Sunday, 25 June 2017

अन्तर्वाताः देशकाे राजनैतिक काेर्ष नै बदलिनेछ

सदूूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको स्वतन्त्र उम्मेदवार गोपाल हमाल सुदूरपश्चिमका व्यवसायी हुन्। १४ वर्ष उद्योग वाणिज्य महासंघको सदस्य रहिसकेका हमालले आफ्नो कार्यकालमा कैलाली उद्योग वाणिज्य संघलाई देशकै उत्कृष्ट शाखा बनाएका थिए। दिनेश ग्रुपका नामबाट सुदूरपश्चिममा सञ्चालित उनका व्यापार व्यवसायहरूमा ६ सय जना बढीले रोजगारी पाइरहेका छन्। कैलालीको तत्कालीन मोनिकापुर गाविसमा जन्मिएका हमाल विगत ३३ वर्षदेखि निरन्तर उद्योग वाणिज्य क्षेत्रमा सक्रिय छन्।
सुदूरपश्चिमलाई सम्भावनाको क्षेत्रका रूपमा परिचय गराउन उनले थालेको सुन्दर सुदूरपश्चिम अभियानले निकै चर्चा बटुलेको थियो। उनले घोषणापत्रमा समेटेका भ्रष्टाचारमा शून्य सहनशीलतामेयरले पाउने सेवा सुविधागाडी र इन्धन समेत नलिनेएकीकृत सम्पत्ति करलाई वर्गीकरण गरी जनतालाई सहुलियत दिनेधनगढीसँग जोडिएको भारतीय नाकाको स्तरोन्नति गरी धनगढीबासीलाई लाभ लिन सक्ने वातावरण बनाउने तथा खुटिया दीपायल फाष्ट ट्रयाकगेटा मेडिकल कलेजधनगढी विमानस्थलक्षेत्रीय आयुर्वेद औषधालयक्षेत्रीय सहरी विकास आयोजना र सघन सहरी विकास आयोजनाहरूलाई समयमै सम्पन्न गराउनेसेती अञ्चल अस्पतालको स्तरोन्नति गरी आइसियु विस्तार गरिने र नगरबासीलाई करबिजुलीपानी र बिल घरमै बसीबसी तिर्ने व्यवस्था मिलाउनेज्येष्ठ नागरिकअपांगएकल महिलालाई दिइने सामाजिक सुरक्षा भत्ता घरमै उपलब्ध गराउने व्यवस्था गर्ने जस्ता कार्यक्रमको यतिबेला धनगढीमा चर्चा हुने गरेको छ। हमालसँग शुभदिनकर्मी यज्ञराज जोशीले कुराकानी गरेका छन्।
रोकौं सहरको विनाशलाई६ भोट दललाई एक भोट विकासलाई’ भन्ने नाराका साथ स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दिनुभएको छ। तपाईंले रोज्नुभएको नाराको तात्पर्य के हो?
विनाश भनेको खोलानाला अतिक्रमण गरेर बाढीको समस्याधनगढी नगर क्षेत्रभित्रका सार्वजनिक जग्गाहरू नगरविकास समितिले राजनीतिक संयन्त्रसँग मिलेर अनधिकृत जग्गा वितरण गरिसके। खोलानाला र बजार क्षेत्रको अतिक्रमणले एकातिर बजार अव्यवस्थित तथा बजार कुरुप भयो भने अर्कातिर सानो पानी आउँदा पनि बाढी आउनेबजार क्षेत्र जलमग्न हुने अवस्था आयो। सहर भनेको व्यवस्थित हुनुपर्छ भन्ने मान्यताका साथ मैले व्यवस्थित सहरको नारासहित निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेको हुँ। प्राविधिक रूपमा यसपालिको निर्वाचनमा एक व्यक्तिले एकै पटक सात जनालाई मतदान गर्न पाउने छन्। वडामा वडा अध्यक्षदलित महिला सदस्यमहिला सदस्यदुई जना खुला सदस्य र मेयरउपमेयर गरी सात जनालाई भोट हाल्न पाइने छ। मैले छ जना व्यक्ति राजनीतिक दलको चुन्नु भए पनि एक जना स्वतन्त्र व्यक्ति चुन्न आग्रहका साथ यो नारा लिएको हुँ।
तपाईंले इच्छाएको खण्डमा ठूला पार्टीहरूले पनि तपाईंलाई मेयरको पदमा टिकट दिन सक्थे तर स्वतन्त्र रुपमा चुनावमा उठ्ने घोषणा गर्नुको कारण चाहिँ के हो?
मैले अहिलेसम्म कुनै पनि राजनीतिक दलको साधारण सदस्यको पनि सदस्यता समेत लिएको छैन्। अर्को कुरा राजनीति गर्ने मेरो चाहना अहिलेसम्मको होइन। तरभविष्यमा के हुन्छ तत्काल भन्न सक्दिनँ। मैले राजनीतिक दलहरूसँग आवद्ध नभएर स्वतन्त्र उम्मेदवारी दिनुको केही कारणहरू छन्।
पहिलो कुरोमैले नगरको गुरुयोजना बनाएर योजनाबद्ध हिसाबले विकास निर्माण प्राथमिकताको आधारमा सञ्चालन गर्नका स्वतन्त्र उम्मेदवारी घोषणा गरेको हुँ। हालसम्म यहाँको परम्परा विकास निर्माण प्राथमिकताको आधारमा नभएर पहुँचका आधारमा हुँदै आएका छन्। जुन परम्परा तोड्दै जुन ठाउँमा जे आवश्यक छत्यस ठाउँमा सो कुराको पूर्ति मेरो प्राथमिकतामा पर्नेछ।
दोस्रोराजनीतिक दलबाट चुनाव लड्दा इमानदार हुन अलि गाह्रो हुन्छ। दलहरूबाट चुनाव लड्दा उनका कार्यकर्ता पाल्नुपर्नेपोस्नुपर्ने अवस्था आउन सक्छ। नगरको स्रोतलाई उनको पार्टीको स्रोतका रुपमा प्रयोग गर्न थालिन्छ। विभिन्न अवसरहरूमा आफ्नै कार्यकर्तालाई मात्रै प्राथमिकता दिनुपर्ने अवस्था रहन्छ। राजनीतिक दलबाट उठ्दा विभिन्न महत्वपूर्ण निर्णयहरूमा नगर प्रमुखको हैसियतले भन्दा पनि राजनीतिक दलको प्रतिनिधिको रुपमा गर्नुपर्ने हुन्छ।
मेरो सोचाई के हो भने सामाजिक र आर्थिक रुपमा नगरलाई विकास गराउन सही ठाउँमा प्राथमिकता के पर्छत्यसलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने हो। दलको कार्यकता म भएँ भने मैले त्यो गर्न सक्दिनँ। मेयर पदमा उम्मेदवारी घोषणा गर्दा मैले कुनै पनि किसिमका तलबसुबिधाभत्तागाडी नलिने घोषणा गरेको छु। साथैइमानदारितापूर्वक काम गर्दै भष्ट्राचारलाई निर्मूल पार्ने बताएको छु। यदि मैले पार्टीका तर्फबाट चुनाव लडेँ भने यी कुराहरूमा पनि अंकुश लाग्न सक्छन्। म कसैको प्रभावबिना खुला र स्वतन्त्र रुपमा विकास निर्माणमा लाग्न चाहन्छु। त्यसैले स्वतन्त्र रुपमा चुनावमा उठेको हुँ।
तपाईंले उम्मेदवारी घोषणा गर्दा धनगढीलाई पाँच वषभित्र देशकै नमूना र उत्कृष्ट सहर बनाउने उद्घोष गर्नुभएको छ। ठोस योजना के छन् तपाईसँग?
धनगढी विकासोन्मुख सहर हो। सहर ठूलो र जनसंख्या मात्रै धेरै हुनु भनेको उत्कृष्ट सहरका मापदण्ड हैनन्। गुणस्तरीय स्वास्थ्यशिक्षाव्यवस्थित बसोबासयातायातका सुविधासञ्चारको सुविधापर्यावरण लगायत गुणस्तरीय जीवनयापनका लागि एउटा राम्रो सहरमा जुन सूचकहरू छन् त्यो मेरो प्राथमिकतामा पर्नेछ।
कैलाली देशमै सबैभन्दा बढी वनजंगल भएको क्षेत्र हो। धनगढी नगरभित्र मात्रै चारपाँच वटा नदी र खोलाहरू छन्। स्रोतसाधनमा पनि अब्बल अनि एसियाली विकास बैंकको झन्डै तीन अर्ब र डेढ अर्बको सघन सहरी विकास कार्यक्रम पनि धनगढीमा लागू हुने अवस्था भएकाले यसलाई मात्रै उत्कृष्ट व्यवस्थापकीय कुशलता देखाउँदै उचित प्रयोग गर्नसक्ने हो भने धनगढीलाई देशकै उत्कृष्ट र नमूना सहरका रुपमा हामीले बनाउँन सक्छौं।
अर्को महत्वपूर्ण कुरा भनेको धनगढीका जनताहरू विकासप्रेमी भनेर चिनिन्छन्। धनगढी विमानस्थललाई देशकै दोस्रो ठूलो विमानस्थलका बनाउन हामीले थालेको एकपैसे अभियानमा हरेकले साथ दिएका छन्। कैलाली बहुमुखी क्याम्पस जसको संरचना र विद्यार्थी संख्या स्वयंमा विश्वविद्यालय बन्न योग्य छ। यो यहाँका स्थानीयहरूकै साथ र सहयोगले बनेको लगायत थुप्रै उदाहरण छन्यहाँका जनताहरू विकास प्रेमी छन् भन्ने स्पष्ट हुन्छ। यही कुराले पनि मलाई आँट दिएको होमैले स्वतन्त्र रुपमा विकासको नारा लिएर जनतासामु गएँ भने उहाँहहरूले मलाई चुन्नुहुनेछ र उहाँहरूकै साथबाट मैले पाँच वर्षमा धनगढीलाई सुन्दर अनि नमूना सहर बनाउने घोषणा गरेको हुँ।
तपाईं कैलाली उद्योण वाणिज्य संघको अध्यक्ष (२०६३६६) हुँदाबाट थालिएको सुन्दर सुदूरपश्चिमको अभियानले यस क्षेत्रका बारेमा मानिसहरूको धारणा परिवर्तन गर्दै सम्भावना देखाउन भूमिका खेलेको थियो। अहिले यो अभियानको समीक्षा कसरी गर्नुहुन्छ?
हामीले सुदूरपश्चिमप्रतिको त्यस बाहिरका मानिसहरूको धारणादृष्टिकोण गलत पायौं। राजधानीसँग कनेक्टिभिटीका नाताले पनि टाढा रहेकाले हामी पछाडि पारिएका थियौं। नामको अगाडि पनि हाम्रो सुदूर थियो। मिडियामा पनि सुदूरका नकारात्मक समाचारहरूले मात्र प्राथमिकता पाइरहे। सुदूरको छाउपडी गोठमा एक जना महिलाको मृत्यु भयो भने काठमाडौंबाटै रिपोर्टर पठाएर रिपोर्टिङ गरिन्थ्योजसले लामो समयसम्म यस भूमिलाई छाउपडीगरिबीअशिक्षाका भूमिका रुपमा मात्रै यस ठाउँलाई चित्रण गर्याे।
तरकसैले पनि यस क्षेत्रको सम्भावनालाई देखेन। देशको सबै क्षमताको एक तिहाइ बिजुली त सुदूरपश्चिममै उत्पादन हुन्छ। कर्णालीमहाकालीसेतीपञ्चेश्वरको सम्भावनाले सदूरपश्चिमलाई चिनाउन सकिरहेको थिएन। मिडियाले पनि त्यो सम्भावना लेखेको थिएन। देखेको थिएन। अभावगरिबीछाउपडीको मात्र नभएर सुदूरपश्चिम अथाह सम्भावनाको क्षेत्र भनी चिनाउन हामीले सुन्दर सुदूरपश्चिम आन्दोलन थालेका हौं।
धनगढीका जनताहरू विकासप्रेमी भनेर चिनिन्छन्। धनगढी विमानस्थललाई देशकै दोस्रो ठूलो विमानस्थलका बनाउन हामीले थालेको एकपैसे अभियानमा हरेकले साथ दिएका छन्। कैलाली बहुमुखी क्याम्पस जसको संरचना र विद्यार्थी संख्या स्वयंमा विश्वविद्यालय बन्न योग्य छ। यो यहाँका स्थानीयहरूकै साथ र सहयोगले बनेको लगायत थुप्रै उदाहरण छन्यहाँका जनताहरू विकास प्रेमी छन् भन्ने स्पष्ट हुन्छ। यही कुराले पनि मलाई आँट दिएको होमैले स्वतन्त्र रुपमा विकासको नारा लिएर जनतासामु गएँ भने उहाँहहरूले मलाई चुन्नुहुनेछ।
सुरुवातमा हामीले यहाँका सम्भावनाहरूपर्यटकीय गन्तव्यहरूको फोटोग्राफी गरायौं। त्यसको जानकारीसहितका सामग्रीहरूको प्रचारप्रसार गर्यौं। राजधानीमा हामीले मेलाको पनि आयोजना गर्याैं। त्यहाँ यस क्षेत्रका सम्भावनायुक्त फोटोहरू र तिनका सम्भावनाहरू केलाएको थियो। अहिले त सुदूरपश्चिमको नाम नै सुन्दरपश्चिम भएको छ।
देशलाई सिन्डिकेट मुक्त गराउने उद्देश्यले गरिएको चर्चित सिन्डिकेट आन्दोलन कहाँ पुग्यो?
होसिण्डिकेट आन्दोलन देशका विभिन्न ठाउँहरूमा भइरहेका थिए। विराटनगरभैरहवावीरगन्जमा। पछि हामीले धनगढीमा सो आन्दोलन सुरू गर्यौं। सोही आन्दोलनका क्रममा धनगढीमा झन्डै ६९ दिन नाकाबन्दीको स्थिति सिर्जना भयो भने १७ दिन बजार बन्द भयो। ६९ औं दिनमा हामी सुदूरपश्चिम र मध्यपश्चिमका सबै उद्योग वाणिज्य संघका अध्यक्षहरूको भेलाले मेरो नेतृत्वमा काठमाडौंमा गई आन्दोलन गर्ने निर्णय गर्यो।   
माइतीघर मण्डलामा बसेर हामीले धर्ना सुरु गर्यौं। त्यसबेला पुष्पकमल दाहाल प्रधानमन्त्री थिए। हामीले एकातिर सिण्डिकेट गैरकानुनी काम हो भन्दै सर्वाेच्चमा मुद्दा दायर गरेका थियौ भने अर्कातिर मन्त्रिपरिषदको निर्णयबाटै सिण्डिकेट खारेज पनि गराउन सफल भयौं।
त्यसबेलासम्म कानुनी रुपमा सिन्डिकेटको व्याख्या थिएन। त्यसको फाइदा व्यापारीयातायात क्षेत्रका लगानीकर्ताहरूले उठाइरहेका थिए। पछि हामीले मुद्दा जित्यांै त्यसपछि यातायात क्षेत्र होस् या अन्य कुनै पनि क्षेत्रमा लाग्दै आएको सिन्डिकेट विस्तारै हट्दै गयो। हाल देश नै लगभग पूर्ण रूपमा सिन्डिकेट मुक्त हुने अवस्थामा छ। सिन्डिकेटले उपभोक्ताको वस्तु तथा सेवा छान्न पाउने अधिकारमाथि अंकुश लगाएको थियो। मेरो नेतृत्वमा त्यो तोड्न सफल भयौं।
राजनीतिक दलका आफ्नै संगठन छन्थुप्रै कार्यकता पनि छन्। यस्तो अवस्थामा ती मतदातालाई आफ्नो पक्षमा भोट दिने बनाउन केके चुनौतीहरू देख्नुभएको छ?
त्यही चुनौतीको महसुस गरेर मैले मेरो उम्मेदवारीलाई अभियानका रुपमा लिएको हुँ। राजनीतिले धेरै व्यवस्था त बदलियो तर जनताको अवस्था खै त बदलिएकोकसैले कसैले त सुरुवात गर्नुपर्छ। यो मेरो साहस हो या धृष्टता त्यो मलाई थाहा छैन। तरमैले परिवर्तनका लागि एक कदम अगाडि बढाइसके। राजनीतिले बिगार्यो भनेर कति चुप लागेर बस्नेहिलो छ भनेर कराएर त भएन नि। हिलो छ भने हिलोभित्र सफा गर्न त कुद्नुपर्यो।
विगतमा पनि मैलेजति गरेका काम छन्। ती कामहरू बुझेर धनगढी नगरबासीले मलाई जिम्मेवारी दिनुहुन्छ भने म उदाहरण बनेर देखाउने छु। मैले काम गरेर देखाउन सकें भने भोलिका दिनमा देशैभरि त्यो लहर आउने छ। 
अहिले राजनीतिक दलले आन्दोलनबन्द हड्ताल वा पार्टीलाई सहयोग गरेका आधारमा मेयरको टिकट बाँडिरहेका छन्। नगरको मेयर भनेको त व्यवस्थापकीय सिट पो हो। आन्दोलनमा होमिँदैमा मेयरका लागि आवश्यक मापदण्डहरू पुग्दैनन्। कसैले पार्टीका लागि जेल बस्नुपरेको छआन्दोलनमा होमिनुपरेको छ भने उसलाई पार्टीले पार्टीभित्रै सम्मान गरोस् नपद दियोस्। तरमेयर भनेको कार्यकारी पद  हो। प्रत्यक्ष जनताको विकाससँग सरोकार राख्ने पद हो। त्यसैले यस भूमिकालाई कुशलतापूर्वक निर्वाह गर्नसक्ने ज्ञानसिप र क्षमता भएको मान्छेलाई ल्याउनुपर्छ। यो कुरा बुझेर म मेयरको पद उठेको हुँ र अहिले जनतालाई पनि बुझाउने प्रयास गर्दैछु।

