Saturday 4 April 2015

काठमाण्डौ डायरी – १

मिती : २०७१ चैत्र २० गते
धेरै अघि देखि मेरो डायरी लेखन प्रक्रिया अवरुद्ध हुदैँ आएको थियो । कहिल्यै कार्यव्यस्तताले त कहिलै हेलचक्राईले मैले डायरी लेखन प्रक्रियालाई कहिल्यै पुर्णता दिन पाईन । आज फेरी उनले मलाई डायरी लेखनका लागी प्रेरित गरेसँगै अवरुद्ध रहेको मेरो डायरी यात्राले गति लिने विश्वास गरेको छु । दुई दिनमै कसैले, कसैलाई, कसरी नजिक बनाउँन सक्छ ? अझ भन्यौ छोटो सम्पर्क मै उनीसँग भएका प्रत्येक आत्मिय कुराहरुलाई लामो समयसम्म जीवन्त राख्न यो डायरीको मदत लिदैछु ।
डायरी लेखन यात्रालाई अघि बढाउनुको पहिलो कारण उनीसँगका भलाकुसारीलाई नै जीवन्त पार्ने कोसिस गर्नु हो । त्यससँगै धनगढीबाट काठमाण्डौ तर्फ सरेको मेरो बसाई पनि यस डायरीको मुख्य विषय बन्नेछ । स्नातकोत्तर अध्ययनका लागि कंक्रिटको शहर काठमाण्डौले आजैका दिन देखि मेरो उपस्थितीको आभास पाईसकेको छ र मैले काठमाण्डौको प्रत्यक्ष भोगाई तथा घरपरिवारबाट टाढा भएर बस्नुपर्दाका तिता मिठा अनुभवहरुलाई यसैमा समेट्ने प्रयास गर्नेछु । विरानो शहरमा थुप्रै परिचित अनुहारहरुले कतिको साथ अनि सहयोग गर्नेछन, डायरी मार्फत पस्कने प्रयास गर्नेछु ।
अनि मेरो बानी ब्यवहार पनि थोरै अजिव किसिमको छ । हरेक परिस्थितीमा मेरो मनमा अनेकन कुराहरु खेलिरहेका हुन्छन । प्रत्येक कुराहरुले परिस्थितीलाई सहज बनाउने प्रयत्न गरिरहेको हुन्छन तर मेरो कमजोरी भन्नुपर्छ, म मनमा भएका ति कुराहरुलाई खुलस्त रुपमा राख्न सक्दिन र कतिपय समयमा राख्ने मौका पनि मिल्दैन तर अब त्यस कुराको हल पनि मेरो यो डायरीले दिनेछ । प्रत्येक परिस्थितीमा मेरा मनमा आएका कुराहरु म यस डायरी मार्फत खुलस्त रुपमा मैले सवैसामु राख्न सकु भनेर आजबाट डायरी लेखनका श्रृखंलाहरु सुरुवात गर्दैछु ।
क्रमश .......................
कृपया डायरी लेखनमा के के कुरा समेट्दा उचित होला तपाईहरुका सुझाव चाहान्छु ।

यज्ञराज जोशी “सुमन”
हाल : बानेश्वर, काठमाण्डौ

No comments:

Post a Comment