थियो मेरा लागी ।  त्यस्त खेलाडीहरुलाई अन्तराष्ट्रिय म्याच एक्सोजर दिने उदेश्यले डिसिएले अन्तराष्ट्रिय टुर अन्तर्गत भारको मुम्बई र गोवाको टुरको आयोजना गर्ने निर्णय देखि टुरको सम्पुर्ण व्यवस्थापकिय जिम्मेवारी सफल रुपमा वहन गर्न सक्नु मेरालागी क्रिकेटबाट अल्पकालिन विश्राम लिने समयमा पुग्दा सुरक्षित अवतरण मान्छु म । त्यसवाहेक डिसिएको दैनिक अभ्यासमा आवश्यक सम्पुर्ण व्यवस्थापकिय जिम्मेवारी निर्वाह गर्नुपर्दा क्रिकेटका सवै क्षेत्रमा आफु रिझीसकेको अनुभुति हुन्छ । 
डिसिए एनसिए सिरिज जितेपछि...
अब भने क्रिकेटबाट विदा लिनुपर्ने वेला भएको छ । स्नातकोत्तरको अध्ययनका लागी होमटाउँन धनगढी छोडी काठमाण्डौ हानुनुपर्ने अवस्था छ । हामीले छोटो समयमा क्रिकेटको विकासका लागी धेरै महत्वपुर्ण काम गरेर देखाउन सकेका छौ । बर्षौ यस क्षेत्रका क्रिकेट मतियारहरुले गर्न नसकेका धेरै कुरा हामीले गरी देखाईदिएका छौ । यसका लागी न कहिले हामीले पारिश्रमिक लियौ, न पारिश्रमिकको माग गरौ, न सरकारले न कुनै संस्थाले बजेट नै छुटएको थियो तर पनि नियमित नथाकीकन लागौ लागिरह्यौ । मनमा चाहाना र उत्साह तथा सकरात्मक सोच लिएर अघि बढे भने जे पनि सम्भव छ भन्ने कुराको प्रत्यक्ष उदाहरण हो यो । काम गर्दा हाम्रा अघि थुप्रै पटक बाधा अडचन आए, कयौ पटक स्थानियहरुलाई सम्झाई बुझाई गर्नुपर्ने, कयौ पटक निति निर्माण् गर्ने पक्षसँग भिड्नु पर्यो, कयौ पटक स्रोत साधनको अभावमा काम नै अघि नबढ्ने अवस्था थियो, थुप्रै पटक आर्थिक समस्याले सतायो तर पनि हामी रोकिएनौ, निरन्तर लागि रह्यौ र सफल भयौ । हामी केही व्यक्तीले यहाँको क्रिकेट विकासमा यत्रो ठुलो आमुल परिवर्तन ल्याउन सक्छौ भने क्यान नामाकरण गरेको संस्थाले साच्चकै चाहाने हो भने नेपाली क्रिकेटले अहिले सम्म वान डे स्टाटस पाईसक्नेमा दुईमत छैन । क्यानमा जुन कुराको अभाव छ, हामीले त्यही कुरामा जोड दियौ । भन्ने गरिन्छ, क्यानमा राजनिती छ, अव्यवस्थापन छ, अपारदर्शिता छ, काम गर्ने मान्छेलाई काम गर्न दिईदैन, त्यसैले क्यानको आलोचना हुने गरेको छ । हामीले त्यसको ठिक उल्टो गह्यौ, हामी कहाँ राजनिती छैन, व्यवस्थापन एकदम चुस्त छ, हामी पुर्ण पारदर्शी छौ, त्यसैले सवैको हामीलाई विश्वास छ, हामी कहाँ काम गर्ने मान्छेलाई प्रोत्साहन गरिन्छ, सम्मान गरिन्छ, सवैलाई साथमा लिएर अघि बढ्छौ हामी, त्यसैले हामी सफल छौ । जसको परिणाम धनगढीले क्रिकेटको शहरको उपमा पाएको हो । 

Friday, 30 October 2015

मेरो डायरी १६ (मुम्बई ­ गोवा टुर भाग १)

    धेरै भयो, सायाँ मेरा लागि क्रिकेट, एउटा प्यासन मात्र हैन दैनिकी पनि बनेको छ । त्यही सिलसिलामा नयाँ गन्तव्यको रेखा कोर्दै हामीहरु क्रिकेटको नर्शरी मुम्बईमा पुगेका छौ । हामीसँग एउटा टीम छ, उसले आफ्नो भविष्यलाई मजबुद बनाउँन हाम्रो साथ खोजेको छ । उनीहरुको सफल भविष्यमा देशको क्रिकेटको भविष्य तथा क्रिकेटको कायापलट गर्न हामीसँग पथप्रदर्शक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाही हुनुहुन्छ । उहाँले देखाउनु भएको बाटोमा हामी यात्रामा हिडेको एकहप्ता बढी भईसकेछ, सायाँ ।