रेडियाे नेपालमा ‘रिजेक्ट’ भएकाे राइझुमा


सुदूरपश्चिमको अछाममा जन्मिएका वरिष्ठ देउडा गायक यज्ञराज उपाध्यायलाई बाल्यकाल देखि नै देउडा गीतको छाप परेको थियो। सुदूरपश्चिमको मुख्य भाका भएकाले हरेक सांस्कृतिक कार्यक्रम होस या मेला महोत्सव त्यस क्षेत्रको अनिवार्य तथा मुख्य आकर्षण देउडा गीत नै हुन्। 
परिवारका सदस्यहरु अनि छरछिमेकहरु पनि देउडा गीतमा लय हालेर दोउडा खेल्ने र गाउने गर्थे। उनीहरुसँगै प्राथमिक कक्षाबाट नै उपाध्याय पनि देउडा गीत गुनगुनाउँन थाले। ‘कक्षा चारमा पढ्दा खेरि नै म जिल्ला स्तरिय देउडा प्रतियोगितामा प्रथम भएको थिए,’ उपाध्यायले बाल्यकाल सम्झदै भने, ‘नौ÷दश बर्षको उमेर देखि नै देउडा गीत संकलन तथा लेखन थालेको हु।’ 
पहिलोपटक रेकर्ड गर्न गएका उपाध्यायलाई त्यही परिक्षामा फेल गराइयो। ‘मेरो भाका राम्रो भएन्, अर्को भाका लिएर आउँ भन्दै फर्काइयो,’ पहिलो पटक राइझुमा रेकर्ड गर्न रेडियो नेपाल पुगेको अनुभव सुनाउँदै उपाध्यायले भने, ‘मलाई त्यहाबाट हतोत्साहित पार्दै नयाँ भाका ल्याउनुस भनि फर्काइएयोे।’
माध्यामिक तहको परिक्षा सकेर २०४१ सालमा उनी प्रमाणपत्र तह अध्ययनको लागि नेपालगञ्ज झरे। त्यतिवेला त्यहाँ आयोजित एक क्षेत्रीय गीत प्रतियोगितामा पहिलोपटक सार्वजनिक रुपमा उपाध्यायले चर्चित अनि लोकप्रिय देउडा भाका ‘राइझुमा झुमा क्या मस्क्याकी छओ हो राइझुुमा... ’ बोलको गायका हुन्। जुन गीतले उनलाई प्रतियोगिताको प्रथम पुरस्कार दिलायो। 
‘राइझुमा हामीले हाम्रो गाउँठाउँमा निकै पहिलेदेखि सुन्दै आएको भाका हो,’ उपाध्यायले भने, त्यसलाई मैले फरकपन दिदै उक्त प्रतियोगितामा प्रस्तुत गरेको थिए। ‘गाउँघरमा गाइने राइझुमाको लयमा परिमार्जन गर्दै प्रस्तुत गरिएको नयाँ बान्की दिएकोले यस गीतलाई झनै मिठो बनायो ।’ परम्परागत शैलीकै पुरानै ढर्राको राइझुमा उनले पस्किएका भएका त्यो त्यति रुचिकर नहुन सक्थ्यो किनकी त्यसमा संगीतलाई मिठास दिन आवश्यक तत्वहरुको नै कमी थियो। ‘गीत तयार पार्न चार/पाँच दिन लाग्यो। त्यसमा मैले स्थाइ र अन्तरालाई छुट्याए, सामाजिक जनचेतनाले भरिपुर्ण शब्दहरु थपे। यसरी आज तपाई हामीले मनपराउने  राइझुमा गीत तयार भएको हो’ उनले भने।  
गीत लेख्ने यही नै समय हो भनेर उनका लागि निश्चित हुदैंन्। उनको विचारमा कला भनेको अवस्थाले श्रृजना हुने चिज हो। उनी भन्छन्, ‘हामीले भोगेका, अनुभव गरेका अवस्थाहरुबाट जतिसुकै वेला पनि मस्तिष्कमा रचनाले बास गर्न सक्छ। म बाटोमा हिडिरहेको बेला होस या भान्सामा काम गरिरहेको बेला मेरो दिमागमा केही ‘क्लिक’ हुने वित्तिकै त्यसलाई डायरीमा उतार्छु र पछि त्यसलाई थप पुर्णता दिन्छु,’ उनले भने ‘तर जुनसुकै श्रृजनाका लागि विहानको समय बढी प्रभावकारी मानिने गर्छ।’
देश भित्र र बाहिर उत्तिकै लोकप्रिय ‘राइझुमा’ गीत रेकर्ड गर्दाको उनको संघर्ष पनि कम छैन्। २०४४ सालमा उनी उच्च शिक्षा अध्ययनका लागि काठमाडौं छिरेका थिए। सानै देखि उनको मनमा एउटा सपना थियो। अहिलेको जस्तो जताततै रेकिर्डिङ स्टुडियोहरु नभएका कारण चालिसको दशकमा गायकहरुमा रेडियो नेपाल छिरेर गीत रेकर्ड गराउने ठूलो सपना हुन्थ्यो। त्यही सपना उपाध्यायसँग पनि थियो र उनी त्यसलाई साकार गर्न ‘हिमालयन कल्चरल सेन्टर’ मा संगीतको विधार्थीको रुपमा भर्ना भए। जहाँ उनले शास्त्रीय संगीतसँगै अन्य अत्यावश्यक कुराहरु सिके र आफु संगीत कलामा निपूर्ण बन्दै गए।  
गीतमा प्रयोग भएका ‘झल्का लगाई चोली मात्रै आशुले रुझाउँने कोही छैन जीवनको साथी हृदय बुझाउने....’ गीतको अन्तराले देवालयमा विभिन्न नवविवाहित जोडीहरु पनि आउने गरेको तर देवालयमा रहेकी ती देउकीले उनीहरुलाई हेरेर मात्रै चित्त बुझाउँनु पर्ने अवस्थालाई चित्रण गरेकोे छ। ती देउकी युवतीको मनमा पनि घरजाम गरेर बस्ने सपना हुदों हो, आफ्नै संसार बसाउने सपना हुदो हो तर संस्कृतीको नाममा हामीले एउटा युवतीलाई पिजडामा कैद गरेर राखेका थियौ,
‘त्यसपछि मलाई रेडियो नेपालमा गएर ढुक्क भएर गाउन सक्छु जस्तो लाग्यो’ उनले भने, ‘तर कसरी जाने हो केही थाहा थिएन, न कोही चिनजानको नै थियो।’ कोही चिनेका मान्छे भेटिन्छन् कि भन्ने प्रयासमा उनको चार/पाँच महिना नै वित्यो। त्यतिञ्जेलसम्म उनले केही संगीत क्षेत्रका व्यक्तिहरुसँग सम्पर्क स्थापित गरे। सोही समयमा उनको भेट कलाकार नारायण राइमाझीसँग भयो। उनले रेडियो नेपालमा रेकर्डिङको बातावरण मिलाइदिए। त्यतिञ्जेलसम्म उनले रेडियो नेपालमा रेकर्डिङ गर्न छिर्नका लागि मात्रै दौडधुप गरेको झण्डै छ महिना बित्न लागिसकेको थियो। 
२०४५ साल कार्तिक महिनामा उनले पहिलोपटक रेडियो नेपालमा राइझुमा रेकर्ड गराए। रेडियो नेपालमा त्यहाँका  कर्मचारी र कलाकारहरुले उनीजस्ता नवगायकहरुको परिक्षा लिन्थे। त्यहाँ स्वर टेष्ट हुन्थ्यो। गीत अनुसारको आवाज छ, कि छैन चेकजाँच हुन्थ्यो सवैमा पास भएपछि मात्रै गीत रेकर्डिङको अनुमति पाईन्थ्यो। 
पहिलोपटक रेकर्ड गर्न गएका उपाध्यायलाई त्यही परिक्षामा फेल गराइयो। ‘मेरो भाका राम्रो भएन्, अर्को भाका लिएर आउँ भन्दै फर्काइयो,’ पहिलो पटक राइझुमा रेकर्ड गर्न रेडियो नेपाल पुगेको अनुभव सुनाउँदै उपाध्यायले भने, ‘मलाई त्यहाबाट हतोत्साहित पार्दै नयाँ भाका ल्याउनुस भनि फर्काइएयोे।’
तर उनको मनले मानेन्, थप मेहनत गरि एक महिनापछि उनी फेरी रेडियो नेपालमा फर्किए। त्यहाँका कलाकारहरुले नयाँ भाका लिएर आयो भन्ने ठानेका थिए होलान् तर उनले फेरी राइझुमा नै गाए। यसपटक उनी अझै परिष्कृत भएर आएका थिए। उनको गायिकी र नौलो सुमधुर भाकाबाट प्रभावित बनेका त्यहाँका कर्मचारी तथा कलाकारहरुले यसपटक भने उनलाई फर्काउने हिम्मत गरेनन् र उनको गीत रेकर्ड भयो। राइझुमाले पहिलोपटक इलोक्ट्रोनिक स्वरुप पाएको दिन त्यही थियो साथै उनको बाल्यकाल देखिको रेडियो नेपालमा गीत रेकर्डिङ गर्ने सपना पनि त्यही दिन पुरा भयो। त्यो दिन मेरो जीवन कै सवैभन्दा खुशीको दिन थियो, उनले भने। 
दोस्रो चोटी सहर्ष रेकर्डिङ गरेको राइझुमाको भाकालाई पहिलो चोटी रेडियो नेपालका कलाकारहरुले किन रेकर्डिङ गर्न मानेनन् त? उनले त्यसको उत्तर पछि पाए। रेडियो नेपालमा केही यस्ता प्रवृती भएका कर्मचारी तथा कलाकार रहेछन्, जसले पहिलोचोटी कोही नवप्रतिभाले राम्रो गीत ल्याएर आयो भने उनीहरुलाई हतोत्साही बनाएर फर्काइदिदा रहेछन्। यदि उक्त नवकलाकार पुनः फर्किएर आएनन् भने उनीहरुले छाडेको सो भाका पछि आफ्नो नाममा रेकर्र्डिङ गराउला भन्ने लोभ उनीहरुका मनमा हुदो रहेछ, आफुले सुनेको कुरा उनले हामीलाई सुनाए। तर, उपाध्यायलाई आफ्नो भाका तथा गीत प्रति विश्वास थियो त्यही भएर उनी हतोत्साही भएनन्। एकमहिना पछि पुनः फर्के र एक कालजयी गीत तयार भयो। 
२०५० सालमा उपाध्यायले राइझुमालाई एल्बमबद्ध गरे भने २०६२ सालमा कोमल वलीलाई समावेश गरिकन् गीतलाई दोहोरीमा रेकर्ड गराए। जसले राइझुमालाई थप उचाईमा पुर्यायो। सोही दोहोरी शैलीमा निर्मित गीत सार्वजनिक भएपछि राइझुमा सुदूरको मात्र सिमित रहेन्। यसलाई पुर्व मेची देखि पश्चिम कालीसम्मका नेपालीहरुले उत्तिकै मन पराए। विदेशमा रहेका नेपालीहरु माझ पनि यो उत्तिकै लोकप्रिय रह्यो। सवैभन्दा महत्वपुर्ण कुरा त यसले सदूरको कलासंस्कृतीलाई देशविदेशमा चिनायो, नयाँ पहिचान दियो। त्यो देख्दा आफुलाई निकै सन्तुष्ट मिलेको उपाध्याय बताउँछन्। 
युवाहरु माझ पनि उत्तिकै लोकप्रिय राइझुमा एक सामाजिक विषयवस्तुमा आधारित गीत हो। सुदूरपश्चिममा देउकी प्रथा प्रचलनमा थियो। उक्त प्रथामा आफ्ना मनोकामना पुरा गर्न भगवानसँग विभिन्न भाकल (बाचा) गरेकाहरुले युवतीलाई किनेर देवालयहरुमा चढाउने गरिन्थ्यो। देवालयमा चढाएकी युवतीहरुले विहे गर्न पाउदैन् थिइन्। मन्दिरमै चढाएका फलफुल, अन्न खाएर जीवन गुजार्नुपथ्र्यो। सो परम्परा आखाँले देखेका उपाध्यायले राइझुमा गीत मार्फत उक्त भावनालाई पस्केका छन्। 
गीतमा प्रयोग भएका ‘झल्का लगाई चोली मात्रै आशुले रुझाउँने कोही छैन जीवनको साथी हृदय बुझाउने....’ गीतको अन्तराले देवालयमा विभिन्न नवविवाहित जोडीहरु पनि आउने गरेको तर देवालयमा रहेकी ती देउकीले उनीहरुलाई हेरेर मात्रै चित्त बुझाउँनु पर्ने अवस्थालाई चित्रण गरेकोे छ। ती देउकी युवतीको मनमा पनि घरजाम गरेर बस्ने सपना हुदों हो, आफ्नै संसार बसाउने सपना हुदो हो तर संस्कृतीको नाममा हामीले एउटा युवतीलाई पिजडामा कैद गरेर राखेका थियौ, उनले भने।
साथै गीतको अर्को अन्तरामा ‘तराईका चारकोसे झाडी न्याउली बासला की दुखको विरही दिल कैले हासला की ....’ तथा ‘फुलफली पहिरनु भएन माथि हिमालैमा हात न पुछि दाग बसिग राता रुमालमा... ’ अन्तराले देउकीको उजाडलाग्दो जीन्दगीलाई दर्शाउन खोजेको छ। देउकीको जीवन फुल फुलेर ओइलाए जस्तै थियो उनले भने फुलको महत्व तब हुन्छ जब टिपेर कपालमा सिउइरिन्छ तर हाम्रो संस्कृतीले फुल फुल्छ सिउरिने अवसर नै नपाएर ओइलिएर झर्छ। 
करिब २५० बढी गीतमा स्वर दिएका र १४ वटा एल्बम पस्किसकेका उपाध्यायले हाल नयाँ एल्बम निकाल्ने तयारी गरेका छन्। सो एल्बमको म्युजिक ट्रयाक निर्माण भइसकेको पनि आफ्नो व्यस्तताले भोकल भर्न नभ्याएकाले उनले बताए। आउँदो दशै अगाढी एल्बम बजारमा ल्याइसक्ने उनको योजना छ।

