Monday, 5 January 2015

होटल डिभोटी एसपीए कप २० १५ को खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा काठमाण्डौ र डडेल्धुरा भिड्ने

यज्ञराज जोशी
धनगढी, पौष २१ गते
बहुप्रतिक्षित देशकै सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता द होटल डिभोटी एसपीए कप क्रिकेट प्रतियोगिताको चौथो संस्करण २)१५ को खेल तालिका सोमबार सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा माघ १६ गते साबिक विजेता पेन्टागन ईन्टरनेशनल कलेज काठमाण्डौ र महेन्द्र नमुना उच्च मावि भिड्ने भएका छन ।
तालिका अनुसार माघ १७ गते विहान जेभिएर ईन्टरनेशनल कलेज काठमाण्डौ र सनराईज उच्च मावि कञ्चनपुर, दिउँसो न्यु होराईजन कलेज बुटवल तथा कैलाली बहुमुखी क्याम्पस कैलाली विच प्रतिस्पर्धा हुने भएको छ ।
माघ १८ गते विहान दुर्गालक्ष्मी बहुमुखी क्याम्पस कैलाली र केएफए कलेज बिराटनगर तथा दिउँसो होलील्याण्ड उच्च मावि नेपालगञ्ज र टीकापुर बहुमुखी क्याम्पस कैलाली बिच खेल हुने भएको छ ।
त्यस्तै माघ १( गते बिहान गोल्डनगेट ईन्टरनेशनल कलेज काठमाण्डौ र त्रिपुरा सुन्दरी क्याम्पस अछाम तथा दिउँसो सनसाईन कलेज भैरहवाका विरुद्ध सुदूरपश्चिमाञ्चल विश्व विद्यालय कञ्चनपुर विच खेल हुने भएको छ ।
र माघ २) गते आयोजक एसपीए विरुद्ध जगन्नाथ बहुमुखी क्याम्पस बैतडी मैदानमा उत्रने भएका छन ।
क्वाटरफाईनलका खेलहरु माघ २) गते देखि २२ गते सम्म सञ्चालन हुनेछन भने माघ २३ गते सेमीफाईनल खेलहरु हुने भएका छन ।
त्यस्तै प्रतियोगिताको फाईनल खेल माघ २४ गते हुने भएको छ ।
सवै खेलहरु अञ्चल प्रहरी कार्यालय सेतीको खेल मैदानमा हुने भएको छ ।
अधिकांश अन्तराष्ट्रिय खेलाडीहरु तथा विदेशी खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताको विजेताले रु ५ लाख नगद हात पार्नेछ भने उपविजेताले २ लाख नगद पाउनेछन ।

Monday, 29 December 2014

महाभारतको सम्झनाः भुवो खेल एक चिनारी

किशोर खड्कासुदूरपश्चिम प्राकृतिक सम्पदा जस्तै कला संस्कृतिले पनि भरिपूर्ण स्थल हो । यहाँका चर्चित संस्कृति मध्ये डेउडा, भूवो, गौरा, माघे संक्रान्ति, चैते दशै, पुतला, छलिया, धमाली, हुड्क्यौली आदि हुन । यहाँ नेर चर्चा गर्न खोजिएको पक्ष भूवो जुन सुदूरपश्चिमको एक प्रमुख कला संस्कृति हो । यो चाड महाभारत युद्धमा पाण्डवका सैनिकहरुले कौरबसगँ धर्म युद्ध लडनु अघि गरिएको युद्ध अभ्याससगँ जस्ताको तस्तै उतारिएको प्रतिबिम्ब हो । आफनै लय र भाकामा पंचैवाजा गाजाका साथमा नाचिने हतियारधारी समुहको ठूलो सामुहिक खेललाई नै भूवो (भस्सा)े भनिन्छ ।

