Friday, 30 October 2015

मेरो डायरी १६ (मुम्बई ­ गोवा टुर भाग १)

    धेरै भयो, सायाँ मेरा लागि क्रिकेट, एउटा प्यासन मात्र हैन दैनिकी पनि बनेको छ । त्यही सिलसिलामा नयाँ गन्तव्यको रेखा कोर्दै हामीहरु क्रिकेटको नर्शरी मुम्बईमा पुगेका छौ । हामीसँग एउटा टीम छ, उसले आफ्नो भविष्यलाई मजबुद बनाउँन हाम्रो साथ खोजेको छ । उनीहरुको सफल भविष्यमा देशको क्रिकेटको भविष्य तथा क्रिकेटको कायापलट गर्न हामीसँग पथप्रदर्शक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाही हुनुहुन्छ । उहाँले देखाउनु भएको बाटोमा हामी यात्रामा हिडेको एकहप्ता बढी भईसकेछ, सायाँ ।

    टुरमा निस्कने दिन, दशैको टीकाको दिन । सुवाश सरले युवा खेलाडीहरुलाई अन्तराष्ट्रिय म्याच एक्सोजर दिन तथा उनीहरुलाई एउटा पुर्ण खेलाडी बनाउन झण्डै तिन महिना पहिले मुम्बई गोवा टुर आयोजनाको घोषणा गर्नुभएको थियो । धनगढी क्रिकेट एकेडेमीले प्रत्येक बर्ष अन्तराष्ट्रिय टुरको आयोजना गर्ने गर्दछ । त्यही क्रमलाई निरन्तरता दिदै एकेडेमीले यस पटक क्रिकेटको नर्शरी भनेर चिनिने भारतको मुम्बई तथा गोवा टुरको आयोजना गरेको हो, सायाँ ।
    टुरको तयारी तिन महिना पहिले देखि नै सुरु भएको थियो । सुवाश सरको निर्देशनमा एकेडेमीको व्यवस्थापकको हैसियतमा म र सहायक व्यवस्थापक विजय जी, दैनिक रुपमा तयारीमा जुटेका थियौ । टुरका लागि १४ खेलाडी छनौट गर्नुपर्ने, अभिभावकसँग छलफल, बजारमा दौडधुप, भम्रणको सम्पुर्ण व्यवस्थापन, खेलाडीहरुको प्रशिक्षण तथा अभ्यासमा खटिनु पर्नुे तथा नजिकिदै गरेको महान चाड दशैले हामी दुई जनै व्यवस्थापकहरुको दैनिकी  निकै व्यस्त बनाईदिएको थियो । यो समयमा हामीले घरमा कम र वाहिर बढी समय व्यतित गरौ, दशैमा घरपरिवार तथा साथीभाई भनेनौ वल्की एउटा निस्वार्थ महान उदेश्य लिएर अगाढी बढ्नु भएका सुवाश सरलाई साथ दिनु हामीले कर्तव्य ठान्दै त्यसमा अग्रसर भईरह्यौ ।
विदाइ कार्यक्रम
तिमीसँग पनि त्यस समयमा भेट भएन सायाँ, निकै कम मात्र तिमीसँग बोलचाल भयो । तिमीले कति पटक फोन गरौ, काममा केही विजी भएर उठाउन पाईएन, तिमीले पठाएका म्यासेजहरु रिप्लाई गर्न पाईन अनि तिमीले रिसाउँदै फोन काट्दा नि तिमीलाई फकाउँन समय दिन सकिन, सरी सायाँ । मलाई थाहा छ, सायाँ तिमी मलाई राम्ररी बुझ्छौ । तिमीले आज सम्म मेरा हरेक कुरामा साथ दिएकी छौ । त्यही भएर म ढुक्क छु, तिमीले कहिले पनि मेरो काममा ईन्टरफियर गरेनौ मेरा लागि त्यो भन्दा ठुलो कुरा के होला र सायाँ, मिस यु ।
राजु सर ।
    टीका सकेर, राजु घिंसिग (कान्तिपुरका खेल पत्रकार) तथा सार्थक भाईलाई लिन एअरपोर्ट गईयो । सधै एअरपोर्टभरी ट्याक्सी पाईन्थ्यो त्यही सोचेर दुवै जनालाई ट्याक्सीमा रिटर्न गराउने सोचमा हामी एअरपोर्ट पुगेका थियौ तर त्यस दिन एअरपोर्टमा ट्याक्सी पाईएन, एउटा त दशैको दिन सवै ट्याक्सीवाला दशैको टीका लगाउन व्यस्त अझै भारतको अघोषित नाकाबन्दीले देशैभरी पेट्रोलियम पदार्थको अभावले धेरै यातायातका साधन चल्न पाएका थिएनन । त्यसकै प्रभाव धनगढीमा पनि परेको थियो । एअरपोर्टमा ट्याक्सी नपाई पछि एउटा विकल्प स्वरुप हामीले राजु सरलाई विजय जीको बाईकमा होटल पुर्याउने व्यवस्था मिलायौ भने सार्थक भाई र म महेन्द्रनगर जाने गाढीमा मेनरोडसम्म पुग्यौ । एअरपोर्टबाट मेनरोड पुग्न २ किलोमिटर बाटो हो । बन्द तथा अभावको वेला बल्ल पाएको त्यो ट्याक्सीले २ किलोमिटरको दुई सय रुपैया लियो । अहो, कति महंगो । मेनरोडमा पुगेपछि बस, टेम्पो, ट्याक्सीका लागि केही बेर कुर्यौ । १० मिनेट कुर्दा पनि पाईएन । थुप्रै गाढीहरु आएपनि तर सवै भरिभराउँ मात्र । केही वेरमा एउटा बस रोकियो त्यसैमा चढेर हामी होटलका लागि निस्कियौ । तर बस नि चौराहासम्म मात्र जादो रहेछ, त्यहाबाट अटो रिक्सा चढेर वल्ल होटल पुग्यौ । होटलमा राजु सर र सार्थकलाई आरामको आग्रह गर्दै विजय सर र म फेरी आफन्तसँग टीका थाप्न घर तिर लाग्यौ ।

    साझँ फेरी एकपटक, के के तयारी पुरा भयो भनेर रिभिजन गरौ । आवश्यक सामाग्रीहरु एक ठाउँमा तयार गरौ । टुरका लागि सवै तयारी सकि सकेको थियो । अर्को दिन विहान हामी गौरिफण्टाबाट मुम्बईका लागि प्रस्थान गर्ने कार्यक्रम तय भईसकेको थियो । सो विहान यहाँका डिआईजी माधव नेपाल सरले हामीसवैलाई शुभकामना दिदै विदाई गरेसँगै हाम्रो यात्रा सुरु भयो ।  
                                                                                        क्रमश....