कार्यकाल समिक्षाः अाैषत भन्दा माथि उठ्न सकेनन् मन्त्री श्रीपाइली

पुष्पकमल दाहाल प्रचण्ड सरकारका युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले आफ्नो नौ महिने कार्यकालकाे समिक्षा गर्दै मन्त्रालयमा आयोजित कार्यक्रममा आफुहरु सफल सरकारको सफल मन्त्रालय भएको दाबी गरे।
आफ्ना पालामा गरेका विभिन्न कार्यक्रमका २९ वटा बुदाँहरू सार्वजनिक गर्दै श्रीपाइलीले सो दाबी गरेका हुन्। खासगरि आफ्नो कार्यकाल नितीगत सुधारमा बढी केन्द्रित रहेको जनाउँदै श्रीपाइलीले खेलकुदको ‘सिस्टम’ नै बदल्ने काम भएको उनकाे दाबी थियाे। 
नितीगत तर्फ आफ्नो कार्यकालमा खेलकुद विकास ऐन, २०४८ लाई प्रतिस्थापन गर्न खेलकुद विधेयकको मस्यौदा तयार गरी मन्त्रिपरिषद्बाट स्वीकृत भएर विधेयक समितिमा पठाइएको, राष्ट्रिय खेलकुद नीति २०६७ परिमार्जनको अन्तिम चरणमा पुगेको, स्थानिय खेलकुद पूर्वाधार कार्यबिधी २०७३ स्वीकृत भइ रू. ८१ करोडको जिल्लामा पूर्वाधार निर्माणको क्रममा रहेको तथा खेलकुद विकासको १० बर्षे गुरू योजनाको तर्जुमा अन्तिम चरणमा रहेको उनले दाबी गरे। 
त्यस्तै, विभिन्न प्रतियोगिताहरुमा पदक विजेता खेलाडीहरुलाई पुरस्कृत गर्नु, सातौ राष्ट्रिय खेलकुद आयोजना गर्नु, भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नु उनका पालामा भएका केही कामहरु हुन्। त्योसँगै खेलाडी कल्याणकारी कोष, खेलाडी स्वास्थ्य बिमा र परिचय पत्रको व्यवस्थाको लागि राष्ट्रिय खेलकुद परिषद्बाट निर्णय गराई प्रक्रियामा रहेको लगायतका काम आफ्नो कार्यकालमा भएको उनले बताए।
श्रीपाइलीले आफ्नो कार्यकाल ऐतिहासिक रहेको दाबी गरेपनि खेलक्षेत्रका सरोकारवालाले भने उनको कार्यकाल औषत भन्दा माथि उठ्न नसकेको प्रतिक्रिया दिएका छन्। नेपाली खेलकुदलाई लामो समय प्रत्यक्ष नियालिरहेका तथा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले मन्त्री श्रीपाइलीका पालामा नेपाली खेलकुदमा खासै उल्लेखनीय प्रगती नभएको बताए।
मन्त्री ज्युले नितीगत कुराकाे सफलतालार्इ बढी जोड दिएका छन्। हामीले दश बर्षअघि देखि नै खेलकुदमा नितीगत सुधार हुदैंछ भन्ने सुन्दै आइरहेका छौ। खेलकुदका पूर्बाधार निर्माणमा पनि मन्त्री श्रीपाइलीका पालामा ठोस कामहरु केही भएनन्। भुकम्पले भत्काएको दशरथ रंगशालाले गति लिन सकेन् र देशका अन्य भागमा पनि पूर्वाधार निर्माणले प्राथमिकता पाएनन्।
***
महेश अाचार्य, अध्यक्ष नेपाल खेलकुद पत्रकार मञ्च
‘मन्त्रीले नितीगत कुरामा बढी जोड दिएका छन्,’ आचार्यले भने, ‘हामीले दश बर्षअघि देखि नै नितीगत सुधार हुदैंछ भन्नेकुरा सुन्दै आइरहेका छौ।’ खेलकुदका पूर्बाधार निर्माणमा पनि मन्त्री श्रीपाइलीका पालामा ठोस कामहरु केही भएको देखिएको छैन्। भुकम्पले भत्काएको दशरथ रंगशालाले गति लिन नसकेको र देशका अन्य भागमा पनि पूर्वाधार निर्माणले प्राथमिकता नपाएको आचार्यको भनाई छ। 
पूर्बाधारहरु बिकास तथा मर्मतमा ध्यान नपुर्याएकै कारण नभएकै कारण नेपालले एएफसी एसियन कप छनौट चरणको होम खेल हल्चोक स्थित साघुरो मैदानमा खेलाउन बाध्य हुनुपरेको छ। जसमा केही सय नेपाली दर्शकले मात्रै खेल हेर्न पाउनेछन्। आफ्नो घरेलु मैदानमा भईरहेको अन्तराष्ट्रिय खेलपनि आफ्ना दर्शकले हेर्न नपाउँनु विडम्बना हो। 
यता, नेपाली खेलकुदमा देखिएका विवाद समाधानका तर्फपनि उनको कार्यकालमा ठोस प्रगती देखिएन्। ओलम्पिक कमिटीको विवाद जहाँको त्यही रह्यो भने क्यानको विवाद पनि साम्य भएको छैन्। समिक्षा कार्यक्रममा श्रीपाइलीले ओलम्पिक कमिटीमा खेलकुद भन्दा पनि पार्टीगत विवाद भएकाले सुल्झाउन नसकिएको स्वीकारे। नेपाल क्रिकेट संघ क्यान विवाद समाधान भने अन्तिम चरणमा रहेको उनको दाबी थियो। क्यान विवाद समाधानका लागि आइसिसीको पहलमा सल्लाकार समिती बनाइएको भएपनि समयमा नै काम गराउन र झकझकाउने सम्बन्धमा भने मन्त्रीले त्यति पहल नगरेको सल्लाहकार समितीका सदस्यहरु बताउँछन्। 
पछिल्लो समय सल्लाहकार समितीका सदस्य समेत रहेका मन्त्रालयका उपसचिब चुडामणी शर्माको अर्को मन्त्रालयमा सरुवा भईसक्दा समेत रिक्त स्थान पुर्तिमा मन्त्रालयले चासो देखाएन्। सल्लाहकार समितीले आइसिसीमा प्रतिवेदन बुझाइसकेको अवस्थामा त्यसले त्यति तात्विक असर नपारेपनि सल्लाहकार समिती प्रति उनले त्यति चासो देखाउन नसकेको स्पष्ट हुन्छ। 
सल्लाहकार समिती गठन पश्चात मन्त्रीसँग तीन/चार पटक मात्रै भेटघाट भएको छ। त्यो पनि विभिन्न कार्यक्रमहरुमा संयोग परेका वेला मात्रै। पछिल्लो पटक धनगढीमा धनगढी प्रिमियर लिग हुँदा तथा पर्यटन बोर्डमा खेलाडीहरुले आयोजना गरेको वेला कार्यक्रममा भेट हुदां मन्त्री ज्युले सल्लाकार समितको काम कस्तो भईरहेको छ? भनि सोध्नुभएको थियो।
***
विनयराज पाण्डे,संयोजक क्यान विवाद समाधानका लागि गठित सल्लाहकार समिती
श्रीपाइली माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् भने नेपाली खेलकुदको सर्बोच्चो निकाय राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब केशबकुमार विष्ट नेकपा एमाले समर्थित हुन्। मन्त्री र सदस्यसचिबको टकरावले नेपाली खेलकुदलाई यो भन्दा अघि असर पार्दै आएको थियो। श्रीपाइलीको पारामा पनि त्यस कुराको निमिठ्यान्न हुन सकेन्। 
आफुले सदस्यसचिबसँग पारदर्शी सम्बन्ध राखेको श्रीपाइलीले बताएका छन्। समिक्षा कार्यक्रममा सदस्य सचिब तर्फ इगिंत गर्दै उनले आफु कस्मेटिक कुरा नगर्ने र कस्मेटिक कुरा गर्ने मान्छेहरु आफुलाई मन नपर्ने बताएका थिए। खेलकुद मन्त्रालयले दिएका जिम्मेवारीहरू पालना नगर्ने, मन्त्रालयप्रति जिम्मेवार नबन्ने प्रबृती सदस्य सचिबमा रहेको आरोप उनले लगाए। 
सदस्य सचिब बिष्टले मन्त्रालयले दिएका सवै निर्देशनहरु कार्यान्वायन गर्न नसकिने प्रतिक्रिया दिएका छन्। ‘सकिने, प्रक्रियासंगत रुपमा आएका निर्णयहरु हामीले मानेका छौ,’ विष्टले भने, ‘असान्दर्भिक र मनमर्जी रुपमा आएका निर्देशनहरु मानेका छैनौ र मान्दैनौ पनि।’ आफुले हालसम्म तीनजना मन्त्रीहरुसँग काम गरिसकेको भन्दै बिष्टले आफ्नो र श्रीपाइली बिचको सम्बन्धले खेलकुदमा कुनै असर नपुर्याएको उनले बताए। 
मन्त्रालयले दिएका सवै निर्देशनहरु कार्यान्वायन गर्न सकिदैंन। ‘सकिने, प्रक्रियासंगत रुपमा आएका निर्देशनहरू हामीले मानेका छौ। असान्दर्भिक र नसकिने गरि आएका निर्देशनहरु मानेनाै र मान्दैनौ पनि। हालसम्म तीनजना मन्त्रीहरुसँग काम गरिसकेको छु। श्रीपाइलीसँगकाे सम्बन्धले खेलकुदमा कुनै असर पुर्याएन्। 
***
केशबकुमार बिष्ट, सदस्य-सचिब, राष्ट्रिय खेलकुद परिषद 
सातौं राष्ट्रिय खेलकुदको आयोजना, राष्ट्रिय खेल पाउँनु, स्पोर्टस हस्पिटल र खेलाडी कल्याणकारी कोषको अवधारणा ल्याउनु उनका कार्यकालको उपलब्धी भएको बताउँदै बिष्टले बजेटमा खेलक्षेत्रलाई आवश्यक बजेटको व्यवस्था गर्न नसक्नु उनको कार्यकालको कमजोरीका रुपमा औल्याए। साग खेलकुद र आठौं राष्ट्रिय खेलकुदको पुर्वाधार तयारीका लागि राखेपले ४ अर्ब ७५ करोड बजेट माग गरेपनि त्यसको एकहिस्सा बजेट पनि नआएको उनको गुनासो छ। खेलकुदका लागि हाल छुटिएको बजेले नियमित कार्यलयको काम गर्न मात्रै पुग्ने उनको भनाई छ। 
खेलाडीहरु मन्त्रीले दाबी गरेजस्तो उनकाे कार्यकाल उल्लेखनिय पाएका छैनन्।  नयाँ मन्त्री आउँदा विगतका भन्दा राम्रो हुने आशा थियो तर ठोस रुपमा खेलाडीहरुको आशालाई मन्त्रीले सम्बोधन गर्न सकेनन्। नेपाली खेलकुद २० बर्षअघि जहाँ थियाे अाज पनि त्यही छ। अब नेपाली खेलकुदकाे बिकासका लागि तत्काल ठाेस परिणााम दिनसक्ने मान्छे चाहिएकाे छ। 
***
दीपक श्रेष्ठ, अध्यक्ष,  राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ
उदाहरण दिदैं उनले भने–‘साग फुटबलमा स्वर्ण जितेका खेलाडीहरुलाई तीन लाख रुपैया पुरस्कार उनी अघिका मन्त्रिले गरेका थिए, गएकाले त दिएनन् नै त्यसपछि आएका श्रीपाइली कहाँ उक्त घोषणा भएको पुरस्कारको कुरा उठाउँदा अघिल्ला मन्त्रिहरुले गरेको घोषणा आफुहरुलाई थाहा नभएको सम्मको जवाफ आएको थियो।’
मन्त्रिका पालामा भएको सातौं राष्ट्रिय खेलकुद पनि विवादै विवादमा रुमल्लिएको उनले बताए। भौतिक पूर्वाधार बिनै त्यहाँ खेलहरु भएकाले त्यसलाई उल्लेखनिय प्रगतीमान्न नसकिने उनको धारणा छ। 'नेपाली खेलकुद २० बर्षअघि जहाँ थियाे अाज पनि त्यही छ', उनले भने, 'खेलकुदकाे बिकासका लागी तत्काल ठाेस परिणााम गर्नसक्ने किसिमकाे मन्त्री चाहिएकाे छ।'  