यो चाड पौष कृष्णपक्ष चतुर्दशिको राती देखि सुरु हुन्छ । चतुर्दशिको बिहान झिसमिसे उज्यालोमा प्रत्येक घरका किशोर, युवा, प्रौढ र बयस्यक सबै अनिबार्य रुपमा भुवाखाडोमा जम्मा हुन्छन् । त्यहाँबाट हातहातमा निगालोको राँको समातेर गाउँको मान्यजन (नाईक) बाट धुप दिप जलाएर पाण्डवको पुजा आराधना गरेर रांको जलाईन्छ । सबैले रांको जलाएर लावा लस्कर हुदै सुरुवातको दिन गाईने भस्सोको गीत गाउदै एकै भाका एकै स्वरमा अगाडि बढ्छन् । जस्तै ए, ए लाण्या भुवा, २० देखि ३० जनाको फौजले गाउँछन् अरु लस्करमा लागेका सबैले हात र खुटटाको चालमा आगोको राँको सल्काएर गाउँदै आफनै ताल र भाकामा गाउदै हिड्दा स्वर्गीय आनन्द आउँछ । टाढा टाढाका गाउँका मानिसहरु अध्यारो रातीमा झिल मिल हेरी आनन्दीत हुन्छन ।
भस्सो यतिमा मात्रै सिमित छैन रांको सल्काउदै गाउँदै डेढ किलो मिटर जती टाढा लगेर फालिन्छ र त्यहाँबाट फर्केर आउँदा ठ्याम्मै उज्यालो हुन्छ । फेरी गाउदै लावा लस्करका साथ भुवाखडोमा पुगिन्छ । भुवाखडोमा आगो हुन्छ, आगो तापेर नुवाई–धुवाई सर सफाई गरेर घरमा मिठो–मसिनो खाना बनेको हुन्छ खाना खाएर अनि आफना हतियारहरु ढाल तरवारलाई चम्किलो बनाउने काम गरिन्छ । ढाल कालोले पोतिन्छ भने तरवारलाई धारिलो र तम्कीला बनाईन्छ । चम्कीला तरवारहरु भस्सोको चाली भन्ने कवाज खेल्दा घाममा टलक्क टलक्क चम्किन्छन् । औसीको भोली पल्ट पनि लुगा कपडा धोएर हात हतियार सजाउने, टल्काउने काम हुन्छ । अनि द्धितिया तिथीको दिनमा ठूलै चाड मान्दछन्, छर छिमेकहरुले मिलेर आ–आफनो घरमा मीठा मीठा परिकारहरु पकाईन्छन र छर छिमेकमा बाडेर खाईन्छ ।
दिउसो १२ बजेतिरबाट सबै भुवाखडोमा गएर भुवाको रौनक शुरु हुन्छ । बाजा गाजाका साथ दमाहाले पनि अनेक बाजा बजाउछन, बाजा–गाजा, लस्कर हुदै औशी र प्रतिपदाका दिन चम्काएका ढाल तरवार बाजा गाजा भूवाको लय तालमा चम्कन शुरु हुन्छ । साच्चै भन्ने हो भने सुदूर पश्चिम पिछडिएको ठाउँ भएको कारणले यस चाडको प्रचार–प्रसार नभएको हो । यदि प्रचार–प्रसार गरिएमा जो सुकैले पनि एक पटक मात्र हेर्न पाएमा उसलाई सधै भरि हेर्ने मन हुन्छ, हेरु हेरु जस्तो लाग्छ । यो खेल अति नै रमाईलो र अचम्म लाग्दो खेल हो, जति रमाईलो छ त्यति नै यो खेल फरक फरक किसिमको छ । यसका बिभिन्न लय भाका छन । प्रत्येक दिनमा यो खेल फरक–फरक ताल र लयमा खेलिन्छ । चालि नै १४ किसिमका छन, बगाली ९ किसिमका छन । प्रत्येकले दाँया हातमा तरवार र बायाँ हातमा ढाल समातेर दौरा, लबेदा र सुरुवाल, स्टकोट, कालो टोपी, निधारमा ठूलो टिका लगाएर खेलेको देख्दा जो सुकैका आखाँ पनि लोभिन्छन । नयाँ–नयाँ हेर्ने मानिस त यो अति नै जोखिम खेल रहेछ भनेर चाली र बगाली खेलको दृष्य हेर्दा आखाँ नै चिम्लिन्छन । साच्चिकै लडाई हो कि कसले कसलाई हाने भन्ने नै थाहाँ हुदैन । तरवार र ढाल फनफनी घुम्छन । भस्सो चाड जति रमाईलो छ, त्यती नै लामो समय सम्म खेलीने चाड हो । यो चाड पौष शुक्ल पक्ष द्धित्तिया देखी चतुर्दशी सम्म खेलिन्छ ।
भखाडामा १, २ दिन खेलि सकेपछि गाउँ गाउँका मुख्य मानिस (नायक, गाउँमा बिभिन्न जाति भए प्रत्येक जातिको जेठो पटिको हाँगाको घरमा, त्यसै जिम्मावाल मुखिया, कर्मचारी, शिक्षक र अन्य मान्यजनको घरमा गई भूओ खेल्दछन् । त्यसै प्रकारले यो बर्ष तीर्थ गरेर फर्केका मानिसको भरमा, त्यो बर्ष जस्को घरमा छोरा जन्मेको छ, त्यसको घरमा गएर भस्सो खेल्छन । जसको घरमा भुओ खेलिन्छ, तयस घरको मूलिले चिउणा, फलफुल र पैशाहरु दिएर आर्शिवाद दिने चलन छ ।
लगभग १४ दिन सम्म खेलिने यो चाड अहिले संरक्षण र सामाजिक बिसंगतिका कारण लोप हुने सम्भावना धेरै छ । यो चाडमा बिना हतियार पनि नाचिन्छ । गाईन्छ, जसलाई भारी खेल भनिन्छ । टेउला, मेउला खेलिन्छ जसमा राग र सरका कुरा हुन्छन । जस्तै लामा गणा सिधा धणा, धारु भाले, गैरी गाउँकी रम्भा चेली जैसी कठै भनेर खेलिने खेलमा माया प्रेमको राग र सर हुन्छ । जैसुनमा खेलीने खेलामा ईतिहासका कुराहरु हुन्छन् । जस्तै बार बर्ष सिंगारु यै गोरो मुहरा । लफुलुफ्या सिंगारुय , झुपझुप्या केश, जैले जन्मे सिगांरुय उलै परदेश भनेर गाईने जैसुन खेलमा खड्का जातीको