Tuesday, 25 August 2015

डिसिए वुमेन्स इन एक्सन

झापाको काकडभिट्टामा यही भाद्र १० गते देखि सुरु हुने दोस्रो अरुण स्मृती राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिताका लागि यतिवेला धनगढी क्रिकेट एकेडेमी डिसिएको महिला टोली आयोजना स्थल पुगेको छ । टोलीमा केही राष्ट्रिय परिचित अनुहारहरु छन भने केही अनुहार भने विल्कुल नयाँ छन, त्यस्तै एउटा अन्य टीमका लागि एउटा सरप्राइज प्याकेज पनि छ ।  कस्तो छ त, डिसिए वुमेन्स टीम एक रिपोर्ट –

१) जानकी भट्ट

जानकी भट्ट, महिला राष्ट्रिय क्रिकेट टोलीका लागी परिचित नाम हो । उनले थुप्रैपटक अन्तराष्ट्रिय प्रतियोगिताहरुमा नेपाली जर्सी लगाईसकेका छन । नेपाली महिला राष्ट्रिय टोलीबाट उनले एसियाड लगायत एसिसिले आयोजना सिनियर महिला प्रतियोगिताहरुमा पाकिस्तान, मलेसिया तथा कुवेतमा भम्रण गरेकी छिन । लामो क्रिकेट अनुभव संगालेकी डिसिएकी कप्तान जानकी भट्ट नेशनलमा भने क्षेत्र नम्बर ६ बैतडीबाट झण्डै आधा दशक लामो क्रिकेट खेलेर क्षेत्र नम्बर ९ मा प्रवेश गरेकी हुन । क्यानले भर्खरै सम्पन्न गरेको प्राईमिनिस्टर कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा क्षेत्रनम्बर ९ धनगढीबाट कप्तानीको भुमिका निभाईसकेकी उनी डिसिए टीमकी मेरुदण्ड हुन । उनले पछिल्लो समय धनगढी क्रिकेट एकेडेमीको महिला टोलीलाई नियमित प्रशिक्षण पनि गराईरहेकी छिन । उनको प्रशिक्षणबाट उत्पादन भएका प्रतिमा सिंह, करुणा जोशी, चादँनी शाह, कविता कुवँर, शोभा रोकाया जस्ता खेलाडीहरु प्रतियोगिता खेल्न झापा आएका छन । लेभल एक सम्मको क्रिकेट कोचिंग प्रशिक्षण लिईसकेकी उनका खेलाडीहरुले कस्तो प्रदर्शन गर्ने हुन त्यो प्रतियोगिता हेरेर थाहा पाउँन सकिन्छ तर आफ्ना खेलाडीले राम्रो प्रदर्शन गर्नेमा भने उनी ढुक्क छिन ।
२) सोनु खड्का
       बायाँ हाते मिडिल अर्डर ब्याट्सम्यान सोनु खड्का डिसिएको टीममा सवैभन्दा अनुभवी प्लेयर हुन । अलराउण्डरको भुमिकामा देखिने उनी दायाँ हाते ओपनिंग मिडियम पेश बलर पनि हुन ।
           नेपालको जर्सीमा उनले थुप्रै पटक अन्तराष्ट्रिय अनुभव संगाल्नुसकेकी छिन । नेपाली टीमबाट एसिसिका यु १९, टी २०, सिनियर सवै प्रतियोगिता खेलिसकेकी सोनुले थाईल्याण्ड, मलेसिया, सिंगापुर, कुवेत, चाईना, कोरिया तथा पाकिस्तानको अन्तराष्ट्रिय अनुभव समेटेकी छिन ।
       आधा दशक भन्दा बढी क्षेत्र नम्बर ६ को महिला टिमको प्रतिनिधित्व गरेकी सोनुले राष्ट्रिय प्रतियोगिताहरुमा एपीएफ तथा क्षेत्र नम्बर ९ बाट पनि खेलेकी छिन ।
३) करुणा जोशी 
धनगढी क्रिकेट एकेडेमीमा नियमित प्रशिक्षणमा रहेकी करुणा जोशी अलराउण्डर भुमिकामा देखिने गर्छिन । दायाँ हाते मिडिल अर्डर ब्याट्सम्यान उनी मिडियम फास्ट बलर पनि हुन ।
           उनले यस अघि गतबर्ष क्यानले आयोजना गरेको १६ बर्ष मुनिको नेशनल क्रिकेट प्रतियोगितामा सहभागिता जनाईसकेकी छिन ।
         त्यस्तै डिसिएको आयोजनामा धनगढीमा सम्पन्न ईन्टर स्कुल गल्र्स प्रतियोगितामा राम्रो छाप छोड्न सफल करुणाबाट डिसिएले धेरै आशा गरेको छ ।


४) प्रतिमा सिंह
प्रतिमा सिंह, धनगढी क्रिकेट एकेडेमीकी  अलराउण्डर हुन । दायाँ हाते विस्फोटक व्याट्सम्यान प्रतिमा, पार्ट टाईम स्पीन बलर पनि हुन ।
         क्षेत्रनम्बर ९ को महिला टोलीबाट उनले एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता, जनकपुरमा सम्पन्न राष्ट्रिय ईन्टरस्कुल नेशनल तथा धनगढीमा सम्पन्न ईन्टर स्कुल प्रतियोगितामा सहभागीता जनाईसकेकी छिन ।
             सो प्रतियोगिताको उनले विमेन अफ द सिरिज तथा वेष्ट व्याट्सम्यानको अवार्ड पनि पाएकी थिईन । एक खेलमा उनले ९८ रन प्रहार गरे सवैको मन जितेकी थिईन ।  झण्डै ६ महिना बढी नियमित क्रिकेट प्रशिक्षणमा रहेकी उनले छोटो समयमा राम्रो क्षमता प्रदर्शन गरेको प्रशिक्षकहरु बताउँछन । काकडभिट्टमा भईरहेको दोस्रो अरुण स्मृती क्रिकेट प्रतियोगितामा डिसिएको टीमबाट सहभागि हुन गईरहेकी उनीबाट धेरै आशा गरिएको छ ।
५) आशा साँकीं
आशा साँकींले २०६५ सालमा भएको पाचौ राष्ट्रिय खेलकुदबाट क्षेत्र नम्बर ६ बाट क्रिकेटमा डेब्यु गरेकी आशा डिसिएको टीमकी अलराउण्डर हुन ।
             दाया हातेँ मिडिल अर्डर ब्याट्सम्यान रहेकी आशाले दायाँ हात मिडियम फास्ट बलर पनि हुन ।
             क्षेत्र नम्बर ९ बाट उनले सिनियर तथा टी २० महिला राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव बटुलेकी छिन ।