नविर्से तिमीलार्इ नपाए तिमीलार्इः सवैलार्इ पार लगाएकाे एक गीत

सुनसरीकाका विपिन किरणको साहित्यिक जीवन भाेजपुर अध्ययनरत् रहँदा विधार्थीकालबाट नै सुरु भयो। कक्षा ७ मा अध्ययन क्रममा उनको विधालयले आयोजना गरेको कविता प्रतियोगितामा ‘परिवर्तन’ शीर्षकको कविता सुनाएसँगै औपचारिक रुपमा आफ्नो लेखन यात्रा प्रारम्भ भएको उनी सम्झन्छन्। लेखन क्षेत्रमा लाग्ने प्रेरणा चाही उनलाई उनका मामाहरुबाट प्राप्त भयो। ‘मेरा मामाघरको माहौल नै साहित्यिक थियो, सोही माहौल मैले पनि घुलमिल हुने अवसर पाएको थिए।’ त्यतिवेलाबाट नै आफुमा लेखनतर्फ चेत खुलेको उनी बताउँछन्। 
त्यसपछि उनमा यस्तो साहित्यिक भोक जाग्यो कि, उनी कबिता प्रतियोगितामा सहभागी हुनका लागि मात्रै घरबाट दुई दिन हिडेर झ्याउँपोखरी भन्ने ठाउँमा पुगे। जहाँ उनले सुनाएको ‘नैतिकता भित्र हराएको बर्तमान’ भन्ने शीर्षकको कविताले उनलाई जिल्लास्तरिय प्रतियोगितामा दोस्रो बनायो। 
एसएलसी सम्मको अध्ययन गाउँमै सकेर काठमाडौं झरेका विपिनले प्लस टू अध्ययनका लागि काठमाडौंको प्रिमियर कलेज भर्ना भए। ‘यो समयमा मेरो लेखाईक्रम केही सुस्तायो,’ कारण खोल्दै उनी भन्छन्, ‘एक त काठमाडौंको परिवेश नौलो थियो अर्कोतर्फ करिअर प्रति पनि ध्यान केन्द्रित गर्नुपर्ने भएकाले लेखनयात्रामा अल्पविराम लगाउनु पर्यो।’
स्नातक अध्ययनका लागि उनी नेपाल कमर्श क्याम्पस मीनभवनमा भर्ना भए। सोही क्याम्पसको साहित्यिक माहौलले उनी भित्रको प्रतिभाले फेरी गति लियो। ‘त्यतिञ्जेल काठमाडौंको माहौलमा म घुलमिल भईसकेको थियो,’ उनले भने, ‘त्यतिवेला नेपालमै गजल बिधा लोकप्रिय बनिरहेको साथसाथै मीनभवन क्याम्पसका साहित्यिक अनुरागी विधार्थीहरुको संगतले उनी फेरी साहित्य श्रृजनामा फर्किए। 
त्यतिवेला नेपाल कमर्श क्याम्पसमा गजल गृह भन्ने संस्था सक्रिय थियाे जुन संस्थाले गजल सम्बन्धी गतिबिधी गर्नुका साथै पलास भन्ने गजल पत्रिका समेत प्रकाशन गरथे सुरमा उनका गजलहरू पनि पलासमा छापिएसँगै गजल गृह भित्रका गजलकारहरूसँग पनि उनकाे संगत बढदै गयाे। जसले उनमा रहेको साहित्यक भोकलाई अझै जगाईदिएको र सक्रिय भएर साहित्यमा लाग्न सघाउ पुर्याएको उनी बताउँछन्। 
कलेजमा उनले गजल लेखन सम्बन्धी विभिन्न तालिमहरु लिए। विभिन्न श्रष्ठाहरुका धेरै गजलहरु पढे । धेरै गजलहरु लेख्न कलम दौडाए । प्रारम्भिक लेखनका क्रममा कति अधुरै रहे । कतिले पुर्णता पाए । उनी प्रायः साझँ लेख्थे । सोहीसमय उनले उनको परिचय ‘अपलिफ्ट’ गरेको चर्चित गजल ‘न विर्से तिमीलाई न पाए तिमीलाई...’ लेखेका थिए। ‘मैले २०६१ को अन्तिम तिर अन्य गजलहरु कोर्न बेलामा यो पनि कोरेको हुँ,’ उनले भने ‘तर कुन मुठमा लेखे ठ्याक्कै मलाइ याद छैन्।’
काठमाडौंको खाेलिएकाे 'अनाममन्डली' नामक संस्थाका सक्रिय सदस्यमध्ये एक थिए, विपिन किरण। साेही संस्थाले माेती जयन्ती मनाउँने तयारी गर्दै थियाे भने विपिन अाफ्नाे पहिलाे एल्बम 'किरण' मा समावेश हुने गीत तथा गजल रेकर्डिङकाे अन्तिम चरणमा थिए। त्यही वेला माेती जयन्ती सांगितिक फाँटकाे जिम्मा विपिनलार्इ दिइयाे र गायन तर्फ प्रस्तुत हुने ११/ १२ वटा सांस्कृतिक प्रस्तुती भित्र विपिनकाे पनि गजल रहने भयाे।  
विपिनले आफ्ना थुप्रै गजलहरु मध्येबाट ‘न विर्से तिमीलाई...’ भन्ने गजल छाने र संगीत भरिदिने अनुरोध सहित संगीतकार महेश खड्कामा गए। कार्यक्रम आउन तीन दिन मात्रै बाकीं थियो। ‘खड्काले आजसम्म गजलमा संगीत नदिएकाले कस्ताे हुने भन्ने चिन्ता प्रकट गरेका थिए,’ हामीसँग समय पनि थिएन् र जसरी पनि कार्यक्रमका लागि गजल तयार पार्नु थियो र उहासँगको सल्लाह पछि भोली पल्ट विहान गीतमा संगीत भर्ने निधो भयो। 
विहान करिब ८ बजे खड्काको अफिसमा विपिन पुगे। खड्काले सरसर्ती गजलका शब्दहरु हेरे र मेलोडी बनाउँन कस्सिए। गजलमा धेरै संगीत नभरेका खड्काले पहिलो पटक सरसर्ती दिएको संगीत नै विपिनलाई साह्रै मन पर्यो। र त्यही मेलोडी नै फाइनल भयो। विपिन सम्झन्छन्, 'अाज जुन मेलाेडी सवैकाे मुखमुखमा झुण्डिएकाे छ। संगितकार खड्काले पहिलाेपटक गजल हेरेपछि यही मेलाेडी निकालेका थिए र मेलाेडीकाे विपिनकाे समेत प्रशंशा गरे पनि मेलाेडीले अन्तिम स्वरूप पायाे।' 
करिब १० मिनेटमा नै याे गजलकाे सम्पुर्ण मेलाेडी तयार गरियाे। गजललाई अन्तिम रुप दिदैं राष्ट्रिय सभा गृहको उक्त कार्यक्रममा पहिलोपटक इन्दिरा जोशीको आवाजमा उक्त गीत प्रस्तुत गरियो। कार्यक्रममा संगितिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुले पनि गजल निकै नै उत्कृष्ट रहेको प्रतिक्रिया दिए। जसले विपिनलाई हौसला दियो र यसलाई पनि प्रकाशोन्मुख एल्बममा समावेश गर्ने निर्णय गरे। जुन गजलले पछि एल्बम सफलताको मुख्य श्रेय पायो। ‘एल्बमका अन्य गीतहरु पनि राम्रा थिए तर अन्यलाई यस गीतको चर्चाले छायाँमा पार्याे, उनले भने 'सुरूवातमा पाँच सेर मात्रै रहेकाे याे गजलमा रेकर्डिङ भइरहेकै वेला विपिनले अन्तिम एक शेर थपे, जुन यस्ताे थियाे:-  
"अनायासै मेराे दुख्याै जिन्दगीमा
परेली भिजाइ बगाए तिमीलार्इ"
थपिएकाे सेरसँगै याे गजल छ सेरकाे बन्याे। जुन अन्तिम रेकडिङ पश्चात ८ मिनेट २३ सेकेन्डकाे भयाे। 
एल्बममा समावेश गरिने निर्णय पश्चात उनी र संगीतकार महेश खड्काले अञ्जु पन्तको आवाजले न्याय दिनसक्ने महशुस गरे। त्यतिवेला नेपाली म्युजिक ईण्डिष्ट्रिमा राम्रो स्वर भएकी गायिकाको रुपमा अञ्जु पन्त चिनिन्थिन। त्यति नै वेला ‘न बिर्से तिमीलाई...’ उनका लाई ब्रेक थ्रु बन्यो। गजलले अञ्जुलाई नेपाली संगीतिक क्षेत्रकी व्यस्त गायिका बनायो। उनको पहिचान राष्ट्रिय र अन्तराष्ट्रियकरण गर्यो। नेपाली म्युजिक ईण्डिष्ट्रिमा स्थापित हुन गजलको भुमिका महत्वपुर्ण रहेको उनले विभिन्न अन्तर्वाताहरुमा भन्दै आएकी छिन्।  
प्रायः गीतमा गायक/गायिकाको मात्रै बढी चर्चा हुने गर्छ। फ्रन्टमा उनीहरु देखिने भएकाले आम दर्शक/स्रोता प्रत्यक्ष रुपमा उनीहरुसँग अभ्यस्त हुनु स्वभाविक नै हो। तर, ‘न बिर्से तिमीलाई...गीतले गायिका अञ्जु पन्तको करिअर मात्रै उभो लाएन् स्वयम रचनाकार विपिन किरणलाई पनि म्युजिक इण्डिष्ट्रिमा स्थापित गर्न सघाउ गर्यो। साथै, अाम स्राेता दर्शकले गजल सुनिसकेपछि याे गजलकाे रचनाकार काे हाेला भनेर कुनै पनि गीतकाे इतिहासमा रचनाकारलाइ खाेजिगरिएकाे पहिलाे गजल हाे भन्दा कुनै अत्युत्ती नहाेला। त्यसैगरि कसलै गीतकार विपिन किरणको नाम लिन्छ भने उसको मष्तिस्कमा पहिलो नम्बरमा यही गीत आउँने उनी बताउँछन्।  त्यस्तै, संगीतकार महेश खड्का, संगीत संयोजक किरण कडेंल, म्युजिक भिडियोमा अभिनय गरेका झरना बज्राचार्य र आयुष रिजाललगायत गीतसँग जाेडिएका सवैकाे करिअर ‘अपलिफ्ट’ गर्न समेत गीतको भुमिका महत्वपुर्ण रह्यो।
   

परदेशमा हुर्किएकाे रेकर्ड ब्रेकर 'सडक'