इतिहास लुकेको पाईन्छ भने भस्सोको समयमा खेलिने खेलमा ठाउँको बर्णन बिर जातिको बर्णन पनि पाईन्छ । जस्तै नेपालका उना कुना, वास्या तितरी, नैपाल नझान्या चेलो गर्बै तिबरी नैपालको गोरखा फौज क्या रनु रन्छ, क्या खानु खान्छ । नैपालको गोरखा फौज क्या धानु गर्छ ? गोरखा फौजसगँ कति फौज छ ? क्या हतियार छन ? गोरखा फौजका अघिमान्या (सेनापती) को छन ?, फौजका कति घोडचढि छन ? थापाकाजि, अघिमान्या, घोडचढी । यस्तै लामो फौजको बर्णन छ । मानिसलाई के गर्नु पर्छ के गर्नु हुदैन भन्ने कुरा पनि अर्ति जुक्तिका कुरा पनि यसै भस्सोको आधारमा अबुझ जनलाई चेतना फैलाउने काम हुन्छ । जस्तै बासी पानी नखानु, सन्यूतो (आलो) दाउरा नबाल्नु ।
भूवो बहु भाषीक, बहु सांस्कृतिक, बहु आयामिक चाड हो । यसमा अध्यात्मिक कुरा देखि बैज्ञानिक कुराहरुमा पनि समेटिएका छन् । यस चाडलाई जगेर्ना गर्नु भनेको पुरानो संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नु हो । यसर्थ यस चाडलाई संरक्षण र सम्बद्र्धन गर्नु हाम्रो दायित्व हुन आउँछ । साथसाथै यस चाडलाई संरक्षण र सम्बद्र्धन गर्न नेपाल सरकार, यहाँका बिद्धानहरु, इतिहासकारहरुको ध्यान केन्द्रित गर्न चाहन्छौ । जय भूवो (भस्सो) ।
हेमन्तवाडा निवासी रामलाल खड्कासँगको सल्लाहमा तयार पारिएको लेख
ज्यूनापुरी धारु भले
भूओ खेलमा वीरता, करुणा आदि बढी देखिन्छ भने चाली बगाली युद्ध अभ्यासको रुपमा लिईन्छ । ज्यूनापुरी धारु भलेमा केटा र केटीको प्रेमको प्रसंग आउँछ । यसमा लामो स्वर मिलाएर खेल्दछन् । यो खेलमा पनि बृत्ताकार रुपमा खडा हुन्छन् । एउटाले अर्काको पाखुरामा समातेर सबैको हात सिधा पार्छन । अर्थात आफनो दुबैतिरको मानिसको पाखुरामा सोझो पारेर समात्छन । यसमा बाजा बजाउनु पर्दैन । यसमा केटाको नाम साई राजा हुन्छ । केटीको नाम रम्भा चेली । केटा भैसी गोठालो, केटी गाईकी ग्वाली । केटाले भैसि खोएर काला पाल्त (जंगल) मा लिन्छ । केटीले गोरु लिएर गैरी तोली जान्छ । केटा अग्लो ढुंगामा बसेर बाँसुरी र केटीले बिनायो बजाउँछन । बाँसुरीको बोलीले केटीलाई तँलाई लिन्छु भन्छन, केटीले बिनायो बजाई तिमीसँग जान्छु भन्छिन् । सबै ग्वाला मिलेर आधा जन्ती, आधा बरियाती हुने सल्लाह गर्छन र जन्तिलाई ज्योतिषको घरमा दुबैको विवाहकोलागि दिन जुराउन पठाउँछन् । बाटोमा पतारो, दौराला आदिलाई सोध्दै ज्योतिषको घरमा पुग्छन, र दुबैजनाको विवाहको लागि साईत जुराउन अनुरोध गर्छन । ज्योतिषलाई एक मानो चामल, दहीको ठेकी निकाल्छन्, ज्योतिषले धुलौटो ( ज्योतिषले माटोको धुलो फिजारी काठको छेस्काले लेख्ने र मेट्ने काठको तख्ता) मा हेरेर जुरेको कुरा बताउँछन । यो खबर लिएर जन्ती फर्केपछि गोवरको मस्युटो, गौतको तेल, बालुवाको चामल, लठ्ठीको मुसल, आदि बनाई आधा ग्वाला माईती र आधा ग्वाला जन्ती भएर दुबैको विवाह गर्छन । यसैलाई लयवद्ध गरी गाउँछन । यसमा पनि अगाडि पट्टिका ५, ७ जनाले माणा हाल्ने, अरु सबैले ज्यूनापुरी धारु भले र धारु भलेभाई धारुभले पालैपालो गरि भन्दछन । जस्तैः
सल्यानका साई महाराजा, ज्यूनापुरी धारु भले
गैरा गाउँकी रम्भा चेली, धारु भलेभाई धारुभले
मुलपाठका अन्य अंशहरु
कतना भया साई महाराजा
कतनी भैछन रम्भा चेली
बाड बडेली साई महाराजा
गुरीमुरी रम्भा चेली
कोरे जेठा भया कठ
जर्म जेठा साई महाराजा
कर्म जेठी रम्भा चेली
साई महाराजा भैसी गोठाला
रम्भा चेली गाई गवाली
साई महाराजाले भैसली खोया
रम्भा चेलीले गवलु खोयो
भैसा लाया काला पाल्त
गवलु लायो गैरी तोली
उदी वन गवलु लिउत
बाग की बग्याईछ कठ
पुणी बन गवलु लिउत
ढाण्याकी ढण्याई छ कठ
गोरु लायो गैरी तोली
भैसी लायो काला पाल्त
आफु बस्या उची ढुंगी
साई महाराजाले बाँसुरी गाड्यो
रम्भा चेलीले बिनायो गाडी
साई महाराजाले बासुली ठोक्यो
रम्भा चेलीले बिनायो बजायो
बाँसुलीका शब्दले
क्याउरे बोलुँ बोल्यो कठ
बाँसुरिका शब्दले
तोईरे लिउला भन्यो कठ
बिनायाका शब्दले
तेराई झाउँला भन्यो कठ
हैन हैन ग्वाला सातौ
ग्वाला खेल अरिहेलु
साई महाराजा, रम्भा चेलीको
ब्याउ रचाई हेलुँ कठ.............
उमाशंकर जोशि दवारा लिखित बझागीं समाजको स्मारिका सौराईबाट साभार गरिएको अंश