६) विन्दु रावँल
टप अर्डर ब्याट्सम्यान विन्दुले छैठौ राष्ट्यि खेलकुदबाट राष्ट्रिय क्रिकेटमा डेब्यु गरेयता पहिले क्षेत्र नम्बर ६ र हाल क्षेत्रनम्बर ९ बाट निरन्तर क्रिकेट खेलिरहेकी छिन ।
        राष्ट्रिय प्रतियोगितामा उनले उमेर समुहका सवै र सिनियर प्रतियोगिताहरु पनि खेलिसकेकी छिन । २०७० सालमा काठमाण्डौमा भएको यु १९ वुमेन्स नेशनल च्यापियनसिपमा उनी बेष्ट्स ब्याटविमेन पनि भएकी थिईन । गत बर्ष जनकपुरमा भएको यु १६ मा जनकपुर विरुद्ध ९७ रन प्रहार गरेकी उनको यो हाल सम्मको उच्च स्कोर हो ।
         क्षेत्र नम्बर ९ बाट उनले यु १६ टीमको कप्तानी पनि गरिसकेकी छिन ।
७) कविता जोशी 




सिनियर नेशनलमा २०७० सालमा विरगञ्जबाट डेब्यु गरेकी कविता जोशी पनि डिसिएकी अलराउण्डर हुन । राष्ट्रिय स्तरका सवै प्रतियोगिता खेलिसकेकी कविता टीममा हार्डहिटरका रुपमा चिनिने गर्दछन ।






८) कविता कुवँर 
गत बर्ष जनकपुरमा भएको यु १६ क्रिकेट प्रतियोगितामा वेष्ट बलर भएकी कविताले क्षेत्र नम्बर ९ को प्रतिनिधित्व गर्छिन ।
पोखरामा भएको प्राईमिनिस्टर कपमा पनि उनले ९ विकेट लिएकी कविता उत्साह साथ प्रतियोगितामा सहभागिता हुने
बताउँछिन ।




९) शोभा रोकाया
शोभा रोकायाँ, टीमकी सवैभन्दा कान्छी खेलाडी हुन । ब्याट्सम्यानको भुमिकामा टीममा रहेकी शोभाको राष्ट्यि प्रतियोगितामा डेब्यु खेल हो ।
१०) चादँनी शाह

सिनियर नेशनलमा क्षेत्र नम्बर ९ बाट २०७१ सालमा सिनियर राष्ट्रिय प्रतियोगिताबाट डेब्यु गरेकी चादँनी डिसिएकी टीमकी मुख्य अलराउण्डर हुन । उनले यस अघि यु १६ तथा सिनियर नेशनल पनि खेलि सकेकी छिन ।
११) पुनम फर्सवान
२०७० सालमा विरगञ्ज विरुद्ध ४० ओभरको खेलबाट डेब्यु गरेकी पुनमले क्षेत्र नम्बर ९ बाट सवै राष्ट्रिय प्रतियोगिता खेलिसकेको अनुभव संगालेकी छिन ।
       अलराउण्डर उनी बायाँ हाते मिडिल अर्डर ब्याट्सम्यान हुन भने मिडियम पेश बलिंग गर्छिन । क्रिकेटसँगै उनी फुटबलकी पनि क्षेत्रिय खेलाडी हुन भने हकी उनको अर्को रुचीको खेल हो ।

१२) मञ्जु वोकटी

पछिल्लो पाँच बर्ष देखि निरन्तर क्रिकेट खेलिरहेकी मञ्जु विकेट किपर ब्याट्सम्यान हुन ।
         गत बर्ष काठमाण्डौमा भएको सिनियर राष्ट्रिय महिला प्रतियोगितामा प्रहार गरेको ७२ रन उनको करिअर वेष्ट पर्फमेन्स हो ।
     क्षेत्रिय टीमको यु १६ तथा यु १९ को कप्तानीको जिम्मेवारी समेत उनले निभाईसकेकी छिन ।


देशभरि कै महिला टीमकाे सहभागिता रहेकाे प्रतियाेगितामा डिसिएकाे सप्राइज प्याकेज दुइ भारतिय महिला क्रिकेटर हुन । मुम्बइ क्रिकेट एसाेसियसनका दुइ महिला क्रिकेटर निर्मला शाही र निधी बुलेले डिसिएकाे टीम जाेइन गरेका छन । निर्मलाले यस अघि क्षेत्र नम्बर ९ बाट खेलेकाे भएपनि निधी भने सवै क्षेत्रका लागि सप्राइज हुनेछन । दुवै खेलाडी डिसिएका मुख्य हतियार हुन र यी दुवैबाट डिसिएले ठुलाे अाशा लिएकाे छ ।


Wednesday, 27 May 2015

मेरो डायरी – १४ (हरी एक्सप्रेस भाग २)

मिती ः २०७२ जेठ १४ गते । 

हरी एक्सप्रेसको दोस्रो अंक आज उनीहरुको विहे भएको ठिक एक महिना पछि कोर्देै छु, सायाँ । एक महिना पछि बल्ल आज मेरो डायरीको १४ औ अंक तथा हरी एक्सप्रेसको भाग २ लेख्ने प्रयास गर्दछौ । अघिल्लो अंक लेखे पश्चात लाईफ थोरै विजी विजी रह्यो सायाँ, त्यही भएर केही ढिलो गरि यो अंक लेख्दैछौ ।