अछाम जनालीवण्डलीका कमलप्रसाद भण्डारीलाई नेपाली गजल क्षेत्रमा कमल संघर्षको नामले चिनिन्छ। नाम परिवर्तनको सन्दर्भमा उनी भन्छन्, कमलप्रसाद भण्डारी मेरो परिवारले राखिदिएको नाम, मेरो स्कुल कलेजको नाम। पछि साहित्य श्रृजनामा मैले गरेको संघर्षलाई आफ्नो पहिलो नामसँग थप्दै मैले ‘कमलसंघर्ष’ को जन्म गराए। रहरै रहरमा थालिएको साहित्यिक संघर्षलाई वास्तविक संघर्षमा परिणत गर्दाको उनको कहानी उनले आफ्नो मुखारबिन्दुबाट सुरु गरे।  
म माध्यमिक स्कुल पढ्दा देखि नै जिल्लाका विभिन्न बालसञ्जालहरुमा आवद्ध थिए। सोही बालसञ्जालहरुमा हामी कविताहरु, गजलहरु सुनाउथ्यौं। साथीभाईहरुले मिठो तरिकाले सुनाउँदा मलाई पनि लेख्औ, लेख्औ, भनौ, भनौ लाख्यो र मैले पनि कापीमा कलमहरु कुदाउन सुरु गरे। जसले मेरो लेखन अभ्यासलाई नियमित गर्न सहज बनायो। मेरो साहित्य यात्राको जड पनि त्यही थियो। कमल संघर्षको अंकुरण त्यहीबाट भएको भन्दा फरक नपर्ला। मैले त्यहाँबाट नेतृत्व विकाससँगै आफ्नो लेखन यात्रालाई पनि अगाडी बढाए। 

साढे चार बर्ष लगाएर लेखिएको ‘कुटुमा कुटु’

कक्षा सात/अाठमा पढ्दा खेरि नै मैले लेख्न थालेको मलाई सम्झना छ। त्यहीवेला २०६५ सालमा भएको अन्तर जिल्ला कविता प्रतियोगितामा मैले पनि आफ्नो एक कविता प्रस्तुत गरे। जसमा म द्धितीय भए। एकातिर द्धितीय भएको खुशी अर्कातिर सवैले राम्रो लेख्छस् भनेर तारिफ गरेको सुनेपछि म लेखनमा अझै हौसिए।
मेरो गजल क्षेत्रको टर्निङ प्वाईन्ट भनेको रेडियो हो। स्थानिय रेडियो रामारोशनमा म त्यतिवेला नियमित मनको संसार नाम साहित्यिक कार्यक्रम सुन्थे। जसमा अरुका रचनाहरु बाचन गरिन्थ्यो। पछि मैलेपनि त्यही कार्यक्रममा आफ्ना भावनाहरु दिन थाले। नियमित मेरा रचनाहरु पनि बाचन हुन थाले।
सोही क्रममा रेडियोसँग सम्बन्ध विकास हुदै गयो र मैले आफै सो कार्यक्रम सञ्चालनको मौका पाए। मैले झण्डै साढे चार बर्ष सो कार्यक्रम सञ्चालन गरे। सो अवधीमा मैले हजारौ श्रोताहरुको श्रृजना बाचन गर्ने मौका पाए। थुप्रै लेखनहरुसँग रुझे, भिजे। थुप्रै फरक कलाकृती पढेें। नयाँनयाँ कुराको तत्वबोध हुदै गयो। 
मेरो गजल लेखनका प्रारम्भिक दिनहरु २०६४ सालतिरैबाट सुरु भयो। मेरो घरमा अामाले देउडा गीत गाउँनुहुन्थ्यो। ममा पनि कताकता देउडा गीतको प्रभाव परेको रहेछ। त्यही प्रभावले मैले पनि टुक्का मिलाउने, भावना मिलाउँने गर्दागर्दै गजल लेख्न थाले। त्यसलाई निरन्तरता दिदै जादा एकदुई बर्षसम्म म गजलहरु त लेख्थे तर ती संरचनामा हुदैन् थिए। पछि विस्तारै आधारभुत संरचनाहरुलाई पनि ख्याल राख्न थाले। 

रेडियाे नेपालमा ‘रिजेक्ट’ भएकाे राइझुमा...

सुरुवाती चरणमा मैले पाँच मिनेटमै गजल लेख्थे तर विस्तारै एकघण्टा लाग्न थाल्यो पछि एकदिन, एक हप्ता, एक महिनासम्म एउटा गजल लेख्न लाग्न थाल्यो। श्रृजना लेख्नमा जति परिपक्व हुदै गईन्छ त्यत्तिकै त्यसमा अर्थ खोजिन थालिदो रहेछ। आफ्ना रचनाले केही बोलोस भन्ने लाग्दो रहेछ। जस्ता पायो त्यस्तै रचनाले श्रृजनाकारहरु सन्तृष्ट हुदैनन् रहेछन्। गहिरो साहित्य लेख्दा समय लाग्दो रहेछ। 
२०७० सालमा अनाम मण्डली नामक संस्थाले राष्ट्यि गजल महोत्सव आयोजना गर्ने भयो। त्यसमा देशभरिका पन्ध्र जना गजलकारहरुको गजलबाचन हुदै थियो। आयोजकहरुले मेरो गजल रुचाई मलाई पनि गजलबाचनका लागि छनौट गर्नुभएछ। सोही कार्यक्रममा गजल वाचनका लागि म पहिलोचोटी काठमाडांैै आए। गजल वाचन गरे। धेरैले रुचाउनु पनि भयो। परिचय फराकिलो बन्दै गयो। 
सोही सालमा संयुक्त गजल संग्रह ‘कैफियत’ नामक संयुक्त पुस्तक प्रकाशित हुदै थियो। सो पुस्तकमा देशभरिबाट बीस जनाका बीस वटा गजल प्रकाशित हुदै थिए। देशभरिबाट विभिन्न गजलकारहरुलाई गजल पठाउन भनिएको थियो। मैले पनि पठाए। मेरो गजलहरु छनौटमा परेछन्। पुस्तकमा प्रकाशित हुने भए। पुस्तकका लागि छनौटमा परेका वेला गजलहरु बाचन गर्ने भए। प्रज्ञा प्रतिष्ठानमा भएको विमोचन समारोहमा विभिन्न ख्याती प्राप्त श्रष्ठाहरुका अघि मैले गजल वाचन गरे। त्यसले देशैभरिका साहित्य क्षेत्रमा तल्लिन विभिन्न व्यक्तित्वहरुसँग चिनजान बढायो। उहाँहरुको हौसलाले अझै यस क्षेत्रमा दत्तचित्त भएर लाग्न प्रेरणा दियो। 

जोडिएका सवैको करिअर ‘अपलिफ्ट’ गरेको एक गजल

२०७१ सालमा रेडियोमै काम गर्ने क्रममा एकदिन मैले सामाजिक सञ्जालमा अन्तराष्ट्यि गजल प्रतियोगिता देशविदेशमा रहेका नेपालीहरुले गजल पठाउन आह्वान गरिरहेको सुचना भेटाए। मैले पनि एक गजल पठाउन निधो गरे। गजल पठाए। त्यसको झण्डै डेढ महिनापछि नतिजा प्रकाशित भयो। जसमा मेरो गजल प्रथम भएछ। आयोजकले दिएको जानकारी अनुसार सो प्रतियोगितामा देशभरिबाट ३ सय ५२ जनाले गजल पठाएका रहेछन्। जसमा मेरो गजल उत्कृष्ट भएको सुचना पनि मैले सामाजिक सञ्जालबाट नै प्राप्त गरे। 
यी कार्यक्रमहरुले मेरो राजधानीसँगको निकटता पनि बढाउँदै लग्यो। लेखकहरुको चिनजान पनि बढ्दै गयो। आफ्नो लेखाईको रफ्तार पनि बढ्दै गयो। 
२०७२ सालमा म बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गए। मेरो २०७३ असोज १५ मा प्रकाशित गजल संग्रह ‘सडक’ का अधिकांश गजल मलेसियामा नै लेखे। ईच्छा भयो भने काम गर्दागर्र्दै लेख्न सकिंदो रहेछ। मलेसियामा काम गर्ने क्रममा मसँग जतिखेर पनि एउटा कलम र एउटा डायरी हुन्थ्यो। मेरो दिमागमा जतिखेर शब्द फुर्यो म त्यतिखेरै कापीमा टिपी हाल्थे पछि कोठामा गएर त्यसलाई पुर्णता दिन्थे। 
मलेसियामा रहँदा युटूयुव च्यानल ‘रचनाबाचन’ सँग मेरो सहकार्य हुन थाल्यो। उहाँहरुले गजल संग्रह निकाल्नुपर्यो, हामीले सपोर्ट गर्छौ भन्नुभयो। त्यसपछि मैले सडकको तयारी गर्न थाले। म मलेसियामा एक बर्ष बसे सो अबधीमा मैले मैले सडकलाई लगभग तयार गरिसकेको थिए। त्यसपछि सडक प्रकाशित गर्न नेपाल आएको मलाई मलेसिया फर्कन मन लागेन्। 

आइटम डान्सको 'ट्रेण्डचेन्ज' गरेको कालेदाई

सडकसँग धेरै कुरासँग जोडिन्छ । हरेक व्यक्तिको गन्तव्यसँग सडक जोडिएको हुन्छ । त्यसैले यसको मेरो कृतीको नाम सडक रहेको हो। मैले सडक निकाल्ने सुरु कसेको त २०६९ सालतिरै हो। मेरा फुटकर गजलहरु यत्रतत्र प्रकाशित भएको देखेर साथीहरु पुस्तक निकाल्नुपर्छ भनेर सल्लाह दिन्थे। म पनि कस्सिए। 
केही गजलहरु लेखे, केही जम्मा पारे। सडकको प्रारुप पनि दिमागमा आयो। त्यसवेला नै सडकको आवरण पनि मैले कोरिसकेको थिए। सोही बेला सयुंक्त गजल संग्रह कैफियतमा मेरा संकलित गजलहरु प्रकाशित हुने भएपछि सडकको काम रोकियो। त्यसकाे केही बर्षपछि म मलेसिया हानिए। जहाँ सडकको कामले पुर्णता पायो। 
सडक प्रकाशनमा आएदेखि नै चर्चामा रह्यो। यो पुस्तक नेपाली गजल ईतिहासमा सर्बाधिक बिक्री भएको पुस्तकका रुपमा स्थापित हुन सफल भयो। यसलाई नेपाली गजल क्षेत्रको बजारको टर्निङ प्वाइन्टका रुपमा पनि लिईन्छ। रचनावाचनले प्रकाशित पहिलो संस्करण सकिएर शिखा बुक्सले पुनः सडकलाई नयाँ संस्करणका साथ बजारमा ल्याउँने तयारी गरेको छ। 