Sunday, 21 December 2014

रेडियो कार्यक्रम "तपाईको समस्या हाम्रो सरोकार" (फोटो फिचर)

स्नातक तेस्रो बर्षमा अध्ययन गर्दै गर्दा हामीले उत्पादन गरेको रेडियो म्यागेजिन शो तपाईको समस्या हाम्रो सरोकारकाा केही झलकहरु । कार्यक्रम रेडियो धनगढीबाट प्रत्येक बुधबार बेलुकार ७ बजे प्रशारण हुदै आएको थियो  ।
कार्यक्रम उत्पादन टीम साथमा सल्लाहकारहरु

कार्यक्रम उत्पादनको पुर्व अभ्यासका क्रममा सहकर्मी यज्ञराज जोशी  
कार्यक्रम उत्पादनका क्रममा सहकर्मीहरु 
पुर्वतयारी

पुर्वतयारीको अवस्थामा सामुहिक तस्बीर 
आफै  Editing आफै Mixing 

कार्यक्रम प्रस्तुतीका क्रममा सहकर्मी राधा खड्का साथ यज्ञराज जोशी 

Script  

उत्पादन युनिट

सहकर्मी निर्प रावल बाईट लिदै साथमा मिन खड्का 

हाटबजारमा रिपोर्टिगका क्रममा 

क्याम्पस प्रमुख सुरेन्द्र चन्दसँग कार्यक्रम उत्पादन टीम

जिल्ला प्रशाशन कार्यलयलाई सुझाब दिने क्रममा नृप रावल

कार्यक्रम उत्पादनका क्रममा मनोरञ्जनका लागि स्थानिय जोखर ताल परिसरमा साथीहरु डाकेश पनेरु र नृप रावल

Program Script देखाउँदै साथीहरु

तपाईको समस्या के रे ? 
रमाईलोका क्रममा जोखर ताल परिसरमा

कार्यक्रमको प्रमुख भुमिकामा रहेका मेहनती साथीहरु उदया अधिकारी अनिता भट्ट र राधा खड्का 

Wednesday, 17 December 2014

Feature: Nepal's first aircraft museum to boost tourism in far west region

by Shristi Kafle
KATHMANDU, Dec. 17 (Xinhua) -- The opening of Nepal's first aircraft museum in Dhangadi in the far western part of the country, some 500 km from Kathmandu, has attracted local and foreign tourists to the much-neglected region.

Just three months after its opening, the aircraft museum has been the talk of the town and thousands of people have flocked to view the different miniature aircraft on display.
In a talk with Xinhua, Captain Bed Upreti, aircraft museum director, said the Dhangadi museum is not only the first of its kind in Nepal, but also in the whole world for having a display of down-sized models of all kinds of aircraft.
"We are happy that people from all walks of life have visited the museum. This is a boost to the region's tourism and we are proud of our contribution to this sector," Upreti said.
It was Upreti, a 52-year-old former pilot and a native of Dhangadi, who conceptualized the idea of putting up an aircraft museum.

In l986 or some 30 years ago, Upreti started his career in the Nepalese Army and later as a military and civilian pilot. Upreti's passion for flying has led him to put up the museum.
The museum is actually the fuselage of a 100-seater aircraft of Cosmic Air, which has already closed its operation in Nepal. The museum, which is 35.53 meters long, contains the aircraft cockpit and more than 200 mini aircraft like Fokker, Avro, Airbus 330, Airbus 380, Boeings and many more.
At the museum's cockpit, a visitor can learn the technical details of flying. On display inside the museum are some 60 enlarged photos of popular tourism sites in Nepal and from around the world. The museum has also a restaurant that can serve visitors during their tour.
There are different replicas or old aircraft, including the first plane flown by Wright brothers in 1903. The miniature aircraft were brought from different parts of the world like France, Singapore, China, South Korea and Indonesia.

"My aim in transforming trash into cash is solely to promote local tourism. I am not concerned about revenues. I just want people to discover our place and enjoy looking at the various kinds of aircraft on display in the museum," Upreti said.
Upreti is still working as a pilot trainer at Lions Airlines in Indonesia.
The museum was completed in seven months, with around 1.5- million- U.S. dollar investment. While the idea came from one individual, it got the support and collaboration of the locals.
Dinesh Bhandari, former president of Kailali Chamber of Commerce, said their region has a lot of natural attractions but tourists were not coming. "But the aircraft museum is now attracting visitors to the region," he said.

According to Raj Bahadur Singh, museum manager, some 100 to 200 people visit the museum every day. But on weekends and holidays, the number of visitors goes up to 400-500 a day.
"Since September, more than 20,000 people have already visited the museum. Most of the visitors are from outside of Dhangadi and they include politicians and local celebrities," Singh said.
Although largely undeveloped, Nepal's far west region has Asia' s largest suspension bridge, the largest swamp deer reserve in the country and different species of wildlife. The region also boasts of scenic trekking destinations, several rivers and a huge forested area.