    टुरमा निस्कने दिन, दशैको टीकाको दिन । सुवाश सरले युवा खेलाडीहरुलाई अन्तराष्ट्रिय म्याच एक्सोजर दिन तथा उनीहरुलाई एउटा पुर्ण खेलाडी बनाउन झण्डै तिन महिना पहिले मुम्बई गोवा टुर आयोजनाको घोषणा गर्नुभएको थियो । धनगढी क्रिकेट एकेडेमीले प्रत्येक बर्ष अन्तराष्ट्रिय टुरको आयोजना गर्ने गर्दछ । त्यही क्रमलाई निरन्तरता दिदै एकेडेमीले यस पटक क्रिकेटको नर्शरी भनेर चिनिने भारतको मुम्बई तथा गोवा टुरको आयोजना गरेको हो, सायाँ ।
    टुरको तयारी तिन महिना पहिले देखि नै सुरु भएको थियो । सुवाश सरको निर्देशनमा एकेडेमीको व्यवस्थापकको हैसियतमा म र सहायक व्यवस्थापक विजय जी, दैनिक रुपमा तयारीमा जुटेका थियौ । टुरका लागि १४ खेलाडी छनौट गर्नुपर्ने, अभिभावकसँग छलफल, बजारमा दौडधुप, भम्रणको सम्पुर्ण व्यवस्थापन, खेलाडीहरुको प्रशिक्षण तथा अभ्यासमा खटिनु पर्नुे तथा नजिकिदै गरेको महान चाड दशैले हामी दुई जनै व्यवस्थापकहरुको दैनिकी  निकै व्यस्त बनाईदिएको थियो । यो समयमा हामीले घरमा कम र वाहिर बढी समय व्यतित गरौ, दशैमा घरपरिवार तथा साथीभाई भनेनौ वल्की एउटा निस्वार्थ महान उदेश्य लिएर अगाढी बढ्नु भएका सुवाश सरलाई साथ दिनु हामीले कर्तव्य ठान्दै त्यसमा अग्रसर भईरह्यौ ।
विदाइ कार्यक्रम
तिमीसँग पनि त्यस समयमा भेट भएन सायाँ, निकै कम मात्र तिमीसँग बोलचाल भयो । तिमीले कति पटक फोन गरौ, काममा केही विजी भएर उठाउन पाईएन, तिमीले पठाएका म्यासेजहरु रिप्लाई गर्न पाईन अनि तिमीले रिसाउँदै फोन काट्दा नि तिमीलाई फकाउँन समय दिन सकिन, सरी सायाँ । मलाई थाहा छ, सायाँ तिमी मलाई राम्ररी बुझ्छौ । तिमीले आज सम्म मेरा हरेक कुरामा साथ दिएकी छौ । त्यही भएर म ढुक्क छु, तिमीले कहिले पनि मेरो काममा ईन्टरफियर गरेनौ मेरा लागि त्यो भन्दा ठुलो कुरा के होला र सायाँ, मिस यु ।
राजु सर ।
    टीका सकेर, राजु घिंसिग (कान्तिपुरका खेल पत्रकार) तथा सार्थक भाईलाई लिन एअरपोर्ट गईयो । सधै एअरपोर्टभरी ट्याक्सी पाईन्थ्यो त्यही सोचेर दुवै जनालाई ट्याक्सीमा रिटर्न गराउने सोचमा हामी एअरपोर्ट पुगेका थियौ तर त्यस दिन एअरपोर्टमा ट्याक्सी पाईएन, एउटा त दशैको दिन सवै ट्याक्सीवाला दशैको टीका लगाउन व्यस्त अझै भारतको अघोषित नाकाबन्दीले देशैभरी पेट्रोलियम पदार्थको अभावले धेरै यातायातका साधन चल्न पाएका थिएनन । त्यसकै प्रभाव धनगढीमा पनि परेको थियो । एअरपोर्टमा ट्याक्सी नपाई पछि एउटा विकल्प स्वरुप हामीले राजु सरलाई विजय जीको बाईकमा होटल पुर्याउने व्यवस्था मिलायौ भने सार्थक भाई र म महेन्द्रनगर जाने गाढीमा मेनरोडसम्म पुग्यौ । एअरपोर्टबाट मेनरोड पुग्न २ किलोमिटर बाटो हो । बन्द तथा अभावको वेला बल्ल पाएको त्यो ट्याक्सीले २ किलोमिटरको दुई सय रुपैया लियो । अहो, कति महंगो । मेनरोडमा पुगेपछि बस, टेम्पो, ट्याक्सीका लागि केही बेर कुर्यौ । १० मिनेट कुर्दा पनि पाईएन । थुप्रै गाढीहरु आएपनि तर सवै भरिभराउँ मात्र । केही वेरमा एउटा बस रोकियो त्यसैमा चढेर हामी होटलका लागि निस्कियौ । तर बस नि चौराहासम्म मात्र जादो रहेछ, त्यहाबाट अटो रिक्सा चढेर वल्ल होटल पुग्यौ । होटलमा राजु सर र सार्थकलाई आरामको आग्रह गर्दै विजय सर र म फेरी आफन्तसँग टीका थाप्न घर तिर लाग्यौ ।

    साझँ फेरी एकपटक, के के तयारी पुरा भयो भनेर रिभिजन गरौ । आवश्यक सामाग्रीहरु एक ठाउँमा तयार गरौ । टुरका लागि सवै तयारी सकि सकेको थियो । अर्को दिन विहान हामी गौरिफण्टाबाट मुम्बईका लागि प्रस्थान गर्ने कार्यक्रम तय भईसकेको थियो । सो विहान यहाँका डिआईजी माधव नेपाल सरले हामीसवैलाई शुभकामना दिदै विदाई गरेसँगै हाम्रो यात्रा सुरु भयो ।  
                                                                                        क्रमश....