Thursday, 22 June 2017

गाेविन्द नारायणः नेपालमा सुसंस्कृत राजनितीका सुत्राधार

घटना नम्बर १
म २०३४ असोज ११ गते न्युरोडमा म जन्मिएको हुँ। मेरो बाल्यकालका दुई कुरा मलाई अझैपनि झझल्ती याद आउछन्। एउटा मैले ल्याब्रेटरी स्कुलमा विताएको जिन्दगी र अर्को कुरा चाही मेरो परिवार। म पढेलेखेको परिवारमा जन्मिएको थिए तर, मेरो आमाले औपचारिक शिक्षा लिनुभएको थिएन्। शिक्षित परिवारमा असिक्षित महिलाको संगम। अन्तिममा यी दुई बिचको भिन्नता नै मेरो जीवनको प्रेरणा बन्यो। एउटा शिक्षित परिवारमा अशिक्षित आमा हुनुहुन्थ्यो तरपनि उहाँ कर्तव्यमा कहिल्यै चुक्नुभएन्। 
घटना नम्बर २
२०४६ सालमा न्यरोडमा इन्द्र केसीको मनकामना पान पसल थियो। त्यतिवेला प्रायः भारतीयहरुले पान पसल हुने गर्दथ्यो तर इन्द्र केसी र कृष्णप्रसाद भट्टराईले खाने पान पसल पनि नेपालीको थियो। इन्द्र दाईको मा म नियमति पान खान्थे। सोही नियमितताले हामी घुलमिल भएका थियौ। उहासँग गफगाफ गर्न थालेपछि मलाई निशुल्क पान खुवाउन थाल्नुभयो। हामी पान खादै उनको पान पसलमा घण्टौं बसेर गफ माथ्र्यौ। 
त्यतिवेला म १२/१३ बर्षको थिए। २०४६ सालतिर विस्तारै काठमाडौंमा कंक्रिटयुक्त पिलरको घरहरु बन्ने चलन आयो। त्यतिनै वेला आन्दोलनको माहोल थियो। मान्छेहरुले पिलर बनाउँन तयार पारेको फलाम जाली, रड, ढुङ्गा ल्याएर बाटोमा राख्दै नेपाल बन्द गर्थे। हामीलाई आन्दोलनसम्बन्धी त्यति चेत थिएन्। हामी अचम्म मान्थ्यौ किन मान्छेहरुले घर बनाउन ठिक्क पारेका ढुुङ्गा, रड, जाली ल्याएर बाटोमा राख्थे? त्यसपछि टायरहरु बल्न थाले। तोडफोड हुन थाल्यो। नाकाबन्दी भन्ने शब्द सुनिन थाल्यो। आन्दोलनको शंखघोष भयो।
आन्दोलनकै क्रममा चैत्र २४ गते इन्द्र दाई र म जुलुसकै क्रममा दरबारमार्गमा पुग्यौ। त्यहाँबाट फर्कदा एक्कासी मैले गोली चलेको आवाज सुने। प्रहरीले आन्दोलनकारीलाई तितरवितर बनाउन हवाई फायर गर्ने क्रममा सरोज शाक्य भन्ने मान्छेलाई गोली लागेको रहेछ। प्रहरीको हवाईफायरसँगै भागदौड सुरु भयो। कोही घरभित्र छिरे, कोही गल्ली भित्र छिरे। हामीपनि कही गल्ली, कहि बाउन्ड्री, कही तारबार छिचोल्दै घर आइपुग्यौ। त्यसलगत्तै कर्फयु लाग्यो। आन्दोलन झन चर्कदै गयो। कयौं मान्छे मारिए। कयौ घाइते भए। परिणामस्वरुप प्रजातन्त्र आयो।
घटना नम्बर ३
प्रजातन्त्र आइसकेपछि अब अमनचयन होला, जनताले सुखसँग बस्न पाउँलान भनेको त त्यसो भएन्। प्रहरीको गोलीहरु मान्छेलाई लागि नै रह्यो। प्रजातन्त्रपछि पनि प्रहरीको गोली खानेमध्येका एकजना थिए, मेरा साथी नबिन ताम्राकार। तत्कालिन अवस्थामा शेरबहादुर देउवा प्रधानमन्त्री थिए। सरकार र प्रशासनिक क्षेत्र बिच के विषयमा टसल भएको थियो खै। सोही क्रममा प्रहरीले गोली चलायो। गोली नबिनको हातमा लगाएको घडीलाई छेड्दै हिप गएर गड्यो। संयोगबश उनी बाच्न सफल रहे। 
मैले प्रत्यक्ष आखाँले मुलुकमा दुईवटा राजनैतिक व्यवस्था परिवर्तन भएको देखेको थिए। २०४६ अघि पञ्चायती शासन थियो। जसमा जनताका अधिकारहरु कुण्ठित गरिएको थियो। आफ्ना अधिकार फिर्ता गराउनका लागि जनताहरुले ठुलो बलिदान दिए, गोली खाए। त्यत्रो संघर्षपछि २०४६ आएको बहुदलीय प्रजातन्त्रमा पनि जनताले गाली खाए। दुवै व्यवस्थामा जनताले गोली खाए। देशको अवस्थामा तात्विक भिन्नता देखिएन्।  पञ्चायत सरकार तथा प्रहरीले पनि नागरिक माथि गोली चलाएको थियो, टायर बलेको थियो, आन्दोलन भयो, हुलदंगाको स्थिती थियो। त्यसपछि आएको बहुदलीय प्रजातन्त्रमा पनि उस्तै अवस्था देखियो, गोली चल्यो, हुलदंगा भयो, टायर बल्यो, आन्दोलन भयो। 
जुनसुकै व्यवस्था आएपनि अवस्था किन उस्तै रह्यो त? म सोच्न थाले। यतिवेला देखि म मा एक किसिमको राजनैतिक चेतना विकास हुदै आयो।
***
साथीहरु प्रति पनि मेरो लगाव उत्तिकै थियो। हामी ल्याब स्कुलबाट माथि किर्तीपुर घुम्न जान्थ्यौ। एक जना बिशाल रौनियार भन्ने अलि मोटो शारिरिक बनावटको मेरो साथी थिए। माथि किर्तीपुर घुम्न जाने क्रममा बसमा जानुपथ्र्यो। बस भरिभराउ रुपमा आउने भएकाले झुण्डिएर जानुपर्ने थियो। बस आयो, म झुण्डिहाले तर बिशाल मोटो भएकाले झुण्डिन सकेन्। बस हिड्यो। बिशाल बसमा झुण्डिन नसकेपछि बसमा म एक्लो भए। साथी छुटेकाले मलाई पनि एक्लै जान मन लागेन् र गुडिरहेको बसबाट हाम फाले । 
बसबाट हामफाल्दा म बेहोस भएछु। आखाँ खुल्दा मेरो पुरै शरिर पानीले भिजेको थियो। गुडिरहेको बसबाट हामफालेर बेहोस भएको मलाई होसमा फर्काउन साथीहरुले मलाई पानीले भिजाइदिएका रहेछन्। होसमा आएपनि मैले बिशाललाई के भयो भनेर सोधे, उसले बोलिविस्तार लाउँदै भन्यो– ‘एक जना मोटरसाइकलवालाले तलाई पिटेर बेहोस बनाएको हामीले भेटायौ र त्यस मोटरसाइकलवालालाई पनि पिटि दिऔ। त्यसपछि तलाई पानी हारेर बुझ्याऔ।’ 
बास्तवमा भएको के रहेछ भने, मैले बसबाट हामफाल्दा म बेहोस भएर लडेको रहेछु। नजिक पुगेको मोटरसाइकलवालाले मलाई उठाउन खोजेको रहेछ, त्यतिकैमा पुगेका विशाल लगायतका साथीहरुले त्यसै मोटरसाइकलवालाले मलाई पिटेर बेहोस बनाएछ भन्ने ठानी सिधै उसमाथि आक्रमण गरेछन्।  
***
पाइलट बन्ने सपना अधुरो
मेरो जीवनको लक्ष्य पाइलट बन्नु थियो। त्यसवेला विहान सवाँ आठ बजेतिर जहिले पनि एउटा हवाईजहाज मेरो घर माथि हुदैं उड्थ्यो। त्यो कता जान्थ्यो मलाई केही थाहा छैन तर त्यो हवाइजहाजको आवाज सुन्ने वित्तिकै म भात नै छाडेर पनि त्यो जहाज हेर्न छतमा पुग्थे। आफ्नो छतबाट नदेखिने अवस्थामा छिमेकीको अग्लो घरमा चढेर पनि हेर्थे। त्यतिवेला देखि मैले पाइलट बन्ने सपना मेरो मनमा गड्यो।
मेरो एकजना मिल्ने नयन नामका साथी बेलायतमा पढ्थ्यो। मैले पनि पाइलट बन्न बेलायत जाने निर्णय गरे। घरसल्लाह भयो। घरबाट जान अनुमती पाएपछि म भिसा प्रक्रियाका लागि बेलायती राजदुतावास गएँ। भिसा अप्लाई गर्नेक्रममा दुर्भाग्यवश भिसा काउन्सुलरसँग मेरो एकदमै ठुलो झगडा पर्यो। 
भिसा काउन्सुलरले मलाई त बेलायतमा पढेर आइसकेपछि नेपालमा त जागिर खाने कुनै कम्पनी वा संस्थासँग जागिरको सम्झौता छैन् लगायतका शब्दहरु निकाल्दै मलाई केही हिनताबोध गरायो। मैले पनि नेपालमा पढ्दै नपढी मलाई कसैले कसरी जागिरको कन्ट्रयाक्ट दिन्छ भन्दै उसको तर्क गलत रहेको जवाफ फर्काए। कुरैकुरामा केहीछिन चर्काचर्की नै पर्यो। परिणामस्वरुप तीनचोटी मेरो बेलायतको भिसा रिजेक्ट भयो। बेलायतले भिसा रिजेक्ट भएसँगै मेरो पाइलट बन्नेसपनामा पनि पुर्णविराम लाग्यो र मेरो जीवनको कार्ष त्यहाँबाट परिवर्तन भयो। 
मैले जीवनमा पाइलट बन्नु बाहेक अन्य केही सपना देखेको थिएन्। तर, भिसा नै रिजेक्ट भइसकेपछि घरपरिवारबाट प्रयास गर्दागर्दै पनि तिम्रो सपना पुरा हुन सम्भव भएन् अब बिजेनश पढ् भन्ने प्रस्ताव आयो र मैले स्वीकारे। मनमा पाइलट पढ्न नपाएको ‘फष्ट्रेसन’ त छदै थियो तरपनि विस्तार विस्तारै भक्तपुर कलेजबाट बिबिए सिध्याएँ। त्यसवेला भर्खरै नेपालमा बिबिए आएको थियो म त्यसको दोस्रो ब्याचको बिधार्थी हुँ। 
जेएनयूमा पोलिटिकल साइन्स 
मेरो घरमा दुइथरिका भारतीयहरु बस्दथे। एउटा बंगाली, एउटा दिल्लीको। मेरो घरमा बस्ने ती दुईथरिका भारतीयहरु म जन्मिनुभन्दा पहिले देखि नै मेरो घरमा बस्दै आएका रहेछन्। २०४६ सालपछि एकपल्ट भारतीयहरुलाई ‘वर्क परमिट’ लगाउने हल्ला चल्यो पछि एमालेको सरकार आइसकेपछि भारत विरोधी विभिन्न नाराहरु लाग्दै गए जसले नेपालमा रहेका भारतीयहरुमा एककिसिमको डर देखिन् थाल्यो। 
म त्यतिखेर युवा अवस्थामा थिए। नेपालमा भारत विरोधी नाराहरु सुनिन् थालेपछि त्रसित बनेका उनीहरुले भारतीय नागरिकका विषयमा नेपालमा के हुदैँछ? भन्ने प्रश्न मलाई सोधे। मलाई एकातिर उनीहरु देखेर निकै मायाँ लागेर आयो किनभने उनीहरु मलाई हुर्काएका मान्छेहरु थिए। अर्कातिर भारतीयहरु नेपालमा बसेर नेपाललाई के फाईदा भयो त? भन्ने प्रश्न पनि मेरो दिमागमा आयो। 
यो घटनाले मलाई एउटा राजनितिक अथावा नितिगत निर्णयले कसरी समान्य नागरिकहरुलाई समेत असर गर्दो रहेछ भन्ने कुराको बोध गरायो। आखिरमा सवैको जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राजनितीले प्रभाव पार्दो रहेछ भन्ने ज्ञान प्राप्त भयो। 
विश्वमा जतिसुकै साना देश किन नहुन ति साना देशहरुसँग पनि मुसासँग जस्तै क्षमता छ। उसले ठुलो भकारीलाई प्वाललाई प्वाल पारिदिन सक्छ।
अर्को प्रसंग, मेरो बुवा राजनितीमा त्यति चासो नराख्ने मान्छे मध्येका एक हुनुहुन्थ्यो तर २०४६ सालको माघमा जनआन्दोलन सुरु गर्ने घोषणा गर्ने दिनमा बुवाले ठमेलमा अवस्थित गणेशमान सिंहको घरमा मलाईपनि सँगै लगेर जानुभयो। त्यहाँ भारतका बरिष्ठ राजनितिज्ञ चन्द्रशेखर लगायत नेपालका शीर्षर्थ नेताहरु जमघट भएका रहेछन्। उनीहरुले सोही दिन २०४६ सालको जनआन्दोलन गर्ने घोषणा गरेका थिए। बुवाले भित्र जानुहुदैंन है, बाहिरबाटै कुरा सुन्नुपर्छ भनेपछि मैले बाहिरैबाट कुरा सुने। सेतोधोती लगाएको चन्द्रशेखरलाई देखेपछि यो भारतीय किन यहाँ आएको होला भन्ने जिज्ञासा पनि उठ्यो। यस घटनाले पनि मभित्र राजनैतिक चेत विकास गर्न मदत पुर्याएको हुनसक्छ। मलाई राजनितीप्रतिको चासो बढाउदै लग्यो। 
स्कुल पढ्दा म सफा चिटिक्क भएर जाने गर्दथे। म १६ बर्षका भएपछि हाम्रो परिवार भक्तपुर सर्यो। त्यहाँ मैले गलैचा बुन्ने परिवारका छोराछोरीहरु बिना झोला, फोहोरकपडा, बिना चप्पल लगाएर स्कुल गएको देखे। काठमाडौं र भक्तपुरको जीवनमा त्यति फरकपन थिएन तर उनीहरुको अवस्था निकै दयनीय अवस्थामा देखेपछि त्यसले मलाई छोयो। त्यसले मलाई हाम्रो जीवन, देशको जीवन, परिवारभित्रको जीवन राजनितीसँग जोडिदो रहेछ भन्ने भान गरायो। तर, मैले राजनितिज्ञ बन्छु भनेर चाही कहिल्यै सोचेको थिएन्। म यी कुराहरुलाई बुझ्छु र भविष्यमा कही न कही सामाजिक क्षेत्रमा ठोकिन्छु जस्तो लाग्थ्यो। 