Tuesday, 16 December 2014

यो सम्झने मन छ ... (संस्मरण)

s]xL lbg cl3 ;'jfz ;/ -PkL8Lsf gj lgo'Qm ;'b'/klZrd ;befjgf b't_ n] ax'/fli6«o rfO{lgh Go'h Ph]G;L l;GXjfsf] sf7df08f} Ao'/f]n] k|sfzg ub}{ cfPsf] Pl;of Kof;]lkms 8]nL -PkL8L_ sf sf7df08f}sf k|ltlgwLx? Wfgu9L cfpg] af/] dnfO{ hfgsf/L u/fpg' eof] . cfd;~rf/ / kqsfl/tf ljifosf] ljwfyL{ ePsf gftfn] of] d]/f nflu pT;'stfsf] ljifo lyof] . d]/f] lh1f;f a'em]/ pxfFn] PkL8Lsf] 6Ldn] ;'b'/klZrddf cfkm\gf] Ao'/f] :yfkgf ug{ nfu]sf] s'/f hfgsf/L u/fpg' eof] .  

ljZjdf cfkm\gf] bl/nf] klxrfg agfO{;s]sf] l;GXjfn] ;'b'/klZrddf cfkm\gf] Ao'/f] :yfkgf ug{ nfu]sf] va/ cfkm}df pT;fxk|b lyof] . cem l56\6} To;sf k|ltlgwLx? ;'b'/klZrd cfpg] va/n] d leq pgLx?;Fu l56f] e]6\g pT;fx hfu]sf] lyof] .
To;sf] ef]nL kN6 ;'jfz ;/n] dnfO{ kmf]g dfkm{t PkL8Lsf] 6Ld wgu9L k'lu;s]sf] hfgsf/L u/fpg' eof] . ;fy} pxfFn] efnLkN6 PkL8Ln] ldl8ofx?;Fu cGtlqm{of ug{ rfx]sf] s'/f atfpFg' eof] . To;} lbg lbpF;f] ;'jfz ;/n] pgLx?nfO{ wgu9Ldf hf/L ;'b'/klZrd dxf]T;jdf oxfFsf] snf ;+:s[tL;Fu kl/lrt u/fpg lnP/ cfpg' ePsf] lyof] . ;+of]ujz To; lbg d klg dxf]T;j g} ePsfn] pQm 6f]nL;Fu w]/}a]/ s'/f ug{ kfO{Pg . pgLx?sf] gfd hfGg] rfxgf x'bfFx'b} klg dxf]T;jsf] le8ef8df Tof] ;Dej ePg . Ps hgf lrlgofF o'jf, b'O{ hgf o'jtL / Ps hgf xl;nf] d'xf/ ePsf Sofd/fk;{g-kmf]6f] u|fkm/_ pgLx?;Fu lyP . ;fydf ;'jfz ;/ .  
एपिडिका सुदुरपश्चिम सदभावना दुत सुबाश शाही र नेपाल प्रमुख चाउ सेन्पिंग
csf]{ lbg lbpF;f] !@ ah] kqsf/ ;Dd]ng /flvPsf] lyof] . t/ dnfO{ eg] ;'jfz ;/n]  !! ah] g} k'Ug' eg]sfn] d ToxL ;dodf ToxfF k'u] . ;'?df /fhg clwsf/L;Fu kl/ro eof] . pgLn] PkL8Lsf] 6f]nLsf] ;+of]hg ul//x]sf /x]5g . bf];|f]df ToxL xl;nf] d'xf/ ePsf kmf]6f] u|fkm/ ;'lgn zdf{;Fu kl/ro eof] . dfG5]x?;Fu rf8f] 3'nldn x'g] pxfFsf] afgL ;fRr} ;x|flgo lyof] . pgLn] s]xL l5gdf dnfO{ cfkm\gf] Ps cleGg ldqsf ?kdf ;DaGw :yflkt ul/;s]sf lyP .
s]xL l5gdf wgu9Lsf ;a} kqsf/x?sf] cfudg;Fu} sfo{qmd ;'? eof] . d}n] dxf]T;jdf b]v]sL b'O{ hgf o'jtLx? dWo] uf]/f] j0f{, xl;nf] cg'xf/ clg ;'l/nf] :j/sL wgL Ps hgf o'jtL sfo{qmd ;~rfngsf lgldQ cl3 al8g . pgL;Fu clxn];Dd klg vf;} af]nrfn ePsf] lyPg .
एपिडिका सुदुरपश्चिम सदभावना दुत सुबाश शाही 
sfo{qmdsf] ;'?df pgn] cfkm\gf] kl/roaf6 sfo{qmd ;'? ul/g . >[i6L sfkm\n] /} 5 pgLsf] gfd rfxLF . l;GXjfsf] sf7df08f} Ao'/f]af6 lel8of] hgf{lni6sf] ?kdf sfd ulb{/x]l5g pgL rfxL . pgL;Fu} cfPsL csL{ o'jtL rfxL l;GXjf sf7df08f} ls dfs]{l6+u Dofg]h/ dlgiff >]i7 /x]l5g . kl/rosf] qmddf pgL lrlgofF o'jssf] kl/rosf] kfnf] cfof] . h;sf] kl/ro hfGg dnfO{ xtf/f] e};s]sf] lyof] . pgsf] gfd rfpF ;]lGk+u /x]5 . rfpF l;GXjfsf g]kfn k|d'vsf ?kdf sfo{/t /x]5g . pgL g]kfn cfP b]lv PkL8Ln] lgs} k|utL u/]sf] dnfO{ kmf]6f]u|fkm/ ;'lgn zdf{n] cl3 g} atfO{;s]sf lyP . pgn] o; ;'b'/klZrdsf] snf, ;+:s[tL tyf ko{6gsf] ljsfzsf nflu o; If]qdf ;'jfz ;/sf] ;lqmotfdf Ao'/f] sfof{no :yfkgfsf] ;f]r agfPsf /x]5g . dGtAosf qmddf lrg g]kfnsf] ;DaGw ;'dw'/ agfpg / lrlgofF ko{6sx?nfO{ ;'b'/klZrd;Dd Nofpg klqsfsf] e'ldsf dxTjk'0f{ x'g] s'/fdf hf]8 lbPsf lyP .
एपिडिको टिम संग सामुहिक फोटो लिदै
klqsf af/] kqsf/x?sf] lh1f;f d]6\g] qmddf >[i6Ln] l;GXjfn] g]kfn nufPt Pl;ofnL d'n'sx?df PkL8Lsf] k|sfzg ub}{ cfPsf] / o;sf] g]kfn Ao'/f]n] ;'b'/klZrddf cfkm\gf] zfvf la:tf/ ug{ rfx]sfn] cfkm'x? wgu9L cfO{k'u]sf] atfO{g .
sfo{qmdsf] ;dfKtL;Fu} ;'jf; ;/n] pxfFx?nfO{ wgu9Ldf /x]sf] Pc/qmfkm\6 Do'lhod tyf :yflgo hf]v/ tfn cjnf]sg u/fpg' eP5 . ;fy} oxfFsf] yf? ;:s[+tL;Fu 3'nldn u/fpg' eP5 .
एडिपीका नेपाल प्रतिनिधि र सुदुरपस्चिम प्रतिनिधि
To;sf] csf]{ lbg P;kLP eAo ?kdf Ps sfo{qmdsf lar ;'jf; ;/nfO{ o; If]qsf] ;befjgf b'tsf] 3f]if0ff ul/g'sf ;fy} zfvf pb\3f6g sfo{qmd klg ;DkGg ul/of] . h;n] xfdLnfO{ yk pQm 6f]nL;Fu kl/lrt x'g] df}sf lbof] .
ToxL ;femF PkL8Lsf] 6Ldn] o; If]qaf6 cf cfkm\gf If]qdf pTs[i6tf xfl;n u/]sf AoQmLx?;Fu cGtlqm{of sfqm{qmdsf] cfof]hgf u/] . ;xeflu ;j}n] ;'jfz ;/n] pxfFnfO{ o; If]qdf Nofpg dxTjk'0f{ e'ldsf v]Ng' ePsf]df wGojfb 1fkg ub}{ Ao'/f] :yfkgf ;Fu;u} o; If]qsf lqmoflzn eP/ nfUg ;d]t ;'emfa lbg'eof] . pQm sfo{qmddf ;'jfz ;/n] dnfO{ PkL8Lsf] ;'b'/klZrd Ao'/f] ;DxfNg u/]sf] cfu|xnfO{ d}n] ;xif{ :jLsf/ u/] / ToxL ;fem ;/n] d]/f] kl/ro ;]lDk+u;Fu klg u/fO{ lbg' eof] .
csf]{ lbg pxfFsf] sf7df08f} hfg] sfo{qmd ePklg v/fa df};dsf sf/0f km\nfO{6 SoflG;n x'bfF pxfFx?n] Pl;of s} bf];|f] 7'nf] em'n'+u] k'n bf]wf/f rfbgLsf] :ynut cjnf]sg ug{ kfpg'eof] / To; lbgsf] clGtd wgu9L a;fO{ ;s]/ csf]{ ljxfg} ;j} PkL8Lsf] 6f]nL sf7df08f} k|:yfg u/] . 
cfzf 5, tkfO{x?sf] ;'b'/klZrd a;fO{ claid/l0fo /Xof] . tkfO{x?nfO{ ;'b'/klZrdn] ;w} ;lDem/xg] 5 .