विजी सेडुल

बिचमा एनसिए डिसिए क्रिकेट सिरिज चल्यो, जसको सम्पुर्ण जिम्मेवारी मेरै काधँमा । धनगढी क्रिकेट एकेडेमीको म्यानेजर पद सम्हाले  देखि यो मेरो पहिलो ठुलो टुर्नामेन्ट थियो । जसलाई सफल पार्नु मेरो दायित्व थियो र आशा छ त्यस्तै भयो पनि । पाँच दिनको टुर्नामेन्ट सकुन्जेल कहिल्यै खाना टाईममा खान पाईएन, विहानै घरबाट निस्कियो अनि सुरु हुन्थ्यो सम्पुर्ण कुराहरुको व्यवस्थापन । आवश्यक कुराहरुको व्यवस्थापन गर्दा गर्दै दिन ढलेको थाहै हुदैन थियो । मैदान, खेलाडी, बजार, टेक्निकल लगाएत सम्पुर्णलाई एकै समयमा हेर्नुपर्ने, त्यसमाथि अझ त्यस्तो चर्को घाम । झण्ड जसो तसो टुर्नामेन्ट सकियो । ढुक्क भईयो । केही भएपनि फुर्सद मिलेको छ अहिले, खैर छोड यो सवै कुरा ।
अब फर्कउँ यो डायरीको मुख्य विषयबस्तु तिर । अघिल्लो डायरीमा हरी एक्सप्रेसको पहिलो भागमा हरीको विहेको कहानी, हामी उसको घरसम्म पुगेर रोकिएको थियो । यस डायरीमा उसको विहेको रोमाञ्चकता मुख्य विषयबस्तु हुनेछ । त्यस अघि यहि बैशाख २४ गते हाम्री अर्की साथी सुशिला भट्टको पनि विहे सम्पन्न भएको छ । उनीलाई पनि वैवाहिक जिवनको धेरै धेरै शुभकामना । उई अलवेज मिस यु सुशि ।



हरीको विहेको अघिल्लो साझँ नै हामी हरीको घर पुगिसकेका थियो । साथीहरुको तर्फबाट हाम्रो जम्बो टोली नै थियो । टोलीमा थिए मिन, जित सर, शुशिला, रेखा, लक्ष्मी,  सुनिता बहिनी र सुमन दाईपनि । विहेको साझँ केही बेर भएपनि हामीले नाचँगान गरौ, हल्का रमाईलो भयो । झण्डै १२ बजेतिर बल्ल निद्रा लागे जस्तो हुदै थियो । त्यो साझँ तिमीलाई मैले शुशि दिदिसँग चिनजान गराएको थिए, याद छ नि सायाँ । कत्तिबेर तिमी र शुशिसँग कुरा भाको थियो है । तिमी बोल्न केही अप्ठारो मान्दै थियौ रे । शुशि दिदि भन्दै हुनुहुन्थ्यो, मानौ पनि किन नाई जब की पहिलो पल्ट कुनै अन्जान व्यक्तिसँग तिमीलाई एक्कासी कुरा गर्न फोन सुम्पिएको थिए मैले ।

अर्को विहान सवेरै उठे साया, विहेको दिन तयार हुनुपर्यो । केही बेर विहेको गाडी श्रृंगारौ । मिन विहानै उठेर धनगढी हानिएको थियो । ९ बजेतिर बल्ल जन्ति हिड्ने तयारी भयो । हामी बसमा बस्यौं, बस ओभरप्याक थियो । खट्टा राख्ने ठाउँ थिएन । यति कम उमेरमा हरीले कत्ति धेरै साथीभाई र आफन्त कमाएको रहेछ भन्ने कुराको संकेत पनि थियो त्यो । जाने बेला १ घण्टा बढी आफन्त र साथिभाईको नाचे होलान । बल्ल १० बजे हाईवे पुगियो र त्यहाँबाट बल्ल गाढी अगाढी बढ्यो ।
अत्तरियामा मैले जानकी दिदि र भान्जालाई रिसिभ गर्नुपर्ने थियो । हरीको बिहेमा जाने भनेर उनीहरु अत्तरियामा हामीलाई कुरेर
बसेका थिए । अत्तरिया पुगेपछि दिदिलाई गाढीमा बसाए र म गाढीबाट ओर्लिए । शुशि र मिन बाईकमा आउँदि थिए । शुशिको बिहेको तयारी गर्नुपर्ने भएकाले उ विहेमा जान नभ्याउने भएकाले उसलाई धनगढी छोड्न मिन गयो भने म अत्तरियामा मिनलाई कुरेर बसे । झण्डै आधा घण्टा पछि मिन फर्कियो । त्यतिञ्जेल तिमीसँग फोनमा बात गर्दै समय कटाए सायाँ । मिन फर्किएसँगै हामी पनि बेहुलीको घर तिर हानियौ । तर घर कुन ठाउँमा हो हामीलाई केही थाहा थिएन । बाटोभरि अनेकन गफ गर्दे मिन र म झलारी अगाढी पुगेपछि भुपेशहरु हाम्रो पछाडी बाईक लिएर आए र हामी उनीहरुको बाईकको पछाडी लाग्यौ ।

तिनीहरुको बाईक ओभरस्पीडमा भएका कारण तिनीहरु हामी भन्दा धेरै अगाढी निस्किए, हामी फेरी एक्लै भयौ कता जाने केही थाहा थिएन । गड्डा चौकी हो भन्ने सुनेकाले हामीले बाईक उतै तिर मोड्यौ ठिक गड्डाचौकी पुगेपछि पछाडीबाट ट्याक्सी आयो र ट्याक्सीमा सवार थिए जन्तिहरु हामीले चिनेको अनुहार थियो पुष्प भाईको ।

उनीहरुलाई पनि बाटो थाहा नरहेछ उनीहरु हामीलाई सोध्दै थिए, कुन बाटो जाने हो भनेर । हिड्दै जादाँ फेरी भुपेशहरु हाम्रो पछाडीबाट टुप्लुक्क आएँ र उनीहरुले त्यहीबाट अगाढी जान सुझाएपछि हामी पनि त्यहीबाटो अघि बढ्यौ । केही बेरमा नाच्दै बेहुलीको घर पुग्यौ ।

विहेको औपचारिक कार्यक्रम सुरु भयो । हामीलाई भने वेहुली हेर्ने हतारो थियो । आज कै दिन देखि वेहुलीसँगको सम्बन्धमा पनि परिवर्तन आउँदै थियो । सधै मिस भनेर सम्बोधन गर्ने हामीहरु आज कै दिनबाट भाउजु भन्ने शब्दले सम्बोधन गर्ने भएका थियौ ।

विहेको औपचारिकता सकिएसँगै विहे साझँ ८ बजे पछि मात्र बनबेहडा पुग्यो । काम विशेषले दिउँसै धनगढी फर्किएको म, सुमन दाईलाई लिएर बिहे बनवेहडा पुग्नु अगावै वेहुलाको घर पुगि सकेका थियौ ।

हामी घर पुग्दा केही बहिनीहरु बेहुला र बेहुलीको कोठा सजाईरहेका थिए । हामीले पनि केही सजाउनमा सहयोग गरौ । साझँ विहे पुग्यो । केही वेर नाचगान गरौ, रमायौ । धेरै दिन पछि मैले विहेका केही तस्बिरहरु पाएको थिए । ति तस्वीरहरु यस डायरी मार्फत तिमीलाई देखाउने प्रयास गर्दैछु ।