बिबिए सकाएपछि मैले बुवालाई ‘पोलिटिकल साइन्स’ पढ्छु भन्ने प्रस्ताव राखे। उहाँले पनि अनुमति दिनुभयो। सन् २००२ देखि २००४ सम्म मैले प्राइभेट रुपमा ‘पोलिटिकल साइन्स’ मा बिए गरे। त्यसभित्रका अन्तराष्ट्रिय सम्बन्ध र अन्तराष्ट्रिय कानुन विषय मैले पढेका मुल विषय हुन्।
राजनैतिक शास्त्रको उच्च शिक्षा अध्ययनका लागि बि.ए. सिध्याइसकेपछि  म २००४ को अन्त्यतिर स्नातकोत्तर अध्ययनका लागि भारतको जवहारलाल नेहरु विश्वविद्यालय (जेएनयु) मा भर्ना भए। एजुकेशनमा एउटा ‘बाइण्डिङ’ हुन्छ तर जेएनयूलाई मैले एजुकेशनसँगसँगै ‘फिलोसोफिकल’ अर्थात खोजिनिती गर्ने तथा विभिन्न विषयमा घोतिल्नेहरुका लागि बनाइएको वेग्लै ‘हब’ रुपमा पाएँ।
मैले मेरो जीवनसाथी यूकालाई जेएनयूमा नै पहिलोपटक भेटेको हो। मेरो करिअरमा उनको ठुलो हात छ। म यहाँसम्म पुग्नुमा मेरो श्रीमतीको पचास प्रतिशत योगदान रहेको म मान्छु।
जेएनयूमा भएको एउटा संम्वाद अझैपनि मेरो दिमागमा घुमिरहन्छ। थेओरिज अफ इन्टरनेशनल रिलेसन्स अध्यापन गराउने बरुण सहानी नामका एकजना प्राध्यापक हुनुहुन्थ्यो। एउटा सेमिनारमा भारत र पाकिस्तान विषयमा कुरा भईरहेको थियो। उक्त सेमिनारमा ‘यदि भारत पाकिस्तानसँग डराउँछ भने त्यो भारतको कमजोरी हो, पाकिस्तानको होइन् भन्ने कुरा उहाँले उठाउनुभयो। प्रष्टाउन उदाहरण दिदै उहाँले यदि हात्ती मुसासँग डराउँछ भने त्यो हात्तिको मनोबैज्ञाननिक डर हो। तर, मुसाले हात्तीलाई चुनौती दिन्छ भने त्यो मुसा शक्तिशाली चुनौतीकार हो भन्नुभयो।’ 
यस स्टटमेण्टबाट मेरो दिमागमा मुसाले पनि त हात्तीलाई चुनौती दिन सक्दोरहेछ नि त भन्ने कुरा आयो। विश्वमा जतिसुकै साना देश किन नहुन ति साना देशहरुसँग पनि मुसासँग जस्तै क्षमता छ। उसले ठुलो भकारीलाई प्वाललाई प्वाल पारिदिन सक्छ। भन्नाको मतलब राम्रो नराम्रो जस्तोसुकै काम गर्दापनि ठुलो र सानोले फरक पार्दैन रहेछ। सानो कुरो भएपनि त्यसले ठुलो प्रभाव पार्नसक्दो रहेछ। 
म जेएनयूमा हुदाँ नेपालमा २०६२,६३ साल थियो। जसबेला शाही सरकार, दल र माओवादी बिचको तनाव चलिरहेको थियो। राजनैतिक घटनाहरु जतिवेला पनि जे सुकै हुनसक्ने स्थिती बनेको थियो।  त्यतिवेला मैले नेपालको राजनिती मुलतः कताकता भारतसँग गएर जोडिएको प्र्रमाण भेटे। नेपालका नेताहरुको धेरैजसो बार्ता, सम्वाद तथा समझदारीहरु भारतमा हुने कुराले पनि त्यसै तथ्यलाई प्रमाणित गथ्र्यो। 
हामीले हाम्रो देशका आन्तरिक मामलाका समझदारीहरु स्वदेशमै गर्नुपर्ने भएपनि हामी बाहिर आएर गर्दा रहेछौ। सोही कारण बाहिरी तत्वहरुले हाम्रो राजनितीमा भुमिका खेल्ने मौका पाउदो रहेछ। हामी देशबाहिर निस्केकै कारण अरुहरुले हाम्रा विभिन्न निती निर्णयहरुमा हस्तक्षेप गर्ने भुमिका खोज्दा रहेछन्।  
अर्को कुरा नेपाली राजनितीले अटाउन नसकेका केही यस्ता बुद्धिजीवीहरु छन्। जसले कुनै न कुनै रुपमा नेपाली राजनितीलाई असर पुर्याउन सक्छन्। देशभित्रै उनीहरु तितरवितर छन्। बाह्य शक्तीले अथवा भारतले नेपालको राजनितीमा प्रभाव पार्नुपर्यो भने सिधै राजनितीमा हस्तक्षेप गर्दैन कि तिनै बुद्धिजीबीहरुको प्रयोग गर्छ। उनीहरुका माध्यमबाट बाह्यशक्तिले नेपालको राजनिती, निती नियमहरुलाई प्रभाव पार्छन्। 
नेपाल र भारतको राजनितीलाई ती केही मान्छेहरुले आफ्नो परिबन्धमा पारेका छन्। ती नेपाल र भारत दुवैतिर छन्। ती बुद्धिजीवीहरुले बिचमा भुमिका खेल्ने भएकाले नेपालले भारतसँग र भारतले नेपालसँग सिधा सम्पर्क राख्न सक्दैन् त्यही ‘ग्याप’ का कारण नेपाल र भारतको राजनितिक सम्बन्ध अस्थिर बनेको मलाई लाग्छ। 
जापानहुंदै अमेरिका
जेएनयूमा मैले स्नातकोत्तर सकाइसकेपछि म नेपाल फर्के। नेपालको अवस्था उस्तै थियो। शक्तीका लागि मात्रै राजनिती हुन्थ्यो। राजनितीमा उत्कृष्टको पनि उत्कृष्ट मान्छे जानुपर्ने मेरो सोचाई थियो तर नेपालको राजनितीमा जो मान्छेहरु जानुपर्ने थियो ति छैनन र विचका मान्छेहरुले नेपालको राजनिती चलाउन्छन् भन्नेकुरा नेपाल बसाईको अनुभव रह्यो। 
पोलिटिकल साइन्सको विधार्थीका रुपमा मैले अमेरिकन, युरोपियन, जापान लगायत देशका विदेश नितीहरुको बारेमा पढेको थियो। मलाई ति देशको राजनिती कस्तो छ भन्ने बुझ्न मन लाग्यो। 
त्यसपछि म जापान गए। बिकास विनाको राजनिती हुदैंन भन्ने मेरो सोच थियो। जापानको विकास हेर्न म त्यहाँको ‘मामाच्यारी’ (विशेषगरी महिलाले चलाउने साइकल) चढेर पुरा जापान हेर्थे। जापानको विकास हेर्थे। जापान बुझ्थे। श्रीमती आफिसमा काम गर्थिन। म रेष्टुरेण्ट र ट्रेकिंङ पार्ट टाइम गर्थे। 
जापान बसाईका अन्तिम दिनहरुमा मलाई त्यहाँको कृर्षीले लोभ्यायो। चिटिक्क परेका गराहरुमा आकर्षक पाराले विरुवाहरु लगाइएको हुन्थ्यो। जसले मलाई कृर्षी प्रतिको रुची बढाउँदै लग्यो। नेपाल फर्कने दिन नजिकिदै थियो मैले श्रीमतीसँग स्वदेश फर्कनुअघि एउटा कृर्षी सम्बन्धी तालिम लिन पाएपनि हुन्थ्यो भन्ने कुरा गरे। श्रीमतीले तालिम मात्रै हैन्, विश्वविद्यालयमै पढ्न जान सुझाईन्। श्रीमतीको सुझाव ग्रहण गर्दै मैले दुईवटा विश्वविद्यालयमा अप्लाइ गरेको थिए। एउटा विश्वविद्यालयले मलाई बोलाया र उक्त विश्वविद्यालयमा म दुई बर्ष कृर्षी विषय पढ्ने भए। 
पढ्दै जादा मैले उक्त कोर्ष एक बर्षमै सकाए र एक बर्षको लागी अमेरिकामा ‘फेलोसीप’ पाए। अमेरिकामा मैले बाख्राको फार्ममा फेलोसीप पाएको थिए। दुर्भाग्यवश जसले मलाई बोलाएको थियोे, उक्त मेरो मालिकलाई क्यान्सर लाग्यो। त्यसपछि फर्मको जिम्मा मेरो काधमा आयो र म सहायक म्यानेजरका रुपमा मैले काम गर्नुपर्ने भयो। 
उक्त फर्म तीन सय ५० हेक्टरमा फैलिएको थियो। जसमा ६०,७० वटा बाख्राहरु थिए। म विहान साढे ४ बजेतिर उठ्थे, बाख्रा दुन्थे, घाँस काट्थे, घाँस खुवाउन्थे, दुधबाट चीज बनाउथे र हप्ताको शनिबार र बुधवार फ्री मार्केटमा गएर त्यसलाई बेच्थे।  
छ महिना मैले त्यसो गरि काम गरे। त्यसैवेला क्यान्सर लागेको मेरो मालिक बिते। सोसँगै मेरो फलोसीपपनि सकियो। त्यति नै बेला मेरो युनिभर्सिटीले २१ दिनको अमेरिका टुरका लागि मलाई टिकट उपहार दियो। यता जापानमा कार्यरत मेरी श्रीमतीले पनि नेपाल फर्कने भनेर जागिरबाट राजिनामा दिदै उनी अमेरिका आइन् र श्रीमती र मैले अमेरिकाका विभिन्न शहरहरुमा घुम्यौ। घुुमघाम सकिएपछि कलेजको थेसिस सकाएर मैले पढाइलाई बिट मारे। 
हामीले नेपालमा जहिले पनि ‘वाद’ मा राजनितीलाई विभाजित गरेका छौ तर संसारको राजनितीे ‘वाद’ भन्दा धेरै अगाडी गइसक्यो। संसारको राजनिती हाम्रो जीवनसँग जोडिएको कुराहरुसँग जोडिएको छ। राजनिती त्यस्तो हुनुपर्यो जुन हाम्रो जिन्दगीसँग जोडिएको होस। 
जापानीहरु उनीहरुको भाषामा ‘कुमाकाईसिगोता’ भन्छन्। जसको उल्था ‘प्रफेक्ट’ भन्ने हुन्छ। अर्थात उनीहरु जे काम गर्यो त्यो ‘प्रफेक्टल्ली’ अथावा पुर्ण रुपमा गर्छन्। चाहे त्यो सानो बच्चा होस या बृद्ध, जे उनीहरुले गर्छन त्यो पूर्णरुपमा शतप्रतिशत गर्छन्। त्यो कुरा जापनिजहरुको मलाई साह्रै मनपर्यो।
यता, अमेरिकामा त्यहाँका नागरिकको ‘चियरफुल’ जीवन मलाई मनपर्यो । जो सुकैसँग मनभित्र जस्तोसुकै पिडा किन नहोस, जसले पनि मजाले धक फुलाएर कुरा गर्छन्। म गाउँको अमेरिकामा बसेको थिए। त्यहाँका छिमेकीहरुले कहिल्यै पिज्जा ल्याइदिन्छन्, कहिले खानेकुरा ल्याइदिन्छन्, कहिले मेरो घरमा खान आइजा भन्छन्। मलाई अमेरिकाको ग्रामिण जीवनमा नेपालको भन्दा बढी प्रगाढ सामाजिक सम्बन्ध रहेको जस्तो अनुभव भयो। 
र विवेकशील...
म सन् २०१२ मा नेपाल फर्केपछि नेपालको कुनै युर्निभसिटीमा ठाँउ पाएपछि पढाउँछु र कृर्षीमा जे सिकेको छु त्यो फिल्डमा गएर ‘अप्लाइर्’ गर्छु ठानेको थिए। तर, नेपाल फर्केपछि बास्तविकता फरक लाग्यो। मैले सोचेको कुरा सिमित र साघुँरो जस्तो लाग्यो। धेरै मान्छेहरुले म जस्तै साघुँरो घेरामा रही थोरै थोरै राम्रो काम त गरेका छन् तर त्यसले देशलाई चाहेको फाईदा पुग्न नसकेको महसुस गरे। 
देशलाई परिणाम दिनसक्ने काममा हातहाल्नु उचित हुन्छ भन्ने लाग्यो। सामान्य नागरिकको जीवनमा राजनिती र तिनले अपनाएको नितीले प्रभाव पार्ने ज्ञान पहिल्यै ममा आइसकेको थियो। त्यसैले सवैको जीवनसँग ठोकिने राजनितीमा हात हाल्दा देशलाई समृद्धीको पथमा डार्याउन सम्भव हुने ठाने। 
नेपालमा राजनिती मै मानिसहरु खराब छन् भने त्यसमा राम्रो मान्छेहरुहरुको प्रबेश गराउने तथा तिनीहरुका नितीहरु समयसापेक्ष नभएकाले त्यसमा परिवर्तनको खाचो औल्याउने उदेश्यले म राजनितीमा लाग्न अभिप्रेरित भए। 
हामीले नेपालमा जहिले पनि ‘वाद’ मा राजनितीलाई विभाजित गरेका छौ तर संसारको राजनितीे ‘वाद’ भन्दा धेरै अगाडी गइसक्यो। संसारको राजनिती हाम्रो जीवनसँग जोडिएको कुराहरुसँग जोडिएको छ। राजनिती त्यस्तो हुनुपर्यो जुन हाम्रो जिन्दगीसँग जोडिएको होस। 
अहिले लेनिनवाद, माक्र्सवाद, सामाजवाद भनेको छ, कतिपय आम जनताले त्यसलाई बुझ्दा पनि बुझ्दैन्। उनीहरुका विचार ‘आउटडेटेड’ नहोलान् तर त्यसलाई नेपालको राजनितीले कहिल्यै व्यवहारमा परिणत गर्न सकेन्। 
यदि हात्ती मुसासँग डराउँछ भने त्यो हात्तिको मनोबैज्ञाननिक डर हो। तर, मुसाले हात्तीलाई चुनौती दिन्छ भने त्यो मुसा शक्तिशाली चुनौतीकार हो
मेरो सोचाईमा राजनिती त्यस्तो हुनुपर्छ जुन आम मान्छेको होस, आम मान्छे बुझोस र आम मान्छेले उपभोग गर्न पाओस। निती भएर मात्रै हुदैंन नियत पनि राम्रो भएको मान्छे चाहिन्छ। नेपालमा हालसम्मको परम्परा अनुसार जसले जीवनमा केही गर्न सकिरहेको हुदैंन उ मात्रै राजनितीमा गएको देखिन्छ। मलाई काम गर्नसक्ने इमान्दार मान्छेहरु राजनितीमा जाने बातावरण बनाउँनसक्नु पर्यो भन्ने महसुस भयो र सोहीकुरालाई फलो गर्दै विवेकशील नेपालीमा प्रवेश गरे। 