Sunday, 14 December 2014

एपीडीको सुदुरपश्चिम शाखा उद्घघाटन, शाही सदभावना दुत नियुक्त

यज्ञराज जोशी 
धनगढी, मंसिर २८ गते 
चिनीयाँ समाचार संस्था सिन्ह्वाको काठमाण्डौ प्रकाशन एसिया प्यासेफिक डेली एपीडी ले आईतबार सुदूरपश्चिमममा आफ्नो शाखा स्थापना गरेको छ । एपीडीले सुप सदभावना दुतका रुपमा सुदुरपश्चिमाञ्चल एकेडेमी एसपीएका निर्देशक सुवाश शाहीलाई नियुक्त गरेको छ । 
एपीडीले आयोजना गरेको कार्याक्रममा नेपाल प्रमुख चाउँ सेन्पिंगले सुदुरपश्चिमको समग्र सामाजिक, आर्थिक तथा पर्यटन विकाशका लागि एपीडीको भुमिका महत्वपुर्ण रहने धारणा ब्यक्त गर्नुभयो ।  एपीडीको सुदुरपश्चिम शाखा विस्तारसँगै यस क्षेत्रलाई अन्तराष्ट्यि क्षेत्रमा पहिचान गराउन पनि एपीडीको भुमिका महत्वपुर्ण रहने  उनले बताउनु भयो । 
त्यस्तै कार्यक्रममा प्रमुख अतिथी तथा शशस्त्र प्रहरी बलका सुप क्षेत्रिय प्रमुख जीत बहादुर प्नले एपीडीको सुप शाखा स्थापनाका लागि बधाई दिदै यहाँको कला संस्कृतीलाई अन्य क्षेत्रमा पहिचान गराउन पनि भुमिका महत्वपुर्ण हुने बताए । 
एपीडीका नवनियुक्त सदभावना दुत सुवाश शाहीले आफुलाई प्राप्त यस अवसरलाई आफुले समग्र सुदुरपश्चिमको विकाश र पहिचानमा खर्चने बताउनु भयो । साथै उहाँले यस क्षेत्रको विकाशका लागि सबैले आ आफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख लक्ष्मण न्यौपाने, पत्रकार महासंघ कैलालीका सभापती भरत शाह लगातयले मन्तब्य ब्यक्त गर्नुभएको थियो । 