  क्रमश .........
यज्ञराज जोशी “सुमन”

Wednesday, 6 May 2015

मेरो डायरी – १३ (हरी एक्सप्रेस भाग १)

मिती ः २०७२ बैशाख २२ गते ।
(आत्मिय मित्र हरीलाई दाम्पत्य जीवनको धेरै धेरै शुभकामना, सायाँ र सुमनको तर्फबाट)


झण्डै २ हप्ताको अन्तराल पछि मेरो डायरीको नयाँ अंक कोर्दैछु, सायाँ । तिमीलाई लाग्दो हो मैले डायरी लेखन छोडेकी भनेर तर त्यसो हैन, सायाँ । भुकम्पले देशलाई छेदविछेद बनाएको अवस्थामा मैले पनि मेरो कलमलाई तमाम भुकम्प पिडित नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा समर्पित गरेको थिए । देश नै ठप्प रहेका वेला मेरो कलम कसरी चल्न सक्थ्यो र ? यो अवधीमा धेरै थोरै विजी पनि भईयो सायाँ । केही महत्वपुर्ण कामहरु भए, धनगढी क्रिकेट एकेडेमीका व्यवस्थापकको जिम्मेवारी सम्हालेसँगै धनगढीमा चितवनको क्रिकेट टिम आयो, केही दिन उनीहरुको व्यवस्थापनमा खटिए, सँगसँगै धनगढी क्रिकेट लिग भाग २ को फाईनल खेल र समापन समारोहले क्रिकेटमा विजी बनायो ।
त्यस्तै यसै अवधीमा एउटा महत्वपुर्ण कार्यमा सहभागी हुने मौका मिल्यो । आत्मिय साथि हरि जोशीको बैवाहिक कार्यक्रम यही बैशाख १४ गते सम्पन्न भएको कुरा तिमीलाई अवगत नै छ सायाँ । तिमी व्यक्तिगत कारणले उसको विहेमा सामेल हुन सकिनौ तर मसँग भएका साथिहरुले कतिवेला पनि तिम्रो कमी महशुस हुन दिएनन । अझै तिमी त हरपल फोन मै उपलब्ध भएपछि तिमीबाट टाढा हुदाँका ति २ दिन काट्न त्यती अप्ठारो परेन सायाँ ।

लक्की मिन र जित सर 

भुकम्प अाएकाे वेला हामी बजारमै थियाै, मैले सुमन दाइकाे फाेटाे खिच्न भ्याएछु ।
विवाहका लागि भनेर मिन र जित सर काठमाण्डौबाट १२ गते विहान ९ बजेतिर धनगढी पुगेको थियो । त्यही दिन १२ बजे नेपालमा विनासकारी भुकम्प गयो । हजारौले ज्यान गुमाए, हजारौ घाईते भए, लाखौ घरबार विहिन भए । तर मिन र जित सर लक्की रहेछन । त्यस विहान म चितवन र धनगढीको म्याचको तयारी गर्दै थिए । विहान दुवै टिमलाई टस गराएर म्याच आरम्भ गराई म मैदानबाट बाहिर निस्किए, त्यतिवेला सम्म मलाई भेट्न भनि मिन अनि सुमन दाई पनि मैदान पुग्नु भएको थियो । मैदानबाट मिन, सुमन दाई र म एभरेष्ट बैक तिर लाग्यौ बैकमा मेरो थोरै काम थियो । बैकमा जित सर नि पुग्नु भयो, बैकको काम सकायर हामी चारै जना बैकको अगाढी उभिएका थियौ । जित सरले एक्कासी जमिन हल्लिएको थाहा पाउनु भएछ, र उहाँले सुरुमा हामीलाई भुकम्प आएको बारे जानकारी गराउनु भयो । लगत्तै विजुलीका तारहरु जोर जोरले हल्लिन थाले । अनि मान्छेहरु सवै घर पसलबाट बाहिर रोडमा हल्ला गर्दै निस्कन थाले । मैले मोबाईल निकालेर त्यो पलको फोटोहरु क्यामरामा कैद गर्ने कोसिस गरेको थिए । भुकम्प कति ठुलो गएको हामीलाई केही थाहा थिएन ।

पछि घर आउँदा मात्र थाहा भयो त्यो त ७.९ रेक्टर स्केलको विनाशकारी निर्दयी भुकम्प पो रहेछ । जसले वस्तीहरु उजाड गरिदियो, मानिसहरुलाई बेघर बनाईदियो ।

मिन र जीत सर त्यही साझँ नै विवाहको घर प्रस्थान गरे । मेरो भने चितवनको टिमको व्यवस्थापन गर्नुपर्ने भएकाले कहिले जाने केही टुंगो थिएन । १३ गते विहानको म्याच सकाएर ४ बजेतिर मात्र केही फुर्सद मिल्यो र त्यही टाईममा विहेमा बनबेहडा जाने सोच बनाए । बनबेहडा जानलाई मसँग अरु केही साथिहरु पनि थिए, उनीहरुलाई फोन गरे र तयार हुन भने । त्यति नै वेला मिनको फोन आयो, मिन र जित सर पनि बनवेहडाबाट फर्किएका रहेछन, उनीहरु १४ गते विहानै यहाँबाट जाने तयारीमा आएका रहेछन, तर मैले उनीहरुलाई पनि आजै साझ फर्कनु पर्छ भन्दै त्यही साझँ हाम्रो टोलीमा हिडाए । उता चौराहामा सुशि र रेखा १ घण्टा भन्दा बढी समय हामीलाई पर्खिरहेका थिए । उनीहरु घरीघरी फोन गरेर कतिवेला पुग्ने हो भनेर सोधिरहन्थे । म घरबाट २ जना बहिनीहरुसँगै निस्किए ।
शुशि र रेखाको एकघण्टाको पर्खाई हामी त्यहाँ पुगेसँगै सकियो । हामी हतार नगरी बसमा चडौ, मिनको थोरै काम भएकाले उ र जित सर केही छिनको गाडीमा आउने भए । म, शुशि रेखा, र मेरा दुई जना बहिनीहरुले लाईन लागेका बसहरु मध्ये सवैभन्दा छिटो हिड्ला भनेर अगाढीको बसमा बस्यौ, र पाँच जनालाई ठिक्क हुने भएकाले पछाडीको सिटमा गयौ । सुरुमा ती बहिनीहरु रेखा र शुशिसँग अपरिचित थिए, मैले परिचयमा केही सहजता ल्याईदिएसँगै उनीहरु एक अर्कासँग छिटै घुलमिल पनि भए ।