विवेकशीलबाट मैले नेपालमा समयसापेक्ष निती ल्याउन सकियोस, जसले हाम्रो गरिबी हटाउन सकियोस, हामीमा भएको नैरश्यता हटाउन सकियोस, अवसरहरुको समान बाडँफाँड होस लगायतका विषयमा केन्द्रित भएर काम गरिरहेको छु। उत्कृष्टको पनि उत्कृष्टले राजनिती गर्नुपर्छ र राजनितीमा लाग्ने उत्कृष्टहरु पढाईले मात्रै हैन्, उसको काम गराई र इमान्दारिताले पनि हुनुपर्छ भन्ने कुरा मैले अगाडी सारेको छु। 
पछिल्लो समयमा आम मानिसहरुमा मेरो कामले स्वीकार्यता पायो कि जस्तो लाग्छ। नेपाललाई चाहेको निती र नेपाललाई चाहिएको जस्तो नेतृत्वको बहस हामीले छेडेका थियौ त्यो अहिले हामीमा मात्रै सिमित रहेन्। विभिन्न कोणहरुबाट, विभिन्न व्यक्ती, संगठनहरुले यस विषयमा बहस सुरुवात गरिसकेका छन्। त्यसलाई मैले सफलताका रुपमा लिएको छु। तर, यात्रा लामो छ। जबसम्म नेपाललाई समृद्ध बनाउन सक्दैनौ, आत्मनिर्भर बनाउन सक्दैनौ। त्यो यात्रा अगाडी बढाउनुपर्छ भन्ने मलाई लाग्छ। 
विवेकशील भित्र आइसकेपछि मेरो जीवनमा दुईवटा घटनाहरु ‘इन्टेष्ट्रिङ’ घटे। म सकरात्मक राजनिती प्रयोगमा विश्वास गर्छु। विवेकशील संगठन कै रुपमा हुँदा हामी कोठामा बसेर विभिन्न विषयमा छलफलहरु गथ्र्यौ। मैले उक्त छलफलमा सधै कोठामा बसेर केही नहुने र हामी सडकमा जानुपर्ने विषय उठाए। जब हामी कोठे बैठक छोडेर सडकमा जान थाल्छौ तबमात्र हाम्रो आम मान्छेहरुसँग सम्वाद हुन्छ। त्यसपछाडी हाम्रा विचारहरु सुनिन्छन्, आममानिसका विचारहरु हामीले सुन्ने मौका पाउछौ भन्ने मेरो प्रस्तावमा सवैको सहमती रह्यो र हामी प्लेकार्ड लिएर नेपाल बायुसेवा निगम अगाडी उभिने भयौ। 
विवेकशीलको सपना सम्पुर्ण नेपालीहरुलाई आत्मसम्मान पुर्वक बाच्न सक्ने बातावरण बनाउने हो। कुनैपनि देशमा गएर कुनैपनि नेपालीले आफुलाई कमजोर नठानोस। धक फुलाएर गर्वका साथ नेपाली भएकोमा गर्व गर्न लायक बनाउनु विवेकशीलको सपना हो। 
प्लेकार्ड लिएर ठिग्रिंङ उभिएका हामीलाई धेरै आवातजवात गर्ने मान्छेहरुले हेर्दै जाने गरिरहे। सोहीक्रममा एकजना हजुरआमा मेरो नजिकै आएर प्लेकार्डमा लेखिएको कुरा एकदमै गहिरिएर पढ्नुभयो। पढिसकेपछि उनले मेरो हात समात्दै बाबु यहाँ धेरै राम्रो कुरा लेखिएको छ, तिनीहरु धेरै राम्रो काम गर्दैछौ भनेर भन्नुभयो। ती एकजना बृद्धआमाले दिएको प्रतिक्रियाले मलाई यस्तो जिम्मेवार बोध गरायो कि मैले अझै धेरै गर्नुपर्छ भन्ने महसुस भयो। त्यसपछि सो प्लेकार्ड अभियानको सिरिज नै हामीले गर्यौ र त्यसले अहिले देशमा शान्तीपुर्ण विरोधको कल्चर नै बसाएको छ।
अर्को घटना, दोस्रो सम्बिधान सभाको चुनावमा उठ्दाखेरि थापागाउँमा म रिक्सा चलाईराखेको थिए। रिक्सा चलाउँदै चुनाव अभियानमा हिडिरहेका वेला कति मान्छेलाई भेटियो, कतिसँग कुरा गरियो खासै याद रहदैंन थियो। 
रिक्सा चलाउने क्रममा एकदिन शान्तीनगरमा बुवा उमेरका मान्छेहरुले मलाई रोके र आफ्नोतिर बोलाए। उनीहरुले चिया लिन भने। त्यत्रो चुनाव अभियानमा हिड्दा कसैले यसरी चिया अफर गरेको थिएन्। तर, ती बुवा उमेरका मान्छेहरुले चिया अफर गरेपछि मनआनन्दित भएर चिया खाइयो। 
चिया खादै गर्दा एक जना बुवाले भन्नुभयो, ‘अस्ति तिमले थापागाउँको उकालोमा रिक्सा हाक्दा खेरी तिम्रा पछि कोही थिएनन्, तिमी पसिनाले भिजेका थियौ तरपनि तिमले रिक्सा रोकेनौ। तिमीे अगाडी बढि नै रह्यौ। तिमीसँग जति चुनौती आएपनि अघि बढ्ने अठोट रहेछ, त्यसैले यो टोलका हामी सवैले भोट दिने निर्णय गरेका छौ।’ 
यी दुई घटनाहरुले मलाई सुसंस्कृत राजनितीमा लाग्न सधै प्रेरणा दिइरहन्छन्। 
विवेकशीलले सुधार्नुपर्ने कुरा
विवेकशीलले सुधार्नुपर्ने कुरा भनेको देशलाई जुन नेतृत्व चाहिएको छ, त्यसलाई अझै हुर्काउनुपर्छ। संख्यात्मक र गुणात्मक हिसाबमा नेतृत्व विकासमा जोडदिनुपर्छ। विवेकशीलको राम्रो पक्ष यो सधै नियमित रुपमा ‘इम्प्रिुभ’ भइरहने संस्था हो। यसको आफुले लिएका मुल्यमान्यताहरुको नियमित अभ्यास र प्रयोग गर्दछ र, अर्को चाही जस्तोसुकै समस्या जुनसुकै वेला आओस विवेकशीलले उपर्युक्त तरिकाबाट ह्याण्डल गर्नसक्छ। 
नेपालको राजनिती अहिले पनि परम्परागत तरिका मै शक्तिका लागि भनेर मात्रै गरिन्छ। चाहे त्यो युवा राजनितिज्ञ होस या अनुभवीमा। सवैलाई एक नम्बरमा पुग्नुपर्छ भन्ने होड छ। मेरो विचारमा जो नेता बन्छु भन्छ उसले कहिल्यै एकनम्बरमा आफुलाई उभ्याउनु हुदैन्। नेताले त एकसय जनालाई अगाडी राख्ने हो आफु पछाडी बस्ने हो। 
पाँच बर्षपछिको विवेकशील
अबको पाँच बर्षपछिको विवेकशीलले नेपाली राजनितीसँग नेपालीहरुको प्रत्यक्ष सम्बन्ध जोड्छ। हाम्रो राजनिती कहिले पनि ‘क्लियर’ छैन्। गणतन्त्र ल्याएर हामीले के पायौ त? अबको राजनिती भनेको रोजगारीसँग जोडिएको हुनुपर्छ, नागरिकको सुरक्षासँग जोडिएको हुनुपर्छ। मानिसको जीवनयापनसँग जोडिएको हुनुपर्छ। स्वतन्त्रता र समृद्धीसँग जोडिएको राजनितीको विकासको विवेकशीलले अबको पाँच बर्षमा गर्नेछ भन्ने लागेको छ। 
विवेकशीलको सपना सम्पुर्ण नेपालीहरुलाई आत्मसम्मान पुर्वक बाच्न सक्ने बातावरण बनाउने हो। कुनैपनि देशमा गएर कुनैपनि नेपालीले आफुलाई कमजोर नठानोस। धक फुलाएर गर्वका साथ नेपाली भएकोमा गर्व गर्न लायक बनाउनु विवेकशीलको सपना हो। 
मेरो सन्दर्भमा म विवेकशील भित्र त्यस्तो मानिस बन्नसकुँ, जसले सदैव विवेकशीलको नेतृत्वलाई उप्रेरित गर्न सकोस। मेरो फ्रण्ट लाईनमा देखिने कुनै चाहना हैन। म त्यस्ता बढी भन्दा बढी नेतालाई जन्माउन चाहान्छु जसले यो देशलाई समृद्धीको उचाइमा लिएर जान सकुँन्।   
आर्थिक विकासको आधारः ढुंगा, माटो, पानी बाटो
नेपाल हिमालयको देश हो। हामीले त्यसको प्रचुर उपभोग गर्नसक्नुपर्छ। हिमाललाई हामीले पर्र्यटन आकर्षित गर्ने मुख्य आधारका रुपमा प्रयोग गर्न सक्छौ। आरोहण गर्ने, पदयात्रा गर्ने, अध्ययन, अनुसन्धानका लागि पर्यटनहरुलाई हिमालमा आकर्षण गर्नसक्यौ भने नेपालको आर्थिक समृद्धिले चाडो फड्को मार्नसक्छ। 
नेपाल जलस्रोतमा दोस्रो धनी देश हो। एकातिर जलविधुतका आयोजनाहरु निर्माणमा तिब्रता दिनुपर्छ भने अर्कातिर खानयोग्य पानी प्रशोधन गरेर हामीले बिक्री मात्रै गर्नसक्यौ भने त्यसबाट ठुलो आम्दानी गर्न सकिन्छ। हामी काठमाडौंमै त बर्षेनी अर्बौ लिटर पानी उपभोग गर्छौ भने विदेशमा सप्लाई गर्नसक्यौ भने त्यसबाट नेपालको आर्थिक स्थितीको कायापलट हुनसक्छ।
मेरो सोचाईमा राजनिती त्यस्तो हुनुपर्छ जुन आम मान्छेको होस, आम मान्छे बुझोस र आम मान्छेले उपभोग गर्न पाओस। निती भएर मात्रै हुदैंन नियत पनि राम्रो भएको मान्छे चाहिन्छ।
कृर्षीप्रधान देश नेपालमा कृर्षीलाई आधुनिकीकरण गर्दै सुरुमा आफु आत्मनिर्भर बन्न जरुरी छ भने त्यसबाहेकका कृर्षीजन्य सामाग्रीहरु हामी बिदेश सप्लाई गरि नेपालको आर्थिक अवस्था उकास्न सक्छौ। ‘फुड सेक्युरिटी’ का सम्बन्धमा हामी सदैव सचेत रहनुपर्छ। हामीलाई आवश्यक खाद्यान्नको भण्डारणमा पनि उत्तिकै ध्यान पुर्याउनु जरुरी छ।
बाटोको सन्दर्भमा, हामीले भारत जस्तै चीनसँग जोडिने बाटोहरुको विकास गर्नुपर्छ। चीन र भारतका बिच बर्षेनी अर्बौको ब्यापारहुने गरेको छ। त्यसलाई हामीले नेपालको बाटो हुदैं भारत पठाउन सक्यौ भने मात्रै हामीलाई त्यसबाट प्रशस्त आम्दानी हुनसक्छ। त्यसैले देशभित्रै सडकसञ्जाल विस्तारका लागि हामीले चाडै पहल गर्नुपर्छ। 
यसका लागि हाम्रो सोचाई र व्यवहारमा परिवर्तन हुन आवश्यक छ। अहिलेसम्म हामी देश परिवर्तन भैहाल्छ भनेर गफ गरेर बसिरहेका छौ। गफ गरेर, पर्खिएर मात्रै आर्थिक समृद्धी सम्भव हुदैंन। त्यसैले राम्रो ईमान्दार सोच भएका मानिसहरुले मुलनिती राजनितीमा सुसंस्कृत राजनितीमा आउनु जरुरी छ।  
मतपरिणामः संकेत शुभ, सन्देश अझै मेहनत गर
पहिलो चरणको स्थानिय चुनावमा पाएको मत परिणामलाई विवेकशीलले शुभसंकेतका रुपमा लिएको छ। हामीले पाएको भोटको सन्देश नागरिकहरुले यस देशमा विकल्प खोजिरहेको र जसले यो देशलाई केही गर्न सक्छ तिनीहरु राजनितीमा आउन भन्ने आकांक्षा आम मानिसमा रहेको भन्ने हो। आकांक्षा त  पहिले पनि थियो तर व्यक्त गर्ने ठाउँ थिएन्, तर अहिले सुसंस्कृत राजनिती गर्छु भनेर आउने मान्छेले देशलाई चाहेको कुरा दिनसक्छन कि भन्ने आममानिसलाई लागिरहेको छ। विवेकशील नेपालीले यसलाई मत हामीले पाऔं भनेर हौसिनुभन्दा पनि जिम्मेवारी हामीले हासिल गरौ भनेर गम्भिर रुपमा लिनुपर्छ। 
नाकाबन्दीको त्यो घटना 
मेरो श्रीमती यूकाको शान्त भएर काम गर्ने बानी छ। अघिल्लो बर्ष देशमा भारतको नाकाबन्दी थियो। म विवेकशील कै काममा व्यस्त थिए। म आफू कहिले साईकल चलाउथे, कहिल्यै बाइक चलाउँथे। 
एकदिन भाईले सोध्यो, भाउजु कसरी ओहोरदोहोर गरिरहनुभएको छ? मैले सधैजसरी सार्वजनिक बसमा चढेर ओहोरदोहोर गर्छिन होला भने। त्यसैबेला भाईले बाहिर देखाउँदै भन्यो उ भाउजु त बसको छतमा चढेर गइरहनु भएको छ। म झसंग भई। कताकता डर पनि लाग्यो। महिला मान्छे, भिडभाड बसको छतमा कसरी यात्रा गर्न सकेकी होलिन? अर्कातिर खुशी पनि लाग्यो। मेरी श्रीमती जे पनि संघर्ष गर्न सक्दि रहेछ। 

घरमा आएपछि उनलाई सोधे, तिमी बसको छतमा चढेर आवतजावत गर्दिरहेछौ है? उनले भनिन्,– ‘भित्र ठाउ नै थिएन्, ओर्लिन र उक्लिने बेला पनि बस हुत्याएर ल्याउँछ, हुत्याएर लैजान्छ। उक्लिन ओर्लिन पनि समय हुदैन्, त्यसैले माथि छतमा चढेर यात्रा गरे।’ मैले छतमा यात्रा गर्दाको उनको अनुभव सोधे। उनले भनिन्, ‘मलाई साह्रै राम्रो लाग्यो। छतमा भएका यात्रुहरु मिठा गफ गर्छन्, म पनि कुरा गर्छु। अझ दुई, तीन जना त साथी पनि बनिसकें।'