Saturday, 13 December 2014

नेपाली पत्रकारीतामा जिम्मेवारिका सवालहरु


07JUL

 – प्रमोद खनाल

हरेक देशको सर्वाङ्गीण विकासमा प्रेस जगतको अतुलनीय भुमिका रहेको हुन्छ । जनमानसलाई सुसुचीत गर्ने तथा सत्य तथ्य र प्रत्यक्ष समाचार संप्रेषण गरि जागरुक वनाउने कार्यपनि प्रेस र पत्रकारितामै निर्भर रहेको वास्तविकतालाई हामी भुल्न सक्दैनौं । ढुङ्गे युगदेखि एक्काईसौं शताव्दीसम्मको मानव यात्रामा सुचना र संचारको अहम् भुमीका रहेको छ, त्यतिवेला कुनै न कुनै रुपमा त्यहि नै पत्रकारिता थियो । मानव विकासक्रमसंगै पत्रकारिताको पनि व्यवशायीक विकास र प्रष्ट भुमिका वन्दै गयो, फलस्वरूप अहिलेको विकसीत संचार युगको सुत्रपात हुन सक्यो । वास्तवमा पत्रकारीता मानवसमाजको भित्री आँखा हो, जसले सामाजिक मार्गनिर्देशनको पुरापुर जिम्मा पाएको हुन्छ । त्यसैकारणले पनि पत्रकारीतालाई राज्यको चौथो अङ्गको रुपमा लिईन्छ । सुचनाप्रविधीको विकाससंगै पत्रकारीता र सञ्चारको क्षेत्रले  विश्वको विशाल भुभागलाई समेत अहिले निकै साँघुरो पारिदिएको छ । संसारको कुनैपनि क्रियाकलाप हामी तत्कालै देख्न, सुन्न, बुझ्न पाउने भएका छौं । पत्रकारीता र सुचना सम्प्रेषणको यस कार्यले मानवको जिवनस्तरमा समेत ठुलो हलचल पैदा गराईदिएको छ । यसरि विभिन्न तौरतरीकावाट निरन्तर सुचना प्रवाह गरि जनमानसलाई जिवन्त तुल्याएको आम संचार र पत्रकारीतालाई विश्वमा मानव समुदायको परिवर्तनको संवाहकको रुपमा लिन सकिन्छ । यद्यपी सवै सञ्चारमाध्यमहरू निष्पक्ष, सत्यपरक यथार्थमा आधारित भएर समाचार सम्प्रेषण गर्नु पर्छ भन्ने मान्यतावाट प्रेरित देखिदैनन् । पत्रकारिताको परिभाषा, मान्यता, सिद्धान्त र जिम्मेवारिप्रति वफादार रहेर कार्य गर्ने सञ्चारमाध्यमको आजकल खडेरि नै लागेको देखिन्छ ।

पत्रकारीता आफैमा सुचनाको एक परिवर्तित मुहान हो । जसले सदैव निस्पक्ष सत्यताको साथमा रहेर विशुद्ध मनोभावनाले मानवसमाजलाई न्यायको सफलता दिलाउंछ । दुई विशाल र विकसित छिमेकी देशहरुको विचमा रहेको अल्पविकसित मुलुक नेपालमा प्रेस र पत्रकारिताको भुमीका झनै महत्वपुर्ण रहिआएको छ । तर कतिपय अवस्थामा प्रेसको भुमीका विवादास्पद भने नभएको होइन । अझै पत्रकारिताको खोल ओढेर अपराधलाइ प्रश्रय दिईरहेका खवर सुन्नुपर्दा पत्रकारिताको मूलमर्म नै वदनाम भइरहेको अनुभव हरेक जनतालाई हुनु स्वाभाविकै हो ।यस्ता प्रवृत्ती विरूद्ध तत्काल प्रभावकारी कदम चाल्न नसक्दा कहिलेकाही पत्रकारीताका सवालमा अनेकौ प्रश्न चिन्ह खडा हुने गर्दछन्, पत्रकारिताले कैयन् अवस्थामा राष्ट्रियता, सामाजिक सद्भाव, र आफ्नो मर्यादालाइ कायम राख्न नसकि जानी नजानी वाटो भुल्न पुगेको जस्तो आभाष गराउछ । यस्ता पक्षलाई शिघ्ररुपमा सुधार गराउनु पर्छ । तर पहिलेको तुलनामा नेपाली पत्रकारीता जगतको परिधी आजकल निकै फराकिलो भएको छ । युगौं देखिको मेहनत, लगन, र परिश्रमले नै यसले यति ठुलो फड्को मार्न सकेको हो, भन्ने कुरा कसैले भुल्न खोज्नु सरासर भुल हुन्छ । भनिन्छ, सुर्यको प्रकाशले दिन नसक्ने उज्यालो पत्रकारीताले सर्वत्र छर्न सक्छ । वास्तवमा यो सहजै अनुभव भएको कुरापनि हो । पत्रकारीताको परिभाषा र अर्थ आफैंमा स्वतन्त्र हुने भएकाले यस पेशामा संलग्नकर्ताहरुका लागी संसारको कुनै पनि भुभागमा निषेध गरिएको छैन र गर्नु पनि हुदैन । यि महत्वपुर्ण र सम्वेदनशील पक्षहरुलाइ सहि ढंगवाट कार्यान्वयन गर्न नसक्दा नेपाली पत्रकारीताले जस कम अपजस वढि कमाएको छ । यसो त कुनै भुल हुंदै हुंदैनन् गर्दै गर्दैनन् भन्न सकिन्न तर सानोमात्र गल्तिले पनि समाजमा ठुलो नोक्सानी पुर्याउन सक्ने भएकाले हरेक अवस्थामा सावधानी अपनाउनु सञ्चारकर्मीको जिम्मेवारि हुन आउंछ ।अर्को कुरा पत्रकारले सार्वजनीक सरोकारका विषयहरुप्रति मुकदर्शक वा एकपक्षीय वनेर वस्नुपनि नेपाली पत्रकारीता जगतको ठुलो गद्धारी र लज्जापन हो । यो हामी मध्ये कतिपयले भोगेकै कुरा पनि हो । यस्ता कमीकमजोरीलाई सामाजिक मुल्यमान्यता र पत्रकारीताका विधानको घेरामा सांधेर शुद्धिकरण गर्नु नितान्त आवश्यक छ ।