 हाम्रो साथिहरुको एउटा खासियत भनेकै यही भन्नु पर्छ कि उनीहरु जो सुकैसँग पनि चाडै घुलमिल हुनसक्ने क्षमता राख्दछन । छिट्टो हिड्दा भनेर अगाडीको बसमा चडेको त उक्त बसले झन बढी टाईम लाग्यो बसमा बसेको झण्डै २० मिनेटसम्म पनि उक्त बस हिड्ने कुनै छाटकाटँ थिएन । गर्मीमा साथिहरु बस भित्र उकुसमुकुस परिसकेका थिए, साथिहरुको बसप्रतिको आक्रोश उनीहरुको कुरा गराईमा र हाउँभाउँमा स्पष्ट देख्न सकिन्थ्यो ।
हामी बसेकै सिट नजिकै आईसक्रिम भन्दै एउटा आईसक्रिम बेच्नवाला करायो, र हामी आईसक्रिम नखाई बस्न सकेनौ । आईसक्रिम लिएसँगै बसपनि बल्ल अगाढी बढ्यो । हाम्रो मन पनि गाडीको गतिसँगै हरिलाई भेट्न  तिव्र गतिमा बढिरहेको थियो ।
झण्डै १ घण्टाको बस यात्रापछि बनवेहडा पुग्यौ, बाटो भरिका केही, उत्साह, केही रमाईलो, केही पुराना कुरा, शुशिको विहेको कुरा, रेखाको हासो साच्चै क्या रमाईलो थियो सायाँ । आखिर साथिको महत्व जिवनमा  कति हुन्छ उनीहरुले केही छिन मै पुष्टि गरिदिएका थिए । त्यो अवधीमा उनीहरुले कति खेर पनि टेन्शन महशुस हुन दिएनन, हरपल मुहारमा खुशी नै रह्यो ।

बसबाट झरेपछि केही समय हिडेर हरिको घरपुग्नु पर्ने हामी पाँचै जना हिड्न  तयार भयौ । बाटो भरि रमाईलो गर्दै घर पुग्यौ । हरी पुजामा व्यस्त थियो, हामी कोठामा केही छिन थकान मार्दै थियौ । बहिनीहरुले मिठो पानी ख्याउनु भयो, पुजाबाट उठेर हरि भेटन आयो ।
साझँ हामी भोलीको विहेको तयारी गर्न तर्फ लाग्यौ, साझँतिर घरबाहिर गाना बज्न थालेछ, गितको आवाजले हामीलाई पनि नाच्न बाध्य बनायो । हामी सवै बाहिर निस्किएर नाचौ, दुलाहालाई नचायाँै । एकैछिनमा देउडा सुरुभयो, म भने मज्जाले त्यसको आनन्द उठाउन थाले ।

(बैवाहिक दिनको सम्पुर्ण कथा हरी एक्सप्रेसको अर्को अंकमा प्रकाशित हुनेछ) क्रमश .........
यज्ञराज जोशी “सुमन”

Wednesday, 22 April 2015

मेरो डायरी – १२ (जन्मदिन विशेष)

                                                                                         मिती : २०७२ बैशाख ९ गते । 

फेसबुकमा एकाउन्ट खोले देखि पहिलो पल्ट मलाई यति धेरैले मायाँ गर्नु हुदोँ रै छ भन्ने कुराको आभास हुदैँछ, आज सायाँ । बैशाख ९ गते अर्थात मेरो जन्मदिनमा धेरैले फेसबुक, कतिले म्यासेज अनि कल गरेर शुभकामना दिनुभएको छ । धेरै चिनजानका, केही नचिनेका तथा कोहीबाट अपेक्षा नगरेकाहरुले पनि जन्मदिनको शुभकामना दिनुभएको छ । मेरो जन्मदिनको शुभकामना दिनुहुने सवैलाई धेरै धेरै धन्यवाद ।

जन्मदिन हरेकका लागि बिशेष हुने गर्दछ, अझ यो बिशेष दिनमा विशेष मित्रहरुले गर्नुभएको उईसले त झन खुशी थपी दिदो रहेछ । धेरैले शुभकामना दिईरहदाँ आफ्ना जिग्रीहरुले उईस गर्दा त झन डबल खुशी पो भईदो रहेछ त, अरुले उईस गरिरहेको अवस्थामा पनि उनीहरुले कति खेर उईस गर्छन भनेर एक किसिमको पखाई नै हुदोँ रहेछ । मलाई अझै याद छ, मेरो अघिल्लो बर्थ डे मैले घर मै सवै जिग्रीहरुका साथ धुमधामले मनाएको थिए । तर यो बर्ष सवै आ आफ्नो काममा व्यस्त भएकाले त्यो सम्भव भएन, सवैले फरक फरक तरिकाले शुभकामना दिए । मेरा साथिहरुले कसरी शुभकामना दिए तिमीपनि थाहा पाउँ है त सायाँ ।
सुमन, मिन, शुशि, रेखा, म, नृप, अनि हरी
निद्रा खुल्दा विहान सवैभन्दा पहिलो मोबाईलमा म्यासेज भान्जीको थियो, उनले हाप्पी बर्थडे मामा लेखेर पठाएकी थिईन । यो त निती जस्तै भैसकेको छ, जहिले नि मेरा भान्जीहरुले विहानै मलाई म्यासेज गरेका हुन्छन । अनि उनीहरुलाई केक काट्न हतार हुन्छ, भन्छन मामाँ हामीलाई लिन कति खेर आउनुहुन्छ । गतवर्ष त उनीहरुको अनुरोधमा हल्का बर्थडे मनाएको थिए तर यो बर्ष त्यो सम्भब भएन । थ्यांकु भेरी मच भान्जी । त्यस लगत्तै मानमतिको म्यासेज आयो, अनि लेखपालको अनि तारा जि को । तिनवटैलाई धेरै धेरै धन्यवाद ।
भान्जीहरू प्रेरणा र प्रकृतीका साथमा म 
भान्जीको शुभकामना त विहान मात्रै थियो, सायाँ तर तिमीले साझँ १२ बज्न नपाउँदै उईस गरेकी थियौ । अघिल्लो दिन ११ बजे नै उईस गरेर तिमीले भन्यौ, अरुले मेरो भन्दा अगाढी उईस गर्न नपाउन भनेर १ घण्टा अगाढी नै उईस गरेको । तर म कहाँ मान्ने वाला थिए र त्यो कुरालाई । मैले नमान्ने बताएपछि तिमीलाई फेरी १२ बजे दास्रो पल्ट उईस गर्न बाध्यता पर्यो है । अर्को दिन दुवै मिलेर सँगै बर्थडे मनाउने बिचार थियो हाम्रो तर तिम्रो एक्जाम अनि ज्यानलाई पनि केही सञ्चो हुन नसकेकाले म आउन असमर्थ रहेको जानकारी तिमीले विहान म्यासेजबाट दियौ । मैले पनि एक्जाम राम्रोसँग दिनु अनि ज्यानलाई चाडो सञ्चो होस भने ।

सुमन दाईको के कुरा गर्नु, सायँद उहाँलाई एनजिओका डलर छाप्न फुर्सद भए पो मेरो बर्थडेको सम्झना हुन्थ्यो । मेरा जिग्रीहरुमा सवैभन्दा पाको मान्छे उहाँ तर खै उहाँले कसरी विर्सनु भयो मेरो बर्थडे । हुन त उहाँ  फिल्डमा हसुलिया जानुभएको छ, एकदिन अगाढी मात्र फोनमा कुरा हुदाँ कामको चाप अत्याधिक रहेको भन्दै हुनुहुन्थ्यो, सायद कामको चापले मेरो बर्थ डे को सम्झना आएन छ, उहाँलाई । हामी साथि भएको ६ बर्ष भन्दा बढी भैसकेको छ, उहाँले सायदै मेरा यस अघिका बर्थ डे हरु मिस गर्नु भएको छ होला ।

हरी, हरीको बारेमा के भनुँ सायाँ तिमीलाई । उसको त कुनै अत्योपत्यो नै छैन । उसलाई मेरो बर्थ डे आज हो भन्ने पनि थाहा नभएको हैन । अघिल्लो दिन पनि हामीसँगै थियौ । तर पनि साझँसम्म न उसको म्यासेज, न कल । बडा अचम्म छ बा, जसको प्रत्यक्ष सम्बन्ध अरुभन्दा बढी छ, जो नजिकै छ, जसलाई सवै थाहा छ, उ नै टाढा भर्ईदियो त, सायँद आउँदो १४ गते उसको बिवाह हुदैँ त, त्यसको तामझाममा व्यस्त भयो होला केटो ।
हरीकी हुनै लागेकी नयाँ दुलही उर्मी एक अर्थमा साथी नै हुन सायाँ, उनलाई पनि विवाहको तयारी गर्न भन्दा अरु कहाँ फुर्सद थियो होला त, ११ बजे तिर बल्ल फेसबुकमा उईस गर्ने फुर्सद पाईछिन अनि १ बजे तिर मोबाईलमा मिसकल आएको देखेथे ।

मिनको कहानी वेग्लै छ , दिउँसो १ बजेर ४८ मिनेटमा मिनको पहिलो मिसकल, अनि लगत्तै दोस्रो मिसकल, फेरी एकछिनको ब्रेक अनि १.५५ मा पुनः अर्को मिसकल । सायँद मिसकल गर्दा आफै उईस हुन्छ ठानेछ क्यारे त्यसले मिसकल बाहेक कल गरेर उईस गर्ने फुर्सद कहाँ उसलाई । मैले नि कल फर्काएन । मेरो बर्थ डे मा मैलै फोन गर्नुको औचित्य कहाँ रह्यो र ? केही समय अगाढी फेसबुकमा उसले म्यासेज गरेको रै छ । साझँ फेरी मिसकल दियो त्यसले, अनि मैले फोन फर्काए, एकछिन थर्काए, अनि मैले फेसबुकमा म्यासेज त गरेकै हु नि भनेर टार्यो ।

अब शुशिको कहानी सुन तिमी । शुशिले आज सम्मका मेरा हरेक बर्थ डे साझँ १२ बज्न नपाई उईस गरेकी छिन । तर त्यो क्रम यहाँ दोहोरिएन । उनले १२ त बजाईन तर दिउँसोको । दिउँसो १२.२४ मा शुशिको कल, मलाई एकछिन त फोन उठाउन मन लागेन अनि मिसकलमा सिमित रह्यो । फेरी दिउँसो १ बजे कल गरिन यो चोटी फोन उठाए । अघिल्लो दिन साथिको विहेमा व्यस्त भएकाले साझँ कल गर्न नपाएको बताउँदै थिईन उनी । यतिवेला म अलि व्यस्त थिएँ, उनीसँग धेरै कुरा हुन पाएँन ।

निर्पको कहानी छुट्टै छ, विहान १० बजेतिर फोन गरेर उ भन्दै थियो म त कस्तो विर्सेको अंकल यार । विहान फेसबुकमा हेरेर थाहा पाएँ । उसले फोन गर्नुभन्दा पहिले मलाई फेसबुक मार्फत उईस गरिसकेको थियो । उसले फोन गर्दा म बजार थिए, हल्का उसँग सेलिब्रेसन सोचेर उसलाई कैलाली पुल नजिक बोलाए, उ आफु कारखानामा रहेको र केही छिन मै आउने बताउँदै थियो । तर म आधा घण्टा कुर्दा पनि उ आएन र म विस्तारै घरतिर लम्के ।

प्रवेशलाई उल्टै मैले सम्झाउनु पर्यो, उईस गर्ने चलन त विर्सी सक्या जस्तो छ नि भनेर । अनि उ भन्दै थियो, सरी डियर मैले त आज ८ गते सम्भि रा को । उसले आठ गते सम्झे पनि फेसबुकमा त्यत्रो विधीले उईस गरेको चाही उसले देखेन होला त । बाहना पनि कस्तो बनाउँछन यार साथिहरु ।

विकास र चारुको के कुरा गर्नु अब, आफै थाहा पाउँन ।

माथिका सवै कुरा कुनै चित्त दुखाईले लेखेको हैन, साथिहरु । मलाई थाहा छ, तपाई सम्पुर्ण आ आफ्नो काममा व्यस्त हुनुहुन्छ, सुमन दाई फिल्डमा हुनुहुन्छ, हरी र उर्मीको यही १४ गते विवाह हुदैँ छ, मिन, चारु काठमाण्डौमा अध्ययनमै व्यस्त छ, निर्प, विकास आ आफ्नै कारखानामा विजी हुनुहुन्छ । अघिल्ला बर्षका  प्रसंगहरू फरक थिए । हामी सवैसँग खाली टाईम थियो र हामी एक ठाउँमा जमघट गरेर स साना कुराको सेलिब्रेसन गरेर मनाउथ्यौँ तर अब हामीलाई एक ठाउँमा जम्मा हुन पनि धेरै कुराले साथ दिनुपर्छ नत्र थोरै मात्र सम्भावना रहन्छ, त्यही कुरालाई ध्यानमा राखेर मैले शब्दहरुका माध्यमबाट सवै साथिहरुलाई मेरो डायरी को ११ औ अंकमा समेट्न खोजेको छु । डायरी लामो बन्दै गरेकाले सवै साथिहरुलाई डायरीमा अटाउन सम्भव देखिन, अन्त्यमा मलाई शुभकामना दिने सम्पुर्णलाई फेरी एकपटक हृदय देखि नै धन्यवाद दिन चाहान्छु ।