भौगोलीक अखण्डता र जातिय, सांस्कृतिक विविधताले सजिएको हाम्रो देश नेपाल शान्तिको लागी विश्वकै नमुना मानिन्थ्यो, अहिलेपनि मुलुकमा विकसित शान्ति प्रकृयापछि सो कुराले निरन्तरता पाउने नै छ भन्नेमा संपुर्ण नेपाली जनता अझैपनि विश्वस्त रहेका छन् । यसको लागी नेपाली प्रेसले निभाउनुपर्ने भुमीका अत्यन्त महत्वपुर्ण रहेको छ । संपुर्ण नागरीकलाई आफ्नो हक, अधिकार र स्वयं आफ्नो काम, कर्तव्यप्रतिको शिक्षा वोध गराउने जिम्मेवारि प्रेस जगतकै हो । यसरि नै प्रेस र जनताविचको संवन्धले नङ्ग मासुको सम्वन्ध स्थापित गरेको छ । सदियौं देखि जनतालाई थिचोमिचोमा पारेर वसेको कहालीलाग्दो राणा शासनकाल होस्, फांसिष्ट निर्दलीय पञ्चायतकाल होस वा हालैमात्र नेपाली जनताद्धारा समुल नष्ट पारिएका निरकुंश राजवंश विरुद्धका अनेकौं लडाईमा नेपाली पत्रकारीताले विर्सन नसक्ने गुन लगाएको छ ।

तर आजकाल पत्रकारीताका आडमा लुकेर केहि अराजक तत्वहरुले निन्दनीय धन्दागर्न, जनमानसमा भ्रमश्रृजना गर्न तथा नागरीक सचेतनामा वाधा पुर्‍याउने जस्ता कार्यद्धारा नेपाली जनमानसमा एकप्रकारले आतंक फैलाईरहेका छन् । उनिहरुका यस्ता घृणित कर्तुतका विरूद्द सचेतना फैलाउंदै जनमुखी सञ्चारमाध्यमहरुले सहि समाचार संप्रेषणमा जोड दिनुपर्छ । पत्रकारको विल्ला भिरेर स्वतन्त्र पत्रकारिताका नाममा जथाभावि अनेकौं कपोल कल्पित समाचार सम्प्रेषण गरि सामाजीक सद्भाव विथोल्ने, व्ल्याकमेलिङ्ग गर्ने, हप्ता उठाउने देखि धम्कीको धन्दा र चन्दा असुलीसम्मका अराजक कार्यहरू गरिनुलाइ नेपाली पत्रकारिता क्षेत्रकै कलंकको रुपमा लिइएको छ । यसको विरुद्ध आवाज उठाउनुपर्ने पत्रकार महासंघ समेत कतिपय वेला प्रत्यक्ष अप्रत्यक्ष रुपमा त्यसमै समाहित भएको उदाहरण पनि नभेटिएको हैन । तसर्थ, अव आम जनता र सचेत नागरिक समाजले नै गम्भीर भएर यस्ता प्रवृत्तिमाथी अंकुश लगाउनु अत्यावश्यक  छ । जनतालाई सुचनाको अधिकारमा कुठाराघात गरेर कुनै हालतमा पनि पत्रकारीता हुंदैन । तसर्थ अविछिन्न रुपमा अग्रणी भुमिकामा रहेको नेपाली पत्रकारीता र पत्रकार जगतले विगतका कमि कमजोरीलाई भुलसुधार गर्दै आफ्नो भुमिकालाइ सच्याउदै जानु पर्ने हुन्छ । विशेष गरी जनमुखी रहेर राष्ट्र र राष्ट्रियताको संवद्धन गर्न सकेमा मात्र नेपाली पत्रकारीताको छवी आगामी दिनहरू सम्म जिवन्त राख्न सकिन्छ ।

बिभिन्न आरोह अवरोहको चरणलाई पार गर्दै समयानुसारको समाचार सत्य तथ्य वाहीर ल्याउनु व्यक्तिवादी चिन्तनवाट अलग रहनु तथा पत्रकारिताको नैतिक सिद्धान्त र धर्मवाट विचलित नबनी सदावहार नेपाली जनतामा घुलमिल रहनु, वास्तविकताको लेखाजोखा गरी प्रस्तुत हुनु नेपाली पत्रकारीताको अद्यभुत कार्य हो । तसर्थ गहन जिम्मेवारीकासाथ जनताको शान्ति र परिवर्तन प्रतिको भावनाको सम्मान गर्दै हरेक पल राष्ट्र निर्माणको सच्चा पहरेदारको रुपमा रहिरहनु नै नेपाली पत्रकारीता क्षेत्रको भावी जिम्मेवारि रहेको छ ।