                                                                                                              क्रमश .........
यज्ञराज जोशी “सुमन”


Saturday, 4 April 2015

काठमाण्डौ डायरी – १

मिती : २०७१ चैत्र २० गते
धेरै अघि देखि मेरो डायरी लेखन प्रक्रिया अवरुद्ध हुदैँ आएको थियो । कहिल्यै कार्यव्यस्तताले त कहिलै हेलचक्राईले मैले डायरी लेखन प्रक्रियालाई कहिल्यै पुर्णता दिन पाईन । आज फेरी उनले मलाई डायरी लेखनका लागी प्रेरित गरेसँगै अवरुद्ध रहेको मेरो डायरी यात्राले गति लिने विश्वास गरेको छु । दुई दिनमै कसैले, कसैलाई, कसरी नजिक बनाउँन सक्छ ? अझ भन्यौ छोटो सम्पर्क मै उनीसँग भएका प्रत्येक आत्मिय कुराहरुलाई लामो समयसम्म जीवन्त राख्न यो डायरीको मदत लिदैछु ।
डायरी लेखन यात्रालाई अघि बढाउनुको पहिलो कारण उनीसँगका भलाकुसारीलाई नै जीवन्त पार्ने कोसिस गर्नु हो । त्यससँगै धनगढीबाट काठमाण्डौ तर्फ सरेको मेरो बसाई पनि यस डायरीको मुख्य विषय बन्नेछ । स्नातकोत्तर अध्ययनका लागि कंक्रिटको शहर काठमाण्डौले आजैका दिन देखि मेरो उपस्थितीको आभास पाईसकेको छ र मैले काठमाण्डौको प्रत्यक्ष भोगाई तथा घरपरिवारबाट टाढा भएर बस्नुपर्दाका तिता मिठा अनुभवहरुलाई यसैमा समेट्ने प्रयास गर्नेछु । विरानो शहरमा थुप्रै परिचित अनुहारहरुले कतिको साथ अनि सहयोग गर्नेछन, डायरी मार्फत पस्कने प्रयास गर्नेछु ।
अनि मेरो बानी ब्यवहार पनि थोरै अजिव किसिमको छ । हरेक परिस्थितीमा मेरो मनमा अनेकन कुराहरु खेलिरहेका हुन्छन । प्रत्येक कुराहरुले परिस्थितीलाई सहज बनाउने प्रयत्न गरिरहेको हुन्छन तर मेरो कमजोरी भन्नुपर्छ, म मनमा भएका ति कुराहरुलाई खुलस्त रुपमा राख्न सक्दिन र कतिपय समयमा राख्ने मौका पनि मिल्दैन तर अब त्यस कुराको हल पनि मेरो यो डायरीले दिनेछ । प्रत्येक परिस्थितीमा मेरा मनमा आएका कुराहरु म यस डायरी मार्फत खुलस्त रुपमा मैले सवैसामु राख्न सकु भनेर आजबाट डायरी लेखनका श्रृखंलाहरु सुरुवात गर्दैछु ।
क्रमश .......................
कृपया डायरी लेखनमा के के कुरा समेट्दा उचित होला तपाईहरुका सुझाव चाहान्छु ।

यज्ञराज जोशी “सुमन”
हाल : बानेश्वर, काठमाण्डौ

Monday, 5 January 2015

होटल डिभोटी एसपीए कप २० १५ को खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा काठमाण्डौ र डडेल्धुरा भिड्ने

यज्ञराज जोशी
धनगढी, पौष २१ गते
बहुप्रतिक्षित देशकै सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता द होटल डिभोटी एसपीए कप क्रिकेट प्रतियोगिताको चौथो संस्करण २)१५ को खेल तालिका सोमबार सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा माघ १६ गते साबिक विजेता पेन्टागन ईन्टरनेशनल कलेज काठमाण्डौ र महेन्द्र नमुना उच्च मावि भिड्ने भएका छन ।
तालिका अनुसार माघ १७ गते विहान जेभिएर ईन्टरनेशनल कलेज काठमाण्डौ र सनराईज उच्च मावि कञ्चनपुर, दिउँसो न्यु होराईजन कलेज बुटवल तथा कैलाली बहुमुखी क्याम्पस कैलाली विच प्रतिस्पर्धा हुने भएको छ ।
माघ १८ गते विहान दुर्गालक्ष्मी बहुमुखी क्याम्पस कैलाली र केएफए कलेज बिराटनगर तथा दिउँसो होलील्याण्ड उच्च मावि नेपालगञ्ज र टीकापुर बहुमुखी क्याम्पस कैलाली बिच खेल हुने भएको छ ।
त्यस्तै माघ १( गते बिहान गोल्डनगेट ईन्टरनेशनल कलेज काठमाण्डौ र त्रिपुरा सुन्दरी क्याम्पस अछाम तथा दिउँसो सनसाईन कलेज भैरहवाका विरुद्ध सुदूरपश्चिमाञ्चल विश्व विद्यालय कञ्चनपुर विच खेल हुने भएको छ ।
र माघ २) गते आयोजक एसपीए विरुद्ध जगन्नाथ बहुमुखी क्याम्पस बैतडी मैदानमा उत्रने भएका छन ।
क्वाटरफाईनलका खेलहरु माघ २) गते देखि २२ गते सम्म सञ्चालन हुनेछन भने माघ २३ गते सेमीफाईनल खेलहरु हुने भएका छन ।
त्यस्तै प्रतियोगिताको फाईनल खेल माघ २४ गते हुने भएको छ ।
सवै खेलहरु अञ्चल प्रहरी कार्यालय सेतीको खेल मैदानमा हुने भएको छ ।
अधिकांश अन्तराष्ट्रिय खेलाडीहरु तथा विदेशी खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताको विजेताले रु ५ लाख नगद हात पार्नेछ भने उपविजेताले २ लाख नगद पाउनेछन ।